06.01.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिम्रो एक एक बोली धेरै मीठो र फस्टक्लास हुनुपर्छ। जसरी बाबा दु:खहर्ता सुखकर्ता हुनुहुन्छ , त्यसैगरी तिमीले पनि बाबा समान सबैलाई सुख देऊ।”

प्रश्न:–
लौकिक मित्र-सम्बन्धीहरूलाई ज्ञान दिने युक्ति के हो?

उत्तर:–
कुनै पनि मित्र-सम्बन्धी आदि छन् भने उनीहरूसँग धेरै नम्रताले, प्रेमभावले मुस्कुराउँदै कुरा गर्नुपर्छ। सम्झाउनु पर्छ– यो उही महाभारत लडाइँ हो। बाबाले रुद्र ज्ञान यज्ञ रच्नुभएको छ। म तपाईलाई सत्य भन्छु– भक्ति आदि त जन्मजन्मान्तर गर्यौं, अब ज्ञान सुरु हुन्छ। मौका मिल्नासाथ धेरै युक्तिसँग कुरा गर। घर परिवारमा धेरै प्यारले चल। कहिल्यै कसैलाई दु:ख नदेऊ।

गीत:–
आखिर वह दिन आया आज....।

ओम् शान्ति ।
कुनै पनि गीत बज्दा तिमी बच्चाहरूले आफूभित्र त्यसको अर्थ निकाल्नु पर्छ। सेकेण्डमा निस्किन सक्छ। यो बेहदको ड्रामाको धेरै ठुलो घडी हो नि। भक्तिमार्गमा मनुष्यहरूले पुकार्ने पनि गर्छन्। जसरी अदालतमा मुद्दा पर्यो भने भन्छन्– कहिले सुनुवाइ होला, कहिले बोलाउलान् र हाम्रो केस टुङ्गिएला। त्यसैगरी बच्चाहरूको पनि मुद्दा चल्छ, कुनचाहिँ मुद्दा? रावणले तिमीलाई धेरै दु:खी बनाएको छ। तिम्रो मुद्दा दर्ता हुन्छ ठुलो अदालतमा। मनुष्यहरूले पुकारिरहन्छन्– बाबा आउनुहोस्, आएर हामीलाई दु:खबाट छुटाउनुहोस्! एक दिन त सुनुवाइ अवश्य हुन्छ। बाबाले सुन्नुहुन्छ पनि, ड्रामा अनुसार आउनु हुन्छ पनि, एकदम एक्युरेट समयमा। त्यसमा एक सेकेण्डको पनि फरक पर्न सक्दैन। बेहदको घडी कति एक्युरेट चल्छ। यहाँ तिमीसँग भएका यी साना घडीहरू पनि एक्युरेट चल्दैनन्। यज्ञको हरेक कार्य एक्युरेट हुनुपर्छ। घडी पनि एक्युरेट हुनुपर्छ। बाबा त धेरै एक्युरेट हुनुहुन्छ। सुनुवाइ धेरै एक्युरेट हुन्छ। कल्प-कल्प, कल्पको सङ्गममा एक्युरेट समयमा आउनु हुन्छ। त्यसैले बच्चाहरूको अब सुनुवाइ भयो, बाबा आउनु भएको छ। अहिले तिमीहरूले सबैलाई सम्झाउँछौ। पहिला तिमीले पनि दु:ख कसले दिन्छ भनेर बुझ्दैनथ्यौ। अहिले बाबाले सम्झाउनु भएको छ रावण राज्य सुरु हुन्छ द्वापरदेखि। तिमी बच्चाहरूलाई थाहा भएको छ– बाबा कल्प कल्प सङ्गमयुगमा आउनु हुन्छ। यो हो बेहदको रात। शिवबाबा बेहदको रातमा आउनु हुन्छ, श्रीकृष्णको कुरा होइन। जब घोर अन्धकारमा अज्ञान निद्रामा सुतेका हुन्छन् तब बच्चाहरूलाई दिन उज्यालोमा लैजान ज्ञान सूर्य बाबा आउनु हुन्छ। भन्नुहुन्छ– मलाई याद गर किनकि पतितबाट पावन बन्नु छ। बाबा नै पतित-पावन हुनुहुन्छ। उहाँ आउनु हुन्छ त्यसपछि मात्रैत सुनुवाइ हुन्छ। अहिले तिम्रो सुनुवाइ भएको छ। बाबा भन्नुहुन्छ– म आएको छु पतितलाई पावन बनाउन। तिमीलाई पावन बन्ने कति सहज उपाय बताउँछु। आजकाल हेर विज्ञानको कति जोड छ। एटोमिक बम आदिको कति जोडको आवाज हुन्छ। तिमी बच्चाहरूले साइलेन्सको बलले यस साइन्समाथि विजय पाउँछौ। साइलेन्सलाई योग पनि भनिन्छ। आत्माले बाबालाई याद गर्छ– बाबा हजुर आउनु भयो भने हामी शान्तिधाममा गएर निवास गर्छौं। त्यसैले तिमी बच्चाहरूले यस योगबलले, साइलेन्सको बलले साइन्समाथि विजय प्राप्त गर्छौ। शान्तिको बल प्राप्त गर्छौ। साइन्सबाट नै यो सारा विनाश हुनेछ। साइलेन्सद्वारा तिमी बच्चाहरूले विजय प्राप्त गर्छौ। बाहुबलले कहिल्यै पनि विश्वमा विजय प्राप्त गर्न सक्दैनन्। यो कुरा पनि तिमीले प्रदर्शनीमा लेख्नुपर्छ।

