04.11.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– आफ्ना
कमजोरीहरूलाई निकाल्ने हो भने सच्चा दिलले बाबालाई सुनाऊ , बाबाले तिम्रा कमीहरूलाई
निकाल्ने युक्ति बताउनु हुन्छ।”
प्रश्न:–
बाबाको करेन्ट
कुन बच्चाहरूलाई मिल्छ?
उत्तर:–
जुन बच्चाले
इमान्दारीसँग सर्जनलाई आफ्नो बिमारी सुनाउँछन्, बाबाले तिनलाई दृष्टि दिनुहुन्छ।
बाबालाई ती बच्चाहरूमाथि धेरै दया आउँछ। मनमा आउँछ– यी बच्चाहरूको यो भूत निस्कियोस्।
बाबाले तिनलाई करेन्ट दिनुहुन्छ।
ओम् शान्ति ।
बाबा
बच्चाहरूसँग सोधिरहनुहुन्छ। हरेक बच्चाले आफैसँग सोध्नु छ– बाबाबाट केही मिल्यो?
कुन-कुन चीजमा कमी छ? हरेकले आफूभित्र नियाल्नु छ। जसरी नारदको उदाहरण छ, उनलाई
भनियो– तिमीले आफ्नो अनुहार ऐनामा हेर– लक्ष्मीलाई वरण गर्न लायक छौ? त्यसैगरी बाबा
पनि तिमी बच्चाहरूलाई सोध्नुहुन्छ– के सम्झन्छौ, लक्ष्मीलाई वरण गर्न लायक बनेका
छौ? यदि लायक छैनौ भने के के कमी छन्? जसलाई निकाल्नको लागि बच्चाहरूले पुरुषार्थ
गरिरहन्छन्। कमजोरीहरूलाई निकाल्ने पुरुषार्थ गर्छन् वा गर्दै गर्दैनन्? कसै कसैले
त पुरुषार्थ गरिरहन्छन्। नयाँ नयाँ बच्चाहरूलाई यो सम्झाइन्छ– आफूभित्र हेर कुनै कमी
त छैन? किनकि तिमीहरू सबै सम्पूर्ण बन्नु छ। बाबा आउनु हुन्छ नै सम्पूर्ण बनाउनको
लागि। त्यसैले लक्ष्य-उद्देश्यको चित्र पनि सामुन्ने राखिएको छ। आफैले मनलाई सोध– म
उनीहरू समान सम्पूर्ण बनेको छु? त्यो जिस्मानी विद्या पढाउने टिचर आदि त यस समयमा
सबै विकारी छन्। यी (लक्ष्मी-नारायण) सम्पूर्ण निर्विकारीहरूका नमुना हुन्। आधाकल्प
तिमीले यिनीहरूको महिमा गरेका छौ। त्यसैले आफैसँग सोध– ममा के के कमी छन्, जसलाई
निकालेर मैले आफ्नो उन्नति गर्न सकुँ? र बाबालाई बताऊँ– बाबा यो कमी छ, जुन मबाट
निस्कँदैन, कुनै उपाय बताउनुहोस्। बिमारी सर्जनद्वारा नै हटाउन सकिन्छ। कुनै कुनै
सहायक सर्जन पनि होसियार हुन्छन्। डाक्टरबाट कम्पाउन्डरले सिक्छन्। अनि होसियार
डाक्टर बन्छन्। त्यसैले इमान्दारीसँग आफ्नो जाँच गर– ममा के के कमी छन्? जसकारण मैले
ठान्दछु– यो पद पाउन सक्दिनँ। बाबाले भन्नुहुन्छ नि– तिमी यिनीहरूजस्तै बन्न सक्छौ।
कमजोरीहरू बतायौ भने बाबाले राय दिनुहुन्छ। बिमारी त धेरै छन्। कसैमा धेरै क्रोध छ,
लोभ छ... तिनलाई ज्ञानको धारणा हुन सक्दैन, जसले गर्दा कसैलाई धारणा गराउन सक्दैनन्।
बाबाले दिनहुँ धेरै सम्झाउनु हुन्छ। वास्तवमा यति सम्झाउने आवश्यकता नै देखिँदैन।
मन्त्रको अर्थ बाबाले सम्झाउनु हुन्छ। बाबा त एउटै हुनुहुन्छ। बेहदका बाबालाई याद
