05.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– सदा यसै
नशामा र हने गर हामी सङ्गमयुगी ब्राह्मण हौँ , हामीले जान्दछौँ जुन बाबालाई सबैले
पुकारिरहेका छन् , उहाँ हाम्रो सम्मुख हुनुहुन्छ।”
प्रश्न:–
जुन बच्चाहरूको
बुद्धियोग ठीक छ, उनीहरूलाई कुन साक्षात्कार भइरहन्छ?
उत्तर:–
सत्ययुगी नयाँ
राजधानीमा के के हुन्छ, कसरी हामीले स्कुलमा पढ्नेछौँ फेरि राज्य चलाउनेछौँ। जति जति
नजिक आउँदै जानेछौँ, त्यति यो सबै साक्षात्कार भइरहनेछ। तर जसको बुद्धियोग ठीक छ,
जसले आफ्नो शान्तिधाम र सुखधामलाई याद गर्छन्, कामकाज गर्दा पनि एक बाबाको यादमा
रहन्छन्, उनीहरूलाई नै यी सबै साक्षात्कार हुनेछन्।
गीत:–
ओम् नम: शिवाय
....
ओम् शान्ति ।
भक्तिमार्गमा
र अरू जुन पनि सत्सङ्ग हुन्छन्, तिनमा त सबै गएका छौ होला। त्यहाँ कि त भन्छन्–
सबैले वाह गुरु भन वा रामको नाम बताउँछन्। यहाँ बच्चाहरूलाई केही भन्ने आवश्यकता पनि
हुँदैन। एकैपटक भनिदिनुभएको छ, घरी घरी भन्ने आवश्यकता छैन। बाबा पनि एक हुनुहुन्छ,
उहाँको भनाइ पनि एउटै छ। के भन्नुहुन्छ? प्यारा बच्चाहरू! म एकलाई याद गर। पहिला
सिकेर फेरि आएर यहाँ बस्छन्। हामी जुन बाबाका बच्चा हौँ उहाँलाई याद गर्नुछ। यो पनि
तिमीले अहिले ब्रह्माद्वारा जानेका छौ– हामी सबै आत्माहरूका बाबा उहाँ एक हुनुहुन्छ।
दुनियाँले यो जान्दैन। तिमीले जान्दछौ– हामी सबै उहाँ बाबाका बच्चा हौँ, उहाँलाई
सबैले गड फादर भन्छन्। अहिले फादर (पिता) भन्नुहुन्छ– म तिमीलाई पढाउन यस साधारण
तनमा आउँछु। तिमीलाई थाहा छ– बाबा यिनमा आउनुभएको छ, हामी उहाँका बनेका छौँ। बाबाले
नै आएर पतितबाट पावन बन्ने बाटो बताउनुहुन्छ। यो समझ सारा दिन बुद्धिमा रहन्छ। हुन
त शिवबाबाका सन्तान त सबै हुन् तर यो कुरा तिमीले जान्दछौ, अरू कसैले जान्दैनन्।
तिमी बच्चाहरूले बुझेकाछौ– हामी आत्मा हौँ, हामीलाई बाबाले आदेश गर्नुभएको छ– मलाई
याद गर। म तिम्रो बेहदको बाबा हुँ। सबै चिच्याइरहन्छन्– पतित-पावन आउनुहोस्! हामी
पतित बनेका छौँ। यो कुरा देहले भन्दैन। आत्माले यस शरीरद्वारा भन्छ। ८४ जन्म पनि
आत्माले लिन्छ नि। यो बुद्धिमा रहनुपर्छ– हामी कलाकार हौँ। बाबाले हामीलाई अहिले
त्रिकालदर्शी बनाउनुभएको छ। आदि-मध्य-अन्त्यको ज्ञान दिनुभएको छ। बाबालाई नै सबैले
बोलाउँछन् नि। अहिले पनि उनीहरूले भन्छन्, भनिरहन्छन्– आउनुहोस्, र तिमी सङ्गमयुगी
ब्राह्मणहरूले भन्छौ– बाबा आउनुभएको छ। यस सङ्गमयुगलाई पनि तिमीले जान्दछौ, यो
