03.08.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
नाम-रूपबाट न्यारा कुनै पनि कुरा हुँदैन , आत्मा वा परमात्मालाई पनि नाम-रूपबाट
न्यारा भनिँदैन , आत्मा वा परमात्मामा पनि अविनाशी पार्ट पहिल्यै निश्चित छ।”
प्रश्न:–
शिवबाबालाई
भोलानाथ भनेर याद गर्छन्, उहाँलाई भोला किन भनिएको हो?
उत्तर:–
किनकि बाबाले
नै अहिल्याहरू, गणिकाहरू, कुब्जाहरूको उद्धार गर्नुहुन्छ। उनीहरूलाई विश्वको राज्य
भाग्यको वर्सा दिनुहुन्छ। मानिसहरूले त बाबाको लागि भनिदिन्छन्– दुःख पनि उहाँले
दिनुहुन्छ, सुख पनि उहाँले दिनुहुन्छ, तर बाबा भन्नुहुन्छ– मैले त तिमी बच्चाहरूको
लागि सुखको राज्य स्थापन गर्छु। मलाई दुःखहर्ता सुखकर्ता भनिएको छ। विचार गर, म
पिताले आफ्ना बच्चाहरूलाई दुःख कसरी दिन सक्छु?
गीत:–
दूर देश का
रहने वाला...
ओम् शान्ति ।
रुहानी
बच्चाहरूले गीत सुन्यौ अर्थात् रुहहरूले यस शरीरको कानरूपी कर्मेन्द्रियद्वारा गीत
सुन्यौ– दूरदेशबाट मुसाफिर (यात्री) आउनुभएको छ। तिमीहरू सबै मुसाफिर हौ नि! जति पनि
मनुष्य आत्माहरू मात्र छन्, ती सबै मुसाफिर हुन्। आत्माहरूको कुनै पनि घर हुँदैन।
आत्मा निराकार हुन्छ। निराकारी दुनियाँमा निराकारी आत्माहरू रहन्छन्। त्यसलाई
निराकारी आत्माहरूको घर, देश वा लोक भनिन्छ। यसलाई जीवात्माहरूको देश भनिन्छ। त्यो
आत्माहरूको देश हो, फेरि आत्माहरू यहाँ आएर शरीरमा प्रवेश गरेपछि निराकारबाट साकार
बन्छन्। यस्तो होइन, आत्माको कुनै रूप छैन। रूप पनि अवश्य छ, नाम पनि छ। यति सानो
आत्माले यस शरीरद्वारा कति पार्ट खेल्छ। हरेक आत्मामा पार्ट खेल्ने कति रेकर्ड
भरिएको छ। रेकर्ड एकपटक भरिन्छ, फेरि जतिसुकै दोहोरिए पनि त्यही चल्छ। त्यस्तै आत्मा
पनि यस शरीरभित्र रेकर्ड हो, त्यसमा ८४ जन्मको सारा पार्ट भरिएको छ। जसरी आत्मा
निराकार छ, त्यसरी नै बाबा पनि निराकार हुनुहुन्छ। कतै कतै शास्त्रहरूमा लेखिदिएका
छन्, उहाँ नाम-रूपबाट न्यारा हुनुहुन्छ। तर नाम-रूपबाट न्यारा कुनै वस्तु हुँदैन।
आकाश पनि पोलार (शून्य) हो, नाम-रूप त छ नि! नामविनाको कुनै पनि कुरा हुँदैन।
मानिसहरूले परमपिता नाम-रूपबाट न्यारा हुनुहुन्छ भन्ने ठान्छन्। नाम छैन भने रूप पनि
हुँदैन, देश पनि हुँदैन। त्यसोभए त केही पनि हुन सक्दैन। बोलाउँछन् पनि– दूरदेशमा
रहने परमपिता परमात्मा। अब दूरदेशमा आत्माहरू रहन्छन्, यो साकार देश हो, यसमा दुई
राज्य चल्छन्– रामराज्य र रावण राज्य। आधाकल्प रामराज्य हुन्छ, आधाकल्प रावण राज्य
हुन्छ। बच्चाहरूलाई यो सम्झाइएको छ– सत्ययुगदेखि ईश्वरीय राज्य सुरु हुन्छ,
रामराज्य स्थापक परमपिता परमात्मा हुनुहुन्छ। उहाँले कहिल्यै रावण राज्य स्थापन
गर्न सक्नुहुन्न। बाबाले बच्चाहरूको लागि कहिल्यै दुःखको राज्य कहाँ बनाउनुहुन्छ र!
