05.01.25    Avyakt Bapdada     Nepali Murli    17.10.2003     Om Shanti     Madhuban


“ पूरा वर्ष – सन्तुष्टमणि बनेर सदा सन्तुष्ट रहनु र सबैलाई सन्तुष्ट पार्नु”


आज दिलाराम बापदादा आफ्ना चारैतिरका, सामुन्ने भएकाहरूलाई पनि र टाढा सो नजिक भएकाहरूलाई पनि हरेक राज दुलारे (राजकुमार), अति प्यारा बच्चाहरूलाई देखेर हर्षित भइरहनुभएको छ। हरेक बच्चा राजा हुन् त्यसैले राजदुलारे हुन्। यो परमात्म प्यार, दुलार विश्वमा धेरै कम आत्माहरूलाई प्राप्त हुन्छ। तर तिमीहरू सबै परमात्म प्यार, परमात्म दुलारका अधिकारी हौ। दुनियाँका आत्माहरूले आउनुहोस्, आउनुहोस् भन्दै पुकारिरहेका छन् तर तिमीहरू सबैले परमात्म प्यार अनुभव गरिरहेका छौ। परमात्म पालनामा पलिरहेका छौ। आफ्नो भाग्य यस्तो अनुभव गर्छौ? बापदादाले सबै बच्चाहरूलाई डबल राज्य अधिकारी देखिरहनुभएको छ। अहिलेको पनि स्वराज्य अधिकारी राजा हौ र भविष्यमा त राज्य तिमीहरूको जन्मसिद्ध अधिकार हो। त्यसैले डबल राजा हौ। सबै राजा हौ नि, प्रजा त होइनौ! राजयोगी हौ या कोही कोही प्रजायोगी पनि छौ? छौ कोही प्रजायोगी, पछाडि बस्नेहरू राजयोगी हौ? प्रजायोगी कोही छैनौ नि! पक्का? सोचेर हो हजुर भन्नु! राज्य अधिकारी अर्थात् सर्व सूक्ष्म र स्थूल कर्मेन्द्रियका अधिकारी किनकि स्वराज्य छ हैन ? कहिलेकाहीँ राजा बन्छौ कि सदा राजा रहन्छौ? मूल कुरा आफ्नो मन-बुद्धि-संस्कारका पनि अधिकारी हौ? सदा अधिकारी हौ कि कहिलेकाहीँ? स्वराज्य त सदा स्वराज्य हुन्छ कि एक दिन हुन्छ, अर्को दिन हुँदैन। राज्य त सदा हुन्छ नि? त्यसैले सदा स्वराज्य अधिकारी अर्थात् सदा मन-बुद्धि-संस्कारमाथि अधिकार। सदा अधिकार छ? सदामा हो हजुर भन्दैनौ? कहिले मनले तिमीहरूलाई चलाउँछ कि तिमीहरूले मनलाई चलाउँछौ? कहिले मन मालिक बन्छ? बन्छ हैन! सदा स्वराज्य अधिकारी सो विश्व राज्य अधिकारी।

सदा जाँच गर– जति समय र जति शक्तिले आफ्ना कर्मेन्द्रिय, मन-बुद्धि-संस्कारमाथि अहिले अधिकारी बन्छौ त्यति नै भविष्यमा राज्य अधिकार मिल्छ। यदि अहिले परमात्म पालना, परमात्म पढाइ, परमात्म श्रीमतका आधारमा यो एक सङ्गमयुगको जन्म सदा अधिकारी रहेनौ भने २१ जन्म कसरी राज्य अधिकारी बन्नेछौ? हिसाब छ नि! यस समयको स्वराज्य, स्वको राजा बनेमा नै २१ जन्मको ग्यारेन्टी छ। म को हुँ र के बन्नेछु, आफ्नो भविष्य वर्तमानको अधिकारद्वारा स्वयंले नै जान