05.09.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबाको
सहयोगी बन्नको लागि सबैलाई मनमनाभवको मन्त्र पक्का गराऊ , एक बाबालाई सदा फलो गर।”
प्रश्न:–
पुरुषोत्तम
बन्ने सहज र श्रेष्ठ पुरुषार्थ के हो?
उत्तर:–
हे पुरुषोत्तम
बन्ने प्यारा बच्चाहरू! तिमीहरू सदा श्रीमतमा चलिरहनुछ। एक बाबालाई याद गर र अरू
कुनै पनि कुरामा हस्तक्षेप (इन्टरफेयर) नगर। खाऊ, पिऊ सबै थोक गर तर बाबालाई याद
गरिराख्यौ भने पुरुषोत्तम बन्नेछौ। पुरुषोत्तम उनीहरू नै बन्छन्, जसमाथि बृहस्पतिको
दशा हुन्छ। उनीहरूले कहिल्यै श्रीमतको अवज्ञा गर्दैनन्। उनीहरूबाट कुनै उल्टो कर्म
हुँदैन।
गीत:–
ओम् नमः शिवाय...
ओम् शान्ति ।
यो महिमा कसको
हो? एक परमपिता परमात्माको, जसले राम्रो काम गर्छन्, उनीहरूको महिमा अवश्य हुन्छ।
जसले नराम्रो कर्तव्य गर्छन्, उनीहरूको निन्दा हुन्छ। जस्ता अकबर थिए त्यस्तै उनको
महिमा भयो, औरङ्गजेबको निन्दा भयो। रामको महिमा गर्छन्, रावणको निन्दा गर्छन्।
भारतवर्षमा नै रामराज्य, रावणराज्य प्रसिद्ध छ। रामराज्यलाई भनिन्छ पुरुषोत्तम
राज्य र रावण राज्यलाई भनिन्छ आसुरी राज्य। तिमी बच्चाहरूलाई त अहिले सङ्गमयुगको
विषयमा थाहा भएको छ। यो हो नै पुरुषोत्तम युग। यो भारतवर्षलाई पुरुषोत्तम बनाएरै
छाड्नु छ। यहाँ बस्ने आत्माहरूलाई पनि पुरुषोत्तम बनाउनु छ र उनीहरू बस्ने ठाउँलाई
पनि पुरुषोत्तम बनाउनु छ। भारतवर्षलाई नै स्वर्ग भन्छन्, यहाँ बस्ने आत्माहरूलाई
देवीदेवता, स्वर्गका निवासी भन्छन्। त्यसैले दुवै उत्तम बन्छन्। सबैलाई थाहा छ– नयाँ
दुनियाँ उत्तम हुन्छ र पुरानो दुनियाँ कनिष्ठ हुन्छ। जस्तो दुनियाँ, त्यस्तै त्यहाँ
बस्नेहरू। भनिन्छ पनि, नयाँ भारतखण्ड, पुरानो भारतखण्ड, अरू कुनै खण्डलाई नयाँ खण्ड
भनिँदैन। यस्तो होइन, नयाँ दुनियाँमा नयाँ अमेरिका, नयाँ चीन हुन्छ। हुँदैन, नयाँ
दुनियाँमा त नयाँ भारतवर्ष हुन्छ भनिन्छ, त्यसैले नयाँ इन्डिया पनि भनिन्छ। नयाँ
भारत त नाम राख्छन्, तर सबै अर्थबिनाको हुन्छ। न्यु इन्डिया फेरि यतिबेला कहाँबाट
आयो! न्यु इन्डियामा त दिल्ली परिस्तान हुन्छ। अब परिस्तान कहाँ छ। तिमी बच्चाहरू
यहाँ आउँछौ पुरुषोत्तम बन्न। उच्चभन्दा उच्च बृहस्पतिको दशा हुन्छ। पुरुषोत्तम
बनेपछि बृहस्पतिको दशा हुन्छ। तिमीलाई थाहा छ– नयाँ दुनियाँ स्थापक बेहदका
बाबाद्वारा हामीले बेहदको सुख लिने पुरुषार्थ गरिरहेका छौँ। सत्ययुगमा पुरुषोत्तम
देवीदेवताहरू हुन्छन्। फेरि तल आएपछि मध्यम, फेरि कनिष्ठ बन्छन्। तिमी बच्चाहरूलाई
थाहा छ– अहिले बाबाले हामीलाई सतोप्रधान सत्ययुगी स्वर्गवासी, पुरुषोत्तम
बनाइरहनुभएको छ। यो कुरा धेरै नै सहज छ। न कुनै खाने औषधि छ, न कुनै गर्ने कुरा।
केवल याद गर्नु छ, त्यसैले भनिन्छ सहज याद। यादबाट नै पाप आत्माबाट पुण्य आत्मा
बन्नु छ। यो त अववश्यै हो, सबैलाई मुक्ति मिल्नु छ।
बाबा भन्नुहुन्छ– म
सबैको सद्गतिदाता हूँ, त्यसैले अवश्य मानिसहरूका शरीर खतम हुनेछन्। बाँकी
