06.03.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– सच्चा
मुक्ति सेना बनेर सबैलाई यो पापको दुनियाँबाट पुण्यको दुनियाँमा लैजा नुछ , सबैको
डुबेको डुङ्गालाई पार लगाउ नुछ ।”
प्रश्न:–
कुन निश्चय
हरेक बच्चाको बुद्धिमा नम्बरवार बस्छ?
उत्तर:–
पतित-पावन
हाम्रो परपप्रिय बाबाले हामीलाई स्वर्गको वर्सा दिइरहनुभएको छ, यो निश्चय हरेकको
बुद्धिमा नम्बरवार हुन्छ। कसैलाई पूरा निश्चय भइहाल्यो भने पनि माया सामुन्ने उभिएको
छ। बाबालाई बिर्सिन्छन्, फेल हुन्छन्। जसलाई निश्चय हुन्छ, उनीहरू पावन बन्ने
पुरुषार्थमा लाग्छन्। बुद्धिमा हुन्छ– अब त घर जानुछ।
ओम् शान्ति ।
मीठा प्यारा
सिकिलधे बच्चाहरूप्रति गुडमर्निङ। प्यारा बच्चाहरू! यो त थाहा छ– सत्ययुगमा सदैव
गुडमर्निङ, गुड डे, गुड एभ्रिथिङ, गुडनाइट, सबै गुड नै गुड हुन्छ। यहाँ त न
गुडमर्निङ छ, न गुडनाइट छ। सबैभन्दा नराम्रो हो नाइट। त्यसोभए सबैभन्दा राम्रो के
हो? सवेरै। जसलाई अमृतवेला भनिन्छ। तिम्रो हरपल गुड नै गुड छ। बच्चाहरूलाई थाहा छ–
यस समयमा हामी योग योगेश्वर र योग योगेश्वरीहरू हौँ। ईश्वर जो तिम्रा पिता
हुनुहुन्छ, उहाँ आएर योग सिकाउनुहुन्छ अर्थात् तिमी बच्चाहरूको एक ईश्वरसँग योग छ।
तिमी बच्चाहरूलाई योगेश्वर पछि ज्ञान ज्ञानेश्वर बाबाको बारेमा थाहा भयो। योग लाग्यो
भने फेरि बाबाले तिमीलाई सारा चक्रको ज्ञान सम्झाउनुहुन्छ, जसबाट तिमी पनि ज्ञान
ज्ञानेश्वर बन्छौ। ईश्वर बाबाले बच्चाहरूलाई आएर ज्ञान र योग सिकाउनुहुन्छ। कुन
ईश्वर? निराकार बाबा। अब बुद्धिले काम लेऊ। गुरुहरूका त धेरै मत छन्। कसैले भन्छन्–
श्रीकृष्णसँग योग लगाऊ, फेरि उहाँको चित्र पनि दिन्छन्। कोही साईं बाबा, कोही महर्षि
बाबा, कोही मुसलमानका, कोही पारसीका, सबैलाई बाबा बाबा भनिरहन्छन्। भन्छन्– सबै
भगवान नै भगवान हुन्। अब तिमीलाई थाहा भएको छ– मानिस भगवान हुन सक्दैन। यिनी
लक्ष्मी-नारायणलाई पनि भगवान भगवती भन्न सकिँदैन। भगवान त एक निराकार हुनुहुन्छ। उहाँ
तिमी सबै आत्माहरूका पिता हुनुहुन्छ, उहाँलाई भनिन्छ शिवबाबा। तिमीले नै
जन्मजन्मान्तर सतसङ्ग गर्दै आयौ। कुनै न कुनै साधु, संन्यासी, पण्डित आदि अवश्य
होलान्। मानिसहरूलाई थाहा छ– यिनी हाम्रा गुरु हुन्। हामीलाई कथा सुनाइरहेका छन्।
सत्ययुगमा कथा आदि हुँदैनन्। बाबा बसेर सम्झाउनुहुन्छ– केवल भगवान वा ईश्वर भन्नाले
मजा आउँदैन। उहाँ पिता हुनुहुन्छ भने बाबा भन्नाले सम्बन्ध स्नेहपूर्ण हुन्छ।
तिमीलाई थाहा छ– हामी बाबा मम्माका बच्चा बनेका छौँ, जसबाट हामीलाई स्वर्गको सुख
मिल्छ। यस्तो कुनै पनि सतसङ्ग हुँदैन होला जहाँ सम्झन्छन्– हामी यो सतसङ्गबाट
मानिसबाट देवता वा नर्कवासीबाट स्वर्गवासी बन्छौँ। अहिले तिम्रो सङ्ग सत्य बाबासँग
