04.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
निश्चयबुद्धि बनेर बाबाको हरेक आज्ञामा चलिराख , आज्ञामा च ल्यौ भने श्रेष्ठ बन्
नेछौ ।”
प्रश्न:–
कुन
बच्चाहरूलाई सच्चा सच्चा ईश्वरीय सेवाधारी भनिन्छ?
उत्तर:–
जसले राज्य
भाग्य पाउने पुरुषार्थ गर्छन् र अरूलाई पनि आफूसमान बनाउँछन्। यस्तो ईश्वरीय सेवामा
लाग्ने बच्चाहरू सच्चा सच्चा ईश्वरीय सेवाधारी हुन्। उनीहरूलाई देखेर अरू पनि सहयोगी
बन्छन्।
ओम् शान्ति ।
तिमी यहाँ
बस्दा सबैलाई भन्नुपर्छ– शिवबाबालाई याद गर। यो त तिमीलाई थाहा छ शिवबाबा हुनुहुन्छ,
उहाँको मन्दिरमा पनि जान्छन् तर तिमी बच्चाहरू बाहेक शिवबाबा को हुनुहुन्छ भनेर अरू
कसैलाई पनि थाहा छैन। त्यसैले सबैलाई शिवबाबाको याद दिलाउनु छ। यहाँ बसेकाहरू कतिको
बुद्धियोग कहाँ कहाँ भट्किरहेको हुन्छ त्यसैले याद दिलाउनु तिम्रो कर्तव्य हो।
हामीले उहाँ बाबालाई याद गरौँ, जुन बाबाबाट वर्सा पाउनुछ! तिमी अहिले सच्चा भाइबहिनी
हौ। उनीहरूले त केवल महिला, पुरुष भएको कारण भाइबहिनी भनिदिन्छन्। प्रवचनहरूमा पनि
यसरी भन्छन्– दाजु-भाइ, दिदी बहिनीहरू!... तर तिनीहरू हुन् शरीरको नाताले भाइबहिनी।
यहाँ त्यो कुरा छैन। यहाँ त आत्माहरूलाई सम्झाइन्छ– आफ्नो रचयिता बाबालाई याद गर,
उहाँबाट वर्सा पाउनु छ। फरक छ नि। भाइबहिनी शब्द त सामान्य हो। यहाँ बाबा
बच्चाहरूलाई भन्नुहुन्छ– म बाबालाई याद गर। उहाँ शिवबाबा हुनुहुन्छ रुहानी बाबा र
प्रजापिता ब्रह्मा हुन् जिस्मानी बाबा। त्यसैले बापदादा दुवै भन्नुहुन्छ– प्यारा
बच्चाहरू, बाबालाई याद गर, अरू कतै पनि बुद्धियोग नजाओस्! बुद्धि धेरै भट्किन्छ।
भक्तिमार्गमा पनि यस्तै हुन्छ। श्रीकृष्णको अगाडि वा कुनै पनि देवताको अगाडि बस्छन्,
माला जप्छन्। बुद्धि कहाँ कहाँ भागिरहन्छ। देवताहरू को हुन्? उनीहरूलाई यो राज्य
भाग्य कसरी मिल्यो, कहिले मिल्यो! यो कसैलाई थाहा छैन। सिखहरूलाई थाहा छ– गुरु
नानकले सिख पन्थ स्थापन गरे। फेरि तिनीहरूका गुरु शिष्य हुँदै जान्छन्। उनीहरू
पुनर्जन्ममा आइरहन्छन्, यी कुराहरू कसैलाई थाहा छैन। सदैव कहाँ गुरु नानकलाई याद
गर्छन् र! ठिकै छ मानौँ, गुरु नानकलाई वा बुद्धलाई वा कुनै पनि आफ्नो धर्मस्थापकलाई
याद गर्छन् तर यो कसैलाई कहाँ थाहा छ र, अहिले ती धर्मस्थापकहरू कहाँ छन्। उनीहरूले
त भनिदिन्छन् ज्योति ज्योतिमा समाहित भयो। भनिदिन्छन् वाणीबाट पर गए वा श्रीकृष्ण
सर्वव्यापी हुनुहुन्छ, जता हेरे पनि श्रीकृष्ण नै कृष्ण हुनुहुन्छ। राधा नै राधा
