04.09.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
बेहदका बाबाको पासमा आएका हौ विकारीबाट निर्विकारी बन्न , त्यसैले तिमीमा कुनै पनि
भूत हुनु हुँदैन।”
प्रश्न:–
बाबाले अहिले
तिमीलाई त्यस्तो कुनचाहिँ पढाइ पढाउनु हुन्छ, जुन सारा कल्पमा पढाइँदैन?
उत्तर:–
नयाँ राजधानी
स्थापना गर्ने पढाइ, मनुष्यलाई रजाइँ पद दिने पढाइ यस समयमा सुप्रिम बाबाले नै
पढाउनु हुन्छ। यो नयाँ पढाइ सारा कल्पमा पढाइँदैन। यसै पढाइबाट सत्ययुगी राजधानी
स्थापना भइरहेको छ।
ओम् शान्ति ।
यो त
बच्चाहरूले जानेका छौ– हामी आत्मा हौं, नकि शरीर। यसलाई भनिन्छ देहीअभिमानी। मनुष्य
सबै छन् देह अभिमानी। यो हो नै पाप आत्माहरूको दुनियाँ अथवा विकारी दुनियाँ। रावण
राज्य हो। सत्ययुग बितिसकेको छ। त्यहाँ सबै निर्विकारी रहन्थे। बच्चाहरूलाई थाहा छ–
हामी नै पवित्र देवी-देवता थियौं, जो ८४ जन्मपछि फेरि पतित बनेका छौं। सबैले त ८४
जन्म लिँदैनन्। यहाँ नै देवी-देवता थिए, जसले ८२, ८३, ८४ जन्म लिएका छन्। तिनै पतित
बनेका छन्। भारत खण्ड नै अविनाशी खण्ड भनी गायन गरिएको छ। जब भारतवर्षमा
लक्ष्मी-नारायणको राज्य थियो तब यसलाई नयाँ दुनियाँ, नयाँ भारतवर्ष भनिन्थ्यो। अहिले
हो पुरानो दुनियाँ, पुरानो भारतवर्ष। उनीहरू त सम्पूर्ण निर्विकारी थिए, कुनै विकार
थिएन। ती देवताहरू नै ८४ जन्म लिएर अहिले पतित बनेका छन्। कामको भूत, क्रोधको भूत,
लोभको भूत– यी सबै कडा भूत हुन्। यी सबैमा मुख्य हो देह अभिमानको भूत। रावणको राज्य
हो नि। यो रावण हो भारतवर्षको आधा कल्पको दुस्मन, जब मनुष्यमा ५ विकार प्रवेश गर्छन्।
देवी-देवताहरूमा यी भूत थिएनन्। फेरि पुनर्जन्म लिँदा लिँदा यिनको आत्मा पनि विकारमा
आयो। तिमीले जानेका छौ– हामी जब देवी-देवता थियौं तब कुनै पनि विकारको भूत थिएन।
सत्ययुग-त्रेतालाई भनिन्छ रामराज्य, द्वापर-कलियुगलाई भनिन्छ रावण राज्य। यहाँ हरेक
नर-नारीमा ५ विकार छन्। द्वापरदेखि कलियुगसम्म ५ विकार चल्छन्। अहिले तिमी
पुरुषोत्तम सङ्गमयुगमा बसेका छौ। बेहदका बाबाको पासमा आएका छौ, विकारीबाट निर्विकारी
बन्नको लागि। निर्विकारी बनेर यदि कोही विकारमा गिर्छन् भने बाबा लेख्नुहुन्छ–
तिमीले कालो मुख पार्यौ, अब गोरो मुख हुन मुस्किल छ। यो ५ तलाबाट खस्नु जस्तै हो।
हड्डी टुट्छन्। गीतामा पनि छ भगवानुवाच– काम महाशत्रु हो। हिन्दुहरूको वास्तविक
धर्मशास्त्र हो नै गीता। हरेक धर्मको एउटै शास्त्र हुन्छ। हिन्दुहरूका त धेरै
शास्त्र छन्। त्यसलाई भनिन्छ भक्ति। नयाँ दुनियाँ सतोप्रधान सत्ययुग, गोल्डन एज हो,
त्यहाँ कुनै लडाइँ-झगडा थिएन। लामो आयु थियो, सदा स्वस्थ र धनवान थिए। तिमीलाई
स्मृति आएको छ हामी देवताहरू धेरै सुखी थियौं। त्यहाँ अकालमा मृत्यु हुँदैन। कालको
