04.09.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
बेहदको ड्रामामा तिम्रो हिरो - हिरोइनको पार्ट छ , बाबाको छैन , बाबासँग केवल
पतितहरूलाई पावन बनाउने सीप छ। ”
प्रश्न:–
ब्रह्माको
चित्रलाई देखेर जसले प्रश्न उठाउँछन्, उनीहरूलाई कुनचाहिँ रहस्य सम्झाउनु छ?
उत्तर:–
उनीहरूलाई
सम्झाऊ– यी आदि सो अन्त्यका आत्मा हुन्। जो फस्ट प्रिन्स श्रीकृष्ण हुन्, उनकै
लास्ट जन्ममा बाबा आउनुहुन्छ। यो पतित तन हो, यिनी नै पावन बन्नु छ। यी कुनै भगवान
होइनन्। भगवान त सदा पावन हुनुहुन्छ। उहाँले यिनको तनको आधार लिनुभएको छ।
गीत:–
मुखडा देख ले
प्राणी...
ओम् शान्ति ।
बाबाले
बच्चाहरूलाई सम्झाउनुभएको छ– शान्तिको लागि बाहिर द्वार-द्वार चाहार्नुपर्दैन। जसरी
हठयोगी संन्यासीहरूले सम्झन्छन्– गृहस्थ व्यवहारमा रहेर शान्ति मिल्न सक्दैन। शान्ति
जङ्गलमा मिल्छ। तर बाबा सम्झाउनुहुन्छ– शान्ति त्यहाँ पनि मिल्न सक्दैन। यसमा एउटा
कहानी वा दृष्टान्त सुनाउनुहुन्छ– रानीको घाँटीमा हार थियो तर उनले त्यो हार बाहिर
खोज्थिन्... त्यसैगरी शान्ति त तिम्रो घाँटीमा नै छ। बाहिर कहाँ खोज्छौ। बाबा आएर
सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! तिमी आत्माहरूको स्वधर्म नै शान्ति हो। यो शरीर त
तिम्रा कर्मेन्द्रियहरूको माध्यम हो, जसद्वारा तिमीले आफ्नो पार्ट खेल्नुपर्छ। आत्मा
त अविनाशी छ। आत्मा कुनै ठुलोसानो हुँदैन, न विनाश हुन्छ। हो, आत्मा पतित बन्छ, यो
आत्मा नै पावन बन्नुपर्छ। आत्मालाई पहिला किशोर शरीर मिल्छ, फेरि युवा, वृद्ध हुन्छ।
आत्मा त सदा एकै किसिमको हुन्छ। सबैभन्दा पहिला त आत्मालाई चिन्नुपर्छ। म आत्मा नै
वकिल (ब्यारिस्टर) आदि बन्छु। यसलाई भनिन्छ– आत्म अभिमानी भव। बाबा सम्झाउनुहुन्छ–
प्यारा बच्चाहरू! तिमी देह अभिमानी बनेका छौ, त्यसैले आफूलाई शरीर सम्झन्छौ, यो
भुल्छौ– म आत्मा हुँ, यो मेरो शरीर हो। त्यसैले आफैलाई आत्म-अनुभूति (रियलाइज) गर्नु
छ। ८४ जन्म पनि आत्माले लिन्छ। अहिले बाबाले सम्झाउनुभएको छ– जो ब्राह्मण बनेका छन्,
उनीहरू नै फेरि देवता बन्नेछन्। यस्तो पनि होइन, सबैले ८४ जन्म लिन्छन्। कोही पहिला
आउनेछन्, कोही ५०-१०० वर्ष पछि पनि आइरहनेछन्। कसैका ८०-८२, कसैका कति जन्म हुन्छन्।
मानिसहरूले त ८४ लाख जन्म हुन्छ भनिदिन्छन्, यसबाट पनि सन्तुष्ट हुँदैनन्, फेरि
