06.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
सम्पूर्ण पावन बन ेपछि मात्र बाबाले तिम्रो बलिहारी स्वीकार गर्नुहुन्छ , आफ्नो मन
लाई सोध म कति पावन बनेको छु? ”
प्रश्न:–
तिमी बच्चाहरू
अहिले खुसी खुसीले बाबामाथि बलि चढ्छौ– किन?
उत्तर:–
किनकि तिमीलाई
थाहा छ, अहिले हामी बलिहार गयौँ भने बाबा २१ जन्मको लागि बलिहार जानुहुन्छ। तिमी
बच्चाहरूलाई यो पनि थाहा छ, अब यस अविनाशी रुद्र ज्ञान यज्ञमा सबै मानिस मात्र
स्वाहा हुनु नै छ त्यसैले तिमीले पहिला नै खुसी खुसीले आफ्नो तन-मन-धन सबै थोक
स्वाहा गरेर सफल गर्छौ।
गीत:–
मुखड़ा देख ले
प्राणी...
ओम् शान्ति ।
शिव भगवानुवाच–
अवश्य पनि आफ्ना बच्चाहरूप्रति नै ज्ञान सिकाउनुहुन्छ वा श्रीमत दिनुहुन्छ– हे
प्यारा बच्चाहरू वा हे प्राणीहरू! शरीरबाट प्राण निस्कन्छ वा आत्मा निस्कन्छ, एउटै
कुरा हो। हे प्राणीहरू अथवा हे प्यारा बच्चाहरू! तिमीले देख्यौ, आफ्नो जीवनमा कति
पाप थियो र कति पुण्य थियो! हिसाब त बताइदिनुभएको छ– तिम्रो जीवनमा आधाकल्प पुण्य,
आधाकल्प पाप हुन्छ। पुण्यको वर्सा बाबाबाट मिल्छ, जसलाई राम भनिन्छ। राम,
निराकारलाई भनिन्छ, न कि सीताका रामलाई। त्यसैले अब तिमी बच्चाहरू जो आएर ब्रह्मा
मुखवंशावली ब्राह्मण बनेका छौ, तिम्रो बुद्धिमा आएको छ अवश्य आधाकल्प हामी पुण्य
आत्मा नै थियौँ फेरि आधाकल्प पाप आत्मा बन्यौँ। अब पुण्य आत्मा बन्नुछ। कति पुण्य
आत्मा बनेका छौँ, त्यो हरेकले आफ्नो दिललाई सोध। पाप आत्माबाट पुण्य आत्मा कसरी
बन्छौ.... त्यो पनि बाबाले सम्झाउनुभएको छ। यज्ञ, तप आदिबाट तिमी पुण्य आत्मा
बन्दैनौ, त्यो हो भक्तिमार्ग, यसबाट कुनै पनि मानिस पुण्य आत्मा बन्दैनन्। अहिले
तिमी बच्चाहरूले बुझेका छौ, हामी पुण्य आत्मा बनिरहेका छौँ। आसुरी मतबाट पाप आत्मा
बन्दाबन्दै सिँढी ओर्लंदै आएका छौँ। कति समय हामी पुण्य आत्मा बन्छौँ वा सुखको वर्सा
लिन्छौँ– यो कसैलाई पनि थाहा छैन। उहाँ बाबालाई त सबै मानिसले याद गर्छन्, उहाँलाई
नै परमपिता परमात्मा भन्छन्। ब्रह्मा-विष्णु-शङ्करलाई परमात्मा भनिँदैन र कसैलाई
परमात्मा भन्न सकिँदैन। भन्न त यस समयमा तिमीले प्रजापिता ब्रह्मा भन्छौ तर
प्रजापितालाई कहिल्यै भक्तिमार्गमा याद गर्दैनन्। याद सबैले फेरि पनि निराकार
बाबालाई नै गर्छन्– हे परमपिता परमात्मा, हे भगवान! भन्ने शब्द नै निस्कन्छन्।
एकलाई नै याद गर्छन्। मानिसले आफूलाई परमपिता परमात्मा भन्न सक्दैनन्। न त
ब्रह्मा-विष्णु-शङ्करले आफूलाई परमपिता परमात्मा भन्न सक्छन्। उनीहरूको शरीरको नाम
त छ नि। एउटै परमपिता परमात्मा हुनुहुन्छ, उहाँको आफ्नो शरीर छैन। भक्तिमार्गमा पनि
