05.07.26 Avyakt Bapdada Nepali Murli 15.12.2010 Om Shanti Madhuban
मेरोलाई तेरोमा
परिवर्तन गरेर बेफिक्र बाद साह बन , सेकेन्डमा व्यर्थलाई बिन्दु लगाउने अभ्यासी
बनेर हर सङ्कल्प र समयलाई सफल गर
आज (बापदादा)
चारैतिरका आफ्ना बेफिक्र बादसाह बच्चाहरूलाई देखिरहनुभएको छ। यस्तो बेफिक्र
बादसाहहरूको सभा अहिले मात्रै देखिन्छ किनकि अहिले नै बाबाले फिक्र लिएर बेफिक्र
बादसाह बनाउनुहुन्छ त्यसैले तिमीहरूको यो सभा यस समयमा नै देखिन्छ। तिमीहरू सबै
सबेरैदेखि उठ्यौ भने बेफिक्र स्थितिमा स्थित हुन्छौ, खाँदा, पिउँदा, कर्म गर्दा कुनै
फिक्र हुँदैन। सुत्दा पनि बेफिक्र, यस्ता बादसाह र बेफिक्र, उठ्दा सुत्दा, बेफिक्र,
यस्तो अनुभव गर्छौ? किनकि तिमीहरू सबैले बाबालाई फिक्र दिएर शुद्ध गर्व लियौ त्यसैले
बेफिक्र बादसाह बन्यौ। यदि ज्ञानमा चल्दाचल्दै कुनै फिक्र आउँछ भने फिक्रले के
बनाइदिन्छ? शुद्ध गर्व छ भने तिम्रो निधारमा लाइटको चमक चम्किन्छ। यदि फिक्र आउँछ
भने बोझको टोकरी आउँछ। भन, तिमीलाई लाइटको चमक राम्रो लाग्छ वा बोझको टोकरी?
बेफिक्र बादसाह आत्माहरू स्वयंलाई पनि प्रिय लाग्छन् र जो यस्तो स्थितिमा उड्छन्,
उनीहरूको चम्किरहेको लाइट देखेर अरूलाई कति प्यार आउँछ त्यसैले बापदादा सदा
बच्चाहरूलाई बेफिक्र बादसाहको स्थितिमा, यही स्मृति स्वरूपमा टिकाइरहनुहुन्छ,
त्यसैले तिमीहरूका चित्र पनि भक्तहरूले डबल ताजधारी देखाउँछन्। एउटा लाइटको ताज र
अर्को विकारहरूलाई जितेको बादसाहीपनको ताज, डबल ताज देखाउँछन् त्यसैले बापदादा सदा
हरेक बच्चालाई यही शिक्षा दिनुहुन्छ, सदा मोजमा रहन धेरै सहज छ, किन सहज छ? केवल
हदको मेरोपन बाबालाई देऊ। मेरोबाट तेरो भनेमा बेफिक्र बादसाह बन्यौ। एउटै शब्दको
अन्तर छ, तेरो मेरो। ते र मे, यस शब्दको अन्तरमा बेफिक्र बादसाह बन्छन्। सहज छ नि!
