04.04.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– अल्फ र
बेलाई याद गर ेमा रमणीक बन् नेछौ , बाबा पनि रमणीक हुनुहुन्छ भने उहाँका बच्चाहरू
पनि रमणीक हुनुपर्छ।”
प्रश्न:–
देवताहरूका
चित्रहरूको आकर्षण सबैलाई किन हुन्छ? तिनीहरूमा कुन विशेष गुण छन्?
उत्तर:–
देवताहरू धेरै
रमणीक र पवित्र हुन्छन्। रमणीकताको कारण उनीहरूका चित्रहरूमा पनि आकर्षण हुन्छ।
देवताहरूमा पवित्रताको विशेष गुण हुन्छ, जुन गुणको कारण नै अपवित्र मानिसहरू
झुकिरहन्छन्। रमणीक उनीहरू नै बन्छन् जसमा सर्व दैवीगुण हुन्छन्, जो सदा खुसी
रहन्छन्।
ओम् शान्ति ।
आत्माहरू र
परमात्माको मेला कति अनौठो छ। यस्ता बेहदका बाबाका तिमी सबै बच्चाहरू हौ भने
बच्चाहरू पनि कति रमणीक हुनुपर्छ। देवताहरू पनि रमणीक छन् नि। तर राजधानी धेरै ठुलो
छ। सबै एकरस रमणीक हुन सक्दैनन्। तैपनि कुनै कुनै बच्चाहरू अवश्य धेरै रमणीक हुन्छन्।
रमणीक को हुन्छन्? जो सदा खुसीमा रहन्छन्, जसमा दैवीगुण हुन्छन्। यी राधेकृष्ण आदि
रमणीक छन् नि। तिनीहरूमा धेरै धेरै आकर्षण छ। कुन आकर्षण छ? पवित्रताको किनकि
यिनीहरूको आत्मा पनि पवित्र छ भने शरीर पनि पवित्र छ। त्यसैले पवित्र आत्माहरूले
अपवित्रलाई आकर्षित गर्छन्। उनीहरूको चरणहरूमा गिर्छन्। उनीहरूमा कति तागत छ। हुन त
संन्यासी हुन्, तर उनीहरू देवताहरूको अगाडि अवश्य झुक्छन्। कोही कोही धेरै घमण्डी
पनि हुन्छन्, तैपनि देवताहरूको अगाडि अथवा शिवको अगाडि अवश्य झुक्छन्। देवीहरूका
चित्रहरूको अगाडि पनि झुक्छन् किनकि बाबा पनि रमणीक हुनुहुन्छ भने बाबाले बनाउनुभएका
देवीदेवताहरू पनि रमणीक छन्। उनीहरूमा पवित्रताको आकर्षण हुन्छ। उनीहरूको त्यो
आकर्षण अहिलेसम्म पनि चलिरहेको छ। त्यसैले जसले हामी यी लक्ष्मीनारायण बन्छौँ भन्ने
सम्झन्छौ, तिमीहरूमा पनि जति यिनीहरूमा आकर्षण छ त्यति आकर्षण हुनुपर्छ। तिम्रो यस
समयको आकर्षण फेरि अविनाशी हुन्छ। सबैको हुँदैन। नम्बरवार त हुन्छन् नि। भविष्यमा
जो उच्च पद पाउनेवाला हुन्छन्, उनीहरूमा यहाँ नै आकर्षण हुन्छ किनकि आत्मा पवित्र
बन्छ। तिमीहरूमा बढी आकर्षण उनीहरूमा छ जो खास यादको यात्रामा रहन्छौ। यात्रामा
पवित्रता अवश्य हुन्छ। पवित्रतामा नै आकर्षण छ। पवित्रताको आकर्षणले फेरि पढाइमा पनि
आकर्षण ल्याउँछ। यो कुरा तिमीलाई अहिले थाहा भएको छ। तिमीले उनीहरूको (लक्ष्मी-नारायणको)
कर्तव्यलाई जानेका छौ। उनीहरूले पनि बाबालाई कति याद गरेका होलान्। यो जुन उनीहरूले
यति राज्य भाग्य पाएका छन्, त्यो पक्कै पनि राजयोगबाट नै पाएका हुन्। यस समयमा तिमी
