05.11.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
साइलेन्समा रहेर एक बाबालाई याद गर्नु छ , यसमा घण्टा आदि बजाउने आवश्यकता छैन।”
प्रश्न:–
कुन कुरामा
बाबासमान बन्यौ भने सबै काम सिद्ध हुनेछन्?
उत्तर:–
जसरी बाबा
प्यारको सागर हुनुहुन्छ त्यसरी नै धेरै प्यारा बन। क्रोधले काम बिग्रिन्छ, बन्दैन
त्यसैले आँखा तर्नु, ठुलो स्वरले कराउनु, रिसले तात्नु, यसको आवश्यकता छैन। शान्त
रहनु धेरै राम्रो हो। प्यारले धेरै काम सिद्ध हुन सक्छन्।
गीत:–
तुम्हीं हो
माता पिता.....
ओम् शान्ति ।
यो महिमा हो
एकको। तर भक्तिमार्गमा केवल एकको महिमा गाएर भक्तिको प्रत्यक्षता हुँदैन त्यसैले
भक्तिमा धेरैको महिमा गाउँछन्। त्यहाँ धेरै हल्ला पनि हुन्छ। घण्टा-घडियाल, गीत-भजन,
रुवाबासी कति भक्ति मार्गमा चल्छ। किसिम किसिमको हल्ला जन्त्रमन्त्र, स्तुति आदि
हुन्छ तर ज्ञानमार्गमा साइलेन्स छ। केवल इसारा दिइन्छ, केही हल्ला हुँदैन। भक्तिमा
कति धुमधाम छ। सबैभन्दा बढी घण्टा बज्छन् शिवको मन्दिरमा, जहाँतहीँ हेर घण्टैघण्टा
छन्। कसैलाई निद्राबाट ब्युँझाउनको लागि कुनै घण्टा बजाइँदैन। शिवबाबा आएर
मानिसहरूलाई कुम्भकर्णको अज्ञान निद्राबाट ब्युँझाउनुभएको छ, तर घण्टा बजाउनुहुन्न।
एकदम शान्तिले दुई शब्दमा नै सम्झाउनुहुन्छ। जो बुद्धिमान् हुन्छन् उनीहरूले दुई
शब्दमा नै बुझ्छन्। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! मलाई याद गर। तिमीले नै मलाई
बोलाएका हौ हे पतितपावन आउनुहोस्! अब म आएको छु तिमीलाई बाटो देखाउँछु। के तिमी
अझैसम्म पनि पतित बनेर यस दुनियाँमा नै बस्न चाहन्छौ! तिमी त पावन दुनियाँमा जान
चाहन्छौ नि। पावन दुनिया स्वर्गलाई भनिन्छ। उहाँलाई भन्छन् नै पतितपावन, त्यसैले
बुझ्नुपर्छ– पतितपावन आएर के गर्नुहुन्छ? अवश्य नर्कबाट स्वर्गमा लैजानुहुनेछ।
उहाँलाई नचिकन त्यत्तिकै बोलाइरहन्छन्, ताली बजाइरहन्छन्। तर यो जान्दैनन्– बाबा
आउनुहुन्छ र आएर के गर्नुहुन्छ? वास्तवमा यो मनुष्यबाट देवता बन्ने विश्व विद्यालय
पनि हो। त्यसैले गाउँछन् मनुष्यलाई देवता बनाए..... यसमा शास्त्र आदि केही पनि पढ्नु
छैन। भक्तिमार्गमा धेरै शास्त्र आदि पढ्छन्, थुप्रै प्रवचन आदि हुन्छन्। महिनौँ
महिनौँ बसेर मण्डप बनाएर हल्ला गर्छन्। यहाँ बाबा कति शान्तिमा बसेर सम्झाउनुहुन्छ।
हेर, तिमीलाई बाबा आएर पावन बनाउनुहुन्छ, पावन दुनियाँको मालिक बनाउनुहुन्छ। पढाइ
पनि कति सहज छ। तिमी पहिला सुरुमा पावन थियौ, सत्ययुगमा थियौ। फेरि ८४ जन्म लिँदा
लिँदा कलियुगमा तमोप्रधान बनेका छौ। अब तिमी सतोप्रधान बन्नु छ त्यसैले मलाई याद गर।
