03.11.24 Avyakt Bapdada Nepali Murli 25.10.2002 Om Shanti Madhuban
ब्राह्मण जीवनको आधार–
पवित्रताको रोयल्टी
आज स्नेहका सागरले
आफ्ना स्नेही बच्चाहरूलाई देखिरहनु भएको छ। चारैतिरका स्नेही बच्चाहरू रूहानी
सूक्ष्म डोरीमा बाँधिएर आफ्नो प्यारो घरमा आइपुगेका छन्। जसरी बच्चाहरू स्नेहले
तानिएर पुगेका छन् त्यसरी नै बाबा पनि बच्चाहरूको स्नेहको डोरीमा बाँधिएर बच्चाहरूको
सामु पुग्नु भएको छ। बापदादाले देखिरहनु भएको छ– चारैतिरका बच्चाहरू टाढा बसेर पनि
स्नेहमा समाहित भएका छन्। सामुन्नेका बच्चाहरूलाई पनि देखिरहेका छन् र टाढा बसेका
बच्चाहरूले पनि देखेर हर्षित भइरहेका छन्। यो रूहानी अविनाशी स्नेह, परमात्म स्नेह,
आत्मिक स्नेह सारा कल्पमा अहिले अनुभव गरिरहेका छौ।
बापदादाले हरेक बच्चाको पवित्रताको राजसीपन (रोयल्टी) देखिरहनु भएको छ। ब्राह्मण
जीवनको राजसीपन नै पवित्रता हो। त्यसैले हरेक बच्चाको शिरमा रूहानी राजसीपनको निसानी
पवित्रताको प्रकाशको ताज देखिरहनु भएको छ। तिमीहरू सबैले पनि आफ्नो पवित्रताको ताज,
रूहानी राजसीपनको ताज देखिरहेका छौ? पछाडि बसेकाहरूले पनि देखिरहेका छौ? यो सभा कति
शोभायमान ताजधारी देखिन्छ। होइन र पाण्डव? ताज चम्किरहेको छ नि! यस्तो सभा देखिरहेका
छौ नि! कुमारीहरू, ताजधारी कुमारी हौ नि! बापदादाले देखिरहनु भएको छ– बच्चाहरूको
रोयल परिवार कति श्रेष्ठ छ! आफ्नो अनादि राजसीपनलाई याद गर, जब तिमी आत्माहरू
परमधाममा रहँदा पनि त्यतिबेला आत्मा रूपमा पनि तिमीहरूको रूहानी राजसीपन विशेष
हुन्छ। सबै आत्माहरू पनि प्रकाश रूपमा छन् तर तिमीहरूको चमक सबै आत्माहरूमा श्रेष्ठ
छ। परमधाम याद आइरहेको छ? अनादिकालदेखि तिमीहरूको झलक अद्वितीय छ। जसरी आकाशमा
देखेका छौ होला ताराहरू सबै चम्किन्छन्, सबै प्रकाश नै हुन् तर सबै ताराहरूमध्ये
कुनै विशेष ताराहरूको चमक अद्वितीय र प्यारो हुन्छ। त्यसरी नै सबै आत्माहरूका बीच
तिमी आत्माहरूको चमक रूहानी राजसीपन, पवित्रताको चमक अद्वितीय छ। याद आइरहेको छ नि?
फेरि आदिकालमा आऊ, आदिकाललाई याद गर, त्यतिबेला आदिकालमा पनि देवता स्वरूपमा रूहानी
राजसीपनको व्यक्तित्व कति विशेष थियो? सारा कल्पमा दैवी स्वरूपको राजसीपन अरू कसैको
थियो? रूहानी राजसीपन, पवित्रताको व्यक्तित्व याद छ नि! पाण्डवहरूलाई पनि याद छ?