भनिदिन्छन् कण कणमा भगवान हुनुहुन्छ। तर भगवान भन्नुहुन्छ– म कुनै मनुष्य तनमा पनि
हुन्न भने जनावर, ढुङ्गो, माटो, कण कणमा कसरी हुन्छु। बाबाले सम्झाउनुभएको छ– नम्बर
वन नै लास्ट नम्बरमा तमोप्रधान बन्छन्। म स्वयंले भन्छु– म धेरै जन्महरूको अन्त्यमा
साधारण तनमा प्रवेश गर्छु। जसले पूरा ८४ जन्म लिएका छन्, तिनीहरू त अवश्य पतित
हुनेछन्। पावन त हुन सक्दैनन्। बाबा स्वयं भन्नुहुन्छ– पहिलो नम्बरका हुन्
श्रीकृष्ण, फस्ट प्रिन्स, स्वर्गका प्रथम राजकुमार। श्री नारायण त हुर्किए पछि
बन्छन्। त्यसमा पनि २०-२५ वर्ष कम हुन्छ। उनका पनि पूरा ८४ जन्म भनिँदैन। नम्बर वन
श्रीकृष्ण हुन्। बन्न त उनै फेरि स्वयंवर पछि नारायण बन्छन्। तर हिसाब बच्चाहरूले त
गर्नु छ नि! पूरा ८४ जन्म, ५ हजार वर्ष श्रीकृष्णका नै हुन्छन् भनिनेछ। त्यसैले बाबा
बसेर सम्झाउनुहुन्छ– म कल्प कल्प त्यही तनमा आउँछु, जसको आदिदेखि लिएर अन्त्यसम्म
पार्ट छ। अरू कसैमा आउन सक्दिनँ। हिसाब हो नि! ब्रह्मा नै पहिलो नम्बरका ठहरिए। म
अरू कसैमा कसरी आउन सक्छु! तिमीलाई धेरै मानिसहरूले सोध्छन्– केवल एक ब्रह्मामा नै
किन आउनुहुन्छ! तर यो हिसाब हो नि! यी बुझ्ने कुराहरू हुन्। भनिएको पनि छ– बाबाले
ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ। विष्णु वा शङ्करद्वारा स्थापना गर्नुहुन्न। यो
काम अरू कसैको होइन। मानिसहरूले रचयिता र रचनालाई जान्दैनन्। यो पनि ड्रामामा
पहिल्यै निश्चित छ। बनी बनाई बन रही... चिंता ताकी कीजिये... यो अहिलेको कुरा हो,
जे हुनु छ त्यही हुन्छ। त्यो परिवर्तन हुन सक्दैन। आज जे जति हुन्छ, फेरि ५ हजार
वर्ष पछि त्यही हुनेछ। बाबाले सम्झाउनुभएको पनि थियो– कुनै पनि कुरा यस्तो देख्यौ
भने भन– यो कुनै नयाँ कुरा होइन। ५ हजार वर्ष पहिला पनि भएको थियो। एकदम यस्तो
लेखिदेऊ। फेरि आएर उनीहरूले आएर सोधे पनि त्यसरी लेख्नमा कुनै नोक्सान छैन। यो लडाइँ
पहिला पनि भएको थियो, नथिङ न्यु, कुनै नयाँ कुरा होइन। महाभारतको लडाइँ ५ हजार वर्ष
पहिला पनि भएको थियो। क्रिस्चियनले भारतवर्षमा आएर राज्य खोसे, नथिङ न्यु। फेरि
कल्प पछि पनि यस्तै हुनेछ। यो विश्वको इतिहास भूगोल दोहोरिइरहन्छ। अब फेरि आदि
सनातन देवीदेवता धर्मको स्थापना भइरहेको छ। जसका ८४ जन्म पूरा भएका छन्, उनीहरू नै
पहिलो नम्बरमा लक्ष्मीनारायण बन्नेछन्। यी सबै रहस्य बाबा नै बसेर सम्झाउनुहुन्छ।