दिल्लीमा धेरै सेवा हुनसक्छ किनकि दिल्ली हो भारतको राजधानी। तिम्रो पनि दिल्ली नै राजधानी हुनेछ। दिल्लीलाई नै परिस्तान भनिन्छ। पाण्डवहरूका किल्ला त छैनन्। किल्ला तब बनाइन्छ जब दुस्मनहरूले आक्रमण गर्छन्। तिमीलाई त किल्ला आदिको आवश्यकता हुँदैन। तिमीलाई थाहा छ– हामीले साइलेन्सको बलले आफ्नो राज्य स्थापना गरिरहेका छौं, उनीहरूको हो आर्टिफिसिल साइलेन्स। तिम्रो हो रियल साइलेन्स। ज्ञानको बललाई शान्तिको बल भनिन्छ। ज्ञान हो पढाइ। पढाइबाट नै बल मिल्छ। पुलिस सुपरिटेन्डेन्ट बन्छन्, उनीहरूमा कति बल हुन्छ। ती सबै हुन् जिस्मानी कुरा, दु:ख दिनेवाला। तिम्रो हरेक कुरा रुहानी छ। तिम्रो मुखबाट निस्किने एक एक बोली यस्तो फस्टक्लास मधुर होस् जसलाई सुन्ने पनि खुसी होऊन्। जसरी बाबा दु:खहर्ता, सुखकर्ता हुनुहुन्छ, त्यसैगरी तिमी बच्चाहरूले पनि सबैलाई सुख दिनु छ। घर परिवारलाई पनि दु:ख आदि हुनुहुँदैन। सबैसँग मर्यादा अनुसार चल्नु छ। ठुलाबडाको साथमा प्यारले चल्नु छ। मुखबाट यस्ता मीठा फस्टक्लास शब्द निस्किउन् जसबाट सबै खुसी होऊन्। भन, शिवबाबा भन्नुहुन्छ– मनमनाभव। उच्च भन्दा उच्च म हुँ। मलाई याद गर्नाले नै तिम्रा विकर्म विनाश हुन्छन्। धेरै प्यारसँग कुरा गर्नु छ। सम्झ, कोही ठुलो दाजु छन् भने उनलाई भन– दाजु, शिवबाबा भन्नुहुन्छ– मलाई याद गर। शिवबाबा जसलाई रुद्र पनि भनिन्छ, उहाँले नै ज्ञान यज्ञ रच्नुहुन्छ। श्रीकृष्ण ज्ञान यज्ञ भनेको सुनिदैन। रुद्र ज्ञान यज्ञ भन्छन्, त्यसैले अवश्य पनि शिवबाबाले यो यज्ञ रच्नुभएको हो। रजाइँ प्राप्त गर्नको लागि ज्ञान र योग सिकाइरहनु भएको छ। बाबा भन्नुहुन्छ– भगवानुवाच म एकलाई याद गर किनकि अहिले सबैको अन्त्य घडी हो, वानप्रस्थ अवस्था हो। सबै फर्केर जानु छ। मर्ने बेलामा मनुष्यलाई भन्छन् नि– ईश्वरलाई याद गर। यहाँ ईश्वरले स्वयं भन्नुहुन्छ– मृत्यु सामुन्ने खडा छ, यसबाट कोही पनि बच्न सक्दैन। अन्त्यमा नै बाबा आएर भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गर्यौ भने तिम्रो विकर्म भस्म हुन्छ। यसलाई यादको अग्नि भनिन्छ। बाबाले ग्यारेन्टी गर्नुहुन्छ– यसबाट तिम्रो पाप दग्ध हुन्छ। विकर्म विनाश हुने, पावन बन्ने अरू कुनै उपाय छैन। पापको बोझ शिरमाथि चढ्दा चढ्दा, मैला पर्दा पर्दा सुन ९ क्यारेटको भएको छ। ९ क्यारेट पछि त्यसलाई मुलम्मा (मिसावट भएको) भनिन्छ। अब फेरि २४ क्यारेट कसरी बन्ने? आत्मा पवित्र कसरी बन्ने? पवित्र आत्मालाई गहना पनि पवित्र मिल्छ। कुनै मित्र-सम्बन्धी आदि छन् भने उनीहरूसँग धेरै नम्रतासँग, प्रेम भावले मुस्कुराउँदै कुरा गर्नुपर्छ। यो उही महाभारत लडाइँ हो भनी सम्झाउनु पर्छ। यो रुद्र ज्ञान यज्ञ पनि हो। बाबाबाट हामीलाई सृष्टिको आदि मध्य अन्त्यको ज्ञान मिलिरहेको छ। अन्त कहीँ पनि यो ज्ञान मिल्न सक्दैन। म हजुरलाई सत्य बताउँछु– यो भक्ति आदि त जन्मजन्मान्तर गर्दै आएका छौं, अब ज्ञान सुरु हुन्छ। भक्ति हो रात, ज्ञान हो दिन। सत्ययुगमा भक्ति हुँदैन। यस प्रकार युक्तिले कुरा गर्नुपर्छ। कुनै मौका मिल्नासाथ तीर लगाइन्छ, समय र मौका हेर्नुपर्ने हुन्छ। ज्ञान दिनको लागि पनि धेरै युक्ति चाहिन्छ। बाबाले युक्तिहरू त सबैको लागि बताइरहनु हुन्छ। पवित्रता त धेरै राम्रो हो, यी लक्ष्मी-नारायण हाम्रा मान्य र पूज्य हुन्। पूज्य पावन फेरि पुजारी पतित बने। पतितलाई पावनले बसेर पूजा गर्ने– यो त सुहाउँदैन। कति त पतितदेखि टाढै भाग्छन्। बल्लभाचारीले कहिल्यै पनि पाउ छुन दिँदैनन्। सम्झन्छन्– यी पतित मनुष्य हुन्। मन्दिरमा पनि सदैव ब्राह्मणहरूलाई मात्र मूर्ति छुने अनुमति दिइन्छ। शूद्र मनुष्यहरूले भित्र गएर छुन सक्दैनन्। त्यहाँ ब्राह्मणहरूले नै तिनीहरूलाई स्नान आदि गराउँछन्, अरू कसैलाई जान दिँदैनन्। फरक त छ नि। अब ती त भए कोख वंशावली ब्राह्मण, तिमी हौ मुख वंशावली सच्चा ब्राह्मण। तिमीले ती