यो पद पाउनको लागि आएका छौ। बाबा बसेर तिमीलाई राजयोग सिकाउनुहुन्छ। यो त पक्का
निश्चय गरेर यहाँ आएका छौ नि। बाबा पनि उहाँ नै हुनुहुन्छ, पढाउनेवाला पनि उहाँ नै
हुनुहुन्छ। साथै पनि उहाँले नै लैजानुहुन्छ। त्यसैले यी गुण सदा रहनुपर्छ। सदा
हर्षितमुख रहनु छ। बाबा अल्फको यादमा रहेमा नै सदा हर्षित रहनेछौ। त्यसपछि बेको पनि
याद रहनेछ र यसबाट रमणीक पनि धेरै हुनेछौ। तिमी बच्चाहरूलाई थाहा छ– हामी यहाँ
रमणीक बनेर फेरि भविष्यमा यस्ता रमणीक बन्नेछौँ। यहाँको पढाइले नै अमरपुरीमा
लैजान्छ। यहाँ सच्चा बाबाले तिमीलाई सच्चा कमाइ गराइरहनुभएको छ। यो सच्चा कमाइ नै
साथमा जानेछ– २१ जन्मको लागि। फेरि भक्तिमार्गमा जुन कमाइ गर्छौ त्यो त हो नै
अल्पकालको सुखका लागि। त्यसले कुनै सदैव साथ दिँदैन। त्यसैले यस पढाइमा बच्चाहरू
धेरै होसियार हुनुपर्छ। तिमी छौ साधारण, तिमीलाई पढाउनेवाला पनि बिल्कुल साधारणरूपमा
हुनुहुन्छ। त्यसैले पढ्नेहरू पनि साधारण नै हुन्छन्। नत्र लाज लाग्छ। हामीले महंगा
कपडाहरू कसरी लगाऊँ। हाम्रा मम्मा-बाबा कति साधारण हुनुहुन्छ त्यसैले हामी पनि
साधारण छौँ। यी किन साधारण हुन्छन्? किनकि वनवासमा छन् नि। अब तिमी घर जानुछ, यहाँ
कुनै विवाह गर्नुछैन। उनीहरूले विवाह गर्दा कुमारी वनवासमा रहन्छन्। मैला कपडाहरू
लगाउँछन्, तेल आदि लगाउँछन् किनकि पराईघर जान्छन्। ब्राह्मणद्वारा मगनी हुन्छ। तिमी
पनि जानुछ पराईघर। रावणपुरीबाट रामपुरी अथवा विष्णुपुरीमा जानुछ। त्यसैले यो वनवासको
रीतिरिवाज यसकारण राखिएको छ, कुनै पनि देहको वा कपडाहरू आदिको अभिमान नआओस्। कसैको
सामान्य साडी रहेछ, अर्कालाई देख्छन् यिनको त महँगो साडी छ भने ख्याल चल्छ। सोच्छन्,
यिनी त वनवासमा छैनन्। तर तिमी वनवासमा यस्तो साधारण रहेरै कसैलाई यति उच्च ज्ञान
देऊ, यति नसा चढेको होस् जसले गर्दा उसलाई पनि तिर लाग्छ। भाँडा माझ्दैछौ वा कपडा
सफा गर्दैछौ, तिम्रो सामुन्ने कोही आयो भने तिमीले तुरून्तै उनीहरूलाई अल्फको याद
दिलाऊ। तिमीलाई त्यो नसा चढेको होस् र सादा कपडामा बसेर कसैलाई ज्ञान दियौ भने
उनीहरूले पनि आश्चर्य मान्छन्, यिनीहरूमा कति उच्च ज्ञान छ! यो ज्ञान त गीताको हो र
भगवानले दिनुभएको हो। राजयोग त गीताको नै ज्ञान हो। त्यसैले यस्तो नसा चढ्छ? जसरी
बाबाले आफ्नो उदाहरण बताउनुहुन्छ। सम्झ मैले बच्चाहरूको कुनै खेल खेलिरहेको छु।
कोही जिज्ञासु
सामुन्ने आए भने तुरुन्तै उनीहरूलाई बाबाको परिचय दिन्छु। योगको तागत, योगबल भएको
कारण उनीहरू पनि त्यहीँ उभिएका रहेछन् भने आश्चर्य मान्नेछन्, यी यति साधारण, यिनमा