त्यो पनि अजपा याद। जसरी के कन्याको विवाह हुँदा जप गर्छिन्? यादमा रहन्छिन्। तिमी
पनि सबै पत्नीहरू हौ, उहाँ शिवबाबा पतिहरूका पति हुनुहुन्छ। तिम्रो मगनी भएको छ
परमात्मासँग। मगनी भयो भने पुग्यो, याद बुद्धिमा बस्यो। पक्का भयो– हामीले मगनी गरका
छौँ। फेरि एकअर्कालाई याद गरिरहन्छन्। तिमलाई पनि बाबा भन्नुहुन्छ– निश्चय बुद्धि
भएका छौ, हामी एक बाबाका बच्चा आपसमा भाइ भाइ हौँ। भाइहरूलाई वर्सा मिल्छ– एक
बाबाबाट, त्यसैले बाबालाई पुकार्छन्। बन्न त मनुष्य तनमा आएर भाइबहिनी बनुन्। तर
पुकार्ने त आत्माले हो नि। भाइ भाइले पुकार्छन् हे पतितपावन बाबा आउनुहोस्। बाबा
भन्नुहुन्छ– मलाई याद गरेमा तमोप्रधानबाट सतोप्रधान बन्नेछौ। पावनलाई सतोप्रधान,
पतितलाई तमोप्रधान भनिन्छ। यी कुराहरू बाबाले सङ्गममा नै सम्झाउनुहुन्छ। यो गीता
पाठशाला हो। यस पाठशालामा बाबा आएर राजयोग सिकाउनुहुन्छ, नरबाट नारायण बनाउनुहुन्छ।
त्यहाँ टिचरले त सामुन्ने बसेर पढाउँछन्, देखिन्छन्। यो गुप्त छ। त्यसैले उहाँ
टिचरलाई पनि बुद्धियोगद्वारा चिन्नुपर्छ। उहाँ निराकार पतितपावन बाबा हुनुहुन्छ।
उहाँले नै स्मृति दिलाउनुहुन्छ– कल्प पहिला पनि मैले तिमीहरूलाई राजयोग सिकाएको थिएँ।
त्यसैले त भनिन्छ मनमनाभव, पवित्र बन्यौ भने यी लक्ष्मीनारायण बन्नेछौ। यसमा
घण्टा-घडियाल आदि बजाउने आवश्यकता नै छैन। बाबा स्वयं आएर जगाउनुहुन्छ। मनमनाभवको
अर्थ हो साइलेन्स। आफूलाई आत्मा निश्चय गर। बस्! अब हामी आफ्नो घर जानु छ। बाबालाई
नै सबैले भन्छन्– हामीलाई दुःखबाट छुटाएर मुक्त गर्नुहोस्। संन्यासीहरूले केवल
ब्रह्मलाई याद गर्छन्। तर ब्रह्म तत्त्व त घर हो। उनीहरूले घरलाई याद गर्छन्, यहाँ
बाबालाई याद गर्नु छ। केवल घरलाई याद गरेमा मानौँ संन्यासी बन्नेछौ। ब्रह्म त भगवान
होइन।
बाबा बसेर
सम्झाउनुहुन्छ– मलाई याद गरेमा तिमी निर्वाणधाममा जानेछौ। फेरि त्यहाँबाट आउनेछौ
स्वर्गमा। यहाँबाट मैले तिमी बच्चाहरूलाई साथमा लैजानेछु। तिमीलाई थाहा छ, सलहको
बथान कति ठुलो हुन्छ। सबैको एकता हुन्छ। पहिला अगाडिको बस्यो भने सबै बस्छन्।
मौरीहरू पनि यस्तै हुन्छन्। रानीले घर छोडी भने सबै उनका पछाडि उड्छन्। उनी मानौँ
उनीहरूको साजन भइन्। उनीहरूमा फेरि सजनीले नै राज्य गर्छिन् आफ्नै जातिमाथि।
शास्त्रहरूमा पनि छ आत्माहरू सबै लामखुट्टे जस्तै उड्छन्। अनगिन्ती आत्माहरू छन्।
ती मौरीहरू हरेक सिजनमा आफ्नी रानीका पछाडि उड्छन्। तिमी त एकपटक उड्नु छ। अब सबै
आत्माहरूलाई जानु छ मूलवतन। तिम्रो आवाज केही पनि हुँदैन त्यसैले बाबा उदाहरण
