05.11.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– ड्रामाको श्रेष्ठ ज्ञान केवल तिमी बच्चाहरूसँग छ। तिमीले जानेका छौ– यो ड्रामा हुबहु दोहोरिन्छ।”

प्रश्न:–
प्रवृत्तिमा रहनेले बाबासँग कुनचाहिँ प्रश्न सोध्छन्, बाबाले उनीहरूलाई के सल्लाह दिनुहुन्छ?

उत्तर:–
कति बच्चाहरूले सोध्छन्– बाबा मैले धन्दा गरौं? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! धन्दा त गर, तर रोयल धन्दा गर। ब्राह्मण बच्चाहरूले मदिरा, सिगरेट, बिँडी आदि फोहोरी धन्दा गर्नु हुँदैन किनकि यी धन्दाबाट विकारको आकर्षण बढ्छ।

ओम् शान्ति ।
रूहानी बाबाले रूहानी बच्चाहरूलाई सम्झाइरहनु भएको छ। अहिले एउटा छ रूहानी बाबाको श्रीमत, अर्को छ रावणको आसुरी मत। बाबाको श्रीमतलाई आसुरी मत भनिदैन। रावणलाई बाबा त भनिदैन नि। त्यो हो रावणको आसुरी मत। अहिले तिमी बच्चाहरूलाई मिलिरहेको छ ईश्वरीय मत। कति रात-दिनको फरक छ! बुद्धिमा आउँछ– ईश्वरीय मतबाट दैवी गुण धारण गर्दै आएका छौं। यो कुरा केवल तिमी बच्चाहरूले नै बाबाद्वारा सुन्छौ, अरू कसैलाई पनि थाहा छैन। बाबा मिल्नुहुन्छ नै सम्पत्ति दिनको लागि। रावणबाट त सम्पत्ति अझ घट्दै जान्छ। ईश्वरीय मतले कहाँ पुर्याउँछ र आसुरी मतले कहाँ लैजान्छ, यो कुरा तिमीले नै जानेका छौ। आसुरी मत मिलेपछि मात्रै तिमी तल गिर्दै आउँछौ। नयाँ दुनियाँमा अलिअलि झर्छौ। कसरी झरिन्छ, फेरि कसरी चढिन्छ– यो कुरा पनि तिमी बच्चाहरूले बुझेका छौ। अहिले तिमी बच्चाहरूलाई नै पुन: श्रेष्ठ बन्नको लागि श्रीमत मिलेको छ। तिमी यहाँ आएका हौ नै श्रेष्ठ बन्नको लागि। तिमीले जानेका छौ– हामीले पुन: श्रेष्ठ मत कसरी प्राप्त गर्छौं। अनेक पटक तिमीले श्रेष्ठ मतबाट उच्च पद पाएका हौ, फेरि पुनर्जन्म लिँदै लिँदै तल झर्दै आएका हौ। फेरि एकै पटक चढ्छौ। नम्बरवार पुरुषार्थ अनुसार त हुन्छ नै। बाबाले सम्झाउनु हुन्छ, समय लाग्छ। पुरुषोत्तम सङ्गमयुगको समय पनि पूरा एक्युरेट हुन्छ नि । ड्रामा धेरै एक्युरेट चल्छ। यो धेरै आश्चर्यजनक छ। बच्चाहरूको समझमा धेरै सहजै आउँछ– बाबालाई याद गर्नु छ र वर्सा लिनु छ। यति भए पुग्यो। पुरुषार्थ गर्दा कतिलाई कठिन पनि लाग्छ। यति उच्च भन्दा उच्च पद पाउन कुनै सहज कहाँ हुन सक्छ! बाबाको याद र वर्सा धेरै सहज छ। सेकेण्डको कुरा हो। फेरि पुरुषार्थ गर्न लाग्यौ भने मायाको विघ्न पनि पर्छ। रावणमाथि विजय प्राप्त गर्नु छ। सारा सृष्टिमा यस रावणको राज्य छ। अहिले तिमीले बुझेका छौ– हामीले योगबलबाट हर कल्प रावणमाथि विजय प्राप्त गर्दै आएका हौं। अहिले पनि प्राप्त गरिरहेका छौं। सिकाउनेवाला हुनुहुन्छ बेहदका बाबा। भक्तिमार्गमा पनि तिमीले बाबाबाबा भन्दै आएका हौ। तर पहिला बाबालाई चिन्दैनथ्यौ। आत्मालाई चिनेका थियौ। भन्ने गर्थ्यौ– चम्कन्छ भृकुटीको बीचमा अजब सितारा...। आत्मालाई चिनेर पनि बाबालाई चिन्दैनथ्यौ। कस्तो विचित्रको ड्रामा छ। भन्ने पनि गर्थ्यौ– हे परमपिता परमात्मा! याद गर्थ्यौ, तापनि जानेका थिएनौ। न आत्माको कर्तव्यलाई, न परमात्माको कर्तव्यलाई पूरा जान्दथ्यौ। बाबाले नै स्वयं आएर सम्झाउनु हुन्छ। बाबा बाहेक कहिल्यै कसैले रियलाइज गराउन सक्दैन। अरू कसैको पार्ट नै होइन। गायन पनि छ– ईश्वरीय सम्प्रदाय, आसुरी सम्प्रदाय र दैवी सम्प्रदाय। छ धेरै सहज। तर यो कुरा याद राख– यसैमा मायाले विघ्न पार्छ। भुलाइदिन्छ। बाबा भन्नुहुन्छ– नम्बरवार पुरुषार्थ अनुसार याद गर्दा गर्दै जब ड्रामाको अन्त्य हुन्छ अर्थात् पुरानो दुनियाँको अन्त्य हुन्छ तब नम्बरवार पुरुषार्थ अनुसार राजधानी स्थापना भइ नै हाल्छ। शास्त्रहरूबाट यी कुरा कसैले जान्न सक्दैन। गीता आदि त यिनले पनि धेरै पढेका हुन् नि। अहिले बाबा भन्नुहुन्छ– यसको केही महत्त्व छैन। तर भक्तिमा कनरस धेरै मिल्छ, त्यसैले छोड्दैनन्।

