05.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– खुसी जस्तो खुराक छैन , तिमी हिँड्दा-डुल्दा , पैदल जाँदा खुसीले बाबालाई याद गर्यौ भने पावन बन्छौ।”

प्रश्न:–
कुनै पनि विकर्म नबनोस्, यसको युक्ति के हो?

उत्तर:–
विकर्महरूबाट बच्ने साधन हो श्रीमत। बाबाको जुन पहिलो श्रीमत छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर, यस श्रीमतमा चल्यौ भने तिमी विकर्माजित बन्छौ।

ओम् शान्ति ।
रुहानी बच्चाहरू यहाँ पनि बसेका छन् र सबै सेन्टसहरूमा पनि छन्। सबै बच्चाहरूले जानेका छन्– अहिले रुहानी बाबा आउनुभएको छ, उहाँले हामीलाई यस पुरानो फोहोरी पतित दुनियाँबाट फेरि घर लैजानुहुन्छ। बाबा आउनुभएको छ नै पावन बनाउन र उहाँले आत्माहरूसँग नै कुरा गर्नुहुन्छ। आत्माले नै कानद्वारा सुन्छ किनकि बाबाको त आफ्नो शरीर छैन। त्यसैले बाबा भन्नुहुन्छ– मैले शरीरको आधारले आफ्नो परिचय दिन्छु। म साधारण तनमा आएर तिमी बच्चाहरूलाई पावन बनाउने युक्ति बताउँछु। त्यो पनि हर कल्प आएर तिमीलाई यो युक्ति बताउँछु। यस रावण राज्यमा तिमी कति दु:खी बनेका छौ। तिमी रावण राज्य, शोक वाटिकामा छौ। कलियुगलाई भनिन्छ नै दु:खधाम। सुखधाम हो श्रीकृष्णपुरी, स्वर्ग। त्यो त अहिले छैन। बच्चाहरूले राम्रोसँग जानेका छौ– अहिले बाबा आउनुभएको छ हामीलाई पढाउन।

