04.09.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– सङ्गममा
तिमीलाई प्यारको सागर बाबाले प्यारको नै वर्सा दिनुहुन्छ , त्यसैले तिमी ले सबैलाई
प्यार देऊ , न रिस ाऊ ।”
प्रश्न:–
आफ्नो
रजिस्टरलाई ठीक राख्नको लागि बाबाले तिमीलाई कुन मार्ग बताउनुभएको छ?
उत्तर:–
बाबाले
तिमीलाई प्यारको मार्ग नै बताउनुहुन्छ, श्रीमत दिनुहुन्छ– प्यारा बच्चाहरू! हरेकसँग
प्यारले चल। कसैलाई पनि दु:ख नदेऊ। कर्मेन्द्रियहरूबाट कहिल्यै पनि कुनै उल्टो कर्म
नगर। सदैव यही जाँच गर, ममा कुनै आसुरी अवगुण त छैन? म मुडी त छैन? कुनै कुरामा त
रिसाउँदिन?
गीत:–
यह वक्त जा रहा
है........
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले गीत सुन्यौ। दिनप्रतिदिन आफ्नो घर अथवा लक्ष्य नजिक हुँदै जान्छ।
अब जे जति श्रीमतले भन्छ, त्यसमा लापरबाही नगर। बाबाको डाइरेक्सन मिल्छ– सबैलाई
म्यासेज पुऱ्याऊ। बच्चाहरूलाई थाहा छ– लाखौँ करोडौँलाई यो म्यासेज दिनुछ। फेरि कुनै
समयमा आइ पनि हाल्छन्। जब धेरै हुनेछन् तब धेरैलाई म्यासेज दिनेछन्। बाबाको म्यासेज
त सबैलाई मिल्नुछ। म्यासेज धेरै सहज छ। केवल भन– आफूलाई आत्मा सम्झेर बाबालाई याद
गर र कुनै पनि कर्मेन्द्रियहरूबाट मनसा-वाचा-कर्मणा कुनै नराम्रो काम गर्नुछैन।
पहिला मनसामा आउँछ त्यसपछि वाचामा आउँछ। अहिले तिमीलाई ठिक बेठिक बुझ्ने बुद्धि
चाहिन्छ, यो पुण्यको काम हो, यो गर्नुपर्छ। मनमा सङ्कल्प आउँछ– रिसाऊँ, तर बुद्धि त
मिलेको छ– यदि रिसायौ भने पाप हुन्छ। बाबालाई याद गर्दा पुण्य आत्मा बन्नेछौ। यस्तो
होइन– ठीकै छ, अहिले भयो फेरि गर्दिनँ। यस्तो फेरि फेरि भनिरहँदा बानी पर्नेछ।
मानिसहरूले यस्तो कर्म गरे भने सम्झन्छन्– यो पाप होइन। विकारलाई पाप सम्झँदैनन्।
अहिले बाबाले बताउनुभएको छ– यो सबैभन्दा ठुलो पाप हो, यसमाथि विजय पाउनुछ र सबैलाई
बाबाको म्यासेज दिनुछ कि बाबा भन्नुहुन्छ– मलाई याद गर, मृत्यु सामुन्ने खडा छ।
कसैको मर्नेबेला भयो भने उनीहरूलाई भनिन्छ– परमापितालाई याद गर। रिमेम्बर गड फादर।
उनीहरूले सम्झन्छन्– यिनीहरू परमपिताको पासमा जान्छन्। तर उनीहरूलाई यो त थाहा छैन
परमपितालाई याद गरेर के हुन्छ? अन्त कहाँ जान्छन्? आत्माले एक शरीर छोडेर अर्को
लिन्छ। परमपिताको पासमा त कोही जान सक्दैन। त्यसैले अब तिमी बच्चाहरूलाई अविनाशी
बाबाको अविनाशी याद हुनुपर्छ। तमोप्रधान दु:खी बनेपछि त एक अर्कालाई भन्छन्–
परमपितालाई याद गर, सबै आत्माहरूले एकअर्कालाई भन्छन्, भन्ने त आत्माले हो नि। यस्तो
होइन परमात्माले भन्नुहुन्छ। आत्माले आत्मालाई भन्छ– बाबालाई याद गर। यो एक सामान्य
रसमरिवाज हो। मर्नेबेलामा ईश्वरलाई याद गर्छन्। ईश्वरको डर हुन्छ। सम्झन्छन्– राम्रो