पुरुषोत्तम युगको गायन गरिएको छ। पुरुषोत्तम युग कलियुगको अन्त्य र सत्ययुगको आदिको
बीचमा नै हुन्छ। सत्ययुगमा सत्य पुरुष, कलियुगमा झुटा पुरुष हुन्छन्। सत्ययुगमा जो
आएर गए, उनीहरूका चित्र छन्। सबैभन्दा पुरानाभन्दा पुराना चित्र यी हुन्,
यिनीहरूभन्दा पुराना चित्र कुनै हुँदैनन्। त्यसो त धेरै मनुष्य बसेर फाल्तु चित्र
बनाएर बस्छन्। तिमीलाई थाहा छ– को को आएर गए। जस्तै तल अम्बाको चित्र (मन्दिर)
बनाइएको छ अथवा कालीको चित्र छ, त्यस्ता भुजाहरू भएकी हुन सक्दिनन् नि। अम्बाका पनि
दुई भुजाहरू हुन्छन् नि। मनुष्यले त गएर हात जोड्छन्, पूजा गर्छन्। भक्तिमार्गमा
अनेक प्रकारका चित्र बनाएका छन्। मनुष्यमाथि नै भिन्न भिन्न प्रकारको सजावट गर्छन्
अनि रूप परिवर्तन हुन्छ वास्तवमा कुनै यस्ता चित्र आदि छैनन्। यो सबै भक्तिमार्ग
हो। यहाँ त मनुष्य लुला लङ्गडा निस्कन्छन्। सत्ययुगमा यस्ता हुँदैनन्। सत्ययुगलाई
पनि तिमीले जान्दछौ– त्यहाँ आदि सनातन देवी-देवता धर्म थियो। यहाँ त हरेकका विभिन्न
प्रकारका कति आ-आफ्ना पोशाक छन्। त्यहाँ त यथा राजा रानी तथा प्रजा हुन्छन्। जति
नजिक हुँदै जान्छौ, त्यति तिमीलाई आफ्नो राजधानीको पोशाक आदिको पनि साक्षात्कार
भइरहनेछ। देखिरहन्छौ– हामीले यस्तो स्कुलमा पढ्छौँ, यो गर्छौँ। देख्छन् पनि उनीहरूले
जसको बुद्धियोग राम्रो छ। आफ्नो शान्तिधाम-सुखधामलाई याद गर्छन्। कामकाज त गर्नु नै
छ। भक्तिमार्गमा पनि कामकाज आदि त गर्छन् नि। ज्ञान केही पनि थिएन। यो सबै भक्ति
हो। त्यसलाई भनिन्छ भक्तिको ज्ञान। उनीहरूले यो ज्ञान दिन सक्दैनन्– तिमी कसरी
विश्वको मालिक बन्छौ। अहिले तिमीले यहाँ पढेर भविष्यमा विश्वको मालिक बन्छौ।
तिमीलाई थाहा छ– यो पढाइ नयाँ दुनियाँ, अमरलोकको लागि नै हो। बाँकी कुनै अमरनाथमा
शङ्करले पार्वतीलाई अमरकथा सुनाउनुभएको होइन। उनीहरूले त शिव-शङ्करलाई मिसाइदिएका
छन्।
अहिले बाबाले तिमी
बच्चाहरूलाई सम्झाइरहनुभएको छ, यिनले (ब्रह्माले) पनि सुन्छन्। बाबा बाहेक सृष्टिको
आदि-मध्य-अन्त्यको रहस्य अरू कसले सम्झाउन सक्छ? यिनी कुनै साधुसन्त आदि होइनन्।
जसरी तिमी गृहस्थ व्यवहारमा रहन्थ्यौ, त्यसैगरी यिनी पनि रहन्थे। पोशाक आदि सबै
त्यही हो। जस्तै घरमा आमा, बुबा, बच्चा हुन्छन्, फरक केही छैन। बाबा यस रथमा चढेर
बच्चाहरू समक्ष आउनुहुन्छ। यो भाग्यशाली रथ भनेर गायन गरिएको छ। कहिले साँढेमा चढेको
पनि देखाउँछन्। मनुष्यले उल्टो सम्झेका छन्। मन्दिरमा कहिल्यै साँढे हुन सक्छ र?