छ र अरू सबैको असत्यसँगको सङ्ग भनिन्छ। गायन पनि गरिन्छ– सतसङ्गले तार्छ... जिस्मानी
सङ्गले डुबाउँछ। बाबा भन्नुहुन्छ– आत्म अभिमानी, देहीअभिमानी बन। मैले तिमी बच्चाहरू,
आत्माहरूलाई सिकाउँछु। यो रुहानी ज्ञान रुहहरूप्रति सुप्रिम रुह आएर दिनुहुन्छ।
बाँकी सबै हो भक्तिमार्ग। त्यो कुनै ज्ञान मार्ग होइन। बाबा भन्नुहुन्छ– मैले सबै
वेद, शास्त्रलाई, सृष्टिको आदि, मध्य, अन्त्यलाई जान्दछु। अथोरिटी म हुँ। त्यो हो
भक्तिमार्गको अथोरिटी। धेरै शास्त्र आदि पढेका रहेछन् भने उनीहरूलाई भनिन्छ–
शास्त्रका अथोरिटी। तिमीलाई बाबा आएर सत्य सुनाउनुहुन्छ। अहिले तिमीलाई थाहा छ–
सत्यको सङ्गले तार्छ... झुटको सङ्गले डुबाउँछ। अब बाबाले तिमी बच्चाहरूद्वारा
विश्वलाई मुक्त गरिरहनुभएको छ। तिमी हौ रुहानी मुक्ति सेना। मुक्त गर्छौ। बाबा
भन्नुहुन्छ– भारतवर्ष जुन स्वर्ग थियो, त्यो अब नर्क बनेको छ। डुबेको छ। बाँकी कुनै
यस्तो सागरको तल केही छैन। तिमी सतोप्रधानबाट तमोप्रधान बनेका छौ। सत्ययुग त्रेता
हो सतोप्रधान। यो ठुलो स्टिमर हो। तिमी स्टिमरमा बसेका छौ। यो पापको नगरी हो किनकि
यहाँ सबै पाप आत्माहरू छन्। वास्तवमा गुरु एक हुनुहुन्छ। उहाँलाई कसैले चिन्दैनन्।
सदैव भन्छन्– हे परमपिता परमात्मा! यस्तो भन्दैनन्– परमपिता परमात्मा एवं गुरु।
होइन, केवल फादर भन्छन्। उहाँ पतितपावन हुनुहुन्छ, तब गुरु पनि हुनुभयो। सर्वका
पतितपावन सदगतिदाता एक हुनुहुन्छ। यस पतित दुनियाँमा कुनै पनि मानिस सदगतिदाता वा
पतितपावन हुन सक्दैन। बाबा भन्नुहुन्छ– कति मिसावट, भ्रष्टाचार छ। अब मैले कन्याहरू,
माताहरूद्वारा सबैको उद्धार गर्नुछ।
तिमी सबै
ब्रह्माकुमार कुमारीहरू भाइ-बहिनी भयौ। नत्र दादाको वर्सा कसरी मिल्छ! दादाबाट वर्सा
मिल्छ २१ पिँढी अर्थात् स्वर्गको राज्य भाग्य। कमाइ कति ठुलो छ! यो हो सच्चा कमाइ,
सच्चा बाबाद्वारा। बाबा, बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सदगुरु पनि
हुनुहुन्छ। प्राक्टिकलमा गरेर देखाउनुहुन्छ। यस्तो होइन– गुरु मरे भने चेलालाई गद्दी
मिल्छ। ती हुन् जिस्मानी गुरु। यहाँ हुनुहुन्छ रुहानी गुरु। यो कुरालाई राम्रोसँग
बुझ्नुछ, यी बिल्कुल नयाँ कुरा हुन्। तिमीलाई थाहा छ– हामीलाई कुनै मानिसले
पढाउँदैन, हामीलाई शिवबाबा ज्ञानको सागर पतितपावनले यो शरीरद्वारा पढाउनुहुन्छ।
तिम्रो बुद्धि शिवबाबातिर छ। ती सतसङ्गहरूमा मानिसतिर बुद्धि जान्छ। ती सबै हुन्
भक्तिमार्ग। अब तिमीले गाउँछौ– हजुर नै माता, हजुर नै पिता हुनुहुन्छ, हामी हजुरका
बालक... उहाँ त एक हुनुहुन्छ नि। तर बाबा भन्नुहुन्छ– म कसरी आएर तिमीलाई आफ्नो
बनाऊँ! म तिम्रो पिता हुँ। त्यसैले यिनको तनको आधार लिन्छु। त्यसैले यिनी (ब्रह्मा)
