06.04.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबासँग जुन खजाना छ , त्यसको पूरै अधिकार तिमीलाई मिलेको छ , तिमीले त्यसलाई धारण गर र गराऊ।”

प्रश्न:–
त्रिकालदर्शी बाबाले ड्रामाको आदि-मध्य-अन्त्यलाई जानेर पनि भोलिको कुरा आज बताउनुहुन्न, किन?

उत्तर:–
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यदि मैले पहिले नै बताइदिएँ भने ड्रामाको मजा नै निस्किन्छ। यो नियमले दिँदैन। सबै कुरा जानेर पनि म पनि ड्रामाको वशमा छु। पहिले नै सुनाउन सक्दिनँ, त्यसैले पछि के हुनेछ, तिमीले त्यसको चिन्ता छोडिदेऊ।

गीत:–
मरना तेरी गली में...

ओम् शान्ति ।
उहाँ पारलौकिक आत्माहरूका पिता हुनुहुन्छ। उहाँले आत्माहरूसँग नै कुरा गर्नुहुन्छ। उहाँको बच्चा बच्चा भन्ने प्राक्टिस छ। चाहे शरीर बच्चीको होस् तर आत्माहरू त सबै बच्चा नै हुन्। हरेक आत्मा वारिस हो अर्थात् वर्सा लिने हकदार हो। बाबा आएर भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी हरेकलाई वर्सा लिने हक छ। बेहदको बाबालाई धेरै याद गर्नुछ, यसमा नै मेहनत छ। बाबा परमधामबाट आउनुभएको छ हामीलाई पढाउन। साधुसन्त त आफ्नो घरबाट आउँछन् वा कुनै गाउँबाट आउँछन्। बाबा त परमधामबाट आउनुभएको छ हामीलाई पढाउन। यो कसैलाई थाहा छैन। बेहदको बाबा उहाँ नै पतितपावन परमपिता परमात्मा हुनुहुन्छ। उहाँलाई ज्ञानको सागर पनि भनिन्छ, अथोरिटी हुनुहुन्छ नि। उहाँसँग कुन ज्ञान छ? ईश्वरीय ज्ञान छ। बाबा मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। सत्-चित्-आनन्दस्वरूप हुनुहुन्छ। उहाँको धेरै ठुलो महिमा छ। उहाँसँग यो खजाना छ। कसैको पसल रहेछ भने भन्छन्– हाम्रो पसलमा यी यी भेराइटी सामान छन्। बाबा पनि भन्नुहुन्छ– म ज्ञानको सागर, आनन्दको सागर, शान्तिको सागर हुँ। मसँग यो सबै खजाना उपलब्ध छ। म सङ्गममा आउँछु त्यो सबै खजाना तिमीलाई दिन (डेलिभरी गर्न), जे जति मसँग छ त्यो सबै तिमीलाई दिन्छु फेरी त्यसमा जति जसले धारण गर्छ अथवा जति पुरुषार्थ गर्छ त्यति पाउँछ। बच्चाहरूले जानेका छौ– बाबासँग के के छ, त्यो तिमीहरूलाई एक्युरेट थाहा छ। आजकाल आफ्नो अन्त्य कसैले बताउँदैनन्। गायन गरिएको छ– किनकी दबी रही धूल में... यो सबै अहिलेको कुरा हो। आगो लाग्नेछ, सबै समाप्त हुनेछन्। राजाहरूका भित्रभित्र धेरै ठुला मजबुत गुफाहरू हुनेछन्। भूकम्प गए पनि, जोडले आगो लागे पनि भित्रभित्रैबाट निस्केर बाहिर आउँछन्। तिमी बच्चाहरूलाई थाहा छ, यहाँको कुनै पनि चिज त्यहाँ काममा आउँदैन। खानीहरू पनि सबै नयाँ सिराबाट भरपुर हुन्छन्। विज्ञान पनि परिमार्जन भएर तिम्रो काममा आउँछ। अहिले तिमी बच्चाहरूको बुद्धिमा सारा ज्ञान छ। तिमी बच्चाहरूलाई थाहा छ, हामीले सृष्टिको आदि-मध्य-अन्त्यलाई जानेका छौँ। बाँकी अन्त्यको अलिकति टुक्रा बचेको छ, त्यसलाई पनि जान्नेछौँ। बाबाले पहिला नै सबै कसरी बताइदिने, बाबा भन्नुहुन्छ– म पनि ड्रामाको वशमा छु, जुन ज्ञान अहिलेसम्म मिलेको छ त्यही ड्रामामा पहिल्यै निश्चित छ। जुन सेकेन्ड पास भयो, त्यसलाई ड्रामा सम्झनुछ। बाँकी भोलि जे होला होला त्यसको अहिल्यै के चिन्ता गर्ने! भोलिको कुरा आज सुनाउँदिनँ। यो ड्रामाको राजलाई मानिसहरूले बुझ्दैनन्। कल्पको अवधि नै कति लम्बाचौडा बनाइदिएका छन्। यो ड्रामालाई बुझ्न पनि हिम्मत चाहिन्छ। अम्मा मरे तो भी हलुआ खाना.... सम्झन्छन्– मरेर गएर अर्को जन्म लिए। हामी किन रुने? बाबाले सम्झाउनुभएको छ– अखबारमा तिमीले लेख्न सक्छौ, यो प्रदर्शनी आजभन्दा ५ हजार वर्ष पहिला यही मिति, यही स्थानमा यसरी नै भएको थियो। यो विश्वको इतिहास भूगोल दोहोरीइरहेको छ, यसरी लेखिदिनुपर्छ। यो त जान्दछौ– यो दुनियाँ केही दिन मात्रै बाँकी छ, यी सबै समाप्त हुनेछन्। हामी त पुरुषार्थ गरेर विकर्माजित बन्छौँ अनि द्वापरबाट विक्रम संवत् सुरु हुन्छ अर्थात् विकर्म हुने संवत्। यस समयमा तिमीले विकर्महरूमाथि विजय पाउँछौ त्यसैले विकर्माजित बन्छौ। पाप कर्मलाई श्रीमतद्वारा जितेर विकर्माजित बन्छौ। त्यहाँ तिमी आत्म अभिमानी हुन्छौ। त्यहाँ देह अभिमान हुँदैन। कलियुगमा देह अभिमान छ। सङ्गममा तिमी देहीअभिमानी बन्छौ। अहिले तिमीले परमपिता परमात्माको पनि पहिचान गरेका छौ। यो हो शुद्ध अभिमान। तिमी ब्राह्मण सबैभन्दा उच्च छौ। तिमी हौ सर्वोत्तम ब्राह्मण कुलभूषण। यो ज्ञान केवल तिमीलाई मिल्छ, अरू कसैलाई मिल्दैन। यो तिम्रो सर्वोत्तम कुल हो। गायन पनि गरिन्छ– अतीन्द्रिय सुख गोपी वल्लभका बच्चाहरूलाई सोध। अब तिमीहरूलाई चिट्ठा मिल्छ। कुनै चिज मिल्दैमा त्यसमा त्यति खुसी हुँदैन। गरिबबाट धनवान बनेपछि भने खुसी हुन्छन्। तिमीलाई पनि थाहा छ– जति हामीले पुरुषार्थ गर्नेछौँ त्यति बाबाबाट राजधानीको वर्सा लिनेछौँ। जसले जति पुरुषार्थ गर्छ त्यति पाउँछ। मुख्य कुरा बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफ्नो परमप्रिय बाबालाई याद गर। उहाँ बाबा सबैको परमप्रिय हुनुहुन्छ।