डर हुँदैन। त्यहाँ स्वास्थ्य, सम्पत्ति र सुख सबै हुन्छ। नर्कमा खुसी हुँदैन। केही
न केही शरीरको रोग लागिरहन्छ। यो हो घोर दु:खको दुनियाँ। त्यो हो अपार सुखको दुनियाँ।
बेहदका बाबाले दु:खको दुनियाँ कहाँ रच्नुहुन्छ र! बाबाले त सुखको दुनियाँ रच्नुभयो।
फेरि रावण राज्य आयो अनि त्यसबाट दु:ख अशान्ति मिल्यो। सत्ययुग हो सुखधाम, कलियुग
हो दु:खधाम। विकारमा जानु अर्थात् एक-अर्कालाई काम कटारी चलाउनु। मानिसहरूले भन्छन्–
यो त भगवानको रचना हो नि। तर होइन, भगवानको रचना होइन, यो रावणको रचना हो। भगवानले
त स्वर्ग रच्नुभयो। त्यहाँ काम कटारी हुँदैन। यस्तो होइन दु:ख-सुख भगवानले
दिनुहुन्छ। अरे, भगवान बेहदका बाबाले बच्चाहरूलाई दु:ख कसरी दिनुहुन्छ। उहाँले त
भन्नुहुन्छ मैले सुखको वर्सा दिन्छु फेरि आधा कल्प पछि रावणले श्रापित गर्छ।
सत्ययुगमा त अथाह सुख थियो, मालामाल थिए। एउटै सोमनाथको मन्दिरमा कति धेरै
हीरा-जुहारत थियो। भारतवर्ष कति धनवान थियो। अहिले त निर्धन छ। सत्ययुगमा १००
प्रतिशत धनवान, कलियुगमा १०० प्रतिशत निर्धन– यो खेल बनेको छ। अहिले हो आइरन एज,
खाद पर्दा पर्दा बिलकुल तमोप्रधान बनेको छ। कति दु:ख छ। यी हवाइजहाज आदि पनि १००
वर्षभित्र बनेका हुन्। यिनलाई भनिन्छ मायाको आडम्बर। मनुष्यले सम्झन्छन्– विज्ञानले
त स्वर्ग बनाइदिएको छ। तर यो हो रावणको स्वर्ग। कलियुगमा मायाको आडम्बर (पम्प)
देखेर तिम्रो पासमा मुस्किलले आउँछन्। सम्झन्छन्– हामीसँग त महल, मोटर आदि छन्। बाबा
भन्नुहुन्छ– स्वर्ग त सत्ययुगलाई भनिन्छ, जब यी लक्ष्मी-नारायणको राज्य थियो। अहिले
यी लक्ष्मी-नारायणको राज्य कहाँ छ र! अब कलियुगपछि फेरि यिनको राज्य आउने छ। पहिला
भारतवर्ष धेरै सानो थियो। नयाँ दुनियाँमा हुन्छन् नै ९ लाख देवताहरू। पछि वृद्धि
भइरहन्छ। सारा सृष्टि वृद्धि हुँदै जान्छ नि। सुरुमा केवल देवी-देवता थिए। त्यसैले
बेहदका बाबा बसेर विश्वको इतिहास-भूगोल बताउनु हुन्छ। बाबा बाहेक अरू कसैले पनि
बताउन सक्दैन। उहाँलाई भनिन्छ ज्ञानका सागर परमपिता परमात्मा। सबै आत्माहरूका पिता।
आत्माहरू सबै भाइ भाइ हुन् फेरि भाइ र बहिनी बन्छन्। तिमीहरू सबै हौ एक प्रजापिता
ब्रह्माका एडप्टेड चिल्ड्रेन। सबै आत्माहरू उहाँका सन्तान त हुन् नै। उहाँलाई
भनिन्छ परमपिता, उहाँको नाम हो शिव। बाबा सम्झाउनु हुन्छ– मेरो नाम एउटै शिव हो।
फेरि भक्तिमार्गमा मनुष्यहरूले धेरै मन्दिर बनाएका छन्, त्यसैले धेरै नाम राखेका छन्।
भक्तिका सामग्री कति धेरै छन्। त्यसलाई पढाइ भनिदैन। त्यसमा लक्ष्य-उद्देश्य केही
पनि छैन। हो नै तल उत्रिने। तल उत्रिदा उत्रिदा तमोप्रधान बन्छन् फेरि सबै
सतोप्रधान बन्नु छ। तिमी सतोप्रधान बनेर स्वर्गमा आउने छौ, बाँकी सबै सतोप्रधान
बनेर शान्तिधाममा रहन्छन्। यो राम्रोसँग याद गर। बाबा भन्नुहुन्छ– तिमीले मलाई
