04.05.25 Avyakt Bapdada Nepali Murli 20.02.2005 Om Shanti Madhuban
दिलैदेखि मेरो बाबा
भन र सर्व अविनाशी खजानाको मालिक बनेर बेफिक्र बादसाह बन
आज भाग्यविधाता
बापदादाले आफ्ना सबै बच्चाहरूको मस्तकबीच भाग्यका रेखाहरू देखिरहनुभएको छ। हरेक
बच्चाको मस्तकमा चम्किरहेको दिव्य सिताराको रेखा देखिइरहेको छ। हरेकको नयनमा स्नेह
र शक्तिका रेखा देखिरहनुभएको छ। मुखमा श्रेष्ठ मधुर वाणीको रेखा देखिरहनुभएको छ।
ओठमा मीठो मुस्कानको रेखा चम्किरहेको छ। दिलमा दिलारामको स्नेहमा लभलीन भएको रेखा
देखिरहनुभएको छ। हातमा सदा सर्व खजानाको सम्पन्नताको रेखा देखिरहनुभएको छ। पाउमा
हरेक कदममा पदमको रेखा देखिरहनुभएको छ। यस्तो श्रेष्ठ भाग्य सारा कल्पमा अरू कसैको
हुँदैन, जुन तिमी बच्चाहरूलाई यस सङ्गमयुगमा भाग्य प्राप्त भएको छ। आफ्नो यस्तो
भाग्य अनुभव गर्छौ? यति श्रेष्ठ भाग्यको रूहानी नशा अनुभव गर्छौ? दिलमा स्वतः गीत
बज्छ– वाह मेरो भाग्य! यो सङ्गमयुगको भाग्य अविनाशी भाग्य हुन्छ। किन? अविनाशी
बाबाद्वारा अविनाशी भाग्य प्राप्त भएको छ। तर त्यो भाग्य प्राप्ति यस सङ्गममा नै
हुन्छ। यस सङ्गमयुगमा नै अनुभूति गर्छौ, यो विशेष सङ्गमयुगको प्राप्ति अति श्रेष्ठ
छ। त्यसैले यस्तो श्रेष्ठ भाग्यको अनुभव सदा इमर्ज रहन्छ वा कहिले मर्ज, कहिले
इमर्ज रहन्छ? अनि के पुरुषार्थ गर्यौ? यति ठुलो भाग्य प्राप्तिको लागि पुरुषार्थ कति
सहज भयो। केवल दिलैदेखि जान्यौ, मान्यौ र आफ्नो बनायौ “मेरो बाबा”। दिलैदेखि चिन्यौ–
म बाबाको, बाबा मेरो। मेरो मान्नु र अधिकारी बन्नु। अधिकार पनि कति ठुलो छ! विचार
गर, कसैले सोध्यो– के के मिलेको छ? अनि के भन्छौ? जे पाउनु थियो त्यो पाइयो।
अप्राप्त छैन कुनै वस्तु परमात्म खजानामा। यस्तो प्राप्ति स्वरूपको अनुभव गर्यौ वा
गरिरहेका छौ? भविष्यको कुरा बेग्लै छ, यस सङ्गमयुगको नै प्राप्ति स्वरूपको अनुभव
हो। यदि सङ्गमयुगमा अनुभव गरेनौ भने भविष्यमा पनि हुन सक्दैन। किन? भविष्य प्रारब्ध
हो तर प्रारब्ध यस पुरुषार्थको श्रेष्ठ कर्मद्वारा बन्छ। यस्तो होइन– लास्टमा अनुभव
स्वरूप बन्छौ। सङ्गमयुगको बहुतकालको यो अनुभव हो। जीवनमुक्तको विशेष अनुभव अहिलेको
हो। बेफिक्र बादसाह बन्ने अनुभव अहिलेको हो। त्यसैले सबै बेफिक्र बादसाह हौ कि
फिक्र छ? जो बेफिक्र बादसाह बनेका छौ, उनीहरूले हात उठाऊ। बनिसक्यौ कि बनिरहेका छौ?