उहाँले नै आएर सबैलाई सुख शान्ति दिनुहुन्छ। अहिले देवीदेवताहरूको राजधानी स्थापना भइरहेको छ। त्यहाँ राजारानी हुँदैनन्। त्यहाँ भनिन्छ महाराजा-महारानी। भगवान-भगवती भन्ने हो भने फेरि यथा राजारानी तथा प्रजा, सबै भगवान-भगवती हुनेछन् त्यसैले भगवान-भगवती भनिँदैन। भगवान एक हुनुहुन्छ। मानिसलाई भगवान भनिँदैन। सूक्ष्मवतनवासी ब्रह्मा, विष्णु, शङ्करलाई पनि देवता भनिन्छ। स्थूलवतनवासीलाई हामीले भगवान-भगवती कसरी भन्ने! उच्चभन्दा उच्च हो मूलवतन अनि सूक्ष्मवतन, यो स्थूलवतन हो तेस्रो नम्बर। यो कुरा तिम्रो बुद्धिमा रहनुपर्छ। हामी आत्माहरूको पिता शिवबाबा नै हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ र गुरु पनि हुनुहुन्छ। सुनार, वकिल आदि सबै हुनुहुन्छ। सबैलाई रावणको जेलबाट छुटाउनुहुन्छ। शिवबाबा कति ठुलो वकिल हुनुहुन्छ। त्यसैले यस्तो बाबालाई कसरी भुल्न सकिन्छ। किन भन्छौ, बाबा हामीले भुल्छौँ। मायाका तुफान धेरै आउँछन्। बाबा भन्नुहुन्छ– यो त हुनेछ। केही त मेहनत गर्नुपर्छ। यो हो मायासितको लडाइँ। तिमी पाण्डवहरूको कुनै कौरवहरूसँग लडाइँ हुँदैन। पाण्डवहरूले कसरी लडाइँ गर्छन्। त्यसो गर्दा त हिंसा हुन्छ। बाबाले कहिल्यै हिंसा सिकाउनुहुन्न। केही पनि बुझ्न सक्दैनन्। वास्तवमा हाम्रो कुनै लडाइँ छैन। बाबाले केवल युक्ति बताउनुहुन्छ– मलाई याद गर, मायाको आक्रमण हुनेछैन। यसमा पनि एउटा कहानी छ, कसैलाई सोधियो– पहिला सुख चाहिन्छ वा दुःख? अनि उसले भन्यो– सुख। सत्ययुगमा दुःख हुन सक्दैन।

