06.06.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
अमृतवेलाको समय धेरै धेरै राम्रो हुन्छ , त्यसैले सवेरै सवेरै उठेर एकान्तमा बसेर
बाबासँग मीठा मीठा कुरा गर।”
प्रश्न:–
कुन ज्ञानले
निरन्तर योगी बन्नमा धेरै मदत गर्छ?
उत्तर:–
ड्रामाको
ज्ञान। जे जति बित्यो, त्यो ड्रामाको भावी। अलिकति पनि स्थितिमा हलचल नआओस्।
जस्तोसुकै परिस्थिति होस्, भूकम्प आओस्, कामधन्दामा घाटा परोस् तर अलिकति पनि संशय
पैदा नहोस्– यसलाई भनिन्छ महावीर। ड्रामाको यथार्थ ज्ञान छैन भने आँसु बगाइरहन्छन्।
निरन्तर योगी बन्न ड्रामाको ज्ञानले धेरै मदत गर्छ।
गीत:–
ओम् नमः शिवाय...
ओम् शान्ति ।
प्यारा
बच्चाहरूले अब राम्रोसँग जान्दछौ– पतित दुनियाँको अब अन्त्य भइरहेको छ। पावन
दुनियाँको सुरु भइरहेको छ। यो केवल तिमी बच्चाहरूलाई मात्रै थाहा छ। बच्चाहरूलाई नै
यो निर्देशन वा श्रीमत मिल्छ। कसले दिनुहुन्छ? उच्चभन्दा उच्च भगवान्ले। बाबा
सम्झाइरहनुहुन्छ– पतितबाट पावन बन्नुछ। यो ज्ञान तिम्रो लागि हो र अरू त सबै पतित
छन्। यो पतित दुनियाँ अवश्य विनाश हुनुछ। पतित भनिन्छ विकारीलाई। बाबा
सम्झाउनुहुन्छ– तिमीले जन्मजन्मान्तर एकअर्कालाई दुःख दिँदै आएका छौ, त्यसैले तिमीले
आदि-मध्य-अन्त्य दुःख पाउँछौ। एकअर्कालाई पतित बनाउँछौ। पुकार्छन् पनि– हामी पतित
हौँ, तर बुद्धिमा पूरा बस्दैन। भन्छन् पनि– पतितपावन आउनुहोस्! तर पनि पतितपन
छोड्दैनन्। अहिले तिमीले जान्दछौ– सारा कुरा पावन बन्नुमा नै आधारित छ। यो कुरा
सम्झाउने पनि त कोही चाहिन्छ। सम्झाउने हुनुहुन्छ नै एक। बाँकी यी जो गुरुहरू छन्,
यिनीहरूले कसैलाई पावन बनाउन सक्दैनन्। पावन पनि केवल एक जन्मको लागि होइन,
जन्मजन्मान्तरको लागि बन्नुछ। तिमीहरूमा पनि जो ज्ञानवान् छन् उनीहरू तीक्ष्ण
हुन्छन्। ड्रामा अनुसार त्यो पहिल्यै निश्चित छ। तिमीहरूमा पनि महावीरपन हुनुपर्छ।
बाबाको यादमा रहेमा त्यो महावीरपन आउँछ। बाबा बसेर धेरै राम्रोसँग सम्झाउनुहुन्छ।
जसरी बाबा भन्नुहुन्छ– सवेरै उठेर याद गर। याद गर्न त्यो समय धेरै सुन्दर हुन्छ,
जुन समयलाई प्रभात भनिन्छ। भक्तिमार्गमा पनि भन्छन्– राम सिमर प्रभात मोरे मन। बाबा
पनि भन्नुहुन्छ– सवेरै उठेर बाबालाई याद गर्दा धेरै मजा आउँछ। बाबाको यादमा बसेर यही
ख्याल गर्नुपर्छ– कसरी कसलाई सम्झाऊँ? अमृतवेलाको वायुमण्डल धेरै शुद्ध हुन्छ। दिनमा
त गोरखधन्दा हुन्छ। राति १२ बजेसम्म त विकारी वायुमण्डल हुन्छ। साधुसन्त, भक्त आदि