बनिसक्यौ नि! केही फिक्र छ? दाताका बच्चा बन्यौ भने के फिक्र रह्यो? मेरो बाबा
मान्यौ अनि फिक्रका अनेक टोकरीहरूको बोझ उत्रियो। बोझ छ कि? छ? प्रकृतिको खेल पनि
हेर्छौ, मायाको खेल पनि हेर्छौ तर बेफिक्र बादसाह भएर, साक्षी भएर खेल हेर्छौ।
दुनियाँका मानिस त डराउँछन्, थाहा छैन के होला! तिमीलाई डर छ? डराउँछौ? निश्चय र
निश्चित छ– जे हुन्छ त्यो राम्रोभन्दा राम्रो हुन्छ। किन? त्रिकालदर्शी बनेर हरेक
दृश्यलाई हेर्छौ। आज के छ, भोलि के हुनेवाला छ, यसलाई राम्रोसँग जानेका छौ, नलेजफुल
हौ नि! सङ्गमपछि के हुनुछ, तिमीहरू सबैको अगाडि स्पष्ट छ नि! नव युग आउनु नै छ।
दुनियाँका मानिसले भन्छन्, यो विचार आउँछ? यो क्वेस्चन छ, यो विचार आउँछ? अनि तिमीले
के भन्छौ? आइनै सकेको छ त्यसैले के हुन्छ, यो क्वेस्चन छैन। थाहा छ– स्वर्णयुग आउनु
नै छ। रातपछि अब सङ्गम प्रभात हुन्छ, यो अमृतवेला हो, अमृतवेलापछि दिन आउनु नै छ।
जसलाई पनि निश्चय हुन्छ ऊ निश्चिन्त हुन्छ, कुनै चिन्ता हुँदैन, बेफिक्र। विश्व
रचियताद्वारा रचनाको स्पष्ट ज्ञान मिलेको छ।
बापदादाले
देखिरहनुभएको छ– सबै बच्चाहरू स्नेहको, सहयोगको र सम्पर्कको प्यारमा बाँधिएर आफ्नो
घरमा आइपुगेका छन्। बापदादाले सबै स्नेही बच्चाहरूलाई, सहयोगी बच्चाहरूलाई,
सम्पर्कवाला बच्चाहरूलाई आफ्नो अधिकार लिनको लागि आफ्नो घरमा पुगेकोमा बधाई
दिइरहनुभएकोछ। बधाई छ, बधाई छ। बापदादाको प्यार बच्चाहरूसँग ज्यादा छ वा बच्चाहरूको
बापदादासँग ज्यादा छ? कसको ज्यादा छ? तिमीहरूको वा बाबाको? बाबा भन्नुहुन्छ–
बच्चाहरूको ज्यादा छ। हेर, बच्चाहरूको प्यार छ त्यसै त कहाँ कहाँबाट आइपुगेका छौ
नि! कति देशहरूबाट आएका छन्? (५० देशहरूबाट) ५० देशहरूबाट आएका छन्। तर सबैभन्दा
टाढाबाट को आएको छ? अमेरिकावाला टाढाबाट आएका छन्? तिमी पनि टाढाबाट आएका छौ तर
बापदादा त परमधामबाट आउनुभएको छ। उहाँको तुलनामा अमेरिका के हो र! अमेरिका टाढा छ
वा परमधाम टाढा छ? सबैभन्दा दूरदेशी बापदादा हुनुहुन्छ। बच्चाहरूले याद गर्छन् अनि
बाबा हाजिर हुनुहुन्छ।
अहिले बाबाले
बच्चाहरूसँग के चाहनुहुन्छ? सोध्छौ नि– बाबा के चाहनुहुन्छ? बापदादा मीठे-मीठे
बच्चाहरूसँग यही चाहनुहुन्छ– एक एक बच्चा स्वराज्य अधिकारी राजा होस्। सबै राजा हौ?