यति तागत! फेरि उनीहरूले केही पनि बोल्न सक्दैनन्। मुखबाट कुनै कुरा निस्कँदैन। जसरी
तिमी वाणीभन्दा पर हुन्छौ त्यसैगरी उनीहरू पनि वाणीभन्दा पर हुन्छन्। यो नसा मन
भित्र हुनुपर्छ। कुनै पनि भाइ अथवा दिदी आए भने उनीहरूलाई एकदम उभ्याएर विश्वको
मालिक बनाउने मत दिन सक्छौ। भित्र यति नसा हुनुपर्छ। आफ्नो लगनमा उभिनुपर्छ। बाबा
सदा भन्नुहुन्छ– तिमीसँग ज्ञान त छ तर योगको जौहर (धार) छैन। पवित्रता र यादमा रहेमा
नै जौहर आउँछ। यादको यात्राबाट तिमी पवित्र बन्छौ। तागत मिल्छ। ज्ञान त हो धनको कुरा।
जसरी स्कुलमा पढेर एम.ए., बी.ए. आदि पास गरे भने फेरि यति धेरै पैसा मिल्छ। यहाँको
अर्कै कुरा हो। भारतवर्षको प्राचीन योग त प्रसिद्ध छ। यो हो याद। बाबा सर्वशक्तिमान्
हुनुहुन्छ त्यसैले बच्चाहरूलाई बाबाबाट शक्ति मिल्छ। बच्चाहरूको मनमा रहनुपर्छ– हामी
आत्माहरू बाबाका सन्तान हौँ, तर बाबा जति हामी पवित्र छैनौँ। अब बन्नुछ। अहिले
हाम्रो सामुन्ने छ लक्ष्य-उद्देश्य। योगबाट नै तिमी पवित्र बन्छौ। जो अनन्य बच्चाहरू
छन् उनीहरूले सारा दिन यही ख्याल गरिरहन्छन्। कोही पनि आए भने उनीहरूलाई हामी बाटो
बताऊँ, दया आउनुपर्छ, बिचरा अन्धा छन्। अन्धालाई लट्ठी समात्न लगाएर लैजान्छन् नि।
यी सबै अन्धा हुन्, यिनीहरूका ज्ञान चक्षु छैनन्।
अहिले तिमीलाई ज्ञानको
तेस्रो नेत्र मिलेको छ, त्यसैले सबै थोक जानेका छौ। हामीले अहिले सारा सृष्टिको
आदि-मध्य-अन्त्यलाई जान्दछौँ। ती सबै भक्तिमार्गका कुरा हुन्। तिमीलाई पहिला पनि कहाँ
थाहा थियो र– हियर नो इभिल, सी नो इभिल... यो चित्र किन बनेको हो? दुनियाँमा कसैले
पनि यसको अर्थ बुझ्दैनन्, तिमीले अहिले जान्दछौ। जसरी बाबा ज्ञानवान हुनुहुन्छ,
त्यसैगरी अब तिमी उहाँका बच्चाहरू पनि ज्ञानवान बनिरहेका छौ, नम्बरवार पुरुषार्थ
अनुसार। कुनै कुनैलाई त धेरै नसा चढ्छ। वाह! बाबाका बच्चा बनेर बाबाबाट पूरा वर्सा
लिएनौ भने बच्चा बनेर नै के गरेका छौ र! दिनहुँ राति आफ्नो पोतामेल (हिसाबकिताब)
हेर्नुछ। बाबा व्यापारी हुनुहुन्छ नि। व्यापारीहरूलाई पोतामेल निकाल्न सहज हुन्छ।
सरकारी कर्मचारीलाई पोतामेल निकाल्न आउँदैन, न उनीहरू सौदागर हुन्छन्। व्यापारीहरूले
राम्रोसँग बुझ्छन्। तिमी व्यापारी हौ। तिमीले आफ्नो नाफानोक्सानलाई बुझ्छौ, दिनहुँ
खाता हेर्नुछ। खाता (मुरादी) सम्हाल। घाटा छ वा फाइदा छ? सौदागर हौ नि। गायन छ नि–
बाबा सौदागर, रत्नागर हुनुहुन्छ। अविनाशी ज्ञान रत्नहरूको सौदा गरिदिनुहुन्छ। यो पनि
तिमीलाई थाहा छ– नम्बरवार पुरुषार्थ अनुसार। सबै कुनै तीक्ष्ण बुद्धि छैनन्, एक