याद आयो? फेरि मध्यकालमा आऊ, त्यतिबेला मध्यकाल द्वापरदेखि लिएर तिमीहरूका जुन
पूज्य चित्र बनाउँछन्, ती चित्रहरूको राजसीपन र पूजाको राजसीपन द्वापरदेखि
अहिलेसम्म कुनै चित्रको छ? चित्र त धेरैका छन् तर यसरी विधिपूर्वक पूजा अरू कुनै
आत्माहरूको छ? चाहे धर्मपिताहरू हुन्, चाहे नेताहरू हुन्, चाहे अभिनेताहरू हुन्,
चित्र त सबैका बन्छन् तर चित्रहरूको राजसीपन र पूजाको राजसीपन कसैको देखेका छौ? डबल
विदेशीहरूले आफ्नो पूजा देखेका छौ? तिमीहरूले देखेका छौ कि सुनेका मात्र छौ? यसरी
विधिपूर्वक पूजा र चित्रहरूको चमक, रूहानियत अरू कसैको पनि भएको छैन, न हुनेछ। किन?
पवित्रताको राजसीपन छ। पवित्रताको व्यक्तित्व छ। राम्रो, हेरिसक्यौ आफ्नो पूजा?
देखेका छैनौ भने हेर्नु। अब अन्त्यमा सङ्गमयुगमा आऊ– सङ्गममा पनि सारा विश्वमा
पवित्रताको राजसीपन ब्राह्मण जीवनको आधार हो। पवित्रता छैन भने प्रभु प्रेमको अनुभव
पनि हुँदैन। सर्व परमात्म प्राप्तिहरूको अनुभव हुँदैन। ब्राह्मण जीवनको व्यक्तित्व
पवित्रता हो र पवित्रता नै रूहानी राजसीपन हो। त्यसैले आदि अनादि, आदि मध्य र
अन्त्य सारा कल्पमा यो रूहानी राजसीपन चलिरहेको छ।
त्यसैले आफूलाई हेर– ऐना त तिमीहरू सबैसँग छ नि? ऐना छ? देख्न सक्छौ? त्यसोभए हेर।
मभित्र पवित्रताको राजसीपन कति प्रतिशत छ? आफ्नो अनुहारबाट पवित्रताको फलक देखिन्छ?
चालचलनमा पवित्रताको नसा देखिन्छ? फलक अर्थात् नसा। चालचलनमा त्यो फलक अर्थात्
रूहानी नसा देखिन्छ? हेरिसक्यौ आफूलाई? हेर्नमा कति समय लाग्छ? एक सेकेन्ड? त्यसोभए
सबैले हेर्यौ आफूलाई?
कुमारीहरू:– झलक र फलक छ? राम्रो छ, सबै उठ, उभिऊ। (कुमारीहरू रातो पट्टा लगाएर
बसेका छन्, जसमा लेखिएको छ एकव्रता) सुन्दर देखिन्छ नि। एकव्रताको अर्थ नै
पवित्रताको राजसीपन हो। त्यसोभए एकव्रताको पाठ पक्का गरिसक्यौ! त्यहाँ गएर कच्चा
कर्म नगर्नु। अब कुमार ग्रुप उठ। कुमारहरूको समूह पनि राम्रो छ। कुमारहरूले मनमा
प्रतिज्ञाको पट्टा बाँधिसकेका छन्, यिनीहरूले (कुमारीहरूले) त बाहिरबाट पनि
बाँधिसकेका छन्। सदा अर्थात् निरन्तर पवित्रताको व्यक्तित्वमा रहने कुमार हौं, यो
प्रतिज्ञाको पट्टा बाँधेका छौ। यस्ता छौ? भन, हाँजी। नाजी कि हाँजी? कि त्यहाँ गएर
पत्र लेख्नेछौ अलिअलि लुज भयो! यस्तो नगर्नु। ब्राह्मण जीवनमा बाँचुञ्जेलसम्म
सम्पूर्ण पवित्र रहनु नै छ। यस्तो वाचा छ? पक्का वाचा छ भने हात हल्लाऊ। टिभीमा
तिमीहरूको फोटो निस्किरहेको छ। जो लुज हुनेछ नि उसलाई यो चित्र पठाइनेछ त्यसैले लुज
हुनुहुँदैन, पक्का रहनु। छौ पक्का? पाण्डव त पक्का हुन्छन्। पक्का पाण्डव, धेरै
राम्रो।
पवित्रताको वृत्ति हो– शुभभावना, शुभकामना। कोही जस्तोसुकै होस् तर पवित्र वृत्ति
अर्थात् शुभभावना, शुभकामना र पवित्र दृष्टि अर्थात् सदा हरेकलाई आत्मिक रूपमा
देख्नु वा फरिस्ता रूपमा देख्नु। वृत्ति, दृष्टि र तेस्रो हो कर्म अर्थात् कर्म,
कर्ममा पनि सदा हरेक आत्मालाई सुख दिनु र सुख लिनु। यो हो पवित्रताको निसानी। वृत्ति,
दृष्टि र कृति तीनैमा यो धारणा होस्। कसैले जेसुकै गरोस्, दु:ख पनि देला, अपमान पनि
गर्ला, तर मेरो कर्तव्य के हो? के दु:ख दिनेलाई अनुसरण गर्नु छ कि बापदादालाई
अनुसरण गर्नु छ? अनुसरण बाबालाई गर्नु छ नि! ब्रह्माबाबाले दु:ख दिए कि सुख दिए?