वा नराम्रो कर्मको फल ईश्वरले नै दिनुहुन्छ, नराम्रो कर्म गरियो भने ईश्वरले
धर्मराजद्वारा धेरै सजाय दिनुहुन्छ त्यसैले डर हुन्छ, अवश्य कर्महरूको भोगना त
हुन्छ नि। तिमी बच्चाहरूले अहिले कर्म-अकर्म-विकर्मको गतिलाई जान्दछौ। जान्दछौ– यो
कर्म अकर्म भयो। यादमा रहेर जुन कर्म गर्छौ त्यो राम्रै कर्म गर्छौ। रावण राज्यमा
मानिसहरूले नराम्रो कर्म नै गर्छन्। राम राज्यमा नराम्रो काम कहिल्यै हुँदैन। अब त
श्रीमत मिलिरहन्छ। कतै बोलाइयो भने यो काम गर्नहुन्छ वा गर्नहुँदैन– हरेक कुरामा
बाबासँग सोधिरहने गर। सम्झ कसैले पुलिसको नोकरी गर्छन् भने उनीहरूलाई पनि भनिन्छ–
तिमीले पहिला प्यारले सम्झाऊ। सत्य बताएन भने मात्र पिट। प्यारले सम्झाउँदा हातमा
आउन सक्छन् तर त्यो प्यारमा पनि योगबल भरिएको छ भने त्यो प्यारको तागतले कसैलाई पनि
सम्झाउँदा बुझ्नेछन्, यिनीहरूले त ईश्वरले सम्झाएजस्तै हो। तिमी ईश्वरका बच्चा योगी
हौ नि। तिमीमा पनि ईश्वरीय तागत छ। ईश्वर प्यारको सागर हुनुहुन्छ, उहाँमा तागत छ
नि। सबैलाई वर्सा दिनुहुन्छ। तिमीलाई थाहा छ– स्वर्गमा धेरै प्यार हुन्छ। अहिले
तिमीले प्यारको पूरा वर्सा लिइरहेका छौ। लिँदालिँदै नम्बरवार पुरुषार्थ गर्दागर्दै
प्यारा बन्नेछौ।
बाबा भन्नुहुन्छ–
कसैलाई पनि दु:ख दिनुछैन, होइन भने दु:खी भएर मर्नेछौ। बाबाले प्यारको मार्ग
बताउनुहुन्छ। मनसामा आउँदा त्यो अनुहारमा पनि आउँछ। कर्मेन्द्रियहरूबाट गरिहाल्यौ
भने रजिस्टर बिग्रिनेछ। देवताहरूको चालचलनको गायन गर्छन् नि त्यसैले बाबा
भन्नुहुन्छ– देवताहरूका पुजारीहरूलाई सम्झाऊ। उनीहरूले महिमा गार्छन्– हजुर सर्वगुण
सम्पन्न, १६ कला सम्पूर्ण हुनुहुन्छ र आफ्नो चालचलन पनि सुनाउँछन्। उनीहरूलाई
सम्झाऊ– तिमी त्यस्तै सम्पन्न थियौ, अहिले छैनौ, फेरि अवश्य हुनेछौ। तिमी यस्तो
देवता बन्नुछ भने आफ्नो चालचलन त्यस्तै बनाऊ, त्यसबाट तिमी यो बन्नेछौ। आफ्नो जाँच
गर्नुछ– हामी सम्पूर्ण निर्विकारी छौँ? हामीमा कुनै आसुरी अवगुण त छैन? कुनै कुरामा
रिसाउन त रिसाउन्न, मुडी त बन्दिनँ? अनेक पटक तिमीले पुरुषार्थ गरेका छौ। बाबा
भन्नुहुन्छ– तिमी यस्तो बन्नुछ। बनाउनेवाला पनि हाजिर हुनुहुन्छ। भन्नुहुन्छ– कल्प
कल्प तिमीलाई यस्तो बनाउँछु। कल्प पहिला जसले ज्ञान लिएका छन् उनीहरू अवश्य आएर
लिनेछन्। पुरुषार्थ पनि गराइन्छ र बेफिक्र पनि रहन्छन्। ड्रामामा यस्तै निश्चित छ।
कसैले भन्छन्– ड्रामामा यस्तै निश्चित छ भने अवश्य गर्नेछौँ। राम्रो चार्ट रहेछ भने
ड्रामाले गराउनेछ। बुझिन्छ– उनीहरूको तकदिरमा छैन। पहिला सुरुमा पनि एक जना यसरी नै
बिग्रेको थियो, तकदिरमा थिएन– भन्यो ड्रामामा रहेछ भने ड्रामाले हामीलाई पुरुषार्थ
गराउनेछ। बस् छोडिदियो। यस्ता तिमीलाई पनि धेरै मिल्छन्। तिम्रो एम अब्जेक्ट त यहाँ
