05.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– यादले नै ब्याट्री चार्ज हुन्छ , शक्ति मिल्छ , आत्मा सतोप्रधान बन्छ। त्यसैले यादको यात्रामा विशेष ध्यान देऊ।”

प्रश्न:–
जुन बच्चाहरूको प्यार एक बाबासँग छ, त्यसको निसानी के हुन्छ?

उत्तर:–
१) यदि एक बाबासँग प्यार भएमा बाबाको नजरले उनीहरूलाई निहाल (तृप्त) पारिदिन्छ, २) उनीहरू पूरा नष्टोमोहा हुन्छन्, ३) जसलाई बेहदका बाबाको प्यार मन पर्छ, उनीहरू अरू कसैको प्यारमा फस्न सक्दैनन्, ४) उनीहरूको बुद्धि झुट खण्डको झुटो मनुष्यहरूबाट टुट्छ। बाबाले तिमीलाई अहिले यस्तो प्यार दिनु हुन्छ, जुन अविनाशी बन्छ। सत्ययुगमा पनि तिमी आपसमा धेरै प्यारसँग रहन्छौ।

ओम् शान्ति ।
बेहदका बाबाको प्यार अहिले एकपटक मात्रै तिमी बच्चाहरूलाई मिल्छ, जुन प्यारलाई भक्तिमा पनि धेरै याद गर्छन्। बाबा, हजुरको नै प्यार चाहिन्छ। हजुर माता पिता... हजुर नै सबैथोक हुनुहुन्छ। एकबाट नै आधाकल्पको लागि प्यार मिल्छ। तिम्रो यो रुहानी प्यारको महिमा अपरम्पार छ। बाबाले नै तिमी बच्चाहरूलाई शान्तिधामको मालिक बनाउनु हुन्छ। अहिले तिमी दु:खधाममा छौ। अशान्ति र दु:खमा सबै चिल्लाउँछन्। मालिक कसैको पनि छैन, त्यसैले भक्ति मार्गमा याद गर्छन्। तर काइदा अनुसार आधाकल्प भक्तिको पनि समय हुन्छ।