सबैले भक्ति पनि प्रभातमा गर्छन्। त्यसो त याद दिनमा पनि गर्न सक्छन्। रहन त भक्तहरू
कामधन्दामा रहन्छन् तर बुद्धिको योग जुन देवताका पुजारी हुन्छन् उनैसँग हुन्छ। तर
यसरी कसैको बुद्धि योग रहँदैन। भक्तिमार्गमा केवल दर्शनको लागि मेहनत गर्छन्। मिल्न
केही पनि मिल्दैन। उनीहरू पनि भक्ति गर्दागर्दै तमोप्रधान बन्नु नै छ। भक्तिमार्गमा
पनि शिवमाथि बलि चढ्छन्, जसलाई काशी करवट भन्छन्। शिवलाई याद गर्दागर्दै इनारमा हाम
फाल्छन्। शिवमाथि बलि चढ्छन्, त्यो हो भक्तिमार्गको बलि। यो हो ज्ञानमार्गको बलि।
त्यो पनि मुस्किल छ, यो पनि मुस्किल छ। भक्तिमार्गमा यसबाट केही फाइदा हुँदैन। यो त
मानौँ आत्माले आफ्नो शरीरको घात गर्छ। यो कुनै ज्ञान होइन। उनीहरूले पनि भनिदिन्छन्–
आत्मा सो परमात्मा। आत्म-अभिमानी त एक बाबा मात्रै हुनुहुन्छ, जसले बच्चाहरूलाई
सम्झाउनुहुन्छ– परमात्मा त म एक मात्रै हुँ। हामी आत्मा सो परमात्मा भन्नु– यो
ठुलोभन्दा ठुलो झुटो हो। यो त हुन सक्दैन।
बाबा भन्नुहुन्छ– म
आउँछु नै पतितहरूलाई पावन बनाउन, त्यसैले पावन बनाइरहेको छु। बाँकी ड्रामामा जे हुनु
छ त्यो त हुन्छ नै। सम्झ भूकम्प गयो, छत खस्यो भने भनिन्छ– भावी, कल्प पहिला पनि
यस्तै भएको थियो। यसमा अलिकति पनि विचलित हुन आवश्यक छैन। ड्रामामा पक्का स्थिर
हुनुछ। यसलाई नै महावीर भनिन्छ। दुर्घटना आदि त धेरैका धेरै भइरहन्छन्। बाबाले कसैको
रक्षा गर्नुहुन्छ र? यो त ड्रामामा पहिल्यै निश्चित छ। ड्रामाको पार्ट यस्तै छ। जसले
ड्रामालाई जान्दैनन् उनीहरूले देहलाई याद गरेर आँसु बगाउँछन्। उनीहरूले कहिल्यै
शिवबाबालाई याद गर्न सक्दैनन् किनकि शिवबाबासँग प्रेम हुँदैन। सच्चा प्रीत हुँदैन।
बाबासँग त पूरा प्रीत हुनुपर्छ। तिमी कल्प कल्प शिवबाबासँग प्रीतबुद्धि बन्छौ।
देवताहरूको बाबासँग प्रीतबुद्धि थियो, यस्तो भनिँदैन। उनीहरूले यस प्रीतबाट त्यो पद
पाएका हुन्। त्यहाँ त थाहै हुँदैन– सारा कल्पमा तिमीलाई शिवबाबाको विषयमा पनि थाहा
हुँदैन जसले गर्दा बाबासँग प्रीत राख्न सक्छौ। अहिले बाबाले आफ्नो परिचय दिनुभएको
छ। अब बाबा भन्नुहुन्छ– अरू सङ्गत तोडेर म एकसँग जोड। यो विनाशकाल त अवश्य हो। यो
पनि तिमी बच्चाहरूलाई थाहा छ। मानिसहरू त बिल्कुलै घोर अन्धकारमा छन्। तिमीले अहिले
जान्दछौ– हामीले त बाबाबाट पूरा वर्सा लिनुछ। यादबिना सतोप्रधान बन्न सक्दैनौ।
सर्जन बनेर आफ्नो रोगलाई हेर्नुछ। श्रीमतमा हेर्नुछ– हाम्रो बाबासँग कति प्रीत छ?
