06.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा बागवान हुनुहुन्छ , उहाँ बागवानको पासमा तिमी मालीहरूले धेरै राम्रो राम्रो सुगन्धित फूल ल्याउनु छ। यस्तो फूल नल्याऊ जुन ओइलिएको होस्।”

प्रश्न:–
बाबाको नजर कुन बच्चाहरूमाथि पर्छ, कुन माथि पर्दैन?

उत्तर:–
जो राम्रो वास्ना दिने फूल हुन्छन्, अनेक काँडाहरूलाई फूल बनाउने सेवा गर्छन्, उनीहरूलाई देखेर बाबा खुसी हुनुहुन्छ। उनीहरूमाथि नै बाबाको नजर जान्छ र जसको वृत्ति नराम्रो हुन्छ, आँखाले धोका दिन्छ, उनीहरूमाथि बाबाको नजर पनि पर्दैन। बाबा त भन्नुहुन्छ– प्यारा बच्चाहरू! फूल बनेर अनेकौँलाई फूल बनायौ भने होसियार माली मानिन्छौ।

ओम् शान्ति ।
बागवान बाबा बसेर आफ्ना फूलहरूलाई हेर्नुहुन्छ किनकि अरू सबै सेन्टरमा त फूल र माली छन्, यहाँ तिमी बागवानको पासमा आउँछौ आफ्नो सुवास दिनको लागि। तिमी फूल हौ नि। तिमीले पनि जानेका छौ, बाबालाई पनि थाहा छ– काँडाको जङ्गलको बीजरूप हो रावण। त्यसो त सारा वृक्षको बीज एउटै छ तर फूलको बगैँचाबाट काँडाको जङ्गल बनाउने पनि अवश्य हुनुपर्छ। त्यो हो रावण। त्यसैले निर्णय गर– बाबाले ठीक सम्झाउनु हुन्छ नि। देवता रूपी फूलहरूको बगैँचाको बीजरूप हुनुहुन्छ बाबा। तिमी अहिले देवी देवता बनिरहेका छौ नि। यो त हरेकले जान्दछौ– म कुन किसिमको फूल हुँ? बागवान पनि यहाँ नै आउनु हुन्छ फूलहरूलाई हेर्न। ती त सबै माली हुन्। ती पनि अनेक प्रकारका माली हुन्। त्यस बगैँचाका पनि भिन्न-भिन्न प्रकारका माली हुन्छन् नि। कसैको ५०० रुपियाँ तलब हुन्छ, कसैको १०००, कसैको २००० रुपियाँ। जसरी मुगल गार्डेनको माली धेरै होसियार हुनुपर्छ। उसको तलब पनि अधिक होला। यो त बेहदको ठुलो बगैँचा हो, यसमा पनि अनेक प्रकारका नम्बरवार माली छन्। जो धेरै राम्रो माली हुन्छन् उनले बगैँचालाई धेरै राम्रो शोभायमान बनाउँछन्, राम्रो फूल लगाउँछन्। गवर्मेन्ट हाउसको मुगल गार्डेन कति राम्रो छ। यो हो बेहदको बगैँचा। बागवान एक हुनुहुन्छ। काँडाको जङ्गलको बीज हो रावण र फूलहरूको बगैँचाको बीज हुनुहुन्छ शिवबाबा। वर्सा मिल्छ बाबाबाट। रावणबाट वर्सा मिल्दैन। उसले त मानौँ श्राप दिन्छ। जब श्रापित हुन्छन् तब जसले सुख दिनु हुन्छ उहाँलाई सबैले याद गर्छन् किनकि उहाँ हुनुहुन्छ सुखदाता, सदा सुख दिनेवाला। माली पनि भिन्न भिन्न प्रकारका छन्, बागवान आएर मालीहरूलाई पनि देख्नु हुन्छ– कसरी साना ठुला बगैँचा बनाउँछन्। कुन कुन फूलहरू छन् त्यो पनि ख्यालमा ल्याउनु हुन्छ। कहिलेकाहीँ धेरै राम्रो राम्रो मालीहरू पनि आउँछन् उनीहरूको फूलको सजावट पनि विशेष गरेर राम्रो हुन्छ। त्यसैले बागवानलाई पनि खुसी हुन्छ– ओहो! यो माली त धेरै राम्रो छ, फूल पनि धेरै राम्रो राम्रो ल्याएको छ। यहाँ हुनुहुन्छ बेहदको बाबा, उहाँको कुरा पनि बेहदको छ। तिमी बच्चाहरूले दिलबाट सम्झन्छौ– बाबाले बिल्कुलै सत्य भन्नुहुन्छ। आधा कल्प चल्छ रावण राज्य। फूलको बगैँचालाई काँडाको जङ्गल रावणले बनाउँछ। जङ्गलमा काँडै काँडा हुन्छन्। धेरै दु:ख दिन्छन्। बगैँचाको बीचमा काँडा कहाँ हुन्छन् र, एउटा पनि हुँदैन। बच्चाहरूले जानेका छौ। रावणले देह अभिमानमा ल्याउँछ। ठुलो भन्दा ठुलो काँडा हो देह अभिमान।