मेरी स्त्री पनि हुन् भने बच्चा पनि हुन्। यिनीद्वारा शिवबाबाले बच्चाहरूलाई एडप्ट
गर्नुहुन्छ, तब यिनी बडी मम्मा भइन्। यिनको कुनै आमा छैनन्। सरस्वतीलाई जगत अम्बा
भनिन्छ। उनलाई तिम्रो सम्हाल गर्नको लागि नियुक्त गरिएको हो। सरस्वती ज्ञान
ज्ञानेश्वरी, यिनी हुन् सानी मम्मा। यी धेरै गहन कुरा हुन्। तिमीले अहिले यो गहन
पढाइ पढिरहेका छौ, तिमीले विथ रेस्पेक्ट (सम्मान सहित) पास हुनुछ। यिनी
लक्ष्मीनारायण विथ रेस्पेक्ट पास भएका छन्। उनीहरूलाई सबैभन्दा ठुलो छात्रवृत्ति
मिलेको छ। कुनै सजाय खानुपरेन। बाबा भन्नुहुन्छ– जति हुन सक्छ याद गर। यसलाई
भारतवर्षको प्राचीन योग भनिन्छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई सबै वेद, शास्त्रको
सार सुनाउँछु। मैले तिमीलाई राजयोग सिकाएँ, जसबाट तिमीले प्रारब्ध पायौ। फेरि ज्ञान
खतम भयो, फेरि परम्परा कसरी चल्न सक्छ! त्यहाँ कुनै शास्त्र आदि हुँदैनन्। अरू
धर्मका इस्लामी, बौद्धी आदि जो छन्, उनीहरूको ज्ञान गुम हुँदैन। उनीहरूको परम्परा
चल्छ। सबैलाई थाहा छ। तर बाबा भन्नुहुन्छ– मैले तिमीलाई जुन ज्ञान सुनाउँछु, त्यो
कसैले जान्दैनन्। भारतवर्ष दुःखी बन्छ, त्यसलाई आएर सदा सुखी बनाउँछु। बाबा
भन्नुहुन्छ– म साधारण तनमा बसेको छु। तिम्रो बुद्धियोग बाबासँग रहोस्। आत्माहरूका
पिता हुनुहुन्छ परमपिता परमात्मा। सर्व बच्चाहरूका उहाँ पिता हुनुहुन्छ, उहाँका सबै
बच्चाहरू ठहरिए नि। सबै आत्माहरू यस समयमा पतित छन्। बाबा भन्नुहुन्छ– म
प्राक्टिकलमा आएको छु। विनाश सामुन्ने उभिएको छ। सबैलाई थाहा छ– आगो लाग्छ। सबैका
शरीर खतम हुन्छन्। सबै आत्माहरूलाई जानुछ फर्केर घर। यस्तो होइन– ब्रह्ममा लीन
हुन्छन् वा ज्योतिमा समाहित हुन्छन्। ब्रह्म समाजीले फेरि ज्योति जगाउँछन्। त्यसलाई
ब्रह्म मन्दिर भनिदिन्छन्। वास्तवमा हो ब्रह्म महतत्त्व, जहाँ सबै आत्माहरू रहन्छन्।
हाम्रो पहिलो मन्दिर त्यो हो। पवित्र आत्माहरू त्यहाँ रहन्छन्। यी कुरा कुनै मानिसले
बुझ्दैनन्। ज्ञानको सागर बाबा बसेर तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ– अहिले हौ तिमी
ज्ञान ज्ञानेश्वर, फेरि बन्छौ राजराजेश्वर। तिम्रो बुद्धिमा छ– पतितपावन परपप्रिय
बाबा आएर हामीलाई स्वर्गको वर्सा दिइरहनुभएको छ। कतिको बुद्धिमा यो पनि बस्दैन। यति
बसेका छन्, यिनीहरूमा कोही १०० पर्सेन्ट निश्चयबुद्धि छैनन्। कोही ८० पर्सेन्ट छन्,
कोही ५० पर्सेन्ट छन्, कोही त्यो पनि छैनन्। तिनीहरू त बिल्कुल फेल भए। नम्बरवार
अवश्य छन्। धेरै छन् जसलाई निश्चय छैन। कोसिस गर्छन्– निश्चय होस्। अच्छा, निश्चय
भइहाल्यो भने पनि माया कडा छ। बाबालाई बिर्सन्छन्। यिनी ब्रह्माले स्वयं भन्छन्– म