ब्राह्मणहरूलाई पनि राम्ररी सम्झाउन सक्छौ– ब्राह्मण दुई प्रकारका हुन्छन्: (१) प्रजापिता ब्रह्माका मुख वंशावली (२) कोख वंशावली। ब्रह्माका मुख वंशावली ब्राह्मण हुन् उच्च भन्दा उच्च चोटि। यज्ञ रच्दा पनि ब्राह्मणहरूलाई नै राखिन्छ। यो हो फेरि ज्ञान यज्ञ। ब्राह्मणहरूलाई ज्ञान मिल्छ, जसले गर्दा फेरि देवता बन्छन्। वर्णहरूका बारेमा पनि सम्झाइएको छ। जो सेवाधारी बच्चाहरू छन् उनीहरूलाई सदा सेवाको सोख हुन्छ। कतै प्रदर्शनी भयो भने तुरुन्त सेवामा दौडन्छन्– हामी गएर यस्ता प्रकारका प्वाइन्टहरू सम्झाऔं। प्रदर्शनी त प्रजा बन्ने विहङ्ग मार्ग हो, आफै अनगिन्ती आउँछन्। त्यसैले सम्झाउनेवाला पनि राम्रो हुनुपर्छ। यदि कसैले पूरा सम्झाएन भने भन्छन् बी.के. को पासमा यही ज्ञान छ! डिससार्भिस हुन्छ। प्रदर्शनीमा एक जना यस्तो होसियार पनि हुनुपर्छ, जसले सम्झाउनेवाला गाइडलाई हेरिरहन्छ। कुनै ठुलो मानिस भयो भने उसलाई सम्झाउनेवाला पनि त्यस्तै राम्रो दिनुपर्छ। राम्ररी सम्झाउन नसक्नेलाई हटाउनु पर्छ। निरीक्षण गर्नको लागि एउटा राम्रो हुनुपर्छ। तिमीले त महात्माहरूलाई पनि बोलाउनु छ। तिमील केवल बताउँछौ– बाबाले यस्तो भन्नुहुन्छ, उहाँ उच्च भन्दा उच्च भगवान हुनुहुन्छ, उहाँ नै रचयिता बाबा हुनुहुन्छ। बाँकी सबै हुन् उहाँका रचना। वर्सा पिताबाट मिल्छ, भाइले भाइलाई कहाँ वर्सा दिन्छ र! कसैले पनि सुखधामको वर्सा दिन सक्दैन। वर्सा बाबाले मात्रै दिनुहुन्छ। सर्वका सद्गतिदाता एक बाबा मात्रै हुनुहुन्छ, उहाँलाई याद गर्नु छ। बाबा स्वयं आएर गोल्डन एज बनाउनु हुन्छ। ब्रह्मा तनद्वारा स्वर्गको स्थापना गर्नुहुन्छ। शिवजयन्ती पनि मनाउँछन्, तर उहाँले के गर्नुहुन्छ, यो सबै मनुष्यले भुलेका छन्। शिवबाबाले नै आएर राजयोग सिकाएर वर्सा दिनुहुन्छ। ५००० वर्ष पहिला भारतखण्ड स्वर्ग थियो, लाखौं वर्षको कुरा होइन। तिथि-मिति सबै छ, यसलाई कसैले खण्डन गर्न सक्दैन। नयाँ दुनियाँ र पुरानो दुनियाँ आधा आधा हुनुपर्छ। उनीहरूले सत्ययुगको अवधि लाखौं वर्ष भनिदिन्छन्। त्यसको कुनै हिसाब हुन सक्दैन। स्वस्तिकमा पनि पूरा ४ भाग छन्। १२५० वर्ष हरेक युगमा बाँडिएको छ। हिसाब गरिन्छ नि। उनीहरूले हिसाब त केही पनि जानेका छैनन्, त्यसैले कौडीतुल्य भनिन्छ। अहिले बाबाले हीरातुल्य बनाउनु हुन्छ। सबै पतित छन्, भगवानलाई याद गर्छन्। उनीहरूलाई भगवान आएर ज्ञानले राम्रो फूल बनाउनु हुन्छ। तिमी बच्चाहरूलाई ज्ञान रत्नहरूले सजाउनु हुन्छ। फेरि हेर तिमी के बन्छौ, तिम्रो लक्ष्य-उद्देश्य के हो? भारतवर्ष कति शिरताज थियो, सबैले भुलेका छन्। मुसलमान आदिले पनि सोमनाथको मन्दिरबाट लुटेर कति हीरा आदि मस्जिद आदिमा लगाएका छन्। अहिले तिनीहरूको कुनै मूल्याङ्कन पनि गर्न सकिँदैन। यति ठुला-ठुला मणिहरू राजाहरूका ताजमा रहन्थे। कुनै त करोडको, कुनै ५ करोडको। आजकाल त सबै नक्कली निस्केका छन्। यस दुनियाँमा सबै कृत्रिम पाई बराबरको सुख छ। बाँकी छ दु:ख। संन्यासीहरूले पनि भन्छन् सुख काग विष्टा समान छ त्यसैले उनीहरूले घरबार छोड्छन् तर अहिले त उनीहरू पनि तमोप्रधान बनेका छन्, शहरभित्र घुसेका छन्। तर अब कसलाई सुनाउने? राजा-रानी त छैनन्। कसैले पनि मान्दैनन्। भन्छन्– सबैको आआफ्नो मत छ, जे चाहन्छन् त्यो गर्छन्। यो सृष्टि सङ्कल्पको सृष्टि हो। अब तिमी बच्चाहरूलाई बाबाले गुप्त रीतिले पुरुषार्थ गराउनु हुन्छ। तिमीले कति सुख भोग्छौ। अरू धर्ममा पनि जब वृद्धि हुँदै जान्छ तब लडाइँ आदि द्वन्द्व हुन्छ। तीन चौथाई समय त सुखमा रहन्छौ, त्यसैले बाबा भन्नुहुन्छ– तिम्रो देवी-देवता धर्मले धेरै सुख दिन्छ। मैले तिमीलाई विश्वको मालिक बनाउँछु। अरू धर्म स्थापकहरूले कुनै रजाइँ स्थापना गर्दैनन्। उनले सद्गति गर्दैनन्। आउँछन् केवल आफ्नो धर्मको स्थापना गर्न। त्यो पनि तब, जब अन्त्यमा तमोप्रधान बन्छन् अनि फेरि बाबा आउनु पर्छ, सतोप्रधान बनाउन।

