05.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी परमात्म सन्तान सो दैवी सन्तान बन्नेवाला हौ , तिमीले कुनै पनि चीजको इच्छा राख्नु छैन , कसैसँग केही पनि माग्नु हुँदैन।”

प्रश्न:–
स्वास्थ्यलाई ठीक राख्नको लागि कुनचाहिं आधार आवश्यक छैन?

उत्तर:–
कति बच्चाहरूले सम्झन्छन्– वैभवको आधारमा स्वास्थ्य ठीक हुन्छ। तर बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यहाँ तिमीले वैभवको इच्छा राख्नु हुँदैन। वैभवबाट स्वास्थ्य ठीक हुँदैन। स्वास्थ्य ठीक राख्नको लागि यादको यात्रा आवश्यक छ। भनिन्छ खुसी जस्तो खुराक छैन। तिमी खुसी र नसामा रहने गर। यज्ञमा दधीचि ऋषिले समान हड्डी दियौ भने स्वास्थ्य ठीक हुन्छ।

ओम् शान्ति ।
बाबालाई भनिन्छ गर्नेगराउनेवाला। तिमी परमात्म सन्तान (साहेबजादा) हौ। तिम्रो यस सृष्टिमा उच्च भन्दा उच्च स्थान छ। तिमी बच्चाहरूलाई नसा हुनुपर्छ हामी साहेबजादाहरूले साहेब (बाबा)को मतमा अब फेरि आफ्नो राज्य भाग्य स्थापना गरिरहेका छौं। यो पनि कसैको बुद्धिमा याद हुँदैन। बाबा सबै सेन्टरहरूका बच्चाहरूलाई भन्नुहुन्छ। अनेक सेन्टरहरू छन्, अनेक बच्चाहरू आउँछन्। हरेकको बुद्धिमा सदा याद रहोस्– हामीले बाबाको श्रीमतमा फेरि विश्वमा सुख शान्तिको राज्य स्थापना गरिरहेका छौं। सुख र शान्ति यी दुई शब्द नै याद गर्नु छ। तिमी बच्चाहरूलाई कति धेरै ज्ञान मिल्छ, तिम्रो बुद्धि कति विशाल हुनुपर्छ, यसमा अल्प बुद्धि चल्न सक्दैनन्। आफूलाई साहेबजादा सम्झ्यौ भने पाप खतम हुन्छ। धेरै छन् जसलाई सारा दिन बाबाको याद हुँदैन। बाबा भन्नुहुन्छ– तिम्रो बुद्धि सुस्त किन हुन्छ? सेन्टरमा यस्ता यस्ता बच्चाहरू आउँछन्, जसको बुद्धिमा यो छँदैछैन हामीले श्रीमतद्वारा विश्वमा आफ्नो दैवी राज्य स्थापना गरिरहेका छौं। मनमा त्यो नसा, उमङ्ग हुनुपर्छ। मुरली सुन्नासाथ खुसीले रोमाञ्च खडा हुनुपर्छ। यहाँ त बाबा देख्नु हुन्छ बच्चाहरूको रोमाञ्च खतम भएको छ, धेरै बच्चाहरू छन् जसको बुद्धिमा हामीले श्रीमतमा बाबाको यादबाट विकर्म विनाश गरेर आफ्नो राजधानी स्थापना गरिरहेका छौं, यो याद रहँदैन। दिनहुँ बाबाले सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! तिमी योद्धा हौ, रावणमाथि विजय प्राप्त गर्नेहरू हौ। बाबाले तिमीलाई मन्दिर लायक बनाउनु हुन्छ तर पनि बच्चाहरूलाई कहाँ नसा वा खुसी हुन्छ र! कुनै चीज मिलेन भने रिसाउन थाल्छन्। बाबालाई त आश्चर्य लाग्छ बच्चाहरूको अवस्था देखेर। मायाको जन्जिरमा फस्छन्। तिम्रो मान, तिम्रो कारोबार, तिम्रो खुसी त अद्भुत हुनुपर्छ। जसले मित्र सम्बन्धीलाई भुल्दैनन् उनले कहिल्यै पनि बाबालाई याद गर्न सक्दैनन्। फेरि के पद पाउँछन्! अचम्म लाग्छ।