शिवको धेरै पूजा गर्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबाले यस शरीरद्वारा
हामीसँग कुरा गर्नुहुन्छ– हे प्यारा बच्चाहरू! कति प्यारले भन्नुहुन्छ, सम्झनुहुन्छ–
म सबैको पतितपावन, सद्गतिदाता हुँ। मानिसहरूले बाबाको महिमा गर्छन् नि तर उनीहरूलाई
यो थाहा छैन– बाबा ५ हजार वर्षपछि आउनुहुन्छ। अवश्य कलियुगको अन्त्य भएपछि नै
आउनुहुन्छ। अहिले कलियुगको अन्त्य हो त्यसैले अहिले अवश्य आउनुभएको छ। तिमीलाई
श्रीमत मिल्छ, श्रीमत कुनै श्रीकृष्णको होइन। श्रीकृष्णको आत्मा पनि श्रीमतबाट नै
देवता बनेको थियो फेरि ८४ जन्म लिँदालिँदा अहिले तिमी आसुरी मतको बनेका छौ। बाबा
भन्नुहुन्छ–तिम्रो चक्र पूरा भएपछि मात्रै म आउँछु। तिमी सुरुमा आएका थियौ, अहिले
जीर्ण अवस्थामा छौ। वृक्ष पुरानो जीर्ण भयो भने सारा वृक्ष यस्तो हुन्छ। बाबा
सम्झाउनुहुन्छ– तिमी तमोप्रधान भएपछि सबै तमोप्रधान बनेका छन्। यो मनुष्य सृष्टिको,
विविध धर्महरूको वृक्ष हो, यसलाई उल्टो वृक्ष भनिन्छ, यसको बीज माथि छ। त्यो बीजबाट
नै सारा वृक्ष निस्कन्छ। मानिसहरूले भन्छन् पनि ‘परमपिता परमात्मा’। आत्माले भन्छ,
आत्माको नाम आत्मा नै हो। आत्मा शरीरमा प्रवेश गरेपछि शरीरको नाम राखिन्छ, त्यसपछि
खेल चल्छ। आत्माहरूको दुनियाँमा खेल चल्दैन। खेलको ठाउँ नै यो हो। नाटकमा उज्यालो
आदि सबै हुन्छ। बाँकी जहाँ आत्माहरू रहन्छन्, त्यहाँ सूर्य चन्द्रमा हुँदैनन्,
ड्रामाको खेल चल्दैन। रातदिन यहाँ हुन्छ। सूक्ष्मवतन वा मूलवतनमा रातदिन हुँदैन, यो
कर्मक्षेत्र हो। यसमा मानिसले राम्रा कर्म पनि गर्छन्, नराम्रा कर्म पनि गर्छन्।
सत्ययुग-त्रेतामा राम्रा कर्म हुन्छन् किनकि त्यहाँ ५ विकाररूपी रावणको राज्य नै
हुँदैन। बाबा बसेर कर्म, अकर्म, विकर्मको रहस्य बताउनुहुन्छ। कर्म त गर्नु नै छ, यो
कर्मक्षेत्र हो। सत्ययुगमा मानिसले जुन कर्म गर्छन् त्यो अकर्म हुन्छ। त्यहाँ
रावणराज्य नै हुँदैन, त्यसलाई स्वर्ग भनिन्छ। यस समयमा स्वर्ग छैन। सत्ययुगमा एउटै
भारतवर्ष थियो अरू कुनै खण्ड थिएन। स्वर्ग स्थापक परमपिता परमात्मा भन्छन् भने
बाबाले अवश्य स्वर्ग नै रच्नुहुन्छ। यो सबैलाई थाहा छ, भारतवर्ष प्राचीन खण्ड हो।
पहिला सुरुमा केवल भारतवर्ष नै थियो, यो कसैलाई थाहा छैन। अहिले त्यस्तो त छैन नि।
यो हो नै ५ हजार वर्षको कुरा। भन्छन् पनि क्राइस्टभन्दा ३ हजार वर्ष पहिला भारतवर्ष
स्वर्ग थियो। रचयिताले अवश्य रचना रच्नुहुन्छ। तमोप्रधान बुद्धि भएको कारण यति पनि
बुझ्दैनन्। भारतवर्ष त सबैभन्दा उच्च खण्ड हो। यो मनुष्य सृष्टिको पहिलो वंश हो।
ड्रामा यस्तो पनि बनेको छ। धनवानले गरिबहरूलाई मद्दत गर्छन्, यो पनि चल्दै आएको छ।
भक्तिमार्गमा पनि धनवानले गरिबहरूलाई दान गर्छन्। तर यो हो नै पतित दुनियाँ। त्यसैले
