04.11.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
ज्ञानवान् बन्यौ भने धनवान् बन्नेछौ , जगदम्बा ज्ञान-ज्ञानेश्वरी नै राज-राजेश्वरी
बन्छिन्।”
प्रश्न:–
बाबालाई आफ्ना
बच्चाहरूमाथि दया लाग्छ त्यसैले श्रेष्ठ तकदिर बनाउनको लागि कुन श्रीमत दिनुहुन्छ?
उत्तर:–
प्यारा
बच्चाहरू! शिरमा जुन पापहरूको बोझ छ, त्यसलाई मृत्युभन्दा पहिला यादको यात्रामा
रहेर निकालिदेऊ। कुनै पनि विकर्म नगर। बाबा आउनुभएको छ तिमीलाई मृत्युको फाँसीबाट
छुटाउन, त्यसैले अब यस्तो कुनै कर्म गर्नु छैन।
गीत:–
रात के राही
थक मत जाना.....
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले यस गीतको अर्थ बुझ्यौ। बाबा आउनुभएको छ भक्तिरूपी रातको विनाश
गरेर दिन स्थापन गर्न किनकि बाबालाई बोलाउँछन् नै – हे पतितपावन आउनुहोस् भनेर!
बच्चाहरूले बुझेका छन्– कुनै समयमा हामी पावन थियौँ, अहिले पतित छौँ। त्यो चीज
मागिन्छ जुन पहिला थियो अहिले छैन। तिमी बच्चाहरूलाई थाहा छ, यहाँ पवित्र
देवीदेवताहरूको राजधानी थियो। ज्ञानज्ञानेश्वरी नै फेरि राजराजेश्वरी बन्नेछिन्।
जसरी जगदम्बा र लक्ष्मी भिन्ना भिन्नै हुन्। लक्ष्मीलाई कहिल्यै जगदम्बा भनिँदैन।
लक्ष्मीलाई उनका दुई बच्चाले मात्र मातेश्वरी भन्छन्। यहाँ सबै तिमीहरू जति पनि
धार्मिक भावना भएका छौ, सबैले जगदम्बालाई माता भन्छौ। देवीदेवताहरूका मन्दिरमा गएर
उनीहरूको भक्ति गर्छन्। अहिले तिमीलाई थाहा भएको छ– हामीले धेरै भक्ति गरेका छौँ।
दानपुण्य आदि जति तिमीले गरेका छौ त्यति अरू कसैले गरेको छैन होला। तिमीले सबैभन्दा
बढी भक्ति गरेका छौ। अहिले तिमीले आफ्नो यादगार जीवन छँदै देखेका छौ। आदिदेव र
आदिदेवी हुनुहुन्छ, जसलाई जगदम्बा भनिन्छ। अहिले तिमीलाई थाहा छ, जगदम्बा धनवान्
बन्छिन्। तिमी उनका बच्चा हौ नि। अहिले तिमीले पढिरहेका छौ। उनी हुन् ज्ञानकी देवी।
त्यस ज्ञानबाट कहिल्यै राजारानी बन्दैनन्। तिमीलाई थाहा छ, हामी आत्माहरू शिवबाबाका
बच्चा हौँ र यिनी हुन् प्रजापिता ब्रह्मा। शिवबाबाले यिनीद्वारा नयाँ दुनियाँको
स्थापना गरिरहनुभएको छ। भनिएको पनि छ ब्रह्माद्वारा स्थापना। यो कुरा राम्रोसँग
बुझेर धारण गर्नु छ। भन्छन् नि सिंहनीको दुधको लागि सुनको भाँडो चाहिन्छ। यो ज्ञान
पनि सर्वशक्तिमान् परमपिता परमात्माको हो। त्यसको लागि पनि बुद्धिरूपी भाँडो सुनको
(पवित्र) चाहिन्छ। नयाँ दुनियाँमा आत्मा र शरीर दुवै सुनका बन्छन्। अहिले तिम्रो
आत्मा पत्थरको भाँडो हो। त्यसैले शरीर पनि यस्तै छ। भारतभूमिमा नै श्याम र सुन्दर,