तिमी बच्चाहरूमा बडो नसा हुनुपर्छ। आफूलाई साहेबजादा सम्झ्यौ भने केही पनि माग्ने ख्याल हुँदैन। बाबाले त हामीलाई यति अथाह खजाना दिनुहुन्छ जसले गर्दा २१ जन्मसम्म केही पनि माग्नै पर्दैन, यति नसा हुनुपर्छ। तर बिल्कुल सुस्त (डल) अल्प बुद्धि छ। तिमी बच्चाहरूको बुद्धि त ७ फिट लामो हुनुपर्छ। मनुष्यको उचाइ अधिक भन्दा अधिक ६-७ फिट हुन्छ। बाबाले बच्चाहरूलाई कति उल्लासमा ल्याउनु हुन्छ– तिमी दैवी सन्तान हौ। दुनियाँका मानिसहरूले त केही पनि बुझ्दैनन्। उनलाई तिमीले सम्झाउन सक्छौ– हामी बाबाको सामुन्ने बसेका छौं, बाबालाई याद गरिरह्यौं भने विकर्म विनाश हुन्छ। बाबाले सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! माया तिम्रो धेरै कडा दुस्मन हो, ऊ अरूको त्यति दुस्मन छैन, जति तिम्रो छ। मनुष्यले त जान्दैनन्, तुच्छ बुद्धि छन्। बाबाले दिनहुँ तिमी बच्चाहरूलाई भन्नुहुन्छ– तिमी साहेबजादा हौ, बाबालाई याद गर अनि अरूलाई आफू समान बनाउँदै जाऊ। तिमीहरूले सबैलाई यो पनि सम्झाउन सक्छौ– भगवान त सच्चा साहेब हुनुहुन्छ। त्यसैले हामी उहाँका बच्चा साहेबजादा भयौं, तिमी बच्चाहरूले हिँड्दा डुल्दा बुद्धिमा यही याद राख्नु छ। सेवामा दधीचि ऋषि समान हड्डी पनि दिनुपर्छ। यहाँ हड्डी दिनु त अझै अथाह सुख वैभव प्राप्त गर्नु हो। यी कुनै चीजहरूबाट स्वास्थ्य कहाँ राम्रो हुन्छ र! स्वास्थ्यको लागि चाहिन्छ यादको यात्रा। त्यो खुसी हुनुपर्छ। अरे, हामीले त कल्प कल्प मायासँग हार्दै आयौं, अब मायामाथि विजय प्राप्त गर्छौं, बाबा आएर विजय दिलाउनु हुन्छ। अहिले दुनियाँमा कति दु:ख छ, धेरै दु:ख दिनेवाला हो रावण। ती व्यक्तिहरूले सम्झन्छन्– हवाइजहाज छ, मोटर, महल छ, त्यसैले यहीँ स्वर्ग छ। यो दुनियाँ त खतमै हुनु छ, यो बुझ्दैनन्। लाखौँ, करोडौँ खर्च गर्छन्, बाँध (ड्याम) आदि बनाउँछन्, लडाइँका सामान पनि कति धेरै लिइरहेका छन्। यी एक अर्कालाई खतम गर्नेवाला हुन्, अनाथ छन् नि। कति लडाइँ झगडा गर्छन्, कुरै नगर। कति फोहोरै फोहोर छ। यसलाई भनिन्छ नर्क। स्वर्गको त धेरै महिमा छ। बडौदाकी महारानीलाई सोध– महाराजा कहाँ जानु भयो? भन्नेछिन् स्वर्गवासी हुनु भयो। स्वर्ग केलाई भनिन्छ– यो कसैलाई थाहा छैन, कति घोर अन्धकार छ। तिमी पनि घोर अन्धकारमा थियौ। अब बाबा भन्नुहुन्छ– तिमीलाई ईश्वरीय बुद्धि दिन्छु। आफूलाई ईश्वरीय सन्तान दैवी सन्तान सम्झ। साहेबले पढाउनु हुन्छ शाहजादा बनाउनको लागि। बाबा कहानी सुनाउनु हुन्छ– भेडाले के सम्झन्छ र? अहिले तिमीले सम्झन्छौ– मनुष्य पनि सबै भेडाबाख्रा जस्तै छन्, केही पनि जान्दैनन्। बसेर के-के उपमा गर्छन्। तिम्रो बुद्धिमा आदि-मध्य-अन्त्यको रहस्य छ। राम्रोसँग याद गर्नु छ, हामीले विश्वमा सुख-शान्ति स्थापना गरिरहेका छौं। जो मदतगार बन्छन् उनले नै उच्च पद पाउँछन्। त्यो पनि तिमीले देख्छौ को-को मदतगार बन्छन्। आफ्नो दिलसँग हरेकले सोध्नु छ– मैले के गरिरहेको छु? म भेडा बाख्रा त होइन? हेर मनुष्यमा अहङ्कार कति छ, ङुर्र ङुर्र गर्न थाल्छन्। तिमीलाई त बाबाको याद हुनुपर्छ। सेवामा हड्डी दिनु छ, कसैलाई दु:ख दिनुछैन, न त दु:खी हुनु नै छ। अहङ्कार पनि आउनु हुँदैन। मैले यो गर्छु, म यति होसियार छु, यो ख्याल आउनु पनि देह अभिमान हो। उसको चालचलन त्यस्तै हुनजान्छ, जसकारण सरम आउँछ। नत्र तिमीलाई जस्तो सुख अरू कसैलाई हुन सक्दैन। यो बुद्धिमा याद रह्यो भने तिमी हर्षित रहन्छौ। सेन्टरमा कोही त राम्रो महारथी छन्, कोही घोडसवार, पैदल सेना पनि छन्। यसमा विशाल बुद्धि हुनुपर्छ। कस्ता कस्ता ब्राह्मणीहरू छन्, कोही त धेरै मदतगार छन्, सेवामा कति खुसी हुन्छ। तिमीलाई नसा चढ्नुपर्छ। सेवा विना के पद पाउँछन्। माता-पिताहरूमा त बच्चाहरूप्रति रिगार्ड हुन्छ। तर उनीहरू स्वयंले आफ्नो रिगार्ड राख्दैनन् भने बाबाले के भन्नुहुन्छ!