यो त बच्चाहरूलाई सम्झाइएको छ, यस्तो होइन बाबा अन्तर्यामी हुनुहुन्छ। बाबालाई सबैको मनको कुरा जान्ने आवश्यकता छैन। ती त अरूको विचार अध्ययन गर्ने थट रिडर हुन्छन्। उनले पनि यो विद्या सिक्छन्। यहाँ त्यो कुरा नै छैन। बाबा आउनु हुन्छ, बाबा र बच्चाहरूले नै यो सारा पार्ट खेल्छन्। बाबालाई थाहा छ– सृष्टि चक्र कसरी घुम्छ। त्यसमा बच्चाहरूले कसरी पार्ट खेल्छन्। यस्तो होइन, उहाँले हरेकको मनको कुरा जान्नुहुन्छ। यो त राती पनि सम्झाउनु भयो, हरेक भित्र त विकार नै छ। मनुष्य धेरै विकारी छन्। बाबा आएर फूल बनाउनु हुन्छ। हो, बाबाको प्यार तिमी बच्चाहरूलाई यही समयमा नै मिल्छ त्यो फेरि अविनाशी बन्छ। त्यहाँ तिमीले एक-अर्कासँग धेरै प्यार गर्छौ। अहिले तिमी मोहजित बनिरहेका छौ। सत्ययुगी राज्यलाई मोहजित राजा, रानी तथा प्रजाको राज्य भनिन्छ। त्यहाँ कहिल्यै कोही रुँदैनन्। दु:खको नाम हुँदैन। तिमी बच्चाहरूलाई थाहा छ– वास्तवमा यहाँ स्वास्थ्य, सम्पत्ति र खुसी थियो, अहिले छैन किनकि अहिले रावण राज्य छ। यसमा सबैले दु:ख भोग्छन्, फेरि बाबालाई याद गर्छन्, आएर सुख शान्ति दिनुहोस्, दया गर्नुहोस्। बेहदका बाबा हुनुहुन्छ रहमदिल। रावण हो निर्दयी, दु:खको रास्ता बताउनेवाला। सबै मनुष्य दु:खको बाटोमा हिँड्छन्। सबै भन्दा धेरै दु:ख दिनेवाला हो काम विकार। त्यसैले बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! काम विकारलाई जित्यौ भने जगतजित बन्छौ। यी लक्ष्मी-नारायणलाई जगतजित भनिन्छ नि। तिम्रो सामुन्ने लक्ष्य-उद्देश्य खडा छ। मन्दिरमा जान्छन् तर पनि उनीहरूको जीवनी केही पनि जानेका हुँदैनन्। जस्तै गुडियाको पूजा हुन्छ। देवीहरूको पूजा गर्छन्, बनाएर खुब शृङ्गार गराएर भोग आदि लगाउँछन्। तर ती देवीहरूले त केही पनि खाँदैनन्। खान्छन् ब्राह्मणहरूले। रचेर फेरि पालना गरेर विनाश गर्छन्, यसलाई भनिन्छ अन्धश्रद्धा। सत्ययुगमा यी कुरा हुँदैनन्। यी सबै रीतिरिवाजहरू निस्कन्छन् कलियुगमा। तिमीले सुरु सुरु मा एक शिवबाबाको पूजा गर्छौ, जसलाई अव्यभिचारी सदाचारी पूजा भनिन्छ। फेरि हुन्छ व्यभिचारी पूजा। “बाबा” शब्द भन्ने बित्तिकै परिवारको भासना आउँछ। तिमीले पनि भन्छौ नि– तुम मात-पिता... हजुरको यस ज्ञान दिने कृपाले हामीलाई अथाह सुख मिल्छ। बुद्धिमा याद छ– हामी पहिला सुरु मा मूल वतनमा थियौं। त्यहाँबाट यो शरीर लिएर पार्ट खेल्न यहाँ आउँछौं। सुरु मा हामीले दैवी चोला लिन्छौं अर्थात् देवता कहलाउँछौं। फेरि क्षत्रिय, वैश्य, शूद्र वर्णमा आएर भिन्न भिन्न पार्ट खेल्छौं। यी कुरा तिमीले पहिला जानेका थिएनौ। अहिले बाबा आएर तिमी बच्चाहरूलाई आदि, मध्य, अन्त्यको ज्ञान दिनु भएको छ। आफ्नो पनि ज्ञान दिनु हुन्छ, म यो तनमा प्रवेश गर्छु। यिनले आफ्नो ८४ जन्मलाई जानेका थिएनन्। तिमीले पनि जानेका थिएनौ। श्याम-सुन्दरको रहस्य त सम्झाउनु भएको छ। यी श्रीकृष्ण नयाँ दुनियाँको पहिलो राजकुमार हुन् र राधा हुन् सेकेण्ड नम्बर। थोरै वर्षको मात्र फरक हुन्छ। सृष्टिको आदिका यिनी पहिला नम्बर हुन्, त्यसैले नै श्रीकृष्णलाई सबैले प्यार गर्छन्, यिनलाई नै श्याम र सुन्दर भनिन्छ। स्वर्गमा त सबै सुन्दर नै थिए। अहिले स्वर्ग कहाँ छ र! चक्र घुमिरहन्छ। यस्तो होइन, समुद्रको तल जान्छ। जस्तै भन्छन्– लङ्का, द्वारिका तल गयो। होइन, यो चक्र त घुम्छ। यस चक्रलाई जान्नाले तिमी चक्रवर्ती महाराजा-महारानी विश्वको मालिक बन्छौ। प्रजाले पनि आफूलाई मालिक सम्झन्छन् नि। भन्छन् हाम्रो राज्य हो। सबैले भन्छन् हाम्रो राज्य हो। नाम भारतवर्ष हो। हिन्दुस्तान नाम गलत हो। वास्तवमा आदि सनातन देवी-देवता धर्म नै हो। तर धर्म भ्रष्ट, कर्म भ्रष्ट हुनाको कारणले आफूलाई देवता भन्न सक्दैनन्। यो पनि ड्रामामा निश्चित छ। नत्र बाबाले आएर कसरी फेरि देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ। पहिला तिमीलाई पनि यी सबै कुरा थाहा थिएन, अहिले बाबाले बताउनु भएको छ।

