04.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अब यस फोहोरी दुनियाँलाई आगो लाग्नेछ , त्यसैले शरीर सहित जसलाई तिमीले मेरो मेरो भन्छौ , त्यसलाई भुल्नु छ , त्यससँग दिल लगाउनु छैन।”

प्रश्न:–
बाबाले तिमीलाई यस दु:खधामबाट किन वैराग्य दिलाउनु हुन्छ?

उत्तर:–
किनकि तिमी शान्तिधाम सुखधाम जानु छ। यस फोहोरी दुनियाँमा अब रहनु नै छैन। तिमीलाई थाहा छ– आत्मा शरीरबाट अलग भएर घर जान्छ, त्यसैले यस शरीरलाई के हेर्नु? कसैको नाम रूप तर्फ पनि बुद्धि नजाओस्। फोहोरी विचार आयो भने पद भ्रष्ट हुन्छ।

ओम् शान्ति ।
शिवबाबाले आफ्ना बच्चाहरू, आत्माहरूसँग कुरा गर्नुहुन्छ। आत्माले नै सुन्छ। आफूलाई आत्मा निश्चय गर्नु छ। निश्चय गरेर फेरि यो सम्झनु छ– बेहदका बाबा आउनु भएको छ, सबैलाई लिएर जानको लागि। दु:खको बन्धनबाट छुटाएर सुखको सम्बन्धमा लिएर जानुहुन्छ। सम्बन्ध सुखलाई, बन्धन दु:खलाई भनिन्छ। अब यहाँको कुनै पनि नाम रूप आदिमा दिल नलगाऊ। आफ्नो घर जानको लागि तयारी गर्नु छ। सबै आत्माहरूलाई लिएर जान बेहदका बाबा आउनु भएको छ। त्यसैले यहाँ कोहीसँग दिल लगाउनु छैन। यी सबै यहाँका फोहोरी बन्धन हुन्। तिमीले जान्दछौ, हामी अहिले पवित्र बनेका छौँ, त्यसैले हाम्रो शरीरलाई कसैले पनि नराम्रो विचारले हात नलगाओस्। त्यस्ता विचार निस्किएरै जान्छन्। पवित्र नबनिकन फर्केर घर त जान सकिँदैन। यदि सुधार भएन भने त फेरि सजाय खानुपर्छ। अहिले सबै आत्माहरू बिग्रेका छन्। शरीरसँग फोहोरी काम गर्छन्। फोहोरी देहधारीसँग दिल लागेको छ। बाबा आएर भन्नुहुन्छ– यी सबै फोहोरी विचार छोड। आत्मालाई शरीरबाट अलग भएर घर जानु छ। यो त धेरै फोहोरी दुनियाँ हो, अब त हामी यसमा बस्नु छैन। कसैलाई हेर्ने पनि दिल हुँदैन। अहिले त बाबा आउनु भएको छ स्वर्गमा लिएर जान। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झ। पवित्र बन्नको लागि बाबालाई याद गर। कुनै पनि देहधारीसँग दिल नलगाऊ। बिलकुल ममत्व मेटिनु पर्छ। स्त्री पुरुषको धेरै प्रेम हुन्छ। एक अर्कादेखि अलग हुन सक्दैनन्। अब त आफूलाई आत्मा भाइ भाइ सम्झिनु छ। फोहोरी विचार हुनु हुँदैन। बाबा सम्झाउनु हुन्छ– अहिले यो वेश्यालय हो। विकारको कारण नै तिमीहरूले आदि, मध्य, अन्त्य दु:ख पाएका छौ। बाबाले धेरै नै वैराग्य दिलाउनु हुन्छ। अहिले तिमीहरू जानको लागि नाउमा बसेका छौ। आत्माले जान्दछ, अहिले हामी बाबाको पासमा गइरहेका छौं। यस सारा दुनियाँबाट वैराग्य आएको छ। यो फोहोरी दुनियाँ, नर्क वेश्यालयमा हामीलाई रहनु छैन। त्यसैले फेरि विषको लागि फोहोरी विचार आउनु धेरै नराम्रो हो। पद पनि भ्रष्ट हुन्छ। बाबा भन्नुहुन्छ– म तिमीलाई फूलसमान दुनियाँमा, सुखधाममा लिएर जान आएको छु। तिमीलाई यस वेश्यालयबाट निकालेर शिवालयमा लिएर जाने छु। त्यसैले अब बुद्धिको योग नयाँ दुनियाँमा रहनुपर्छ। कति खुसी हुनुपर्छ। बेहदका बाबाले हामीलाई पढाउनु हुन्छ, यो बेहद सृष्टि चक्र कसरी घुम्छ, त्यो त बुद्धिमा छ। सृष्टि चक्रलाई जानेपछि अर्थात् स्वदर्शन चक्रधारी भएपछि तिमीहरू चक्रवर्ती राजा बन्छौ। यदि देहधारीसँग बुद्धियोग लगायौ भने पद भ्रष्ट हुन्छ। कुनै पनि देहको सम्बन्ध याद नआओस्। यो त दु:खको दुनियाँ हो, यसमा सबै दु:ख नै दिनेवाला छन्।