बाबा भन्नुहुन्छ– म मनुष्य सृष्टिको बीजरूप हूँ, यसलाई उल्टो वृक्ष भनिन्छ। यो कल्प
वृक्षको आयु ५ हजार वर्ष हो। स्वस्तिकमा ४ भाग उस्तै देख्नेछौ। युग पनि बराबर
हुन्छन्, त्यसमा फरक पर्दैन।
बाबा सम्झाउनुहुन्छ–
हेर दुनियाँमा त के के भइरहेको छ। कोही चन्द्रमामा जान्छन्, कोही आगोमा, कोही पानीमा
हिँड्न सिक्छन्। यी सबै फालतु कुरा हुन्, यसबाट कुनै पनि फाइदा छैन। मानिसहरू पावन
बनेर मुक्ति-जीवनमुक्तिमा त जान सक्दैनन्। जे जति गरे पनि फर्केर घर जान सक्दैनन्।
आत्माले आफ्नो घर र बाबाको घर भुलेको छ। आत्माले आफूलाई नै भुलेर देह अभिमानी बनेको
छ। फेरि मन्दिरहरूमा गएर महिमा गाउँछन्। हजुर सर्वगुण सम्पन्न, हामी नीच पापी हौँ।
आफ्नै ग्लानि गर्छन्। बाबा त कहिल्यै पुजारी बन्नुहुन्न। अच्छा, फेरि सेकेन्ड
नम्बरमा भन्छन्– शङ्कर पनि सदा पूज्य हुन्। उनी पनि पुजारी बन्दैनन्, उनको पार्ट नै
यहाँ छैन। यो स्टेजमा पार्ट छ ब्रह्मा र विष्णुको। ब्रह्मा र विष्णुको के के पार्ट
छ, यो दुनियाँमा कसैलाई पनि थाहा छैन। त्रिमूर्ति ब्रह्मा भनिदिन्छन्, अर्थ केही पनि
बुझ्दैनन्। यो पनि भन्छन्– ब्रह्माद्वारा स्थापना, कसले स्थापना गर्नुहुन्छ, उहाँको
चित्र नै छैन। मुखले भन्छन् तर उहाँ कहाँ हुनुहुन्छ। शिव के कुरा हुनुहुन्छ, त्यो
पनि जान्दैनन्। आत्माको लागि भन्छन्– भृकुटीको बीचमा चम्किन्छ अजब सितारा... म आत्मा
अविनाशी हुँ, शरीर विनाशी छ। कति शरीर लिन्छन्, केही पनि थाहा छैन। मानिसहरू कति
दुःखी छन्, रोइकराइ रहन्छन्– ओ गड फादर, हे परमपिता परमात्मा! दुःख सुरु भए देखि नै
पुकार्दै आएका छन्। यो पनि सम्झाइएको छ– भारतवर्षमा रावण राज्य सुरु भए पछि यस्तो
होइन अरू धर्महरूमा पनि रावणराज्य भयो। होइन, उनीहरू त आफ्नो समयमा सतो, रजो, तमोमा
आउनु नै छ। यो कहानी सारा भारतवर्षकै हो। ती अरू त उपकथाहरू मात्रै हुन्। बाबा बीचमा
नै आउनुहुन्छ। भारतवर्ष तमोप्रधान बनिसकेपछि फेरि सारा वृक्ष तमोप्रधान बन्छ।
उनीहरूले पनि सुखदुःख भोग्नु छ। वृक्षमा नयाँ नयाँ पातहरू निस्कन्छन्। ती धेरै
शोभायमान हुन्छन्। नयाँहरू फेरि सतो, रजो, तमोमा अवश्य आउनु छ। जो अन्त्यमा आउँछन्,
उनीहरूको केही मान हुन्छ। एकै जन्ममा पनि सतो, रजो, तमोबाट पास गर्न सक्छन्, तर
उनीहरूको कुनै महत्त्व हुँदैन। महत्त्व त उनीहरूको हुन्छ, जसले हिरो-हिरोइनको पार्ट