तिमी बच्चाहरूले थोरै शब्दमा नै सबैलाई बाबाको सन्देश दिनु छ। भन, बाबा भन्नुहुन्छ मनमनाभव। गीतामा केही शब्द छन् पीठोमा नुन जति। यो दुनियाँ कति विशाल छ, बुद्धिमा आउनुपर्छ। कति ठुलो दुनियाँ छ, कति धेरै मनुष्य छन्, फेरि यो केही पनि रहँदैन। कुनै खण्डको नाम निसान हुँदैन। हामी स्वर्गका मालिक बन्छौं, यसमा दिन रात खुसी हुनुपर्छ। ज्ञान त धेरै सहज छ, सम्झाउनेवाला बडो युक्तियुक्त हुनुपर्छ। अनेक प्रकारका युक्तिहरू छन्। बाबा भन्नुहुन्छ– मैले तिमीलाई धेरै कुटनीतिज्ञ बनाउँछु। उनीहरूले कुटनीतिज्ञ राजदूतलाई भन्छन्। त्यसैले बच्चाहरूको बुद्धिमा याद रहनुपर्छ। ओहो! बेहदका बाबाले हामीलाई निर्देशन दिनुहुन्छ, तिमीले धारण गरेर अरूलाई पनि बाबाको परिचय दिन्छौ। तिमी बाहेक अरू सारा दुनियाँ नास्तिक छन्। तिमीहरूमा पनि नम्बरवार छौ। कोही त नास्तिक पनि छन् नि। बाबालाई यादै गर्दैनन्। स्वयं भन्छन्– बाबा हामीले याद गर्न भुल्छौं, त्यसैले नास्तिक भए नि। यस्ता बाबा जसले साहेबजादा बनाउनु हुन्छ, उहाँको याद आउँदैन! यो बुझ्न पनि विशाल बुद्धि चाहिन्छ। बाबा भन्नुहुन्छ– म हर ५ हजार वर्षपछि आउँछु। तिमीद्वारा नै कार्य गराउँछु। तिमी कति राम्रो योद्धा हौ। ‘बन्दे मातरम्’ तिम्रो गायन हो। तिमी नै पूज्य थियौ फेरि पुजारी बनेका छौ। अब श्रीमतमा फेरि पूज्य बनिरहेका छौ। त्यसैले तिमी बच्चाहरूले धेरै शान्तिसँग सेवा गर्नु छ। तिमीलाई अशान्ति हुनु हुँदैन। जसको नसा नसामा भूत भरिएको छ, उसले के पद पाउँछ। लोभ पनि ठुलो भूत हो। बाबाले सबै हेरिरहनु हुन्छ– हरेकको चालचलन कस्तो छ? बाबाले कति नसा चढाउनु हुन्छ, कसैले सेवा गर्दैनन्, केवल खाइरहन्छन् भने फेरि २१ जन्म सेवा गर्नुपर्ने हुन्छ। दास दासी पनि बन्छन् नि। अन्त्यमा सबैलाई साक्षात्कार हुन्छ। दिलमा त सेवाधारी नै चढ्छन्। कसैलाई अमरलोकको निवासी बनाउनु– तिम्रो सेवा नै यो हो। बाबाले हिम्मत त धेरै दिलाउनु हुन्छ, धारणा गर, देह अभिमानीलाई धारणा हुन सक्दैन। तिमीलाई थाहा छ– बाबालाई याद गरेर हामी वेश्यालयबाट शिवालयमा जान्छौँ, त्यसैले यस्तो बनेर पनि देखाउनु छ।