गर्नु छ र उहाँबाट वर्सा पाएर हामी यस्तो बन्नु छ। अरू स्कुलमा ५ विकारलाई जित्ने
कुरै हुँदैन। यो कुरा अहिले नै हुन्छ जुन बाबा आएर सम्झाउनु हुन्छ। तिमीमा जुन भूत
छन्, जसले दु:ख दिन्छन्, तिनको वर्णन गर्यौ भने बाबाले त्यसलाई निकाल्ने युक्ति
बताउनु हुन्छ। बाबा यो यो भूतले मलाई हैरान पार्छ। भूत निकाल्नेका अगाडि वर्णन
गरिन्छ नि। तिमीहरूमा ती कुनै भूत छैनन्। तिमीलाई थाहा छ– यी ५ विकाररूपी भूत
जन्मजन्मान्तरका हुन्। हेर्नुपर्छ– ममा कुन कुन भूत छन्? तिनलाई निकाल्नलाई फेरि
राय लिनुपर्छ। आँखाले पनि धेरै धोका दिन्छन्, त्यसैले बाबा सम्झाउनु हुन्छ– आफूलाई
आत्मा सम्झिएर अरूलाई पनि आत्मा सम्झिने अभ्यास गर। यस युक्तिले तिम्रो यो बिमारी
निस्कन्छ। हामी सबै आत्माहरू त आत्मा भाइ भाइ ठहरियौं। शरीर त होइनौं। यो पनि जानेका
छौ– हामी आत्माहरू सबै फर्केर जान्छौं। त्यसैले आफूलाई हेर्नु छ, म सर्वगुण सम्पन्न
बनेको छु? बनेको छैन भने ममा के अवगुण छन्? त्यसैले बाबा पनि बसेर त्यो आत्मालाई
हेर्नुहुन्छ, यसमा यो कमजोरी छ, त्यसैले उसलाई करेन्ट दिनुहुन्छ। यस बच्चाको यो
विघ्न निस्कियोस्। यदि सर्जनसँग नै लुकाइरह्यौ भने त के नै गर्न सक्नुहुन्छ र?
तिमीले आफ्ना अवगुण बताइदियौ भने बाबाले पनि राय दिनुहुन्छ। जसरी तिमी आत्माहरूले
बाबालाई याद गर्छौ– बाबा, हजुर कति मीठो हुनुहुन्छ! हामीलाई केबाट के बनाइदिनुहुन्छ!
बाबालाई याद गरिरह्यौ भने भूत भाग्दै जान्छन्। कुनै न कुनै भूत अवश्य छ। बाबा
सर्जनलाई बताऊ, बाबा मलाई यसको युक्ति बताउनुहोस्। नत्र त धेरै घाटा पर्नेछ,
सुनाएपछि बाबालाई पनि दया आउँछ, यो मायाको भूतले यसलाई हैरान पार्छ। भूतलाई भगाउने
त एउटै बाबा हुनुहुन्छ। युक्तिले भगाउनु हुन्छ। सम्झाइन्छ– यी ५ भूतलाई भगाऊ। तैपनि
सबै भूत भाग्दैनन्। कसैमा विशेष धेरै हुन्छ, कसैमा कम। तर हुन्छ अवश्य। बाबाले
देख्नुहुन्छ– यसमा यो भूत छ। दृष्टि दिने समयमा मनमा चल्छ नि। यो त धेरै राम्रो
बच्चा छ, अरू त सबै राम्रा राम्रा गुण छन् तर बोल्न केही सक्दैन, कसैलाई सम्झाउन
सक्दैन। मायाले गला नै बन्द गरिदिएजस्तो छ, यसको गला खुल्ने हो भने अरूको सेवामा पनि
लाग्ने थियो। अरू अरूको सेवामा आफ्नो सेवा, तिमीले शिवबाबाको सेवा गर्दैनन्। शिवबाबा
स्वयं सेवा गर्न आउनु भएको छ, भन्नुहुन्छ– यी जन्मजन्मान्तरका भूतलाई भगाउनु छ।
बाबा बसेर सम्झाउनु हुन्छ– यो पनि जानेका छौ, वृक्ष विस्तारै विस्तारै वृद्धि हुन्छ।
पात झर्दै जान्छन्। मायाले विघ्न पार्छ। बसी बसी विचार परिवर्तन हुन्छ। जसरी