बाबाले रातमा पनि सम्झाउनु भयो कसैको दृष्टि कामुक हुन्छ भने कसैको दृष्टि हल्का कामुक हुन्छ। कोही नयाँ नयाँ पनि आउँछन्, जो पहिला सुरुमा राम्रोसँग चल्छन्, उनले सम्झन्छन् विकारमा कहिल्यै पनि जाने छैनौँ, पवित्र रहन्छौँ। त्यस समयमा क्षणिक (श्मसानघाटको जस्तो) वैराग्य आउँछ। फेरि घरमा गएपछि बिग्रिन पुग्छन्। दृष्टि नराम्रो हुन जान्छ। यहाँ जसलाई राम्रो राम्रो फूल सम्झेर बागवानको पासमा ल्याएर बताउँछन्– बाबा, यो धेरै राम्रो फूल हो, कुनै कुनै मालीले कानमा आएर बताउँछन्– यो फलानो फूल हो। मालीले त अवश्य बताउँछ नि। यस्तो होइन बाबा अन्तर्यामी हुनुहुन्छ। मालीले हरेकको चालचलन बताउँछन्– बाबा यसको दृष्टि राम्रो छैन, यसको चालचलन रोयल छैन, यो १०-२० प्रतिशत सुध्रेको छ। मुख्य हो आँखा, जसले धेरै धोका दिन्छ। माली आएर बागवानलाई सबैकुरा बताउँछन्। बाबाले एक एकसँग सोध्नुहुन्छ– भन, तिमीले कस्तो फूल ल्याएका छौ? कोही गुलाबका फूल हुन्छन्, कोही मोतीका, कसैले आँकको फूल पनि लिएर आउँछन्। यहाँ धेरै सावधान रहन्छन्। जङ्गलमा गएपछि फेरि ओइलाउँछन्। बाबाले हेर्नु हुन्छ– यो कुन प्रकारको फूल हो। माया पनि यस्तो छ जसले मालीलाई पनि बडो जोडसँग थप्पड लगाउँछ, जसले गर्दा माली पनि काँडा हुन पुग्छन्। बागवान जब आउनु हुन्छ पहिला बगैँचालाई हेर्नुहुन्छ, फेरि बाबा बसेर उनीहरूलाई शृङ्गार गर्नुहुन्छ। प्यारा बच्चाहरू सावधान रहनु, कमजोरीहरूलाई निकाल्दै जाऊ, नत्र फेरि धेरै पछुताउने छौ। बाबा आउनु भएको छ लक्ष्मी-नारायण बनाउन, त्यसको सट्टा के हामी नोकर बनौँ! आफ्नो जाँच गर्नु छ, म यस्तो उच्च लायक बनेको छु? यो त जानेका छौ– काँडाको जङ्गलको बीज रावण हो, फूलको बगैँचाको बीज हुनुहुन्छ राम। यी सबै कुरा बाबाले बसेर बताउनु हुन्छ। बाबाले फेरि पनि स्कुलको पढाइको महिमा गर्नुहुन्छ, त्यो पढाइ फेरि पनि राम्रो हो किनकि त्यो आमदानीको स्रोत हो। लक्ष्य उद्देश्य पनि छ। यो पनि पाठशाला हो, यसमा पनि लक्ष्य छ। अन्त कहीँ पनि यस्तो लक्ष्य उद्देश्य हुँदैन। तिम्रो एउटै लक्ष्य छ नरबाट नारायण बन्ने। भक्तिमार्गमा सत्यनारायणको कथा धेरै सुन्छन्, हरेक महिना ब्राह्मणलाई बोलाउँछन्, ब्राह्मणहरूले गीता सुनाउँछन्। आजकाल त गीता सबैले सुनाउँछन्, सच्चा सच्चा ब्राह्मण त कोही छैनन्। तिमी हौ सच्चा सच्चा ब्राह्मण। सच्चा बाबाका बच्चा हौ। तिमीले सच्चा सच्चा कथा सुनाउँछौ। सत्यनारायणको कथा पनि छ, अमरकथा पनि छ, तीजरीको कथा पनि छ। भगवानुवाच– मैले तिमीलाई राजाहरूको राजा बनाउँछु। उनीहरूले त गीता सुनाउँदै आएका छन्। फेरि राजा को बन्यो त? यस्तो कोही छ जसले भनोस्– मैले तिमीलाई राजाहरूको राजा बनाउँछु, म स्वयं बन्ने छैन। यस्तो