खडा छ, ब्याज त तिमीसँग छ, जसरी आफ्नो चार्टलाई हेर्छौ त्यसैगरी ब्याजलाई पनि हेर,
आफ्नो चालचलनलाई पनि हेर। कहिल्यै पनि विकारी दृष्टि नहोस्। मुखबाट कुनै आसुरी कुरा
ननिस्कियोस्। आसुरी कुरा बोल्नेवाला नै हुँदैन भने कानले कसरी सुन्छन्? सत्ययुगमा
सबै दैवीगुण भएका हुन्छन्। कुनै आसुरी कुरा हुँदैन। यिनीहरूले पनि प्रारब्ध
बाबाद्वारा नै पाएका हुन्। यो त सबैलाई भन– बाबालाई याद गऱ्यौ भने विकर्म विनाश
हुनेछन्। यसमा नोक्सानको कुनै कुरा छैन। संस्कार आत्माले लैजान्छ। संन्यासी रहेछ भने
फेरि संन्यास धर्ममा आउनेछ। वृक्ष त उनीहरूको बढ्दै जान्छ नि। यस समयमा तिमी
परिवर्तन भइरहेका छौ। मनुष्य नै देवता बन्छन्। सबै कोही सँगै कहाँ आउँछन् र। आउनेछन्
फेरि नम्बरवार, ड्रामामा कुनै समयबिना कलाकार कहाँ स्टेजमा आउँछन् र। भित्र
बसिरहन्छन्। समय भएपछि मात्र पार्ट खेल्न बाहिर स्टेजमा आउँछन् । त्यो हो हदको नाटक,
यो हो बेहदको। बुद्धिमा हुन्छ– हामी कलाकारहरूले आफ्नो समयमा आएर आफ्नो पार्ट
खेल्नुछ। यो बेहदको ठुलो वृक्ष हो। नम्बरवार आउँदै जान्छन्। पहिला सुरुमा एउटै धर्म
थियो, सबै धर्मका त पहिला सुरुमा आउन सक्दैनन्।
पहिला पार्ट खेल्न त
देवी-देवता धर्मका नै आउनेछन्, त्यो पनि नम्बरवार। वृक्षको रहस्यलाई पनि बुझ्नुछ।
बाबा नै आएर सारा कल्पवृक्षको ज्ञान सुनाउनुहुन्छ। यसको तुलना फेरि निराकारी
वृक्षसँग हुन्छ। एक बाबाले मात्रै भन्नुहुन्छ– म मनुष्य सृष्टिरूपी वृक्षको बीज
हुँ। बीजमा वृक्ष समाहित भएको छैन तर वृक्षको ज्ञान समाहित भएको छ। हरेकको आआफ्नो
पार्ट छ। चैतन्य वृक्ष हो नि। वृक्षका पातहरू पनि नम्बरवार निस्कनेछन्। यस वृक्षलाई
कसैले पनि जान्दैनन्, यसको बीज माथि छ त्यसैले यसलाई उल्टो वृक्ष भनिन्छ। रचयिता
बाबा माथि हुनुहुन्छ। तिमीलाई थाहा छ– हामीलाई जानु छ घर, जहाँ आत्माहरू रहन्छन्।
अब हामी पवित्र बनेर जानुछ, तिम्रो योगबलले सारा विश्व पवित्र हुन्छ। तिम्रो लागि त
पवित्र सृष्टि हुनुपर्छ नि। तिमी पवित्र बन्छौ त्यसैले दुनियाँ पनि पवित्र
बनाउनुपर्छ। सबै पवित्र हुन्छन्। तिम्रो बुद्धिमा छ, आत्मामा नै मन-बुद्धि हुन्छ
नि। चैतन्य हो। आत्माले नै ज्ञानलाई धारण गर्न सक्छ। त्यसैले मीठा-प्यारा बच्चाहरूको
बुद्धिमा यो सारा रहस्य हुनुपर्छ– हामीले कसरी पुनर्जन्म लिन्छौँ। तिम्रो ८४ को
चक्र पूरा भयो भने सबैको पूरा हुन्छ। सबै पावन बन्छन्। यो ड्रामा अनादि बनेको छ। एक
सेकेन्ड पनि रोकिँदैन। सेकेन्ड सेकेन्डमा जे जति हुन्छ, त्यो फेरि कल्पपछि हुनेछ।
हरेक आत्मामा अविनाशी पार्ट भरिएको छ। ती कलाकारहरूले बढीमा २-४ घण्टाको पार्ट
खेल्छन्। यहाँ त आत्मालाई नेचुरल पार्ट मिलेको छ त्यसैले बच्चाहरूलाई कति खुसी