श्रीकृष्ण त राजकुमार हुन्, उनी साँढेमा चढ्दैनन् नि। भक्तिमार्गमा मनुष्य धेरै
अल्मलिएका छन्। मनुष्यलाई भक्तिमार्गको नशा हुन्छ। तिमीलाई ज्ञानमार्गको नशा छ।
तिमीले भन्छौ– यस सङ्गममा बाबाले हामीलाई पढाइरहनुभएको छ। तिमी छौ यस दुनियाँमा तर
बुद्धिले जान्दछौ– हामी ब्राह्मण सङ्गमयुगमा छौँ। बाँकी सबै मनुष्य कलियुगमा छन्।
यो अनुभवको कुरा हो। बुद्धिले भन्छ– अहिले हामी कलियुगबाट निस्किएर आएका छौँ। बाबा
आउनुभएको छ। यो पुरानो दुनियाँ नै परिवर्तन हुनेवाला छ। यो कुरा तिम्रो बुद्धिमा छ,
अरू कसैले जान्दैनन्। हुन त एउटै घरमा रहन्छन्, एउटै परिवारका हुन्, त्यसमा पनि
बाबाले भन्नुहुन्छ– हामी सङ्गमयुगी हौँ, बच्चाले भन्छ– होइन, हामी कलियुगमा छौँ।
आश्चर्य छ नि। बच्चाहरूलाई थाहा छ– हाम्रो पढाइ पूरा हुन्छ अनि विनाश हुन्छ। विनाश
हुनु जरूरी छ। तिमीहरूमध्ये पनि कसैले जान्दछन्, यदि तिनीहरूले यो दुनियाँ विनाश
हुनेछ भन्ने जाने भने नयाँ दुनियाँको लागि तयारीमा लाग्नेछन्। झिटीगुन्टा तयार
गर्नेछन्। बाँकी थोरै समय छ, बाबाका त बन्नेछन्। भोकै मर्नुपरे पनि पहिला बाबा पछि
बच्चा। यो त बाबाको भण्डारा हो। तिमीले शिवबाबाको भण्डाराबाट खान्छौ। ब्राह्मणले
भोजन बनाउँछन् त्यसैले ब्रह्माभोजन भनिन्छ। जुन पवित्र ब्राह्मण हुन्, जसले बाबाको
यादमा रहेर भोजन बनाउँछन् तिनले ब्रह्माभोजन बनाउँछन्, ब्राह्मणबाहेक शिवबाबाको
यादमा कोही रहन सक्दैनन्। ती ब्राह्मण शिवबाबाको यादमा कहाँ रहन्छन् । यो शिवबाबाको
भण्डारा हो, जहाँ ब्राह्मणले भोजन बनाउँछन्। ब्राह्मण योगमा रहन्छन्। पवित्र त
हुन्छन् नै। बाँकी योगको कुरा हो। यसमा नै मेहनत लाग्छ। यहाँ गफ चल्न सक्दैन। यस्तो
कसैले भन्न सक्दैन– म सम्पूर्ण योगमा छु वा ८० प्रतिशत योगमा छु। कसैले पनि
भन्नसक्दैन। ज्ञान पनि चाहिन्छ। तिमी बच्चाहरूमा योगी त्यो हो जसले आफ्नो दृष्टिले
नै कसैलाई शान्त पारिदिन्छ। यो पनि तागत हो। तिमी अशरीरी बनेपछि बाबाको यादमा रहन्छौ,
एकदम सन्नाटा हुन्छ, यही सच्चा याद हो। फेरि यो अभ्यास गर्नुछ। जसरी तिमी यहाँ यादमा
बस्छौ, यो अभ्यास गराइन्छ। तैपनि सबै कोही यादमा रहँदैनन्। कता कता बुद्धि
भागिरहन्छ। उनीहरूले फेरि नोक्सान पर्छन्। यहाँ सन्दलीमा बसाउनु उसलाई पर्छ जसले
सम्झन्छ– हामी ड्रिल टिचर हौँ। बाबाको यादमा सामुन्ने बसेका छौँ। बुद्धियोग अरू
कसैतिर नजाओस्। सन्नाटा हुन्छ। तिमी अशरीरी बन्छौ र बाबाको यादमा रहन्छौ। यो हो
