05.12.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे –
तिमीलाई जुन ज्ञान मिल्छ , त्यसमाथि विचार सागर मन्थन गर , ज्ञान मन्थनबाट नै अमृत
निस्किन्छ।”
प्रश्न:–
२१ जन्मको लागि
मालामाल बन्ने साधन के हो?
उत्तर:–
ज्ञान रत्न।
जति तिमीले यस पुरुषोत्तम सङ्गमयुगमा ज्ञान रत्न धारण गर्छौ त्यति मालामाल बन्छौ।
अहिलेको ज्ञान रत्न त्यहाँ हीरा जुहारत बन्छ। आत्माले ज्ञान रत्न धारण गरेपछि,
मुखबाट ज्ञान रत्न निकाल्छ, रत्न नै सुनेर अरूलाई सुनाए भने उनको हर्षित चेहराबाट
बाबाको नाम प्रख्यात हुन्छ। आसुरी गुण निस्किएपछि नै मालामाल बन्छौ।
ओम् शान्ति ।
बाबाले
बच्चाहरूलाई ज्ञान र भक्तिका बारे सम्झाउनु हुन्छ। यो त बच्चाहरूले जान्दछन्–
सत्ययुगमा भक्ति हुँदैन। ज्ञान पनि सत्ययुगमा मिल्दैन। श्रीकृष्णले न भक्ति गर्छन्,
न ज्ञानको मुरली बजाउँछन्। मुरली अर्थात् ज्ञान दिनु। गायन पनि छ– मुरलीमा जादु।
त्यसैले अवश्य कुनै जादु हुनुपर्छ नि। केवल मुरली बजाउनु यो सामान्य कुरा हो।
फकिरहरूले पनि मुरली बजाउँछन्। यसमा त ज्ञानको जादु छ। अज्ञानलाई जादु भनिदैन।
मनुष्यहरूले सम्झन्छन्– श्रीकृष्णले मुरली बजाउँथे, उनको धेरै महिमा गर्छन्। बाबा
भन्नुहुन्छ– श्रीकृष्ण त देवता थिए। मनुष्यबाट देवता, देवताबाट मनुष्य, यो त
भइरहन्छ। दैवी सृष्टि पनि हुन्छ भने मनुष्य सृष्टि पनि हुन्छ। यस ज्ञानद्वारा
मनुष्यबाट देवता बन्छन्। जब सत्ययुग हुन्छ तब यो ज्ञानको वर्सा हुन्छ। सत्ययुगमा
भक्ति हुँदैन। देवता मनुष्य बनेपछि भक्ति सुरु हुन्छ। मनुष्यलाई विकारी र
देवताहरूलाई निर्विकारी भनिन्छ। देवताहरूको सृष्टिलाई पवित्र दुनियाँ भनिन्छ। अहिले
तिमी मनुष्यबाट देवता बनिरहेका छौ। देवताहरूमा फेरि यो ज्ञान हुँदैन। देवताहरू
सद्गतिमा हुन्छन्, ज्ञान चाहिन्छ दुर्गति हुनेलाई। यस ज्ञानबाट नै दैवी गुण आउँछ।
ज्ञानको धारणा गर्नेहरूको चालचलन देवता समान हुन्छ। कम धारणा गर्नेहरूको चालचलन
मिसिएको हुन्छ। त्यसलाई त आसुरी चालचलन भनिदैन। धारणा छैन भने मेरो बच्चा कसरी
कहलाउन सक्छन्। बच्चाहरूले बाबालाई चिनेका छैनन् भने बाबाले पनि बच्चाहरूलाई कसरी
चिन्नुहुन्छ। बाबालाई कति झुटा गाली गर्छन्। भगवानलाई गाली गर्नु कति नराम्रो कुरा
हो। फेरि उनीहरू ब्राह्मण बनिसकेपछि गाली गर्न बन्द हुन्छ। त्यसैले यस ज्ञानको
विचार सागर मन्थन गर्नुपर्छ। विद्यार्थीहरूले विचार सागर मन्थन गरेर ज्ञानमा उन्नति
गर्छन्। तिमीलाई यो ज्ञान मिल्छ, त्यसमा आफ्नो विचार सागर मन्थन गर्नाले अमृत
निस्किन्छ। विचार सागर मन्थन भएन भने के मन्थन हुन्छ? आसुरी विचार मन्थनबाट फोहर नै