जसले जे जति पनि दानपुण्य गर्छन्, पतितले नै गर्छन्, जसलाई दान गर्छन् उनीहरू पनि
पतित हुन्छन्। पतितले, पतितलाई दान गरे भने, त्यसको फल के पाउँछन्। जतिसुकै
दानपुण्य गर्दै आएका भए पनि गिर्दै आएका छन्। भारतवर्ष जस्तो दानी खण्ड अरू कुनै
हुँदैन। यस समयमा तिम्रो जे जति तन, मन, धन छ, सबै यसमा स्वाहा गर्छौ, यसलाई भनिन्छ
राजस्व अश्वमेध अविनाशी ज्ञान यज्ञ। आत्माले भन्छ– यो जुन पुरानो शरीर छ, यसलाई पनि
यहाँ स्वाहा गर्नुछ किनकि तिमीलाई थाहा छ– सारा दुनियाँका मानिस मात्र यसमा स्वाहा
हुन्छन्, त्यसैले हामी किन खुसीले बाबामाथि बलि नचढौँ। आत्मालाई थाहा छ– हामीले
बाबालाई याद गर्छौं। भन्दै पनि आएका छौँ, बाबा हजुर आउनुहुँदा हामी बलिहार जान्छौँ
किनकि अब हामी बलिहार जाँदा हजुर फेरि २१ जन्मको लागि हामीमाथि बलिहार जानुहुन्छ।
यो सौदागरी हो। हामी हजुरमाथि बलिहार जान्छौँ भने हजुर पनि त २१ पटक हामीमाथि
बलिहार जानुहुन्छ। बाबा भन्नुहुन्छ– तिम्रो आत्मा पवित्र नबनेसम्म मैले बलिहारी
स्वीकार गर्दिनँ। बाबा भन्नुहुन्छ– म एकलाई याद गरेमा आत्मा पवित्र बन्छ। बाबालाई
भुलेका हुनाले तिमी कति पतित दुःखी भएका छौ। मानिस दुःखी हुन्छन् अनि फेरि शरणागति
लिन्छन्। अहिले तिमी ६३ जन्म रावणबाट धेरै दुःखी भएका छौ। जति पनि मनुष्य मात्र छन्,
एक सीताको कुरा होइन, सबै सीताहरू हुन्। रामायणमा त कहानी लेखिदिएका छन्। सीतालाई
रावणले शोकवाटिकामा राख्यो। वास्तवमा कुरा सबै यस समयको हो। सबै रावण अर्थात् ५
विकारहरूको जेलमा छन् त्यसैले दुःखी भएर पुकार्छन्– हामीलाई यसबाट छुटाउनुहोस्! एकको
कुरा होइन। बाबा सम्झाउनुहुन्छ सारा दुनियाँ रावणको जेलमा छ। रावण राज्य छ नि।
भन्छन् पनि– रामराज्य चाहिन्छ। गान्धीले पनि भने, संन्यासीहरूले कहिल्यै यस्तो
भन्दैनन्– रामराज्य चाहिन्छ। सबैले नै भन्छन्। यस समयमा आदि सनातन देवीदेवता धर्म
छैन अरू शाखाहरू छन्। सत्ययुग थियो। एउटै आदि सनातन देवीदेवता धर्म थियो। अहिले त्यो
नाम नै परिवर्तन भएको छ। आफ्नो धर्मलाई भुलेर फेरि अरू अरू धर्ममा कन्भर्ट हुँदै
जान्छन्। मुसलमान आएर कति हिन्दुहरूलाई उनीहरूको धर्ममा कन्भर्ट गरिदिए। क्रिस्चियन
धर्ममा पनि धेरै कन्भर्ट भएका छन् त्यसैले यहाँका मानिसहरूको जनसङ्ख्या कम भएको छ।
नत्र यहाँका मानिसहरूको जनसङ्ख्या सबैभन्दा धेरै हुनुपर्छ। अनेक धर्महरूमा कन्भर्ट
भएका छन्। बाबा भन्नुहुन्छ– तिम्रो जुन आदि सनातन देवीदेवता धर्म छ, त्यो सबैभन्दा
उच्च छ। तिमी सतोप्रधान थियौ, अहिले त्यही परिवर्तन भएर फेरि तमोप्रधान बनेका छौ।
अहिले तिमी बच्चाहरूले बुझेका छौ– ज्ञान सागर, पतितपावन भनेर जसलाई बोलाउँछन्,
