06.05.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban
“ मीठे बच्चे– यादमा 
रहने मेहनत गर्यौ भने पावन बन्दै जान्छौ , अहिले बाबाले तिमीलाई पढाइरहनुभएको छ फेरि 
साथमा लिएर जानुहुन्छ।”
प्रश्न:– 
तिमीले सबैलाई 
कुनचाहिँ सन्देश दिनु छ?
उत्तर:–
अब घर जानुछ 
त्यसैले पावन बन। पतित-पावन बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने पावन बन्नेछौ, यो 
सन्देश सबैलाई देऊ। बाबाले तिमी बच्चाहरूलाई आफ्नो परिचय दिनुभएको छ, अब तिम्रो 
कर्तव्य हो बाबालाई प्रत्यक्ष गर्नु। भनिन्छ पनि छोराले पितालाई प्रत्यक्ष गर्छ।
गीत:– 
मरना तेरी गली 
में ..
ओम् शान्ति ।
बच्चाहरूले 
गीतको अर्थ सुन्यौ– बाबा हामी हजुरको रुद्र मालामा आइ नै हाल्छौँ। यी गीत त 
भक्तिमार्गका बनेका हुन्, जे जति दुनियाँमा सामग्री छन्, जप-तप, पूजा-पाठ यी सबै 
भक्तिमार्ग हुन्। भक्ति रावण राज्य, ज्ञान रामराज्य। ज्ञानलाई भनिन्छ नलेज (ज्ञान), 
पढाइ। भक्तिलाई पढाइ भनिँदैन। त्यसमा कुनै उद्देश्य हुँदैन– हामी के बन्छौँ, भक्ति 
पढाइ होइन। राजयोग सिक्नु यो पढाइ हो, पढाइ एक ठाउँमा स्कुलमा पढिन्छ। भक्तिमा त 
द्वार द्वार धक्का खान्छन्। पढाइ अर्थात् पढाइ। त्यसैले पढाइ पूरा रीतिले पढ्नुपर्छ। 
बच्चाहरूलाई थाहा छ हामी विद्यार्थी हौँ। धेरै छन् जसले आफूलाई विद्यार्थी 
सम्झँदैनन्, किनकि पढ्दै पढ्दैनन्। न ब्रह्मा बाबालाई बाबा सम्झन्छन्, न शिवबाबालाई 
सद्गतिदाता सम्झन्छन्। यस्ता पनि छन् जसको बुद्धिमा केही पनि बस्दैन, राजधानी 
स्थापना हुनुछ नि। त्यसमा सबै प्रकारका हुन्छन्। बाबा आउनुभएको नै पतितहरूलाई पावन 
बनाउन हो। बाबालाई बोलाउँछन्– हे पतित-पावन आउनुहोस्। अब बाबा भन्नुहुन्छ– पावन बन। 
बाबालाई याद गर। हरेकलाई बाबाको सन्देश दिनुछ। यतिबेला भारतखण्ड नै वेश्यालय हो। 
पहिला भारतखण्ड नै शिवालय थियो। अहिले दुवै ताज छैनन्। यो पनि तिमी बच्चाहरूलाई नै 
थाहा छ, अब पतित-पावन बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी पतितबाट पावन बन्छौ। 
यादमा नै मेहनत छ। धेरै कम छन् जो यादमा रहन्छन्। भक्तमाला पनि थोरैको छ नि। धन्ना 
भगत, नारद, मीरा आदिको नाम छ। यसमा पनि सबैले त आएर पढ्दैनन्। कल्प पहिला जसले पढेका 
छन्, उनीहरू नै आउँछन्। भन्छन् पनि– बाबा हामी हजुरसँग कल्प पहिला पनि मिलेका थियौँ, 