संन्यासीहरूलाई घृणा वा वैराग्य आयो भने एकदम गुम हुन्छन्। न कुनै कारण, न कुनै
कुराकानी। सम्बन्ध त सबैको बाबासँग छ। बच्चाहरू नम्बरवार छन्। त्यसमा पनि बाबालाई
सत्य बताइयो भने त्यो कमी निस्कन सक्छ र उच्च पद पाउन सकिन्छ। बाबालाई थाहा छ– कसैले
नबताउनाले आफूलाई घाटा पार्छन्। जति सम्झाए पनि त्यही काम गर्न लाग्छन्। मायाले
पक्डिन्छ। मायारूपी अजिङ्गर छ, सबैलाई पेटमा हालेर बस्छ। दलदलमा गलासम्म फसेका छन्।
बाबाले कति सम्झाउनु हुन्छ। अरू कुनै कुरा छैन, केवल भन दुई बाबा हुनुहुन्छ। लौकिक
बाबा त सदैव मिल्नुहुन्छ नै, सत्ययुगमा पनि मिल्नुहुन्छ भने कलियुगमा पनि
मिल्नुहुन्छ। यस्तो होइन कि सत्ययुगमा फेरि पारलौकिक बाबा मिल्नुहुन्छ। पारलौकिक
बाबा त एकै पटक आउनु हुन्छ। पारलौकिक बाबा आएर नर्कलाई स्वर्ग बनाउनु हुन्छ।
भक्तिमार्गमा उहाँको कति पूजा गर्छन्। याद गर्छन्। शिवका मन्दिर त धेरै छन्।
बच्चाहरूले भन्छन्, सेवा छैन। अरे, शिवका मन्दिर त जहाँतहीँ छन्, त्यहाँ गएर तिमीले
सोध्न सक्छौ, उहाँलाई किन पुज्नुहुन्छ? उहाँ शरीरधारी हुनुहुन्न। उहाँ को हुनुहुन्छ?
भन्छन्– परमात्मा। उहाँ बाहेक अरू कसैलाई भन्दैनन्। त्यसोभए भन, उहाँ परमात्मा बाबा
हुनुहुन्छ नि। उहाँलाई खुदा पनि भनिन्छ, अल्लाह पनि भनिन्छ। अक्सर गरेर परमपिता
परमात्मा भनिन्छ, उहाँबाट के मिल्ने छ, यो केही थाहा छ? भारतवर्षमा त शिवको नाम धेरै
लिन्छन्, शिवजयन्ती पर्व पनि मनाउँछन्। कसैलाई पनि सम्झाउन धेरै सहज छ। बाबाले
सम्झाउन त भिन्न भिन्न प्रकारले धेरै सम्झाइरहनुहुन्छ। तिमी कसैको पासमा पनि जान
सक्छौ। तर धेरै शीतलतासँग, नम्रतासँग कुरा गर्नुपर्छ। भारतवर्षमा त तिम्रो नाम धेरै
फैलिएको छ। अलिकति मात्रै कुरा गर्यौ भने यी बी.के. हुन्, यो कुरा तुरुन्तै बुझ्छन्।
गाउँमा त धेरै निर्दोष हुन्छन्। त्यसैले मन्दिरमा गएर सेवा गर्न धेरै सजिलो छ। आउनु
भयो भने हामीले तपाईलाई शिवबाबाको जीवन कहानी सुनाउने छौं। तपाईले शिवको पूजा
गर्नुहुन्छ, उहाँसँग के माग्नुहुन्छ? हामीले त तपाईलाई उहाँको पूरै जीवन कहानी
बताउन सक्छौं। अर्को दिन फेरि लक्ष्मी नारायणको मन्दिरमा जाऊ। तिमीभित्र खुसी हुन्छ।
बच्चाहरूले चाहन्छन् गाउँमा सेवा गरौं। सबैको आ-आफ्नो समझ छ नि। बाबा भन्नुहुन्छ–
पहिला सुरुमा शिवबाबाको मन्दिरमा जाऊ। फेरि लक्ष्मी-नारायणको मन्दिरमा गएर सोध–
यिनीहरूलाई यो वर्सा कसरी मिलेको हो? आउनु भयो भने हामीले तपाईलाई यी देवी-देवताको
८४ जन्मको कहानी सुनाउँछौं। गाउँलेलाई पनि जगाउनु छ। तिमी गएर प्यारसँग सम्झाउँछौ।