बनेका छौ नि बेफिक्र बादसाह? कि अझै फिक्र हुन्छ? यदि कहिल्यै पनि शुद्ध गर्वको
सट्टा फिक्र आयो भने यसको अन्तर केवल तेरोको सट्टा मेरो मानेपछि फिक्र आउँछ।
त्यसोभए सबैको प्राक्टिकल रिजल्ट के छ? फिक्र दियौ वा बीचबीचमा शुद्ध गर्व छोडेर
फिक्रमा आउँछौ? फिक्र आउँछ कि बेफिक्र नै रहन्छौ? जो सदा बेफिक्र बादसाह रहन्छौ
तिमीहरूले हात उठाऊ। बेफिक्र बादसाह, पक्का हौ कि कहिलेकाहीँ! बेफिक्र बादसाह,
माथिसम्म हात उठाऊ। कहिलेकाहीँ भन्नेहरू पनि छन्। सेवाको फिक्र त्यो छुट्टै कुरा
हो। तर त्यो फिक्र अरूलाई पनि बेफिक्र बनाउने साधन हो। आफ्नै संस्कारले फिक्र आउँछ
भने त्यसलाई त्यही समयमा नै मेरोको सट्टा तेरोमा चेन्ज गरिदेऊ। बाबालाई फिक्र देऊ र
शुद्ध गर्व लेऊ किनकि बाबा आउनुभएको हो नै बच्चाहरूको फिक्र लिएर शुद्ध गर्व दिन।
त्यसैले चेक गर ममा कहिलेकाहीँ धेरै समयको पुरानो संस्कार इमर्ज त हुँदैन? किनकि
बापदादाले केही समयदेखि बच्चाहरूलाई यो बताइरहनुभएको छ– वर्तमान समय अनुसार कहिल्यै
पनि जे पनि हुनसक्छ र जतिबेला पनि हुनसक्छ त्यसैले हरेक बच्चा आफैले यो अटेन्सन
दिनुछ– एक सेकेन्डमा बिन्दु लगाउन चाह्यौ भने लगाउन सक्छौ? मानौँ कुनै पनि व्यर्थ
सङ्कल्प आयो भने बिन्दुद्वारा एक सेकेन्डमा व्यर्थलाई समाप्त गर्न सक्छौ? यति
अभ्यास छ? कि त्यस समयमा, समय परिस्थिति अनुसार पुरुषार्थ गरेर व्यर्थलाई मेटाउन
आवश्यकता पर्छ! लगाउँछौ बिन्दु तर लागिहाल्छ प्रश्नचिन्ह, किन, के, कसरी... त्यस
समयमा यो सोचिरह्यौ भने आउने समयमा जुन लक्ष्य छ बाबाको साथ जान्छौँ, बाबा त
सेकेन्डमा गइहाल्नुहुन्छ, किनकि बिन्दु हुनुहुन्छ र सेकेन्ड पनि बिन्दु हो र
फुलस्टप पनि बिन्दु नै हो। त्यसोभए तिम्रो पनि त्यति अभ्यास छ? यसको लागि अहिलेदेखि
यस अभ्यासको अभ्यासी भयौ भने बाबासमान श्रीमतको हातमा हात दिँदै आफ्नो घर पुग्छौ
त्यसैले बापदादाले पहिला पनि सुनाउनुभएको छ– दुई कुराको अटेन्सन अन्डरलाइन गर। दुई
कुरा कुन कुन हुन्? एउटा सङ्कल्पको खजाना र अर्को समयको खजाना, खजाना त धेरै मिलेका
छन्, ज्ञानका खजाना, शक्तिहरूका खजाना, योगद्वारा जति पनि सम्पन्न बन्ने मुख्य
युक्तिहरू छन्, सबै प्राप्त गराउनुभएको छ किनकि यो सङ्गमको समय सारा कल्पमा विशेष
अमूल्य समय हो, यस समयमा नै जति प्राप्ति गर्न चाहन्छौ त्यति गर्न सक्छौ किनकि यो