छिन्। यस्तो भनिरहन्छन्। बाबा बसेर सम्झाउनुहुन्छ– तिमीहरू देवता थियौ। तिम्रो रूप
मानिसको, गुण देवताको थियो। देवताहरूका चित्र त छन् नि। चित्र नभएको भए यो पनि
बुझ्दैनथे। राधाकृष्णसँग फेरि लक्ष्मीनारायणको के सम्बन्ध छ, यो बाबाले नै आएर
सम्झाउनुहुन्छ। तिमीले कसैलाई पनि सम्झाउन सक्छौ– यो त निराकार बाबाले हामीलाई
सम्झाउनुहुन्छ। वास्तवमा निराकार त सबै हुन्। आत्मा निराकार छ, फेरि यस साकारद्वारा
बोल्छ। निराकार त बोल्न सक्दैन। तिमीले सम्झाउन सक्छौ– हाम्रो बाबा नै तिम्रो पनि
बाबा हुनुहुन्छ। शिवबाबा ज्ञानको सागर, शान्तिको सागर हुनुहुन्छ। बेहदको बाबा
हुनुहुन्छ। उहाँको पनि शरीर त चाहिन्छ नि। स्वयं भन्नुहुन्छ– म यस ब्रह्माको तनमा
आउँछु, त्यसपछि मात्र यस ब्राह्मण धर्मको स्थापना हुन्छ। ब्रह्माद्वारा रचना हुन्छ
नै ब्राह्मणहरूको। त्यसैले बाबाले ब्राह्मण बच्चाहरूलाई नै सम्झाउनुहुन्छ, अरू
कसैलाई सम्झाउनुहुन्न, बच्चाहरूलाई नै सम्झाउनुहुन्छ। यस्तो होइन, हामी शिवबाबाका
बच्चा हौँ त्यसैले भगवान् हौँ। होइन। बाबा, बाबा हुनुहुन्छ, बच्चाहरू, बच्चाहरू हुन्।
हो, बच्चा ठुलो भएपछि पिता बन्छ, बच्चा जन्माउँछ त्यसपछि पिता भनिन्छ। यिनका त धेरै
बच्चाहरू छन् नि, बच्चाहरूलाई नै सम्झाउनुहुन्छ। जो निश्चयबुद्धि छन्, निश्चयबुद्धि
हुनेहरू बाबाको आज्ञामा चल्छन् किनकि श्रीमतबाट नै श्रेष्ठ बन्न सक्छन्।
अहिले तिमीलाई थाहा छ
हामी ती देवताहरूजस्तै बनिरहेका छौँ। जन्मजन्मान्तर हामीले देवताहरूको महिमा गाउँदै
आएका छौँ। अब हामी नै श्रीमतमा चलेर त्यस्तै बन्नुछ, राजधानी स्थापन हुनु छ। सबै त
पूर्णरूपले श्रीमतमा चल्दैनन्, नम्बरवार चल्छन् किनकि धेरै ठुलो राजधानी हुन्छ।
राजधानीमा प्रजा, नोकरचाकर, चण्डाल आदि सबै चाहिन्छ। चण्डाल परिवारमा जाने आचरण हुने
आत्माहरूको पनि साक्षात्कार हुन्छ। चण्डाल एक त हुँदैन, उनीहरूको पनि परिवार नै
हुन्छ। चण्डालहरूको पनि युनियन हुन्छ। सबै आपसमा मिल्छन्। हडताल आदि गरे भने सबै
काम छोडिदिन्छन्। सत्ययुगमा त यस्तो कुरा हुँदैन। तिम्रो एउटा चित्र पनि छ, जसमा
तिमीले सोध्छौ– के बन्न चाहन्छौ– वकिल बन्छौ वा देवता बन्छौ? तिम्रो सारा राजधानी
स्थापन भइरहेको छ, कम कहाँ छ र। बेहदको बाबा बसेर बेहदका कुराहरू सम्झाउनुहुन्छ। यो
कुरा बुद्धिमा बस्नुपर्छ। भविष्यको लागि पुरुषार्थ गरेर हामीले उच्च पद पाउँछौँ।
श्रीमत अनुसार हामीले श्रेष्ठभन्दा श्रेष्ठ राजकीय पद पाउँछौँ र फेरि अरूलाई
आफूसमान बनाएपछि हामीलाई भनिन्छ ईश्वरीय सेवाधारी। कसैको केही पनि लुकेर रहन सक्दैन।