पढ्न अथवा यादको यात्रा सिक्न। अहिले बाबा आउनुभएको नै तिमी बच्चाहरूलाई लिएर जानको 
लागि हो। बाबाले सम्झाउनुहुन्छ– तिम्रो आत्मा पतित छ त्यसैले बोलाउँछौ– आएर पावन 
बनाउनुहोस्! अब बाबा भन्नुहुन्छ– मलाई याद गर, पवित्र बन। बाबाले पढाउनुहुन्छ फेरि 
साथमा पनि लिएर जानुहुन्छ। बच्चाहरूलाई भित्र मनमा धेरै खुसी हुनुपर्छ। बाबाले 
पढाइरहनुभएको छ, श्रीकृष्णलाई बाबा भनिँदैन। श्रीकृष्णलाई पतित-पावन भनिँदैन। यो 
कसैलाई पनि थाहा छैन– बाबा कसलाई भनिन्छ र फेरि उहाँले ज्ञान कसरी दिनुहुन्छ। यो 
तिमीलाई मात्र थाहा छ। बाबाले आफ्नो परिचय बच्चाहरूलाई नै दिनुहुन्छ। नयाँ नयाँ 
कसैसँग बाबा मिल्न सक्नुहुन्न। बाबा भन्नुहुन्छ– छोराले पिताको प्रतक्षता गर्छ। 
बच्चाहरूले नै बाबाको प्रत्यक्षता गर्नेछन्। बाबालाई कसैसँग पनि मिल्नु, कुरा 
गर्नुछैन। हुन त यति समयसम्म बाबा नयाँ नयाँसँग मिलिरहनुभयो, ड्रामामा थियो, धेरै 
आउँथे। सैनिकहरूका लागि पनि बाबाले सम्झाउनुभएको छ, उनीहरूको उद्धार गर्नुछ, 
उनीहरूले पनि धन्दा त गर्नु नै छ। नत्र दुस्मनले आक्रमण गर्छन्। केवल बाबालाई याद 
गर्नुछ। गीतामा छ– जसले युद्धको मैदानमा शरीर छोड्छन्, तिनीहरू स्वर्गमा जानेछन्। 
तर यसरी त जान सक्दैनन्। स्वर्ग स्थापना गर्नेवाला बाबा आइसकेपछि मात्रै जान्छन्। 
स्वर्ग के चीज हो, यो पनि कसैलाई थाहा छैन। अहिले तिमी बच्चाहरूले ५ विकार रूपी 
रावणसँग युद्ध गर्छौ, बाबा भन्नुहुन्छ– अशरीरी भव। आफूलाई आत्मा निश्चय गरेर मलाई 
याद गर। अरू कसैले यस्तो भन्न सक्दैनन्।
सर्वशक्तिमान एक बाबा बाहेक अरू कसैलाई भन्न सकिँदैन। ब्रह्मा-विष्णु-शङ्करलाई श्री 
भन्न सकिँदैन। सर्वशक्तिमान एक बाबा मात्रै हुनुहुन्छ। विश्व सर्वशक्तिमान अथोरिटी, 
ज्ञानको सागर एक बाबालाई नै भनिन्छ। यी जो साधुसन्त आदि छन् उनीहरू शास्त्रका 
अथोरिटी हुन्। भक्तिका पनि अथोरिटी भनिँदैन। शास्त्रका अथोरिटी हुन्, उनीहरूको सारा 
आधार शास्त्रमाथि छ। सम्झन्छन्– भक्तिको फल भगवानले दिनुहुन्छ। भक्ति कहिले सुरु भयो, 
कहिले पूरा हुनेछ, यो थाहा छैन। भक्तहरूले सम्झन्छन्– भक्तिद्वारा भगवान राजी 
हुनुहुन्छ। भगवानसँग मिल्ने इच्छा हुन्छ, तर उहाँ कसको भक्तिद्वारा राजी हुनुहुन्छ? 
अवश्य उहाँकै भक्ति गर्छन् तब त राजी हुनुहुन्छ नि। तिमीले शङ्करको भक्ति गर्यौ भने 
बाबा कसरी राजी हुनुहुन्छ, के हनुमानको भक्ति गर्यौ भने बाबा राजी हुनुहुन्छ? 