उहाँले नै तिमीलाई सम्मुख पढाइरहनुभएको छ। उहाँ ज्ञानको सागर, प्रेमको सागर
हुनुहुन्छ। क्राइस्टको यस्तो महिमा गर्दैनन्। श्रीकृष्णलाई ज्ञानको सागर, पतितपावन
भनिँदैन। सागर एक हुन्छ। चारैतिर अलराउन्ड सागर नै सागर छ। दुई सागर हुँदैनन्। यो
मनुष्य सृष्टिको नाटक हो, यसमा सबैको भिन्नाभिन्नै पार्ट छ। बाबा भन्नुहुन्छ मेरो
कर्तव्य सबैभन्दा भिन्नै छ, म ज्ञानको सागर हुँ। मलाई नै तिमीले हे पतितपावन भनेर
पुकार्छौ, फेरि भन्छौ हे मुक्तदाता! केबाट मुक्तगर्नुहुन्छ? यो पनि कसैलाई थाहा छैन।
तिमीलाई थाहा छ, हामी सत्ययुग-त्रेतामा धेरै सुखी थियौँ, त्यसलाई स्वर्ग भनिन्छ।
अहिले त हो नै नर्क त्यसैले पुकार्छन्– दुःखबाट मुक्त गरेर सुखधाम लैजानुहोस्।
संन्यासीहरूले कहिल्यै भन्दैनन्– फलानो स्वर्गवासी भयो, उनीहरूले फेरि भन्छन् पार
निर्वाण गयो। बेलायतमा पनि भन्छन् लेफ्ट फर हेभेनली अबोड (स्वर्गारोहण हुनुभयो)।
सम्झन्छन्, परमपिता परमात्माको पासमा गए। स्वर्ग स्थापक परमपिता परमात्मा भन्छन्,
त्यसैले अवश्य स्वर्ग थियो। अहिले छैन। नर्कपछि स्वर्ग हुनुपर्छ। परमपिता परमात्मा
यहाँ आएर स्वर्ग स्थापन गर्नुपर्छ। सूक्ष्मवतन, मूलवतनमा कुनै स्वर्ग हुँदैन। यसको
लागि अवश्य बाबा नै आउनुपर्छ।
बाबा भन्नुहुन्छ– म
आएर प्रकृतिको आधार लिन्छु, मेरो जन्म मानिसहरूकोजस्तो हुँदैन। म गर्भमा आउँदिनँ,
तिमीहरू सबै गर्भमा आउँछौ। सत्ययुगमा गर्भ महल हुन्छ किनकि त्यहाँ कुनै विकर्म
हुँदैन जसको सजाय भोग्नुपर्छ त्यसैले त्यसलाई गर्भ महल भनिन्छ। यहाँ विकर्म गर्छन्,
जसको सजाय भोग्नुपर्छ, त्यसैले गर्भ जेल भनिन्छ। यहाँ रावण राज्यमा मानिसले पाप
गरिरहन्छन्। यो हो नै पाप आत्माहरूको दुनियाँ। त्यो हो पुण्य आत्माहरूको दुनियाँ–
स्वर्ग, त्यसैले भन्छन् पिपलको पातमा श्रीकृष्ण आउनुभयो। यो श्रीकृष्णको महिमा
देखाएका हुन्। सत्ययुगमा गर्भमा दुःख हुँदैन। बाबाले कर्म-अकर्म-विकर्मको गति
सम्झाउनुहुन्छ जसको फेरि गीता शास्त्र बनाएका छन्। तर त्यसमा शिव भगवानुवाचको सट्टा
श्रीकृष्णको नाम राखिदिएका छन्। अहिले तिमीलाई थाहा छ, हामीले बेहदको बाबाबाट बेहद
सुखको वर्सा लिन्छौँ। अहिले संसार रावणबाट श्रापित भएको छ त्यसैले दुर्गति भएको छ।
यो ठुलो श्राप पनि ड्रामामा पहिल्यै निश्चित छ। बाबाले आएर वरदान दिनुहुन्छ–
आयुष्मान् भव, पुत्रवान् भव, सम्पत्तिवान् भव..... सबै सुखको वर्सा दिनुहुन्छ।
तिमीलाई आएर पढाउनुहुन्छ, जुन पढाइबाट तिमी देवता बन्छौ। यो नयाँ रचना भइरहेको छ।
ब्रह्माद्वारा तिमीलाई बाबाले आफ्नो बनाउनुहुन्छ। भनिन्छ पनि प्रजापिता ब्रह्मा।
तिमी उहाँका बच्चाहरू ब्रह्माकुमार-कुमारी बनेका छौ। दादाबाट बाबाद्वारा वर्सा