एक जन्म महान् जन्म हो। एक जन्ममा अनेक जन्महरूको प्रारब्ध बनाउनुछ। सङ्गमयुगको समय
एक सेकेन्ड पनि गुमाउनुछैन। एक सेकेन्डको कनेक्सन अनेक जन्महरूसँग हुन्छ। जम्मा
गर्न यो एक वर्ष अनेक वर्षहरूको प्राप्तिको आधार हो त्यसैले यस समयको मूल्य सेकेन्ड
वा मिनेट होइन, एक घण्टा पनि महान् छ, एक सेकेन्ड पनि महान् छ। अनि तिम्रो सङ्कल्प
यस सङ्गमको जन्मको विशेष आधार हो। हेर, जसले योग लगाउँछौ तिमीहरूले योग लगाउँदा
मनमनाभव भन्छौ र यो मनमनाभव आधार हो फाउन्डेसनको। मनको काम नै हो सङ्कल्प गर्नु,
सङ्कल्पद्वारा नै यादको यात्राको अनुभूति गर्छौ। एकअर्कामा पनि भिन्न भिन्न खास
सङ्कल्प दिएर अभ्यास गराउँछौ नि! त्यसैले सबैले चेक गर– समयको गति दिनभरिमा
हिँड्दाडुल्दा कर्म गर्दा, सम्बन्धमा आउँदा अमूल्य रूपको रह्यो? किनकि समय अमूल्य
छ। सङ्कल्पले सर्वशक्तमान् बनाउँछ। बापदादा बारम्बार भन्नुहुन्छ हे बापदादाका अति
प्यारा, दिलमा बस्ने बच्चाहरू अब व्यर्थ खातालाई समाप्त गर। सफल गर। सफल गर्नु नै
सफलता हो। एक सेकेन्ड गयो, यो नसोच। हर सेकेन्ड, हर सङ्कल्प सफल भयो, आफैमाथि यति
अटेन्सन राख्नु नै छ। फुलस्टप लगाउन यति चेकिङ गर। अलबेला नबन्नु। बापदादाले
भन्नुभएको थियो तर हामीले बुझेनौँ, समयलाई सोचेनौँ, यो नभन्नु, समय यति फास्ट
गइरहेको छ, जान्छ। अहिले बापदादा हरेकबाट लापरबाही लिन चाहनुहुन्छ। यो सुन्न
चाहनुहुन्न– मैले बुझिनँ, सोचिनँ। अब वर्ष पनि नयाँ आउनेछ, त्यसैले नयाँ वर्ष
सुरुहुनुभन्दा पहिला ब्राह्मण संसारबाट लापरबाहीको साथमा आलस्य, आलस्य पनि भिन्न
भिन्न प्रकारको छ, यसको लागि अहिले जुन वर्ष पूरा हुनमा समय बाँकी छ, यसमा अभ्यास
सुरु गर र नयाँ वर्ष सुरु भएपछि हिम्मत राखेर सङ्कल्प गर्नुछ र यसलाई बिदाइ दिनुछ।
वर्षको साथै यसलाई पनि बिदाइ दिइदिनुछ। दिन सक्छौ! दिन सक्छौ? जसले दिन सक्छौ
तिमीहरूले हात उठाऊ। (सबैले हात उठाए) वाह! बच्चाहरू वाह! हात उठाउनमा त बापदादालाई
धेरै खुसी पार्छौ। बापदादाले देख्नुभएको छ– धेरै बच्चाहरूलाई हात उठाउनुको रिटर्न
दिने कुरा याद हुन्छ। अरू कोही याद राख्नमा पनि अलबेला हुन्छन्। बापदादा सँग
रुह-रिहान धेरै राम्रो गर्छन्। भइहाल्छ, बाबा हजुरले हेर्नुहोला अहिल्यै हुन्छ,
अहिल्यै हुन्छ...। बापदादा पनि यस्ता लापरबाह बच्चाहरूको कुरा सुनेर
मुस्कुराइदिनुहुन्छ अरू के गर्नुहुन्छ र! राम्रो छ, सोच्छन् गर्नुछ, गर्नुछ, गर्नुछ...
