04.06.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
पारलौकिक बाबालाई यथार्थ रीतिले चिनेका छौ त्यसैले तिमीलाई नै सच्चा प्रीतबुद्धि वा
आस्तिक भनिन्छ।”
प्रश्न:–
बाबाको कुन
कर्तव्यबाट उहाँ भक्तहरूको रक्षक हुनुहुन्छ भन्ने सिद्ध हुन्छ?
उत्तर:–
सबै
भक्तहरूलाई रावणको जेलबाट छुटाउनु, कङ्गालबाट सम्पन्न बनाउनु, यो एक बाबाको नै
कर्तव्य हो। जति पनि पुराना भक्तहरू छन् तिनीहरूलाई ब्राह्मण बनाएर देवता बनाइदिनु–
यही तिनीहरूको रक्षा हो। भक्तहरूको रक्षक आउनुभएको छ– आफ्ना सबै भक्तहरूलाई
मुक्ति-जीवनमुक्ति दिन।
गीत:–
भोलेनाथ से
निराला...
ओम् शान्ति ।
बच्चाहरूले यो
कसको महिमा सुन्यौ? गायन गरिन्छ उच्चभन्दा उच्च भगवान् र भगवान्लाई नै बाबा भनिन्छ।
उहाँ नै यस सारा रचनाको रचयिता हुनुहुन्छ। जसरी लौकिक पिता पनि रचयिता हुन् आफ्नो
रचनाको। मानिसहरूले पहिला कन्यालाई आफ्नी पत्नी बनाउँछन् र फेरि उनैबाट रचना रच्छन्।
५-७ बच्चाहरू पैदा गर्छन्। तिनीहरूलाई भनिन्छ रचना। पिता भए रचयिता। उनीहरू हदका
रचयिता भए। यो कुरा पनि तिमी बच्चाहरूलाई थाहा छ– रचनालाई रचयिता पिताबाट वर्सा
मिल्छ। मानिसका दुई पिता त हुनुहुन्छ नै– एक लौकिक, अर्का पारलौकिक। प्यारा
बच्चाहरूलाई सम्झाइएको छ– ज्ञान र भक्ति भिन्नाभिन्नै हुन्, फेरि हुन्छ वैराग्य। यस
समयमा तिमी बच्चाहरू सङ्गममा बसेका छौ र बाँकी सबै कलियुगमा बसेका छन्। हुन त सबै
बच्चाहरू हुन् तर तिमीले बेहदका बाबालाई चिनेका छौ जो सारा रचनाको रचयिता हुनुहुन्छ।
लौकिक पिता हुँदाहुँदै पनि उहाँ पारलौकिक बाबालाई याद गर्छन्। सत्ययुगमा लौकिक पिता
हुँदाहुँदै पारलौकिक बाबालाई कसैले याद गर्दैनन् किनकि त्यो त हो नै सुखधाम। ती
पारलौकिक बाबालाई दुःखमा याद गर्छन्। यहाँ पढाइन्छ, मानिसलाई समझदार बनाइन्छ।
भक्तिमार्गमा मानिसहरूले बाबालाई पनि चिन्दैनन्। भन्छन् पनि– परमपिता परमात्मा, हे
परमपिता परमात्मा, हे दुःखहर्ता सुखकर्ता! फेरि भनिदिन्छन्– उहाँ सर्वव्यापी
हुनुहुन्छ। पत्थरमा, कण-कण, कुकुर, बिरालो सबैमा हुनुहुन्छ। परमात्मा बाबालाई गाली
गर्न थाल्छन्।
तिमी बाबाका बनेका
हुनाले तिमी भयौ आस्तिक। बाबासँग तिम्रो प्रीतबुद्धि छ। बाँकी सबैको बाबासँग विपरीत
बुद्धि छ। अब तिमीलाई थाहा छ– महाभारी लडाइँ पनि सामुन्ने उभिएको छ। पुरानो
दुनियाँको विनाशका लागि हर ५ हजार वर्षपछि कलियुगी पतित दुनियाँ पूरा भएपछि फेरि
बाबाबाट सत्ययुगी पावन दुनियाँ स्थापन हुन्छ। उहाँ बाबालाई नै याद गर्छन्– हे
पतितपावन आउनुहोस्! हे खिवैया हामीलाई यस विषय सागरबाट निकालेर क्षीरसागरमा
लैजानुहोस्! गान्धीजीले पनि गाउँथे– पतितपावन सीताराम... हे राम सबै सीताहरूलाई
पावन बनाउनुहोस्! तिमी सबै हौ सीताहरू, भक्तहरू। उहाँ हुनुहुन्छ भगवान्, सबैले
उहाँलाई पुकार्छन्। उहाँले तिमीलाई पतितबाट पावन बनाइरहनुभएको छ। तिमीलाई कहीँ पनि