हुनुपर्छ। अतीन्द्रिय सुख अहिले सङ्गमको नै गायन हो। बाबा आउनुहुन्छ, २१ जन्मको लागि,
हामी सदैव सुखी बन्छौँ। खुसीको कुरा हो नि। जसले राम्रोसँग बुझ्छन् र बुझाउँछन्
उनीहरू सेवामा लागिरहन्छन्। कुनै बच्चा आफै यदि क्रोधी छ भने अर्कोमा पनि प्रवेशता
हुन्छ। ताली दुई हातले बज्छ। त्यहाँ यस्तो हुँदैन। यहाँ तिमी बच्चाहरूलाई शिक्षा
मिल्छ– कोहो रिसायो भने तिमीले उसमाथि फूल चढाऊ। प्यारले सम्झाऊ। यो पनि एक भूत हो,
धेरै नोक्सान पारिदिन्छ। कहिल्यै रिसाउनु हुँदैन। सिकाउनेवालामा त बिल्कुलै क्रोध
हुनुहुँदैन। नम्बरवार पुरुषार्थ गरिरहन्छन्। कसैको तीव्र पुरुषार्थ हुन्छ, कसैको
सामान्य। सामान्य पुरुषार्थ गर्नेले अवश्य आफ्नो बदनामी गर्नेछन्। कसैमा क्रोध छ भने
तिनलाई जहाँ जान्छन् त्यहाँबाट निकालिदिन्छन्। कुनै पनि नराम्रो चालचलन भएका रहन
सक्दैनन्। परीक्षा पूरा भएपछि सबैलाई थाहा हुनेछ। को को के बन्छन्, सबै साक्षात्कार
हुनेछ। जसले जस्तो काम गर्छन्, उनीहरूको त्यस्तै महिमा हुन्छ।
तिमी बच्चाहरूले
ड्रामाको आदि-मध्य-अन्त्यलाई जान्दछौ। तिमी सबै अन्त्यर्यामी हौ। आत्माले मनले
जान्दछ– यो सृष्टि चक्र कसरी घुम्छ। सारा सृष्टिका मानिसहरूको चालचलनको विषयमा, सबै
धर्महरूको विषयमा तिमीलाई ज्ञान छ। उनीहरूलाई भनिन्छ– अन्त्यर्यामी। आत्मालाई सबै
थाहा भएको छ। यस्तो होइन, भगवान कणकणमा हुनुहुन्छ, उहाँलाई जान्ने के आवश्यकता छ?
उहाँले त अहिले पनि भन्नुहुन्छ– जसले जस्तो पुरुषार्थ गर्छन् त्यस्तै फल पाउँछन्।
मैले जान्ने के आवश्यकता छ। जसले गर्छन् उसको सजाय पनि आफै पाउँछन्। यस्तो चालचलन
देखाए भने अधम गति पाउँछन्। पद धेरै सानो हुनेछ, त्यो स्कुलमा त फेल भए भने फेरि
अर्को वर्ष पढ्छन्। यो पढाइ त हुन्छ कल्पकल्पान्तरको लागि। अहिले पढेनौ भने
कल्पकल्पान्तर पढ्ने छैनौ। ईश्वरीय चिट्ठा त पूरा लिनुपर्छ नि। यी कुराहरू तिमी
बच्चाहरूले बुझ्न सक्छौ। भारतवर्ष सुखधाम भएपछि बाँकी सबै शान्तिधाममा हुनेछन्।
बच्चाहरूलाई खुसी हुनुपर्छ– अब हाम्रा सुखका दिन आउँछन्। दीपावलीका दिन नजिक आए भने
भनिन्छ नि– बाँकी यति दिन छन् फेरि नयाँ कपडा लगाउनेछौँ। तिमीले पनि भन्छौ– स्वर्ग
आइरहेको छ, हामीले आफ्नो श्रृङ्गार गरेमा फेरि स्वर्गमा राम्रो सुख पाउनेछौँ।
धनवानलाई त धनवान हुनुको नशा हुन्छ। मानिसहरू बिल्कुल घोर निद्रामा छन् फेरि अचानक
थाहा हुनेछ– यिनीहरूले त सत्य भन्थे। सत्यलाई बुझे भने सत्यको सङ्ग हुन्छ। तिमी
अहिले सत्यको सङ्गमा छौ। तिमीले सत्य बन्छौ सत्य बाबाद्वारा। ती सबै असत्य बन्छन्,
असत्यद्वारा। अहिले भिन्नता पनि छपाइरहेका छन्– भगवानले के भन्नुहुन्छ र मानिसहरूले
के भन्छन्। पत्रिका (म्यागजिन) मा पनि छपाउन सक्छौ। आखिर विजय त तिम्रो नै हो, जसले