निस्किन्छ। अहिले तिमी ईश्वरीय विद्यार्थी हौ। जानेका छौ– मनुष्यबाट देवता बन्ने
पढाइ बाबाले पढाइरहनु भएको छ। देवताले त पढाउँदैनन्। देवताहरूलाई कहिल्यै पनि
ज्ञानका सागर भनिदैन। बाबा नै ज्ञानका सागर हुनुहुन्छ। त्यसैले आफैसँग सोध्नुपर्छ–
मभित्र सबै दैवी गुण छन्? यदि आसुरी अवगुण छ भने त्यसलाई निकाल्नुपर्छ अनि मात्रै
देवता बन्छौ।
अहिले तिमी
पुरुषोत्तम सङ्गमयुगमा पुरुषोत्तम बनिरहेका छौ, त्यसैले वातावरण पनि धेरै राम्रो
हुनुपर्छ। फोहोरी कुरा मुखबाट निकाल्नु हुँदैन। नत्र भनिन्छ यो सानो पदको हो।
वातावरणबाट छिट्टै थाहा हुन्छ। मुखबाट दु:ख दिने वचन नै निस्किन्छ। तिमी बच्चाहरूले
बाबाको नाम प्रसिद्ध गर्नुपर्छ। चेहरा सदैव हर्षित रहनु पर्छ। मुखबाट सदैव रत्न नै
निस्किनुपर्छ। यी लक्ष्मी-नारायण कति हर्षितमुख छन्। यिनको आत्माले ज्ञान रत्न धारण
गरेको थियो। मुखबाट यिनीहरूले रत्न निकाल्थे, रत्न नै सुन्थे र सुनाउँथे। कति खुसी
हुनुपर्छ। अहिले तिमीले जुन ज्ञान रत्न धारण गर्छौ ती फेरि सच्चा हीरा-जुहारत बन्छन्।
९ रत्नहरूको माला कुनै हीरा जुहारतका होइनन्, यी चैतन्य रत्नहरूका माला हुन्।
मनुष्यहरूले फेरि त्यो रत्न सम्झेर औँठी आदि लगाउँछन्। ज्ञान रत्नको माला यस
पुरुषोत्तम सङ्गमयुगमा नै बन्छ। यही रत्नले नै २१ जन्मको लागि मालामाल बनाइदिन्छ,
जसलाई कसैले लुट्न सक्दैन। यहाँ लगायो भने त छिट्टै कसैले लुटेर लान्छ। त्यसैले
आफूलाई धेरै समझदार बनाउनु छ। आसुरी अवगुणलाई निकाल्नुपर्छ। आसुरी अवगुणवालाको
अनुहार नै यस्तो हुन्छ। क्रोधमा त रातो तामा समान हुन पुग्छ। काम विकारी त एकदम कालो
मुख भएका हुन्छन्। श्रीकृष्णलाई पनि कालो देखाउँछन् नि। विकारको कारण नै गोरोबाट
कालो बने। तिमी बच्चाहरूले हरेक कुराको विचार सागर मन्थन गर्नुपर्छ। यो पढाइ नै धेरै
धन प्राप्त गर्नको लागि हो। तिमी बच्चाहरूले सुनेका छौ, रानी भिक्टोरियाका मन्त्री
पहिला धेरै गरिब थिए। दियो बालेर पढ्थे। तर त्यो पढाइ कुनै रत्न कहाँ हो र! ज्ञान
पढेर पूरा पद पाउँछौ। त्यसैले पढाइ काममा आयो, नकि पैसा। पढाइ नै धन हो। त्यो हो
हदको, यो हो बेहदको धन। अहिले तिमीले जान्दछौ– बाबाले हामीलाई पढाएर विश्वको मालिक
बनाउनु हुन्छ। त्यहाँ त धन कमाउनको लागि पढाइ पढ्दैनन्। त्यहाँ त अहिलेको
पुरुषार्थबाट अथाह धन मिल्छ। धन अविनाशी बन्छ। देवताहरूसँग धेरै धन थियो फेरि जब
वाममार्ग, रावण राज्यमा आउँछन् त्यस बेला पनि कति धन थियो। कति धेरै मन्दिर बनाए।
फेरि पछि मुसलमानहरूले लुटे, कति धनवान थिए। आजकालको पढाइबाट यति धनवान बन्न
सक्दैनन्। त्यसैले यस पढाइबाट हेर, मनुष्य के बन्छन्। गरिबबाट धनवान बन्छन्। अहिले