तिमीलाई थाहा छ– सारा कुरा पुरुषार्थमा आधारित छ। कामधन्दा आदि पनि कसैको श्रेष्ठ (रोयल) हुन्छ, कसैको फोहोरी धन्दा हुन्छ। मदिरा, बिँडी, सिगरेट आदि बेच्छन्– यी धन्दा त धेरै नराम्रा हुन्। मदिराले सबै विकारलाई आकर्षित गर्छ। कसैलाई सराबी बनाउनु– यो धन्दा राम्रो होइन। बाबाले राय दिनुहुन्छ– युक्तिबाट यो धन्दा परिवर्तन गर। नत्र उच्च पद पाउन सक्दैनौ। बाबाले सम्झाउनु हुन्छ– अविनाशी ज्ञान रत्नको धन्दा बाहेक यी सबै धन्दामा छ नोक्सान। गर्न त जुहारतको धन्दा गर्थे तर फाइदा त भएन नि। लखपतिसम्म बने। यस धन्दाबाट के बन्छन्? बाबाले पत्रमा पनि सदैव लेख्नुहुन्थ्यो– पदमापदम भाग्यशाली। त्यो पनि २१ जन्मको लागि बन्छन्। तिमीले पनि जानेका छौ– बाबाले बिल्कुलै ठीक भन्नुहुन्छ। हामी नै यी देवी-देवता थियौं, फेरि चक्कर लगाउँदा लगाउँदा तल आएका छौं। सृष्टिको आदि-मध्य-अन्त्यलाई पनि जानेका छौं। ज्ञान त बाबाद्वारा नै प्राप्त भएको छ, फेरि दैवी गुण पनि धारण गर्नु छ। आफ्नो जाँच गर्नु छ– म भित्र कुनै आसुरी अवगुण त छैन? यो कुरा बाबाले पनि जान्नुहुन्छ– मैले यो शरीररूपी घर भाडामा दिएको छु। यो घर हो नि। यसमा आत्मा रहन्छ। मलाई धेरै नसा हुन्छ– भगवानलाई मैले घर भाडामा दिएको छु! ड्रामा योजना अनुसार अरू कुनै घर उहाँले लिनुहुन्न। कल्प कल्प यही घर नै लिनुपर्छ। यिनलाई त खुसी हुन्छ नि। तर फेरि हङ्गामा पनि कति मच्चियो। यी बाबाले हाँसो-ठठ्ठामा कहिलेकाहीँ बाबालाई भन्छन्– बाबा, हजुरको रथ बनेपछि मैले यति गाली खानुपर्छ। बाबा भन्नुहुन्छ– सबैभन्दा धेरै गाली मलाई गरेका छन्। अब तिम्रो पालो हो। ब्रह्मालाई कहिल्यै गाली गरेका छैनन्। अहिले पालो आएको छ। रथ दिएका छन् भने अवश्य बाबाबाट मदत पनि मिल्छ। फेरि पनि बाबा भन्नुहुन्छ– मलाई निरन्तर याद गर, यसमा तिमी बच्चाहरू यिनी भन्दा पनि तीक्ष्ण हुन सक्छौ किनकि यिनीमाथि त मामिला धेरै छन्! हुन त ड्रामा भनेर छोडिदिन्छन् फेरि पनि केही असर अवश्य पर्छ। यो विचराले धेरै राम्रो सेवा गर्थ्यो। यो सङ्गदोषमा आएर बिग्रियो। कति डिससर्भिस हुन्छ। यस्ता यस्ता काम गर्छन्, जसबाट असर पर्छ। त्यतिबेला यो बुझ्दैनथे– ड्रामा यस्तो पनि बनेको छ। यो कुरा फेरि पछि ख्याल आउँछ। यो त ड्रामामा निश्चित छ। मायाले अवस्थालाई बिगारिदिन्छ अनि डिससर्भिस हुन्छ। अवलाहरूमाथि कति अत्याचार हुन्छ। यहाँ त आफ्नै बच्चाहरूले पनि कति डिससर्भिस गर्छन्। उल्टो सुल्टो बोल्न थाल्छन्।