कल्प पहिला पद पाएका छन् उनीहरूले अवश्य पाउनेछन्। यो निश्चित छ। त्यहाँ अकालमा
मृत्यु हुँदैन। आयु पनि लामो हुन्छ। पवित्रता हुँदा लामो आयु थियो। पतित-पावन
परमात्मा बाबा हुनुहुन्छ त्यसैले अवश्य उहाँले नै पावन बनाउनुभएको होला। श्रीकृष्णको
कुरा शोभा दिँदैन। पुरुषोत्तम सङ्गमयुगमा श्रीकृष्ण फेरि कहाँबाट आउनेछन्। त्यही
अनुहार भएको मनुष्य त फेरि हुँदैन। ८४ जन्म, ८४ अनुहार, ८४ एक्टिभिटी– यो बनिबनाउ
खेल हो। त्यसमा फरक पर्न सक्दैन। ड्रामा कस्तो आश्चर्यजनक बनेको छ। आत्मा सानो
बिन्दु हो, त्यसमा अनादि पार्ट भरिएको छ– यसलाई कुदरत भनिन्छ। मानिसहरूले सुनेर
आश्चर्य मान्नेछन्। तर पहिला त यो सन्देश दिनुछ– बाबालाई याद गर। उहाँ नै पतित-पावन
हुनुहुन्छ, सर्वको सद्गतिदाता हुनुहुन्छ। सत्ययुगमा दु:खको कुरा हुँदैन। कलियुगमा त
कति दु:ख छ। तर यी कुराहरू बुझ्नेहरू नम्बरवार छन्। बाबाले त दिनहुँ
सम्झाइरहनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबा आउनुभएको छ हामीलाई पढाउन, फेरि
साथमा लैजानुहुन्छ। साथमा रहनेहरूभन्दा पनि बाँधेलीहरूले ज्यादा याद गर्छन्।
उनीहरूले उच्च पद पाउन सक्छन्। यो पनि समझको कुरा हो नि। बाबाको यादमा धेरै
तड्पिन्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यादको यात्रामा बस, दैवीगुण पनि
धारण गर अनि बन्धन काटिँदै जानेछन्। पापको घडा खतम हुनेछ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफ्नो चालचलन देवताको जस्तो बनाउनुछ मुखबाट कुनै पनि आसुरी बोली बोल्नुछैन। यी
आँखाहरू कहिल्यै विकारी नबनुन्।
२) क्रोधको भूतले धेरै
नोक्सान पार्छ। ताली दुई हातले बज्छ त्यसैले कसैले क्रोध गरेमा किनारा लाग्नुपर्छ,
उसलाई प्यारले सम्झाउनु छ।
वरदान:–
त्याग , तपस्या
र सेवा भावको विधिद्वारा सदा सफलतास्वरूप भव
त्याग र तपस्या नै
सफलताको आधार हो। त्यागको भावना भएका नै सच्चा सेवाधारी बन्न सक्छन्। त्यागबाट नै
स्वयंको र अरूको भाग्य बन्छ र दृढ सङ्कल्प गर्नु– यही तपस्या हो। त्यसैले त्याग,
तपस्या र सेवा भावले अनेक हदका भाव समाप्त हुन्छन्। सङ्गठन शक्तिशाली बन्छ। एकले
भन्यो अर्कोले गऱ्यो, कहिल्यै पनि तँ-म, तेरो-मेरो भन्ने भाव नहोस् तब सफलतास्वरूप,
निर्विघ्न बन्नेछौ।
स्लोगन:–
सङ्कल्पद्वारा
पनि कसैलाई दु:ख नदिनु– यही सम्पूर्ण अहिंसा हो।
अव्यक्त इसारा:– अब
लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ
योगलाई ज्वालारूप
बनाउनको लागि सेकेन्डमा बिन्दुस्वरूप बनेर मन-बुद्धिलाई एकाग्र गर्ने अभ्यास
बारम्बार गर। स्टप भन्यो र सेकेन्डमा व्यर्थ देह भानबाट मन-बुद्धि एकाग्र होस्।
यस्तो कन्ट्रोलिङ पावर सारा दिनमा युज गर। पावरफुल ब्रेकद्वारा मन-बुद्धिलाई
कन्ट्रोल गर, जहाँ मन-बुद्धिलाई लगाउन चाहन्छौ त्यहाँ सेकेन्डमा लागोस्।