तिमीकहाँ सयौं मनुष्यहरू आउँछन् तर केही पनि जानेका हुँदैनन्। बाबालाई लेख्छन् फलानोले धेरै राम्रो सम्झाइरहेको छ, धेरै राम्रो छ। बाबा भन्नुहुन्छ– केही पनि बुझेका छैनन्। यदि बाबा आउनु भएको छ, विश्वको मालिक बनाइरहनु भएको छ भन्ने सम्झिए भने त त्यसै समयमा मस्ती चढ्छ, तुरुन्तै टिकट लिएर दौडन्छन्। तर बाबासँग मिल्नको लागि टिचरको (ब्राह्मणीको) चिट्ठी त अवश्य ल्याउनु पर्छ। बाबालाई चिनेपछि त मिलन बिना रहन सक्दैनन्, एकदम नसा चढ्छ। जसलाई नसा चढेको हुन्छ उसलाई भित्र धेरै खुसी हुन्छ। उनीहरूको बुद्धि मित्र-सम्बन्धीहरूमा भट्ड्किँदैन। तर धेरैको भट्किइरहन्छ। गृहस्थ व्यवहारमा रहँदा कमल फूल समान पवित्र बन्नु छ र बाबाको यादमा रहनु छ। छ धेरै सहज। जति हुनसक्छ बाबालाई याद गररिराख। जसरी अफिसबाट छुट्टी लिन्छौ, त्यससैगरी धन्दाबाट छुट्टी लिएर एक-दुई दिन यादको यात्रामा बस। घरी घरी यादमा रहनको लागि सारा दिन बाबालाई याद गर्ने व्रत लिन्छु। कति धेरै जम्मा हुन्छ। विकर्म पनि विनाश हुनेछ। बाबाको यादबाट नै सतोप्रधान बन्नु छ। सारा दिन पूरा योग त कसैको पनि लाग्न सक्दैन। मायाले विघ्न अवश्य पार्छ फेरि पनि पुरुषार्थ गर्दा गर्दा विजय पाउने छौ। आज सारा दिन बगैँचामा बसेर बाबालाई याद गर्छु। खाँदा पनि यादमा रहन्छु। यो हो मेहनत। मलाई पावन अवश्य बन्नु छ। मेहनत गर्नु छ, अरूलाई पनि मार्ग बताउनु छ। ब्याज त धेरै राम्रो चीज छ। बाटोमा आपसमा पनि कुरा गरिरह्यौ भने धेरैले आएर सुन्छन्। बाबा भन्नुहुन्छ– मलाई याद गर, सन्देश मिल्यो भने हामी आफ्नो जिम्मेबारीबाट छुट्छौं। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) धन्दा आदिबाट छुट्टी मिलेपछि यादमा रहने व्रत लिनु छ। मायामाथि विजय प्राप्त गर्नको लागि यादको मेहनत गर्नु छ।

