05.04.26    Avyakt Bapdada     Nepali Murli    15.11.2009     Om Shanti     Madhuban


स्वराज्यको रिजल्ट चेक गरेर स्वयंलाई परिवर्तन गर र अखण्ड राज्यको अधिकारी बन


आज दिलाराम बाबा आफ्ना राजदुलारे बच्चाहरूसँग मिल्न आउनुभएको छ। दुलारे किन हुन्? तिमीलाई थाहा छ, तिमी हरेक बच्चा तीन तख्तका मालिक हौ? एक स्वराज्यको तख्त, दोस्रो हो बापदादाको दिलको तख्त र तेस्रो हो भविष्यको तख्त। तीनै तख्तका अधिकारी हौ। आफ्नो भविष्य तख्तको पनि यहाँ नै अभ्यास गरिरहेका छौ। भविष्यको तयारी वा पुरुषार्थ अहिले नै गरिरहेका छौ। अहिलेको पुरुषार्थले अनेक जन्मको राज्य भाग्य दिलाउने छ। यस समयमा नै आफ्नो राज्य भाग्यको संस्कार धारण गरिरहेका छौ किनकि अहिलेको पुरुषार्थले भविष्यको राज्यको अधिकारी बनाउँछ। त्यसैले चेक गर, यस समयमा आफ्नो पुरुषार्थ यथार्थ छ? जसरी भविष्यमा एक राज्य हुन्छ भने अहिले चेक गर, हाम्रो मनमा एक राज्य चल्छ? पुरुषार्थमा एक राज्य छ? वा मायाले राज्यमा विघ्न पार्छ? एक राज्यको सट्टा मायाको प्रभाव त पर्दैन? दुई राज्य त हुँदैनन्? भविष्यको विशेषता हो नै एक राज्यको। अहिलेको अभ्यास भविष्यमा चल्छ। त्यसैले चेक गर, अहिले स्वराज्य छ? स्वराज्यमा कहीँ मायाले दखल त गर्दैन? दुई राज्य त छैनन्? यदि दुई राज्य चल्छन् भने एक राज्यको संस्कार कहिले भर्नेछौ? भविष्यको विशेषता हो नै एक राज्य र एक धर्म। धर्म कुन हो? तिम्रो विशेष धारणा कुन हो? सम्पूर्ण पवित्रता। त्यसैले चेक गर, एक धर्म छ? बीचमा अर्को धर्म अपवित्रताले दखल त दिँदैन? साथै यो पनि चेक गर, कानुन र व्यवस्था एकको छ वा मायाले पनि बीचमा दखल गर्छ? एकको राज्य निर्विघ्न चल्छ? अर्को कुरा– राज्यमा सदा स्वाभाविक सुख र शान्ति रहन्छ। त्यसैले अहिले हेर आफ्नो राज्यमा सदा सुखशान्ति छ? कुनै दखल त हुँदैन? स्वराज्यमा मायाले आफूले दखल गरेर अशान्ति त फैलाउँदैन? स्वराज्यमा मायाले कुनै सुविधा (साल्भेसन), कुनै प्रशंसाको प्रभाव त पार्दैन? सदा सुख, शान्ति, आनन्द, प्रेम, अतीन्द्रिय सुख कायम रहन्छ? किनकि तिमीलाई थाहा छ, भविष्य राज्यमा सर्व प्राप्ति हुन्छन्, सम्पन्नता हुन्छ, यस कारण सन्तुष्टता पनि हुन्छ। त्यसैले अहिले पनि स्वराज्य सम्पन्न रहन्छौ कि कुनै कमी रहन्छ? किनकि अहिलेको पुरुषार्थमा कमी रह्यो भने भविष्य अखण्ड राज्यको अधिकारी कसरी बन्नेछौ! सारा कुरा अहिलेको पुरुषार्थमा आधारित छ। अहिलेको कुनै पनि कमीले भविष्यको सम्पूर्ण राज्यको अधिकारी बन्न सक्दैनौ। धेरैकालको यो स्वराज्यको अभ्यासले भविष्य राज्यको अधिकारी बनाउँछ। त्यसैले आफ्नो यो चेकिङ सदा रहोस् किनकि अहिले यदि धेरैकालको पुरुषार्थ भएन भने प्रारब्ध पनि कम मिल्छ त्यसैले बापदादाले समय-समयमा यो अटेन्सन खिचाइरहनुभएको छ, यसको लागि अहिले आफूलाई सम्पन्न र सम्पूर्ण बनाऊ। यदि अहिले बीच बीचमा भनिदिन्छौ, पुरुषार्थ चलिरहेको छ तर पुरुषार्थको बीचमा ‘त-त’ त आउँदैन! यो त भइहाल्छ नि, यो त गरिहाल्छौँ नि, यो संस्कारले अविनाशी २१ जन्मको, अखण्ड राज्यको अधिकारी बनाउँदैन।