कानले सुन्छन् फेरि अर्कोबाट निस्कन्छ। झोलीमा प्वालबाट निस्कन्छ। झोली भरिँदैन।
बाबा भन्नुहुन्छ धन दिए धन नखुटे। अविनाशी ज्ञान रत्न हुन् नि। बाबा हुनुहुन्छ
रूप-बसन्त। आत्मा त छ, त्यसमा ज्ञान छ। तिमी उहाँका बच्चाहरू पनि रूप-बसन्त हौ।
आत्मामा ज्ञान भरिन्छ। त्यसको रूप हुन्छ, हुन त आत्मा सानो छ। रूप त छ नि। त्यस
आत्मालाई जानिन्छ, परमात्मालाई पनि जानिन्छ। सोमनाथको भक्ति गर्छन् त्यसैले यति सानो
स्टारको कसरी पूजा गर्छन्। पूजाको लागि कति लिङ्ग बनाउँछन्। शिवलिङ्ग छत जति ठुला
ठुला पनि बनाउँछन्। हुन त परमात्मा सानो हुनुहुन्छ तर पद त उच्च छ नि।
बाबाले कल्प पहिला पनि
भन्नुभएको थियो, यी जप, तप आदिबाट कुनै प्राप्ति हुँदैन। यी सबै अभ्यास गर्दै तल नै
गिर्दै जान्छन्। सिँढी तल नै ओर्लन्छन्। तिम्रो त अहिले चढ्तीकला छ। तिमी ब्राह्मण
पहिलो नम्बरका जिन्न हौ। कहानी छ नि– जिन्नले भन्यो, मलाई काम दिएनौ भने खाइदिन्छु।
त्यसैले उसलाई सिँढी चढ्ने र ओर्लने काम दिए। उसलाई काम मिल्यो। बाबाले पनि
भन्नुभएको छ, यो बेहदको सिँढी तिमी ओर्लन्छौ फेरि चढ्छौ। तिमी नै पूरै सिँढी
ओर्लन्छौ र चढ्छौ। तिमी जिन्न हौ। अरू कोही पूरै सिँढी चढ्दैनन्। पूरै सिँढीको
ज्ञान पाएपछि तिमीले कति उच्च पद पाउँछौ। फेरि ओर्लन्छौ, चढ्छौ। बाबा भन्नुहुन्छ– म
तिम्रो बाबा हुँ। तिमीले मलाई पतितपावन भन्छौ नि, म सर्वशक्तिमान हुँ किनकि मेरो
आत्मा सदा १०० पर्सेन्ट पवित्र रहन्छ। म बिन्दुरूप सर्वोच्च अथोरिटी हुँ। मैले सबै
शास्त्रहरूको राज जान्दछु। यो कति अचम्मको कुरा छ। यो सबै अनौठो ज्ञान हो। यस्तो
कहिल्यै सुनेका थिएनौ होला, आत्मामा ८४ जन्मको अविनाशी पार्ट छ। त्यो कहिल्यै
खिइँदैन। चल्दै आउँछ। ८४ जन्मको चक्र घुम्दै आउँछ। आत्मामा ८४ जन्मको रेकर्ड भरिएको
छ। यति सानो आत्मामा यति धेरै ज्ञान छ। बाबामा पनि त्यो ज्ञान छ भने तिमी बच्चाहरूमा
पनि छ। कति पार्ट खेल्छन्। यो पार्ट कहिल्यै मेटिनेवाला छैन। आत्मा यी आँखाहरूबाट
देखिँदैन। छ बिन्दु रूप, बाबाले पनि भन्नुहुन्छ म यस्तो बिन्दु हुँ। यो पनि तिमी
बच्चाहरूले अहिले बुझेका छौ। तिमी हौ बेहदका त्यागी र राजऋषि। कति नसा चढ्नुपर्छ।
राजऋषि बिल्कुल पवित्र रहन्छन्। राजऋषि हुन्छन्– सूर्यवंशी, चन्द्रवंशी, जसले यहाँ
राज्य भाग्य प्राप्त गर्छन्। मानौँ अब तिमीले प्राप्त गरिरहेका छौ। यो त बच्चाहरूले
बुझेका छौ, हामी गइरहेका छौँ। खेवैयाको सानो पानीजहाजमा बसेका छौँ। तिमीलाई यो पनि
थाहा छ यो पुरुषोत्तम सङ्गमयुग हो। जानु पनि अवश्य छ, पुरानो दुनियाँबाट नयाँ