सुख दिए नि! त्यस्तै तिमी मास्टर ब्रह्मा अर्थात् ब्राह्मण आत्माहरूले के गर्नु छ?
कसैले दु:ख देओस् तर तिमीहरूले के गर्नेछौ? दु:ख दिनेछौ? दिनेछैनौ? धेरै दु:ख देओस्
तब? धेरै गाली गरोस्, धेरै अपमान गरोस्, त्यतिबेला अलिकति त महसुस गर्नेछौ कि
गर्नेछैनौ? कुमारीहरूले महसुस गर्नेछौ? अलिकति। त्यसोभए बाबालाई अनुसरण गर। यो सोच
मेरो कर्तव्य के हो! उसको कर्तव्य देखेर आफ्नो कर्तव्य नबिर्सनु। उसले गाली गरिरहेको
हुन्छ, तिमी सहनशील देवी, सहनशील देव बन। तिमीहरूको सहनशीलताले गाली गर्नेहरूले पनि
तिमीलाई अङ्कमाल गर्नेछन्। सहनशीलतामा यति शक्ति छ, तर अलि समय सहन गर्नुपर्छ।
त्यसोभए सहनशीलताका देव वा देवीहरू हौ नि? हौ? सदा यही स्मृति राख– म सहनशील देवता
हुँ, म सहनशीलताकी देवी हुँ। देवता अर्थात् दिनेवाला दाता, कसैले गाली गर्छ, सम्मान
गर्दैन भने हिलो हो नि, राम्रो चीज हो? फेरि तिमीहरूले लिन्छौ किन? हिलो लिइन्छ र?
कसैले तिमीहरूलाई हिलो देओस्, के तिमीहरूले लिनेछौ? लिदैनौ नि। त्यस्तै कसैले
तिमीलाई सम्मान गर्दैन, अपमान गर्छ, गाली गर्छ, तिमीहरूलाई विचलित पार्छ, यो के हो?
राम्रा चीजहरू हुन्? फेरि तिमीहरूले लिन्छौ किन? अलिअलि त लिइहाल्छौ, पछि सोच्छौ
लिनु हुँदैनथ्यो। त्यसैले अब नलिनु। लिनु अर्थात् मनमा धारणा गर्नु, महसुस गर्नु।
आफ्नो अनादिकाल, आदिकाल, मध्यकाल, सङ्गमकाल, सारा कल्पको पवित्रताको रोयल्टी,
पर्सनालिटी सम्झ। कसैले जेसुकै गरोस् तिमीहरूको व्यक्तित्वलाई कसैले खोस्न सक्दैन।
यो रूहानी नसा छ नि? डबल विदेशीहरूलाई त डबल नसा छ नि! डबल नसा छ नि? सबै कुराको
डबल नसा। पवित्रताको पनि डबल नसा, सहनशील देवी-देवता बनेकोमा पनि डबल नसा। छ नि डबल?