बाबालाई याद गर्न अमृतवेला नै राम्रो हो। प्रभातको समय धेरै राम्रो छ। त्यस समयमा
मायाका तुफान आउँदैनन्। राति १२ बजेसम्म तपस्या गर्नुको कुनै फाइदा छैन किनकि टाइम
नै फोहोर हुन्छ। वायुमण्डल खराब हुन्छ। त्यसैले एक बजेसम्म छोडिदिनुपर्छ। एक बजेपछि
वायुमण्डल राम्रो हुन्छ। बाबा भन्नुहुन्छ– चाहे आरामले बस तर यो त हो नै सहज राजयोग।
बाबा आफ्नो अनुभव पनि सुनाउँछन्। कसरी बाबासँग कुरा गर्छु। बाबा यो ड्रामा कस्तो
अनौठो छ! हजुर आएर कसरी पतितबाट पावन बनाउनुहुन्छ! सारा दुनियाँलाई कसरी
पल्टाउनुहुन्छ! धेरै अचम्म छ! जसरी बाबालाई ख्याल आउँछ त्यसरी नै बच्चाहरूलाई पनि
आउनुपर्छ। कसरी मानिसहरूको बेडा पार गरौँ अथवा कसरी नैया पार गरौँ। बाबा भन्नुहुन्छ–
तिमीले पुकारिरहन्छौ– हे पतितपावन आउनुहोस्! अब म आएको छु, अब तिमी पतित नबन। पतित
भएर सभामा आएर नबस। नत्र वायुमण्डल अशुद्ध बनाइदिन्छौ। बाबालाई थाहा त हुन्छ।
दिल्लीमा, बुम्बइमा यस्ता विकारमा जानेहरू आएर बस्थे। भनिएको छ– असुर आएर विघ्न
पार्न बस्थे। विकारमा जानेहरूलाई असुर भनिन्छ। तिनीहरूले वायुमण्डललाई बिगार्छन्।
उनीहरूलाई धेरै कडा सजाय हुन्छ। बाबाले सम्झाउन त सबै कुरा सम्झाउनुहुन्छ फेरि पनि
आफूलाई घाटा नपारी रहँदैनन्। झुटो पनि बोल्छन्। नत्र तुरुन्तै लेखिदिनुपर्छ– बाबा,
हामीबाट यो भुल भयो, क्षमा गर्नुहोस्। आफ्नो पाप लेखिदेऊ। नत्र वृद्धि भइरहन्छ र
रसातलमा जान्छौ। आउँछन् केही लिनको लागि झन् कान कटाउँछन्। ड्रामामा यस्तो पार्ट पनि
छ। यस्ता असुर कल्प पहिला पनि थिए, अहिले पनि छन्। अमृत छोडेर विष पिउँछन्। आफ्नै
पनि घात गर्छन् र अरूलाई पनि नोक्सान पार्छन्। वायुमण्डल बिगारिदिन्छन्।
ब्राह्मणीहरू पनि सबै समान छैनन्। महारथी, घोडसवार, प्यादा सबै छन्।
तिमी बच्चाहरूलाई
अथाह खुसी हुनुपर्छ– बाबा मिल्नुभयो अब बाँकी के रह्यो। हो, आफ्ना बच्चा आदिलाई
अवश्य सम्हाल्नुछ। यस्तो होइन– बाबा यी सबै हजुरका हुन्, अब हजुरले सम्हाल्नुहोस्।
हामी त हजुरका बन्यौँ। बाबा सम्झाउनुहुन्छ– गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान
पवित्र बन। कुनै पनि पतित काम नगर। बस पहिलो कुरा हो कामको। द्रौपदीले पनि यसमा
पुकारिन्– मलाई यसले नङ्गन गर्छ। पुकार्न पनि त्यतिबेला पुकारेकी थिइन् जुनबेला
सुन्नेवाला बाबा आउनुभएको थियो। बाबा आउनुभन्दा पहिला कसैले पनि पुकार्दैनन्। कसलाई