पतित र पावन भन्छन्। अरू कुनै खण्डहरूमा यसरी भन्दैनन्– आएर हामी पतितहरूलाई पावन
बनाउनुहोस्। भन्छन्– दुःखबाट छुटाउनुहोस्, शान्तिमा लैजानुहोस्। विवेकले पनि भन्छ–
हामी पावन थियौँ, यी लक्ष्मीनारायणको राज्य थियो। जतिसुकै ठुला मानिस हुन्। तिनीहरू
पनि गुरुको पाउ पर्छन् किनकि गुरुले संन्यास धारण गरेका हुन्छन्। ५ विकारहरूलाई
छोडेका हुन्छन् त्यसैले विकारीले निर्विकारीहरूलाई मान दिन्छन्। पवित्रताको नै मान
छ। द्वापरदेखि राजारानी र मन्त्री हुन्छन्। सत्ययुगमा राजारानीका मन्त्री हुँदैनन्।
राजारानी पतित भएपछि एउटा मन्त्री राख्छन्, अहिले त धेरै पतित भएका छन् त्यसैले सयौँ
मन्त्री राख्छन्। यो ड्रामाको भावी हो। बाबा बताउनुहुन्छ– हेर ड्रामाको भावी कसरी
बनेको छ। त्यसैले पहिला अवश्य भारतवर्ष मात्रै थियो त्यसपछि अरू धर्मका आत्माहरू आए।
बाबा सम्झाउनुहुन्छ– यतिबेला तिमी हौ ज्ञानज्ञानेश्वरी। जगदम्बा हुन् ब्रह्माकी छोरी,
ज्ञानकी देवी। जगदम्बा ज्ञानवान् छिन्, जो अर्को जन्ममा धन लक्ष्मी बन्छिन्। अहिले
तिमीलाई बाबाले ज्ञान सिकाइरहनुभएको छ। तिमीलाई थाहा छ, हामी त्यहाँ धनवान् बन्नेछौँ।
दुनियाँमा यो कसैलाई थाहा छैन, यी लक्ष्मीनारायण कसरी धनवान् बने। लक्ष्मीनारायण
तिनै ब्रह्मा-सरस्वती हुन्। ब्रह्मा जगतपिता हुन् भने अवश्य ब्राह्मण ब्राह्मणीहरू
धेरै होलान्। तिमी ब्राह्मण ब्राह्मणीहरू कति छौ। तिमीलाई थाहा छ, हामी यस ज्ञानबाट
भविष्यमा यस्ता धनवान् बन्नेछौँ। एकदम धनकी देवी, यिनीहरूभन्दा बढी धन कसैसँग हुन
सक्दैन त्यसैले भनिन्छ– नलेज इज सोर्स अफ इनकम (ज्ञान आम्दानीको स्रोत) हो,
न्यायाधीश, वकिल आदि ज्ञानबाट बन्छन् नि। त्यसैले यो आम्दानी हो नि। कुनै कुनै
डाक्टरलाई एक एक बिमारीको उपचार गरेको लाखौँ रुपैयाँ मिल्छ। कोही राजारानी वा
राजकुमार बिरामी भए, डाक्टरले रोगबाट छुटाए भने खुसी भएर ठुला ठुला भवन बनाउनको लागि
पैसा दिन्छन्। कति आम्दानी भयो। त्यसैले पढाइबाट नै पद पाउँछन्। यो तिम्रो पढाइ पनि
हो, कामधन्दा पनि हो।
तिमी प्यारा बच्चाहरू
अब सौदा गर्न आएका छौ। कखपन (अवगुण) दिएर लाखौँ कमाउँछौ। बाबा अविनाशी सर्जन पनि
हुनुहुन्छ, सदैव स्वस्थ बन्नको लागि बाबाले योग सिकाइरहनुभएको छ। बाबा भन्नुहुन्छ–
मैले ग्यारेन्टी दिन्छु– तिमी २१ जन्मको लागि सदा स्वस्थ बन्नेछौ। त्यसैले यस्ता
सर्जनको दबाइ अर्थात् श्रीमतमा किन नचल्ने। बाबाको मत मान। मलाई याद गर। भन्छन् नि
सिमर-सिमर सुख पाओ, कलह क्लेष मिटे सब तन के। भक्तिमार्गमा कुनै झगडा र दु:ख (कलह-क्लेश)
