06.09.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिम्रो यो पढाइ आम्दानीको स्रोत हो , यस पढाइद्वारा २१ जन्मको लागि कमाइको प्रबन्ध हुन्छ।”

प्रश्न:–
मुक्तिधाममा जानु कमाइ हो वा घाटा?

उत्तर:–
भक्तहरूको लागि यो कमाइ हो किनकि आधाकल्पदेखि शान्ति माग्दै आएका छन्। धेरै मेहनतपछि पनि शान्ति मिलेन। अब बाबाद्वारा शान्ति मिल्छ अर्थात् मुक्तिधाममा जान्छन्। यो पनि आधाकल्पको मेहनतको फल भयो। त्यसैले यसलाई पनि कमाइ भनिन्छ, घाटा होइन। तिमी बच्चाहरूले त जीवनमुक्तिमा जाने पुरुषार्थ गर्छौ। तिम्रो बुद्धिमा अहिले सारा विश्वको इतिहास भूगोल नाचिरहेको छ।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूलाई रुहानी बाबाले यो त सम्झाउनु भएको छ– रूहले नै सबै कुरा बुझ्छ। यस समयमा तिमी बच्चाहरूलाई रुहानी दुनियाँमा बाबाले लिएर जानुहुन्छ। त्यसलाई भनिन्छ रुहानी दैवी दुनियाँ, यसलाई भनिन्छ जिस्मानी दुनियाँ, मनुष्यहरूको दुनियाँ। बच्चाहरूले जान्दछन्– दैवी दुनियाँ थियो, त्यो दैवी मनुष्यको पवित्र दुनियाँ थियो। अहिले मनुष्य अपवित्र छन् त्यसैले ती देवताहरूको गायन पूजन गर्छन्। वास्तवमा वृक्षमा पहिला एउटै धर्म हुन्छ, यसको स्मृति छ। विराटरूपमा वृक्षमा पनि सम्झाउनु छ। यस वृक्षको बीज माथि छ। वृक्षको बीज हुनुहुन्छ बाबा, फेरि जस्तो बीज त्यस्तै फल अर्थात् पात निस्कन्छन्। यो पनि आश्चर्य छ नि। कति सानो चीजले कति ठुलो फल दिन्छ। त्यसको रूप कति धेरै परिवर्तन हुँदै जान्छ। यस मनुष्य सृष्टिरूपी वृक्षलाई कसैले जान्दैन, यसलाई भनिन्छ कल्प वृक्ष, यसको केवल गीतामा मात्र वर्णन छ। सबैले जानेका छन्– गीता नै नम्बरवन धर्मको शास्त्र हो। शास्त्र पनि नम्बरवार त हुन्छन् नि। कसरी नम्बरवार धर्मको स्थापना हुन्छ, यो पनि केवल तिमीहरूले नै बुझ्छौ, अरू कसैमा पनि यो ज्ञान छैन। तिम्रो बुद्धिमा छ– सबैभन्दा पहिला कुन धर्मको वृक्ष हुन्छ फेरि त्यसमा अरू धर्मको वृद्धि कसरी हुन्छ। यसलाई भनिन्छ विराट् नाटक। बच्चाहरूको बुद्धिमा सारा वृक्ष छ। वृक्षको उत्पत्ति कसरी हुन्छ, मुख्य कुरा हो यो। देवी-देवताहरूको वृक्ष अहिले छैन, सबै हाँगाबिँगा खडा छन्। बाँकी आदि सनातन देवी-देवता धर्मको जग छैन। यो पनि गायन छ– एक आदि सनातन देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ, बाँकी अरू सबै धर्म विनाश हुन्छन्। अहिले तिमीलाई थाहा छ– कति सानो दैवी वृक्ष हुन्छ। फेरि अरू यति धेरै सबै धर्म हुने छैनन्। वृक्ष पहिला सानो हुन्छ फेरि ठुलो हुँदै जान्छ। बढ्दा-बढ्दै अहिले कति ठुलो भएको छ। अब यसको आयु पूरा हुन्छ, यसको लागि बरको