धक्का खुवाउनुहुन्न। यस्तो भन्नुहुन्न– तीर्थहरूमा जाऊ, कुम्भको मेलामा जाऊ। यस्तो
भन्नुहुन्न। यी नदीहरू कुनै पतितपावनी होइनन्। पतितपावन एक ज्ञानको सागर बाबा
हुनुहुन्छ। सागर वा नदीहरूलाई कसैले याद गर्दैनन्। बाबालाई पुकार्छन्– हे पतितपावन
बाबा हामीलाई पावन बनाउनुहोस्! बाँकी पानीका नदीहरू त सारा दुनियाँमा छन्, ती नदीहरू
कहाँ पतितपावनी हुन् र! पतितपावन एक बाबालाई नै भनिन्छ। उहाँ यहाँ आएपछि मात्र पावन
बनाउनुहुन्छ। भारतवर्षको महिमा धेरै महान छ। भारतवर्ष सबै धर्महरूको तीर्थस्थान हो।
शिवजयन्तीको पनि यहीँ गायन गरिन्छ। सत्ययुग त हो पावन दुनियाँ, त्यसमा देवीदेवता
रहन्छन्। देवताहरूको महिमा गायन गरिन्छ– सर्वगुण सम्पन्न १६ कला सम्पूर्ण...
चन्द्रवंशीहरूका १४ कला हुन्छन् भनिन्छ। फेरि सिँढी तल ओर्लन्छन्। बाबा आएर
सेकेन्डमा सिँढी चढाएर शान्तिधाम-सुखधाममा लैजानुहुन्छ। फेरि ८४ को चक्कर लगाएर
सिँढी ओर्लन्छन्। ८४ जन्म कसैले त अवश्य लिएका होलान्। मुख्य हो सर्वशास्त्रमयी
शिरोमणि गीता, श्रीमत् भगवत् अर्थात् भगवान्ले गायन गर्नुभएको। तर भगवान् कसलाई
भनिन्छ– यो पतित मानिसहरूलाई थाहा छैन। पतितपावन सर्वको सद्गतिदाता एक निराकार शिव
नै हुनुहुन्छ तर उहाँ कहिले आउनुभयो, यो कसैलाई थाहा छैन। बाबा स्वयम् आएर आफ्नो
परिचय दिनुहुन्छ। अब हेर यी बच्चाहरू र बच्चीहरू दुवैले बाबा भन्छन्। गायन गरिन्छ
पनि तुम माता पिता हम बालक तेरे... हजुरको यो राजयोग सिकेपछि धेरै सुख मिल्छ। तिमी
यहाँ आउँछौ नै बेहदका बाबाबाट २१ जन्म स्वर्गको वर्सा लिन। अब शिवजयन्ती पनि यहाँ
नै मनाउँछन्। रावणलाई पनि यहाँ नै देखाउँछन्। तर अर्थ केही पनि जान्दैनन्। शिव
हाम्रा बेहदका बाबा हुनुहुन्छ भन्ने यो कसैलाई पनि थाहा छैन। केवल शिवको पूजा
गरिरहन्छन्। सारा वृक्ष तमोप्रधान भएपछि मात्र बाबा आउनुहुन्छ। नयाँ दुनियाँमा
भारतवर्ष स्वर्ग थियो। भारतवर्षमा नै सत्ययुग थियो। भारतवर्षमा नै अहिले कलियुग छ।
बाबा सम्झाउनुहुन्छ– पहिला सुरुमा तिमी स्वर्गका मालिक थियौ। अहिले तिमी ८४ जन्म
भोगेर नर्कवासी बनेका छौ। अब मैले तिमीलाई राजयोग सिकाएर मनुष्यबाट देवता, पतितबाट
पावन बनाउँछु। भक्ति अर्थात् ब्रह्माको रात। ज्ञान अर्थात् ब्रह्माको दिन। तिमी
ब्रह्माकुमार कुमारीहरू दिनमा जान्छौ। यस पुरानो दुनियाँमा अब आगो लाग्नेछ, अवश्य
महाभारत लडाइँ हुन्छ। अवश्य यस महाभारत लडाइँपछि नै भारतवर्ष स्वर्ग बन्छ। अनेक
धर्म विनाश भएर एक धर्मको स्थापना हुन्छ।
तिमी बच्चाहरू बाबाको
मदतगार बनेर आदि सनातन देवीदेवता धर्मको स्थापना गरिरहेका छौ। तिमी स्वर्गको मालिक
बन्न लायक बन्छौ त्यसपछि फेरि विनाश सुरुहुन्छ। यो हो शिवबाबाको ज्ञान यज्ञ फेरि
शिव भन वा रुद्र भन। कृष्ण ज्ञान यज्ञ कहिल्यै भनिँदैन। सत्ययुग त्रेतामा यज्ञ