हेर भारतवर्ष कति गरिब छ। जो नामका धनवान छन्, उनलाई पनि फुसर्द छैन। आफ्नो धन, पदको
कति अहङ्कार हुन्छ। यसमा अहङ्कार आदि मेटिनुपर्छ। हामी आत्मा हौं, आत्मासँग धन-दौलत,
हीरा-जुहारत आदि केही पनि हुँदैन।
बाबा भन्नुहुन्छ– मीठे
बच्चे, देह सहित देहका सबै सम्बन्ध छोड। आत्माले शरीर छोडेपछि फेरि सम्पन्नता आदि
सबै समाप्त हुन्छ। फेरि सुरुदेखि पढे, धन कमाए भने धनवान बन्छन् अथवा राम्रो
दान-पुण्य गरेका रहेछन् भने धनी व्यक्तिको घरमा जन्म लिन्छन्। भनिन्छ– यो विगत
कर्मको फल हो। ज्ञानको दान दिएको छ वा कलेज, धर्मशाला आदि बनाएको छ भने त्यसको फल
मिल्छ तर अल्पकालको लागि। यो दान, पुण्य आदि पनि यहाँ गरिन्छ। सत्ययुगमा गरिँदैन।
सत्ययुगमा राम्रो कर्म नै हुन्छ किनकि अहिलेको पुरुषार्थको फल वर्सा मिल्छ। त्यहाँ
कुनै पनि कर्म विकर्म बन्दैन किनकि रावण नै हुँदैन। विकारमा जानाले विकारी कर्म
बन्छ। विकारबाट विकर्म बन्छ। स्वर्गमा कुनै विकर्म हुँदैन। सबै कर्ममा आधारित छ। यो
माया रावणले अवगुणी बनाउँछ। बाबा आएर सर्वगुण सम्पन्न बनाउनु हुन्छ। रामवंशी र
रावणवंशीको युद्ध चल्छ। तिमी रामका बच्चाहरू हौ, कति राम्रा राम्रा बच्चाहरूले
मायाबाट हार खान्छन्। बाबा नाम बताउनुहुन्न, फेरि पनि आशा राख्नुहुन्छ। अधम भन्दा
अधमको उद्धार गर्नुपर्ने हुन्छ। बाबाले सारा विश्वको उद्धार गर्नु छ। रावणको राज्यमा
सबैले अधम गति पाएका छन्। बाबाले त दिनदिनै बच्ने र बचाउने युक्ति सम्झाइरहनु हुन्छ
तैपनि गिरे भने अधम भन्दा अधम बन्छन्। उनीहरू फेरि त्यति चढ्न सक्दैनन्। त्यो
अधमपनाले भित्र खाइरहन्छ। जसरी भन्ने गर्छौ– अन्तकाल जो स्त्री सिमरे..... उनको
बुद्धिमा त्यो अधमपना नै याद आइरहन्छ।
त्यसैले बाबा बसेर
बच्चाहरूलाई सम्झाउनु हुन्छ– कल्प कल्प तिमीले नै सुन्छौ। सृष्टिको चक्र कसरी घुम्छ,
जनावरले त जानेका छैनन्। तिमीले नै सुन्छौ र बुझ्छौ। मनुष्य त मनुष्य नै हुन्, यी
लक्ष्मी-नारायणका पनि नाक-कान आदि सबै छन् फेरि पनि मनुष्य हुन् नि। तर दैवी गुण छ,
त्यसैले उनीहरूलाई देवता भनिन्छ। यी यस्ता देवता कसरी बन्छन् फेरि कसरी गिर्छन्, यस
चक्रको बारेमा तिमीलाई मात्रै थाहा छ। जसले विचार सागर मन्थन गरिरहन्छन्, उनलाई नै
धारणा हुन्छ। जसले विचार सागर मन्थन गर्दैनन् उनलाई बुद्धु भनिन्छ। मुरली
चलाउनेहरूको विचार सागर मन्थन चलिरहन्छ, यो शीर्षकमा यो यो सम्झाउनु छ। आशा राखिन्छ,
अहिले नबुझे पनि पछि गएर अवश्य बुझ्छन्। आशा राख्नु अर्थात् सेवाको सोख छ, थाक्नु
हुँदैन। हुन त कोही चढेर पनि अधम बनेका छन्, यदि आए भने स्नेहपूर्वक बसाउँछौं नि?