दिनुहुन्छ। तोरीको दानाजस्तै पिसिन्छन्। बाबा पनि बिन्दु, तोरीको दानाजस्तै
हुनुहुन्छ। खसखसको दाना पनि सानो हुन्छ। परमात्मा पनि बिन्दु हुनुहुन्छ। उहाँलाई पनि
दिव्य दृष्टि बिना देख्न सकिँदैन। एकदमै सानो तारा (सितारा) जस्तै हुनुहुन्छ। गीतामा
देखाइएको छ अखण्ड ज्योतिको साक्षात्कार भयो, त्यसैले यहाँ पनि अखण्ड ज्योतिको
साक्षात्कार भएपछि सम्झन्छन् साक्षात्कार भयो। बिन्दुको साक्षात्कार भयो भने
सम्झन्छन् उहाँ परमात्मा कहाँ हुनुहुन्छ र। गीतामा त लेखिएको छ– अर्जुनलाई धेरै
तेजोमय साक्षात्कार भयो। भक्तिका कुराहरू बुद्धिमा बसेका छन्। भक्तिमार्ग र
ज्ञानमार्गमा रातदिनको फरक छ। तिमीलाई थाहा छ, हामीले ६३ जन्म शरीरद्वारा कति डान्स
गर्छौँ। ६३ जन्म कति भक्तिमार्गको हङ्गामा देख्छौँ। त्यसमा पनि पहिला सतोप्रधान
भक्ति हुँदा एक शिवबाबाको भक्ति गर्थ्यौँ। फेरि यो गङ्गास्नान आदि पछि सुरु हुन्छ।
पहिला अव्यभिचारी भक्ति हुन्छ फेरि वृद्धि हुन्छ। यहाँ त एकदम साइलेन्स छ। बिना कौडी
तिमी विश्वको मालिक बन्छौ। मम्मा बिना कौडी आइन् र विश्व महारानी बनिन्। यो सामान्य
कुरा थियो। एकदम गरिब घरकी थिइन्, हेर बिना कौडी खर्च के बन्छिन्। मम्माले फेरि सेवा
धेरै गर्थिन्। गएर अरूलाई सम्झाउँथिन्– बाबा भन्नुहुन्छ मलाई याद गरेमा तिम्रो
विकर्म विनाश हुनेछ र तिमी सतोप्रधान बन्नेछौ। यसमा खर्चको त कुनै कुरै छैन। कसैले
थोरै खर्च गरे भने पनि आफ्नै लागि। जसरी खेतीमा दुई मुठी बीउ छरेपछि कति धेरै अन्न
फल्छ। धेरै उब्जाउ हुन्छ। यहाँ पनि २१ जन्मको लागि तिम्रो कति आम्दानी हुन्छ।
मनुष्यबाट देवता बन्न कति सहज छ। एक सेकेन्डको कुरा हो। बसेका पनि कति साधारण छन्।
कोही बस्न सक्दैन भने बाबा भन्नुहुन्छ सुतेरै भए पनि मुरली सुन। यो धारणाको कुरा
हो। मनले बाबा र चक्रलाई याद गरिराख। याद गर्दागर्दै नै शरीर छोड्नु छ। बाँकी मुखमा
गङ्गाजल राख्ने कुनै कुरा होइन। गुरु गोसाईंले त धेरै डराउन दिन्छन्– तिमीले यो
नियम तोड्यौ, भक्ति गरेनौ भने यो हुनेछ। मानौँ कसैको खुट्टा भाँचियो वा नोक्सान भयो
भने भन्छन् तिमीले भक्ति छोड्यौ त्यसैले यो नतिजा निस्कियो, अनि डराउँछन्। यहाँ त
केही पनि गर्नु छैन। बाबाको याद दिलाउनु छ, चक्रको राज सम्झाउनु छ। अब कलियुगपछि
सत्ययुग आउनु छ, विनाश अवश्य हुनु छ, त्यसैले यो महाभारी लडाइँ सामुन्ने छ। भगवान
आएर राजयोग सिकाएर नरबाट नारायण बनाउनुहुन्छ। यो राजयोग हो, प्रजा योग होइन। शुभ
बोल्नुपर्छ। तिमी बच्चाहरू धेरै मीठो बन्नु छ। बाबा मीठो हुनुहुन्छ नि। क्रोध आदि