यो धेरै सोच्छन्, तर गरिरहेका छन् वा छैनन् त्यसको चेकिङमा फेरि के भन्छन्! लापरबाह
हुन्छन्।
त्यसैले आज चारैतिरका
बच्चाहरूको कुरा, बापदादाले सुन्नुभयो अनि जसले आफ्नो देशमा, आफ्ना स्थानहरूमा
हेरिरहेका छन्, त्यहाँ पनि राम्रो देखिन्छ, सुनिन्छ पनि। त्यसैले बापदादा सम्मुख
आउने बच्चाहरूलाई र आआफ्ना स्थानहरूमा सुन्ने, हेर्ने बच्चाहरूलाई यही भन्नुहुन्छ
अब पुरुषार्थलाई, सङ्कल्पलाई र सङ्गमको समयलाई अन्डरलाइन लगाऊ। सबै बच्चाहरू प्यारमा
त धेरैजसो पास छन्। प्यारको आधारमा आफ्नो राम्रो प्रगति पनि गरिरहेका छन्। प्यारको
कारण, बाबाको प्यारको रेस्पोन्ड मिलेको कारण अगाडि बढिरहेका पनि छन् तर बाबाले
बुझ्नुहुन्छ, जसरी प्यारमा अनुभवी बनेर अगाडि बढिरहेका छौ त्यसैगरी यादको सब्जेक्टमा
पनि अनेक जन्महरूका विकर्म विनाश गर्नमा अझ अटेन्सन देऊ। किन? विकर्म विनाश भए भने
बाबासँगै जान्छौ, नत्र पछि पछि आउँछौ र बाबाले बुझ्नुहुन्छ– प्यारको रेस्पोन्ड यो
हो जे प्यार गरिएको आत्माले भन्छ त्यो गर्नु नै छ। बाबा चाहनुहुन्छ बच्चाहरूको
प्यार बाबासँग छ भने ती बच्चाहरू सँगसँगै बसुन्। राजधानीमा पनि ब्रह्माबाबाको साथमा
राजधानीमा आऊन्। राजधानीमा आउनु अर्थात् रोयल परिवारमा आउनु। तख्तमा नबसे पनि रोयल
परिवारका साथी त बनुन्। यसको परख कसरी गर्ने हो, बापदादाले पहिला पनि भन्नुभएको छ।
जहिलेदेखि तिमी आएका छौ, जति समय तिमी ज्ञानमा छौ, त्यति समय तिमी बापदादाको
दिलतख्तनसीन रहेका छौ भने जो धेरै समय दिलतख्तमा रहेका छन्, माटोमा खुट्टा राखेका
छैनन् उनीहरू त्यसै अनुसार रोयल परिवारमा पनि नजिकको सम्बन्धमा रहन्छन्। रोयल
परिवारका हुन्छन्। त्यसैले प्यार छ भने, प्यार गरिएकाको साथ निर्वाह गर्नमा पछि
पर्दैनन्। जो दिलतख्तनसीन छन् उनीहरू द्वापर कलियुगमा पनि सम्बन्धमा रहन्छन्। नजिक
रहन्छन् प्यार निर्वाह गर्नेहरूले सदा दिलतख्तनसीन रहेर जन्म जन्मको हक लेऊ, त्यसैले
बापदादा हरेक बच्चालाई प्यार गर्नुहुन्छ। बाबाले सर्टिफिकेट दिनुभयो– प्यारको
सब्जेक्टमा धेरैजसो पास छन्। अब सबै सब्जेक्टमा पास हुनु नै छ। पास हुनुछ, साथै
रहनुछ। जुन बच्चाहरू पहिलोपटक आएका छौ तिमीहरू उठ। पहिलोपटक आएका! आधा क्लास त नयाँ
छ। आएका छौ, आएकोमा बापदादा आउने बच्चाहरूको स्वागत गरिरहनुभएको छ। बधाई छ। पहिलो