पुकार्छन्? बाबा आउनुभएको छ अनि मात्रै पुकार्छन्। पतितबाट पावन बनेर फेरि कहाँ
जान्छन्? फर्केर जानुछ, त्यो त यही समय हो। सबैको सद्गतिदाता, मुक्तिदाता एउटै
हुनुहुन्छ। यहाँ त दुःख छ। साधुसन्त आदि कोही पनि सुखी हुन सक्दैनन्। सबैलाई कुनै न
कुनै दुःख, रोग आदि हुन्छ नै। कोही गुरु अन्धा लङ्गडा पनि हुन्छन्। अवश्य कुनै यस्तो
काम गरेका होलान् त्यसैले त अन्धा लङ्गडा आदि बन्छन्। सत्ययुगमा कोही अन्धा लङ्गडा
आदि कहाँ हुन्छन् र। मानिसहरूले कहाँ बुझ्छन् र! बाबाले नै आएर सम्झाउनुहुन्छ। बाबा
नै ज्ञानको सागर पतितपावन हुनुहुन्छ। बाँकी त सबै हो भक्ति। त्यो भक्तिमार्ग नै अलग
छ। त्यो हो सिँढी ओर्लने मार्ग। ओर्लनमा, जीवनबन्धनमा आउनमा ८४ जन्म लाग्छ र फेरि
एक सेकेन्ड लाग्छ जीवनमुक्त बन्नमा, उहाँको मतमा चलेर बाबालाई याद गरेमा मात्र।
नम्बरवार त हुन्छन् नि। भन्छन्– हामीलाई फलानी टिचर मिलिन् भने राम्रो हुन्छ।
त्यसैले अवश्य आफै कमजोर छन् त्यसैले त भन्छन्– फलानीलाई २-४ महिनाको लागि
पठाइदिनुहोस्। बाबा भन्नुहुन्छ– यो पनि भुल हो। तिमीले ब्राह्मणीलाई किन याद गर्छौ
जबकि बाबाले सहज कुरा बताउनुहुन्छ– केवल बाबालाई याद गर र स्वदर्शन चक्र फिराऊ,
अरूलाई पनि सम्झाऊ। बस। यसमा ब्राह्मणी आएर के गर्छिन्? यो त सेकेन्डको कुरा हो।
तिमीले कामकाजमा यो भुल्छौ फेरि पनि ब्राह्मणीले यही भन्छिन्– मनमनाभव। कति बुद्धु
मानिसहरूले बुझ्दैनन् केवल भन्छन्– ब्राह्मणी राम्री चाहिन्छ। ज्ञान त तिमीलाई
मिलेको छ नि। बाबा र वर्सालाई याद गर। देह अभिमानलाई छोड। यो मेरो सेन्टर हो, यो
यिनको सेन्टर हो। यी जिज्ञासु यहाँ किन जान्छन्... यी सबै देह अभिमान हुन्। सबै
शिवबाबाका सेन्टरहरू हुन्, मेरो कहाँ सेन्टर हो र! तिमीलाई यो किन हुन्छ– फलानो
हाम्रो सेन्टरमा किन आउँदैन। जहाँसुकै जाओस्। बाबा सदा भन्नुहुन्छ– कोहीसँग पनि
नमाग। यो बुझ्न सक्छन्– बिउ रोपेनन् भने के मिल्छ? भक्तिमार्गमा पनि दानपुण्य
गरिन्छ। तिमी सबैले भक्तिमार्गमा ईश्वर अर्थ अप्रत्यक्ष रूपमा दानपुण्य गर्थ्यौ।
फेरि संन्यासीहरूलाई पनि धेरै दान दिन्छन्। नत्र दान गरिबहरूलाई दिइन्छ, न कि
धनवान्हरूलाई। यसमा अनाजको दान सबैभन्दा राम्रो हुन्छ। त्यो पनि बाबा सम्झाउनुहुन्छ–
दान गरेमा अर्को जन्ममा त्यसको फल मिल्छ। ईश्वरले नै सबैलाई फल दिनुहुन्छ। साधुसन्त