सच्चा याद। संन्यासी पनि शान्तिमा बस्छन्, उनीहरू कसको यादमा रहन्छन्? त्यो कुनै
वास्तविक याद होइन। कसैलाई फाइदा दिन सक्दैनन्। उनीहरूले सृष्टिलाई शान्त पार्न
सक्दैनन्। बाबालाई जान्दै जान्दैनन्। ब्रह्मलाई नै भगवान सम्झिरहन्छन्। त्यो त होइन।
अहिले तिमीलाई श्रीमत मिल्छ– म एकलाई याद गर। तिमीलाई थाहा छ– हामीले ८४ जन्म लिन्छौँ।
हरेक जन्ममा थोरै थोरै कला कम हुँदै जान्छ। जसरी चन्द्रमाको कला कम हुँदै जान्छ।
हेर्दा त्यति थाहा हुँदैन नि। अहिले कोही पनि सम्पूर्ण बनेको छैन। पछि गएर तिमीलाई
साक्षात्कार हुनेछ। आत्मा कति सानो छ। त्यसको पनि साक्षात्कार हुन सक्छ। नत्र
बच्चाहरूले कसरी बताउँछन्– यिनमा प्रकाश कम छ, यिनमा धेरै छ। दिव्य दृष्टिले नै
आत्मालाई देख्छन्। यो पनि सबै ड्रामामा निश्चित छ। मेरो हातमा केही छैन। ड्रामाले
मबाट गराउँछ, यो सबै ड्रामा अनुसार चलिरहन्छ। भोग आदि यो सबै ड्रामामा निश्चित छ।
सेकेन्ड सेकेन्डमा अभिनय (एक्ट) हुन्छ।
पावन कसरी बन्ने,
अहिले बाबाले यो शिक्षा दिनुहुन्छ। बाबालाई याद गर्नुछ। कति सानो आत्मा छ जुन पतित
बनेको छ फेरि पावन बन्नछ। आश्चर्यजनक कुरा हो नि। कुदरत भन्छन् नि। बाबाबाट तिमीले
सबै कुदरती कुरा सुन्छौ। सबैभन्दा कुदरती कुरा हो– आत्मा र परमात्माको, जुन कसैले
जान्दैनन्। ऋषिमुनि आदि कसैले पनि जान्दैनन्। यति सानो आत्मा नै पत्थरबुद्धि फेरि
पारसबुद्धि बन्छ। बुद्धिमा यही चिन्तन चलिरहोस्– हामी आत्मा पत्थरबुद्धि बनेका थियौँ,
अब फेरि बाबालाई याद गरेर पारसबुद्धि बनिरहेका छौँ। लौकिक रीतिले त बाबा पनि ठुलो
फेरि शिक्षक गुरु पनि ठुला मिल्छन्। यहाँ त एउटै बिन्दु बाबा पनि हुनुहुन्छ, शिक्षक
पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। सारा कल्प देहधारीलाई याद गरेका छौ। अब बाबा
भन्नुहुन्छ– म एकलाई याद गर। तिम्रो बुद्धिलाई कति सूक्ष्म बनाउनुहुन्छ। विश्वको
मालिक बन्नु– कुनै कम कुरा हो र! यो पनि कसैले ख्याल गर्दैनन्– यी लक्ष्मी-नारायण
सत्ययुगका मालिक कसरी बने। तिमीले पनि नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। नयाँले
यी कुराहरूलाई बुझ्नसक्दैन। पहिला मोटो रूपमा सम्झाएपछि फेरि सूक्ष्मताले सम्झाइन्छ।
बाबा बिन्दु हुनुहुन्छ, उहाँलाई फेरि यति ठुलो ठुलो लिङ्ग रूप बनाइदिन्छन्। मनुष्यका
पनि धेरै ठुला ठुला चित्र बनाउँछन्। तर मनुष्य त्यस्ता छैनन्। मनुष्यका शरीर त यिनै