केवल सदा अमर रहनु। अमर भवको वरदान कहिल्यै नबिर्सनु।
अच्छा, जो प्रवृत्तिमा छन् अर्थात् युगल, त्यसो त एकल रहन्छन्, भन्दा युगल आउँछ,
उनीहरू उठ। उभिऊ। युगल त धेरै छन्, कुमार, कुमारी त थोरै छन्। कुमारहरूभन्दा त युगल
धेरै छन्। युगलमूर्त बापदादाले तिमीहरू सबैलाई प्रवृत्तिमा रहनका लागि निर्देशन किन
दिनु भएको छ? तिमीहरूलाई युगल रहने छुट किन दिनु भएको छ? प्रवृत्तिमा रहने छुट किन
दिइएको छ, थाहा छ? किनकि युगल रूपमा रहेरै यी महामण्डलेश्वरहरूलाई खुट्टामा झुकाउनु
छ। छ यति हिम्मत? ती मानिसहरूले भन्छन्– सँगै रहेर पवित्र रहन गाह्रो छ तर तिमीहरूले
के भन्छौ? गाह्रो छ कि सहज छ? (धेरै सहज छ) पक्का हो? कि कहिले सजिलो, कहिले गाह्रो?
त्यसैले बापदादाले ड्रामाअनुसार तिमीहरू सबैलाई दुनियाँको अगाडि, विश्वको अगाडि
उदाहरण बनाउनु भएको छ, चुनौती दिनका लागि। प्रवृत्तिमा ररेरै पनि निवृत्त,
अपवित्रताबाट निवृत्त रहन सक्छौ? चुनौती दिनेवाला हौ नि? सबै चुनौती दिनेवालाहरू
हौ, अलिअलि डराउन त डराउँदैनौ, चुनौती त दिउँ तर थाहा छैन के होला! विश्वलाई चुनौती
देऊ किनकि नयाँ कुरा यही हो– सँगै रहेरै पनि स्वप्नमा पनि अपवित्रताको सङ्कल्पल्प
नआओस्, यही सङ्गमयुगको ब्राह्मण जीवनको विशेषता हो। यस्तो विश्वको सोकेसमा तिमीहरू
उदाहरण हौ, नमुना भन, उदाहरण भन। तिमीहरूलाई देखेर सबैमा तागत आउँछ हामी पनि बन्न
सक्छौं। ठीक छ नि? शक्तिहरू ठीक छ? पक्का छौ नि? कच्चा पक्का त होइन? पक्का। बापदादा
पनि तिमीहरूलाई देखेर खुसी हुनुहुन्छ। बधाई छ। हेर कति छन्? धेरै राम्रो।
बाँकी रह्यौ टिचरहरू। टिचरहरू बिना त गति हुँदैन। टिचरहरू उठ। पाण्डवहरू पनि राम्रा
राम्रा छन्। वाह! टिचरहरूको विशेषता हो– हरेक टिचरको अनुहारबाट भविष्य देखियोस्। कि
हरेक टिचरको अनुहारबाट फरिस्ता स्वरूप देखियोस्। यस्ता टिचर हौ नि! तिमी
फरिस्ताहरूलाई देखेर अरू पनि फरिस्ता बनुन्। हेर टिचरहरू कति छन्। विदेशी ग्रुपमा
टिचरहरू धेरै छन्। अहिले त थोरै आएका छन्। जो आएका छैनन् तिनीहरूलाई पनि बापदादाले
सम्झिरहनु भएको छ। राम्रो छ, अहिले टिचरहरू मिलेर यो योजना बनाऊ– आफ्नो चालचलन र
अनुहारबाट बाबालाई प्रत्यक्ष कसरी गरौं? दुनियाँले त भन्छन् परमात्मा सर्वव्यापी
हुनुहुन्छ र तिमीहरूले भन्छौ हुनुहुन्न। तर बापदादाले भन्नुहुन्छ– अहिले समय प्रमाण
हरेक टिचरमा बाबा प्रत्यक्ष देखियोस्, यसरी सर्वव्यापी देखिनेछ नि! जसलाई हेर्दा पनि
उसमा बाबा नै देखियोस्। आत्मा, परमात्माको अगाडि छिपोस् र परमात्मा नै देखियोस्। यो
हुन सक्छ? यसको मिति कुन हो? मिति त निश्चित हुनुपर्छ नि? त्यसोभए मिति कुन हो यसको?