आत्माहरूलाई पवित्र बनाएर लैजानेछु। फर्केर जानको लागि तयारी गर्नुपर्छ। बाबाले
तयारी गराइरहनुभएको छ किनकि आत्माका पखेटाहरू चुँडिइसकेका छन् अर्थात् आत्मा
तमोप्रधान भएको छ। तिमीले योगबलबाट पवित्र बन्ने मेहनत गर्छौ। जसले मेहनत गर्दैनन्,
उनीहरूले हिसाबकिताब दिनुपर्नेछ, यसमा कुनै विचार गर्ने कुरा छैन। तिमी बच्चाहरूको
काम हो बाबाबाट पूरा वर्सा लिनु, बाबाको मदतगार बनेर सहयोग दिनुपर्छ। बाबाको पनि
सहयोग, बच्चाहरूको पनि सहयोग। कसरी सहयोग दिने, त्यो कुरा बाबालाई हेरेर फलो गर।
पुरुषोत्तम बन्नको लागि सबैलाई मेरो मन्त्र दिँदै जाऊ। बाबा कल्प कल्प आएर
भन्नुहुन्छ–मलाई याद नगरी पतितबाट पावन बन्दैनौ। मैले कुनै गङ्गा स्नान गराउँछु र?
केवल महामन्त्र याद गर्नु छ “मनमनाभव”। यसको अर्थ हो मलाई याद गर, त्यसोभए तिमी
पावन तथा पुरुषोत्तम बनेर स्वर्गको मालिक बन्नेछौ। स्त्री-पुरुष दुवै नै पवित्र
प्रवृत्तिका मालिक बन्छौ। बाबाले यी सबै कुराहरू विस्तारमा सम्झाउनुहुन्छ। तिमी
यथार्थमा (प्राक्टिकलमा) प्रवृत्तिका मालिक बन्छौ। तिमीलाई थाहा छ, भगवान आएर
बच्चाहरूलाई पुरुषोत्तम बनाउनुभएको छ, त्यसैले त भन्छन्– पतितहरूलाई पावन बनाउने
पतितपावन आउनुहोस्! पुरुषोत्तम मासको ठुलो महिमा सुनाउँछन् नि! यो पुरुषोत्तम युगको
पनि ठुलो महिमा छ। कलियुग अर्थात् रात पछि दिन अवश्य आउनु छ। दुःख पछि सुख आउँछ। यो
शब्द पनि क्लियर छ। स्त्री-पुरुष दुवै उत्तमभन्दा उत्तम, श्रेष्ठभन्दा श्रेष्ठ
बन्छन् किनकि यो प्रवृत्तिमार्ग हो। सत्ययुग त प्रसिद्ध छ, त्यसलाई नै सुखधाम
भनिन्छ, फेरि द्वापर युग आएपछि मानिसहरू संन्यास धारण गरेर उत्तम बन्छन्, त्यसैले
पतित मानिसहरू गएर उनीहरूलाई ढोग्छन्। पवित्रको अगाडि अपवित्रले ढोग्छन्, यो त
सामान्य कुरा हो। पतितपावन बाबालाई नचिनेका हुनाले गङ्गालाई पावन पतितपावनी सम्झेर
गएर ढोग्छन्। गङ्गा र सागरको पनि मेला लाग्छ। तिमी बच्चाहरूलाई बाबाले धेरै स्पष्ट
पारेर सम्झाउनुहुन्छ, तैपनि बाबा भन्नुहुन्छ– करोडौँमा कोही, कोहीमा पनि कोहीले
बुझ्छन्। त्यसमा पनि आश्चर्यवत् सुनन्ती, कथन्ती, फारकती देवन्ती र भागन्ती,
डिससर्भिस करन्ती बन्छन्। सर्भिस र डिससर्भिस दुवै भइरहन्छ। भागन्ती पनि धेरै
हुन्छन्, जसले बाबालाई चिन्दैनन्।
तिमी पाप आत्माबाट
पुण्य आत्मा बन्छौ। फेरि बच्चाहरूले नै बसेर विघ्न हाल्छन्, विश्वासघात गरे भने कति
घोर पाप हुन्छ। रावणले सबैलाई महापापी बनाउँछ तर जसले बाबाका बच्चा बनेर डिससर्भिस
गर्छन्, उनीहरूको लागि ट्रिब्युनल, धर्मसभा बस्छ। भक्तिमार्गमा त्यति कडा सजाय
मिल्दैन, तर यहाँ बाबाको बनेर फेरि डिससर्भिस गर्छन् भने बाबाको राइटह्यान्ड
धर्मराज हुनुहुन्छ, त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मेरो सेवामा मदतगार
बन, फेरि झन् उल्टो काम नगर, डिससर्भिस गरेमा फेरि अबलाहरूमाथि विघ्न पर्नेछ।
बाबालाई माताहरूमाथि दया लाग्छ। भगवानले द्रौपदीका पाउ पनि मोल्नुभएको थियो नि!