खेल्छन्। यस्तो भनिँदैन– बाबाले नै हिरो-हिरोइनको पार्ट खेल्नुहुन्छ। बाबाको लागि
यसरी भन्न सकिँदैन। उहाँले त आएर पतितहरूलाई पावन बनाउनुहुन्छ। स्वयं पतित
बन्नुहुन्न। तिमीले पतितबाट पावन बन्ने मेहनत गर्छौ। श्रीमतमा राजयोगबाट नै राज्य
लिएका थियौ। अहिले तिमीले फेरि राज्य लिइरहेका छौ। बाबा भन्नुहुन्छ– मैले त राज्य
गर्दिनँ, तिमीलाई राजाहरूको राजा बनाउँछु। तर दुनियाँमा मानिसहरूले भन्न त धेरै कुरा
भन्छन्। भगवानुवाच– मैले तिमीलाई राजाहरूको राजा बनाउँछु। तर त्यसको अर्थ न आफैले
बुझ्छन्, न कसैलाई बुझाउन सक्छन्। भगवानुवाच, भगवान अवश्य आउनुभएको थियो, त्यसैले त
हे प्यारा बच्चाहरू भन्नुभयो होला नि! भारतभूमिमा नै शिवजयन्ती, शिव रात्रि मनाउँछन्।
बाबा आउनुहुन्छ पनि भारतखण्डमा नै। भारतखण्ड नै अविनाशी खण्ड हो। यसको महिमा धेरै
महान् छ। जसरी बाबाको महिमा अपरम्पार छ। त्यसरी नै भारतवर्षको महिमा पनि अपरम्पार
छ। भारतभूमिमा नै परमपिता परमात्मा आएर सबै मनुष्य मात्रको सद्गति गर्नुहुन्छ।
सबैलाई सुख दिनुहुन्छ। उहाँको जन्मस्थान भारतभूमि हो। भारतवर्ष नै प्राचीन स्थान
हो। भगवान राजयोग सिकाउन भारतभूमिमा नै आउनुभएको थियो। तर श्रीकृष्णलाई भगवान
भनिदिएका हुनाले उहाँ शिवबाबाको महिमा गरिएको छैन। भगवान त एक मात्र हुनुहुन्छ,
उहाँलाई नै सद्गुरु भनिन्छ। बाँकी गुरु त धेरै छन्। कुनै कामधन्दा सिकाउनेलाई पनि
गुरु भनिदिन्छन्। आजकाल त सबैलाई अवतार मानिदिन्छन्। केही पनि बुझ्दैनन्। एकदम पतित
बनेपछि मात्रै पुकार्छन्– बाबा, आएर हामीलाई पावन बनाउनुहोस्!
बाबाले नै आएर सच्चा
सच्चा अमरकथा सुनाउनुहुन्छ। अहिले तिम्रो बुद्धिमा छ– हामी ८४ जन्ममा कसरी आउँछौँ।
पहिला राम्रो जन्म हुन्छ, फेरि ओर्लिँदै आउनेछौँ। दुनियाँको पनि ओर्लिने कला हुन्छ।
मानिसहरूको बुद्धि सतो, रजो, तमो बन्छ। सत्ययुगदेखि फेरि अलिअलि ओर्लिने कला सुरु
हुन्छ। चढ्ती कला तेरे भाने सर्व का भला। सर्वको सद्गतिदाता त एक बाबा हुनुहुन्छ
नि! ती गुरुहरूले त केवल शास्त्र सुनाउँछन्। सुन्दासुन्दै पनि गिर्दै नै आएका छन्।
बेहदका बाबा आएर बच्चाहरूलाई सोध्नुहुन्छ– मैले तिमीलाई यति धनवान बनाएर गएँ, यति
हिरा जुहारातका महल दिएर गएँ, ती सबै कहाँ गए? लौकिक पिताले बच्चाहरूलाई पैसा