बापदादाले सदाको लागि अटेन्सन गराइरहनुभएको छ, चेक गर, यदि कुनै पनि विघ्न आयो, तुफान आयो भने तुफान तोहफा (उपहार) बन्छ? तुफान, तुफान होइन तर तोहफा बनोस्। कुनै पनि मायाको आक्रमण भयो, मायाले अनुभव गरायो भने त्यो अनुभव पनि यस्तो अनुभव होस्, हामीलाई यो अनुभवको सिँढीले अगाडि बढाउँछ। यसको लागि बापदादा भन्नुहुन्छ सदा आफ्नो चार्ट आफैँ चेक गर। जति आफ्नो चार्ट चेक गर्छौ त्यति नै चेक गरेर परिवर्तन गर्नेछौ। त्यसैले हरेकले आफ्नो चार्टलाई चेक गर्छौ? गर्छौ? जसले दिनहुँ चेक गर्छौ तिमीहरूले हात उठाऊ। जसले दिनहुँ गर्छौ, कहिलेकाहीँ होइन? दिनहुँ चार्ट चेक गर र परिवर्तन गर किनकि समयको इसारा बापदादाले धेरै समयदेखि दिनुभएको छ। समयलाई हेरिरहेका पनि छौ, मानिसहरूको मनमा चिन्ता बढिरहेको छ र तिम्रो मनमा चिन्ता छैन तर प्रभु चिन्तन छ। प्रभु चिन्तन भएको कारण तिमीलाई सदा थाहा छ, हामी निमित्त हौँ, निर्माण हौँ किनकि गराउनेवाला बाबा हुनुहुन्छ। यस कारण तिम्रो मनमा चिन्ता छैन, गराउनेवालाले गराइरहनुभएको छ, यो स्मृतिले सदा अगाडि बढाइरहेको छ।