साक्षात्कार हुन्छ, बाँकी मिल्ने केही पनि होइन। बाबा भन्नुहुन्छ– हुन त मैले 
साक्षात्कार गराउँछु, तर यस्तो होइन– मसँग आएर मिल्छन्। होइन, तिमी मसँग मिल्छौ। 
भक्तहरूले भक्ति गर्छन् भगवानसँग मिल्नका लागि। भन्छन्– थाहा छैन भगवान कुन रूपमा 
आएर मिल्नुहुन्छ, त्यसैले यसलाई भनिन्छ अन्धविश्वास। अहिले तिमी बाबासँग मिलेका छौ। 
थाहा छ– उहाँ निराकार बाबाले शरीर धारण गेपछि मात्रै मात्रै आफ्नो परिचय दिनुहुन्छ– 
म तिम्रो बाबा हुँ। ५ हजार वर्ष पहिला पनि तिमीलाई राज्य भाग्य दिएको थिएँ फेरि 
तिमीले ८४ जन्म लिनुपर्यो। यो सृष्टि चक्र घुमिरहन्छ। द्वापरपछि नै अरू धर्म आउँछन्, 
आएर आआफ्ना धर्म स्थापना गर्छन्। यसमा कुनै बडाइँको कुरा छैन। बडाइँ कसैको पनि छैन। 
ब्रह्माको बडाइँ तब हुन्छ जब बाबा आएर प्रवेश गर्नुहुन्छ। नत्र यिनले धन्दा गर्थे, 
यिनलाई पनि कहाँ थाहा थियो– ममा भगवान आउनुहुन्छ। बाबाले प्रवेश गरेर सम्झाउनुभएको 
छ– कसरी मैले यिनमा प्रवेश गरेँ। कसरी यिनलाई देखाएँ– मेरो सो तिम्रो, तिम्रो सो 
मेरो, हेर। तिमी आफ्नो तन-मन-धनद्वारा मेरो मदतगार बन्छौ, त्यसको सट्टा तिमीलाई यो 
मिल्छ। बाबा भन्नुहुन्छ– म साधारण तनमा प्रवेश गर्छु, जसलाई आफ्नो जन्महरूको 
सम्बन्धमा थाहा छैन। तर म कहिले आउँछु, कसरी आउँछु, यो कसैलाई थाहा छैन। अहिले 
तिमीले देख्छौ– बाबा साधारण तनमा आउनुभएको छ। यिनीद्वारा हामीलाई ज्ञान र योग 
सिकाइरहनुभएको छ। ज्ञान त धेरै सहज छ। नर्कको ढोका बन्द भएर स्वर्गको ढोका कसरी 
खुल्छ– यो पनि तिमीलाई थाहा छ। द्वापरमा रावण राज्य सुरु हुन्छ अर्थात् नर्कको 
द्वार खुल्छ। नयाँ र पुरानो दुनियाँलाई आधा आधामा बाँडिन्छ। अब बाबा भन्नुहुन्छ– 
मैले तिमी बच्चाहरूलाई पतितबाट पावन हुने युक्ति बताउँछु। बाबालाई याद गर त्यसबाट 
जन्मजन्मान्तरका पाप नाश हुन्छन्। यस जन्मका पाप पनि बताउनुछ। याद त रहन्छ नि– के 
पाप गरियो? के के दानपुण्य गरियो? यिनलाई आफ्नो बाल्यकालको विषयमा थाहा छ नि। 
श्रीकृष्णको नै नाम हो साँवरा र गोरा, श्याम सुन्दर। त्यसको अर्थ कहिल्यै कसैको 
बुद्धिमा आउँदैन। नाम श्याम सुन्दर छ तर चित्रमा कालो बनाइदिएका छन्। रघुनाथको 
मन्दिरमा हेर– त्यहाँ पनि कालो, हनुमान वा मन्दिरमा हेर, त्यहाँ पनि सबैलाई कालो 
बनाइदिन्छन्। यो हो नै पतित दुनियाँ। अहिले तिमी बच्चाहरूलाई फिक्र (चिन्ता) छ– हामी 
साँवराबाट सुन्दर बनौँ। त्यसको लागि तिमी बाबाको यादमा रहन्छौ। बाबा भन्नुहुन्छ– यो 
अन्तिम जन्म हो। मलाई याद गर्यौ भने पाप भस्म हुन्छन्। जानेका छौ– बाबा लिएर जान 
आउनुभएको छ । त्यसैले शरीर अवश्य यहाँ छोड्छौ। शरीरसहित कहाँ लिएर जानुहुन्छ । पतित 