हुँदैन। यज्ञ त उपद्रव भएपछि मात्रै रचिन्छ। अनाज उब्जिएन वा लडाइँ भयो भने शान्तिको
लागि यज्ञ रच्छन्। तिमी बच्चाहरूलाई थाहा छ– विनाश नभएसम्म भारत स्वर्ग बन्न सक्दैन।
भारत माता शिवशक्ति सेना गायन गरिएको छ। वन्दना पवित्रको नै गरिन्छ। तिमी
माताहरूलाई वन्दे मातरम् भनिन्छ किनकि तिमीहरूले श्रीमतमा विश्वलाई स्वर्ग बनाएका
हौ। अब बाबा भन्नुहुन्छ– मृत्यु त सबैको शिरमा खडा छ त्यसैले अब यो एक जन्म पवित्र
बनेर बाबालाई याद गरेमा तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। अहिले तिमी शूद्रबाट
ब्राह्मण बनेर फेरि देवता बन्नेछौ, यो कुनै नयाँ कुरा होइन। कल्प कल्प हर ५ हजार
वर्षपछि यो चक्र घुमिरहन्छ। नर्कबाट स्वर्ग बन्छ। पतित दुनियाँमा मानिसहरूले जे जति
कर्म गर्छन् त्यो सबै विकर्म नै बन्छ। बाबा भन्नुहुन्छ– ५ हजार वर्ष पहिला पनि
तिमीलाई कर्म-अकर्म-विकर्मको गति सम्झाएको थिएँ। अब फेरि तिमीलाई सम्झाउँछु। म
परमपिता परमात्मा निराकार तिम्रो पिता हुँ। यो शरीर, जसको मैले आधार लिएका छु, यिनी
कुनै भगवान् होइनन्। मानिसलाई देवता पनि भनिँदैन। त्यसैले मानिसलाई भगवान् कसरी
भन्न सक्छन्? बाबा सम्झाउनुहुन्छ– तिमी ८४ जन्म लिँदालिँदा सिँढी तल ओर्लंदै आएका
छौ, माथि कोही जान सक्दैन। सबैले पतित बन्ने नै बाटो बताउँछन्, आफू पनि पतित बन्दै
जान्छन्। त्यसैले बाबा भन्नुहुन्छ– तिनीहरूको उद्धार गर्न पनि म आउनुपर्छ। यो हो
रावण राज्य। तिमी अहिले रावण राज्यबाट निस्केर आएका छौ। बिस्तारै बिस्तारै सबैलाई
थाहा हुनेछ। ब्राह्मण नबनी शिवबाबाबाट वर्सा लिन सक्दैनौ। बाबा हुनुहुन्छ नै दुईवटा।
एक निराकारी बाबा, अर्का साकारी बाबा। वर्सा मिल्छ एक साकारी बाबाबाट साकारी
बच्चाहरूलाई र फेरि निराकारी बेहदका बाबाबाट वर्सा मिल्छ निराकारी आत्माहरूलाई। अब
तिमी बच्चाहरूलाई थाहा भएको छ– मीठा मीठा शिवबाबाबाट हामी २१ जन्मको लागि सुखधामको
वर्सा लिन आएका छौँ। हामी योगबलले विश्वको मालिक बन्छौँ। हाम्रा कुनै हतियार आदि
छैनन्। बाबासँग योग लगाएर विकर्म विनाश गरेर विष्णुपुरीको मालिक बन्छौँ। अहिले
अमरलोकमा जानको लागि अमर कथा सुनिरहेका छौँ। त्यहाँ कहिल्यै अकालमा मृत्यु हुँदैन।
दुःखको नामनिसान हुँदैन। तिमी बच्चाहरू आएका छौ श्रीमतमा चलेर बेहदका बाबाबाट
श्रेष्ठभन्दा श्रेष्ठ देवीदेवता बन्न। यो कुनै शास्त्रहरूको ज्ञान होइन। मानिसहरूले
देखाउँछन्– विष्णुको नाभिबाट ब्रह्मा निस्किए। उनको हातमा फेरि शास्त्र देखाइदिन्छन्।
बाबा भन्नुहुन्छ– मैले तिमीलाई ब्रह्माद्वारा सारा रचनाको आदि-मध्य-अन्त्यको ज्ञान
सुनाइरहेको छु। म नै ज्ञानको सागर हुँ। गाउँछन् पनि– ज्ञान सूर्य प्रगटा... अज्ञान
अन्धेर विनाश। सत्ययुगमा अज्ञान हुँदैन। त्यो सचखण्ड थियो त्यतिबेला भारतवर्ष
हिराजस्तो थियो, त्यहाँ हिरा जुहारतका महल बन्थे। अहिले त मानिसहरूलाई पेटभरी खानको