सक्छौ। सोच, तिमी विशेष आत्माहरूको अनादि आदि पर्सनालिटी र रोयल्टी कति उच्च छ! अनादि रूपमा पनि हेर जब तिमी आत्माहरू परमधाममा रहन्थ्यौ, त्यतिबेला कति चम्किरहेका आत्माहरू देखिन्थ्यौ। त्यो चमकको रोयल्टी, पर्सनालिटी कति ठुलो छ। त्यस्तो देखिन्छ? र, बाबा सँगसँगै आत्मा रूपमा पनि रहन्छौ, समीप रहन्छौ। जसरी आकाशमा कुनै कुनै ताराहरू धेरै चम्किला हुन्छन् नि! त्यसैगरी तिमी आत्माहरू पनि विशेष बाबासँगै रहन्छौ र विशेष चम्किरहेका ताराहरू हुन्छौ। परमधाममा पनि तिमी बाबाको समीप हुन्छौ र फेरि आदि सतयुगमा पनि तिमी देव आत्माहरूको पर्सनालिटी, रोयल्टी कति उच्च छ। सारा कल्पमा चक्कर लगाऊ, धर्म आत्मा, महात्मा, धर्म पिता, नेता, अभिनेता... यस्तो पर्सनालिटी कसैको छ, जस्तो तिमी देव आत्माहरूको सतयुगमा हुन्छ? आफ्नो देव स्वरूप सामु आइरहेको छ नि? आइरहेको छ कि थाहा छैन हामी बन्नेछौँ कि छैनौँ? पक्का छ नि! आफ्नो देव रूप सामु ल्याऊ र हेर, पर्सनालिटी सामु आइपुग्यो? कति रोयल्टी छ, प्रकृति पनि पर्सनालिटी भएको हुन्छ। चरा, रूख, फलफूल सबै पर्सनालिटी भएका, रोयल। अच्छा फेरि आऊ तल, अहिले आफ्नो पूज्य रूप देखेका छौ? तिमीहरूको पूजा हुन्छ! डबल फरेनरहरू पूज्य बन्नेछौ कि इन्डियाका बन्नेछन्? तिमीहरू देवीदेवता बनेका छौ? सुँड भएको होइन, पुच्छर भएको होइन। देवीहरूको पनि त्यो कालो रूप होइन, तर देवताहरूको मन्दिरमा हेर, तिमीहरूको पूज्य स्वरूपको कति रोयल्टी छ, कति पर्सनालिटी छ? मूर्ति हुनेछ ४ फिट, ५ फिटको र मन्दिर कति ठुलो बनाउँछन्। यो रोयल्टी र पर्सनालिटी हो। आजकालका चाहे प्राइम मिनिस्टर हुन्, चाहे राजा हुन् तर घाममा बिचराको बुत (पुतला) बनाएर राखिदिनेछन्, जेसुकै होस्। र, तिमीहरूको पूज्य स्वरूपको पर्सनालिटी कति ठुलो छ। राम्रो छ नि! कुमारीहरू बसिरहेका छौ नि! तिमीहरूको रोयल्टी छ नि? फेरि अन्त्यमा सङ्गमयुगमा पनि तिमीहरू सबैको रोयल्टी कति उच्च छ। ब्राह्मण जीवनको पर्सनालिटी कति ठुलो छ! डाइरेक्ट भगवानले तिमीहरूको ब्राह्मण जीवनमा पर्सनालिटी र रोयल्टी भर्नु भएको छ। ब्राह्मण जीवनको चित्रकार को हुनुहुन्छ? स्वयं बाबा। ब्राह्मण जीवनको पर्सनालिटी रोयल्टी कुनचाहिँ हो? प्युरिटी। प्युरिटी नै रोयल्टी हो। हो नि! ब्राह्मण आत्माहरू सबै जति पनि बसिरहेका छौ, प्युरिटीको रोयल्टी छ नि! हो भने शिर हल्लाऊ। पछाडिकाले हात उठाइरहेका छन्। तिमीहरू पछाडि छैनौ, सामुन्ने छौ। हेर नजर पछाडि जान्छ, अगाडि त यसरी हेर्नुपर्छ, पछाडि अटोमेटिकली जान्छ।