कहिल्यै सुनेका छौ? उहाँ एक बाबा नै हुनुहुन्छ जसले बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। बच्चाहरूले जानेका छौ– यहाँ बागवानको पासमा रिफ्रेस हुन आउँछौँ। माली पनि बन्छन्, फूल पनि बन्छन्। माली त अवश्य बन्नु छ। थरिथरिका माली छन्। सेवा गरेनौ भने राम्रो फूल कसरी बन्छौ? हरेकले आफ्नो दिलसँग सोध्नु छ– म कुन प्रकारको फूल हुँ? कुन प्रकारको माली हुँ? बच्चाहरूले विचार सागर मन्थन गर्नुपर्छ। ब्राह्मणीले जान्दछिन्– माली पनि किसिम किसिमका हुन्छन् नि। कोही राम्रो राम्रो माली पनि आउँछन्, जसको राम्रो बगैँचा हुन्छ। जसरी राम्रो माली छ भने बगैँचा पनि राम्रो बनाउँछ। राम्रो राम्रो फूल लिएर आउँछन्, जसले गर्दा दिल खुसी हुन्छ। कसैकसैले साधारण फूल लिएर आउँछन्। बागवानलाई थाहा हुन्छ यिनले के के पद पाउँछन्। अझै समय छ। एक एक काँडालाई फूल बनाउनमा मेहनत लाग्छ। कोही त फूल बन्न चाहँदैनन्, काँडा हुनै मन पराउँछन्। आँखाको वृत्ति धेरै विकारी हुन्छ। यहाँ आउँछन् तर पनि उनीहरूबाट सुवास आउँदैन। बागवान चाहनु हुन्छ मेरो अगाडि फूल बसे भने राम्रो हुन्छ जसलाई देखेर खुसी हुन्छु। देख्छु– वृत्ति नराम्रो छ भने त्यसलाई दृष्टि पनि दिनुहुन्न। त्यसैले एक एकलाई हेर्नुहुन्छ, यी मेरा फूलहरू कुन प्रकारका छन्? कति सुगन्ध दिन्छन्? काँडाबाट फूल बनेका छन् वा छैनन्? हरेकले स्वयं पनि बुझ्न सक्छन्– हामी कहाँसम्म फूल बनेका छौं? पुरुषार्थ गरेका छौँ? घरी घरी भन्छन्– बाबा, हामीले हजुरलाई बिर्सिहाल्छौँ। योगमा एकाग्र हुन सक्दैनौँ। अरे, याद गरेनौ भने फूल कसरी बन्न सक्छौ? याद गर्यौ भने पाप काटिन्छ फूल बनेर फेरि अरूलाई पनि फूल बनाउन सक्छौ, तब माली नाम राख्न सकिन्छ। बाबाले मालीहरूको माग गरिरहनु हुन्छ। छ कोही माली? किन माली बन्न सक्दैनन्? बन्धन त छोड्नु पर्छ। भित्रबाट जोश आउनु पर्छ। सेवाको उल्लास हुनु पर्छ। आफ्ना पङ्खलाई स्वतन्त्र बनाउनको लागि मेहनत गर्नुपर्छ। जसमा धेरै प्यार हुन्छ, उसलाई छोड्न सकिन्छ र? बाबाको सेवाको लागि फूल बनेर अरूलाई नबनाएसम्म उच्च पद कसरी पाउँछौ? २१ जन्मको लागि उच्च पद प्राप्त हुन्छ। महाराजा, राजा, ठुला ठुला धनवान पनि हुन्छन्। फेरि नम्बरवार कम धनवान पनि हुन्छन्, प्रजा पनि हुन्छन्। अब हामी के बन्ने? जे अहिले पुरुषार्थ गर्छौ त्यो कल्पकल्पान्तर बन्छौ। अहिले पूरा जोड दिएर पुरुषार्थ गर्नुपर्छ। नरबाट नारायण बन्नु छ। जो राम्रो पुरुषार्थी छन् उनीहरूले व्यवहारमा उतार्छन्। हरेक दिनको आमदानी र घाटालाई हेर्नुपर्छ। १२ महिनाको कुरा होइन, दिनहुँको घाटा र फाइदा निकाल्नु छ। घाटा पार्नु छैन। नत्र थर्डक्लास बन्छौ। स्कुलमा पनि नम्बरवार हुन्छन् नि।