वृक्षको दृष्टान्त धेरै राम्रो छ। यो पनि गीताको ज्ञान हो जुन बाबाले तिमीहरूलाई सम्मुख बसेर सुनाउनु हुन्छ, जसबाट तिमी राजाहरूको राजा बन्छौ। फेरि भक्तिमार्गमा यी गीताशास्त्र आदि बन्छन्। यो अनादि ड्रामा बनेको छ। फेरि पनि यस्तै बन्छ। फेरि जुन जुन धर्म स्थापना हुन्छन् तिनका आफ्ना शास्त्र हुन्छन्। सिख धर्मको आफ्नो शास्त्र, क्रिश्चियन एवं बौद्धिहरूको आफ्ना शास्त्र हुन्छन्। अहिले तिम्रो बुद्धिमा सारा विश्वको इतिहास-भूगोल नाचिरहेको छ। बुद्धिले ज्ञान डान्स गरिरहेको छ। तिमीहरूले सारा वृक्षलाई जानेका छौ। कसरी कसरी धर्म आउँछन्, कसरी वृद्धि हुन्छन्। फेरि आफ्नो एक धर्म स्थापन हुन्छ, बाँकी समाप्त हुन्छन्। गाउँछन् नि– ज्ञान सूर्य प्रगटा.... अहिले बिलकुल अन्धकार छ नि। कति धेरै मनुष्य छन्, फेरि यति सबै हुँदैनन्। यी लक्ष्मी-नारायणको राज्यमा यो थिएन। फेरि एक धर्म स्थापना हुनु नै छ। यो ज्ञान बाबाले नै आएर सुनाउनु हुन्छ। तिमी बच्चाहरूले आएर कमाइको लागि कति ज्ञान पढ्छौ। बाबा शिक्षक बनेर आउनु हुन्छ तब आधाकल्प तिम्रो कमाइको प्रबन्ध हुन्छ। तिमी धेरै धनवान बन्छौ। तिमीलाई थाहा छ– अहिले हामीले पढिरहेका छौं। यो हो अविनाशी ज्ञान रत्नको पढाइ। भक्तिलाई अविनाशी ज्ञान रत्न भनिँदैन। भक्तिमा मनुष्यले जे जति पढ्छन्, त्यसबाट घाटा नै हुन्छ। रत्न बन्दैन। ज्ञान रत्नको सागर एक बाबालाई नै भनिन्छ। बाँकी त्यो हो भक्ति। त्यसमा कुनै पनि लक्ष्य उद्देश्य हुँदैन। कमाइ हुँदैन। कमाइको लागि त स्कुलमा पढ्छन्। फेरि भक्ति गर्नको लागि गुरुको पासमा जान्छन्। कसैले जवानीमा गुरु बनाउँछन्, कसैले ठुलो भएपछि गुरु बनाउँछन्। कसैले सानैमा संन्यास लिन्छन्। कुम्भको मेलामा कति धेरै आउँछन्। सत्ययुगमा त यस्तो केही पनि हुने छैन। तिमी बच्चाहरूको स्मृतिमा सबै कुरा आएको छ। रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई तिमीले जानेका छौ। उनीहरूले त कल्पको आयु नै बढाएका छन्। ईश्वर सर्वव्यापी भनिदिएका छन्। ज्ञानको बारेमा थाहै छैन। बाबा आएर अज्ञान निद्राबाट जगाउनु हुन्छ। अहिले तिमीहरूलाई ज्ञानको धारणा हुँदै जान्छ। ब्याट्री भरिँदै जान्छ। ज्ञानबाट कमाइ, भक्तिबाट घाटा हुन्छ। समय आएपछि जब घाटाको समय पूरा हुन्छ तब फेरि बाबा कमाइ गराउन आउनु हुन्छ। मुक्तिमा जानु– त्यो पनि कमाइ हो। शान्ति त सबैले मागिरहन्छन्। ‘शान्ति देवा’ भन्नाले बुद्धि बाबातर्फ जान्छ। भन्छन्– विश्वमा शान्ति होस्, तर त्यो कसरी हुन्छ– यो कसैलाई पनि थाहा छैन। शान्तिधाम, सुखधाम अलग हुन्छन्– यो पनि जानेका छैनन्। जो पहिलो नम्बरका हुन्छन्, उनलाई