जाँच गर– प्युरिटीको पर्सनालिटी सदा रहन्छ? मनसा-वाचा-कर्मणा, वृत्ति, दृष्टि र कृति सबैमा प्युरिटी छ? मनसा प्युरिटी अर्थात् सदा र सर्वप्रति शुभभावना, शुभकामना। त्यो आत्मा जस्तोसुकै होस् तर प्युरिटीको रोयल्टीको मनसा हो– सर्वप्रति शुभभावना, शुभकामना, कल्याणको भावना, रहमको भावना, दातापनको भावना। अनि दृष्टिमा कि त सदा हरेकप्रति आत्मिक स्वरूप देखियोस् वा फरिस्ता रूप देखियोस्। चाहे त्यो फरिस्ता बनेको छैन, तर मेरो दृष्टिमा फरिस्ता रूप र आत्मिक रूप नै होस् र कृति अर्थात् सम्पर्क सम्बन्धमा, कर्ममा आउँदा, त्यसमा सदा नै सर्वप्रति स्नेह दिनु, सुख दिनु। चाहे अर्कोले स्नेह देओस्, नदेओस् तर मेरो कर्तव्य हो स्नेह दिएर स्नेही बनाउनु। सुख दिनु। स्लोगन छ नि– न दुःख देऊ, न दुःख लेऊ। दिनु पनि छैन, लिनु पनि छैन। दिनेहरूले तिमीहरूलाई कहिलेकाहिँ दुःख पनि दिऊन् तर तिमीहरूले उसलाई सुखको स्मृतिले हेर। गिरेकोलाई गिराइँदैन, गिरेकोलाई सदा माथि उठाइन्छ। त्यो परवश भएर दुःख दिइरहेको छ। गिर्यो नि! त्यसैले उसलाई गिराउनु छैन। अझै त्यो बिचरालाई एक लात हान, यस्तो होइन। उसलाई स्नेहले माथि उठाऊ। त्यसमा पनि फस्ट च्यारिटी बिगिन्स एट होम। पहिले त च्यारिटी बिगिन्स होम हो नि, आफ्ना सर्व साथी, सेवाका साथी, ब्राह्मण परिवारका साथी हरेकलाई माथि उठाऊ। उसले आफ्नो नराम्रो देखाए पनि तिमीहरूले उसको विशेषता देख। नम्बरवार त छन् नि! हेर, माला तिमीहरूको यादगार हो। सबै एक नम्बर त छैनन् नि! १०८ नम्बर छन् नि! नम्बरवार छन् र रहनेछन् तर मेरो कर्तव्य के हो? यो नसोच्नु अच्छा म ८ मा त छँदै छैन, १०८ मा सायद आउनेछु। १०८ मा लास्ट पनि हुन सक्छ, मेरा पनि त केही संस्कार होलान् नि, तर होइन। अरूलाई सुख दिँदा दिँदै, स्नेह दिँदा दिँदै तिमीहरूका संस्कार पनि स्नेही, सुखी बन्ने छन्। यो सेवा हो र यो सेवा फस्ट च्यारिटी बिगिन्स एट होम।

बापदादालाई आज एक कुरामा हाँसो लागिरहेको थियो, त्यो बताउँछु। हेर तिमीहरूलाई पनि हाँसो लाग्नेछ। बापदादाले त बच्चाहरूको खेल हेरिरहनुहुन्छ नि! बापदादा एक सेकेन्डमा कहिले कुन सेन्टरको टिभी खोलिदिनुहुन्छ, कहिले कुन सेन्टरको, कहिले फरेनको, कहिले इन्डियाको स्विच अन गरिदिनुहुन्छ, थाहा भइहाल्छ, के गरिरहेका छन् किनकि