बाबाले त चिट्ठीमा लेख्नु हुन्छ– प्यारा रुहानी साहेबजादाहरू, अब श्रीमतमा चल्यौ, महारथी बन्यौ भने अवश्य शहजादा बन्छौ। लक्ष्य उद्देश्य नै यो हो। एउटै सच्चा बाबाले तिमीलाई सबै कुरा राम्ररी सम्झाइरहनु भएको छ। सेवा गरेर अरूको कल्याण पनि गर्दै जाऊ। योगबल छैन भने फेरि इच्छा हुन्छ, यो चाहियो, त्यो चाहियो। त्यो खुसी रहँदैन। भनिन्छ खुसी जस्तो खुराक छैन। साहेबजादाहरूलाई त धेरै खुसी हुनुपर्छ। त्यो खुसी छैन भने अनेक प्रकारका कुरा आउँछन्। अरे, बाबाले विश्वको बादसाही दिइरहनु भएको छ, बाँकी अरू के चाहियो! हरेकले आफ्नो दिलसँग सोध्नु छ– मैले यति मीठा बाबाको के सेवा गरेको छु? बाबा भन्नुहुन्छ– साहेब आउनु भएको छ, सबैलाई यो सन्देश दिँदै जाऊ। वास्तवमा तिमीहरू सबै भाइ भाइ हौ। भन्न त भन्छन्– हामीले सबै भाइ भाइलाई मदत गर्नुपर्छ। यस ख्यालले भाइ भन्छन्। यहाँ त बाबा भन्नुहुन्छ– तिमी एक बाबाका सन्तान भाइ भाइ हौ। बाबा हुनुहुन्छ नै स्वर्ग स्थापक। स्वर्ग बनाउनु हुन्छ बच्चाहरूद्वारा। सेवाका युक्तिहरू त धेरै सम्झाउनु हुन्छ। मित्र सम्बन्धीहरूलाई पनि सम्झाउनु पर्छ। हेर, बच्चाहरू बेलायतमा छन्, उनीहरूले पनि सेवा गरिरहेका छन्। दिनप्रतिदिन आपदविपद देखेर सम्झन्छन्– मर्नु भन्दा पहिला वर्सा त लिऔँ। बच्चाहरूले आफ्ना मित्र सम्बन्धीहरूलाई पनि उठाइरहेका छन्। पवित्र पनि रहन्छन्। बाँकी निरन्तर भाइ भाइको अवस्था रहन, त्यो मुस्किल छ। बाबाले त बच्चाहरूलाई साहेबजादाको कति राम्रो टाइटल दिनु भएको छ। आफूलाई हेर्नुपर्छ। सेवा गरेनौँ भने हामी के बनौँला? यदि कसैले जम्मा गर्यो तर त्यो खाँदा खाँदै सकियो भने उल्टै उसको खातामा चढ्छ। सेवा गर्नेलाई कहिल्यै पनि यो ख्याल नआओस् हामीले यति दियौँ, उनीहरूबाट सबैको पालना हुन्छ, त्यसैले मदत गर्नेहरूको सम्मान (खातिरी) पनि गरिन्छ, सम्झाउनु पर्छ त्यो खुवाउनेवाला हो। रुहानी बच्चाहरूले तिमीलाई खुवाउँछन्। तिमीले उनको सेवा गर्छौ, यो ठुलो हिसाब हो। मनसा, वाचा, कर्मणा उनीहरूको सेवा नै गरेनौ भने तिनीहरू खुसी कसरी हुन्छन्? शिवबाबालाई याद गरेर भोजन बनायौ भने उहाँको तागत मिल्छ। दिलबाट सोध्नु छ– मैले सबैलाई राजी बनाएको छु? महारथी बच्चाहरूले कति सेवा गरिरहेका छन्। बाबाले रेगजीनमा चित्र बनाउन लगाउनु हुन्छ, यो चित्र कहिल्यै टुटफुट हुँदैन। बाबाका बच्चाहरू बसेका छन्, आफै पठाउँछन्। बाबाले पैसा कहाँबाट ल्याउनु हुन्छ र! यी सबै सेन्टरहरू कसरी चल्छन्? बच्चाहरूले नै चलाउँछन्। शिवबाबा भन्नुहुन्छ– मसँग त एक कौडी पनि छैन। पछि तिमीलाई आफै आएर भन्नेछन् हाम्रो घर तपाईहरूले काममा लगाउनुहोस्। तिमीहरूले भन्नेछौ अब टू लेट भइसक्यो। बाबा हुनुहुन्छ नै गरिब निवाज। गरिबसँग कहाँबाट आउँछ। कोही त करोडपति, पदमपति पनि छन्। उनीहरूको लागि यहाँ नै स्वर्ग छ। यो हो मायाको पम्प। उनीहरूको पतन भइरहेको छ। बाबा भन्नुहुन्छ– तिमी पहिला साहेबजादा बनेका छौ फेरि गएर शहजादा बन्छौ। तर यति धेरै सेवा गरेर पनि देखाऊ। धेरै खुसीमा रहनु पर्छ। हामी साहेबजादा हौँ फेरि शहजादा बन्छौँ। शहजादा तब बन्छौ जब धेरैको सेवा गर्नेछौ। कति खुसीको पारा चढ्नुपर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कसैलाई कहिल्यै पनि न त असन्तुष्ट पार्नु छ, न असन्तुष्ट हुनु छ। आफ्नो होसियारीको वा सेवाको अहङ्कार देखाउनु हुँदैन। जसरी बाबाले बच्चाहरूको मान राख्नु हुन्छ, त्यसैगरी स्वयंको मान स्वयंले नै राख्नु छ।