पनि केही थाहा थिएन। अहिले तिमीहरूलाई सारा ज्ञान छ। तिमीलाई थाहा छ– हामी यस कर्म क्षेत्रमा कर्मको पार्ट खेल्न आएका छौं। कहाँबाट आएका हौं? ब्रह्मलोकबाट। निराकारी दुनियाँबाट आएका हौं यस साकारी दुनियाँमा पार्ट खेल्न। हामी आत्मा अर्कै ठाउँका निवासी हौं। यहाँ यो ५ तत्त्वको शरीर हुन्छ। शरीर छ तब त हामी बोल्न सक्छौं। हामी चैतन्य पार्टधारी हौं। अहिले तिमीले यसो भन्दैनौ– यस ड्रामाको आदि-मध्य-अन्त्यलाई हामीले जान्दैनौं। पहिला जान्दैनथ्यौं। आफ्नो बाबालाई, आफ्नो घरलाई, आफ्नो रूपलाई यथार्थसँग जान्दैनथ्यौं। अहिले जानेका छौं– आत्माले कसरी पार्ट खेलिरहन्छ। स्मृति आएको छ। पहिला स्मृति थिएन।

तिमीहरूले जानेका छौ– सच्चा बाबाले नै सत्य कुरा सुनाउनु हुन्छ, जसद्वारा हामी सचखण्डको मालिक बन्छौं। सत्यको बारेमा सुखमनीमा (सिख ग्रन्थको एक भाग) लेखिएको छ । सचखण्डलाई सत्य भनिन्छ। देवताहरू सबै सत्य बोल्नेवाला हुन्छन्। सत्य सिकाउने हुनुहुन्छ बाबा। उहाँको महिमा हेर कति छ। गायन गरिएको महिमा तिम्रो काममा आउँछ। शिवबाबाको महिमा गर्छन्। उहाँले नै वृक्षको आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ। सत्य बाबाले सुनाउनु हुन्छ त्यसैले तिमी बच्चाहरू सच्चा बन्छौ। सचखण्ड पनि बन्छ। भारतखण्ड सत्यखण्ड थियो। नम्बरवन उच्च भन्दा उच्च तीर्थ पनि यो हो किनकि सबैको सद्गति गर्ने बाबा भारतखण्डमा नै आउनु हुन्छ। एक धर्मको स्थापना हुन्छ, बाँकी सबैको विनाश हुन्छ। बाबाले सम्झाउनु भएको छ– सूक्ष्मवतनमा केही छैन। यो सबै साक्षात्कार हुन्छ। भक्ति मार्गमा पनि साक्षात्कार हुन्छ। साक्षात्कार नहुने हो भने यति धेरै मन्दिर आदि कसरी बन्छन्! पूजा किन हुन्छ। साक्षात्कार गर्छन्, महसुस गर्छन्, यी चैतन्यमा थिए। बाबा सम्झाउनु हुन्छ– भक्तिमार्गमा जे जति मन्दिर आदि बन्छन्, जो तिमीहरूले सुन्यौ, देख्यौ, त्यो सबै दोहोरिन्छ। चक्र घुमि नै रहन्छ। ज्ञान र भक्तिको खेल बनेको छ। जहिले पनि भन्छन्– ज्ञान, भक्ति, वैराग्य। तर बिस्तारमा केही जानेका छैनन्। बाबा बसेर सम्झाउनु हुन्छ– ज्ञान हो दिन, भक्ति हो रात। वैराग्य हो रातको। फेरि दिन हुन्छ। भक्तिमा हुन्छ दु:ख, त्यसैले त्यसको वैराग्य भनिन्छ। सुखको त वैराग्य भनिँदैन। संन्यास आदि पनि दु:खको कारण लिन्छन्। सम्झन्छन्– पवित्रतामा सुख छ त्यसैले स्त्रीलाई त्यागेर जान्छन्। आजकाल त धनवान पनि बनेका छन् किनकि सम्पत्ति विना त सुख मिल्न सक्दैन। मायाले युद्ध गरेर जङ्गलबाट फेरि शहरमा लिएर आउँछ। विवेकानन्द र रामकृष्ण पनि दुई ठुला संन्यासी थिए। संन्यासको तागत रामकृष्णमा थियो। बाँकी