दिन्छन् तर बच्चाहरूले पैसा बर्बाद गरिदिए भने पिताले बोलाएर सोध्छन्– तिमीले यति
पैसा कहाँ बर्बाद गरिदियौ? बच्चाहरूसँग पैसा भएपछि धेरै उडाउँछन्। पिता धर्मात्मा
हुन्छन्, बच्चाहरू बेलायतमा गएर लाखौँ रुपैयाँ उडाएर आउँछन्। पिताले केही गर्न
सक्दैनन्। पिताले सम्बन्ध विच्छेद पनि गर्न सक्दैनन् किनकि हजुरबुवाको सम्पत्ति
हुन्छ। तर भित्रभित्रै जलिरहन्छन्। पिता मरेपछि, कुनैकुनै त यस्ता विकारी बच्चाहरू
हुन्छन्, जसले १२ महिनामा सारा सम्पत्ति उडाइदिन्छन्। ती हुन् हदका कुराहरू। यो हो
फेरि बेहदको कुरा। बेहदका बाबा भन्नुहुन्छ– तिमी कति धनवान थियौ, विश्वको मालिक थियौ।
फेरि कङ्गाल किन बनेका छौ? यति धन कहाँ लगेर के गरिदियौ? बाबाले बच्चाहरूलाई नै
सोध्नुहुन्छ– भारतवर्षलाई यति धनवान बनाएँ, सबै पैसा कहाँ गयो? फेरि बाबाले नै बसेर
सम्झाउनुहुन्छ। भक्तिमार्गमा कति खर्च गर्छन्। शास्त्रहरू आदिको पछाडि कति खर्च
गर्छन्। ढोग्दै गए, निधार पनि खिइयो। पैसा आदि सबै थोक गुमाए, यही ड्रामा हो। मैले
तिमीहरूलाई धनवान बनाउँछु। रावणले तिमीलाई कङ्गाल बनाउँछ। तिमीहरूलाई नै बाबाले
सम्झाउनुहुन्छ नि! भारतवर्ष नै सुनको चिडिया थियो, यति धन थियो जुन अरू धर्मका
मानिसहरूले लुटेर लगे। यो कुराको त ख्याल गर– भारतवर्ष के थियो! ड्रामा यस्तो पनि
बनेको छ। भारतवर्ष नै हेविन, स्वर्ग, भारतवर्ष नै हेल, नर्क बन्छ। अहिले नर्क छ,
त्यसैले बाबाले सिँढी पनि यस्तो बनाउनुभएको छ, जसबाट कसैले पनि बुझ्न सक्छ– हामी
पतित छौँ। साना साना बच्चाहरूलाई पनि चित्रमा सम्झाइन्छ नि! नक्साबिना बच्चाहरूले
के बुझ्छन्। बाबा नै आएर पतितबाट पावन बन्ने सहज युक्ति बताउनुहुन्छ। यो कुरा
सहजभन्दा सहज पनि छ, कठिन भन्दा कठिन पनि छ। सत्ययुगमा आत्माहरू देहीअभिमानी हुन्छन्।
आत्माले सम्झन्छ– अब शरीर ठुलो भएको छ, यो पुरानो चोला छोडेर अर्को लिनु छ। मानौँ
साक्षात्कार हुन्छ– अब गएर बच्चा बन्नु छ, पुरानो छाला, देह छोडिदिन्छन्। यहाँ कोही
मरेछ भने पनि रुन्छन्। ब्यान्ड बाजा पनि लैजान्छन्। सत्ययुगमा त खुसीले एक शरीर
छोडेर अर्को लिन्छन्, त्यसैले उत्सव मनाउँछन्। यहाँ कति अफसोस गर्छन्। कोही मरेछ भने
भन्छन्– स्वर्गवासी हुनुभयो। त्यसोभए यसको मतलब नर्कमा थिए नि! अहिले तिमीले
पुरुषार्थ गरिरहेका छौ– स्वर्गवासी बन्नको लागि। बाबाले तिमीहरूलाई स्वर्गवासी