अहिले विशेष हरेकले यो चेक गर्नुछ, यस सङ्गमयुगको एक एक सेकेन्ड समय र सङ्कल्प शुभ चल्छ? यस समयको महत्त्वलाई जानेर एक सेकेन्ड, सेकेन्ड होइन तर एक सेकेन्डको भ्यालु छ, महत्त्व छ। कहिलेकाहीँ बच्चाहरूले भन्छन्, सङ्कल्प चल्यो तर दुई चार सेकेन्ड चल्यो। तर सङ्गममा समयको भ्यालु छ, अहिलेको एक सेकेन्ड एक घण्टा बराबर छ। यस समयको भ्यालु यति धेरै छ किनकि बापदादाले भनिदिनुभएको छ, अचानक कुनै पनि समयमा तिम्रो फाइनल पेपर हुनेछ। बापदादाले पनि बताउनुहुन्न त्यसैले यस समयको अटेन्सन स्वयंलाई सम्पूर्ण र सम्पन्न बनाउनु हो। बापदादाले जुन सर्व खजानाहरू दिनुभएको छ ती एक एक खजानालाई समयमा कार्यमा लगाउनुछ। तिमीहरू खजानाका मालिक हौ, मालिकको विशेषता यो हो, जुन समय जुन खजानाको आवश्यकता छ त्यस समयमा त्यो खजाना कार्यमा लगाउँछ। तिमीले अर्डर गर्छौ समाहित गर्ने शक्तिलाई त्यतिबेला समाहित गर्ने शक्ति काम लाग्छ? किनकि मालिक उसलाई भनिन्छ जसले समयमा आफ्ना खजानाहरू कार्यमा लगाउन सक्छ। त्यसैले अहिले सबैले स्वमाथि यति अटेन्सन दिनुछ। सबै भित्र खुसीको खजाना सदैव अनुहार र चालचलनमा देखियोस्। खुसी अविनाशी बाबाको देन हो। त्यसैले अविनाशी बाबाको देनलाई अविनाशी राख। खुसीको लागि भनिन्छ– खुसीजस्तो कुनै खुराक छैन, खुसीजस्तो कुनै खजाना छैन। त्यसैले जो भित्र सदा खुसी छन् उनीहरूको नयनबाट, अनुहारबाट, चालचलनबाट स्वतः त्यो खुसी देखिन्छ। बापदादाको वरदान छ– सदा खुसी होऊ र सदा खुसी बाँड किनकि खुसी बाँडेमा खुसी बढ्छ र अरू कुनै पनि खजाना बाँड्दा घट्छ तर खुसीको खजाना जति बाँड्छौ त्यति बढ्छ। त्यसैले चेक गर खुसीको खजाना सदा कायम रहन्छ?

अहिले सबै बच्चाहरूलाई चाहे देशका, चाहे विदेशका सबै बच्चाहरूलाई बापदादाले एक कुराको विशेष बधाई दिइरहनुभएको छ। कुन कुरा? जुन सबैले चाहे देशमा, चाहे विदेशमा आफ्नो उमङ्ग-उत्साहले आत्माहरूलाई बाबाको सन्देश दियौ। सबैले आफ्नो खुसीले जुन कार्य गरेका छौ त्यस कार्यमा कार्यक्रम एउटा गर्छौ, हरेक ठाउँमा एउटा कार्यक्रम गर्छौ तर त्यसको फल हजार गुणा प्राप्त गर्छौ। बापदादालाई यही सङ्कल्प छ, अहिलेको समय अनुसार जुन परिस्थितिहरू छन् ती पछि पछि गएर नाजुक हुँदै जानेछन् त्यसैले चाहे गाउँ होस्, चाहे कुनै पनि कुना होस्, यस्तो गुनासो नरहोस्– हाम्रो बाबा आउनुभयो र हामीलाई तिमीले सन्देश दिएनौ त्यसैले सबैले जुन उमङ्ग-उत्साहले कार्य गरेका छौ, बापदादा त्यसमा खुसी हुनुहुन्छ र त्यसैगरी आपसमा मिलेर यस्ता कार्यक्रम बनाइरहनुछ। बापदादाले देख्नुभयो, सबैले उमङ्ग-उत्साह र हिम्मत आआफ्नो विधिले कार्यमा लगाएका छौ तर अहिले त सबैले धेरै राम्रो गरेका छौ, पछि पनि समय अनुसार यो लक्ष्य राख, कुनै पनि कुना सन्देशबिना नरहोस्। यसमा आफ्नो पनि पुरुषार्थ राम्रो चल्छ र आत्माहरूको पनि कल्याण हुन्छ। सबैलाई यो कार्यक्रम राम्रो लाग्यो नि! राम्रो लाग्यो! त्यसैले बापदादाले सबै बच्चाहरूलाई यही बारम्बार भन्नुहुन्छ, आत्माहरूप्रति दयालु बन। आजकाल दुःख अशान्तिको कारण सबैले दिलबाट भन्छन् दया गर्नुहोस्, दया गर्नुहोस्! तिमी बच्चाहरू बाबाका साथी हौ, त्यसैले बाबाले बच्चाहरूद्वारा अहिले हरेक बच्चाको दयालुको पार्ट हेर्न चाहनुहुन्छ। तिम्रो उमङ्ग छ, दुःखमय संसार परिवर्तन भएर सुखमय संसार आउनु नै छ। त्यसैले सुखमय संसार आउनको लागि यो दुःख अशान्तिको विनाश हुनको लागि स्थितिहरू परिवर्तन भइरहेका छन्। त्यसैले बाबाको आजको यही सन्देश याद राख, अब चाहे मनसा, चाहे वाचा, चाहे अनुहार र चालचलनबाट सेवाको गति बढाउँदै जाऊ। आफ्नो राज्य समीप ल्याउँदै जाऊ। अच्छा।

