06.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– जसरी तिमी आत्माहरूलाई यो शरीररूपी सिंहासन मिलेको छ , त्यसैगरी बाबा पनि यी दादाको सिंहासनमा विराजमान हुनुहुन्छ , उहाँको आफ्नो सिंहासन छैन।”

प्रश्न:–
जुन बच्चाहरूलाई ईश्वरीय सन्तान हुँ भन्ने स्मृति रहन्छ, उनीहरूको निसानी के हुन्छ?

उत्तर:–
उनीहरूको सच्चा प्रेम एक बाबासँग हुन्छ। ईश्वरीय सन्तान कहिल्यै पनि आपसमा लड्दैनन्, झगडा गर्दैनन्। उनीहरूको कहिल्यै कुदृष्टि हुनसक्दैन। ब्रह्माकुमार-कुमारी अर्थात् भाइ-बहिनी बनेपछि विकारी दृष्टि जान सक्दैन।

गीत:–
छोड भी दे आकाश सिंहासन...

ओम् शान्ति ।
अब बच्चाहरूले जानेका छौ– बाबाले आकाश सिंहासन छोडेर यी दादाको तनलाई आफ्नो सिंहासन बनाउनुभएको छ, त्यो आकाश छोडेर यहाँ आएर बस्नुभएको छ। यो आकाश तत्त्व त हो जीव आत्माहरूको सिंहासन। आत्माहरूको सिंहासन हो त्यो महतत्त्व, जहाँ तिमी आत्माहरू विना शरीर रहन्थ्यौ। जसरी आकाशमा सितारा स्थित छन् नि, त्यसैगरी तिमी धेरै साना साना आत्माहरू पनि त्यहाँ रहन्छौ। आत्मालाई दिव्यदृष्टि विना देख्न सकिँदैन। तिमी बच्चाहरूलाई अहिले यो ज्ञान छ, जसरी तारा कति साना छन् त्यसैगरी आत्माहरू पनि बिन्दी समान छन्। अहिले त बाबाले सिंहासन छोडिदिनुभएको छ। बाबा भन्नुहुन्छ– तिमी आत्माहरूले पनि सिंहासन छोडेर यहाँ यस शरीरलाई आफ्नो सिंहासन बनाउँछौ। मलाई पनि अवश्य शरीर हुनुपर्छ। मलाई बोलाउँछन् नै पुरानो दुनियाँमा। गीत छ नि– दूर देश का रहने वाला....। तिमी आत्माहरू जहाँ रहन्छौ, त्यो हो तिमी आत्माहरू र बाबाको देश। फेरि तिमी स्वर्गमा जान्छौ, जसको स्थापना बाबाले गराउनुहुन्छ। बाबा स्वयं त्यस स्वर्गमा आउनुहुन्न। स्वयं त वाणीभन्दा पर वानप्रस्थमा गएर बस्नुहुन्छ। स्वर्गमा उहाँको आवश्यकता पर्दैन। उहाँ त दु:ख-सुखबाट अलग हुनुहुन्छ। तिमी त सुखमा आउँछौ, अनि दु:खमा पनि आउँछौ।