मानिसहरूले भन्छन्, ईश्वरले नै दुःखसुख दिनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले कसरी
बच्चाहरूलाई दुःख दिन सक्छु? मेरो त नाम नै दुःखहर्ता सुखकर्ता हो। यो त मानिसहरूको
भुल हो। ईश्वरले कहिल्यै दुःख दिनुहुन्न। यतिबेला दुःखधाम नै हुन्छ। आधाकल्प रावण
राज्यमा दुःख नै मिल्छ। रत्तीभर सुख हुँदैन। सुखधाममा कहिल्यै दुःख हुँदैन। बाबा
स्वर्गको रचयिता हुनुहुन्छ। अहिले तिमी सङ्गममा छौ। यसलाई नयाँ दुनियाँ त कसैले पनि
भन्दैनन्। नयाँ दुनियाँको नाम नै स्वर्ग हो। त्यही फेरि पुरानो दुनियाँ बन्छ। नयाँ
कुरा पुरानो, नराम्रो देखापरेछ भने पुरानो कुरालाई खतम गरिन्छ। मानिसहरूले विष (विकारहरू)
लाई नै सुख ठान्छन्। भनिन्छ पनि– अमृत छोडेर विष किन खाने। ग्रन्थमा गुरुनानकका पनि
शब्द छन्। असङ्ख्य चोर... बाबाको महिमा गाउँछन्, हजुर आएर जे गर्नुहुन्छ, त्यसबाट
भलो नै हुन्छ। नत्र रावण राज्यमा मानिसहरूले नराम्रो काम नै गर्छन्। बाबा नै आएर
फोहोर कपडा धुनुहुन्छ। ग्रन्थमा धेरै लेखिएको छ। सिन्धीहरूले ग्रन्थ राख्छन्। तर
यिनीहरू त कुनै सिख धर्मका होइनन्। यिनीहरू त आदि सनातन देवीदेवता धर्मका हुन्।
सिखहरूका गुरुनानक हुन्, उनको दाह्रीकपाल थियो। त्यसोभए सबै सिखहरूको दाह्रीकपाल
हुनुपर्छ। आजकाल त दाह्री राख्दैनन्। धेरै नयाँ फेसनका लुगा (फेसनबुल) लगाउँछन्।
नत्र अनुसरण (फलो) गर्नुपर्छ नि! हामी गुरुनानकका अनुयायी हौँ भने गुरुनानकलाई
अनुसरण गर्नुपर्छ नि! यो कुरा तिमी बच्चाहरूलाई त अहिले थाहा भएको छ, गुरुनानक
हुँदाको बेलादेखि अहिले ५०० वर्ष भयो, फेरि कहिले आउँछन्? तिमीले तुरून्तै बताउँछौ।
कसैलाई पनि सोध, यो त बताऊ, गुरुनानक कहिले आउँछन्? अनि भन्छन्, उनको आत्मा ज्योतिमा
ज्योति समाहित भयो। फेरि कसरी आउँछन्। तिमीले भन्छौ, आजभन्दा ४५०० वर्षपछि गुरुनानक
फेरि आउनेछन्। तिम्रो बुद्धिमा सारा विश्वको इतिहास-भूगोलले चक्कर लगाइरहन्छ। बुद्ध,
क्राइस्ट आदि सबैको लागि भन्छौ, यतिबेला सबै तमोप्रधान छन्, चिहानमा पुरिएका छन्।
यसलाई कयामतको समय भनिन्छ। सबै मनुष्य मात्र मानौँ मरेर लडेका छन्। सबैको ज्योति
मानौँ निभेको छ। बाबा आउनुहुन्छ सबैलाई जगाउन। बच्चाहरू जो कामचितामा बसेर भस्म भएका
छन्, उनीहरूलाई अमृत वर्षाद्वारा जगाएर साथमा लैजानुहुन्छ। मायाले कामचितामा बसाएर