यस पटक जो पहिलो पटक बापदादालाई भेट्न आएका छौ, तिमीहरूले हात उठाऊ। अच्छा धेरै छन्। सबै उठ। बधाई छ। तैपनि समाप्तिभन्दा पहिला पुगेका छौ। नयाँ जन्म लियौ, यसको लागि सबैको तर्फबाट आज आउने बच्चाहरूलाई बापदादा र चारैतर्फका बच्चाहरूद्वारा बधाई छ, बधाई छ। ब्राह्मण परिवारलाई देखेर खुसी हुन्छ नि! तर जो अहिले आएका छौ तिमीहरूलाई बापदादा यही भन्नुहुन्छ, अहिले धेरै समय बित्यो, धेरै थोरै रह्यो त्यसैले तीव्र पुरुषार्थ गर्नुछ। तीव्र पुरुषार्थी अगाडि बढ्छन्, हिँड्ने होइन उड्ने। उड्तीकलाको पुरुषार्थ गरेमा ढिलो आउँदा पनि आफ्नो हक बाबाको वर्सा पूरा लिन सक्छौ। हर पल खुसी रहनु र सबैलाई पैगाम दिनु, सन्देश दिनु। अच्छा।

आज जुन बापदादाले भन्नुभयो, स्वराज्य अधिकारी बनेर स्वराज्यको रिजल्ट चेक गर, त्यो चेक गरेमा धेरै समयदेखिको कुनै पनि कमीलाई परिवर्तन गर्नुछ किनकि धेरै समय अखण्ड राज्य चल्न यसको आवश्यकता छ, धेरै समयको पुरुषार्थले, स्वतः नै धेरै समयको प्रारब्धको अधिकारी बन्छौ त्यसैले धेरै समयको पुरुषार्थ अन्डरलाइन गर्नुछ। चेकिङ गर र परिवर्तन गर।

चारैतर्फका बापदादाका दिलतख्तनसीन हरेक बच्चालाई बापदादाले दिनहुँ अमृतवेला विशेष शक्ति बाँड्नुहुन्छ। अमृतवेला विशेष वरदान, शक्ति बाँड्नुहुन्छ। जसले अमृतवेलाको शक्ति विशेष वरदान स्वीकार गर्छन् उनीहरू विशेष तीव्र पुरुषार्थी बन्छन्। अमृतवेलाको महत्त्व राख्नु अर्थात् बापदादाको सदा तख्तनसीन बन्नु। त्यसैले कैयौँ बच्चाहरूको अटेन्सन छ र बापदादाले दिनहुँ उनीहरूलाई खास सर्टिफिकेट दिनुहुन्छ वाह बच्चा वाह!