पटक आएकोमा बधाई छ। आउन त लेट आएका छौ तैपनि टु लेटभन्दा पहिला आएका छौ। अब यो
अटेन्सन राख्नुछ– थोरै समयमा तीव्र पुरुषार्थी बनेर आफ्नो भविष्य जति बढाउन चाहन्छौ
त्यति तीव्र पुरुषार्थद्वारा अगाडि बढ्न सक्छौ किनकि तैपनि अझै पनि पुरुषार्थ गर्ने
मार्जिन छ। जति अगाडि बढ्न चाहन्छौ त्यति अगाडि बढ्न सक्छौ। बापदादा र यो दैवी
परिवारले तिमीलाई सँगसँगै अगाडि बढ्न भाइब्रेसन दिन्छन् त्यसैले अगाडि बढ, हिम्मत
राख। हिम्मत तिम्रो र मदत बापदादा र परिवारको, अगाडि बढ। ठिक छ नि! हस् हजुर भन,
अगाडि बढ। अच्छा।
मधुबन निवासीहरूसँग:–
मधुबन निवासीहरू त लक्की छन्, अलिअलि सङ्गठनलाई पक्का बनाएर साथी बनाऊ अरू कुनै
कुरामा साथी नबनाउनु, यसमा एकअर्कालाई साथी बनाएर पहिलो नम्बर मधुबनले लिनुपर्छ।
लिन्छौ! जे बित्यो त्यो बित्यो, जेसुकै भएपनि, सबैले देखे, सुने र मधुबन
निवासीहरूलाई त धेरै गोल्डन चान्स छ। मधुबनमा सबै आए। त्यसैले मधुबन निवासीहरू
मिलेर, यस्तो होइन पाण्डव भवन छुट्टै हो वा अरू कुनै स्थान छुट्टै हो, होइन, मधुबन
अर्थात् सबै एक हुन्। त्यसैले मधुबन निवासीहरूले बुझेका छन् गर्नेछौँ! जसले सेवा
गर्छौ उनीहरूले हात उठाऊ। सबैले उठाए, जसले बुझेका छौ तिमीहरूलाई गर्नु के ठुलो कुरा
हो र, बापदादा हुनुहुन्छ, दादीहरू हुनुहुन्छ, त्यसैले ठुलो कुरा त होइन। दादीहरूले
के बुझ्छन्! मधुबन निवासीहरू त नम्बरवन हुन्। राम्रो छ, बाबाले यसो गरेर देखाउन
सबैलाई भन्नुभएको छ तर मधुबन, मधुबन त मधुबन हो। तिमीहरू सबैले भाइब्रेसन दिनुछ,
भइहाल्छ, कुनै ठुलो कुरा होइन। विघ्नको नामनिसान छैन। मानौँ कुनै कुरा भयो, लेनदेन
गरेपछि, खतम। केही समय पहिला दादी भएको बेलामा एकपटक सबैले पाठ पक्का गरेका थिए, हस्
हजुरको। हुन्न शब्द होइन, हस् हजुर, धेरै राम्रो। त्यसैले मधुबन पहिलो नम्बरमा आउँछ।
बापदादालाई मधुबनप्रति शुद्ध गर्व छ नि! हरेक जोनलाई शुद्ध गर्व छ, अहिले मधुबन
अगाडि आएको छ तर बापदादा सबै जोनलाई भन्नुहुन्छ, हस् हजुर, मीठा आत्माहरू हुन्, यो
सबैको पाठ पक्का छ। पक्का छ नि? इनाम त मधुबनले लिनुपर्छ। मानौँ सेकेन्डमा
बितेकोलाई बितेको भन्न सक्छौ! मानौँ पुरुषार्थी हौ, भइ पनि हाल्यो तर बितेकोलाई
बितेको भनेर उड। उड्नेहरूले पछाडिकोलाई छोडिदिन्छन् अनि मात्र उड्छन्। त्यसैले धेरै
राम्रो।
अब गुजरातले कुनै