पछि गएर सबै थाहा हुन्छ। यसलाई नै ज्ञानको प्रकाश भनिन्छ, जसबाट रोसनी मिल्दै जान्छ।
मानिसहरूलाई कहाँ केही पनि थाहा हुन्छ र! भित्रभित्रै बम पनि बनाइरहन्छन्। कुनै पनि
चिज राख्नको लागि कहाँ बनाइन्छ र! पहिला सुरुमा तरवारबाट लडाइँ हुन्थ्यो फेरि
बन्दुक बनाए, काममा ल्याउनको लागि, राख्नको लागि होइन। यसबाट मृत्यु हुन्छ, यो कुरा
जान्दछन् पनि। परिक्षण त गरेका छन् नि। हिरोसिमामा एउटा बमबाट कति मरेका थिए,
त्यसपछि हेर फेरि कति उन्नति गरेका छन्, कति धेरै भवन बनाएका छन्। अब यस्तो विनाश
हुँदैन जसबाट मानिसहरू अस्पतालमै सुतिरहुन्। अस्पताल आदि त रहँदैनन्, त्यसैले
भूकम्प आदि एकैचोटी हुन्छन्। प्राकृतिक प्रकोपलाई कसैले रोक्न सक्दैन। भन्छन् पनि–
यो सबै ईश्वरको हातमा छ। अब तिमी बच्चाहरूले सम्झेका छौ विनाश त हुनु नै छ, अनिकाल
पर्नुछ, पानी मिल्दैन... त्यो त तिमीलाई थाहा छ। कुनै नयाँ कुरा होइन। कल्प पहिला
पनि यस्तै भएको थियो। कल्पको ज्ञान त कसैमा छैन। भन्छन् पनि क्राइस्टभन्दा ३ हजार
वर्ष पहिला प्याराडाइज, स्वर्ग थियो। फेरि शास्त्रहरूमा कल्पको अवधि लाखौँ वर्ष
लेखिदिएका छन्! कसैको पनि अटेन्सन जाँदैन, सुनेर फेरि आफ्नो कामधन्दा आदिमा लाग्छन्।
त्यसैले अब बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– अब छिटो छिटो पुरुषार्थ गर। यादमा रह्यौ
भने खाद निस्कँदै जान्छ। तिमी यहाँ नै सतोप्रधान बन्नुपर्छ। नत्र सजाय खाएर फेरि
आआफ्नो धर्ममा जानुपर्ने हुन्छ। श्रीमत भगवानको मिल्छ। श्रीकृष्ण त राजकुमार हुन्,
उनले कहाँ कसलाई मत दिन्छन्! यी कुराहरू दुनियाँमा कसैलाई पनि थाहा छैन। प्यारले
सम्झाउनुछ– शिवबाबालाई याद गर्नुहोस्। शिवबाबा स्वयं भन्नुहुन्छ– म एकलाई याद गर।
त्यो पनि कल्याणकारी छ र अरूको सङ्ग तोडेर एकसँग जोड्नुछ। तिमी हौ विश्वको बेडा पार
गर्नेहरू। सत्यनारायणको कथाले पनि भारतवर्षसँग नै सम्बन्ध राख्छ। अरू धर्मका
मानिसहरूले कहिल्यै सत्यनारायणको कथा सुन्दैनन्। यो उनीहरूले सुन्छन्, जो नरबाट
नारायण बन्ने आदि सनातन देवीदेवता धर्मका हुन्छन्। उनीहरूले नै अमर कथा सुन्छन्।
अमरलोकमा देवीदेवता थिए भने अवश्य अमरलोकमा अमर कथाबाट यो पद पाएका होलान्। एक एक
कुरा याद गर्न लायक छ। एउटा कुरा मात्रै बुद्धिमा राम्रोसँग बस्यो भने सबै आउँछन्।
बाबालाई याद गर्नुछ र स्वदर्शनचक्र ध्यानमा राख्नुछ। शिवबाबाको साथमा यहाँ पार्ट
खेलिरहेका छौँ फेरि जानु छ।
सत्य के हो, झुटो के
हो, यो कुरा बाबाले नै सम्झाउनुहुन्छ। सत्य एक छ बाँकी सबै झुटो हो। लङ्कामा रावण