अहिले तिमी बच्चाहरूलाई थाहा छ– बाबाले के सुनाउनु हुन्छ? कुनै शास्त्र आदि त सुनाउनुहुन्न। अहिले हामी श्रीमत अनुसार कति श्रेष्ठ बन्छौं! आसुरी मतबाट कति भ्रष्ट बनेका छौं। समय लाग्छ नि। मायाको युद्ध चलिरहन्छ। अब तिम्रो विजय त अवश्य हुनु नै छ। यो तिमीले जानेका छौ– शान्तिधाम सुखधामको लागि हाम्रो विजय हुन्छ नै। कल्प कल्प हामीले विजय प्राप्त गर्दै आएका हौं। यस पुरुषोत्तम सङ्गमयुगमा नै स्थापना र विनाश हुन्छ। यो सबै कुरा विस्तृत रूपमा तिमी बच्चाको बुद्धिमा छ। अवश्य पनि बाबाले हामीद्वारा स्थापना गराइरहनु भएको छ। फेरि हामीले नै राज्य गर्छौं। बाबालाई धन्यबाद पनि दिदैनौं! बाबा भन्नुहुन्छ– यो पनि ड्रामामा निश्चित छ। म पनि यो ड्रामामा पार्टधारी हुँ। ड्रामामा सबैको पार्ट निश्चित छ। शिवबाबाको पनि पार्ट छ। हाम्रो पनि पार्ट छ। धन्यवाद दिने कुरा छैन। शिवबाबा भन्नुहुन्छ– मैले तिमीलाई श्रीमत दिएर मार्ग बताउँछु, अरू कसैले बताउन सक्दैन। जो आए पनि भन– सतोप्रधान नयाँ दुनियाँ स्वर्ग थियो नि। यस पुरानो दुनियाँलाई तमोप्रधान भनिन्छ। फेरि सतोप्रधान बन्नको लागि दैवी गुण धारण गर्नु छ। बाबालाई याद गर्नु छ। मन्त्र नै छ मनमनाभव, मध्याजी भव। ठीक छ, यो पनि बताउँछु म सुप्रिम गुरु हुँ।