नवीनता गरोस्। बापदादाले दिल्ली निवासीहरूलाई पनि भन्नुभयो अब नवीनता गर्नुछ।
बापदादालाई समाचार मिल्यो– अहिले युवाहरूले विदेश र देश मिलेर जुन आरम्भ गरेका छन्,
त्यसमा राम्रो रिजल्ट हुनसक्छ। अहिले त आविष्कार सुरु गरेका छन्, तर भारतवर्ष र
विदेश दुवै मिलेर अझै कमाल गर्न सक्छन्। अहिले त आरम्भ गरेका छन् तर दिल्ली
निवासीहरूले हिम्मत राम्रो राखे। सुरु गरेका छन् अहिले विश्वमा यो फैलियोस् अनि
विदेश र देश मिलेर एक ब्राह्मण परिवार बनेको छ र विश्वको अगाडि विश्वलाई पनि एक
बनाउँछन्। सुरु त भएको छ, अहिले मुस्लिम मानिसहरू पनि अगाडि त बढिरहेका छन्। तर अब
यस्तो ठुलो प्रोग्राम बनाऊ जसमा मुख्य देशहरूबाट आऊन् र विश्वमा यो प्रसिद्ध होस्–
सबै एक पिताका बच्चाहरू आपसमा भाइबहिनी हुन्, ब्रदरहुड, सिस्टरहुड (भाइबहिनी) यो
आवाज फैलिरहोस्। एउटै स्थितिमा सबै तिरका मानिसहरूको विशेष अनुभव होस्। प्लान त
बनाइरहेका छौ सबैले। अहिले बेहदमा नै गइरहेका छन्। सबैलाई थाहा होस्– यो एक ईश्वरीय
परिवार हो, यो कुरा प्रसिद्ध होस्। बाँकी त सबै जति पनि आउँछौ, सेवा पनि गरिरहेका
छौ, स्व-पुरुषार्थ पनि गरिरहेका छौ र ईश्वरीय कार्य हो, यो पनि दुनियाँको लागि
प्रसिद्ध हुन्छ। एक परिवार हो। अच्छा।
चारैतिरका
बच्चाहरूलाई बापदादाले अहिले बधाई दिइरहनुभएको छ। हरेक दिन हरेक घण्टा अगाडि बढेकोमा
बधाई छ। समयले तिम्रो प्रतीक्षा गरिरहेको छ, तिमीले समयको प्रतीक्षा नगर्नु। तिमीले
समयलाई जति समाप्तिको समीप ल्याउन चाहन्छौ, त्यति समाप्तिको समीप ल्याउन सक्छौ। समय
आएपछि तयार हुनु यो तिमी ब्राह्मणहरूको सङ्कल्प हुनुहुँदैन, तिमीले समयलाई समीप
ल्याउनुछ। समयले बाबालाई भन्छ, अब ब्राह्मण आत्माहरूले म समयलाई समीप ल्याउनुछ।
प्रकृतिले पनि बाबालाई भन्छ अब समाप्तिलाई समीप ल्याउनुछ। त्यसैले बापदादाले के
जवाफ दिनुहुन्छ? के जवाफ दिनुहुन्छ? समय आइ नै हाल्छ, यो भन्नुहुन्छ! तिम्रो
तर्फबाट यो जवाफ दिनुहुन्छ? के जवाफ दिनुहुन्छ? भन। के जवाफ दिनुहुन्छ? अब
समाप्तिलाई समीप ल्याउनु अर्थात् स्वयंलाई सम्पन्न सम्पूर्ण बनाउनु किनकि बापदादा
एक्लै जानुहुन्न, बच्चाहरूसहित जानुहुन्छ। त्यसैले मिति तय गर्नुछ। कहिलेसम्म? काम
त दिनुभएको छ, अब आपसमा राय सल्लाह गर्नुछ। बापदादाले प्रकृतिलाई के जवाफ दिनुहुन्छ?