चिहानमा पुरिदिएको छ। सबै सुतेका छन्। अब बाबाले अमृत पिलाउनुहुन्छ। अमृतसर नाम
यसैले राखिएको हो। बाबाले आएर अमृत पिलाउनुहुन्छ। अब कहाँ ज्ञान अमृत, कहाँ पानीको
कुरा! सिखहरूको ठुलो पर्वको दिन आएपछि बडो धुमधामले तलाउ सफा गर्छन्, माटो निकाल्छन्,
त्यसैले नाम नै राखिएको छ– अमृतसर। अमृतको तलाउ। अब गुरुनानक साहेब त कुनै ज्ञान
सागर होइनन्, उनले पनि बाबाको महिमा गरेका छन्। उनी आफैले भन्छन्– एक ॐकार, सतनाम,
उहाँ सदैव सत्य बोल्नुहुन्छ। सत्यनारायणको कथा छ नि! व्यापारको सिलसिलामा वेलायत
जाने सिन्धी मानिसहरू बाहिर जाँदा सत्यनारायणको कथा लगाउँछन्। उनीहरूले ठान्छन्,
सत्यनारायणको कथाबाट सुरक्षापूर्वक पार हुन्छौँ। अमरकथा, तीजरीको कथा, भक्तिमार्गमा
कति कथाहरू सुन्दै आएका छौ। मानिसहरूले भन्छन्, शङ्करले पार्वतीलाई कथा सुनाए। उनी
त सूक्ष्मवतनमा रहन्छन्, त्यहाँ फेरि कुन कथा सुनाए? यी सबै कुरा बाबा बसेर
सम्झाउनुहुन्छ। वास्तवमा तिमीलाई अमरकथा सुनाएर अमरलोकमा लैजान म आएको छु।
मृत्युलोकबाट अमरलोकमा मैले लैजान्छु। बाँकी सूक्ष्मवतनमा पार्वतीले के गल्ती (दोष)
गरिन् र आएर उनलाई कथा सुनाउँछन्। अहिले तिमीले बुझेका छौ, हामी नरबाट नारायण,
नारीबाट लक्ष्मी बन्छौँ। यो हो अमरलोकमा जानको लागि सच्चा सत्यनारायणको कथा, तीजरीको
कथा। तिमी आत्माहरूलाई अब ज्ञानको तेस्रो नेत्र मिलेको छ।
बाबा सम्झाउनुहुन्छ– तिमी नै सुन्दर फूल समान पूज्य थियौ, फेरि ८४ जन्मपछि तिमी नै
पुजारी बनेका छौ, त्यसैले भनिएको छ– आफै पूज्य, आफै पुजारी। बाबा भन्नुहुन्छ– म त
सदैव पूज्य छु। आएर तिमीलाई पुजारीबाट पूज्य बनाउँछु। भन्छन्, हे राम आएर हामीलाई
पावन बनाउनुहोस्! सबै भक्तहरूले पुकार्छन्। आत्माले पुकार्छ नि– हे पतित-पावन! अहिले
तिमीले बुझेका छौ, गीता कुनै श्रीकृष्णले सुनाएका होइनन्, पावन बनाउने एक मात्र
परमपिता परमात्मा हुनुहुन्छ। एक मात्र राम। त्यसैले बाबा सम्झाउनुहुन्छ– मन्तव्य (ओपिनियन)
लिइराख, ईश्वर सर्वव्यापी हुनुहुन्न। गीताको भगवान शिव हुनुहुन्छ, न कि श्रीकृष्ण।
पहिला यो त सोध, भगवान कसलाई भनिन्छ– निराकारलाई वा साकारलाई? श्रीकृष्ण त साकार
हुन्, शिव निराकार हुनुहुन्छ। उहाँले केवल यो तन ऋण (लोन) मा लिनुहुन्छ। बाँकी