चारैतर्फका तीव्र पुरुषार्थी, हरेक समय बापदादालाई आफ्नो साथी बनाएर कम्बाइन्ड रहने अभ्यासी बच्चाहरूलाई बापदादाले विशेष वरदान दिइरहनुभएको छ– सदा उड्दै जाऊ र अरूलाई पनि उडाउने सहयोग दिएर उडाउँदै जाऊ। सबै विजयी छन् र विजयको फल बापदादाको हरपल आशीर्वाद प्राप्त हुन्छ। त्यसैले अमर बनेर सबैलाई अमृत पिलाइराख। चारैतर्फका बच्चाहरू बापदादाको सामुन्ने छन्। हरेक बच्चासँग बापदादाको दिलको प्यार छ किनकि हरेक बच्चामा कुनै न कुनै विशेषता छ। अहिले सर्व विशेषताहरूले आफूलाई विशेष आत्मा बनाएर अगाडि बढ्दै जाऊ। बापदादाको हरेक बच्चालाई पर्सनल पदमगुणा याद-प्यार स्वीकार होस्। अच्छा, अब त मिलिरहनेछौँ। नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

दादीहरूसँग:– सबैले खुब चक्कर लगायौ। आजकाल अशान्ति बढिरहेकोछ त्यसैले सारा दिन हैरान हुन्छन् र शान्तिको भाइब्रेसनले शान्ति दिलाउँछ, त्यसैले खुसी हुन्छन्। जसरी कोही थाकेको छ र उसलाई आधा घण्टा आरामको मिल्यो भने पनि खुसी हुन्छ। राम्रो गरेका छौ। सबै ठाउँमा, चाहे साना चाहे ठुला सबैले राम्रो गरे। जहाँ उमङ्ग छ त्यहाँ खर्चको कुनै कुरा छैन। यति आत्माहरूलाई सन्देश त मिल्यो। तिम्रो गुनासो त पूरा भयो। राम्रो छ। बीच बीचमा यस्तै कार्यक्रमहरू बनाइराख। हरेक सहरले आफू अनुसार जस्तो गरे पनि त्यो ठीक छ।

डबल विदेशी ठुली दिदीहरूसँग:– बापदादालाई ग्रुप ग्रुपलाई बोलाएर रिफ्रेस गर्न, यो राम्रो लाग्छ किनकि त्यहाँ धेरै टाढा टाढा रहन्छन्। नजिक आएपछि एकअर्काका गुण देखिन्छन्। टाढा टाढा थाहा हुँदैन। एकअर्कालाई देखेर उमङ्ग पनि आउँछ। त्यसैले आबुमा यो कार्यक्रम राम्रो लाग्छ र एकअर्कामा उत्साह भरेर सङ्गठन पक्का बनाउँछौ, यो राम्रो छ। ठीक छ। ठीक चलिरहेको छ नि!

एकअर्कालाई सहयोग दिएमा यसबाट अगाडि बढ्छन्। समय दिन्छौ नि, आफ्नो सेवा छोडेर दिलबाट समय दिन्छौ। आफ्नो कार्य पूरा गर्छौ, सफल भयो, ठीकै छ अहिले जाऊ। सबैले राम्रो मदत गरे। विदेशको पनि गरे भारतको पनि गरे। अच्छा।

यु.पी. जोनका सेवाधारीहरूसँग:– बापदादाले सबै जोनलाई भन्नुहुन्छ, हरेकले आफ्नो जोनमा एउटा यस्तो ग्रुप बनाऊ जुन ग्रुपमा सबै वर्गका हुन्। जुन तिम्रा वर्ग बनेका छन्, सेवाको लागि र हरेक जोनले आफ्नो एरियामा हरेक वर्गको सेवा गरिरहेका छौ, गरिरहने पनि छौ तर हरेक जोनमा सेवाको यस्तो ग्रुप होस् जसमा हरेक वर्गका एक एक हुन्। जहाँसुकै पनि कार्यक्रम गर्छौ त्यहाँ त्यो ग्रुपले आआफ्नो वर्गलाई विशेष निमन्त्रणा दिनुछ। कुनै पनि वर्गले गुनासो नदेओस्, हामीलाई त सन्देश मिलेन। हरेक जुन भेराइटी ग्रुप बन्छ त्यसले सेवा पनि बढाओस्, आफ्नो वर्गको र साथमा हरेकले आआफ्नो अनुभव सुनाओस्, हामीलाई यस ज्ञानबाट के मिल्यो र के अनुभव गरिरहेका छौँ। त्यसैले हरेक जोनमा यस्तो सेवाको ग्रुप तयार गर। भाषण गर्ने टाइम यति नमिले पनि उनीहरूलाई फंक्सनको समयमा पछाडि लाइनमा बसाएर सेक्रेटरीले स्टेजमा उनीहरूको परिचय दिउन्। एक दुई जनाको अनुभव पनि राख्न सक्छौ र परिवारमा रहेर आफ्नो कार्य गर्दै हाम्रो जीवन कसरी बित्यो, कसरी परिवर्तन भयो, चान्स लिएर टाइम छ भने त्यो अनुभव सुनाइयोस्। यस्ता विशेष माइक तयार गर जसले सेवा गरिरहन्छन्।

