03.12.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यादको यात्रामा लापर्बाह नबन , यादबाट नै आत्मा पावन बन्छ , बाबा आउनु भएको छ सबै आत्माहरूको सेवा गरेर उनीहरूलाई शुद्ध बनाउन।”

प्रश्न:–
कुनचाहिँ स्मृति भइरह्यो भने खानपिन शुद्ध हुन्छ?

उत्तर:–
हामी सचखण्डमा जान वा मनुष्यबाट देवता बन्न बाबाको पासमा आएका छौं– यो कुराको स्मृति रह्यो भने खानपिन शुद्ध हुन्छ किनकि देवताहरूले कहिल्यै अशुद्ध चीज खाँदैनन्। हामी सत्य बाबाको पासमा खचखण्ड, पावन दुनियाँको मालिक बन्न आएका हौं भने पतित (अशुद्ध) बन्न सक्दैनौं।

ओम् शान्ति ।
रूहानी बाबाले रूहानी बच्चाहरूलाई सोध्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी यहाँ बसेको बेलामा कसलाई याद गर्छौ? आफ्नो बेहदका बाबालाई। उहाँ कहाँ हुनुहुन्छ? उहाँलाई पुकारिन्छ नि– हे पतित-पावन! आजकाल संन्यासीहरूले पनि भन्ने गर्छन् पतित-पावन सीताराम अर्थात् पतितहरूलाई पावन बनाउने राम आउनुहोस्। यो त बच्चाहरूले जान्दछौ– पावन दुनियाँ सत्ययुगलाई, पतित दुनियाँ कलियुगलाई भनिन्छ। अहिले तिमी कहाँ बसेका छौ? कलियुगको अन्त्यमा त्यसैले पुकार्छन्– बाबा आएर हामीलाई पावन बनाउनुहोस्। हामी को हौं? आत्मा। आत्मा नै पवित्र बन्नु छ। आत्मा पवित्र बन्यो भने शरीर पनि पवित्र मिल्छ। आत्मा पतित बन्यो भने शरीर पनि पतित मिल्छ। यो शरीर त माटोको पुतला हो। आत्मा त अविनाशी छ। आत्माले यी अङ्गहरूद्वारा भन्छ, पुकार्छ– हामी धेरै पतित बनेका छौं, आएर हामीलाई पावन बनाउनुहोस्। बाबाले पावन बनाउनु हुन्छ। ५ विकाररूपी रावणले पतित बनाउँछ। बाबाले अहिले स्मृति गराउनु भएको छ– हामी पावन थियौं फेरि यसरी ८४ जन्म लिँदै लिँदै अहिले अन्तिम जन्ममा छौं। यो जुन मनुष्य सृष्टिरूपी वृक्ष छ, बाबा भन्नुहुन्छ– म यसको बीजरूप हुँ, मलाई बोलाउँछन्– हे परमपिता परमात्मा, गड फादर, हामीलाई मुक्ति दिनुहोस्! हरेकले आफ्नो लागि भन्छन्– मलाई छुटाउनुहोस् र पण्डा बनेर शान्तिधाम घरमा लैजानुहोस्। संन्यासी आदिले पनि भन्छन्– स्थायी शान्ति कसरी मिल्छ? तर शान्तिधाम त हो घर जहाँबाट आत्माहरू पार्ट खेल्न आउँछन्। त्यहाँ केवल आत्माहरू मात्र हुन्छन् शरीर हुँदैन। आत्माहरू नाङ्गै अर्थात् शरीर विना नै रहन्छन्। नाङ्गोको अर्थ यो होइन– कपडा नलगाउनु। होइन, शरीर विना आत्माहरू नाङ्गो (अशरीरी) रहन्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी आत्माहरू त्यहाँ मूलवतनमा विना शरीर रहन्छौ, त्यसलाई निराकारी दुनियाँ भनिन्छ।