अहिले तिमीलाई थाहा छ, हामी ब्रह्माकुमार-कुमारीहरू भाइ-बहिनी हौं। एक आपसमा कुदृष्टिको ख्याल पनि आउनुहुँदैन। यहाँ त तिमी बाबाको सम्मुखमा बसेका छौ, आपसमा भाइ-बहिनी हौ। पवित्र रहने युक्ति हेर कस्तो छ। यी कुरा कुनै शास्त्रहरूमा छैनन्। सबैका पिता एक हुनुहुन्छ, त्यसैले सबै बच्चाहरू भए नि। बच्चाहरूले आपसमा लडाइँ-झगडा गर्नु पनि हुँदैन। यस समयमा तिमीले जानेका छौ– हामी ईश्वरीय सन्तान हौं, पहिला आसुरी सन्तान थियौं, फेरि अब सङ्गममा ईश्वरीय सन्तान बनेका छौं। फेरि सत्ययुगमा दैवी सन्तान हुन्छौं। यो चक्रको बारेमा बच्चाहरूलाई थाहा भएको छ। तिमी ब्रह्माकुमार-कुमारी हौ, फेरि कहिल्यै कुदृष्टि जाँदैन। सत्ययुगमा कुदृष्टि हुँदैन। कुदृष्टि रावण राज्यमा हुन्छ। तिमी बच्चाहरूलाई केवल एक बाबा सिवाय अरू कसैको याद रहनुहुँदैन। सबैभन्दा धेरै एक बाबामा प्रेम होस्। मेरो त एक शिवबाबा दोस्रो न कोही। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब तिमीलाई शिवालयमा जानु छ। शिवबाबाले स्वर्ग स्थापना गरिरहनुभएको छ। आधाकल्प रावण राज्य चल्यो, जसबाट दुर्गति पायौ। रावण के हो, त्यसलाई किन जलाउँछन्, यो पनि कसैले जानेका छैनन्। शिवबाबालाई पनि चिनेका छैनन्। जसरी देवीहरूलाई सजाएर, पूजा गरेर डुबाउँछन्, शिवबाबाको पनि माटाको लिङ्ग बनाएर पूजा आदि गरेर फेरि माटो, माटोमा मिलाइदिन्छन्। त्यसैगरी रावणको पनि पुतला बनाएर फेरि जलाइदिन्छन्। तर केही पनि बुझ्दैनन्। भन्ने पनि गर्छन्– अहिले रावण राज्य हो, रामराज्य स्थापना हुनु छ। गान्धीले पनि रामराज्य चाहन्थे, यसको मतलब रावण राज्य छ नि। जुन बच्चाहरू यस रावण राज्यमा काम चितामा बसेर जलेका छन्, बाबा आएर फेरि उनीहरूमाथि ज्ञान वर्षा गर्नुहुन्छ, सबैको कल्याण गर्नुहुन्छ। जसरी सुख्खा जमीनमा वर्सात् भएपछि घाँस उम्रिन्छ नि, तिमीमाथि ज्ञानको वर्षा नभएको हुनाले कति कङ्गाल बनेका थियौ। अहिले फेरि ज्ञान वर्षा हुन्छ, जसबाट तिमी विश्वको मालिक बन्छौ। रहन त तिमी बच्चाहरू गृहस्थ व्यवहारमा रहन्छौ, तर भित्र धेरै खुसी हुनुपर्छ। जसरी कुनै गरिबका छोराछोरीले पढेभने पढाइबाट अधिवक्ता आदि बन्छन्। उनीहरू पनि ठुलाबडाको साथमा बस्छन्, खान्छन्, पिउँछन्। भिल्लिनी (सबरी)को कुरा पनि शास्त्रहरूमा छ नि।