राम्रो छ यु.पी. ले विशेष ब्रह्माबाबाको पालना लिने अधिकार प्राप्त गरेको छ। यु.पी. मा ब्रह्माको नामबाट यादगार पनि छ। त्यसैले यु.पी. को भाग्य छ, जसले जगदम्बा, ब्रह्माबाबाको पालना लिएको छ। त्यसैले पालनाको धरती हो। भाग्यको सितारा ब्रह्माबाबा र जगदम्बाले यु.पी. लाई वरदानमा दिनुभयो। राम्रो छ। अहिले दिनप्रतिदिन बाबाले देख्नुभयो, सेवा स्थान र जे जति उपसेवाकेन्द्र वा गीता पाठशालाहरू छन् तिनको वृद्धि पहिलाभन्दा अहिलेको राम्रो छ त्यसैले बापदादाले खास बधाई दिइरहनुभएको छ, बढ्दै जाऊ र नम्बर वृद्धि गर्नमा, सन्देश दिनमा नम्बरवन बन। राम्रो छ, बापदादा खुसी हुनुहुन्छ र बढाउँदै जानु। टिचरहरूलाई बधाई छ। वृद्धि गरिरहेका छौ र योभन्दा पनि बढीभन्दा बढी वृद्धि गरिरहनु। अच्छा।

वरदान:–
सङ्गठनमा सहयोगको शक्तिद्वारा विजयी बन्ने सर्वका शुभचिन्तक भव

सङ्गठनमा हरेक, एकअर्काको मदतगार, शुभचिन्तक बनेर रहन्छन् भने सहयोगको शक्तिको घेराले धेरै कमाल गर्न सक्छ। आपसमा एकअर्काको शुभचिन्तक सहयोगी बनेर रह्यौ भने मायाको हिम्मत छैन जो यस घेरा भित्र आउन सक्छ। तर सङ्गठनमा दृढ सङ्कल्प गरेमा मात्रै सहयोगको शक्ति आउँछ, चाहे जतिसुकै कुराहरू सहन गर्नुपरोस् तर सामना गरेर देखाउँछौँ, विजयी बनेर देखाउँछौँ।

स्लोगन:–
कुनै पनि इच्छाले, अच्छा (राम्रो) बन्न दिँदैन, त्यसैले इच्छा मात्रम् अविद्या बन।

अव्यक्त इसारा:– महान ् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर

जसरी गुलियो खाएमा र खुवाएमा केही समयको लागि मुख मीठो हुन्छ, खुसी हुन्छन्। त्यसैगरी स्वयं नै मीठो बन्यौ भने सदैव मुखमा मधुर वचन हुन्छन्। यस्ता मधुर वचनले स्वयंलाई पनि खुसी पार्छन्, अरूलाई पनि खुसी पार्छन्। यही विधिले सदा सबैको मुख मीठो बनाइराख, सदा मीठो दृष्टि, मीठो वचन, मीठो कर्म होस्।