बच्चाहरूलाई सिँढीमा सम्झाइएको छ– हामी कसरी सिँढीबाट तल उत्रिदै आएका हौं। बढीमा पूरा ८४ जन्म लागेको छ। फेरि कसैले एक जन्म पनि लिन्छ। आत्माहरू माथिबाट आई नै रहन्छन्। अहिले बाबा भन्नुहुन्छ– म आएको छु पावन बनाउन। शिवबाबाले ब्रह्माद्वारा तिमीलाई पढाउनु हुन्छ। शिवबाबा हुनुहुन्छ आत्माहरूका पिता र ब्रह्मालाई भनिन्छ आदि देव। यी दादामा बाबा कसरी आउनु हुन्छ, यो तिमी बच्चाहरूले नै जानेका छौ। मलाई बोलाउँछन् पनि– हे पतित-पावन आउनुहोस् ! आत्माहरूले यस शरीरद्वारा बोलाएको छ। मुख्य आत्मा हो नि। यो हो नै दु:खधाम। यहाँ हेर कलियुगमा बस्दाबस्दै अचानक मृत्यु हुन्छ, त्यहाँ यसरी कोही बिमारी नै हुँदैन। नाम नै छ स्वर्ग। कति राम्रो नाम छ। भन्ने बित्तिकै दिलमा खुसी हुन्छ। क्रिस्चियनहरूले पनि भन्छन्– क्राइस्ट भन्दा ३ हजार वर्ष पहिला प्याराडाइज थियो। यहाँ हिन्दुहरूलाई त केही पनि थाहा छैन किनकि उनीहरूले सुख धेरै देखेका छन् भने दु:ख पनि धेरै देखिरहेका छन्। तमोप्रधान बनेका छन्। ८४ जन्म पनि यिनीहरूको हुन्छ। आधाकल्पपछि फेरि अरू धर्महरू आउँछन्। अहिले तिमीले जान्दछौ– आधाकल्प देवी-देवताहरू छँदा अरू कुनै धर्म थिएन। फेरि त्रेतामा राम भएको बेला पनि इस्लामी-बौद्धी थिएनन्। मनुष्य त विल्कुल घोर अन्धकारमा छन्। भनिदिन्छन्– दुनियाँको अवधि लाखौं वर्ष छ, त्यसैले मानिसहरू कलियुग अझै सानो बच्चा छ भनी अलमलिन्छन्। तिमीले अहिले जान्दछौ– कलियुग पूरा भएर अब सत्ययुग आउने छ। त्यसैले तिमी आएका छौ बाबाबाट स्वर्गको वर्सा लिन। तिमी सबै स्वर्गवासी थियौ। बाबा आउनु हुन्छ नै स्वर्गको स्थापना गर्न। तिमी नै स्वर्गमा आउँछौ, बाँकी सबै शान्तिधाम घर जान्छन्। त्यो हो स्वीट होम, आत्माहरू त्यहाँ निवास गर्छन्। फेरि यहाँ आएर पार्टधारी बन्छन्। शरीर बिना त आत्माले बोल्न पनि सक्दैन। त्यहाँ शरीर नहुने भएकाले आत्माहरू शान्तिमा रहन्छन्। फेरि आधाकल्प सूर्यवंशी-चन्द्रवंशी देवी-देवताहरू हुन्छन्। फेरि द्वापर-कलियुगमा हुन्छन् मनुष्य। देवताहरूको राज्य थियो फेरि अहिले उनीहरू कहाँ गए? कसैलाई थाहा छैन। यो ज्ञान अहिले तिमीहरूलाई बाबाबाट मिल्छ। अरू कुनै मनुष्यमा यो ज्ञान छैन। बाबा नै आएर मनुष्यहरूलाई यो ज्ञान दिनुहुन्छ, जसबाट नै मनुष्यबाट देवता बन्छन्। तिमी यहाँ आएका नै हौ मनुष्यबाट देवता बन्न। देवताहरूको खानपीन अशुद्ध हुँदैन, उनीहरूले कहिल्यै बिँडी आदि पिउँदैनन्। यहाँका पतित मनुष्यहरूको कुरै नसोध– के के खान्छन्! अहिले बाबाले सम्झाउनु हुन्छ यो भारतवर्ष पहिला सचखण्ड थियो। अवश्य पनि सत्य बाबाले स्थापना गर्नुभएको थियो। बाबालाई नै ट्रुथ भनिन्छ। बाबाले नै भन्नुहुन्छ– मैले नै यस खण्डलाई सचखण्ड बनाउँछु। तिमी सच्चा देवता कसरी बन्न सक्छौ, त्यो पनि तिमीलाई सिकाउँछु। कति बच्चाहरू यहाँ आउँछन्, त्यसैले घर आदि बनाउनु पर्ने हुन्छ। अन्त्यसम्म पनि बनि नै रहन्छन्, धेरै बन्छन्। घरहरू किन्छन् पनि। शिवबाबाले ब्रह्माद्वारा कार्य गर्नुहुन्छ। ब्रह्मा भए श्याम किनकि यो धेरै जन्मको अन्त्यको जन्म हो नि। यी फेरि गोरा बन्छन्। श्रीकृष्णको चित्र पनि गोरो र कालो छ नि। म्युजियममा ठुला ठुला राम्रा चित्रहरू छन्, जसमाथि तिमीले कसैलाई पनि राम्रोसँग सम्झाउन सक्छौ। यहाँ बाबाले म्युजियम बनाउन लगाउनुहुन्न यसलाई