यस्ता मीठा बाबा, उहाँलाई पनि फेरि तिमीले भुल्छौ। सबै भन्दा मीठो बाबा हुनुहुन्छ नि। बाँकी रावण राज्यमा तिमीलाई सबैले दु:ख नै दिन्छन् नि, त्यसैले बेहदका बाबालाई याद गर्छौ। उहाँको यादमा प्रेमको आँसु बहाउँछन्– हे प्रियतम, आएर कहिले हामी प्रियतमाहरूसँग मिल्नुहुन्छ? किनकि तिमीहरू सबै भक्तिनी हौ। भक्तिनीहरूका पति हुनु भयो भगवान। भगवान आएर भक्तिको फल दिनु हुन्छ, मार्ग बताउनु हुन्छ र सम्झाउनु हुन्छ– यो ५ हजार वर्षको खेल हो। रचयिता र रचनाको आदि मध्य अन्त्यलाई कसैले पनि जानेका छैनन्। रुहानी बाबा र रुहानी बच्चाहरूले नै जानेका छन्। अरू कुनै मनुष्यले जानेका छैनन्, देवताहरूले पनि जानेका छैनन्। यो आध्यात्मिक पिताले नै जान्नुहुन्छ। उहाँ बसेर आफ्ना बच्चाहरूलाई सम्झाउनु हुन्छ। अरू कुनै पनि देहधारीसँग यो रचयिता र रचनाको आदि मध्य अन्त्यको ज्ञान हुन सक्दैन। यो ज्ञान छ नै रुहानी बाबासँग। उहाँलाई नै ज्ञान-ज्ञानेश्वर भनिन्छ। ज्ञान-ज्ञानेश्वरले तिमीलाई राज-राजेश्वरी बनाउनको लागि ज्ञान दिनु हुन्छ। त्यसैले यसलाई राजयोग भनिन्छ, बाँकी ती सबै हठयोग हुन्। हठयोगीहरूका पनि चित्र धेरै छन्। जब संन्यासी आउँछन्, उनीहरू आएर पछि हठयोग सिकाउँछन्। जब धेरै वृद्धि हुन्छ तब हठयोग आदि सिकाउँछन्। बाबाले सम्झाउनु भएको छ म आउँछु नै सङ्गमयुगमा, आएर राजधानी स्थापना गर्छु। स्थापना यहाँ गर्नुहुन्छ, नकि सत्ययुगमा। सत्ययुग आदिमा त रजाइँ हुन्छ, त्यसैले सङ्गममा स्थापना हुन्छ। यहाँ कलियुगमा सबै पुजारी छन्, सत्ययुगमा पूज्य हुन्छन्। त्यसैले बाबा पूज्य बनाउनको लागि आउनु हुन्छ। पुजारी बनाउनेवाला हो रावण। यो सबै जान्नुपर्छ नि। यो हो उच्च भन्दा उच्च पढाइ। यी टिचरलाई कसैले चिनेका छैनन्। उहाँ सुप्रीम बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। यो कसैलाई थाहा छैन। बाबा नै आएर आफ्नो पूरा परिचय दिनु हुन्छ। बच्चाहरूलाई स्वयं पढाएर फेरि साथमा लैजानु हुन्छ। बेहदका बाबाको प्यार मिलेपछि अरू कुनै प्यार मन पर्दैन। यस समयमा छ नै झुट खण्ड। झूठी माया, झूठी काया... भारतखण्ड अब झुट खण्ड भएको छ फेरि सत्ययुगमा सच्चा खण्ड हुन्छ। भारतवर्ष कहिल्यै विनाश हुँदैन। यो हो सबै भन्दा ठुलो तीर्थ। जहाँ बेहदका बसेर बाबाले बच्चाहरूलाई सृष्टिको आदि, मध्य, अन्तको रहस्य बताउनु हुन्छ र सबैको सद्गति गर्नुहुन्छ। भारतवर्ष धेरै ठुलो तीर्थ हो। भारतवर्षको महिमा अपरम्पार छ। तर यो पनि तिमीले बुझ्न सक्छौ– भारतवर्ष हो विश्वको आश्चर्य। ती हुन् मायाका ७ आश्चर्य। ईश्वरको आश्चर्य एउटै छ। बाबा एक हुनुहुन्छ, उहाँको वन्डरफुल स्वर्ग पनि एक छ। त्यसलाई नै हेविन, प्याराडाइज भनिन्छ। सच्चा सच्चा नाम एउटै छ ‘स्वर्ग’। यो हो नर्क। अलराउण्ड चक्कर तिमी ब्राह्मणले नै लगाउँछौ। हामी नै ब्राह्मण, हामी नै देवता...। चढ्ती कला, उतरती कला। चढ्ती कला तेरे भाने सर्वका भला। सबैले नै चाहन्छन् विश्वमा शान्ति पनि होस्, सुख पनि होस्। स्वर्गमा त हुन्छ नै सुख, दु:खको नाम हुँदैन। त्यसलाई भनिन्छ ईश्वरीय राज्य। सत्ययुगमा सूर्यवंशी फेरि सेकेण्ड ग्रेडमा हुन् चन्द्रवंशी। तिमी हौ आस्तिक, उनीहरू हुन् नास्तिक। तिमीले बाबाको बनेर बाबाबाट वर्सा लिने पुरुषार्थ गर्छौ। मायाको साथमा तिम्रो गुप्त लडाइँ चल्छ। बाबा आउनु हुन्छ रात्रिमा। शिवरात्रि भनिन्छ नि। तर शिवको रात्रिको पनि अर्थ बुझ्दैनन्। ब्रह्माको रात पूरा हुन्छ, दिन सुरु हुन्छ। उनीहरूले भन्छन् श्रीकृष्ण भगवानुवाच, यो त हो शिव भगवानुवाच। अब सही कुन हो? श्रीकृष्णले त पूरा ८४ जन्म लिन्छन्। बाबा भन्नुहुन्छ– म आउँछु साधारण वृद्ध तनमा। यिनले पनि आफ्नो जन्मलाई जानेका छैनन्। धेरै जन्मको अन्त्यमा जब पतित बन्छन् तब पतित सृष्टि, पतित राज्यमा म आउँछु। पतित दुनियाँमा अनेक राज्य, पावन दुनियाँमा हुन्छ एक राज्य । हिसाब छ नि। भक्तिमार्गमा जब धेरै नवधा भक्ति गर्छन्, शिर काट्न पनि तयार हुन्छन् तब उनको मनोकामना पूरा हुन्छ। बाँकी त्यसमा केही पनि छैन, त्यसलाई भनिन्छ नवधा भक्ति। जहिलेदेखि रावण राज्य सुरु हुन्छ, त्यसपछि भक्तिको कर्मकाण्डका कुरा पढ्दा पढ्दै मनुष्य तल आउँछन्, भन्छन् व्यास भगवानले शास्त्र बनाए, के के बसेर लेखेका छन्! भक्ति र ज्ञानको रहस्य अहिले तिमी बच्चाहरूले बुझेका छौ। सिँढी र कल्पवृक्षमा यी सबै कुरा सम्झाइएको छ। त्यसमा ८४ जन्म पनि देखाइएको छ। सबैले त ८४ जन्म लिँदैनन्। जो सुरु मा आउँछन् उनीहरूले नै ८४ जन्म लिन्छन्। यो ज्ञान तिमीलाई अहिले नै मिल्छ, फेरि यो आम्दानीको स्रोत बन्छ। २१ जन्म कुनै वस्तु अप्राप्त हुँदैन, जसको प्राप्तिको लागि पुरुषार्थ गर्न परोस्। त्यसलाई भनिन्छ बाबाको एक मात्र स्वर्ग, विश्वको आश्चर्य। नाम नै छ प्याराडाइज। बाबाले त्यसको मालिक बनाउनु हुन्छ। उनीहरूले त केवल आश्चर्य देखाउँछन्, तर तिमीलाई त बाबाले त्यसको मालिक बनाउनु हुन्छ, त्यसैले अब बाबा भन्नुहुन्छ– निरन्तर मलाई याद गर। सिमर-सिमर सुख पाओ, कलह कलेष मिटे सब तनके, जीवनमुक्ति पद पाओ। पवित्र बन्नको लागि यादको यात्रा पनि धेरै जरुरी छ। मनमनाभव, फेरि अन्त मति सो गति हुन्छ। गति भनिन्छ शान्तिधामलाई। सद्गति हुन्छ यहाँ। सद्गतिको उल्टो फेरि हुन्छ दुर्गति।