तपाई आत्मा हुनुहुन्छ, आत्माले नै कुरा गर्छ, यो शरीर त खतम हुनेवाला छ। अब हामी
आत्माहरू पावन बनेर बाबाको पासमा जानु छ। बाबा भन्नुहुन्छ– मलाई याद गर। सुन्ने
बित्तिकै उनीहरूलाई आकर्षण हुन्छ। जति तिमीहरू देहीअभिमानी बन्छौ त्यति तिमीहरूमा
आकर्षण आउने छ। अहिले यस देह आदिबाट, पुरानो दुनियाँबाट पूरा वैराग्य आएको छैन। यो
त जानेका छौ– यो पुरानो चोला छोड्नु छ, यसमा के ममत्व राख्नु छ? शरीर हुँदाहुँदै
शरीरमा कुनै ममत्व हुनु हुँदैन। भित्र यही धुन रहोस्– अब हामी आत्माहरू पावन बनेर
आफ्नो घर जानु छ। फेरि यो पनि दिल हुन्छ– यस्ता बाबालाई कसरी छोडुँ? यस्ता बाबा त
फेरि कहिल्यै मिल्नुहुन्न। यस्तो विचार गर्नाले बाबाको पनि याद आउँछ, घर पनि याद
आउँछ। अब हामी घर जान्छौं। ८४ जन्म पूरा भए। गर्न त दिनमा आफ्नो धन्दा आदि गर।
गृहस्थ व्यवहारमा त रहनु नै छ । त्यसमा रहँदा-रहँदै पनि तिमीले बुद्धिमा राख– यो त
सबै कुरा खतम हुनु छ। अब हामी फर्केर आफ्नो घर जानु छ। बाबाले भन्नुभएको छ– गृहस्थ
व्यवहारमा पनि अवश्य रहनु छ। नत्र त कहाँ जान्छौ? धन्दा आदि गर, बुद्धिमा यो याद
रहोस्। यो सबै कुरा त विनाश हुनु छ। पहिला हामी घर जान्छौं फेरि सुखधाममा आउने छौं।
जति पनि समय मिल्छ आफूसँग कुरा गर्नुपर्छ। समय धेरै छ, ८ घण्टा धन्दा आदि गर। ८
घण्टा आराम पनि गर। बाँकी ८ घण्टा बाबासँग रूहरिहान गरेर फेरि गएर रूहानी सेवा गर्नु
छ। जति पनि समय मिल्छ शिवबाबाको मन्दिरमा, लक्ष्मी-नारायणको मन्दिरमा गएर सेवा गर।
मन्दिरमा तिमीसँग धेरै मिल्छन्। तिमी जहाँ गए पनि त्यहाँ शिवका मन्दिर अवश्य हुन्छन्।
तिमी बच्चाहरूको लागि मुख्य हो यादको यात्रा। यादमा राम्रोसँग रह्यौ भने तिमीले जे
मागे पनि मिल्न सक्छ। प्रकृति दासी बन्छ। उनीहरूको अनुहार आदि पनि यति आकर्षक हुन्छ,
केही पनि माग्ने आवश्यकता हुँदैन। संन्यासीमा पनि कोही कोही पक्का हुन्छन्। यही
निश्चयसँग बस्छन्– हामी ब्रह्ममा गएर लीन हुन्छौं। यस निश्चयमा धेरै पक्का हुन्छन्।
उनीहरूको अभ्यास हुन्छ, हामीले यस शरीरलाई छोडेर जान्छौं। तर उनीहरू त छन् गलत
मार्गमा। ब्रह्ममा लीन हुनको लागि धेरै मेहनत गर्छन् । भक्तिमा साक्षात्कारको लागि
कति मेहनत गर्छन्। ज्यान पनि दिन्छन्। आत्मघात हुँदैन, जीवघात हुन्छ। आत्मा त हुन्छ
नै, ऊ गएर अर्को जीवन अर्थात् शरीर लिन्छ।
तिमी बच्चाहरूले राम्रोसँग सेवाको सोख राख्यौ भने बाबाको याद पनि आउँछ। यहाँ पनि
मन्दिर आदि धेरै छन्। तिमी पूरा योगमा रहेर कसैलाई केही पनि भन्यौ भने कुनै विचार
आउने छैन। योगीको पूरा तीर लाग्छ। तिमीले धेरै सेवा गर्न सक्छौ। कोसिस गरेर हेर, तर