तिमी बच्चाहरूलाई थाहा छ– जसले सबैभन्दा धेरै भक्ति गरेका छन्, उनै आएर सबैभन्दा धेरै ज्ञान लिन्छन्। सबैभन्दा धेरै सुरुदेखि त हामीले भक्ति गरेका हौं। फेरि हामीलाई नै बाबाले सबैभन्दा पहिला स्वर्गमा पठाइदिनुहुन्छ। यो हो ज्ञानयुक्त यथार्थ कुरा। वास्तवमा हामी नै पूज्य थियौं, फेरि पुजारी बन्छौं। तल उत्रिन्छौं। बच्चाहरूलाई सारा ज्ञान सम्झाइन्छ। यस समयमा यो सारा दुनियाँ नास्तिक छ, बाबालाई चिनेका छैनन्। नेति नेति भनिदिन्छन्। पछि गएर यी संन्यासी आदि सबै आएर अवश्य आस्तिक बन्छन्। कुनै एक संन्यासी आए भने सबैलाई उनको कहाँ विश्वास हुन्छ र। भन्छन्– यिनलाई बी.के. ले जादु लगाएका हुन्। उनको शिष्यलाई गद्दीमा बसाएर उनलाई उडादिन्छन्। यस्ता धेरै संन्यासी तिम्रो पासमा आएका छन्, फेरि गुम हुन्छन्। यो हो धेरै अद्भुत ड्रामा। अहिले तिमी बच्चाहरूले आदिदेखि लिएर अन्त्यसम्म सबै जानेका छौ। तिमीहरूमध्ये पनि नम्बरवार पुरुषार्थ अनुसार धारण गर्न सक्छौ। बाबासँग सारा ज्ञान छ, त्यो ज्ञान तिमीसँग पनि हुनुपर्छ। दिनप्रतिदिन कति सेन्टरहरू खुल्दै जान्छन्। तिमी बच्चाहरू धेरै दयालु बन्नु छ। बाबा भन्नुहुन्छ– आफैलाई दया गर। निर्दयी नबन। आफूलाई नै दया गर्नु छ। कसरी? त्यो पनि सम्झाइरहनुहुन्छ। बाबालाई याद गरेर पतितबाट पावन बन्नु छ। फेरि कहिल्यै पतित बन्ने पुरुषार्थ गर्नुहुँदैन। दृष्टि धेरै राम्रो हुनुपर्छ। हामी ब्राह्मण ईश्वरीय सन्तान हौं। ईश्वरले हामीलाई गोदमा लिनुभएको हो नि। अब मनुष्यबाट देवता बन्नु छ। पहिला सूक्ष्मवतनवासी फरिस्ता बन्छौं। अहिले तिमी फरिस्ता बनिरहेका छौ। सूक्ष्मवतनको रहस्य पनि बच्चाहरूलाई सम्झाएको छु। यहाँ हुन्छ टकी, सूक्ष्मवतनमा हुन्छ मुवी, मूलवतनमा हुन्छ साइलेन्स। सूक्ष्मवतन हो फरिस्ताहरूको वतन। जसरी भूतको छायाँको शरीर हुन्छ नि। आत्मालाई शरीर मिलेन भने भट्किइरहन्छ, त्यसलाई भूत भनिन्छ। त्यसलाई यी आँखाले पनि देख्न सकिन्छ। यी हुन् फेरि सूक्ष्मवतनवासी फरिस्ता। यी सबै धेरै बुझ्नुपर्ने कुरा हुन्। मूलवतन, सूक्ष्मवतन, स्थूलवतन– यसको ज्ञान तिमीलाई छ। घुमफिर गर्दा बुद्धिमा यो सारा ज्ञान रहनुपर्छ। हामी वास्तवमा मूलवतनका निवासी हौं। अब हामी सूक्ष्मवतन हुँदै त्यहाँ जान्छौं। बाबाले यसै समयमा सूक्ष्मवतन रच्नुहुन्छ। पहिला सूक्ष्म फेरि स्थूल हुन्छ। अहिले यो हो सङ्गमयुग। यसलाई ईश्वरीय युग भनिन्छ, त्यसलाई दैवी युग भनिन्छ। तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ। कुदृष्टि गयो भने फेरि उच्च पद पाउनसक्दैनौ। अहिले तिमी ब्राह्मण-ब्राह्मणी हौ नि। फेरि घर पुगेर बिर्सिनु छैन। तिमीहरू सङ्गदोषमा आएर बिर्सिन्छौ। तिमी हंसहरू ईश्वरीय सन्तान हौ। तिम्रो कसैसँग पनि आन्तरिक ममत्व हुनुहुँदैन। यदि ममत्व जान्छ भने भनिन्छ मोहकी बाँदरनी।