बाबा भन्नुहुन्छ– तिमीले घरमा पनि स्कुल बनाउन सक्छौ। पावन बन्नु र बनाउनु छ। तिमी पावन बन्यौ भने फेरि दुनियाँ पनि पावन बन्छ। अहिले त यो भ्रष्टाचारी पतित दुनियाँ हो। अहिले छ रावणको राजधानी। यी कुरा जसले राम्रोसँग बुझ्छन् उनीहरूले फेरि अरूलाई पनि सम्झाउँछन्। बाबाले त यति मात्र भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झेर म पितालाई याद गर, अरूलाई पनि यसरी सम्झाऊ। बाबा आउनुभएको छ, भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी पावन बन्छौ। कुनै पनि आसुरी विकर्म नगर। मायाले तिमीबाट फोहोरी कर्म गराउँछ त्यो कर्म अवश्य विकर्म बन्छ। पहिलो नम्बरमा जुन भन्छन् ईश्वर सर्वव्यापी हुनुहुन्छ, यो पनि मायाले भन्न लगायो नि। मायाले तिमीबाट हरेक कुरामा विकर्म नै गराउँछ। कर्म-अकर्म-विकर्मको रहस्य पनि सम्झाउनुभएको छ। श्रीमतमा आधाकल्प तिमीले सुख भोग्छौ, आधाकल्प फेरि रावणको मतमा दु:ख भोग्छौ। यस रावण राज्यमा तिमीले जुन भक्ति गर्छौ, त्यसबाट तलै झर्दै गयौ। तिमीले यी कुरालाई जान्दैनथ्यौ, एकदमै पत्थरबुद्धि थियौ। पत्थरबुद्धि र पारसबुद्धिको गायन छ नि। भक्ति मार्गमा भन्छन् पनि– हे ईश्वर, यिनीहरूलाई राम्रो बुद्धि दिनुहोस् जसले गर्दा यो लडाइँ आदि बन्द हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– बाबाले अहिले धेरै राम्रो बुद्धि दिइरहनुभएको छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिम्रो आत्मा जुन पतित बनेको छ, त्यसलाई यादको यात्राले पावन बनाउनु छ। चाहे घुम, फिर, बाबाको यादमा तिमी जति पैदल चले पनि तिमीले शरीर पनि भुल्छौ। गायन पनि छ– खुसी जस्तो खुराक छैन। मनुष्यहरू धन कमाउनको लागि कति टाढा टाढा पनि खुसीले जान्छन्। यहाँ तिमी कति धनवान, सम्पत्तिवान बन्छौ। बाबा भन्नुहुन्छ– म कल्प कल्प आएर तिमी आत्माहरूलाई आफ्नो परिचय दिन्छु। यस समयमा सबै पतित छन्, त्यसैले बोलाइरहन्छन्– पावन बनाउनको लागि आउनुहोस्। आत्माले नै बाबालाई बोलाउँछ। रावण राज्यमा, शोक वाटिकामा सबै दु:खी छन्। रावण राज्य सारा दुनियाँमा छ। यस समयमा छ नै तमोप्रधान सृष्टि। सतोप्रधान देवताहरूका चित्र यहीँ छन्। गायन पनि उनीहरूको छ। शान्तिधाम, सुखधाम जानको लागि मनुष्यहरूले कति मेहनत गर्छन्। भगवान कसरी आएर भक्तिको फल दिनुहुन्छ– यो कहाँ कसले जानेका छन् र। तिमीले अहिले बुझ्छौ– हामीलाई भगवानबाट फल मिलिरहेको छ। भक्तिका दुई फल छन्– एक मुक्ति, अर्को जीवनमुक्ति। यो बुझ्नुपर्ने धेरै सूक्ष्म कुरा हो। जसले सुरुदेखि धेरै भक्ति गरेको हुन्छ, उसले राम्रोसँग ज्ञान लिन्छ अनि फल पनि राम्रो पाउँछ। भक्ति कम रहेछ भने ज्ञान पनि कम लिन्छन्, फल पनि कम पाउने छन्। हिसाब हो नि। नम्बरवार पद छ नि। बाबा भन्नुहुन्छ– मेरो बनेर विकारमा गिर्यो अर्थात् मलाई छोड्यो भने एकदम तल झर्नेछ। कोही त गिरेर फेरि उठ्छन्। कोही त पुरै नालीमा गिर्छन्, बुद्धि कत्ति पनि सुध्रिँदैन। कसैको भित्र मन खान्छ, दु:ख हुन्छ– हामीले भगवानसँग प्रतिज्ञा गर्यौं र फेरि उहाँलाई धोका दियौं, विकारमा गिर्यौं। बाबाको हात छोड्यौं, मायाको बन्यौं। उनीहरूले फेरि वायुमण्डल नै बिगारिदिन्छन्, श्रापित हुन पुग्छन्। बाबासँग धर्मराज पनि छन् नि। त्यस समयमा थाहा हुँदैन– हामीले के गर्दैछौं, पछि पश्चाताप हुन्छ। यस्तो धेरै हुन्छ, कसैको हत्या आदि गरे भने जेलमा जानुपर्छ, फेरि अनाहकमा उसलाई मारें, यो पश्चाताप हुन्छ। रिसमा आएर धेरैले मार्छन्। अखबारमा धेरै समाचार आउँछन्। तिमीहरूले त अखबार पढ्दैनौ। दुनियाँमा के के भइरहेको छ, तिमीलाई थाहा हुँदैन। दिनप्रतिदिन हालत खराब हुँदै जान्छ। सिँढी तल झर्नु नै छ। तिमीले यस ड्रामाको रहस्यलाई जानेका छौ। बुद्धिमा छ– हामीले बाबालाई नै याद गरौं। कुनै पनि यस्तो फोहोरी कर्तव्य नगरौं जसले रजिस्टर बिग्रिन्छ। बाबा भन्नुहुन्छ– म तिम्रो टिचर हुँ नि। टिचरसँग स्टुडेन्टको पढाइको र चालचलनको रिकर्ड हुन्छ नि। कसैको चालचलन धेरै राम्रो, कसैको सामान्य, कसैको एकदमै नराम्रो। नम्बरवार हुन्छन् नि। यहाँ पनि सुप्रिम पिताले कति उच्च पढाइ पढाउनुहुन्छ। उहाँले पनि हरेकको चालचलनलाई जान्नुहुन्छ। तिमी स्वयंले पनि जान्न सक्छौ– मेरो यो बानी छ, यसकारणले म फेल हुन्छु। बाबाले हरेक कुरा स्पष्ट गरेर सम्झाउनुहुन्छ। पूरा पढाइ पढेनौ, कसैलाई दु:ख दियौ भने दु:खी भएर मर्छौ। पद पनि भ्रष्ट हुन्छ। सजाय पनि धेरै खान्छौ।