पूरा भक्त थिएँ। ६३ जन्म भक्ति गरेँ, तत्त्वम्। तिमीले पनि ६३ जन्म भक्ति गरेका छौ।
२१ जन्म सुख पायौ, फेरि भक्त बनेका छौ। भक्तिपछि हुन्छ वैराग्य। संन्यासीहरूले पनि
यी शब्द सबैले भन्छन्– ज्ञान, भक्ति र वैराग्य। उनीहरूलाई वैराग्य आउँछ घरबारबाट।
त्यसलाई हदको वैराग्य भनिन्छ र तिम्रो हो बेहदको वैराग्य। संन्यासी घरबार छोडेर
जङ्गलमा जान्थे। अब त कोही जङ्गलमा छैनन्। सबै कुटीहरू खाली भएका छन् किनकि पहिला
सतोप्रधान थिए, अब उनीहरू तमोप्रधान भएका छन्। अब उनीहरूमा कुनै तागत छैन।
लक्ष्मीनारायणको राजधानीमा जुन तागत थियो, त्यो पुनर्जन्म लिँदालिँदा अब हेर उनीहरू
कहाँ आएर पुगेका छन्! केही पनि तागत छैन। यहाँको सरकारले पनि भन्छ– हामीले धर्मलाई
मान्दैनौँ। धर्ममा नै धेरै नोक्सान छ, लडाइँ झगडा गर्छन्, कन्फरेन्स गरिरहन्छन्– सबै
धर्मका एक मत हुन्। तर सोध– एक कसरी हुन सक्छन्! अहिले त सबै फर्केर जानेछन्। बाबा
आउनुभएको छ, यो दुनियाँ अब कब्रिस्तान बन्नुछ। बाँकी यो त भेराइटी वृक्ष हो। त्यो
एक कसरी हुन्छ, केही पनि बुझ्दैनन्। भारतवर्षमा एक धर्म थियो, त्यसलाई भनिन्थ्यो
अद्वैत मतका देवताहरू। द्वैत अर्थात् दैत्य। बाबा भन्नुहुन्छ– तिम्रो यो धर्म धेरै
सुखदायक छ।
तिमीलाई थाहा छ–
पुनर्जन्म लिएर हामीले फेरि ८४ जन्म भोग्नुछ। निश्चय राख्नुछ– हामीले नै ८४ जन्म
भोगेका छौँ। हामी नै जानुछ र फेरि आउनुछ। तिमीहरूलाई नै सम्झाउनुहुन्छ– तिमीले ८४
जन्म पूरा गरेका छौ। अहिले तिम्रो यो धेरै जन्मको अन्त्यको जन्म हो। केवल एकलाई
भन्नुहुन्न, पाण्डव सेनालाई सम्झाउनुहुन्छ– तिमी पण्डा हौ। तिमीले रुहानी यात्रा
सिकाउँछौ त्यसैले पाण्डव सेना भनिन्छ। राज्य अब न कौरवहरूको, न पाण्डवहरूको छ।
उनीहरू पनि प्रजा, तिमी पनि प्रजा हौ। भनिन्छ– कौरव पाण्डव भाइ भाइ, पाण्डवहरूतिर
हुनुहुन्छ परमपिता परमात्मा। बाबाले नै आएर मायामाथि विजय प्राप्त गर्न
सिकाउनुहुन्छ। तिमी आदि सनातन देवीदेवता धर्मका अहिंसक हौ। अहिंसा परमो धर्म। मुख्य
कुरा हो– काम कटारी चलाउनुछैन। यहाँका मानिसहरू बुझेका छन्– गाईको हत्या नगर्नु– यही
अहिंसा हो, तर बाबा भन्नुहुन्छ– काम कटारी नचलाऊ, यसलाई नै ठुलोभन्दा ठुलो हिंसा
भनिन्छ। सत्ययुगमा न काम कटारी, न लडाइँ झगडा चल्छ। यहाँ त दुवै छन्। काम कटारीले
नै आदि मध्य अन्त्य दुःख दिन्छ। तिमी सिँढी ओर्लिन्छौ। ८४ जन्म तिमीहरूले लिएका छौ।
यी लक्ष्मीनारायणको राज्य थियो, फेरि पुनर्जन्म लिन्छौ। एक एक जन्म एक एक खुड्किलो
हो। यहाँबाट तिमी माथि एकदम छलाङ् लगाउँछौ। ८४ खुड्किला ओर्लिन तिमीलाई ५ हजार वर्ष
लाग्छ र यहाँबाट फेरि तिमी सेकेन्डमा चढ्छौ। सेकेन्डमा जीवनमुक्ति कसले दिनुहुन्छ?