लागि पनि छैन। कङ्गाल विश्वलाई फेरि सम्पन्न कसले बनाउनुहुन्छ! यो बाबाको नै काम
हो। बाबालाई नै दया लाग्छ। बाबा भन्नुहुन्छ– म तिमीलाई राजयोग सिकाउन आएको छु।
नरलाई नारायण, नारीलाई लक्ष्मी बनाउँछु। भक्तहरूको रक्षक हुनुहुन्छ नै बाबा।
तिमीलाई रावणको जेलबाट छुटाएर सुखधाममा लैजान्छु। सारा दुनियाँमा जति पनि ब्राह्मण
बन्छन् उनीहरू नै देवता बन्नेछन्। ब्रह्माको पनि प्रजापिता ब्रह्मा नाम प्रसिद्ध छ।
तिमी ब्राह्मण हौ सबैभन्दा उत्तम, तिमीले विश्वको सच्चा रुहानी सेवा गरिरहेका छौ।
बाबाको यादले नै विकर्म विनाश हुन्छ। पतितबाट पावन बन्ने अरू कुनै बाटो छैन। यादले
नै खाद भस्म हुनेछ। सुनारहरूलाई थाहा हुन्छ– सक्कली र नक्कली सुन कसरी बन्छ। त्यस
सुनमा चाँदी-तामा-फलाम मिसाउँछन्। तिमी पनि पहिला सतोप्रधान थियौ फेरि तिमीमा खाद
पर्छ, अहिले तमोप्रधान बनेका छौ। अब फेरि सतोप्रधान बन्नुपर्छ अनि मात्र सत्ययुगमा
जान सक्छौ। बाबा भन्नुहुन्छ– कुनै पनि देहधारीलाई याद नगर। गृहस्थ व्यवहारमा रहेर
एक बाबा बाहेक अरू कसैलाई याद गरेनौ भने तिमी स्वर्गपुरीका मालिक बन्नेछौ। स्वर्ग
अथवा विष्णुपुरी थियो, अहिले रावणपुरी छ। अवश्य फेरि विष्णुपुरी बन्छ। म साधुसन्त
आदि सबैको उद्धार गर्न आउँछु, त्यसपछि नै भनिन्छ यदा यदाहि धर्मस्य... यो यहाँको नै
कुरा हो। सर्वको सद्गतिदाता म एक बाबा शिव हुँ। शिव, रुद्र सबै उहाँकै नाम हुन्,
अथाह नाम राखिदिएका छन्। बाबा भन्नुहुन्छ– मेरो असली नाम त एउटै शिव हो। म शिव हुँ,
तिमी बच्चाहरू सालिग्राम हौ। तिमी आधाकल्प देह अभिमानी रहेका छौ। अब देहीअभिमानी बन।
एक बाबालाई चिनेर मात्र बाबाद्वारा तिमीले सबैथोक जान्दछौ। मास्टर ज्ञान सागर बन्छौ।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) श्रीमतमा चलेर श्रेष्ठभन्दा श्रेष्ठ देवता बन्नुछ। सारा विश्वको सच्चा सच्चा
रुहानी सेवा गर्नुछ। आदि सनातन देवीदेवता धर्मको स्थापनामा बाबाको पूरा मद्दतगार
बन्नुछ।
२) आत्मालाई सक्कली
सुन बनाउनको लागि एक बाबा बाहेक कुनै पनि देहधारीलाई याद गर्नुछैन। पारलौकिक
बाबासँग सच्चा सच्चा प्रीत राख्नुछ।
वरदान:–
आत्मिक
उन्नतिको साधनद्वारा सर्व परिस्थितिहरूमाथि विजय प्राप्त गर्ने अकालमूर्त भव
जसरी शरीर निर्वाहको
लागि अनेक उपाय अपनाउँछौ त्यसरी नै आत्मिक उन्नतिको उपाय पनि अपनाऊ, यसको लागि सदा
अकालमूर्त स्थितिमा स्थित हुने अभ्यास गर। जसले स्वयंलाई अकालमूर्त (आत्मा) सम्झेर
चल्छन् उनीहरू अकालमा हुने मृत्युबाट, अकालबाट, सर्व समस्याहरूबाट बच्छन्। मानसिक
चिन्ताहरू, मानसिक परिस्थितिहरूलाई हटाउनको लागि केवल आफ्नो पुरानो शरीरको भानलाई
मेटाउँदै जाऊ।
स्लोगन:–
जो कुनै पनि
कुराबाट बारम्बार दुःखी हुन्छ ऊ अन्त्यमा फेल हुन्छ।
मातेश्वरीजीका अनमोल
महावाक्य–
“मानिसहरू
साक्षात्कारमा कसरी जान्छन् ?”