बोलाएका हौ– बाबा! हामी पतितहरूलाई आएर पावन बनाउनुहोस् अहिले म सारा दुनियाँलाई
पावन बनाउन आएको छु। मनुष्यले सम्झन्छन्– गङ्गा-स्नान गर्नाले पावन बन्ने छन्।
गङ्गालाई पतित-पावनी सम्झन्छन्। कुवाबाट पानी निस्क्यो, त्यसलाई पनि गङ्गाको पानी
सम्झेर स्नान गर्छन्। गुप्त गङ्गा सम्झिन्छन्। तीर्थयात्रामा वा कोही पहाडमा जान्छन्,
त्यसलाई पनि गुप्त गङ्गा भन्छन्। यसलाई भनिन्छ झुटो। भगवान सत्य भनिन्छ। बाँकी रावण
राज्यमा सबै छन् झुटो बोल्नेहरू। परमपिता परमात्माले नै सत्य खण्ड स्थापना
गर्नुहुन्छ। त्यहाँ झुटो कुरा हुँदैन। देवताहरूलाई भोग पनि शुद्ध लगाउँछन्। अहिले त
छ आसुरी राज्य, सत्ययुग-त्रेतामा हुन्छ ईश्वरीय राज्य, जुन अहिले स्थापना भइरहेको
छ। ईश्वरले नै आएर सबैलाई पावन बनाउनु हुन्छ। देवताहरूमा कुनै विकार हुँदैन। यथा
राजा-रानी तथा प्रजा सबै पवित्र हुन्छन्। यहाँ सबै छन् पापी, कामी, क्रोधी। नयाँ
दुनियाँलाई स्वर्ग र यसलाई नर्क भनिन्छ। नर्कलाई स्वर्ग बाबा बाहेक अरू कसैले बनाउन
सक्दैनन्। यहाँ सबै छन् नर्कवासी पतित। सत्ययुगमा हुन्छन् पावन। त्यहाँ यस्तो
भन्दैनन्– हामी पतितबाट पावन हुनको लागि स्नान गर्न जान्छौ।
यो भेराइटी मनुष्य सृष्टिरूपी वृक्ष हो। बीजरूप हुनुहुन्छ भगवान। उहाँले नै रचना
रच्नुहुन्छ। सबैभन्दा पहिला रच्नुहुन्छ देवी-देवताहरूलाई। फेरि वृद्धि हुँदै हुँदै
यति धर्म हुन्छन्। पहिला एक धर्म, एक राज्य थियो। सुखै सुख थियो। मनुष्यले चाहन्छन्
पनि विश्वमा शान्ति होस्। त्यो शान्ति अहिले तिमीले स्थापना गरिरहेका छौ। अरू सबै
खतम हुन्छन्। बाँकी थोरै रहन्छन्। यो चक्र घुमिरहन्छ। अहिले हो कलियुगको अन्त्य र
सत्ययुग आदिको पुरुषोत्तम सङ्गमयुग। यसलाई भनिन्छ कल्याणकारी पुरुषोत्तम सङ्गमयुग।
कलियुग पछि सत्ययुग स्थापना भइरहेको छ। तिमीले सङ्गममा पढ्छौ, यसको फल सत्ययुगमा
मिल्छ। यहाँ जति पवित्र बन्छौ र पढ्छौ त्यति उच्च पद पाउने छौ। यस्तो पढाइ कहीँ पनि
हुँदैन। तिमीलाई यस पढाइको सुख नयाँ दुनियाँमा मिल्छ। यदि कुनै पनि भूत भयो भने एक
त सजाय खानु पर्नेछ, अर्को फेरि त्यहाँ सानो पद पाउने छौ। जसले सम्पूर्ण बनेर
अरूलाई पनि पढाउँछन् उनले उच्च पद पाउने छन्। कति धेरै सेवा केन्द्रहरू छन्, लाखौं
सेवाकेन्द्रहरू हुन्छन्। सारा विश्वमा सेवाकेन्द्रहरू खुल्छन्। पाप आत्माबाट पुण्य
आत्मा बन्नु नै छ। तिम्रो लक्ष्य-उद्देश्य पनि छ। पढाउनेवाला एक शिवबाबा हुनुहुन्छ।
उहाँ हुनुहुन्छ ज्ञानका सागर, सुखका सागर। बाबा नै आएर पढाउनु हुन्छ। यिनले
पढाउँदैनन्, यिनीद्वारा उहाँले पढाउनु हुन्छ। यिनलाई गायन गरिएको छ– भगवानको रथ,
भाग्यशाली रथ। तिमीलाई कति पदमापदम भाग्यशाली बनाउनु हुन्छ। तिमी धेरै धनवान बन्छौ।