मीठे बच्चे, आफ्नो र अरूको तकदिर बनाउनको लागि रहमदिलको संस्कार धारण गर। बाबा रहमदिल हुनुहुन्छ त्यसैले टिचर बनेर पढाउनुहुन्छ। कुनै बच्चाहरूले राम्रोसँग पढ्छन् र पढाउँछन्, यसमा रहमदिल बन्नुपर्छ। टिचर रहमदिल हुनुहुन्छ नि। कसरी तिमीले राम्रो पोजीसन पाउनसक्छौ, कमाइको यो मार्ग बताउनुहुन्छ। त्यस पढाइमा त अनेक प्रकारका टिचरहरू हुन्छन्। यहाँ त एउटै टिचर हुनुहुन्छ। पढाइ पनि एउटै छ मनुष्यबाट देवता बन्ने। यसमा मुख्य छ पवित्रताको कुरा। पवित्रता नै सबैले माग्छन्। बाबाले त मार्ग बताइरहनुभएको छ तर कसैको तकदिरमा नै छैन भने के तदबिर (पुरुषार्थ) गर्न सक्छन्! उच्च अङ्क पाउनु नै छैन भने टिचरले के पुरुषार्थ गराउने! उहाँ बेहदको टिचर हुनुहुन्छ नि। बाबा भन्नुहुन्छ– अरू कसैले तिमीलाई सृष्टिको आदि, मध्य, अन्त्यको इतिहास भूगोल सम्झाउन सक्दैन। तिमीलाई बेहदको कुरा सम्झाइन्छ। तिम्रो छ बेहदको वैराग्य। यो पनि तिमीलाई सिकाइन्छ जबकि पतित दुनियाँको विनाश, पावन दुनियाँको स्थापना हुनु छ। संन्यासीहरू त हुन् निवृत्ति मार्गका, वास्तवमा उनीहरू त जङ्गलमा बस्नुपर्छ। पहिला सुरुमा ऋषिमुनि आदि सबै जङ्गलमा बस्थे, उनमा सतोप्रधान तागत थियो त्यसैले मनुष्यहरूलाई आकर्षित गर्थे। कहीँ कहीँ उनीहरूलाई कुटीहरूमा पनि भोजन लगेर पुर्याउँथे। संन्यासीहरूको कहिल्यै मन्दिर बनाउँदैनन्। मन्दिर सदैव देवताहरूको बनाउँछन्। तिमीले कुनै भक्ति गर्दैनौ। तिमी योगमा रहन्छौ। उनीहरूको त ज्ञान नै हो ब्रह्मतत्त्वलाई याद गर्ने। ब्रह्ममा लीन हुनसकौं। तर बाबा सिवाय त्यहाँ अरू कसैले त लैजान सक्दैन। बाबा आउनुहुन्छ नै सङ्गमयुगमा। आएर देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ। बाँकी सबै आत्माहरू फर्केर जान्छन् किनकि तिम्रो लागि नयाँ दुनियाँ चाहियो नि। पुरानो दुनियाँको कोही पनि रहनेछैन। तिमी सारा विश्वको मालिक बन्छौ। यो त तिमीलाई थाहा छ– हाम्रो राज्य भएको बेलामा सारा विश्वमा हामी नै थियौं, अर्को कुनै खण्ड थिएन। त्यहाँ त जमीन धेरै हुन्छ। यहाँ जमीन कति छ फेरि पनि समुद्रलाई सुकाएर जमीन बनाइरहन्छन् किनकि मनुष्यहरू बढ्दै जान्छन्। यो जमीन सुकाउने आदि कार्य बेलायतीहरूसँग सिकेका हुन्। मुम्बई पहिला के थियो फेरि पनि रहनेछैन। बाबा त अनुभवी छन् नि। मानौं, भूकम्प गयो वा मुसलधार बर्षा भयो भने फेरि के गर्नेछन्! बाहिर निस्कन त सक्दैनन्। प्राकृतिक प्रकोप त धेरै आउँछ। नत्र यत्रो विनाश कसरी हुन्छ। सत्ययुगमा त केवल थोरै मात्रै हुन्छन्। आज के छ, भोलि के हुन्छ। यो सबै तिमी बच्चाहरूले नै जानेका छौ। यो ज्ञान अरू कसैले दिनसक्दैन। बाबा भन्नुहुन्छ– तिमी पतित बनेका छौ त्यसैले मलाई बोलाउँछौ आएर पावन बनाउनुहोस्। उहाँ अवश्य आउनुहुन्छ तब त पावन दुनियाँ स्थापना हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– बाबा आउनुभएको छ। युक्ति कति राम्रो बताउनुहुन्छ। भगवानुवाच– मनमनाभव। देहसहित देहका सबै सम्बन्धहरूलाई तोडेर म एकलाई याद गर। यसमा नै मेहनत छ। ज्ञान त धेरै सहज छ। सानो बच्चाले पनि तुरुन्तै याद गर्न सक्छ। बाँकी आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्न, त्यो असम्भव छ। ठुला व्यक्तिको बुद्धिमा त टिक्दैन भने सानाले कसरी याद गर्नसक्छन्? भन्न त शिवबाबा शिवबाबा पनि भन्छन् तर हुन्छन् त बेसमझ नै। हामी पनि बिन्दु हौं, बाबा पनि बिन्दु हुनुहुन्छ, यो स्मृतिमा आउन मुस्किल हुन्छ। यही यथार्थ रीतिले याद गर्नु छ। ठुलो चिज त हुनुहुन्न। बाबा भन्नुहुन्छ– यथार्थ रूपमा म बिन्दु हुँ। त्यसैले म जो हुँ, जस्तो छु त्यो याद गर्न– यसमा धेरै मेहनत छ।