तिमीलाई थाहा छ– यस समयमा सबै सीताहरू रावणको शोकवाटिकामा छन्। यो सारा दुनियाँ सागरको बीचको लङ्का हो। अहिले सबै रावणको जेलमा परेका छन्। सबैको सद्गति गर्नको लागि बाबा आउनुभएको छ। सबै शोकवाटिकामा छन्। स्वर्गमा हुन्छ सुख, नर्कमा छ दुःख। यसलाई शोकवाटिका भनिन्छ। त्यो हो अशोक, स्वर्ग। यसमा धेरै ठुलो अन्तर छ। तिमी बच्चाहरूले कोसिस गरेर बाबालाई याद गर्नुपर्छ अनि खुसीको पारा चढ्नेछ। बाबाको रायमा चलेनौ भने सौतेनी ठहरियौ। अनि प्रजामा जान्छौ। सहोदर भयौ भने राजधानीमा आउनेछौ। राजधानीमा आउन चाहन्छौ भने श्रीमतमा चल्नुपर्छ। श्रीकृष्णबाट मत मिल्दैन। मत छन् नै दुईवटा। अहिले तिमीले श्रीमत लिन्छौ अनि सत्ययुगमा त्यसको फल भोग्छौ। फेरि द्वापरमा रावणको मत मिल्छ। सबै रावणको मतमा चलेर असुर बन्छन्। तिमीलाई मिल्छ ईश्वरीय मत। मत दिने एउटै बाबा हुनुहुन्छ। उहाँ हुनुहुन्छ ईश्वर। तिमी ईश्वरीय मतबाट कति पवित्र बन्छौ। पहिलो पाप हो– विषय सागरमा गोता खानु। देवताहरूले विषय सागरमा गोता खाँदैनन्। मानिसहरूले भन्छन्– के त्यहाँ बच्चाहरू हुँदैनन्? बच्चाहरू किन हुँदैनन्! तर त्यो हो नै निर्विकारी दुनियाँ, सम्पूर्ण निर्विकारी। त्यहाँ यी कुनै विकार हुँदैनन्। बाबाले सम्झाउनुभएको छ– देवताहरू केवल आत्म अभिमानी हुन्छन्, परमात्म अभिमानी हुँदैनन्। तिमी आत्म अभिमानी पनि हौ, परमात्म अभिमानी पनि हौ। पहिला दुवै थिएनौ। सत्ययुगमा परमात्मालाई चिन्दैनन्। आत्मालाई चिन्छन्, हामी आत्माले यो पुरानो शरीर छोडेर फेरि गएर नयाँ शरीर लिनेछौँ। पहिला नै थाहा हुन्छ, अब पुरानो छोडेर नयाँ लिनुछ। बच्चा जम्मिदा पनि पहिला नै साक्षात्कार हुन्छ। योगबलबाट तिमी सारा विश्वको मालिक बन्छौ। त्यसोभए के योगबलबाट बच्चाहरू हुन सक्दैनन्! योगबलबाट कुनै पनि चिजलाई तिमीले पावन बनाउन सक्छौ। तर तिमीले याद गर्न भुल्छौ। कसैको अभ्यास हुन्छ। धेरै संन्यासीहरू पनि हुन्छन् जसले भोजनको कदर गर्छन्, त्यसैले त्यस समयमा धेरै मन्त्र पढेर मात्रै खान्छन्। तिमीलाई पनि परहेज त बताइएको छ। कुनै पनि माछा, मासु, मदिरा आदि खानुहुँदैन। तिमी देवता बन्छौ नि। देवताहरूले कहिल्यै अपवित्र कुरा खाँदैनन्। त्यसैले त्यस्तै पवित्र बन्नुछ। बाबा भन्नुहुन्छ– मद्वारा तिमीले मलाई चिनेपछि सबै कुरा जान्नेछौ। अनि जान्नको लागि केही रहनेछैन। सत्ययुगमा फेरि पढाइ पनि अर्कै हुन्छ। यो मृत्युलोकको पढाइको अब अन्त्य हुन्छ। मृत्युलोकको सारा कारोबार समाप्त भएपछि अमरलोकको कारोबार सुरु हुन्छ। बच्चाहरूलाई यति नसा चढ्नुपर्छ। तिमी बच्चाहरू अमरलोकका मालिक थियौ, तिमीहरू अतीन्द्रिय सुख, परम सुखमा रहनुपर्छ। परमपिता परमात्माका हामी बच्चाहरू हौँ अथवा विद्यार्थी हौँ। परमपिता परमात्माले हामीलाई अब घर लैजानुहुनेछ, यसलाई नै परमानन्द भनिन्छ। सत्ययुगमा यी कुराहरू हुँदैनन्। यो कुरा तिमीले अहिले सुन्छौ, तिमी यस समयमा ईश्वरीय परिवारका हौ। अहिलेको नै गायन हो– अतीन्द्रिय सुख गोप-गोपीहरूसँग सोध। परमधाम निवासी बाबा आएर हाम्रो पिता, शिक्षक, गुरु बन्नुहुन्छ। तीनै सेवाधारी हुनुभयो। कुनै अभिमान राख्नुहुन्न। भन्नुहुन्छ– मैले तिम्रो सेवा गरेर तिमीलाई सबै थोक दिएर निर्वाणधाममा बस्नेछु, त्यसैले सेवाधारी भएँ नि। भाइसराय आदिले सदैव सही गर्दा आज्ञाकारी सेवाधारी लेख्छन्। बाबा पनि निराकारी, निरहङ्कारी हुनुहुन्छ। बसेर कसरी पढाउनुहुन्छ। यति उच्च पढाइ अरू कसैले पढाउन सक्दैन। यति प्वइन्टहरू कसैले दिन सक्दैन। मानिसहरूले त बुझ्नै सक्दैनन्, यिनीलाई कुनै गुरुले सिकाएका होइनन्। गुरु भएको भए धेरैका हुन्थे। एकको मात्रै कहा हुन्छन् र? यहाँ बाबाले नै पतितहरूलाई पावन बनाउनुहुन्छ। बाबाले आदि सनातन देवीदेवता धर्मको स्थापना गरिरहनुभएको छ। बाबा भन्नुहुन्छ– म कल्प कल्प, कल्पको सङ्गमयुगमा आउँछु। तिमीले भन्छौ नि– बाबा हामी कल्प पहिला पनि मिलेका थियौँ। बाबाले नै आएर पतितहरूलाई पावन बनाउनुहुनेछ। २१ जन्मको लागि तिमी बच्चाहरूलाई पावन बनाउँछु। त्यसैले यी सबै कुरा धारणा गर्नुपर्छ र बाबाले के सम्झाउनुभयो बताउनुपर्छ। बाबाबाट हामीले भविष्य २१ जन्मको वर्सा लिन्छौँ। यो याद रह्यो भने पनि खुसी हुनेछौ। यही परमानन्द हो। मास्टर ज्ञानको सागर, आनन्दको सागर यी सबै वरदान बाबाबाट अहिले तिमीलाई मिल्छन्। सत्ययुगमा त देवताहरू बुद्धु हुन्छन्। यी लक्ष्मीनारायणलाई त केही पनि ज्ञान हुँदैन। यिनीहरूलाई ज्ञान भएको भए परम्परादेखि चल्दैआउँथ्यो। तिमीलाई जस्तो परम आनन्द देवताहरूलाई पनि हुन सक्दैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) देवता बन्नको लागि खानपान धेरै शुद्ध हुनुपर्छ। धेरै नै परहेजमा चल्नुछ। योगबलद्वारा भोजनलाई दृष्टि दिएर शुद्ध बनाएर स्वीकार गर्नुछ।