मेटिँदैन। धेरै संन्यासीहरूलाई पनि रोगले पक्षघात भएको हुन्छ, मानौँ पागल हुन्छन्।
तिमी बच्चाहरूलाई थाहा छ, बाबाको श्रीमतमा चल्यौँ भने हामी सदा स्वस्थ बन्नेछौँ।
त्यहाँ औसत उमेर १२५-१५० वर्ष हुन्छ। यस्तो होइन द्वापरमा एकदम ३५ वर्षको हुन्छ।
होइन, पहिला १००-१२५ हुनेछ। फेरि ७०-८० को हुनेछ, अब त ३५-४० वर्षसम्म आइपुगेको छ।
सानैमा मर्छन् किनकि भोगी हुन्छन्। तिमीलाई थाहा छ– अहिले भोगीबाट योगी बनिरहेका
छौ। त्यहाँ आयु यति धेरै हुनेछ, कहिल्यै अकालमा मृत्यु हुँदैन। बाबाले स्मृति
दिलाउनुहुन्छ, तिम्रो कत्रो राज्य-भाग्य थियो। अहिले रावणले लुट्यो। त्यहाँ यी
मन्दिर आदि हुँदैनन्। तिम्रो स्लोगन पनि छ– भारतखण्डको आदि सनातन देवीदेवता धर्म
जिन्दावाद, बाँकी सबै मुर्दावाद अर्थात् अनेक धर्म विनाश। त्यहाँ केवल एउटै
भारतखण्ड थियो। एक खण्डमा मानिस पनि अवश्य थोरै होलान्। तिमीले लेख्न सक्छौ– केही
समयमा भारतवर्षको जनसङ्ख्या ९ लाख हुनेछ अरू सबै खतम हुनेछन्। अहिले एक धर्मको
स्थापना भइरहेको छ। नयाँ दैवी राज्यमा एउटै भाषा, एउटै रसमरिवाज हुनेछ। यहाँ हरेकको
रसमरिवाज आफ्नै छ। त्यहाँ एक राज्य, एक समुदाय थियो। तिमीले यस प्रकारका स्लोगन
अखबारमा पनि छाप्न सक्छौ। बाबासँग राय लिन्छन्– पैसा खर्च गरेर अखबारमा छपाऊँ? बाबा
भन्नुहुन्छ– ठीकै छ, छपाऊ। मानिसहरूलाई थाहा होस्, के भइरहेको छ। भन्छन् पनि
क्राइस्टभन्दा ३ हजार वर्ष पहिला यहाँ स्वर्ग थियो। सूर्यवंशी देवीदेवताहरूको एक
धर्म, एक समुदाय थियो। यस महाभारत लडाइँपछि स्वर्गको गेट खुलेको थियो। अखबारमा छपाऊ,
नाम बीकेको होस्। तर बीके पवित्र बनेपछि मात्र भनिन सक्छौ। बाबालाई बोलाएका छौ। अब
बाबा आउनुभएको छ त्यसैले अब बाबासँग प्रतिज्ञा गर। भक्तिमार्गमा कति हन्डर खायौ,
यज्ञ, तप, दान आदि गरेका छौ। पहिला एक शिवको भक्ति गर्थ्यौ फेरि देवताहरूको, अहिले
त व्यभिचारी बनेका छौ। अब बाबाले तिमीलाई सबै दुःखहरूबाट छुटाउनुहुन्छ। बाबाले तिमी
बच्चाहरूलाई ज्ञान दिएर मनुष्यबाट कति उच्च देवता बनाउनुहुन्छ। सत्ययुगमा तिमीसँग
सबैथोक सुनको हुनेछ। बाबाले तिमीलाई श्रीमत दिएर स्वर्गको मालिक बनाउनुहुन्छ। तिमी
फेरि श्रीमतमा किन चल्दैनौ। बाबाले मृत्युको फाँसीबाट छुटाउनुहुन्छ, गर्भजेलको
सजायहरूबाट छुटाउनुहुन्छ। तिमी स्वर्गमा गर्भ महलमा रहन्छौ। यहाँ जेल छ किनकि
मानिसहरूले पाप कर्म गर्छन्। त्यहाँ ५ विकार नै हुँदैनन् फेरि पनि राजारानी र
प्रजाको पदमा त फरक हुन्छ नि। पैसा कमाउनको लागि मानिसहरूले मेहनत त गर्छन् नि।