यो जुन साक्षात्कारमा
जाने कुरा हुन्छ यसको दर्शन पनि धेरै गहिरो छ। यो अन्तःवाहक शरीरबाट गएर घुमेर
आउँछन्। जसरी कोही बाहिर घुम्न जान्छ नि, त्यसैले यस्तो होइन– घुम्न गयो भने मर्छ,
ऊ घुमेर फेरि फर्केर आउँछ नि। त्यसैगरी आत्मा पनि यस शरीरबाट निस्केर अन्तःवाहक
शरीरबाट भ्रमण गर्न जान्छन्, थोरै समयको लागि उनीहरूका आत्मा उड्ने पन्छी हुन्छन्,
यो पनि परमात्माको काम हो जसले उनीहरूको डोरीलाई तानेर दिव्य दृष्टिले उनीहरूलाई
साक्षात्कार गराउनुहुन्छ। जसरी रातमा हामी आत्माहरू शरीरबाट न्यारा बनेर सुषुप्ति
अथवा स्वप्नको अवस्थामा जान्छौँ, त्यस समयमा शरीर शान्त हुन्छ, त्यसबेला देह र देहका
धर्मलाई नै भुल्छन् तर यस्तो होइन– कुनै शरीर मर्छ र फेरि जागृतीमा आएपछि त्यो रातको
सपनाको अवस्थाको वर्णन गरेर सुनाउँछ। त्यसरी नै परमात्मासँग योग लगाएपछि परमात्माले
फेरि दिव्य दृष्टिले आत्मालाई भ्रमण गराउनुहुन्छ। फेरि ध्यानबाट उठेपछि त्यो देखेको
साक्षात्कार, फेरि वर्णन गरेर सुनाउँछन्– हामीले यो देखेर आयौँ। त्यो स्वप्न रजोगुण,
तमोगुण पनि हुन्छ, यो ध्यान फेरि सतोगुण अवस्था हो। ध्यानमा कुनै शरीर मर्दैन, तर
शरीरको भासना गुम हुन्छ। जसरी क्लोरोफर्म दिएपछि शरीरको सुधबुध भुलिन्छ, हेर,
डाक्टरले कुनै अङ्गलाई बेहोस बनाउँदा इन्जेक्सन लगाएर लठ्याउँछन् तर अरू इन्द्रियहरू
त चल्छन्, त्यसैगरी ध्यान पनि यसै तरिकाले हुन्छ– आत्मा कहीँ उडेर भ्रमण गरेर आउँछ
तर शरीर मर्दैन, अब यो डोरी तान्ने स्मृति पनि परमात्मामा छ, न कि मनुष्य आत्मामा।
अच्छा, ओम् शान्ति।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।
सदा हर्षित रहनेहरूको
यादगार विष्णुको रूपमा देखाइएको छ। विष्णु क्षीरसागरमा आरामले पल्टिएर ज्ञानको
स्मृति (सिमरण) गरेर हर्षित भइरहेका हुन्छन्। त्यसैले हर्षित रहने साधन हो ज्ञानको
स्मृति। जसले जति ज्ञानको स्मृति गर्छन् उनीहरू त्यति नै हर्षित रहन्छन्। कुनै पनि
परिस्थितिले उनीहरूको हिम्मत, उमङ्ग-उल्लास घटाउन सक्दैन। उनीहरूले सहनशीलताको
शक्तिले हर परिस्थितिलाई सहजै पार गर्छन्।