माताको गर्भबाट जन्म लिनुहुन्न। पहिलो नम्बरमा गर्भमा श्रीकृष्णको आत्मा आउँछ।
ब्रह्मा, विष्णु, शङ्कर पनि सूक्ष्म शरीरधारी हुन्। शिवको आफ्नो शरीर हुँदैन।
शिवबाबाले यहाँ यस लोकमा स्थूल शरीर लिनुभएको छ। बाबाको महिमा हो पतितपावन, सबैको
सद्गतिदाता। सबैको मुक्तिदाता (लिबरेटर), दुःखहर्ता सुखकर्ता। अच्छा, सुख कहाँ हुन
सक्छ? सुख मिल्छ अर्को जन्ममा। त्यतिबेला रावणको दुनियाँ खतम भएर स्वर्गको स्थापना
हुन्छ। अच्छा, केबाट मुक्त गर्नुहुन्छ? रावणको दुःखबाट। यो त दुःखधाम हो नि! अच्छा,
फेरि मार्गदर्शक (गाइड) पनि बन्नुहुन्छ। यी शरीर त यहाँ नै खतम हुन्छन्। बाँकी
आत्माहरूलाई लैजानुहुन्छ। सबैलाई दुःखबाट छुटाएर, पवित्र बनाएर घर लैजानुहुन्छ।
मानिसहरूको विवाह गरेर आउँदा पहिला हुन्छन् पति, उनको पछाडि हुन्छिन् दुलही (ब्राइड)।
फेरि जन्ती हुन्छन्। अब तिम्रो माला पनि यस्तै नै छ। माथि हुनुहुन्छ शिवबाबा फूल,
पहिला फूललाई नमस्कार गर्छन्। फेरि युगल दाना ब्रह्मा-सरस्वती, फेरि हुन्छौ तिमीहरू,
जो बाबाका मदतगार बच्चाहरू हौ। फूल शिवबाबाको यादबाट नै सूर्यवंशी विष्णुको माला
बनेको छ। ब्रह्मा-सरस्वती नै लक्ष्मीनारायण बन्छन्। देवता, क्षत्रिय... फेरि
शूद्रबाट ब्राह्मण बनेर यो ज्ञान लिएर लक्ष्मीनारायण बन्छन्। यो माला तिनीहरूकै
बनेको हो। यी ब्रह्मा-सरस्वती नै राजारानी बन्छन्। उनीहरूले मेहनत गरेका छन्,
त्यसैले पुजिन्छन्। कसैलाई थाहा छैन, माला के कुरा हो। त्यत्तिकै माला जपिरहन्छन्।
१६१०८ को पनि माला हुन्छ। यो माला ठुला ठुला मन्दिरहरूमा राखिन्छ। फेरि कसैले
कहाँबाट तान्छन्, कसैले कहाँबाट। बाबा मुम्बईमा लक्ष्मीनारायणको मन्दिरमा
जानुहुन्थ्यो। गएर माला जप्नुहुन्थ्यो, राम राम जप्नुहुन्थ्यो। फूल शिवबाबा
हुनुहुन्छ नि! फूललाई नै राम राम भन्छन्, फेरि सारा मालामा ढोग्छन्। ज्ञान त केही
पनि हुँदैन। पादरीहरूले पनि हातमा माला जपिरहन्छन्। उनीहरूलाई सोध, कसको माला
जपिरहन्छौ? भन्छन्, क्राइस्टको यादमा माला जप्छौँ। उनीहरूमा ठुला पोप पादरी हुन्छन्,
त्यसैले त्यो फेरि पोपहरूको माला होला। ती सबैका चित्र छन्। पोपहरूको कति मान छ।
उनीहरू आफैलाई थाहा छैन, क्राइस्टको आत्मा कहाँ छ! तिमीहरूलाई थाहा छ, क्राइस्टको