स्वराज्य छ? स्वमाथि राज्य त छ नि! जसले सम्झन्छौ– म स्वराज्य अधिकारी राजा बनेको
छु, उनीहरूले हात उठाऊ। धेरै राम्रो। बापदादालाई बच्चाहरू देखेर प्यार आउँछ–
बच्चाहरूले दुःख-अशान्तिबाट टाढा हुनको लागि ६३ जन्म धेरै मेहनत गरेका छन्। त्यसैले
बाबा यही चाहनुहुन्छ– हरेक बच्चा अहिले स्वराज्य अधिकारी बनुन्। मन-बुद्धि-संस्कारका
मालिक बनुन्, राजा बनुन्। जब चाह्यो, जहाँ चाह्यो,जस्तो चाह्यो त्यसैगरी
मन-बुद्धि-संस्कारलाई परिवर्तन गर्न सकुन्। टेन्सन फ्री लाइफको अनुभव सदा इमर्ज होस्।
बापदादाले देख्नुहुन्छ– कहिले मर्ज पनि हुन्छ। सोच्छौ– यो गर्नु छैन, यो राइट छ, यो
रङ्ग छ, तर सोच्छौ मात्र स्वरूपमा ल्याउँदैनौ। सोच्नु अर्थात् मर्ज रहनु, स्वरूपमा
ल्याउनु अर्थात् इमर्ज हुनु। समयको लागि त प्रतीक्षा गरिरहेका छैनौ नि! कहिलेकाहीँ
गर्छौ। रूहरिहान गर्छौ नि तब कति बच्चाहरूले भन्छन्– समय आएपछि ठीक हुन्छौं। समय त
तिमीहरूको रचना हो। तिमी त मास्टर रचियता हौ नि! त्यसैले मास्टर रचियता, रचनाको
आधारमा चल्दैनन्। समयलाई तिमी मास्टर रचियताले समाप्तिको नजिक ल्याउनुछ।
एक सेकेन्डमा मनको
मालिक बनेर मनलाई अर्डर गर्नसक्छौ? सक्छौ? मनलाई एकाग्र पार्नसक्छौ? फुलस्टप लगाउन
सक्छौ कि फुलस्टप लगाउँछौ अनि लाग्छ क्वेस्चन मार्क? किन, के, कसरी यो के, त्यो के,
आश्चर्यको मात्रा पनि होइन। फुलस्टप, सेकेन्डमा प्वाइन्ट बन। अरू कुनै मेहनत छैन,
एक शब्द केवल अभ्यासमा ल्याऊ “प्वाइन्ट”। प्वाइन्ट स्वरूप बन्नुछ, वेस्टलाई
प्वाइन्ट लगाउनुछ अनि महावाक्य जुन सुन्छौ त्यो प्वाइन्टमा मनन गर्नुछ, अरू कुनै पनि
मेहनत छैन। प्वाइन्ट याद राख, प्वाइन्ट लगाऊ, प्वाइन्ट बन। यो अभ्यास सारा दिनमा
बीच बीचमा गर, जतिसुकै बिजी भए पनि यो ट्रायल गर– एक सेकेन्डमा प्वाइन्ट बन्नसक्छौ?
एक सेकेन्डमा प्वाइन्ट लगाउन सक्छौ? जब यो अभ्यास बारम्बारको हुन्छ तब मात्र आउने
अन्तिम समयमा फुल प्वाइन्टहरू लिन सक्छौ। पास विद अनर बन्छौ। यही परमात्म पढाइ हो,
यही परमात्म पालना हो।
त्यसैले जति पनि आएका
छौ, चाहे पहिलो पटक आउनेहरू हौ, जो पहिलो पटक मिलन मनाउनको लागि आएका छौ, उनीहरूले
हात उठाऊ। धेरै आएका छौ। स्वागत छ। जसरी अहिले पहिलो पटक आएका छौ नि, त्यसरी नै