अहिले तिमीले बाबा र रचनाको आदि मध्य अन्त्यलाई जानिसकेका छौ। तिमीलाई बाबाको प्यार मिल्छ। बाबाले नजरबाट निहाल गर्नुहुन्छ। सम्मुख आएर नै ज्ञान सुनाउनु हुन्छ नि। यसमा प्रेरणाको त कुनै कुरा छैन। बाबा डाइरेक्सन दिनु हुन्छ, यसरी याद गर्नाले शक्ति मिल्छ। जसरी ब्याट्री चार्ज हुन्छ नि। यो मोटर हो, यसको ब्याट्री सकिएको छ। अब सर्वशक्तिमान बाबासँग बुद्धिको योग लगाउनाले फेरि तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। ब्याट्री चार्ज हुन्छ। बाबा नै आएर सबैको ब्याट्री चार्ज गर्नुहुन्छ। सर्वशक्तिमान बाबा नै हुनुहुन्छ। यी मीठा-मीठा कुरा बाबाले नै बसेर सम्झाउनु हुन्छ। ती भक्तिका शास्त्रहरू त जन्म-जन्मान्तर पढ्दै आएका छौ। अहिले बाबाले सबै धर्मकालाई एउटै कुरा सुनाउनु हुन्छ। भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने तिम्रो पाप काटिन्छ। अब याद गर्ने तिमी बच्चाहरूको काम हो, यसमा अलमलिने कुरा नै छैन। पतित-पावन एक बाबा नै हुनुहुन्छ। फेरि पावन बनेर सबै घर जान्छन्। यो ज्ञान सबैको लागि हो। यो हो सहज राजयोग र सहज ज्ञान। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सर्वशक्तिमान बाबासँग आफ्नो बुद्धियोग लगाएर ब्याट्री चार्ज गर्नु छ। आत्मालाई सतोप्रधान बनाउनु छ। यादको यात्रामा कहिल्यै पनि अलमलिनु छैन।