त्यहाँ मन्त्री हुँदैनन् किनकि तिमीले यहाँको प्रारब्ध प्राप्त गर्छौ। अब बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरू श्रीमतमा चल। म दूरदेशबाट आएको छु– पतित
शरीरमा, पतित राज्यमा। यो रावणको देश हो, यहाँ आएर तिमी बच्चाहरूलाई वर्सा दिन्छु।
यस्ता बाबाको आज्ञा नमान्ने, त्यो त कपुत ठहरियो। कहाँ विकारको पछाडि यति हैरान
हुनुपर्छ र। बाबा भन्नुहुन्छ– यी विकारले दुःख दिन्छन्। पतितहरूलाई पावन बनाउनु– यो
मेरो काम हो। कति प्यारले सम्झाउनुहुन्छ– खाऊ, पिऊ सुखी होऊ, यो याद राख हामी
शिवबाबाको समीप आएका छौँ, उहाँबाट हाम्रो पालना हुन्छ। इष्टमित्रहरू आदिको चीज लगायौ
भने उनीहरू याद आउनेछन्, पद भ्रष्ट हुनेछ। यहाँ शिवबाबाको भण्डाराबाट, पतितपावन
बाबाको यज्ञबाट पालनपोषण हुन्छ, न कि पतित घरबाट। अरू कसैले दिएको चीज भयो भने उसको
याद आउनेछ। त्यसको लागि गायन छ अन्तकाल जो स्त्री सिमरे... कति राम्रो अवस्था
हुनुपर्छ। गृहस्थ व्यवहारमा रहेर बुद्धिले बुझ्नु छ– यी सबै खतम भएका छन्। मेरो त
एक बाबा हुनुहुन्छ। तर बाबाको कहिल्यै माला जपिन्छ र? मैले तिमी बच्चाहरूलाई स्मृति
दिलाउँछु– मलाई याद गर, तिमीलाई धेरै बल मिल्नेछ, विकर्म विनाश हुनेछ, बलवान्
बन्नेछौ। यी लक्ष्मीनारायण बलवान् छन् नि। जो बलवान् हुन्छन् उनीहरूले राज्य पाउँछन्।
बाबा आफ्नो उदाहरण बताउँछन्। मैले १२ जना गुरु बनाएँ, गुरुले भने बिहान उठेर १०००
माला जप। मैले भन्थेँ कुनै अरू समय बताउनुहोस्। दिनभरि कामधन्दाले थाकिन्छ। जसरी
तिमीले पनि भन्छौ– बाबा सबेरै उठ्न सक्दिनँ। बाबा भन्नुहुन्छ– यसो नभन हामी पवित्र
रहन सक्दैनौँ, यादमा रहन सक्दैनौँ। याद गरेनौ भने कसरी विकर्म विनाश हुन्छ। तिमी
तमोप्रधानबाट सतोप्रधान अवश्य बन्नु छ। यो अन्तिम जन्म हो अवश्य पवित्र बन। बाबाको
श्रीमतमा चलेनौ भने के पद पाउनेछौ। आधाकल्पदेखि मलाई बोलायौ। अब मैले भन्छु पावन
बनेर मलाई याद गर। अरूलाई पनि बाटो बताउँदै जाऊ, सन्देश दिँदै जाऊ। बाबा भन्नुहुन्छ
मनमनाभव। मृत्यु सामुन्ने छ। तिमीलाई नै सन्देशवाहक अथवा पैगम्बर भनिन्छ। तिमी
ब्राह्मणहरू बाहेक अरू कोही सन्देशवाहक बन्न सक्दैन। पतितपावन शिवबाबा आउनुहुन्छ।
कसमा प्रवेश गर्नुहुन्छ, यो पनि लेखिएको छ। ब्रह्माद्वारा स्थापना। यो कहाँ बुझ्छन्
र। सूक्ष्मवतनमा प्रजापिता ब्रह्मा हुन्छन् र? यहाँ नै पतितबाट पावन बन्छन्।
साइलेन्स बलबाट स्थापना हुन्छ, साइन्स बलबाट विनाश। सबैले भन्छन् शान्ति कसरी मिल्छ।
तर आत्मा त शान्त स्वरूप नै हो। यहाँ आएका छौ पार्ट खेल्न, यहाँ कसरी शान्त रहन्छौ।