थियो, यो एक रावणको कुरा कहाँ हो र! सत्ययुग-त्रेतामा त यस्तो कुरा हुँदैन। यो सारा
मानिसहरूको दुनियाँ लङ्का हो, यो हो नै रावण राज्य। सबै सीताहरूले एक रामलाई याद
गर्छन् अथवा सबै भक्तहरू, सजनीहरूले एक भगवान्, साजनलाई याद गर्छन् किनकि यहाँ रावण
राज्य छ। संन्यासीहरूले यी कुराहरू बुझ्न सक्दैनन्। सबै दुःखी छन्, शोकवाटिकामा छन्,
कलियुग शोकवाटिका हो। अशोकवाटिका सत्ययुग हुन्छ। यहाँ त पाइला पाइलामा शोक छ, दुःख
छ। तिमीलाई बाबाले अशोक स्वर्गमा लैजानुहुन्छ। यहाँ त मानिसहरूले कति शोक गर्छन्।
कोही मरेछ भने पागलजस्तै हुन्छन्। स्वर्गमा त यी सबै कुराहरू हुँदैनन्। कहिल्यै
अकालमा मृत्यु हुँदैन, जसले गर्दा स्त्री विधवा बन्छन्, त्यहाँ त समय पुगेपछि एउटा
चोला छोडेर गएर अर्को लिन्छन्। महिला वा पुरुषको चोला लिन्छन्, यो साक्षात्कार
हुन्छ। अन्त्यमा सबै थाहा हुन्छ। को को के के बन्छन्। फेरि त्यसबेला भन्छन् हामीले
त्यति धेरै मेहनत गरेनौँ। तर त्यसबेला भनेर के हुन्छ! समय त बित्यो नि त्यसैले बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! मेहनत गर, सेवामा सच्चा दाहिने हात (राइटह्यान्ड)
बन्यौ भने राज्य भाग्य पाउँछौ। सेवामा लागिराख। उदाहरण पनि छ नि, कसरी कुटुम्बका
कुटुम्ब सेवामा लागेका छन्। भन्छन् यी कुटुम्बले यस्ता राम्रा कर्म गरेका छन् जसले
गर्दा सबै ईश्वरीय सेवामा लागेका छन्। मातापिता बच्चाहरू... यो त राम्रो हो नि।
सेवाको पछाडि चक्कर लगाइरहन्छन्। तिमी बच्चाहरूलाई धेरै उल्लास हुनुपर्छ। कसरी
मानिसहरूलाई बाटो बताऊँ, जसले गर्दा उनीहरूको आत्मा खुसी हुन्छ। कतिलाई बाटो बताउँछौ।
यो तिमीले प्रजा बनायौ, बिउ रोप्यौ नि। जन्मँदै राजा त कोही हुँदैन। पहिला प्रजाका
अधिकारी हुन्छन् फेरि पुरुषार्थ गर्दागर्दा के बाट के बन्न सक्छन्। तिमीलाई सेवामा
लागेको देखेर अरूलाई पनि उमङ्ग हुन्छ, हामीले पनि किन यस्तो पुरुषार्थ नगरौँ। नत्र
फेरि कल्प कल्प यस्तै हालत हुन्छ। धेरै आउनेछन्, पछुताउनेछन्। त्यसबेलाजस्तो दुःख
मानिसहरूले सारा जीवनमा कहिल्यै देख्दैनन्। श्रीमतमा नचलेका हुनाले अन्त्यमा यस्तो
दुःख देख्नेछन्, कुरै नसोध किनकि अनेक विकर्म गरेका हुन्छन्। बाबाले बाटो पनि धेरै
सहज बताउनुहुन्छ केवल बाबालाई याद गर्नुछ। अरूलाई पनि यो बाटो बताऊ।
तिमी देवीदेवता धर्मका
थियौ, जसरी क्रिस्चियन धर्मका मानिस, इस्लामी धर्मका मानिस छन्, त्यसैगरी यी पनि
हुन्। यी हुन्छन् सबैभन्दा पवित्र। यो जस्तो धर्म कुनै हुन सक्दैन, आधाकल्प तिमी