२) पढाइ पढेर आफूले आफैमाथि कृपा गर्नु छ। बाबा समान प्यारको सागर बन्नु छ। जसरी बाबाको प्यार अविनाशी छ, त्यसैगरी सबैसँग अविनाशी सच्चा प्यार राख्नु छ। मोहजित बन्नु छ।

वरदान:–
महसुसताको शक्तिद्वारा मीठो अनुभव गर्ने सदा शक्तिशाली आत्मा भव

यो महसुसताको शक्तिले धेरै मीठो अनुभव गराउँछ– कहिले आफूलाई बाबाको आँखाको नानी अर्थात् नयनमा समाहित भएको श्रेष्ठ बिन्दु महसुस गर, कहिले ललाटमा चम्किने मस्तकमणि, कहिले आफूलाई ब्रह्मा बाबाको सहयोगी दायाँ भुजा, ब्रह्माको भुजा महसुस गर, कहिले अव्यक्त फरिस्ता स्वरूप महसुस गर। यस महसुसताको शक्तिलाई बढाउँदै गयौ भने शक्तिशाली बन्छौ। फेरि सानो दाग पनि स्पष्ट देखिन्छ र त्यसलाई परिवर्तन गर्न सक्छौ।

स्लोगन:–
सबैको दिलको आशीर्वाद लिइरह्यौ भने तिम्रो पुरुषार्थ सहज हुन्छ।