सबै दानमा लिनुहुन्छ। बाबा भन्नुहुन्छ– म प्यारको सागर हुँ, तिमी पनि त्यस्तै बन।
बडो प्यारले सम्झाउनुहुन्छ। नत्र बच्चाहरूले धेरै हङ्गामा गर्छन् किनकि मायाले
सहिनसक्नु (दिमाग खराब) बनाइदिन्छ, त्यसैले विचार आउँछ कहिल्यै पनि कसैलाई केही नभनौँ।
प्यारले सम्झाऊँ। आँखा तर्नु, रिसले तात्नु, ठुलो स्वरले कराउनु, यसको आवश्यकता छैन,
यसले काम बिग्रिन्छ। शान्त रहनु राम्रो हो। विकारहरूको दान दिएर फेरि लियौ भने आफ्नो
पद गुमाउँछौ। बाबाका बन्यौ अर्थात् ५ विकारहरूको दान दियौ। भन्छन् दे दान तो छूटे
ग्रहण। फेरि पनि बाबा पण्डा हुनुहुन्छ नि, पण्डाहरू ब्राह्मण हुन्छन्। शिवबाबा पनि
रुहानी पण्डा हुनुहुन्छ। तिमी पनि पण्डा हौ। बाबा ब्रह्माको तनमा आउनुहुन्छ त्यसैले
यिनी पनि ब्राह्मण ठहरिए। बाबा यिनमा बस्नुभएको छ, उहाँको महिमा गाउँछन् हजुर नै
माता हजुर नै पिता हुनुहुन्छ..... अरू कसैको यो महिमा हुँदैन। उहाँको कर्तव्य पनि
यस्तै छ। यो पाठशाला हो, बाबाले पढाउनुहुन्छ। यो कुरा बच्चाहरूलाई याद हुनुपर्छ।
लक्ष्य उद्देश्य हो नै विश्वको बादसाही पाउनु। त्यसैले यसरी पढाउनेलाई पूर्ण रूपले
याद गर्नुपर्छ। स्कुलबाट विद्यार्थीहरू राम्ररी पास भए भने वर्ष वर्ष टिचरलाई सौगात
पठाइरहन्छन्। यी चाडपर्व आदि सबै यतिबेलाका हुन्, तर यिनको महत्त्वलाई कसैले
जान्दैन।
बाबा हुनुहुन्छ
नलेजफुल, ज्ञानको सागर। उहाँ आउनु नै हुन्छ रचनाको आदि-मध्य र अन्त्यको ज्ञान दिन।
ढुङ्गा-माटोमा कसरी आउनुहुन्छ? एक डाक्टरले सिद्ध गरेका थिए– हरेक चीजमा आत्मा छ।
परमात्मा भनेनन्। फेरि यो भनिदिन्छन्– परमात्मा सर्वव्यापी हुनुहुन्छ। उनीहरूले भने
सबैमा आत्मा, अनि संन्यासीहरूले भने सबैमा परमात्मा। कति रातदिनको फरक छ। उहाँ त
बेहदको पिता हुनुहुन्छ। सबैसँग बुद्धियोग टुटाएर आफूसँग जोड्नुहुन्छ। उनीहरूले
भन्छन् आत्मा पानीको फोका सागरबाट निस्कियो, सागरमा लीन हुन्छ। ब्रह्म ज्ञानीहरूले
सम्झन्छन्– सानो ज्योति ठुलो ज्योतिमा लीन हुन्छ, फेरि नयाँ उत्पत्ति हुन्छ। बाबा
सम्झाउनुहुन्छ यो भक्ति पनि ड्रामामा पहिल्यै निश्चित छ। मैले पनि ड्रामामा पहिल्यै
निश्चित भए अनुसार आएर तिमी बच्चाहरूलाई सम्झाउँछु। ८४ जन्मको जुन चक्कर लगाउँछौ,
यो पनि ड्रामामा पहिल्यै निश्चित छ। जेजति हुन्छ सबै पहिल्यै निश्चित छ। कसैले महिमा
पनि गर्छन्, कसैले विघ्न पनि पार्छन्।
तिमी बच्चाहरूले
शिवबाबाबाट वर्सा लिनु छ। उहाँ आउनु नै हुन्छ सबै आत्माहरूलाई लैजानको लागि। शरीरको
नाम पनि लिनुहुन्न। शरीरसहित कहाँ कसैलाई भगाउन आएको हुँ र। मलाई त भन्छन् हे