बनाउनुहुन्छ। बाबा आउनुहुन्छ नै जीवनमुक्ति दिन। रावणको बन्धनबाट छुटाएर जीवनमुक्त
गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– म कल्प पहिला अनुसार आएर राजयोग सिकाउँछु। कल्प कल्प
ब्रह्माकै तनमा आउँछु। तिमीहरू ब्राह्मण अवश्य बन्नु छ। यज्ञमा ब्राह्मण त अवश्य
चाहिन्छ नि! यो हो राजस्व अश्वमेध अविनाशी ज्ञान यज्ञ। यो रथलाई स्वाहा गर्नु छ।
अश्व यो रथलाई भनिन्छ। राजस्व, स्वराज्यको लागि यी सबै अश्व (शरीर) यसमा स्वाहा हुनु
छ। आत्मा त स्वाहा हुँदैन। आत्माहरूले हिसाबकिताब चुक्ता गरेर जानेछन्। फेरि नयाँ
सिराबाट सबैको पार्ट सुरु हुनेछ। यसलाई भनिन्छ इतिहास भूगोल दोहोरिन्छ। बाबा आउनु
हुन्छ नै नयाँ दुनियाँ स्थापन गरेर पुरानो दुनियाँ खतम गर्न। यो एउटै महाभारत लडाइँ
हो, जुन शास्त्रहरूमा बताइएको छ। सबैलाई सम्झाउनुपर्छ– यो लडाइँबाट नै स्वर्गको
द्वार खुल्छ, त्यसैले यसको गायन शास्त्रहरूमा छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) बितेका कुराहरूको कहिल्यै पनि चिन्तन गर्नुहुँदैन। जुन कुरा बित्यो, यो केही नयाँ
कुरा होइन (नथिङ न्यु) भन्ने सम्झेर भुलिदिनु छ।
२) यो राजस्व अश्वमेध
यज्ञमा आफ्नो तन-मन-धन सबै स्वाहा गरेर सफल गर्नु छ। यो अन्तिम जन्ममा सम्पूर्ण
पावन बन्ने मेहनत गर्नु छ।
वरदान:–
श्रेष्ठ
वृत्तिद्वारा प्रवृत्तिलाई प्रगतिको उपाय बनाउने सदा समर्थवान भव
प्रवृत्तिमा पहिला
वृत्तिबाट पवित्र वा अपवित्र बन्छौ। वृत्तिलाई सदा एक बाबासँग लगाइदियौ, एक बाबा अरू
कोही छैन– यस्तो उच्च वृत्ति रह्यो भने प्रवृत्ति प्रगतिको उपाय बन्नेछ। वृत्ति
उच्च र श्रेष्ठ छ भने चञ्चल हुन सक्दैन। यस्तो श्रेष्ठ वृत्तिद्वारा प्रगति गर्दै
गति सद्गतिलाई सहजै पाउनेछौ। फेरि सबै सिकायत समाप्त हुनेछन्।
स्लोगन:–
पवित्रताले
स्वप्नमा मात्र पनि हल्लाउँछ भने निश्चयको फाउन्डेसन कच्चा छ।
अव्यक्त इसारा : – अब
आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर
तिमी चम्किरहेका
सितारा– सूर्य, चन्द्रमासमान आफ्नो सम्पूर्ण स्टेजमा अथवा मास्टर दातापनको स्टेजमा
स्थित हुन्छौ, अनि भट्किरहेका आत्माहरू, खोजिरहेका आत्माहरू पुतली (परवाना) जस्तै
स्वतः नै पाउनको लागि, मिल्नको लागि तीव्र गतिले तिम्रो समीप आउनेछन् र तिमीले
सबैलाई सेकेन्डमा बाबाद्वारा मुक्ति-जीवनमुक्तिको अधिकार दिलाउने तीव्र गतिले सेवा
गर्नुपर्नेछ।