त्यो शान्ति शान्तिधाममा मिल्नेछ, यहाँ त दुःख मिल्छ। सत्ययुगमा सुखशान्ति दुवै
हुनेछ।
अहिले तिमी बच्चाहरूले
यहाँ सम्मुख बसेर सुन्छौ। बाबा भन्नुहुन्छ– पतित मसँग कहिल्यै नमिलुन्। नत्र लिएर
आउने ब्राह्मणीमाथि पाप चढ्नेछ। (इन्द्र सभाकी परीको उदाहरण) वास्तवमा इन्द्र सभा
यो हो। यी ज्ञान सब्ज परीहरू, पुखराज परीहरू हुन्। अनि झन् धक्का लाग्नेछ। बाबाले
सख्त मनाही गर्नुहुन्छ। कुनै पतितलाई लिएर आउनु छैन। पहिला बाबा सदैव सोध्नुहुन्थ्यो–
प्रतिज्ञा गरेका छौ! भन्थे पुरुषार्थ गरिरहेको छु। पक्का निश्चय भएपछि मात्र मिल्नु
पर्छ। बाबासँग मिलेर विकारमा गयौ भने सय गुणा दण्ड हुनेछ। बाबाले सम्झनुहुनेछ सायद
यिनको तकदिरमा छैन। बाबाले त पुरुषार्थ (तदबिर) गर्न भन्नुहुन्छ तकदिर बनाउनको लागि।
फेरि यस्ता बाबाले भनेको नमानेमा के गति होला! बाबालाई दया लाग्छ, बाबा भन्नुहुन्छ–
आफूलाई सुधार गर्दै जाऊ। यस्तो नहोस् चल्दा-चल्दै मर्नुछ। डर हुनुपर्छ, हामीले
बाबालाई याद गरेर पापहरूको बोझ उतारौँ। अच्छा!
सबैको सद्गति गर्ने
एक मात्र शिवबाबा हुनुहुन्छ, उहाँको त फोटो निकाल्न सकिँदैन उहाँलाई दिव्य
दृष्टिबाट नै देख्न सकिन्छ। बाँकी अनुभव गर्न (जान्न) सकिन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यस्तो अवस्था बनाउनु छ जसले गर्दा अन्त्यकालमा एक बाबाको याद आओस्। अरू कोही याद
नआओस्, बुद्धिमा रहोस् यो सबै विनाश हुनेवाला छ।
२) आफूले आफैलाई
सुधार गर्नु छ, यस अन्तिम जन्ममा पवित्र अवश्य बन्नु छ। डर राख्नु छ– हामीबाट कुनै
पाप कर्म नहोस्।
वरदान:–
ड्रामाको
कवचलाई अगाडि राखेर खुसीको खुराक खाने सदा शक्तिशाली भव
खुसीरूपी भोजनले
आत्मालाई शक्तिशाली बनाइदिन्छ, भन्छन् पनि– खुसीजस्तो खुराक छैन। यसको लागि ड्रामाको
कवचलाई राम्रोसँग कार्यमा लगाऊ। सदा ड्रामाको स्मृति रह्यो भने कहिल्यै निराश हुन
सक्दैनौ, खुसी गायब हुन सक्दैन किनकि यो ड्रामा कल्याणकारी छ त्यसैले अकल्याणकारी
दृश्यमा पनि कल्याण समाहित छ, यस्तो सम्झेर सदा खुसी रहनेछौ।
स्लोगन:–
परचिन्तन र
परदर्शनको धुलोबाट टाढा रहने नै सच्चा अमूल्य हिरा हुन्।
अव्यक्त इसारा:–
ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
सम्पन्नता वा
सम्पूर्णता प्राप्त गर्नको लागि देहको अभिमानबाट सम्पूर्ण समर्पण हुनु छ। देहको
अभिमान एकदमै टुटोस् अनि भनिनेछ सर्व समर्पणमय जीवन, यस्ता जो सर्व त्यागी, सर्व
समर्पण जीवन भएका आत्माहरू छन् उनीहरूको नै सम्पूर्ण अवस्था भनिन्छ र सम्पूर्ण
बनेपछि मात्र साथै जानेछन्।