द्रौपदीले पुकारिन्– हामीलाई नङ्गन बनाउँछन्। बाबाले माताहरूको शिरमा कलश
राख्नुहुन्छ। पहिला माता हुन्छन्, पछाडि पुरुष हुन्छन्। तर आजकाल पुरुषहरूमा धेरै
अहङ्कार छ– म स्त्रीको गुरु हुँ, पति, ईश्वर हुँ, स्त्री मेरी दासी हुन्। उहाँ
बाबाले निरहङ्कारी बनेर माताहरूको पाउ पनि मोल्नुहुन्छ। तिमी थाकेकी छौ। म तिम्रो
थकाइ मेटाउनको लागि आएको हुँ। तिमी माताहरूलाई सबैले तिरस्कार गरे। संन्यासीहरूले
स्त्रीलाई छोडेर जान्छन्। कसैका ५-७ बच्चाहरू हुन्छन्, पालन पोषण गर्न सक्दैनन् अनि
हैरान भएर भाग्छन्। रचना गरेर फेरि उनीहरूलाई तड्पाएर जान्छन्। बाबा भन्नुहुन्छ–
मैले कसैलाई तड्पाउन्नँ। म त सबैको दुःखहर्ता, सुखकर्ता हुँ। माया आएर दुःखी बनाउँछ।
यो पनि खेल हो। अज्ञानकालमा मानिसहरूलाई भगवानले नै दुःखसुख दिनुहुन्छ भन्ने ठान्छन्
तर बाबा ईश्वरले यो कामधन्दा गर्नुहुन्न। यो ड्रामा त कर्म अनुसार बनेको हुन्छ, जसले
जस्तो कर्म गर्छ, त्यस्तै फल पाउँछ। यतिबेला श्रेष्ठ कर्म गर्नुपर्ने हुन्छ।
पश्चाताप गर्ने कुरा होइन। कोही रोगी रहेछन्, टाट पल्टिएछन् भने पश्चाताप गर्छन्।
तिमी बच्चाहरू कति सौभाग्यशाली बन्छौ, जसले २१ जन्म कहिल्यै पश्चाताप गर्नुपर्दैन।
कति श्रेष्ठ फल मिल्छ। त्यसैले बाबाको श्रीमतमा चल्नुपर्छ। बाबाले अरू कुनै पनि
कुरामा हस्तक्षेप (इन्टरफियर) गर्नुहुन्न। खाऊ, पिऊ जेसुकै पनि गर, केवल बाबा र
वर्सालाई याद गर। तिमीले भन्छौ– हामी पतित छौँ, त्यसैले बाबाले जुन पावन बन्ने
युक्ति बताउनुहुन्छ, त्यसैमा चल। केवल याद गर्ने मेहनत गर्नुछ। मायाका तुफानहरूसँग
डराउनुहुँदैन। यसैमा गुप्त मेहनत छ। ज्ञान पनि गुप्त छ, मुरली चलाउने कुरा त
प्रत्यक्ष हो। तर यो वाणीबाट तिमी पावन बन्दैनौ। पावन यादबाट नै बन्छौ। त्यसैले
बेहदका बाबालाई याद गर अनि बाबाको मदतगार पनि बन्नुपर्छ। रुहानी हस्पिटल र
युनिभर्सिटी खोल्ने पुरुषार्थ पनि गर। कुनै राम्रो ठाउँ छ भने गएर भाषण गर। तिमीले
हातमा पुस्तक लिनुपर्दैन। तिमी भित्र सारा ज्ञान छ, बाँकी सम्झाउनको लागि कल्पवृक्ष,
त्रिमूर्ति, सृष्टि चक्रको रहस्य सबैलाई सम्झाउनु छ। बाबा भन्नुहुन्छ– मैले
ब्रह्माद्वारा ब्राह्मण रचना गर्छु। ब्राह्मणहरूको लक्ष्य उद्देश्य (एम अब्जेक्ट)
विष्णु यहीँ उभिएका छन्। त्यस्तो बनाउने टिचर उहाँ निराकार हुनुहुन्छ। भनिएको पनि
छ– ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना... कल्प पहिला पनि यस्तै चित्र बनाउन