लिन्छौ। पहिला पनि लिएका थियौ। अब फेरि बाबा आउनुभएको छ। बाबाका बच्चाहरू त फेरि
बाबाको पासमा जानुपर्छ। तर भनिएको छ, प्रजापिता ब्रह्माद्वारा मनुष्य सृष्टिको
स्थापना हुन्छ। त्यसैले यहीँ स्थापना हुन्छ नि। आत्माको सम्बन्धमा भनिन्छ हामी भाइ
भाइ हौँ। प्रजापिता ब्रह्माका सन्तान भएका हुनाले तिमी भाइबहिनी बन्छौ। यस समयमा
तिमी सबै भाइबहिनी हौ, तिमीले बाबाबाट वर्सा लिएका थियौ। अहिले पनि बाबाबाट वर्सा
लिइरहेका छौ। शिवबाबा भन्नुहुन्छ– मलाई याद गर। तिमी आत्माले शिवबाबालाई याद गर्नुछ।
याद गरेमा नै तिमी पावन बन्छौ अरू कुनै उपाय छैन। पावन नबनी तिमी मुक्तिधाममा जान
पनि सक्दैनौ। जीवनमुक्तिधाममा पहिला सुरुमा आदि सनातन देवीदेवता धर्म थियो फेरि
नम्बरवार अरू अरू धर्म आए। बाबाले अन्त्यमा आएर सबैलाई दुःखहरूबाट मुक्त गर्नुहुन्छ।
उहाँलाई भनिन्छ पनि मुक्तिदाता। बाबा भन्नुहुन्छ– तिमीले केवल मलाई याद गरेमा तिम्रा
पाप भस्म हुन्छन्। बोलाउँछौ पनि बाबा आउनुहोस्– हामीलाई पतितबाट पावन बनाउनुहोस्!
टिचरले त पढाउँछन्, यसमा चरित्र देखाउँछन् र? यो पनि पढाइ हो। बाबा ज्ञानको सागरले
नै आएर ज्ञान दिनुहुन्छ। अच्छा।
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) कर्म, अकर्म र विकर्मको गतिलाई जानेर अब कुनै विकर्म गर्नुछैन। कर्मक्षेत्रमा
कर्म गर्दा विकारहरूको त्याग गर्नु नै विकर्मबाट बच्नु हो।
२) यस्तो पावन बन्नुछ
जसले गर्दा हाम्रो बलिहारी बाबाले स्वीकार गर्नुहुन्छ। पावन बनेर पावन दुनियाँमा
जानु छ। तन-मन-धन यस यज्ञमा स्वाहा गरेर सफल गर्नुछ।
वरदान:–
ज्ञान को लाइट
माइटद्वारा विघ्न - विनाशक बन्ने मास्टर न लेज फुल भव
भक्तिमार्गमा गणेशलाई
विघ्नविनाशक भनेर पुज्छन्, साथसाथै उनलाई मास्टर नलेजफुल अर्थात् विद्यापति पनि
मान्छन्। त्यसैले जुन बच्चाहरू मास्टर नलेजफुल बन्छन् उनीहरूले कहिल्यै विघ्नहरूबाट
हार खान सक्दैनन् किनकि ज्ञानलाई लाइट-माइट भनिन्छ, जसबाट मञ्जिलमा पुग्न सहज हुन्छ।
जति पनि यस्ता विघ्न-विनाशक छन्, बाबासँग सदा कम्बाइन्ड रहेर ज्ञानको याद गरिरहन्छन्,
उनीहरू कहिल्यै विघ्न-हार बन्न सक्दैनन्।
स्लोगन:–
भित्र बाहिर
जे जति कमी-कमजोरीहरू छन् तिनलाई सम्पूर्ण रूपमा विल (अर्पण) गरिदियौ भने विलपावर (इच्छा
शक्ति) आउँछ।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
अहिले अनुभवी बनेर
अरूलाई पनि अचल अडोल बनाउने, अनुभव गराउने समय हो। अब खेल खेल्ने समय समाप्त भयो।
अब सदा समर्थ बनेर निर्बल आत्माहरूलाई समर्थ बनाउँदै जाऊ। तिमीहरूमा निर्बलताको
संस्कार भयो भने अरूलाई पनि निर्बल बनाइदिन्छौ। ज्ञानको हरेक प्वइन्टको अनुभवी
बन्नको लागि एकान्तप्रिय बन, एकाग्रताको अभ्यास बढाऊ।