२) योगबलबाट आफ्ना सबै इच्छाहरू समाप्त गर्नु छ। हामी साहेबजादा सो शहजादा बन्नेवाला हौं, सधैँ यसै खुसी वा नसामा रहनु छ। सदा शान्तिमा रहेर सेवा गर्नु छ। नसा नसामा जुन भूत भरिएका छन्, तिनीहरूलाई निकाल्नु छ।

वरदान:–
ब्राह्मण जीवनमा बाबाद्वारा लाइटको ताज प्राप्त गर्ने महान् भाग्यवान् आत्मा भव

सङ्गमयुगी ब्राह्मण जीवनको विशेषता “पवित्रता” हो। पवित्रताको निसानी लाइटको ताज हो जुन हर ब्राह्मण आत्मालाई बाबाद्वारा प्राप्त हुन्छ। पवित्रताको लाइटको यो ताज रत्नजडित ताज भन्दा अति श्रेष्ठ छ। महान् आत्मा, परमात्म भाग्यवान् आत्मा, सर्वोच्च आत्माको यो ताज निसानी हो। बापदादाले हरेक बच्चाहरूलाई जन्मैदेखि ‘पवित्र भव’ को वरदान दिनुहुन्छ, जसको सुचक लाइटको ताज हो।

स्लोगन:–
बेहदको वैराग्यवृत्तिद्वारा इच्छाहरूको वशमा परेका परेसान आत्माहरूको परेसानीलाई हटाइदेऊ।