वा भन्छौ– गइहाल, जाऊ। हालचाल सोध्नुपर्छ– यतिका दिन कहाँ जानु भएको थियो? किन
आउनुभएन? भन्छन्– मायाबाट हार खाएँ। जान्दछन्– ज्ञान धेरै राम्रो छ। स्मृति त हुन्छ
नि। भक्तिमा त हार-जित हुने कुरा हुँदैन। यो ज्ञान हो, यसलाई धारण गर्नु छ। तिमी
ब्राह्मण नबनेसम्म देवता बन्न सक्दैनौ। क्रिस्चियन, बौद्धी, पारसी आदिमा ब्राह्मण
कहाँ हुन्छन् र! ब्राह्मणका बच्चा ब्राह्मण हुन्छन्। यो कुरा अहिले तिमीले जान्दछौ।
तिमीलाई थाहा छ– अल्फलाई याद गर्नु छ। अल्फलाई याद गर्नाले बे, बादसाही मिल्छ। जब
कोही भेटिए भने भन– अल्फ, अल्लाह (भगवान) लाई याद गर्नुहोस्। अल्फलाई उच्च भनिन्छ।
औँलाले ईश्वर (अल्फ)तर्फ इसारा गर्छन्। सिधै अल्फ हुनुहुन्छ। अल्फलाई एक पनि भनिन्छ।
एउटै भगवान हुनुहुन्छ बाँकी सबै उहाँका सन्तान हुन्। बाबालाई अल्फ भनिन्छ। बाबाले
ज्ञान पनि दिनुहुन्छ, आफ्नो बच्चा पनि बनाउनु हुन्छ। त्यसैले तिमी बच्चाहरू कति खुसी
हुनु पर्छ। बाबाले हाम्रो कति सेवा गर्नुहुन्छ, विश्वको मालिक बनाउनु हुन्छ। फेरि
स्वयं त्यस दुनियाँमा आउनुहुन्न। पावन दुनियाँमा कसैले पनि उहाँलाई बोलाउँदैनन्।
पतित दुनियाँमा नै बोलाउँछन्। पावन दुनियाँमा आएर के गर्नुहुन्छ। उहाँको नाम नै हो
पतित-पावन। त्यसैले पुरानो दुनियाँलाई पावन दुनियाँ बनाउनु– यो उहाँको कर्तव्य हो।
बाबाको नाम नै हो शिव। बच्चाहरूलाई शालिग्राम भनिन्छ। दुवैको पूजा हुन्छ। तर पूजा
गर्नेहरूलाई केही पनि थाहा छैन, केवल पूजाको एक रीतिरिवाज बनाएका छन्। देवीहरूका पनि
फस्टक्लास हीरा-मोतीका महल आदि बनाउँछन्, पूजा गर्छन्। त्यो त माटोका लिङ्ग बनायो
अनि फुटायो। बनाउनमा मेहनत लाग्दैन। देवीहरूको बनाउनमा मेहनत लाग्छ। तिनको पूजामा
मेहनत लाग्दैन। सित्तैमा मिल्छ। पत्थर पानीमा घोटिँदा घोटिँदा गोलो बन्छ। पूरा
अण्डाकार बनाउँछन्। भन्ने पनि गर्छन्– आत्मा अण्डा जस्तै छ। यसलाई उनीहरूले
ब्रह्माण्ड भन्छन्। तिमी ब्रह्माण्ड र विश्व दुवैको मालिक बन्छौ।
सबैभन्दा पहिला समझ