भक्तिको बारेमा सम्झाउनु, यो तागत विवेकानन्दमा थियो। दुवैका पुस्तकहरू छन्। पुस्तक लेख्दा बसेर एकाग्रचित्त भएर लेख्छन्। रामकृष्ण बसेर जब आफ्नो जीवनी लेख्थे तब शिष्यलाई भन्थे– तिमी टाढा गएर बस। थिए पनि धेरै तीक्ष्ण कडा संन्यासी, उनको नाम पनि धेरै छ। बाबाले यस्तो भन्नुहुन्न– स्त्रीलाई आमा भन। बाबाले त भन्नुहुन्छ– उनलाई पनि आत्मा सम्झ। आत्माहरू त सबै भाइ भाइ हुन्। संन्यासीहरूको कुरा अलग हो, उनीहरूले स्त्रीलाई आमा माने। आमाको बडाइँ गरेका छन्। यो ज्ञान मार्ग हो, वैराग्यको कुरा अलग छ। वैराग्यमा आएर स्त्रीलाई माता माने। माता शब्दमा विकारी आँखा जाँदैनन्। बहिनीमा पनि विकारी दृष्टि जान सक्छ, मातामा कहिल्यै नराम्रो ख्याल जाँदैन। पिताको बच्चीमा पनि विकारी दृष्टि जान सक्छ, आमामा कहिल्यै जाँदैन। संन्यासीले स्त्रीलाई आमा माने। उनीहरूको लागि यस्तो भनिँदैन– दुनियाँ कसरी चल्छ, जन्म कसरी हुन्छ? उनीहरूलाई त एउटालाई वैराग्य आयो, आमा भनिदिए। उनीहरूको महिमा हेर कति छ। यहाँ बहिनी-भाइ भन्दाखेरि पनि धेरैको दृष्टि जान्छ। त्यसैले बाबा भन्नुहुन्छ– भाइ भाइ सम्झ। यो हो ज्ञानको कुरा। त्यो हो एउटाको कुरा, यहाँ त प्रजापिता ब्रह्माका सन्तान धेरै छन् नि। बाबा बसेर सबै कुरा सम्झाउनु हुन्छ। यिनले पनि त शास्त्र आदि पढेका छन्। त्यो धर्म नै अलग हो निवृत्ति मार्गको, केवल पुरुषहरूको लागि हो। त्यो हो हदको वैराग्य, तिमीहरूलाई त सारा बेहदको दुनियाँबाट वैराग्य छ। सङ्गममा नै बाबा आएर तिमीहरूलाई बेहदका कुरा सम्झाउनु हुन्छ। अब यस पुरानो दुनियाँबाट वैराग्य हुनुपर्छ। यो धेरै पतित फोहोरी दुनियाँ हो। यहाँ शरीर पावन हुन सक्दैन। आत्मालाई नयाँ शरीर सत्ययुगमा नै मिल्न सक्छ। बन्न त यहाँ आत्मा पवित्र बन्छ, तर शरीर फेरि पनि अपवित्र हुन्छ, जबसम्म कर्मातीत अवस्था हुँदैन। सुनमा खाद पर्यो भने गहना पनि नक्कली बन्छन्। खाद निस्कियो भने गहना पनि सक्कली बन्छन्। यी लक्ष्मी-नारायणका आत्मा र शरीर दुवै सतोप्रधान हुन्छन्। तिमीहरूका आत्मा र शरीर दुवै काला तमोप्रधान छन्। आत्मा काम चितामा बसेर कालो बनेको छ। बाबा भन्नुहुन्छ– फेरि म आएर कालोबाट गोरो बनाउँछु। यो सारा ज्ञानको कुरा हो। बाँकी पानी आदिको कुरा होइन। सबै काम चितामा बसेर पतित बनेका छन्, त्यसैले राखी बाँधिन्छ– पावन बन्ने प्रतिज्ञा गराउन।