लगाउनुभएको थियो। हेर, साइन्स आदिबाट कति मिसाइल बनाउँछन्। तिमी बच्चाहरूलाई
पुरुषोत्तम बन्नमा नै मेहनत लाग्छ किनकि जन्मजन्मान्तरको बोझ तिम्रो शिरमा छ।
सेकेन्डमा मगनी भयो, फेरि तिमी आत्माहरूले बाबालाई याद गर्नु छ, जसले गर्दा
तमोप्रधानबाट सतोप्रधान बन्न सक्छौ।
बाबा भन्नुहुन्छ–
मनमनाभव, तिमी कर्मयोगी हौ। तिमीले यादको चार्ट राख्नुपर्छ। तिम्रो लडाइँ मायासँग
छ। यो लडाइँ धेरै कडा छ। तिमीले यादमा रहने कोसिस गर्छौ, मायाले उडाइदिन्छ। ज्ञानमा
कुनै अड्चन हुँदैन। आत्मामा ८४ जन्मका संस्कारहरू भरिएका छन्। यो ड्रामा अनादि
बनिबनाउ छ। यो चक्र घुमि नै रहन्छ। बन्द हुँदैन। सृष्टि रचियो नै किन, यो प्रस्नै
उठ्दैन। आत्मा कसरी परिवर्तन हुन्छ। नयाँ आत्मा कतैबाट आउँदैन। जति आत्माहरू छन्,
त्यति नै हुन्छन्, घटीबढी हुन सक्दैनन्। नाटकका पात्रहरू सबै पूरा हुन्छन्। तिमी
बेहदको नाटकका पात्रहरू हौ, तिमीले जेजति देख्छौ, ड्रामामा त्यति नै नाटकका पात्रहरू
हुन्छन्, त्यति नै फेरि हुनेछन्। मोक्ष कसैले पाउँदैन। मानिसहरूले आवागमनको चक्रबाट
छुट्न चाहन्छन्, तर छुट्न सक्दैनन्। जति पार्ट खेल्न आउँछन्, उनीहरू फेरि आउनु छ।
बाबा भन्नुहुन्छ– म पनि यो पतित दुनियाँमा आउनु र जानुपर्छ। कल्प कल्प म आउँछु। म
नै आउनुपर्छ भने बच्चाहरू आउन-जान कसरी बन्द हुन सक्छ। तिमी ८४ पटक शरीरमा आउँछौ, म
एकैपटक आउँछु। मेरो आउनुजानु धेरै अनौठो छ, त्यसैले त गाउँछन्– हजुरको गति-मति
हजुरले नै जान्नुहुन्छ... सद्गति गर्ने जुन मत छ, त्यो हजुरले नै जान्नुहुन्छ र अरू
कसैले जान्दैन। त्यहाँ गाउँछन्, तिमी यहाँ यथार्थमा (प्राक्टिकलमा) छौ। मूल कुरा हो
यादको, फेरि तिमीहरू अन्धाको लट्ठी बन्नु छ। यो हो पुरुषोत्तम युग। यो युग ५०००
वर्ष पछि आउँछ। पुरुषोत्तम मास तीन वर्ष पछि आउँछ। ती सबै हुन् भक्तिमार्गका कुरा।
उनीहरूका जन्तरमन्तरका धेरै पुस्तकहरू हुन्छन्। यहाँ त त्यो कुरा छैन। भक्ति
नगर्नेहरूलाई अधर्मी (इरिलिजियस) भनिन्छ। त्यसैले उनीहरूलाई राजी गर्नको लागि
निमित्त बनेर केही गर्नुपर्छ। बाबा सम्झाउनुहुन्छ– मीठा बच्चाहरू! कहिल्यै
डिससर्भिस गर्नुछैन। कोही देशद्रोही (ट्रेटर) बन्छन् भने उनीहरूलाई भनिन्छ अजामिल।
अजामिल, सुरदास आदिका कति कथाहरू छन्। यी सबै हुन् भक्तिमार्गका कुरा। तिनीहरूभन्दा
पनि बढी पाप आत्मा उनी हुन्, जसले यहाँ आएर, मेरो बनेर मसँग सम्बन्ध विच्छेद (फारकती)