बापलाई बच्चाहरूसँग प्यार छ नि। बच्चाहरूले पनि भन्छन् समान बन्नु नै छ। पक्का हो नि, समान बन्नु नै छ! सोचेर हात उठाऊ। हो जसले सम्झन्छौ, मर्नु परोस्, झुक्नु परोस्, सहनु परोस्, सुन्नु परोस्, तर समान बनेर नै देखाउनेछु! तिमीहरूले हात उठाऊ। कुमारीहरूले सोचेर हात उठाउनु। यिनीहरूको फोटो निकाल। कुमारीहरू धेरै छन्। मर्नुपर्नेछ? झुक्नुपर्नेछ? पाण्डवहरूले उठाऊ। सुन्यौ, समान बन्नु छ। समान बनेनौ भने मजा आउने छैन। परमधाममा पनि समीप रहने छैनौ। पूज्यमा पनि फरक पर्नेछ, सतयुगको राज्य भाग्यमा पनि फरक पर्नेछ। ब्रह्माबाबासँग तिमीहरूको प्यार छ नि, डबल विदेशीहरूको सबैभन्दा धेरै प्यार छ। जसको ब्रह्माबाबासँग भित्री, दिलको प्यार छ तिमीहरूले हात उठाऊ। अच्छा, पक्का प्यार छ नि? अब प्रश्न सोध्नेछु, जससँग प्यार हुन्छ, प्यारको निसानी हो– जे उसलाई राम्रो लाग्छ, त्यो प्यार गर्नेलाई पनि राम्रो लाग्छ, दुवैका संस्कार, सङ्कल्प, स्वभाव मिल्छन् अनि मात्र त्यो प्यारो लाग्छ। त्यसोभए ब्रह्माबाबासँग प्यार छ भने २१ नै जन्म, पहिलो जन्मदेखि लिएर, दोस्रो तेस्रोमा आयौ भने राम्रो होइन तर फस्ट जन्मदेखि लिएर लास्ट जन्मसम्म साथै रहनेछौ, भिन्न भिन्न रूपमा साथ रहनेछौ। साथ को रहन सक्छ? जो समान हुनेछ। त्यो नम्बरवन आत्मा हो। त्यसोभए साथ कसरी रहनेछौ? नम्बरवन बन्नेछौ अनि मात्र साथ रहनेछौ। सबैमा नम्बरवन, मनसामा, वाणीमा, कर्मणामा, वृत्तिमा, दृष्टिमा, कृतिमा, सबैमा। नम्बरवन छौ कि नम्बरवार छौ? यदि प्यार छ भने प्यारका लागि जेसुकै पनि कुर्बानी गर्न गाह्रो हुँदैन। लास्ट जन्म कलियुगको अन्त्यमा पनि बडी कन्सियस प्यार भएकाहरूले ज्यान पनि कुर्बान गरिदिन्छन्। तिमीहरूले यदि ब्रह्माबाबाको प्यारमा आफ्नो संस्कार परिवर्तन गर्यौ भने के ठुलो कुरा हो! ठुलो कुरा हो र? होइन। त्यसोभए आजदेखि सबैका संस्कार चेन्ज भए! पक्का? रिपोर्ट आउनेछ, तिमीहरूका साथीहरूले लेख्नेछन्, पक्का? सुनिरहेका छौ दादीहरूले, भन्छन् संस्कार परिवर्तन भयो। कि समय लाग्नेछ? के हो? मोहिनी (न्यू योर्क) सुनाऊ, परिवर्तन गर्नेछौ नि! यी सबैले परिवर्तन गर्नेछन् नि? अमेरिकाकाले त परिवर्तन गर्छन्। हाँसोको कुरा त बाँकी नै रह्यो।