तिमी बच्चाहरूले अहिले यादको यात्राबाट सारा सृष्टिलाई सद्गतिमा पुर्याउँछौ। जगतगुरु एक शिवबाबा हुनुहुन्छ जसले तिमीलाई पनि श्रीमत दिनुहुन्छ। तिमीहरूलाई थाहा छ– हर ५ हजार वर्षपछि हामीलाई यो श्रीमत मिलेको छ। चक्र घुमिरहन्छ। आज पुरानो दुनियाँ छ, भोलि नयाँ दुनियाँ हुन्छ। यो चक्रलाई बुझ्न पनि धेरै सहज छ। तर यो याद रहेमा जसलाई पनि सम्झाउन सक्छौ। यो पनि बिर्सिन्छन्। कोही गिरे भने फेरि ज्ञान आदि सबै समाप्त हुन्छ। कला-काया मायाले लिन्छ। सबै कला निकालेर कला रहित बनाइदिन्छ। विकारमा यसरी फस्छन्, कुरै नसोध। अहिले तिमीलाई सारा चक्र याद छ। तिमी जन्मजन्मान्तर वेश्यालयमा रहेका छौ, हजारौं पाप गर्दै आएका छौ। सबैका अगाडि भन्ने गर्छौ– हामी जन्म जन्मका पापी हौं। हामी नै पहिला पुण्य आत्मा थियौं, फेरि पाप आत्मा बन्यौं। अब फेरि पुण्य आत्मा बन्छौं। यो ज्ञान तिमी बच्चाहरूलाई मिलिरहेको छ। फेरि तिमीले अरूलाई ज्ञान दिएर आफू समान बनाउँछौ। गृहस्थ व्यवहारमा रहँदा फरक त पर्छ नि। उनीहरूले त्यति सम्झाउन सक्दैनन्, जति तिमीहरूले। तर सबैले त छोड्न सक्दैनन्। बाबा स्वयं भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर पनि कमल फूल समान बन्नु छ। सबैले घर छोडेर आउने हो भने सबै बस्छन् कहाँ। बाबा ज्ञानका सागर हुनुहुन्छ। उहाँले कुनै पनि शास्त्र आदि पढ्नुहुन्न। यिनले शास्त्र आदि पढेका थिए। मेरा लागि त भन्छन्– गड फादर ज्ञानका सागर हुनुहुन्छ। मनुष्यले यो पनि जानेका छैनन्– बाबामा के ज्ञान छ। अहिले तिमीलाई सारा सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान छ। तिमीलाई थाहा छ– यी भक्तिमार्गका शास्त्र पनि अनादि छन्। भक्तिमार्गमा यी शास्त्रहरू पनि अवश्य निस्किन्छन्। भन्छन्– पहाड भत्किएपछि फेरि बन्छ कसरी! तर यो त ड्रामा हो नि। शास्त्र आदि सबै कुरा समाप्त हुन्छन्, फेरि आफ्नो समयमा त्यस्तै बन्छन्। हामीले सबैभन्दा पहिला शिवको पूजा गर्थ्यौं– यो पनि शास्त्रमा छ नि। शिवको भक्ति कसरी गरिन्छ। कति श्लोक आदि गाउँछन्। तिमीले केवल याद गर्छौ– शिवबाबा ज्ञानका सागर हुनुहुन्छ। उहाँले अहिले हामीलाई ज्ञान दिइरहनु भएको छ। बाबाले तिमीलाई सम्झाउनु भएको छ– यो सृष्टिको चक्र कसरी घुम्छ। शास्त्रमा यति लम्बाचौडा गफ लगाइदिएका छन्, जुन कहिल्यै स्मृतिमा आउन पनि सक्दैन। त्यसैले बच्चाहरूको भित्र कति खुसी हुनुपर्छ– बेहदका बाबाले हामीलाई पढाउनु हुन्छ! गायन पनि गरिन्छ– स्टुडेन्ट लाइफ इज द बेस्ट। भगवानुवाच– मैले तिमीलाई राजाहरूको राजा बनाउँछु। अरू कुनै शास्त्रमा यो कुरा छँदै छैन। सबैभन्दा उच्च प्राप्ति हो यो। वास्तवमा गुरु त एउटै हुनुहुन्छ जसले सबैको सद्गति गर्नुहुन्छ। भन्न त स्थापना गर्नेलाई पनि गुरु भन्न सकिन्छ तर गुरु उहाँ हुनुहुन्छ जसले सद्गति दिनुहुन्छ। यहाँका गुरुले त आफ्नो पछि पछि सबैलाई पार्टमा ल्याउँछन्। फर्काएर लैजानको लागि मार्ग बताउँदैनन्। बरियाँत त शिवको नै भनेर गायन गरिन्छ, अरू कुनै गुरुको होइन। मनुष्यले फेरि शिव र शङ्करलाई मिसाइदिएका छन्। कहाँ उनी सूक्ष्मवतनवासी, कहाँ उहाँ मूलवतनवासी। दुवै एउटै कसरी हुन सक्नुहुन्छ? यो कुरा भक्तिमार्गमा लेखिदिएका छन्। ब्रह्मा, विष्णु, शङ्कर तीन बच्चा हुन् नि। ब्रह्माका बारेमा पनि तिमीले सम्झाउन सक्छौ। यिनलाई गोदमा लिइएको छ, त्यसैले यिनी शिवबाबाका बच्चा भए नि। सर्वोच्च हुनुहुन्छ बाबा। बाँकी यो हो उहाँको रचना। यी कति बुझ्नुपर्ने कुरा छन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अविनाशी ज्ञान रत्नहरूको धन्दा गरेर २१ जन्मको लागि पदमापदम भाग्यशाली बन्नु छ। आफ्नो जाँच गर्नु छ– म भित्र कुनै आसुरी अवगुण त छैन? मैले यस्तो कुनै धन्दा त गर्दिनँ जसबाट विकारको उत्पत्ति हुन्छ?