प्यारा बच्चाहरूले जानेका छौ– हाम्रा बीज हुनुहुन्छ वृक्षपति, जसको आगमनले हामीमाथि बृहस्पतिको दशा हुन्छ। फेरि रावण राज्य आएपछि राहुको दशा लाग्छ। कहाँ उहाँ एकदम उच्च (हाइएस्ट), कहाँ ऊ एकदमै निम्न (लोएस्ट)। एकदम शिवालयबाट वेश्यालय बनाइदिन्छ। अहिले तिमी बच्चाहरूमाथि बृहस्पतिको दशा छ। पहिला नयाँ वृक्ष हुन्छ। फेरि आधा भएपछि पुरानो हुन सुरु हुन्छ। बागवान पनि हुनुहुन्छ, मालीहरूको पनि वृद्धि हुँदै जान्छ। बागवानको पासमा लिएर आउँछन्। हरेक मालीले फूल लिएर आउँछन्। कोहीले त यस्ता राम्रो फूल लिएर आउँछन्, शिवबाबाको पासमा जानको लागि तड्पिन्छन्। कस्ता कस्ता युक्तिहरूबाट बच्चाहरू आउँछन्। बाबा भन्नुहुन्छ– धेरै राम्रो फूल ल्याएका छौ। दोस्रो दर्जाको माली नै भए पनि माली भन्दा फूल राम्रो हुन्छन्, तड्पिन्छन् शिवबाबाको पासमा जानको लागि, जुन बाबाले हामीलाई यति उच्च विश्वको मालिक बनाउनु हुन्छ। घरमा मार खान्छन् फेरि पनि भन्छन्– शिवबाबा हाम्रो रक्षा गर्नुहोस्। उनलाई नै सच्चा द्रौपदी भनिन्छ। जुन कुरा बितिसक्यो त्यो फेरि दोहोरिन्छ। हिजो पुकारेका थियौ नि, आज बाबा बचाउनको लागि आउनु भएको छ, युक्ति बताउनु हुन्छ– यसरी यसरी भुँ भुँ गर। तिमी कुमालकोटी हौ, उनीहरू हुन् कीरा। उनीहरूलाई भुँ भुँ गरिराख। भन, भगवानुवाच– काम महाशत्रु हो, यसलाई जितेपछि विश्वको मालिक बन्छौ। कुनै न कुनै समय अबलाहरूको बोली लाग्छ, त्यसपछि ठण्डा हुन्छन्। भन्छन्– ठीकै छ, जाऊ। यस्तो बनाउनेको पासमा जाऊ। मेरो तकदिरमा छैन, तिमी त जाऊ। यसरी द्रौपदीहरूले पुकार्छन्। बाबाले लेख्नु हुन्छ भुँ भुँ गर। कुनै कुनै स्त्रीहरू पनि यस्ता हुन्छन् जसलाई सुपनखा, पुतना भनिन्छ। पुरुषले उनीहरूलाई भुँ भुँ गर्छन्, उनीहरू कीरा बन्न पुग्छन्, विकार विना रहन सक्दैनन्। बागवानको पासमा किसिम किसिमका आउँछन्, कुरै नसोध। कुनै कुनै कन्याहरू पनि काँडा बन्न पुग्छन्, त्यसैले बाबा भन्नुहुन्छ– आफ्नो जन्मकुण्डली बताऊ। बाबालाई सुनाएनौ र लुकायौ भने वृद्धि हुँदै जान्छ। झुटो चल्न सक्दैन। तिम्रो वृत्ति बिग्रिँदै जान्छ। बाबालाई सुनायौ भने बच्नेछौ। सत्य बताउनु पर्छ, नत्र बिल्कुलै महारोगी बन्छौ। बाबा भन्नुहुन्छ– जो विकारी बन्छन् तिनको मुख कालो हुन्छ। पतित अर्थात् कालो मुख। श्रीकृष्णलाई पनि श्याम सुन्दर भनिन्छ। श्रीकृष्णलाई कालो बनाएका छन्। श्रीरामलाई, श्रीनारायणलाई पनि कालै देखाउँछन्। अर्थ केही पनि बुझेका छैनन्। तिमीसँग त नारायणको गोरो चित्र छ, तिम्रो त यो लक्ष्य हो। तिमीलाई कालो नारायण कहाँ बन्नु छ र। जुन यी मन्दिरहरूमा नारायण बनाएका छन् त्यस्ता थिएनन्। विकारमा गिरेपछि फेरि कालो मुख हुन्छ। आत्मा कालो बनेको छ। आइरन एजेड दुनियाँबाट गोल्डन एजेड दुनियाँमा जानु छ। सुनको चिडिया बन्नु छ। काली कलकत्तेवाली भन्छन्। कति डरलाग्दो अनुहार देखाउँछन्। कुरै नसोध। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो सबै हो भक्तिमार्ग। अहिले त तिमीलाई ज्ञान मिलेको छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आफ्नो पङ्खलाई स्वतन्त्र बनाउने मेहनत गर्नु छ, बन्धनबाट मुक्त भएर होसियार माली बन्नु छ। काँडालाई फूल बनाउने सेवा गर्नु छ।