हाँसोको यो कुरा हो– सबैले भन्छन् पुरुषार्थ त धेरै गर्छौं, बापदादालाई देखेर रहम पनि आउँछ पुरुषार्थ धेरै गर्छन्, कहिलेकाहीँ मेहनत धेरै गर्छन् र भन्छन् के भने नि– के गरौँ, मेरो संस्कार यस्तै छ! संस्कारमाथि कुरा राखेर आफूलाई हलुका बनाइदिन्छन् तर बाबाले आज देख्नुभयो– यो जुन तिमीहरूले भन्छौ मेरो संस्कार हो, के तिमीहरूको यो संस्कार हो? तिमीहरू आत्मा हौ, आत्मा हौ नि! ठुलो त होइनौ नि! त्यसोभए आत्माका संस्कार के हुन्? तिमीहरूका ओरिजिनल संस्कार कुन हुन्? जसलाई आज तिमीहरूले मेरो भन्छौ त्यो मेरो हो कि रावणको हो? कसको हो? तिमीहरूको हो? होइन? त्यसोभए मेरो किन भन्छौ! भन्न त त यसरी भन्छौ नै कि मेरो संस्कार यस्तो हो? आजदेखि यो भन्नु हुँदैन, मेरो संस्कार। होइन। कहिले यताउताबाट उडेर फोहोर आइपुग्छ नि! यो रावणको चीज आइपुग्यो भने त्यसलाई मेरो कसरी भन्छौ! मेरो हो? होइन नि? त्यसोभए अब कहिल्यै नभन्नु, जब मेरो शब्द भन्छौ, त्यतिबेला याद गर म को हुँ र मेरो संस्कार के हो? बडी कन्सियसमा मेरो संस्कार हुन्छ, आत्म अभिमानीमा यो संस्कार हुँदैन। अब यो भाषा पनि परिवर्तन गर्नु छ। मेरो संस्कार भनेर अलबेला हुन्छौ। भन्छौ– भाव छैन, संस्कार हो। त्यस्तै अर्को शब्द के भन्छन्? मेरो स्वभाव। अब स्वभाव शब्द कति राम्रो छ। स्व त सदा राम्रो हुन्छ। मेरो स्वभाव, स्वको भाव राम्रो हुन्छ, नराम्रो हुँदैन। यो जुन शब्द प्रयोग गर्छौ नि, मेरो स्वभाव हो, मेरो संस्कार हो, अब यस भाषालाई चेन्ज गर, जहिलेसुकै पनि मेरो शब्द आउँदा, याद गर मेरो ओरिजिनल संस्कार के हो? यो कसले भन्छ? आत्माले भन्छ यो मेरो संस्कार हो? जब यो सोच्नेछौ नि, त्यतिबेला आफूमाथि नै हाँसो लाग्नेछ, लाग्छ नि हाँसो? हाँसो लाग्यो भने जुन गडबड (खिटखिट) पार्छौ त्यो खतम भइहाल्छ। यसलाई भनिन्छ भाषाको परिवर्तन गर्नु अर्थात् हरेक आत्माप्रति स्वमान र सम्मानमा रहनु। स्वयं पनि सदा स्वमानमा बस, अरूलाई पनि स्वमानले हेर। स्वमानले हेर्छौ नि, फेरि जेसुकै पनि कुराहरू हुन्छन्, जुन तिमीहरूलाई पनि मन पर्दैनन्, कहिल्यै पनि कोही गडबड (खिटखिट) भयो भने मन पर्छ? पर्दैन नि? त्यसैले हेर्नु नै छ एक आपसमा स्वमानले। यो विशेष आत्मा हो, यो बाबाको पालना पाएको ब्राह्मण आत्मा हो। यो कोटीमा कोही, कोहीमा पनि कोही आत्मा हो। केवल एक कुरा गर– आफ्नो नयनमा बिन्दीलाई समाहित गर, बस्। एक बिन्दीले त हेर्छौ, अर्को बिन्दीमा पनि राख्यौ भने केही पनि हुने छैन, मेहनत गर्नुपर्ने छैन। जस्तै आत्माले आत्मालाई देखिरहेको छ। आत्मा, आत्मासँग बोलिरहेको छ। आत्मिक वृत्ति, आत्मिक दृष्टि बनाऊ। बुझ्यौ– के गर्नु छ? अब मेरो संस्कार कहिल्यै नभन्नु, स्वभाव भन्दा स्वको भावमा रहनु। ठीक छ नि।