मुक्तिदाता आउनुहोस्! हामीलाई दुःखबाट मुक्त गरेर अर्को ठाउँमा लैजानुहोस्, जहाँ
चैन, सुखशान्ति पाइन्छ। सबैको शरीर यहाँ नै छुटाएर आत्माहरूलाई लैजान्छु। त्यसैले
कालहरूको काल भएँ नि। मैले सबैलाई सँगसँगै लैजानेछु। बाबा बसेर कति अद्भुत कुराहरू
सम्झाउनुहुन्छ। कहीँ कुनै कुरा समझमा आएन भने भन यो कुरा बाबाले अहिलेसम्म
सम्झाउनुभएको छैन। बाबाले सम्झाउनुहुनेछ अनि तपाईंलाई सुनाउनेछौँ। यसरी आफूलाई
छुटाउनुपर्छ। तिमी बच्चाहरूले बुझेका छौ बाबा ज्ञानको सागर हुनुहुन्छ। बाबाले नयाँ
नयाँ कुराहरू सुनाइरहनुहुन्छ। उहाँ विश्वको इतिहास-भूगोल सुनाउने रचयिता पिता
हुनुहुन्छ, जसले आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ। तिमी लाइट हाउस पनि हौ अनि
स्वदर्शन चक्रधारी पनि हौ। तर मायाले भुलाउँछ। अलमलिन्छौ, केही न केही कमी-कमजोरी
देखिन्छ। कर्मको हिसाबकिताब हुन्छ नि। कर्मातीत अवस्था नबन्दासम्म केही न केही
भइरहन्छ। हिसाबकिताब चुक्ता भएपछि शरीर छोड्नेछन्, लडाइँ सुरु हुनेछ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) विकारहरूको दान दिएर फिर्ता लिनु छैन। मुखबाट शुभ बोल्नु छ, धेरै मीठो बन्नु छ।
बाबासमान प्यारको सागर बनेर रहनु छ।
२) साइलेन्समा रहेर
बिना कौडी खर्च विश्वको बादसाही लिनु छ। बाबाको यादमा रहेर धेरथोर खर्च गरेर २१
जन्मको लागि आम्दानी गर्नु छ।
वरदान:–
त्रिकालदर्शी
स्थितिद्वारा मायाको आक्रमणबाट सुरक्षित रहने अतीन्द्रिय सुखको अधिकारी भव
सङ्गमयुगको विशेष
वरदान वा ब्राह्मण जीवनको विशेषता हो– अतीन्द्रिय सुख। यो अनुभव अरू कुनै पनि युगमा
हुँदैन। तर यस सुखको अनुभूतिको लागि त्रिकालदर्शी स्थितिद्वारा मायाको आक्रमणबाट
सुरक्षित होऊ। बारम्बार मायाको आक्रमण भइरह्यो भने चाहँदाचाहँदै पनि अतीन्द्रिय
सुखको अनुभव गर्न सक्नेछैनौ। जसले अतीन्द्रिय सुखको अनुभव गर्छन् उनीहरूलाई
इन्द्रियको सुखले आकर्षित गर्न सक्दैन, नलेजफुल, ज्ञानस्वरूप हुनाले उनीहरूको अगाडि
त्यो तुच्छ देखिनेछ।
स्लोगन:–
कर्म र मनसा
दुवै सेवाको सन्तुलन भयो भने शक्तिशाली वायुमण्डल बनाउन सक्नेछौ।
अव्यक्त इसारा:–
ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
जस्ता छौ, जुन पनि
परिस्थितिहरू सामुन्ने छन्, त्यही अवस्थामा रहेर यसै शरीरमा म सम्पूर्ण बन्नु छ, यो
लक्ष्य राख। तिम्रो सङ्गमयुगी सम्पूर्ण रूप शक्तिहरू र पाण्डवहरूको रूपमा गायन
गरिएको छ। यस स्वरूपमा स्थित भएपछि मात्र थाहा हुनेछ– हाम्रा भक्तहरू को हुन् र
प्रजा को हुन्। जो प्रजा हुनेछन् उनीहरू नजिक आउनेछन् र जो भक्त हुनेछन् उनीहरू
अन्त्यमा तिम्रो चरणमा झुक्नेछन्।