कति समय चाहिन्छ? (अबदेखि सुरू गर्नेछौं) सुरू गर्नेछौ, राम्रो हिम्मत छ, कति समय
चाहिन्छ? २००२ त चलिरहेको छ, अब दुई हजार कहिलेसम्म? त्यसैले टिचरहरूले यही ध्यान
राख्नुपर्छ– बस्, अब बाबाभित्र म समाहित भएको देखिऊँ। मद्वारा बाबा देखियोस्। योजना
बनाउनेछौ नि! डबल विदेशी बैठक गर्नमा त होसियार छौ? अब यो बैठक गर्नु, यो बैठक बिना
जानु छैन– कसरी हामी एक एकबाट बाबा देखियोस्। अहिले ब्रह्माकुमारीहरू देखिन्छन्,
ब्रह्माकुमारीहरू धेरै राम्रा छन् तर यिनीहरूको बाबा कति राम्रो हुनुहुन्छ, त्यो
देखुन्। तब विश्व परिवर्तन हुनेछ नि! डबल विदेशीले यो योजनालाई व्यवहारमा सुरू
गर्नेछौ नि! गर्नेछौ? पक्का। अच्छा। तिमीहरूकी दादी छिन् नि, उनको आशा पूर्ण हुनेछ।
ठीक छ नि? राम्रो।
हेर, डबल विदेशी कति सेवाधारी छौ, तिमीहरूको कारणले सबैलाई यादप्यार मिलिरहेको छ।
बापदादालाई पनि डबल विदेशीहरूसँग धेरै त भन्ने कुरा छैन तर विशेष प्यार छ। किन
प्यार छ? किनकि डबल विदेशी आत्माहरू जो सेवाको निमित्त बनेका छन्, ती विश्वको कुना
कुनामा बाबाको सन्देश पुर्याउने निमित्त बनेका छन्। नत्रभने विदेशका चारैतिरका
आत्माहरू प्यासी रहन्थे। अब बाबालाई उल्हना त मिल्नेछैन नि– भारतमा आउनुभयो, विदेशमा
किन सन्देश दिइएन। बाबाको उल्हना पूरा गर्ने निमित्त बनेका छौ। र, जनकलाई त उत्साह
धेरै छ, कुनै देश नरहोस्। राम्रो छ। बाबाको उल्हना त पूरा गर्नेछौ नि! तर तिमीले (दादी
जानकी) साथीहरूलाई धेरै थकाउँछ्यौ थकाउँछिन् नि! जयन्ती, थकाउँदिनन्? तर यो थकाइमा
पनि मोज समाहित भएको हुन्छ। पहिले लाग्छ– यो बारम्बार के हो, तर जब भाषण गरेर
आशीर्वाद लिएर आउँछौ नि त्यसपछि अनुहार परिवर्तन हुन्छ। राम्रो छ, दुवै दादीहरूमा
उत्साह बढाउने विशेषता छ। यी शान्त भएर बस्न सक्दैनन्। सेवा अझै बाँकी छ नि? यदि
नक्सा लिएर हेर चाहे भारतमा, चाहे विदेशमा, यदि नक्सामा एक एक स्थानमा चिह्न लगाउँदै
गयौ भने देखिनेछन्– अझै बाँकी छन् त्यसैले बापदादा खुसी पनि हुनुहुन्छ र भन्नु पनि
हुन्छ धेरै नथकाऊ। तिमीहरू सबै सेवामा खुसी छौ नि! अब यी कुमारीहरू पनि त टिचर
बन्नेछन् नि। जो टिचर छन् ती त छँदैछन् तर जो टिचर छैनन् ती टिचर बनेर कुनै न कुनै
केन्द्र सम्हाल्नेछन् नि। सहयोगी बन्नेछन् नि! डबल विदेशी बच्चाहरूलाई दुवै काम
गर्ने अभ्यास त छँदैछ। जागिर पनि खान्छन् केन्द्र पनि सम्हाल्छन्, त्यसैले बापदादाले