बाबाले। अब सबै एकदमै जमिनमा पुगेका छन्। अब बाबा भन्नुहुन्छ– केवल मलाई याद गर। यो
बुद्धिमा याद राख्नुछ– अब नाटक पूरा भयो, हामी फर्केर घर जानुछ। हामीले आफ्नो
बाबालाई र घरलाई याद गर्नुछ। पहिला बाबालाई याद गर, उहाँले नै तिमीलाई घरको बाटो
बताउनुहुन्छ। बाबाको यादले विकर्म विनाश हुन्छ। ब्रह्मालाई याद गरेर एउटा पनि पाप
काटिँदैन। पतितपावन परमात्मा नै हुनुहुन्छ। उहाँले कसरी पावन बनाउनुहुन्छ– यो कुरा
दुनियाँमा कसैले बुझ्न सक्दैनन्। बाबा आएर स्वर्गको स्थापना अवश्य गर्नुछ। बाबा
आउनुभएको छ त्यसैले त तिमी बच्चाहरूले जयन्ती मनाउँछौ। कहिले आउनुभयो, यो भन्न
सकिँदैन– यो घडी, यो तिथिमितिमा आउनुभयो। शिवबाबा कहिले आउनुभयो, कसरी भन्न सकिन्छ!
साक्षात्कार धेरै हुन्छन्। पहिला हामीले सर्वव्यापी भन्ने बुझेका थियौँ वा
भनिदिन्थ्यौँ– आत्मा सो परमात्मा हो। अब यथार्थ थाहा भएको छ। बाबाले दिनप्रतिदिन
गहन कुरा सुनाइरहनुहुन्छ। तिमी साधारण बच्चाहरूले कति ठुलो ज्ञान पढिरहेका छौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) विथ रेस्पेक्ट पास हुनको लागि सजायबाट छुट्ने पुरुषार्थ गर्नुछ। यादमा रहेमा नै
छात्रवृत्ति लिने अधिकारी बन्न सकिन्छ।
२) सच्चा सच्चा
पाण्डव बनेर सबैलाई रुहानी यात्रा गराउनुछ। कुनै पनि प्रकारको हिंसा गर्नुछैन।
वरदान:–
लाइट हाउसको
स्थितिद्वारा पाप कर्महरूलाई समाप्त गर्ने पुण्य आत्मा भव
जहाँ लाइट हुन्छ,
त्यहाँ कुनै पनि पाप कर्म हुँदैन। त्यसैले सदा लाइट हाउस स्थितिमा रहेमा मायाले कुनै
पाप कर्म गराउन सक्दैन, सदा पुण्य आत्मा बन्छौ। पुण्य आत्माले सङ्कल्पमा पनि कुनै
पाप कर्म गर्न सक्दैन। जहाँ पाप हुन्छ, त्यहाँ बाबाको याद हुँदैन। त्यसैले दृढ
सङ्कल्प गर– म पुण्य आत्मा हुँ, पाप मेरो सामुन्ने आउन सक्दैन। स्वप्न वा सङ्कल्पमा
पनि पापलाई आउन नदेऊ।
स्लोगन:–
जसले हर
दृश्यलाई साक्षी भएर हेर्छन्, उनीहरू नै सदा हर्षित रहन्छन्।
अव्यक्त इसारा:–
“निश्चयको जगलाई मजबुत बनाए र सदा निर्भय र निश्चि न् त ह ोऊ ।”
निश्चयबुद्धि बच्चाहरू
सदा हर्षित र निश्चिन्त रहन्छन्। चिन्ताले खुसीलाई खतम गर्छ र निश्चिन्त छौ भने सदा
खुसी हुन्छौ, कुनै पनि कुरामा किन भयो, कसरी भयो, के हुन्छ!... यो प्रश्न आयो भने
चिन्ता हुन्छ। के, किन, कसरी– यी चिन्ताका लहर हुन्। कतिले फेरि भन्छन्– मलाई नै
किन हुन्छ? मेरो पछाडि यो बन्धन किन छ! मेरो पछाडि माया किन आउँछ! मेरो नै
हिसाब-किताब कडा छ, किन? त्यसैले “किन” आउनु अर्थात् चिन्ताको लहर। जो यी
चिन्ताहरूबाट पर छ, उही निश्चिन्त हो।