भनिन्छ टावर अफ साइलेन्स। तिमीलाई थाहा छ– हामी शान्तिधाम आफ्नो घर जान्छौं। हामी त्यहाँका निवासी हौं फेरि यहाँ आएर शरीर लिएर पार्ट खेल्ने छौं। बच्चाहरूलाई पहिला सुरुमा यहाँ निश्चय हुनुपर्छ– यो कुनै साधुसन्तले पढाउँदैनन्। यी दादा त सिन्धका थिए तर यिनमा जो प्रवेश गरेर बोल्नुहुन्छ– उहाँ हुनुहुन्छ ज्ञानका सागर। उहाँलाई कसैले चिन्दैचिनेका छैनन्। भन्छन् पनि गड फादर। फेरि भनिदिन्छन् उहाँको नाम-रूप छँदैछैन। उहाँ निराकार हुनुहुन्छ, उहाँको कुनै आकार छैन। फेरि भनिदिन्छन् उहाँ सर्वव्यापी हुनुहुन्छ। अरे, परमात्मा कहाँ हुनुहुन्छ? भन्छन् उहाँ सर्वव्यापी हुनुहुन्छ, सबैभित्र हुनुहुन्छ। अरे, हरेकभित्र आत्मा बसेको छ, सबै भाइ भाइ हुन् नि, फेरि घट घटमा परमात्मा कहाँबाट आउनु भयो? यस्तो त भनिदैन परमात्मा पनि हुनुहुन्छ र आत्मा पनि छ। परमात्मा बाबालाई बोलाउँछन्, बाबा आएर हामी पतितहरूलाई पावन बनाउनुहोस्। मलाई तिमीले बोलाउँछौ यो धन्दा, यो सेवा गर्नको लागि। हामी सबैलाई आएर शुद्ध बनाउनुहोस्। पतित दुनियाँमा मलाई निमन्त्रण दिन्छौ, भन्छौ– बाबा हामी पतित छौं। बाबाले त पावन दुनियाँ देख्दै देख्नुहुन्न। पतित दुनियाँमा नै तिम्रो सेवा गर्नको लागि आउनु भएको छ। अब यो रावण राज्य विनाश हुन्छ। बाँकी तिमीले जुन राजयोग सिक्छौ त्यसबाट गएर राजाहरूको राजा बन्छौ। तिमीलाई अनगिन्ती पटक पढाउनु भएको छ। फेरि ५ हजार वर्षपछि तिमीलाई नै पढाउनु हुन्छ। सत्ययुग-त्रेताको राजधानी अहिले स्थापना भइरहेको छ। पहिला हुन्छ ब्राह्मण कुल। प्रजापिता ब्रह्माको गायन गरिएको छ नि, जसलाई एडम, आदि देव भनिन्छ। यो कसैलाई थाहा छैन। धेरै छन् जो यहाँ आएर सुनेर फेरि मायाको वश हुन्छन्। पुण्य आत्मा बन्दाबन्दै पाप आत्मा बन्न पुग्छन्। माया धेरै शक्तिशाली छ। सबैलाई पाप आत्मा बनाइदिन्छ। यहाँ कोही पनि पवित्र आत्मा, पुण्य आत्मा छैन। पवित्र आत्मा देवी-देवताहरू नै थिए, जब सबै पतित बन्छन् तब बाबालाई बोलाउँछन्। अहिले यो हो रावण राज्य पतित दुनियाँ, यसलाई भनिन्छ काँडाको जङ्गल। सत्ययुगलाई भनिन्छ गार्डेन अफ फ्लावर्स। मुगल गार्डेनमा कति फस्टक्लास राम्रा राम्रा फूल छन्। आँकका फूल पनि पाइन्छन् तर यसको अर्थ कसैले पनि बुझ्दैनन्, शिवमाथि आँक किन चढाउँछन्? यो पनि बाबाले बसेर सम्झाउनु हुन्छ। मैले जसलाई पढाउँदा तिनमा कुनै फस्टक्लास मोती, कुनै रतन ज्योति, कुनै फेरि आँकका पनि छन्। नम्बरवार त छन् नै। त्यसैले यसलाई भनिन्छ नै दु:खधाम, मृत्युलोक। सत्ययुग हो अमरलोक। यी कुरा कुनै शास्त्रमा छैनन्। शास्त्र त यी दादाले पढेका छन्, बाबाले त शास्त्र पढाउनुहुन्न। बाबा त स्वयं सद्गतिदाता हुनुहुन्छ। उहाँले त गीतालाई रिफर मात्र गर्नुहुन्छ। सर्वशास्त्रमयी शिरोमणि गीता भगवानले नै उच्चारण गर्नुभएको हो तर भगवान कसलाई भनिन्छ, यो हिन्दुहरूलाई थाहा छैन। बाबा भन्नुहुन्छ– मैले निष्काम सेवा गर्छु, तिमीलाई विश्वको मालिक बनाउँछु, म बन्दिनँ। स्वर्गमा तिमीले मलाई याद गर्दैनौ। दु:ख में सिमरण सब करे, सुख में करे ना कोई। यसलाई दु:ख र सुखको खेल भनिन्छ। स्वर्गमा अरू कुनै दोस्रो धर्म हुँदैहुँदैन। उनीहरू सबै पछि आउँछन्। तिमीलाई थाहा छ– अब यो पुरानो दुनियाँको विनाश हुन्छ, जोडले प्राकृतिक प्रकोप, तुफान आउने छन्। सबै समाप्त हुन्छ।

त्यसैले बाबा आएर अहिले बेसमझबाट समझदार बनाउनु हुन्छ। बाबाले कति धनमाल दिनुभएको थियो, सबै कहाँ गयो? अहिले कति कङ्गाल बनेका छन्। भारतवर्ष जुन सुनको चिडिया थियो त्यो अहिले के बनेको छ? अब फेरि पतित-पावन बाबा आउनु भएको छ राजयोग सिकाइरहनु भएको छ। त्यो हो हठयोग, यो हो राजयोग। यो राजयोग दुवैको लागि हो, त्यो हठयोग केवल पुरुषले नै सिक्छन्। अब बाबा भन्नुहुन्छ– पुरुषार्थ गर, विश्वको मालिक बनेर देखाऊ। अब यस पुरानो दुनियाँको विनाश त हुनु नै छ, बाँकी थोरै समय छ, यो लडाइँ अन्तिम लडाइँ हो। यो लडाइँ सुरु भयो भने रोकिन सक्दैन। यो लडाइँ सुरु नै तिमीले कर्मातीत अवस्था प्राप्त गरिसके पछि र स्वर्गमा जाने लायक बनिसकेपछि मात्र हुन्छ। बाबा फेरि पनि भन्नुहुन्छ– यादको यात्रामा बेवास्ता नगर। यसमा नै मायाले विघ्न ल्याउँछ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बाबासँग राम्ररी पढेर फस्टक्लास फूल बन्नु छ, काँडाको यस जङ्गललाई फूलको बगैँचा बनाउन बाबालाई पूरा मदत गर्नु छ।

२) कर्मातीत अवस्था प्राप्त गर्न वा स्वर्गमा उच्च पद पाउने अधिकार प्राप्त गर्नको लागि यादको यात्रामा तत्पर रहनु छ, लापर्बाही गर्नु छैन।

वरदान:–
आफ्नो मस्तकमा सदा बाबाको आशीर्वादको हात अनुभव गर्ने मास्टर विघ्न विनाशक भव

गणेशलाई विघ्न विनाशक भनिन्छ। विघ्न विनाशक उही बन्छ, जसमा सर्व शक्तिहरू छन्। सर्वशक्तिहरूलाई समय अनुसार कार्यमा लगायौ भने विघ्न टिक्न सक्दैन। जस्तोसुकै रुपमा माया आओस् तर तिमी ज्ञानी बन। ज्ञानी आत्माले कहिल्यै मायासँग हार खान सक्दैन। मस्तकमा बापदादाको आशीर्वादको हात छ भने विजयको तिलक स्वत: लगाइएको हुन्छ नै। परमात्म हात र साथले विघ्न विनाशक बनाइदिन्छ।

स्लोगन:–
स्वयंमा गुणहरू धारण गरेर अरूलाई गुणदान गर्नेवाला नै गुणमूर्त हो।