आत्माहरू पनि जान सक्दैनन्। अवश्य बाबाले पावन बन्ने युक्ति बताउनुहुन्छ। त्यसैले 
भन्नुहुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। भक्तिमार्गमा छ अन्धश्रद्धा। 
शिव काशी भन्छन् फेरि भन्छन्– शिवले गङ्गा ल्याउनुभयो, भागीरथबाट गङ्गा निस्किइन्। 
अब निधारबाट पानी कसरी निस्कन्छ। भागीरथ कुनै माथि पहाडमा बसेका छन् र, जसको जटाबाट 
गङ्गा आउँछिन्! पानी जुन बर्सिन्छ, सागरबाट खिच्छन्, जसबाट सारा दुनियाँमा पानी 
जान्छ। नदीहरू त सबैतिर छन्। पहाडहरूमा हिउँ जम्छ, त्यसबाट पनि पानी आइरहन्छ। 
पहाडहरूभित्र गुफाहरूमा जुन पानी हुन्छ, त्यो फेरि कुवाहरूमा आउँछ। त्यो पनि वर्षाको 
आधारमा हुन्छ। वर्षा परेन भने कुवाहरू पनि सुक्छन्।
भन्छन् पनि– बाबा हामीलाई पावन बनाएर स्वर्गमा लैजानुहोस्। आश नै स्वर्ग, 
श्रीकृष्णपुरीको छ। विष्णुपुरीको विषयमा कसैलाई थाहा छैन। श्रीकृष्णका भक्तहरूले 
भन्छन्– जहाँ हेर्यो कृष्णै कृष्ण छन्। अरे, परमात्मा सर्वव्यापी हुनुहुन्छ भने किन 
भन्दैनौ– जता हेर्यो परमात्मा नै परमात्मा हुनुहुन्छ। परमात्माका भक्तहरूले फेरि 
यस्तो भन्छन्– यी सबै उहाँकै रूप हुन्। उहाँले नै यो सारा लीला गरिरहनुभएको छ। 
भगवानले रूप धारण गर्नुभएको छ, लीला गर्नका लागि। अवश्य अहिले लीला गर्नुहुन्छ नि। 
परमात्माको दुनियाँ स्वर्गमा हेर, त्यहाँ फोहोरको कुनै कुरा हुँदैन। यहाँ त फोहोरै 
फोहोर छ र फेरि यहाँ भनिदिन्छन्– परमात्मा सर्वव्यापी हुनुहुन्छ। परमात्माले नै सुख 
दिनुहुन्छ। बच्चा आयो सुख भयो, मर्यो भने दु:ख हुन्छ। अरे, भगवानले तिमीलाई कुनै 
चीज दिनुभयो फेरि लिनुभयो भने यसमा तिमीलाई रुनुपर्ने के आवश्यकता छ! सत्ययुगमा यो 
रुने आदिको दु:ख हुँदैन। मोहजीत राजाको दृष्टान्त देखाइएको छ। यी सबै झुटा 
दृष्टान्त हुन्। तिनमा कुनै सार छैन। सत्ययुगमा ऋषिमुनि हुँदैनन्। यहाँ पनि यस्तो 
कुरा हुनसक्दैन। यस्तो कुनै मोहजीत राजा हुनसक्दैन। भगवानुवाच– यादव, कौरव, पाण्डव 
क्या करत भये? तिम्रो योग बाबासँग छ। बाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूद्वारा 
विश्वलाई स्वर्ग बनाउँछु। अब जो पवित्र बन्छन् उनीहरू पवित्र दुनियाँका मालिक बन्छन्। 
जो मिले पनि उनीहरूलाई यो भन– भगवान भन्नुहुन्छ म एकलाई याद गर। मसँग प्रीत लगाऊ, 
अरू कसैलाई याद नगर। यो हो अव्यभिचारी याद। यहाँ कुनै जल आदि चढाउनु पर्दैन। 
भक्तिमार्गमा यो धन्दा आदि गर्दै, याद गर्थे नि। गुरुहरूले पनि भन्छन्, मलाई याद गर, 
आफ्नो पतिलाई याद नगर। तिमी बच्चाहरूलाई कति कुरा सम्झाउनुहुन्छ। मूल कुरा हो– 