दुनियाँमा, मार्फत शान्तिधाम। यो कुरा सदा बच्चाहरूको बुद्धिमा रहनुपर्छ। हामी
सत्ययुगमा हुँदा अरू कुनै खण्ड थिएन। हाम्रो राज्य मात्र थियो। अब फेरि योगबलले
आफ्नो राज्य लिइरहेका छौँ किनकि बाबाले सम्झाउनुभएको छ योगबलले नै विश्वको राज्य
भाग्य पाउन सक्छौ। बाहुबलले कसैले राज्य भाग्य पाउन सक्दैनन्। यो बेहदको ड्रामा हो।
खेल यस्तो बनेको छ। यस खेलको ज्ञान बाबाले नै दिनुहुन्छ। सुरुदेखि लिएर सारा
दुनियाँको इतिहास-भूगोल सुनाउनुहुन्छ। तिमीले सूक्ष्मवतन, मूलवतनको राजलाई पनि
राम्रोसँग जानेका छौ। स्थूलवतनमा यिनीहरूको राज्य थियो अर्थात् हाम्रो राज्य थियो।
तिमी कसरी सिँढी ओर्लन्छौ, त्यो पनि याद आएको छ। सिँढी चढ्ने र ओर्लने, यो खेल
बच्चाहरूको बुद्धिमा बसेको छ। अब बुद्धिमा छ, कसरी यो विश्वको इतिहास-भूगोल रिपिट
हुन्छ, यसमा हाम्रो हिरो, हिरोइनको पार्ट छ। हामीले नै हार खान्छौँ र फेरि विजय
पाउँछौँ त्यसैले नाम राखिएको छ हिरो, हिरोइन। अच्छा।
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) अहिले हामी वनवासमा छौँ– त्यसैले धेरै धेरै साधारण रूपमा रहनुछ। कुनै पनि देहको
वा कपडा आदिको अभिमान राख्नुछैन। कुनै पनि कर्म गर्दा बाबाको यादको नसा चढिरहेको
हुनुछ।
२) हामी बेहदका त्यागी
र राजऋषि हौँ– यही नसामा रहेर पवित्र बन्नुछ। ज्ञान धनले भरपुर बनेर दान गर्नुछ।
सच्चा सच्चा सौदागर बनेर आफ्नो पोतामेल राख्नुछ।
वरदान:–
स्वयंलाई
सेवाधारी सम्झेर झुक्ने र सबैलाई झुकाउने निमित्त र नम्रचित भव
निमित्त उसलाई भनिन्छ–
जसले आफ्नो हर सङ्कल्प वा हर कर्मलाई बाबाको अगाडि अर्पण गरिदिन्छ। निमित्त बन्नु
अर्थात् अर्पण हुनु र नम्रचित त्यो हो जो झुक्छ, जति संस्कारहरूमा, सङ्कल्पहरूमा
झुक्छौ त्यति विश्व तिम्रो अगाडि झुक्नेछ। झुक्नु अर्थात् झुकाउनु। यो सङ्कल्प पनि
हुनुछैन अरू पनि हाम्रो अगाडि केही त झुकुन्। जो सच्चा सेवाधारी हुन्छन्– उनीहरू सदा
झुक्छन्। कहिल्यै आफ्नो रोब देखाउँदैनन्।
स्लोगन:–
अब समस्या
स्वरूप होइन, समाधान स्वरूप बन।
अव्यक्त इसारा:– महान
् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर
तिमी महान् आत्माहरूको
हर मनसा सङ्कल्प हर आत्माप्रति मधुर होस्, महान होस्। जसरी बाबाको स्वभाव सदा हर
आत्माप्रति कल्याण वा दयाको भावनाको छ, हरेकलाई माथि उठाउने, मधुरता र निर्माणताको
छ। तिम्रो स्वभाव पनि त्यस्तै बनाऊ। चर्को बोल्ने, आवेशमा आउने स्वभाव छ भने यो पनि
ब्राह्मण जीवनमा धेरै ठुलो विघ्न हो। अब यस्तो स्वभावलाई परिवर्तन गर।