बाबाले फोहोरी दुनियाँबाट सबैलाई लिएर जानुहुन्छ, त्यसैले अब बुद्धियोग आफ्नो घरसँग लगाउनु छ। मनुष्यले मुक्तिमा जानको लागि भक्ति गर्छन्। तिमीले पनि भन्छौ हामी आत्माहरू यहाँ रहनु छैन। हामी यो फोहोरी शरीरलाई छोडेर आफ्नो घर जानेछौँ, यो त पुरानो शरीर हो। बाबालाई याद गर्दागर्दै फेरि यो शरीर छुट्नेछ। अन्त्यकालमा बाबा सिवाय अरू कुनै अर्को कुरा याद नरहोस्। यो शरीर पनि यहाँ नै छोड्नु छ। शरीर गएपछि सबै कुरा गयो। देहसहित जति पनि छ, तिमीले जसलाई मेरो मेरो भन्छौ, यो सबैलाई भुल्नु छ। यस फोहोरी दुनियाँलाई आगो लाग्नेछ, त्यसैले यसमा अब दिल लगाउनु छैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मैले तिम्रो लागि स्वर्ग स्थापना गरिरहेको छु। त्यहाँ तिमी नै गएर बस्नेछौ। अहिले तिम्रो मुख त्यसतर्फ छ। बाबालाई, घरलाई, स्वर्गलाई याद गर्नु छ। दु:खधामबाट वैराग्य आउँछ। यस शरीरबाट वैराग्य आउँछ। विवाह गर्ने पनि के आवश्यकता छ। विवाह गरेपछि दिल शरीरसँग लाग्छ। बाबा भन्नुहुन्छ– यस पुरानो शरीरसँग अलिकति पनि स्नेह नराख। यो हो नै वेश्यालय। सबै पतित नै पतित छन्। रावण राज्य हो। यहाँ बाबा सिवाय अरू कसैसँग पनि मन लगाउनु छैन। बाबालाई याद गरेनौ भने जन्मजन्मान्तरको पाप काटिनेछैन। फेरि सजाय पनि धेरै कडा हुन्छ। पद पनि भ्रष्ट हुन्छ। त्यसैले यस कलियुगी बन्धनलाई किन नछोड्ने? बाबाले सबैको लागि यो बेहदको कुरा सम्झाउनु हुन्छ। संन्यासीहरू रजोप्रधान भएको बेला दुनियाँ फोहोरी थिएन। जङ्गलमा रहन्थे। सबैलाई आकर्षण हुन्थ्यो। मनुष्य त्यहाँ गएर उनीहरूलाई खाना पुर्याएर आउँथे। निडर भएर रहन्थे। तिमी पनि निडर बन्नु छ, यसमा धेरै विशाल बुद्धि चाहिन्छ। बाबासँग आउँदा बच्चाहरूलाई खुसी हुन्छ। हामीले बेहदका बाबाबाट सुखधामको वर्सा लिन्छौँ। यहाँ त कति दु:ख छ। कति फोहोरी फोहोरी बिमारी आदि आउँछन्। बाबा त ग्यारेन्टी गर्नुहुन्छ, तिमीलाई त्यहाँ लिएर जान्छु, जहाँ दु:ख, बिमारी आदिको नाम हुँदैन। आधाकल्पको लागि तिमीलाई स्वस्थ बनाउनु हुन्छ। यहाँ कसैसँग पनि दिल लगायौ भने धेरै सजाय खानुपर्ने छ।