२) म कति सुगन्धित फूल बनेको छु? आफूले आफैलाई हेर्नु छ। मेरो वृत्ति शुद्ध छ? आँखाले धोका त दिँदैन? आफ्नो चालचलनको चार्ट राखेर कमजोरीहरूलाई निकाल्नु छ।

वरदान:–
स्वराज्य अधिकारको नसा र निश्चयबाट सदा शक्तिशाली बन्ने सहजयोगी , निरन्तर योगी भव

स्वराज्य अधिकारी अर्थात् हरेक कर्मेन्द्रियमाथि आफ्नो राज्य। कहिल्यै सङ्कल्पमा पनि कर्मेन्द्रियहरूले धोका नदिउन्। कहिल्यै अलिकति पनि देह अभिमान आयो भने जोस सहजै आउने छ तर जो स्वराज्य अधिकारी छ उसले सदा निरहङ्कारी, सदैव निर्माण बनेर सेवा गर्छ। त्यसैले म स्वराज्य अधिकारी आत्मा हुँ– यस नसा र निश्चयबाट शक्तिशाली बनेर मायाजित र जगतजित बन्यौ भने सहजयोगी, निरन्तर योगी बन्छौ।

स्लोगन:–
लाइट हाउस बनेर मन बुद्धिद्वारा प्रकाश फैलाउनमा बिजी रह्यौ भने कुनै कुराको डर लाग्दैन।