प्रकृति धेरै चिन्तित छ। दुःखी आत्माहरू मनमा धेरै कराइरहेका छन्। अब मनसा सेवा धेरै
बढाऊ। मनसा सेवा गर्छौ तर यो सेवा लगातार बढिरहोस्, त्यो सेवा अझै बढाऊ किनकि
प्रकृति र दुःखी आत्माहरू बाबाकहाँ आउँछन्, कराउँछन्। त्यसैले तिमीले उनीहरूलाई केही
शान्ति वा सुखको अनुभूति गराऊ। तिनीहरूले एक सेकेन्डको शान्ति पनि चाहन्छन्,भन्छन्
अलिकति शान्ति दिइदेऊ। जसरी भोको मानिस हुन्छ, उसले ठान्छ– जे सुकै भए पनि खानको
लागि केही मिलोस्, अलिकति भए पनि खानको लागि केही मिलोस्, त्यसैले अब मनसा सेवालाई
पनि बढाऊ। वाचाको सेवा त चलिरहेको छ, यसमा बापदादा खुसी हुनुहुन्छ। अच्छा, बापदादाले
जुन होमवर्क दिनुभयो त्यो याद राख्नु र राख्न लगाउनुछ। अच्छा।
बापदादाका
दिलतख्तनसीन बच्चाहरूलाई, विश्वकल्याणको कर्तव्यमा सदा अगाडि बढ्नेहरू बच्चाहरूलाई
बापदादा दृष्टि दिँदै दिलको प्यार र बधाई छ, बधाई दिइरहनुभएको छ। हरेक बच्चाले टाढा
बसेर पनि सम्मुख अनुभव गरिरहेका छन् र बापदादा सबै बच्चाहरूलाई दिलमा समाहित गर्दै
सबै बच्चाहरूसँग नमस्ते नमस्ते भनिरिरहनुभएको छ। (रुहानी बच्चाहरूको रुहानी बाबालाई
गुडमर्निङ, नमस्ते।)
वरदान:–
स्नेह र
शक्तिरूपको सन्तुलन द्वारा सेवा गर्ने सफलतामूर्त भव
जसरी एउटा आँखामा
बाबाको स्नेह र अर्को आँखामा बाबाद्वारा मिलेको कर्तव्य (सेवा) सदा स्मृतिमा रहन्छ।
यस्तो स्नेहीमूर्तको साथसाथै अब शक्तिरूप पनि बन। स्नेहको साथसाथै शब्दहरूमा यस्तो
जौहर (शक्ति) होस् जसले कसैको पनि हृदयलाई स्पर्श गरिदेओस्। जसरी आमाले बच्चाहरूलाई
जस्तोसुकै शब्दहरूमा शिक्षा दिइन् भने पनि आमाको स्नेहको कारण ती शब्द कठोर वा तीतो
महसुस हुँदैनन्। त्यसैगरी ज्ञानका जति पनि सत्य कुराहरू छन् तिनलाई स्पष्ट शब्दहरूमा
भनिदेऊ- तर शब्दहरूमा स्नेह समाहित भएको होस् त्यसपछि सफलतामूर्त बन्छौ।
स्लोगन:–
सर्वशक्तिमान्
बाबालाई साथी बनायौ भने पश्चात्तापबाट छुट्छौ।
अव्यक्त इसारा:–
ज्वालास्वरूप स्थितिमा स्थित भए र शक्तिशाली यादको अनुभव गर ।
जसरी सूर्यका किरणहरू
फैलिन्छन्, त्यसैगरी मास्टर सर्वशक्तिमानको स्थितिमा स्थित भएर शक्तिहरू र
विशेषतारूपी किरणहरू चारैतिर फैलिएको अनुभव गर, यसको लागि “म मास्टर सर्वशक्तिमान,
विघ्नविनाशक आत्मा हुँ”, यस उच्च स्वमानको स्मृतिको सिटमा स्थित भएर योगलाई
ज्वालारूप बनायौ भने कुनै विघ्न सामुन्ने सम्म पनि आउन सक्दैन।