उनीहरूले त भनिदिन्छन्– परमात्मा ब्रह्मतत्त्व हुनुहुन्छ र हामी भन्छौं उहाँ एकदम बिन्दु हुनुहुन्छ। रातदिनको फरक छ नि। ब्रह्मतत्त्व जहाँ हामी आत्माहरू रहन्छौं, त्यसलाई परमात्मा भनिदिन्छन्। बुद्धिमा रहनुपर्छ– म आत्मा हुँ, बाबाको बच्चा हुँ, यी कानद्वारा सुन्छु। बाबाले यस मुखद्वारा सुनाउनुहुन्छ– म परम आत्मा हुँ, परभन्दा पर निवास गर्छु। तिमी पनि परभन्दा पर रहन्छौ तर जन्ममरणमा आउँछौ, म आउदिनँ। तिमीले अहिले आफ्नो ८४ जन्मलाई पनि बुझेका छौ। बाबाको पार्टलाई पनि बुझेका छौ। आत्मा कुनै सानोठुलो हुँदैन। तर उहाँलाई परम आत्मा भनिन्छ। उहाँ ज्ञानका सागर हुनुहुन्छ, आएर तिमीलाई सम्झाउनुहुन्छ। यस समयमा तिमीले जुन पढिरहेका छौ कल्प पहिला पनि पढेका थियौ, जसबाट तिमी देवता बनेका थियौ। तिमीहरूमा सबैभन्दा खोटो भाग्य उनीहरूको हो जो पतित बनेर आफ्नो बुद्धिलाई मलिन बनाउँछन् किनकि उनीहरूमा धारणा हुनसक्दैन। भित्र मन खाइरहन्छ। पवित्र बन भनेर अरूलाई भन्न सक्दैनन्। भित्र सम्झिन्छन्– पावन बन्दाबन्दै मैले हार खाएँ गरेको कमाइ सारा खतम भयो। फेरि धेरै समय लाग्छ। एउटै चोटले जोडसँग घायल पारिदिन्छ, रजिस्टर बिग्रिन जान्छ। बाबा भन्नुहुन्छ– तिमीले मायासँग हार्यौ, तिम्रो तकदिर खोटो छ। मायाजित जगतजित बन्नु छ। जगतजित महाराजा-महारानीलाई मात्रै भनिन्छ। प्रजालाई कहाँ भनिन्छ र। अहिले दैवी स्वर्गको स्थापना भइरहेको छ। आफ्नो लागि जसले गर्छ उसले पाउँछ। जति पावन बनेर अरूलाई बनाउँछौ, धेरै दान गर्नेलाई फल पनि त मिल्छ नि। दान गर्नेको नाम पनि हुन्छ। अर्को जन्ममा अल्पकालको सुख पाउँछन्। यहाँ त २१ जन्मको कुरा छ। पावन दुनियाँको मालिक बन्नु छ। जो पावन बनेका थिए उनीहरू नै बन्छन्। चल्दाचल्दै मायाले थप्पड मारेर एकदम गिराइदिन्छ। माया पनि कम दुष्ट छैन। ८-१० वर्ष पवित्र रह्यो, पवित्रताको लागि झगडा गर्यो, अरूलाई गिर्नबाट बचायो र फेरि स्वयं गिर्यो। तकदिर भनिन्छ नि। बाबाको बनेर फेरि मायाका बन्छन् भने दुस्मन भयो नि। खुदा दोस्तको पनि एउटा कहानी छ नि। बाबा आउनुभएर बच्चाहरूलाई प्यार गर्नुहुन्छ, साक्षात्कार गराउनुहुन्छ, कुनै भक्ति नै नगरे पनि साक्षात्कार हुन्छ। अर्थात् दोस्त बनाउनुभयो नि। कति साक्षात्कार हुन्थ्यो फेरि जादु सम्झेर हङ्गामा गर्न लागे। त्यसैले बन्द गराइ दिनुभयो फेरि पछि तिमीले धेरै साक्षात्कार गर्दै जान्छौ। पहिला कति मजा हुन्थ्यो। त्यो देख्दादेख्दै पनि कति गए। भट्ठीबाट कुनै इँट पाकेर निस्कियो, कुनै केही काँचै रहन गयो। कोही त एकदम फुट्यो। कति गए। अहिले उनीहरू लखपति, करोडपति बनेका छन्। सम्झन्छन्– हामी त स्वर्गमा बसेका छौं। अब स्वर्ग यहाँ कसरी हुनसक्छ। स्वर्ग त हुन्छ नै नयाँ दुनियाँमा। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आफ्नो तकदिर उच्च बनाउनको लागि रहमदिल बनेर पढ्नु र पढाउनु छ। कहिल्यै पनि कुनै स्वभावको बश भएर आफ्नो रजिष्टर बिगार्नु छैन।