तिमीहरूले सम्झाउन सक्छौ, उनीहरूले भन्छन्– तीन मिनट मौन। भन, केवल मौनले के हुन्छ। यहाँ त बाबालाई याद गर्नुपर्छ, जसद्वारा विकर्म विनाश हुन्छ। मौनको वरदान दिने बाबा हुनुहुन्छ। उहाँलाई याद नगरिकन शान्ति कसरी मिल्छ? उहाँलाई याद गरेपछि नै वर्सा मिल्छ। टिचरहरूले पनि धेरै पाठ पढाउनु पर्छ। तयार हुनुपर्छ, कसैले केही पनि भन्दैन। बाबाको बनेका छौ भने पेटको लागि त मिलि नै हाल्छ, शरीर निर्वाहको लागि धेरै मिल्छ। जसरी वेदान्ती बच्ची छिन्, उनले परीक्षा दिइन्, त्यसमा एउटा प्वइन्ट थियो– गीताको भगवान को हुनुहुन्छ? उनले परमपिता परमात्मा शिव लेखिदिइन् त्यसैले उनलाई फेल गराइयो। अनि जसले कृष्णको नाम लेखेका थिए, उनलाई पास गरिदिए। बच्चीले सत्य बताइन्, त्यसैले उनीहरूले नजानेको कारण फेल गरिदिए। फेरि मैले त सत्य सत्य लेखेको थिएँ भन्नु पर्छ। गीताको भगवान हुनुहुन्छ नै निराकार परमपिता परमात्मा। कृष्ण देहधारी त हुन सक्दैनन्। तर बच्चीको दिल थियो यो रुहानी सेवा गर्ने त्यसैले छोडिदिइन्।

तिमीलाई थाहा छ– अब बाबालाई याद गर्दा गर्दै आफ्नो यस शरीरलाई पनि छोडेर शान्तिको दुनियाँमा जानु छ। याद गर्नाले स्वास्थ्य सम्पत्ति दुवै मिल्छ। यहाँ सुख शान्ति थियो नि। यस्ता यस्ता कुरा तिमी कुमारीहरूले बसेर सम्झायौ भने तिम्रो नाम कसैले लिनेछैनन्। यदि कसैले अवरोध गर्छ भने तिमीहरू काइदा अनुसार लड, ठुला ठुला अफिसरहरूको पासमा जाऊ। के गर्नेछौ? यस्तो होइन– तिमीहरू भोकै मर्नेछौ। केरासँग, दालसँग पनि रोटी खान सक्छौ। मनुष्यले पेटको लागि कति पाप गर्छन्। बाबा आएर सबैलाई पाप आत्माबाट पुण्य आत्मा बनाउनु हुन्छ। यसमा पाप गर्नु पर्ने, झुटो बोल्नु पर्ने कुनै आवश्यकता छैन। तिमीलाई तीन चौथाइ (३/४) सुख मिल्छ, बाँकी एक चौथाइ (१/४) दु:ख भोग्छौ। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गर्यौ भने तिम्रो जन्मजन्मान्तरको पाप भस्म भएर जान्छ। अरू कुनै उपाय छैन। भक्तिमार्गमा त धेरै धक्का खान्छौ। शिवको पूजा त घरमा पनि गर्न सक्छन् तर फेरि पनि बाहिर मन्दिरमा अवश्य जान्छन्। यहाँ त तिमीहरूलाई बाबा मिल्नु भएको छ। तिमीहरूलाई चित्र राख्ने आवश्यकता छैन। बाबालाई तिमीहरूले चिन्छौ। उहाँ हाम्रो बेहदका बाबा हुनुहुन्छ, बच्चाहरूलाई स्वर्गको बादसाहीको वर्सा दिइरहनु भएको छ। तिमीहरू आउँछौ बाबाबाट वर्सा लिन। यहाँ कुनै शास्त्र आदि पढ्ने कुरा छैन। केवल बाबालाई याद गर्नु छ। बाबा अब म आएँ कि आएँ। तिमीहरूले घर छोडेको कति समय भयो? सुखधामलाई छोडेको ६३ जन्म भयो। अब बाबा भन्नुहुन्छ– शान्तिधाम, सुखधाम हिँड। यस दु:खधामलाई भुल। शान्तिधाम, सुखधामलाई याद गर, कुनै अप्ठ्यारो कुरा छैन। शिवबाबालाई कुनै शास्त्र आदि पढ्ने आवश्यकता छैन। यी ब्रह्माले पढेका छन्। तिमीहरूलाई त अहिले शिवबाबाले पढाउनु हुन्छ। यी ब्रह्माले पढाउन सक्छन्। तर तिमीले सदैव सम्झ शिवबाबाले सम्झाउनु हुन्छ। उहाँलाई याद गर्नाले विकर्म विनाश हुन्छ। बीचमा यी पनि छन्।