२) परमपिता परमात्माका हामी बच्चाहरू अथवा विद्यार्थी हौँ, उहाँले हामीलाई अब आफ्नो घर लैजानुहुन्छ, यही नसामा रहेर परम सुख, परमानन्दको अनुभव गर्नुछ।

वरदान:–
सेवाको लगनद्वारा लौकिकलाई अलौकिक प्रवृत्तिमा परिवर्तन गर्ने निरन्तर सेवाधारी भव

सेवाधारीको कर्तव्य हो चाहे मनसा सेवा होस्, चाहे वाचा वा कर्मणा सेवा होस्, सबैमा निरन्तर सेवामा रहनु। सेवाधारीले कहिल्यै पनि सेवालाई आफूबाट भिन्नै सम्झँदैनन्। जसको बुद्धिमा सदा सेवाको लगन हुन्छ उनीहरूको लौकिक प्रवृत्ति परिवर्तन भएर ईश्वरीय प्रवृत्ति हुन्छ। सेवाधारीले घरलाई घर सम्झँदैनन् तर सेवास्थान सम्झेर चल्छन्। सेवाधारीको मुख्य गुण हो त्याग। त्याग वृत्ति भएकाहरू प्रवृत्तिमा तपस्वीमूर्त भएर रहन्छन् जसबाट स्वतः सेवा हुन्छ।

स्लोगन:–
आफ्नो संस्कारलाई दिव्य बनाउनुछ भने मन-बुद्धिलाई बाबाको अगाडि समर्पित गरिदेऊ।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर।

कुनै पनि आत्मालाई दुई घडी मीठो दृष्टि देऊ। मीठो बचन बोलिदियौ भने त्यस आत्मालाई सदाको लागि भरपुर गरिदिनेछौ। यो दुई घडीको मधुर दृष्टि, मधुर बचनले त्यस आत्माको सृष्टि परिवर्तन गरिदिनेछ। दुई मधुर बचन सदाको लागि परिवर्तन गर्न निमित्त बन्नेछन्।