हुन्छन्। भक्तिमार्गमा बसेर के के बनाएर बसेका छन्। मनुष्य कति अल्मलिएका छन्। बाबा
भन्नुहुन्छ– जे वित्यो त्यो फेरि हुन्छ। अब तिमी बाबाको श्रीमतमा चल। यिनलाई पनि
बाबाले श्रीमत दिनुभयो, साक्षात्कार गराउनुभयो नि। तिमीलाई मैले बादसाही दिन्छु, अब
यस सेवामा लाग। आफैले वर्सा लिने पुरुषार्थ गर। यो सबै छोडिदेऊ। त्यसपछि यिनी पनि
निमित्त बने। सबै त यस्ता निमित्त बन्दैनन्, जसलाई नशा चढ्यो उनीहरू आएर बसिहाले।
हामीलाई त राज्यभाग्य मिल्छ। फेरि यो पाई पैसा के गर्छौँ। त्यसैले अब बाबाले
बच्चाहरूलाई पुरुषार्थ गराउनुहुन्छ, राजधानी स्थापना भइरहेको छ, भन्छन् पनि– हामी
लक्ष्मी-नारायणभन्दा कम बन्दैनौँ। त्यसोभए श्रीमतमा चलेर देखाऊ। आनाकानी नगर। बाबाले
कहाँ भन्नुभएको छ र– बालबच्चाको के हालत होला। दुर्घटनामा अचानक कोही मरे भने कोही
भोकै रहन्छ र। कोही न कोही मित्र-सम्बन्धी आदिले खानको लागि दिन्छन्। यहाँ हेर बाबा
पुरानो झुपडीमा बस्नुहुन्छ। तिमी बच्चाहरू आएर महलमा बस्छौ। बाबा भन्नुहुन्छ–
बच्चाहरू राम्रोसँग बसुन्, खाऊन्, पिऊन्। जसले केही पनि लिएर आएका छैनन् उनीहरूलाई
पनि सबै कुरा राम्रोसँग मिल्छ। यी बाबाभन्दा पनि राम्रोसँग रहन्छन्। शिवबाबा
भन्नुहुन्छ– म त हुँ नै रमतायोगी। कसैको पनि कल्याण गर्न जान सक्छु। जुन बच्चाहरू
ज्ञानी छन् उनीहरू कहिल्यै साक्षात्कार आदिको कुरामा खुसी हुँदैनन्। योगबाहेक अरू
केही पनि छैन। यी साक्षात्कारका कुराहरूमा खुसी हुनुछैन। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) योगको यस्तो स्थिति बनाउनुछ जसबाट दृष्टिले नै कसैलाई शान्त पारिदेओस्। एकदम
सन्नाटा होस्। यसको लागि अशरीरी बन्ने अभ्यास गर्नुछ।
२) ज्ञानको सच्चा
नशामा रहनको लागि याद रहोस्– हामी सङ्गमयुगी हौँ, अब यो पुरानो दुनियाँ परिवर्तन
हुनेवाला छ, हामी आफ्नो घर गइरहेका छौँ। सदा श्रीमतमा चलिरहनुछ, कुनै आनाकानी
गर्नुछैन।
वरदान:–
परमात्म
मिलनद्वारा रूहरिहानको सही रेस्पन्स प्राप्त गर्ने बाबासमान बहुरूपी भव
जसरी बाबा बहुरूपी
हुनुहुन्छ– सेकेन्डमा निराकारबाट आकारी वस्त्र धारण गर्नुहुन्छ, त्यसैगरी तिमीले पनि
यस माटोको पोशाकलाई छोडेर आकारी फरिस्ता पोशाक, चम्किलो पोशाक लगायौ भने सहजै मिलन
पनि हुन्छ र रूहरिहानको स्पष्ट रेस्पन्स समझमा आउँछ किनकि यो पोशाक पुरानो दुनियाँको
वृत्ति र प्रकम्पनबाट, मायाको पानी वा आगोबाट प्रुफ छ। यसमा मायाले हस्तक्षेप गर्न
सक्दैन।
स्लोगन:–
दृढताले
असम्भवलाई पनि सम्भव बनाइदिन्छ।