कहिल्यै पनि बिरामी हुँदैनौ। स्वास्थ्य, सम्पत्ति, सुख सबै मिल्छ। हुन त यहाँ धन छ
तर रोग आदि पनि छ। त्यो खुसी रहन सक्दैन। केही न केही दु:ख हुन्छ। त्यसको त नाम नै
हो सुखधाम, स्वर्ग, प्याराडाइज। यी लक्ष्मी-नारायणलाई यो राज्य कसले दिनुभयो? यो
कसैले पनि जान्दैन। यिनीहरू भारतवर्षमा रहन्थे। विश्वको मालिक थिए। कुनै विभाजन (पार्टीशन)
आदि थिएन। अहिले त कति विभाजन छ। रावण राज्य हो। कति टुक्रा टुक्रा भएका छन्।
लडिरहन्छन्। त्यहाँ त सारा विश्वमा यी देवी-देवताहरूको राज्य थियो। त्यहाँ मन्त्री
आदि हुँदैनन्। यहाँ त हेर कति मन्त्रीहरू हुन्छन् किनकि अक्कलहीन छन्। अनि मन्त्री
पनि त्यस्तै तमोप्रधान पतित छन्। पतितको पतित मिले, कर-कर लम्बे हाथ...। कङ्गाल
बन्दै जान्छन्, कर्जा लिँदै जान्छन्। सत्ययुगमा त अन्न फल आदि धेरै स्वादिष्ट
हुन्छन्। तिमी त्यहाँ गएर सबै अनुभव गरेर आउँछौ (ध्यानमा)। सूक्ष्मवतनमा पनि जान्छौ
भने स्वर्गमा पनि जान्छौ। बाबाले भन्नुहुन्छ– सृष्टि चक्र कसरी घुम्छ। पहिला
भारतवर्षमा एउटै देवी-देवता धर्म थियो। अरू कुनै धर्म थिएन। फेरि द्वापरमा रावण
राज्य सुरु हुन्छ। अहिले हो विकारी दुनियाँ फेरि तिमी पवित्र बनेर निर्विकारी देवता
बन्छौ। यो विद्यालय हो। भगवानुवाच– मैले तिमी बच्चाहरूलाई राजयोग सिकाउँछु। तिमी
भविष्यमा यो बन्ने छौ। रजाइँको पढाइ अन्त कहीँ पनि मिल्दैन। बाबाले नै पढाएर नयाँ
दुनियाँको राजधानी दिनुहुन्छ। परमपिता, शिक्षक, सद्गुरु एउटै शिवबाबा हुनुहुन्छ।
बाबा अर्थात् उहाँबाट अवश्य वर्सा मिल्नुपर्छ। भगवानले अवश्य स्वर्गको वर्सा
दिनुहुन्छ। रावण जसलाई हरेक वर्ष जलाउँछन्, यो हो पहिलो नम्बरको दुस्मन। रावणले
कस्तो असुर बनाइदिएको छ। यिनको राज्य २५०० वर्ष चल्छ। तिमीलाई बाबा भन्नुहुन्छ– मैले
तिमीलाई सुखधामको मालिक बनाउँछु। रावणले तिमीलाई दु:खधाममा लैजान्छ। तिम्रो आयु पनि
कम हुन्छ। अचानक अकालमा मृत्यु हुन्छ। अनेक प्रकारका बिमारी भइरहन्छन्। त्यहाँ यस्तो
कुनै कुरा हुँदैन। नाम नै हो स्वर्ग। अहिले आफूलाई हिन्दु कहलाउँछन् किनकि पतित छन्।
त्यसैले देवता कहलाउन लायक छैनन्। बाबा यस रथमा बसेर सम्झाउनु हुन्छ, यिनको सँगै
आएर बस्नुहुन्छ तिमीलाई पढाउन। अनि यिनले पनि पढ्छन्। हामी सबै विद्यार्थी हौं। एक
बाबा मात्र शिक्षक हुनुहुन्छ। अहिले बाबाले पढाउनु हुन्छ। फेरि आएर ५००० वर्षपछि
पढाउनु हुन्छ। यो ज्ञान, यो पढाइ फेरि लोप हुन्छ। पढेर तिमी देवता बन्यौ, २५०० वर्ष
सुखको वर्सा लियौ फेरि हुन्छ दु:ख, रावणको श्राप। अहिले विश्व धेरै दु:खी छ। यो हो
दु:खधाम। पुकार पनि गर्छन् नि– पतित-पावन आउनुहोस्, आएर पावन बनाउनुहोस्। अहिले
तिमीमा कुनै पनि विकार हुनु हुँदैन तर आधा कल्पको बिमारी छिट्टै कहाँ निस्किन्छ र!