२) यादको यात्रामा रहेर सारा सृष्टिलाई सद्गतिमा पुर्याउनु छ। एक सद्गुरु बाबाको श्रीमतमा चलेर आफू समान बनाउने सेवा गर्नु छ। ध्यान रहोस्– मायाले कुनै पनि बेला कला रहित नबनाओस्।

वरदान:–
कुभलोमा पनि भलाइ अनुभव गर्ने निश्चयबुद्धि बेफिक्र बादसाह भव

सधैं यो स्लोगन याद रहोस्– जे भयो राम्रो भयो, राम्रो भइरहेको छ र राम्रै हुनु छ। कुभलोलाई कुभलोको रुपमा नहेर। कुभलोमा पनि भलाइको अनुभव गर, कुभलोबाट पनि आफ्नो पाठ पढ। कुनै पनि कुरा आएमा “के होला”– यो सङ्कल्प नआओस्। तत्काल आउनु पर्छ– “राम्रै हुन्छ”। बित्यो, राम्रो भयो। जहाँ राम्रो छ, त्यहाँ सदा बेफिक्र बादसाह अनुभव हुन्छ। निश्चयबुद्धिको अर्थ नै हो बेफिक्र बादसाह।

स्लोगन:–
जसले स्वयंलाई वा अरूलाई रिगार्ड (आदर) गर्छ, उसको रिकर्ड सदा ठीक रहन्छ।