गरिदिन्छन्। मेरो निन्दा गराउँछन्, उनीहरूको लागि फेरि धर्मसभा (ट्रिब्युनल) बस्छ।
प्रतिज्ञा गरेर फेरि डिससर्भिस गरे भने कडा सजाय मिल्नेछ। पद उच्च रहेछ भने पनि फेरि
भुलको कडा सजाय हुन्छ, त्यसैले कुनै पनि अवज्ञा गर्नुहुँदैन। भनिएको पनि छ–
सद्गुरुको निन्दकले स्थान पाउँदैन अर्थात् नरबाट नारायण बन्ने लक्ष्य उद्देश्य (एम
अब्जेक्ट) प्राप्त गर्न सक्दैन। गुरुहरूसँग तिमीले सोध्न सक्छौ– तिमीले भन्छौ गुरुको
निन्दक... त्यो कुनचाहिँ स्थान हो? उनीहरूले त्यो स्थान त बताउन सक्दैनन्। बाबाको
पगरी उनीहरूले आफ्नो शिरमा लगाएका छन्। बाबा टिचरले भन्नुहुन्छ– पूरा पढेनौ भने पद
पनि उच्च पाउनेछैनौ। पावन सो देवीदेवता बन्नु छ। यहाँ कोही पावन हुँदैनन्। अब सबै
पावन बन्नु छ। २१ जन्मको लागि राज्य भाग्य मिल्छ भने यो केवल अन्तिम जन्म पावन बन्नु
छ, यसमा कति ठुलो प्राप्ति छ। प्राप्ति नहुने भए यस्तो पुरुषार्थ गर्थे र? तर माया
यस्तो छ, जसले उच्च प्राप्तिमा पनि विघ्न पार्छ र गिराइदिन्छ। अहो! मम माया...।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) कुनै पनि डिससर्भिस हुने कार्य गर्नुहुँदैन। कुनै पनि यस्तो कर्म नहोस्, जसबाट
बाबाको निन्दा हुन्छ। अवज्ञाहरूबाट बच्नु छ, पुरुषोत्तम बन्नु छ।
२) मायाका
तुफानहरूसँग डराउनुहुँदैन, पावन बन्नको लागि यादमा रहने पुरुषार्थ गर्नु छ।
वरदान:–
थाकेका वा
तड्पिरहेका आत्माहरूलाई सिद्धि दिने ईश्वरीय सेवाधारी भव
आत्माहरूको धेरै
समयदेखिको निर्वाण वा मुक्तिधाममा जाने इच्छा वा आशा छ। यसको लागि नै अनेक
जन्महरूदेखि अनेक प्रकारका साधना गर्दा गर्दा थाकिसकेका छन्। अहिले हरेकले सिद्धि
चाहन्छन्, न कि साधना। सिद्धि अर्थात् सद्गति– त्यसैले यस्ता तड्पिरहेका, थाकेका,
तिर्खाएका आत्माहरूको तिर्खा मेटाउनको लागि तिमी श्रेष्ठ आत्माहरूले आफ्नो
साइलेन्सको शक्ति वा सर्व शक्तिहरूबाट एक सेकेन्डमा सिद्धि देऊ, तब भनिन्छ ईश्वरीय
सेवाधारी।
स्लोगन:–
कमजोर संस्कार
नै माया आउने चोर गेट हो, अब यो गेट बन्द गर।
अव्यक्त इसारा:– अब
आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर
तिमी भाग्यको रेखा
कोर्ने ब्रह्माका बच्चाहरू ब्रह्माकुमार र ब्रह्माकुमारीहरू हौ, त्यसैले सदा तिम्रा
भण्डारहरू भरपुर रहनुपर्छ। कसैलाई पनि खाली हात जान नदेऊ। सदा दाताका बच्चाहरूले
दिइराख र सबैका भावनाहरू, सबैका आशाहरू पूर्ण गरिराख। महादानी, वरदानी बन, यही
तिम्रो स्वरूप हो।