दिनु छ एक बाबाको। शिवलाई बाबा भनेर सबैले याद गर्छन्। त्यस्तै, ब्रह्मालाई पनि बाबा
भन्छन्। प्रजापिता हुन् भने सारा प्रजाका पिता भए नि। ग्रेट-ग्रेट ग्र्यान्ड फादर।
यो सारा ज्ञान अहिले तिमी बच्चाहरूमा छ। प्रजापिता ब्रह्मा त धेरैले भन्छन् तर
यथार्थ रूपले कसैले चिनेका छैनन्। ब्रह्मा कसका बच्चा हुन्। तिमीले भन्छौ– परमपिता
परमात्माका। शिवबाबाले यिनलाई आफ्नो बनाउनु भयो त्यसैले यी शरीरधारी भए नि। सबै
ईश्वरका सन्तान हुन्। फेरि जब शरीर मिल्छ अनि प्रजापिताको एडप्सन भनिन्छ। त्यो
एडप्सन होइन। के आत्माहरूलाई परमपिता परमात्माले एडप्ट गर्नुभएको हो र? होइन,
तिमीहरूलाई एडप्ट गर्नु भएको हो। अहिले तिमी हौ ब्रह्माकुमार-कुमारीहरू। शिव बाबाले
एडप्ट गर्नुहुन्न। सबै आत्माहरू अनादि अविनाशी हुन्। सबै आत्माहरूको आ-आफ्नो शरीर,
आ-आफ्नो पार्ट मिलेको छ, जुन खेल्नु नै छ। यो पार्ट नै अनादि अविनाशी परम्परादेखि
चल्दै आउँछ। त्यसको आदि अन्त्य भनिदैन। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफ्नो सम्पन्नता, पद आदिको अहङ्कार मेटाउनु छ। अविनाशी ज्ञान धनबाट स्वयंलाई
मालामाल बनाउनु छ। सेवामा पनि कहिल्यै थाक्नु हुँदैन।
२) वातावरणलाई राम्रो
राख्नको लागि मुखबाट सदा रत्न निकाल्नु पर्छ। दु:ख दिने बोली ननिस्कियोस्– यो ध्यान
राख्नु छ। हर्षितमुख रहनु छ।
वरदान:–
जस्तोसुकै
वायुमण्डलमा पनि मन-बुद्धिलाई सेकेन्डमा एकाग्र गर्ने सर्वशक्ति सम्पन्न भव
बापदादाले वर्सामा सबै
बच्चाहरूलाई सर्वशक्तिहरू दिनु भएको छ। यादको शक्तिको अर्थ हो– मन-बुद्धिलाई जहाँ
लगाउन चाह्यो त्यहाँ लगाउनु। जस्तोसुकै वायुमण्डलको बीचमा पनि आफ्नो मन-बुद्धिलाई
सेकेन्डमा एकाग्र गर। परिस्थिति हलचलको होस्, वायुमण्डल तमोगुणी होस्, मायाले आफ्नो
बनाउने प्रयत्न गरिरहेको होस् तैपनि सेकेन्डमा एकाग्र होऊ– यस्तो कन्ट्रोलिङ्ग पावर
होस् तब भनिन्छ सर्वशक्ति सम्पन्न।
स्लोगन:–
विश्व कल्याणको
जिम्मेवारी र पवित्रताको लाइटको ताज पहिरिनेहरू नै डबल ताजधारी बन्छन्।