त्यस पढाइमा पनि जसले राम्ररी पढ्दैनन् ती फेल हुन्छन्। जो स-सम्मान पास हुन्छन्
उनले नै छात्रवृत्ति लिन्छन्। तिमी मध्ये पनि जसले ठीकसँग पवित्र बनेर अरूलाई पनि
बनाउँछन् उनले यो पुरस्कार लिन्छन्। माला हुन्छ ८ को। उनै हुन्छन् स-सम्मान पास।
फेरि १०८ को माला पनि हुन्छ, त्यो मालाको पनि जप गरिन्छ। मनुष्यले यसको रहस्य कहाँ
बुझेका छन् र! मालामा माथि हुन्छ फूल फेरि हुन्छ डबल दाना युगल (मेरू)। स्त्री र
पुरुष दुवै पवित्र बन्छन्। यी पवित्र थिए नि। स्वर्गवासी कहलाउँथे। यही आत्मा फेरि
पुनर्जन्म लिँदा लिँदा अहिले पतित बनेको छ। फेरि यहाँबाट पवित्र बनेर पावन दुनियाँमा
जान्छ। विश्वको इतिहास-भूगोल दोहोरिन्छ नि। विकारी राजाहरूले निर्विकारी राजाहरूको
मन्दिर आदि बनाएर उनीहरूलाई पूज्छन्। तिनै फेरि पूज्यबाट पुजारी बन्छन्। विकारी
बनेपछि फेरि त्यो लाइटको ताज पनि रहँदैन। खेल यस्तै बनेको छ। यो हो बेहदको
आश्चर्यजनक ड्रामा। पहिला एउटै धर्म हुन्छ, जसलाई रामराज्य भनिन्छ फेरि अरू अरू
धर्मावलम्बीहरू आउँछन्। यो सृष्टिको चक्र कसरी घुमिरहन्छ यो कुरा एक बाबाले सम्झाउन
सक्नुहुन्छ। भगवान त एउटै हुनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) स्वयं भगवानले शिक्षक बनेर पढाउनु हुन्छ, त्यसैले राम्रोसँग पढ्नु छ। छात्रवृत्ति
लिनको लागि पवित्र बनेर अरूलाई पवित्र बनाउने सेवा गर्नु छ।
२) भित्र काम, क्रोध
आदिका जति पनि भूत प्रवेश भएका छन् तिनलाई निकाल्नु छ। लक्ष्य-उद्देश्यलाई सामुन्ने
राखेर पुरुषार्थ गर्नु छ।
वरदान:–
मायाको
छायाबाट निस्किएर यादको छत्रछायामा रहने बेफिक्र बादशाह भव
जो सदा बाबाको यादको
छत्रछायामा रहन्छ, उसले स्वयंलाई सदा सुरक्षित अनुभव गर्छ। मायाको छत्रछायासँग बच्ने
साधन हो बाबाको छत्रछाया। छत्रछायामा रहने सदा बेफिक्र बादशाह हुन्छ। यदि कुनै
फिक्र छ भने खुसी हराएर जान्छ। खुसी हरायो, कमजोर भयो भने मायाको छायाको प्रभाव
पर्छ किनकि कमजोरीले नै मायाको आह्वान गर्छ। मायाको छाया स्वप्नमा पर्यो भने पनि
धेरै दु:खी बनाउनेछ, त्यसैले सदा छत्रछायामा रहने गर।
स्लोगन:–
समझको पेचकसले
अलबेलापनको लुज पेचलाई टाइट गरेर सदा अलर्ट रहने गर।