तिम्रो धन्दा नै हो सबैलाई पावन बनाउनु। तिमी हौ विश्वलाई स्वर्ग बनाउनेवाला। कहाँ ती रावणका आसुरी सन्तान, कहाँ तिमी ईश्वरीय सन्तान। तिमी बच्चाहरूले आफ्नो अवस्था एकरस बनाउनको लागि सबै कुरा देखेर पनि मानौं देख्नु नै छैन, यो अभ्यास गर्नु छ। यसमा बुद्धिलाई एकरस राख्नु हिम्मतको कुरा हो। सम्पूर्ण बन्न मेहनत लाग्छ। सम्पूर्ण बन्न समय लाग्छ। जब कर्मातीत अवस्था हुन्छ अनि त्यो दृष्टि बस्छ, तबसम्म केही न केही आकर्षण भइरहन्छ। यसमा बिल्कुल उपराम हुनुपर्ने हुन्छ। लाइन क्लियर हुनुपर्छ। देखेर पनि मानौं तिमीले देख्दैनौ, यस्तो अभ्यास जसको हुन्छ, उसैले उच्च पद पाउँछ। अहिले यो अवस्था कहाँ छ र। संन्यासीहरूले त यी कुरा बुझ्दा पनि बुझ्दैनन्। यहाँ त धेरै मेहनत लाग्छ। तिमीले जानेका छौ– हामी पनि यस पुरानो दुनियाँको संन्यास गरेर बसेका छौं। बस्, हामीलाई त अब परमधाम (स्वीट साइलेन्स होम)मा जानु छ। जति तिम्रो बुद्धिमा छ त्यति अरू कसैको बुद्धिमा छैन। तिमीले नै जानेका छौ, अब फर्केर जानु छ। शिव भगवानुवाच पनि छ– उहाँ पतित-पावन, लिबरेटर, गाइड हुनुहुन्छ। श्रीकृष्ण कुनै गाइड होइनन्। यस समयमा तिमीले पनि सबैलाई मार्ग बताउन सिक्छौ, त्यसैले तिम्रो नाम पाण्डव राखेका छन्। तिमी पाण्डव सेना हौ। अहिले तिमी देहीअभिमानी बनेका छौ। जानेका छौ– अब फर्केर जानु छ, यो पुरानो शरीरलाई छोड्नु छ। सर्पको उदाहरण, कुमालकोटीको उदाहरण– यी सबै हुन् तिम्रो यस समयका। तिमी अहिले प्राक्टिकलमा छौ। उनीहरूले त यो धन्दा गर्न सक्दैनन्। तिमीलाई थाहा छ– यो कब्रिस्तान हो, अब फेरि परिस्तान बन्नेछ।

तिम्रो लागि सबै दिन लक्कि छन्। तिमी बच्चाहरू सदा लक्कि छौ। गुरुवारको दिन बच्चाहरूलाई स्कुलमा भर्ना गर्छन्। यो चलन चल्दै आएको छ। तिमीहरूलाई अहिले बृक्षपतिले पढाउनुहुन्छ। यो तिम्रो बृहस्पतिको दशा जन्मजन्मान्तर चल्छ। यो हो बेहदको दशा। भक्तिमार्गमा हदका दशाहरू चल्छन्, अहिले हुन्छ बेहदको दशा। त्यसैले पूरा मेहनत गर्नुपर्छ। लक्ष्मी-नारायण कुनै एक जना मात्रै त हुँदैनन् नि। उनीहरूको त राजवंश (डिनायस्टी) हुन्छ नि। अवश्य धेरैले राज्य गर्छन्। लक्ष्मी-नारायणको सूर्यवंशी डिनायस्टीको राज्य थियो, यो कुरा पनि तिम्रो बुद्धिमा छ। तिमी बच्चाहरूलाई यो पनि साक्षात्कार भएको छ, राजतिलक कसरी दिन्छन्। सूर्यवंशीले फेरि चन्द्रवंशीलाई कसरी राज्य दिन्छन्। माता-पिताले बच्चाको गोडा धोएर राजतिलक दिन्छन्, राज्यभाग्य दिन्छन्। यो साक्षात्कार आदि सबै ड्रामामा निश्चित छ, यसमा तिमी बच्चाहरूलाई अल्मलिनु आवश्यक छैन। तिमीले बाबालाई याद गर, स्वदर्शन चक्रधारी बन अनि अरूलाई पनि बनाऊ। तिमी हौ ब्रह्मा मुखवंशावली स्वदर्शन चक्रधारी सच्चा ब्राह्मण, शास्त्रहरूमा स्वदर्शन चक्रद्वारा कति हिंसा देखाएका छन्। अहिले बाबाले तिमी बच्चाहरूलाई सच्चा गीता सुनाउनुहुन्छ। यो त कण्ठ गर्नुपर्छ। कति सहज छ। तिम्रो सारा सम्बन्ध छ नै गीतासँग। गीतामा ज्ञान पनि छ भने योग पनि छ। तिमीहरूले पनि एउटै मात्र किताब बनाउनुपर्छ। योगको किताब किन अलग बनाउनु पर्यो। तर आजकाल योगको धेरै नाम चलेको छ, त्यसैले नाम राखिन्छ, जसले गर्दा मानिसहरू आएर बुझ्छन्। आखिर योग एक बाबासँग लगाउनु छ, यो पनि बुझ्छन्। जसले सुन्छन्, फेरि आएर आफ्नो धर्ममा उच्च पद पाउने छन्। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आफूमाथि आफैले दया गर्नु छ, आफ्नो दृष्टि धेरै राम्रो पवित्र राख्नु छ। ईश्वरले मनुष्यबाट देवता बनाउनको लागि एडप्ट गर्नुभएको हो, त्यसैले पतित बन्ने कहिल्यै पनि ख्याल ल्याउनु छैन।