२) धेरै नम्रता र प्रेम भावले मुस्कुराउँदै मित्र-सम्बन्धीहरूको सेवा गर्नु छ। उनीहरूको बुद्धिलाई भट्काउनु हुँदैन। प्यारसँग बाबाको परिचय दिनु छ।

वरदान:–
हिँड्दा डुल्दा फरिश्ता स्वरूप को साक्षात्कार गराउने साक्षात्कारमूर्त भव

जसरी सुरुमा हिँड्दा डुल्दा ब्रह्मा गुम भएर श्रीकृष्ण देखिन्थ्यो। त्यही साक्षात्कारले सबै कुरा छुटाइदियो। यस्तो साक्षात्कारद्वारा अहिले पनि सेवा हुनुछ। जब साक्षात्कारबाट प्राप्ति हुन्छ तब नबनिकन रहन सक्दैनन्, त्यसैले हिँड्दा डुल्दा फरिश्ता स्वरूपको साक्षात्कार गराऊ। भाषण गर्ने धेरै छन्, तिमी भासना दिनेवाला बन, अनि सम्झनेछन् यी अल्लाहका प्रतिनिधि हुन्।

स्लोगन:–
सदा रुहानी मौजको अनुभव गरिरह्यौ भने कहिल्यै पनि अलमलिने छैनौ।