डबल बधाई पनि दिनुहुन्छ। अच्छा।
चारैतिरका अति स्नेही, अति समीप सदा आदिकालदेखि अहिलेसम्म राजसीपनका अधिकारी, सदा
आफ्नो अनुहार र चालचलनबाट पवित्रताको झलक देखाउने, सदा आफूलाई सेवा र यादमा तीव्र
पुरुषार्थद्वारा नम्बर वन बन्ने, सदा बाबा समान सबै शक्ति, सबै गुण सम्पन्न स्वरूपमा
रहने– यस्ता सबैतिरका हरेक बच्चालाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी
बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
विदेशका मुख्य
टिचर दिदीबहिनीहरूसँग:–
सबैले सेवाका योजनाहरू राम्रा राम्रा बनाएका छौ नि किनकि जब सेवा समाप्त हुन्छ अनि
तिमीहरूको राज्य आउँछ। त्यसैले सेवाको साधन पनि आवश्यक छ। तर मनसा पनि होस्, वाचा
पनि होस्, सँगसँगै होस्। सेवा र स्व-उन्नति दुवै सँगै होउन्। यस्तो सेवाले सफलतालाई
समीप ल्याउँछ। सेवाको निमित्त त छौ नै र सबैले आ-आफ्नो स्थानमा सेवा त राम्रो
गरिरहेका छौ। बाँकी अहिले जुन काम दिइएको छ, त्यसको योजना बनाऊ। त्यसका लागि आफूमा
वा सेवामा के के वृद्धि चाहिन्छ, थप चाहिन्छ त्यो योजना बनाऊ। बाँकी बापदादा
सेवाधारीहरूलाई देखेर खुसी त हुनुहुन्छ नै। सबै राम्रा सेवाकेन्द्रहरूले उन्नति
गरिरहेका छन्। उन्नति भएको छ नि? राम्रो छ। राम्रो भइरहेको छ नि। भइरहेको छ र
भइरहनेछ। अहिले जो अलग अलग छरिएका छन्, तिनीहरूको सङ्गठन बनाएर तिनीहरूलाई पक्का
बनाऊ। व्यवहारिक प्रमाण सबैको अगाडि देखाऊ। चाहे कसैले कुनै पनि सेवा गरिरहेका छौ,
फरक फरक योजना बनाउँछौ, गरिरहेका पनि छौ, राम्रो चलिरहेका पनि छन्, अब ती सबैको
समूह एकसाथ ल्याऊ। जो सेवाको प्रमाण सारा ब्राह्मण परिवारको सामु आओस्। ठीक छ नि!
बाँकी सबै राम्रा छौ, राम्राभन्दा पनि राम्रा छौ। अच्छा। ओम् शान्ति।
वरदान:–
तीन
स्मृतिहरूको तिलकद्वारा श्रेष्ठ स्थिति बनाउने अचल-अडोल भव
बापदादाले सबै
बच्चाहरूलाई तीन स्मृतिहरूको तिलक दिनुभएको छ, एक स्वको स्मृति फेरि बाबाको स्मृति
र श्रेष्ठ कर्मका लागि ड्रामाको स्मृति। जसलाई सदा यी तीनै स्मृतिहरू रहन्छ,
तिनीहरूको स्थिति पनि श्रेष्ठ हुन्छ। आत्माको स्मृतिको साथै बाबाको स्मृति र बाबाको
साथसाथै ड्रामाको स्मृति अति आवश्यक छ किनकि कर्ममा यदि ड्रामाको ज्ञान छ भने तलमाथि
हुनेछैनौ। जति पनि फरक फरक परिस्थितिहरू आउँछन्, त्यसमा अचल अडोल रहनेछौ।
स्लोगन:–
दृष्टिलाई
अलौकिक, मनलाई शीतल र बुद्धिलाई रहमदिल बनाऊ।