अब बाबा भन्नुहुन्छ– समय थोरै छ, धेरै छैन। यस्तो विचार नगर कि जे भाग्यमा होला त्यही मिल्छ। स्कुलमा पढाइको लागि पुरुषार्थ गर्छन् नि। यस्तो कहाँ भन्छन् र– जे भाग्यमा होला... यहाँ पढेनन् भने त्यहाँ जन्म-जन्मान्तर नोकरी चाकरी गरिरहन्छन्। रजाइँ मिल्न सक्दैन। अन्त्यमा केवल ताज राखिदिन्छन्, त्यो पनि त्रेतामा। मूल कुरा हो, पवित्र बनेर अरूलाई बनाउनु। सत्य नारायणको सत्य कथा सुनाउन धेरै सहज छ। दुई पिता हुनुहुन्छ, हदको पिताबाट हदको वर्सा मिल्छ, बेहदका पिताबाट बेहदको। बेहदका बाबालाई याद गर्यौ भने यस्तो देवता बन्छौ। तर फेरि त्यसमा पनि पद पाउनु छ। पद पाउनको लागि नै कति मारामार गर्छन्। अन्त्यमा बमहरूले पनि एक अर्कालाई मदत दिन्छन्। यति धेरै धर्म कहाँ थिए र? फेरि रहने छैनन्। तिमी राज्य गर्नेवाला हौ। त्यसैले आफैमाथि दया गर– कम्तीमा उच्च पद त पाऊँ। बच्चीहरूले ८ आना पनि दिन्छन्– हाम्रो एक इँटा लगाइदिनुहोस्। सुदामाको दृष्टान्त सुनेका छौ नि। चामल मुट्ठीको सट्टा महल मिल्यो। गरिबको पासमा छ नै ८ आना भने त्यही दिन्छन् नि। भन्छन्, बाबा हामी गरिब छौँ। अहिले तिमी बच्चाहरूले सच्चा कमाइ गर्छौ। यहाँ सबैको छ झुटो कमाइ। दानपुण्य आदि जे गर्छन्, त्यो पाप आत्माहरूलाई नै गर्छन्। त्यसैले पुण्यको सट्टा पाप हुन्छ। पैसा दिनेमा नै पाप चढ्छ। यस्तो यस्तो गर्दा गर्दा सबै पाप आत्मा बन्छन्। पुण्य आत्मा हुन्छन् नै सत्ययुगमा। त्यो हो पुण्य आत्माहरूको दुनियाँ। त्यो त बाबाले नै बनाउनु हुन्छ। पाप आत्मा रावणले बनाउँछ, फोहोरी बन्छन्। अब बाबा भन्नुहुन्छ– फोहोरी कर्म नगर। नयाँ दुनियाँमा फोहोरी हुँदैनन्। नाम नै छ स्वर्ग, स्वर्ग भन्नेबित्तिकै मुखमा पानी आउँछ। देवता यहाँ आएर गएका हुन् त्यसैले यादगार छ। आत्मा अविनाशी छ। कति धेरै कलाकारहरू छन्। कहीँ त बसेका होलान्, जहाँबाट पार्ट खेल्न आउँछन्। अहिले कलियुगमा कति धेरै मनुष्य छन्। देवी-देवताहरूको राज्य छैन। जसलाई पनि सम्झाउन त धेरै सहज छ। एक धर्मको अहिले फेरि स्थापना भइरहेको छ, बाँकी सबै खतम हुन्छन्। तिमीहरू जब स्वर्गमा थियौ तब अरू कुनै धर्म थिएन। चित्रमा रामलाई बाण लिएको देखाइ दिएका छन्। त्यहाँ बाण आदिको त कुरा छैन। यो पनि बुझ्छन्। जसले कल्प पहिला जति सेवा गरेका छन्, त्यति नै अहिले गर्छन्। जसले धेरै सेवा गर्छन्, तिनै बाबालाई पनि धेरै प्यारा लाग्छन्। लौकिक पिताका बच्चाहरू पनि जसले राम्ररी पढ्छन्, उनीहरूमा बाबाको प्यार धेरै हुन्छ। कसैले लडाइँ झगडा गर्दै खाँदै गरे भने उनीहरूलाई कहाँ प्यार गर्छन् र! सेवा गर्नेहरू नै धेरै प्यारा लाग्छन्।