सबैलाई सन्देश देऊ, बाबा भन्नुहुन्छ– म एकलाई याद गर। बाबा अर्थात् भगवान। भगवान त 
निराकार हुनुहुन्छ। श्रीकृष्णलाई सबैले भगवान भन्दैनन्। श्रीकृष्ण त बच्चा हुन्। 
शिवबाबा यिनमा नहुनुभएको भए तिमी के हुन्थ्यौ? शिवबाबाले यिनीद्वारा तिमीलाई एडप्ट 
गर्नुभयो, आफ्नो बनाउनुभएको छ। यिनी माता पनि हुन्, पिता पनि हुन्। माता त साकारमा 
चाहिन्छ नि। उहाँ त हुनुहुन्छ नै पिता। त्यसैले यस्ता यस्ता कुरा राम्रोसँग धारण गर।
तिमी बच्चाहरू कहिल्यै कुनै कुरामा अल्मलिनु छैन। पढाइलाई कहिल्यै छोड्नुछैन। कैयौँ 
बच्चाहरू सङ्गदोषमा आएर रिसाएर आफ्नै पाठशाला खोल्छन्। यदि आपसमा लडाइँ झगडा गरेर 
गएर आफ्नो पाठशाला खोले भने त्यो मूर्खता हो, रिसाउँछन् भने पाठशाला खोल्न लायक नै 
छैनन्। तिम्रो त्यो देह अभिमान चल्दै चल्दैन किनकि बुद्धिमा दुस्मनी छ भने त त्यो 
याद आउँछ। केही पनि कसैलाई सम्झाउन सक्दैनन्। यस्तो पनि हुन्छ, जसलाई ज्ञान दिन्छन् 
उनीहरू तीव्र गतिमा जान्छन्, स्वयं गिर्छन्। स्वयंले पनि सम्झन्छन्– मभन्दा उनीहरूको 
अवस्था राम्रो छ। पढ्नेवाला राजा बन्छन् र पढाउनेवाला दास-दासी बन्छन्, यस्ता यस्ता 
पनि छन्। पुरुषार्थ गरेर बाबाको गलाको हार बन्नुछ। बाबा जीवनछँदै म हजुरको बनेकोछु। 
बाबाको यादद्वारा नै बेडा पार हुनुछ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। 
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई 
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि 
मुख्य सारः–
१) कहिल्यै कुनै कुरामा अल्मलिनुछैन। आपसमा रिसाएर पढाइ छोड्नुछैन। दुस्मनी राख्नु 
पनि देह अभिमान हो। सङ्गदोषबाट आफ्नो धेरै धेरै सम्भाल गर्नुछ। पावन बन्नुछ, आफ्नो 
चालचलनद्वारा बाबाको प्रत्यक्षता गर्नुछ।
२) प्रीत बुद्धि बनेर 
एक बाबाको अव्यभिचारी यादमा रहनुछ। तन-मन-धनद्वारा बाबाको कार्यमा मददगार बन्नुछ।
वरदान:– 
न्यारा र 
प्यारा बन्ने राज जानेर राजी रहने राजयुक्त भव
जुन बच्चाहरूले 
प्रवृत्तिमा रहेर न्यारा र प्यारा बन्ने राज (रहस्य) जान्दछन्, उनीहरू सदा स्वयं पनि 
स्वयंसँग राजी रहन्छन्, प्रवृत्तिलाई पनि राजी राख्छन्। साथसाथै सच्चा दिल भएका 
हुनाले साहेब (बाबा) पनि सदैव उनीहरूमाथि राजी रहनुहुन्छ। यस्ता राजी रहने राजयुक्त 
बच्चाहरूलाई आफै प्रति वा अरू कसैप्रति कसैलाई काजी (मुखिया) बनाउने आवश्यकता 
हुँदैन किनकि उनीहरूले आफ्नो फैसला आफै गर्छन् त्यसैले उनीहरूलाई कसैलाई काजी, वकिल 
वा जज (न्यायाधीश) बनाउने आवश्यकता नै पर्दैन।
स्लोगन:–
सेवाबाट जुन 
आशीर्वाद मिल्छन्, ती आशीर्वाद नै तन्दुरुस्तीका आधार हुन्।