२) मनुष्यबाट देवता बन्नको लागि मुख्य हो पवित्रता, त्यसैले कहिल्यै पनि पतित बनेर आफ्नो बुद्धिलाई अस्वच्छ बनाउनु छैन। यस्तो कर्म नहोस् जसले भित्र दिल खाइरहोस्, पश्चाताप गर्नु परोस्।

वरदान:–
बीजरूप स्थितिद्वारा सारा विश्वलाई लाइटको पानी दिने विश्व कल्याणकारी भव

बीजरूप स्टेज सबैभन्दा पावरफुल स्टेज हो, यही स्टेजले लाइट हाउसको कार्य गर्छ, यसबाट सारा विश्वमा लाइट फैलाउने निमित्त बन्छौ। जसरी बीजद्वारा स्वत: नै सारा वृक्षलाई पानी मिल्छ त्यसैगरी जब बीजरूप स्टेजमा स्थित रहन्छौ तब विश्वलाई लाइटको पानी मिल्छ। तर सारा विश्वसम्म आफ्नो लाइट फैलाउनको लागि विश्व कल्याणकारीको पावरफुल स्टेज चाहिन्छ। यसको लागि लाइट हाउस बन न कि बल्ब। हर सङ्कल्पमा स्मृति रहोस्– सारा विश्वको कल्याण होस्।

स्लोगन:–
एडजस्ट हुने शक्तिले नाजुक समयमा (पास विथ अनर बनाइदिन्छ।