आत्मा पनि अहिले भिखारी (बेगर) रूपमा छ। तिमी पनि अहिले भिखारीबाट राजकुमार (बेगर
टु प्रिन्स) बनिरहेका छौ। भारतवर्ष नै राजकुमार थियो, अहिले भिखारी छ, फेरि
राजकुमार बन्छ। राजकुमार बनाउने एक रुहानी बाबा हुनुहुन्छ। तिमीहरू भिखारीबाट
राजकुमार बन्छौ। एउटा राजकुमार-राजकुमारीहरूको (प्रिन्स-प्रिन्सेज) कलेज पनि छ, जहाँ
गएर उनीहरूले पढ्छन्। तिमी यहाँ पढेर २१ जन्मको लागि स्वर्गमा राजकुमार-राजकुमारी
बन्छौ। ज्ञानबाट तिमी मनुष्यबाट देवता बन्छौ। अहिले तिमीले बुझेका छौ, जो श्रीकृष्ण
सत्ययुगका राजकुमार थिए, उनै ८४ जन्मपछि भिखारी बनेका छन्। ५ हजार वर्ष पहिला
देवीदेवताहरू कति धनवान् थिए। अहिले उनीहरू नै कङ्गाल भिखारी बनेका छन्। यी कुराहरू
केवल तिमीहरूले मात्रै सुन्न सक्छौ। भगवानुवाच– उहाँ सबैको पिता हुनुहुन्छ। तिमीले
परमपिता परमात्मा (गड फादर) बाट सुन्छौ। गीतामा केवल यो भुलगरिदिएका छन्– शिव
भगवानुवाचको सट्टा श्रीकृष्ण भगवानुवाच नाम राखिदिएका छन्, त्यसैले भनिन्छ– झुटो
दुनियाँ। यतिबेला सारा दुनियाँ काँडाहरूको जङ्गल बनेको छ। मुम्बईमा बबुलनाथको
मन्दिर छ। बाबाले आएर यी काँडाहरूलाई फूल बनाउनुहुन्छ। सबैले एकअर्कालाई काँडाले
घोच्छन् अर्थात् कामकटारी चलाउँछन्, त्यसैले यसलाई काँडाहरूको जङ्गल भनिन्छ।
सत्ययुगलाई अल्लाहको बगैँचा (गार्डेन अफ अल्लाह) भनिन्छ। तिनै फूलहरू (फ्लावर्स)
काँडा बन्छन्, फेरि काँडाबाट फूल बन्छन्। सत्ययुगमा कहिल्यै रावणलाई जलाउँदैनन्।
रावण भारतको पुरानो दुस्मन हो। तिम्रो लडाइँ रावणसँग छ, जसले आधाकल्प दुःख दिएको छ।
अन्त्यमा ठुलो लडाइँ पनि हुनेछ। सच्चा सच्चा विजया दशमी हुनेछ। रावण राज्य नै खतम
हुनेछ, तिमीलाई फेरि सुनका महलहरू मिल्नेछन्। अहिले रावणमाथि विजय प्राप्त गरेर तिमी
स्वर्गको मालिक बन्छौ। बाबाले सारा विश्वको राज्य भाग्य दिनुहुन्छ, त्यसैले उहाँलाई
शिव भोला भण्डारी भन्छन्। गणिकाहरू, अहिल्याहरू, कुब्जाहरू सबैलाई बाबाले विश्वको
मालिक बनाउनुहुन्छ। बाबा कति भोला हुनुहुन्छ। आउन पनि पतित दुनियाँमा, पतित शरीरमा
आउनुहुन्छ। बाँकी जो स्वर्गको लायक छैनन्, उनीहरूले विकारहरूलाई छोड्न सक्दैनन्।
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अहिले यो अन्तिम जन्म तिमी पावन बन। यी विकारहरू