बापदादा यही चाहनुहुन्छ– यो पूरा वर्ष चाहे सिजन ६ महिना चल्छ तर पूरा वर्ष सबैलाई भेट्दा, जसलाई भेटे पनि, चाहे आपसमा, चाहे अरू आत्माहरूसँग तर जब भेट्छौ, जसलाई भेटे पनि, उसलाई सन्तुष्टताको सहयोग देऊ। स्वयं पनि सन्तुष्ट होऊ र अरूलाई पनि सन्तुष्ट पार। यस सिजनको स्वमान हो– सन्तुष्टमणि। सदा सन्तुष्टमणि। भाइ पनि मणि हुन्, मणा हुँदैन, मणि हुन्छ। एक एक आत्मा हर समय सन्तुष्टमणि हो। स्वयं सन्तुष्ट भयौ भने अरूलाई पनि सन्तुष्ट पार्नेछौ। सन्तुष्ट रहनु र सन्तुष्ट पार्नु। ठीक छ, मन पर्छ? (सबैले हात उठाए) धेरै राम्रो, बधाई छ, बधाई छ। अच्छा। जेसुकै भए पनि आफ्नो स्वमानको सिटमा एकाग्र होऊ, भट्किनु छैन, कहिले कुन सिटमा, कहिले कुन सिटमा, होइन। आफ्नो स्वमानको सिटमा एकाग्र होऊ। एकाग्र सिटमा सेट भएर यदि कुनै पनि कुरा आयो भने एक कार्टुन शो जसरी हेर, कार्टुन हेर्न राम्रो लाग्छ नि, त्यसैले यो समस्या होइन, कार्टुन सो चलिरहेको छ। कुनै सिह आउँछ, कुनै बाख्रो आउँछ, कुनै बिच्छी आउँछ, कुनै छेपारो आउँछ फोहोरी– सबै कार्टुन सो हो। आफ्नो सिटबाट अपसेट नहोऊ। मजा आउनेछ। अच्छा!

चारैतिरका राज दुलारे बच्चाहरूलाई, सर्व स्नेही, सहयोगी, समान बन्ने बच्चाहरूलाई, सदा आफ्नो श्रेष्ठ स्वभाव र संस्कारलाई स्वरूपमा इमर्ज गर्ने बच्चाहरूलाई, सदा सुख दिने, सर्वलाई स्नेह दिने बच्चाहरूलाई, सदा सन्तुष्टमणि बनेर सन्तुष्टताका किरणहरू फैलाउने बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
शुभचिन्तन र शुभचिन्तक स्थितिको अनुभवद्वारा ब्रह्माबाबा समान मास्टर दाता भव

ब्रह्माबाबा समान मास्टर दाता बन्नका लागि ईर्ष्या, घृणा र क्रिटिसाइज– यी तीन कुराहरूबाट मुक्त रहेर सर्वप्रति शुभचिन्तक बन र शुभचिन्तन स्थितिको अनुभव गर किनकि जसमा ईर्ष्याको अग्नि हुन्छ ती स्वयं जल्छन्, अरूलाई परेसान गर्छन्, घृणा भएकाहरू आफू पनि गिर्छन् अरूलाई पनि गिराउँछन् र हाँसोमा पनि क्रिटिसाइज गर्नेहरूले, आत्मालाई हिम्मतहीन बनाएर दुःखी बनाउँछन् त्यसैले यी तीनै कुराहरूबाट मुक्त रहेर शुभचिन्तक स्थितिको अनुभवद्वारा दाताका बच्चा मास्टर दाता बन।

स्लोगन:–
मन-बुद्धि र संस्कारहरूमाथि सम्पूर्ण राज्य गर्ने स्वराज्य अधिकारी बन।