पहिला आफूभित्र हेर्नु छ, मभित्र कुनै मायाको भूत त छैन? मायाका भूत हुनेहरू कहाँ
सफल हुन सक्छन् र! सेवा त धेरै छ। ब्रह्माबाबा त जान सक्नुहुन्न नि किनकि बाबा साथमा
हुनुहुन्छ। बाबालाई हामीले कहाँ फोहरमा लिएर जाने! कोसँग बोल्ने! बाबा त
बच्चाहरूसँग नै बोल्न चाहनुहुन्छ। त्यसैले बच्चाहरूले सेवा गर्नु छ। गायन पनि छ– सन
सोज फादर। बाबाले त बच्चाहरूलाई होसियार बनाउनु भएको छ नि। राम्रा राम्रा बच्चाहरू
छन् जसलाई सेवाको सोख हुन्छ। भन्छन्– हामीले गाउँमा गएर सेवा गरौं। बाबा भन्नुहुन्छ–
गर्न त सेवा गर। तर केवल फोल्डिङ्ग चित्र साथमा होस्। चित्र विना कसैलाई सम्झाउन
मुस्किल हुन्छ। रात-दिन यही विचार चलिरहन्छ– अरूको जीवन कसरी बनाऊँ? ममा जति कमीहरू
छन् तिनलाई निकालेर कसरी उन्नति गर्ने? तिमीलाई खुसी पनि हुन्छ। बाबा यो ८-९ महिनाको
बच्चा हो। यस्ता धेरै निस्कन्छन्। छिट्टै नै सेवा लायक बन्छन्। हरेकको यो पनि विचार
हुन्छ– हामीले आफ्नो गाउँलाई उठाऊँ, साथीभाइहरूको सेवा गरौं। चेरिटी बिगिन्स एट होम।
सेवाको धेरै सोख हुनुपर्छ। एकै ठाउँमा बसिराख्नु हुँदैन। चक्कर लगाइराख। समय त धेरै
कम छ नि। उनीहरूका कति ठुला-ठुला अखाडा बन्छन्। आत्मा आएर प्रवेश यसरी गर्छ जसले
बसेर केही न केही शिक्षा दिन्छ अनि नाम हुन्छ। यो शिक्षा त बेहदका बाबा बसेर
दिनुहुन्छ, कल्प पहिला जस्तै। यो रूहानी कल्पवृक्ष बढ्छ। निराकारी वृक्षबाट
नम्बरवार आत्माहरू आउँछन्। शिवबाबाको धेरै लामो माला वा वृक्ष बनेको छ। यी सबै
कुरालाई याद गर्दा पनि बाबाको नै याद आउने छ। उन्नति छिटै हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) कम्तीमा ८ घण्टा बाबासँग रूहरिहान गर्दै धेरै शीतलता वा नम्रतासँग रूहानी सेवा
गर्नु छ। सेवामा सफल हुनको लागि भित्र कुनै पनि मायाको भूत नहोस्।
२) आफूले आफैसँग कुरा
गर्नु छ– यी जे जति हामीले देखिरहेका छौं, ती सबै विनाश हुनु छ, हामी आफ्नो घर
जान्छौं फेरि सुखधाममा आउने छौं।
वरदान:–
अटल
निश्चयद्वारा सहज विजयको अनुभव गर्ने सदा हर्षित , निश्चिन्त भव
निश्चयको निसानी हो
सहज विजय। तर निश्चय सबै कुरामा चाहिन्छ। केवल बाबामा मात्र निश्चय होइन, आफैमा,
ब्राह्मण परिवारमा र ड्रामाको हरेक दृश्यमा सम्पूर्ण निश्चय होस्, सानो कुरा आउँदा
निश्चय नटलोस्। सदा यो स्मृति रहोस्– विजयको भावी टल्न सक्दैन। यस्ता निश्चयबुद्धि
बच्चाहरू, के भयो? किन भयो? यी सबै प्रश्नहरूबाट पनि पार सदा निश्चिन्त सदा हर्षित
रहन्छन्।
स्लोगन:–
समय व्यर्थ
गुमाउनुको सट्टा तुरून्त निर्णय गरेर फैसला गर।