पहिलो नम्बर पनि लिनु। चान्स छ, तिमीले सोच्छौ– हामी त भर्खरै पहिलो पटक आएका छौँ,
हामीभन्दा पहिलाका त धेरै छन् तर ड्रामामा यो चान्स राखिएको छ– लास्ट सो फास्ट अनि
फास्टबाट फस्ट हुनसक्छौ। चान्स छ, चान्स लिनेहरूलाई बापदादाले चान्सलर भन्नुहुन्छ।
त्यसैले चान्सलर बन। बन्ने हो चान्सलर? चान्सलर बन्ने हो? जसले सम्झन्छौ– चान्सलर
बन्छौँ, उनीहरूले हात उठाऊ। चान्सलर बन्छौ? वाह! बधाई छ। बापदादाले देख्नुभयो– यहाँ
त जो पनि आएका छन् उनीहरू सबैले हात उठाइरहेका छन्, मेजोरिटीले उठाइरहेका छन्, बधाई
छ, बधाई छ। बापदादाले तिमीहरू सबै यहाँ आएका मीठे-मीठे, प्यारे-प्यारे बच्चाहरूलाई
विशेष याद गर्नुभएको छ, किन याद गर्नुभयो? (आज सभामा देशविदेशका धेरै भी.आई.पी.हरू
बसिरहेका छन्) किन निमन्त्रणा दिनुभयो? थाहा छ? हेर, निमन्त्रणा त धेरैलाई मिल्यो
तर आउने तिमीहरू आइपुग्यौ। किन बापदादाले याद गर्नुभयो? किनकि बापदादाले
जान्नुहुन्छ– जति पनि आएका छन् उनीहरूमा स्नेही, सहयोगीबाट सहजयोगी बन्ने क्वालिटी
छ। यदि हिम्मत राख्यौ भने तिमी सहज योगी बनेर अरूलाई पनि सहज योगको म्यासेन्जर बनेर
म्यासेज दिन सक्छौ। म्यासेज दिनु अर्थात् गड्ली म्यासेन्जर बन्नु। आत्माहरूलाई दुःख,
अशान्तिबाट छुटाउनु। फेरि पनि तिमीहरूकै दाजुभाइ-दिदीबहिनी हुन् नि! त्यसैले आफ्ना
भाइ बहिनीहरूलाई गड्ली म्यासेज दिनु अर्थात् मुक्त गर्नु। यसको धेरै आशीर्वाद मिल्छ।
कुनै पनि आत्मालाई दुःख, अशान्तिबाट छुटाउँदा आशीर्वाद धेरै मिल्छ अनि आशीर्वाद
मिल्नाले अतीन्द्रिय सुख आन्तरिक खुसीको फिलिङ् धेरै आउँछ। किन? किनकि खुसी बाँड्यौ
नि त्यसैले खुसी बाँड्नाले खुसी बढ्छ। सबै खुसी छौ? विशेष बापदादा अतिथिहरूसँग होइन,
अधिकारीहरूसँग सोध्नुहुन्छ। आफूलाई अतिथि नसम्झनु, अधिकारी हौ। त्यसोभए सबै खुसी
छौ? हो, तिमी आउनेहरूसँग सोध्नुहुन्छ, भन्नलाई अतिथि भनिन्छ तर अतिथि होइनौ, महान्
बनेर महान् बनाउनेवाला हौ। त्यसैले सोध खुसी छौ? खुसी छौ भने हात हल्लाऊ। सबै खुसी
छौ, अहिले गएर के गर्छौ? खुसी बाँड्छौ नि! सबैलाई खूब खुसी बाँड्नु। जति बाँड्छौ
त्यति बढ्छ, ठीक छ। अच्छा– खूब ताली बजाऊ। (सबैले खूब ताली बजाए)। जसरी अहिले ताली
बजायौ, त्यसरी नै सदा खुसीका तालीहरू अटोमेटिक बजिरहुन्। अच्छा!