एउटा कथा छ– दुई बिरालाहरूले लडाइँ गरे, मखन कृष्णले खाए। सारा विश्वको बादसाही रूपी मखन तिमीहरूलाई मिल्छ। त्यसैले अब लापरवाही गर्नु छैन। फोहोरी बन्नु छैन। यसका पछि लागेर रजाइँ नगुमाऊ। बाबाको डाइरेक्सन मिल्छ, याद गरेनौ भने पापको बोझ चढ्दै जान्छ, फेरि धेरै सजाय खानुपर्ने हुन्छ। जोड जोडले रून्छन्। २१ जन्मको बादसाही मिल्छ। यसमा फेल भए भने धेरै रून्छन्। बाबा भन्नुहुन्छ– न माइतीलाई, न घरलाई याद गर्नु छ। भविष्य नयाँ घरलाई नै याद गर्नुपर्छ।

बाबा सम्झाउनु हुन्छ– कसैलाई देखेर लट्टु बन्नु हुँदैन। फूल बन्नु छ। देवताहरू फूल थिए, कलियुगमा काँडा छन्। अहिले तिमी सङ्गममा फूल बनिरहेका छौ। कसैलाई दु:ख दिनु हुँदैन। यहाँ यस्ता बनेपछि नै सत्ययुगमा जान्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अन्त्यकालमा एक बाबा सिवाय अर्को कोही याद नआओस्, त्यसको लागि यस दुनियाँमा कसैसँग पनि दिल लगाउनु छैन। फोहोरी शरीरसँग प्यार गर्नु छैन। कलियुगी बन्धन तोडिदिनु छ।

२) विशालबुद्धि बनेर निडर बन्नु छ। पुण्य आत्मा बन्नको लागि अब कुनै पनि पाप गर्नु छैन। पेटको लागि झुटो बोल्नु हुँदैन। चामल मुट्ठी सफल गरेर सच्चा सच्चा कमाइ जम्मा गर्नु छ, आफैलाई दया गर्नु छ।

वरदान:–
परमात्म लगनबाट स्वयंलाई वा विश्वलाई निर्विघ्न बनाउने तपस्वीमूर्त भव

एक परमात्म लगनमा रहनु नै तपस्या हो। यो तपस्याको बलले नै स्वयं तथा विश्वलाई सदाको लागि निर्विघ्न बनाउन सक्छ। निर्विघ्न रहनु र निर्विघ्न बनाउनु नै तिम्रो सच्चा सेवा हो, जसले अनेक प्रकारका बिघ्नहरूबाट सवै आत्माहरूलाई मुक्त गरिदिन्छ। यस्ता सेवाधारी बच्चाहरू तपस्याका आधारमा बाबाबाट जीवनमुक्तिको वरदान लिएर अरूलाई वरदान दिलाउनको लागि निमित्त बन्छन्।

स्लोगन:–
छरिएको स्नेहलाई समेटेर एक बाबासँग स्नेह गर्यौ भने मेहनतबाट छुट्नेछौ।