पवित्र रहन्छौ। स्वर्ग र नर्क गायन गरिएको छ। स्वर्ग केलाई भनिन्छ, यो पनि कसैलाई
थाहा छैन। बाबाले यहाँ नै आएर बच्चाहरूलाई जगाउनुहुन्छ। ५ हजार वर्षको कुरा हो। जो
स्वर्गवासी थिए उनीहरू नै अब नर्कवासी बनेका छन् फेरि बाबाले आएर पावन स्वर्गवासी
बनाउनुहुन्छ। एक साजनले आएर सबै सजनीहरूलाई आफ्नो अशोकवाटिकामा लैजानुहुन्छ। त्यसैले
पहिला सुरुमा सबैलाई यो भन– बाबालाई याद गर। नत्र यहाँ बस्दाबस्दै बुद्धि कहाँ कहाँ
भट्किरहन्छ। भक्तिमार्गमा पनि यही हालत हुन्छ। बाबा त अनुभवी छन् नि। सबैभन्दा
राम्रो धन्दा जुहारतको हुन्छ। त्यसमा सक्कली र नक्कलीलाई चिन्न बडो कठिन हुन्छ। यहाँ
पनि सत्य लुकेको छ, झुटै झुटै चलिरहन्छ। यो पनि ड्रामामा पहिल्यै निश्चित छ।
तिमीलाई थाहा छ हामी सबै ड्रामाका कलाकारहरू हौँ, यसबाट कोही पनि निस्कन सक्दैन।
कसैले पनि मोक्ष पाउन सक्दैन। विवेकले काम लिनुपर्छ। पार्टमा चल्दै जान्छन् फेरि
कल्पपछि त्यही पार्ट रिपिट गर्छन्। तिमीले देख्नेछौ कसरी मानिसहरू मर्छन्, विनाश
हुन्छ। सबै आत्माहरू निर्वाणधाममा जान्छन्। यो ज्ञान बुद्धिमा छ। सेवामा लागिरहेमा
धेरैको कल्याण हुनेछ। सारा परिवार नै यस ज्ञानमा लाग्यो भने बडो आश्चर्य हुनेछ।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) अन्त्यको दर्दनाक दृश्यबाट वा दुःखहरूबाट छुट्नको लागि अहिलेदेखि बाबाको श्रीमतमा
चल्नुछ। आफू समान बनाउने सेवा श्रीमतमा गर्नुछ।
२) सेवामा बाबाको
दाहिने हात बन्नुछ। आत्मालाई खुसी पार्ने बाटो बताउनु छ। सबैको कल्याण गर्नुछ।
वरदान:–
स्वयंक ा
सङ्कल्पहरूको उल्झन अथवा सजायहरूबाट पनि पर रहने सम्मान सहित पास भव
सम्मान सहित पास
अर्थात् जसबाट मनमा पनि सङ्कल्पबाट सजाय खान पर्दैन। धर्मराजको सजायको कुरा त पछि छ
तर आफ्ना सङ्कल्पको पनि उल्झन अथवा सजायहरूबाट पर रहनु– यो सम्मान सहित पास
हुनेहरूको निसानी हो। वाणी, कर्म, सम्बन्ध, सम्पर्कको कुरा त मोटो कुरा हो तर
सङ्कल्पमा पनि उल्झन पैदा नहोस्, यस्तो प्रतिज्ञा गरेमा सम्मान सहित पास बन्नेछौ।
स्लोगन:–
ज्ञान घृत र
योगको बत्ती ठिक छ भने खुसीको दीपक बलिरहन्छ।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
दुनियाँको कुनै पनि
प्रकारको हलचलले अचल अडोल स्थितिमा विघ्न नपारोस्। यस्तो विघ्नविनाशक अचल अडोल बनेर
हरेक विघ्नलाई पार गर, मानौँ यो विघ्न होइन एउटा खेल हो। पहाड तोरीसमान अनुभव होस्
किनकि ज्ञानस्वरूप आत्माहरूलाई पहिलेदेखि नै थाहा हुन्छ– यो सबै त आउनु नै छ, हुनु
नै छ।