२) सम्पूर्ण, कर्मातीत अवस्था प्राप्त गर्नको लागि सदा उपराम रहने अभ्यास गर्नु छ। यस दुनियाँका सबैथोक देखेर पनि देख्नुछैन। यस अभ्यासले अवस्था एकरस बनाउनु छ।

वरदान:–
हर कदममा पदमको कमाइ जम्मा गर्ने सर्व खजानाबाट सम्पन्न वा तृप्त आत्मा भव

जुन बच्चाहरूले बाबाको यादमा रहेर हर कदम उठाउँछन् उनीहरूले कदम कदममा पदमको कमाइ जम्मा गर्छन्। यस सङ्गममा नै पदमको कमाइको खानी मिल्छ। सङ्गमयुग हो जम्मा गर्ने युग। अहिले जति जम्मा गर्न चाह्यो त्यति गर्नसक्छौ। एक कदम अर्थात् एक सेकेन्ड पनि जम्मा नगरिकन नजाओस् अर्थात् खेर नजाओस्। सदा भण्डार भरिपूर्ण होस्। अप्राप्त छैन कुनै वस्तु..... यस्तो संस्कार होस्। जब तिमी अहिले यस्तो तृप्त वा सम्पन्न आत्मा बन्छौ तब भविष्यमा अखुट खजानाको मालिक हुनेछौ।

स्लोगन:–
कुनै पनि कुरामा अपसेट (निराश) हुनुको साटो ज्ञान स्वरूपको सीटमा सेट रहने गर।

मातेश्वरीजीका अनमोल महावाक्य:–

आधा कल्प ज्ञान ब्रह्माको दिन र आधाकल्प भक्ति मार्ग ब्रह्माको रात

आधाकल्प हुन्छ ब्रह्माको दिन, आधाकल्प हुन्छ ब्रह्माको रात। अब रात पूरा भएर दिन आउनु छ। अब परमात्मा आएर अन्धकारलाई अन्त्य गरेर दिनको सुरुआत गर्नुहुन्छ। ज्ञानबाट हुन्छ उज्यालो, भक्तिबाट हुन्छ अन्धकार। गीतमा पनि भनिएको छ– इस पाप की दुनियाँ से दूर कहीं ले चल, चित्त चैन जहाँ पावे... यो हो बेचैन दुनियाँ, जहाँ चैन छैन। मुक्तिमा त न चैन, न बेचैन हुन्छ। सत्ययुग त्रेतायुग हो चैनको दुनियाँ, जुन सुखधामलाई सबैले याद गर्छन्। अब तिमी चैनको दुनियाँमा गइरहेका छौ। त्यहाँ कुनै अपवित्र आत्मा जानसक्दैन। ऊ त अन्त्यमा धर्मराजको डन्डा खाएर कर्मबन्धनबाट मुक्त भएर शुद्ध संस्कार लिएर जान्छ। किनकि सत्ययुगमा न अशुद्ध संस्कार हुन्छ, न पाप हुन्छ। आत्माले आफ्नो असली पितालाई भुल्छ, यो भूल भुलैयाको अनादि हार जितको खेल बनेको छ त्यसैले सर्वशक्तिमान् परमात्माद्वारा शक्ति लिएर विकारहरूमाथि विजयी बनेर हामीले २१ जन्मको लागि राज्य भाग्य लिइरहेका छौं। अच्छा, ओम् शान्ति।