आदि कसैले प्रतिफल दिन सक्दैनन्। जसद्वारा दिएपनि दिने एउटै बाबा हुनुहुन्छ। बाबा
सम्झाउनुहुन्छ– तिमीले ईश्वर अर्थ दिन्थ्यौ त्यसमा पनि अर्को जन्ममा तिमीलाई रिटर्न
(प्रतिफल) दिलाउँथेँ। अहिले त म प्रत्यक्ष आएको छु। अहिले तिमीलाई २१ जन्मको लागि
रिटर्न मिल्छ। फेरि मृत्यु त सामुन्ने उभिएको छ। भक्तिमार्गमा तिमीलाई यस्तो
भन्दैनथे– मृत्यु सामुन्ने उभिएको छ त्यसैले आफ्नो सफल गर। भन्दैनथे। त्यसैले अब
बाबा सम्झाउनुहुन्छ– जसलाई चाहिन्छ उनीहरूको लागि यो रुहानी हस्पिटल खोलिदेऊ। कसैले
भन्छन्– भवन बनाऔँ, त्यसमा यो हस्पिटल खोलौँ। बाबा भन्नुहुन्छ– आज भवन बनायौ, भोलि
मरेमा यो सबै खतम हुन्छ। शरीरमाथि भरोसा छैन। जे छ त्यसैमा नै त्यतिबेलासम्म एक कोठा
छुट्याइदेऊ, जसमा रुहानी हस्पिटल, रुहानी कलेज बनाऊ। धेरैको कल्याण गरेमा धेरै उच्च
पद पाउँछौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) श्रीमतमा आफूले आफैलाई हेर्नुछ– यस विनाश कालमा मेरो एक बाबासँग साँचो प्रीत छ?
अरू सबै सङ्ग तोडेर एक सङ्ग जोडेको छु? कहिल्यै कुनै विकर्म गरेर असुर त बन्दिनँ?
यसरी चेकिङ गरेर स्वयंलाई परिवर्तन गर्नुछ।
२) यस शरीरको कुनै
भरोसा छैन त्यसैले आफ्नो सबैथोक सफल गर्नुछ। आफ्नो स्थिति एकरस, अचल बनाउनको लागि
ड्रामाको रहस्यलाई बुद्धिमा राखेर चल्नुछ।
वरदान:–
बारम्बार हार
खानुको सट्टा बलिहार जाने मास्टर सर्वशक्तिमान् विजयी भव
स्वयंलाई सदा विजयी
रत्न सम्झेर हर सङ्कल्प र कर्म गरेमा कहिल्यै पनि हार हुन सक्दैन। मास्टर
सर्वशक्तिमान्ले कहिल्यै हार खान सक्दैनन्। बारम्बार हार भयो भने धर्मराजको मार
खानुपर्छ र हार खानेहरूले भविष्यमा हार बनाउनुपर्छ, द्वापरदेखि अनेक मूर्तिहरूलाई
हार पहिराउनुपर्छ त्यसैले हार खानुको सट्टा बलिहार होऊ, आफ्नो सम्पूर्ण स्वरूपलाई
धारण गर्ने प्रतिज्ञा गरेमा भने विजयी बन्छौ।
स्लोगन:–
“कहिले’ शब्दले
कमजोरी सिद्ध गर्छ त्यसैले “कहिले’ गर्दैनौ, अहिल्यै गर्नुछ।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।
यस बेहदको स्टेजमा म
खेलाडी हुँ। यो खेलाडीको स्टेजले सदा हर्षितमुखताको अनुभव गराउँछ। कुनै पनि प्रकारको
कुनै पनि कुरा, जसलाई दुनियाँका मानिसहरूले विपत सम्झन्छन् तर खेलाडी बनेर खेल
गर्नेहरू र साक्षी भई खेल हेर्नेहरू, यस्तो विपतको रूपलाई खेल सम्झेर, सहनशीलताको
शक्तिले मनोरञ्जनको अनुभव गर्छन्।