विष (प्वाइजन) हुन्, जसले तिमीलाई आदि-मध्य-अन्त्य दुःखी बनाउँछन्। के तिमीले यो एक
अन्तिम जन्म यिनलाई छोड्न सक्दैनौ? मैले तिमीलाई अमृत पिलाएर अमर बनाउँछु। तैपनि
तिमी पवित्र बन्दैनौ। विकारविना, चुरोटविना, रक्सीविना रहन सक्दैनौ। म बेहदको बाबा
भन्छु– तिमी एक जन्म पवित्र बन्यौ भने मैले तिमीलाई स्वर्गको मालिक बनाउँछु।
तिमीलाई थाहा छ, बाबा आउनुभएकै छ सारा दुनियाँलाई दुःखबाट मुक्त गरेर सुखधाम,
शान्तिधाममा लैजान। अब सबै धर्महरूको विनाश हुनेछ। एक आदि सनातन देवीदेवता धर्मको
स्थापना हुन्छ। ग्रन्थमा पनि परमपिता परमात्मालाई अकालमूर्त भन्छन्। बाबा महाकाल
हुनुहुन्छ। त्यो कालले त एक-दुई जनालाई लैजान्छ, मैले त सबै आत्माहरूलाई लैजान्छु,
त्यसैले महाकाल भन्छन्। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ।
रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई
गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यस अन्तिम जन्ममा ज्ञान अमृत पिएर अमर बन्नु छ। स्वयंलाई स्वर्गमा जान लायक
बनाउनु छ। नराम्रा बानीहरू छोडिदिनु छ।
२) अब पढाइ पढेर २१
जन्मको लागि स्वर्गमा राजकुमार-राजकुमारी बन्नु छ। सच्चा सच्चा सत्यनारायणको कथा
सुनेर नरबाट नारायण बन्ने पुरुषार्थ गर्नु छ।
वरदान:–
थोरै
शब्दहरूद्वारा ज्ञानका सबै रहस्यहरूलाई स्पष्ट पार्ने यथार्थ र शक्तिशाली भव
कुनै पनि कुरा जति
धेरै शक्तिशाली हुन्छ, त्यति नै त्यसको मात्रा (क्वान्टिटी) कम हुन्छ। त्यसरी नै
तिमी आफ्नो निर्वाण स्थितिमा स्थित भएर वाणीमा आएपछि शब्द कम तर यथार्थ र शक्तिशाली
हुन्छन्। एक शब्दमा हजारौँ शब्दहरूको रहस्य समाहित भएको हुन्छ, जसबाट व्यर्थ वाणी
स्वतः समाप्त हुन्छ। एक शब्दबाट ज्ञानका सबै रहस्यहरूलाई स्पष्ट पार्न सक्छौ,
विस्तार समाप्त हुन्छ।
स्लोगन:–
दिलबाट बाबा
भन्नु अर्थात् खुसी र शक्तिको प्राप्ति गर्नु हो।
अव्यक्त इसारा:– अब
आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर।
तिमी दाताका बच्चाहरू
सबैलाई दिने भावनाले भरपुर बन। कहिल्यै पनि यो सङ्कल्प नगर– यो भयो भने मैले पनि यो
गर्छु। यस्तो परिस्थिति होस्, वायुमण्डल होस्, अनि मैले यो गर्छु। दातापनको संस्कार
हुनेलाई सबैतिरबाट सहयोग स्वतः प्राप्त हुन्छ, त्यसैले मास्टर दाताले अरूबाट लिने
भावना राख्न सक्दैनन्।