बापदादा सदा
टिचरहरूलाई भन्नुहुन्छ, टिचरहरू अर्थात् जसको फिचरबाट फ्युचर देखियोस्। यस्ता
टिचरहरू हौ नि! तिमीलाई देखेर स्वर्गको सुखको फिलिङ्ग आओस्। शान्तिको अनुभूति होस्।
हिँड्दा डुल्दा फरिस्ता देखिऊन्। यस्ता टिचरहरू हौ नि! राम्रो छ, चाहे प्रवृत्तिमा
रहनेवाला हौ, चाहे सेवाको निमित्त बनेका हौ तर सबै बापदादासमान बन्नेवाला
निश्चयबुद्धि विजयी हौ। अच्छा।
चारैतिरका चाहे साकार
रूपमा सामुन्ने छन्, चाहे टाढा बसेर पनि दिलको नजिक छन्, यस्ता सदा श्रेष्ठ
भाग्यवान् आत्माहरूलाई, सदा निमित्त बनेर निर्माण कार्य सफल गर्ने विशेष
आत्माहरूलाई, सदा बाबासमान बन्ने उमङ्ग-उत्साहमा अघि बढ्ने हिम्मतवान् बच्चाहरूलाई,
सदा हरेक कदममा पदमको कमाइ जम्मा गर्ने विश्वमा पदमगुणा धनवान्, भरपुर आत्माहरूलाई
बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग,
नमस्ते।
डबल विदेशी निमित्त
बडी दिदीहरूसँग:–
राम्रो सर्भिसको सबुत दिइरहेका छौ। यसबाट नै आवाज फैलिन्छ। अनुभव सुनाउनाले अरूको
पनि अनुभव बढ्छ। त्यसैले बापदादा खुसी हुनुहुन्छ, विदेशको सेवामा निमित्त बन्नेहरू
राम्रो उमङ्ग-उत्साहले सेवामा बिजी रहन्छन्। गएका देशबाट हुन् तर विदेशीहरूको सेवा
यसरी निमित्त बनेर गरिरहेका छन् मानौं त्यहीँका हुन्। आफ्नोपनको भासना दिन्छौ। अनि
सबैतिरका छौ। एकतिरका होइनन्, लन्डनका वा अमेरिकाका होइनन्, बेहद सेवाधारी हौ।
जिम्मेवारी त विश्वको हो नि। त्यसैले बापदादाले बधाई दिइरहनुभएको छ। गरिरहेका छौ,
अगाडि अझै राम्रोभन्दा राम्रो उड्दै र उडाउँदै रहनेछौ। अच्छा।
व्यक्तिगत भेटघाट:–
सबै होली एवं ह्याप्पी
हंस हौ। हंसको काम के हुन्छ? हंसमा निर्णय शक्ति धेरै हुन्छ। त्यसैले तिमी पनि होली
ह्याप्पी हंस व्यर्थलाई समाप्त गर्ने अनि समर्थ बनेर समर्थ बनाउनेहरू हौ। सबै
एभरह्याप्पी? एभर एभर ह्याप्पी। अब कहिल्यै दुःखलाई आउन नदिनु। दुःखलाई डिभोर्स दियौ,
अनि मात्रै अरूको दुःख निवारण गर्छौ! त्यसैले सुखी रहनुछ अनि सुख दिनुछ। यो काम
गर्छौ नि! यहाँबाट जुन सुख मिलेको छ त्यो जम्मा राख्नु। कहिल्यै पनि जेसुकै होस्–
भन बाबा, मीठा बाबा, दुःख लिनुहोस्, आफूसँग नराख्नु। खराब चीज राखिन्छ र? दुःख खराब
हो नि! त्यसैले दुःख निकालिदेऊ, सुखी बन। त्यसैले यो हो सुखी ग्रुप अनि सुखदायी
ग्रुप। हिँड्दा डुल्दा सुख दिइराख। तिमीलाई कति आशीर्वाद मिल्छ। त्यसैले यो ग्रुप
ब्लेसिङ्को पात्र ग्रुप हो। सबै खुसी छौ नि! अब मुस्कुराऊ। बस् मुस्कुराइरहनु।
खुसीमा नाच। अच्छा।
वरदान:–
याद र सेवाको
ब्यालेन्सद्वारा चढ्तीकलाको अनुभव गर्ने राज्य अधिकारी भव
याद र सेवाको
ब्यालेन्स भयो भने हरेक कदममा चढ्तीकलाको अनुभव गरिरहन्छौ। हरेक सङ्कल्पमा सेवा भयो
भने व्यर्थबाट छुट्छौ। सेवा जीवनको एक अङ्ग बनोस्, जसरी शरीरमा सबै अङ्ग जरूरी छन्
त्यसैगरी ब्राह्मण जीवनको विशेष अङ्ग सेवा हो। सेवाको चान्स मिल्नु, स्थान मिल्नु,
सङ्ग मिल्नु– यो पनि भाग्यको निसानी हो। यस्तो सेवाको गोल्डेन चान्स लिनेहरू नै
राज्य अधिकारी बन्छन्।
स्लोगन:–
परमात्म
प्यारको पालनाको स्वरूप हो– सहजयोगी जीवन।