बाबा भन्नुहुन्छ– मैले आत्माहरूसँग कुरा गर्छु। म आत्माहरूको पिता हुँ, जसलाई तिमीहरूले याद गर्दै आयौ– बाबा आउनुहोस्, हामीलाई सुखधाममा लिएर जानुहोस्। दु:ख हर्नुहोस्। कलियुगमा हुन्छ घोर दु:ख। बाबा सम्झाउनु हुन्छ– तिमीहरू काम चितामा बसेर काला तमोप्रधान बनेका छौ। अब म आएको छु– काम चिताबाट उतारेर ज्ञान चितामा बसाउनको लागि। अब पवित्र बनेर स्वर्गमा जानु छ। बाबालाई याद गर्नु छ। बाबाले आकर्षित गर्नुहुन्छ। बाबाको पासमा युगल आउँछन्– एकलाई आकर्षण हुन्छ, अर्कोलाई हुँदैन। पुरुषले तत्काल भनिदिए– म यस अन्तिम जन्ममा पवित्र रहन्छु, काम चितामा चढ्ने छैन। यस्तो होइन– निश्चय भइहाल्यो। यदि निश्चय भएको भए त बेहदका बाबालाई पत्र लेख्नुपर्ने, सम्पर्कमा रहनु पर्ने। सुनेका थियौं– पवित्र रहन्छन्, आफ्नो धन्दा आदिमा नै मस्त रहन्छन्। बाबाको याद नै कहाँ हुन्छ। यस्ता बाबालाई त धेरै याद गर्नुपर्छ। स्त्री-पुरुषको आपसमा कति प्यार हुन्छ, पतिलाई कति याद गर्छन्। बेहदका बाबालाई त सबैभन्दा बढी याद गर्नुपर्छ। गायन पनि छ नि– प्यार गर्नुस् वा नगर्नुस्, मैले कहिल्यै हात छोड्छैन। यस्तो होइन, यहाँ आएर बस्नु छ, यो त फेरि संन्यास भयो– घरबार छोडेर यहाँ आएर बस्छन्। तिमीहरूलाई त भनिन्छ– गृहस्थ व्यवहारमा रहेर पवित्र बन। यहाँ पहिला त भट्ठी बन्नु थियो, जसबाट यति धेरै तयार भएर निस्किए, उनीहरूको पनि ठुलो वृत्तान्त छ। जसले बाबाको बनेर भित्र (यज्ञमा) रहेर रुहानी सेवा गर्दैनन् उनीहरू गएर दास-दासी बन्छन् फेरि अन्त्यमा नम्बरवार पुरुषार्थ अनुसार ताज मिल्छ। उनीहरूको पनि घराना हुन्छ, प्रजामा आउन सक्दैनन्। कुनै बाहिरको आएर भित्रको बन्न सक्दैन। वल्लभाचारीले बाहिरी व्यक्तिलाई कहिल्यै भित्र आउन दिँदैनन्। यी सबै बुझ्ने कुरा हुन्। ज्ञान छ सेकेण्डको, फेरि बाबालाई ज्ञानको सागर किन भनिन्छ? सम्झाइरहनु हुन्छ, अन्त्यसम्म सम्झाइरहनु हुन्छ। जब राजधानी स्थापना हुन्छ तिमीहरू कर्मातीत अवस्थामा आउने छौ फेरि ज्ञान पूरा हुन्छ। हो सेकेण्डको कुरा। तर फेरि सम्झाउनु पर्छ। हदको बाबाबाट हदको वर्सा, बेहदका बाबाले विश्वको मालिक बनाउनु हुन्छ। तिमी सुखधाममा जाँदा अरू सबै शान्तिधाममा जान्छन्। त्यहाँ त हुन्छ नै सुखै-सुख। बाबा आउनु भएको छ, यो त पालना हो। हामी नयाँ दुनियाँको मालिक बनिरहेका छौं– राजयोगको पढाइद्वारा। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस पतित फोहोरी दुनियाँबाट बेहदको वैराग्य राखेर आत्मालाई पावन बनाउने पूरा पूरा पुरुषार्थ गर्नु छ। एक बाबाकै आकर्षणमा रहनु छ।

२) ज्ञानको धारणाद्वारा आफ्नो ब्याट्री भर्नु छ। ज्ञान रत्नले स्वयंलाई धनवान बनाउनु छ। अहिले कमाइको समय हो, त्यसैले घाटाबाट बच्नु छ।

वरदान:–
ज्ञान रत्नहरूलाई धारणा गरेर व्यर्थलाई समाप्त गर्ने होलिहंस भव

होलिहंसका दुई विशेषताहरू हुन्छन्– एउटा हुन्छ ज्ञान रत्न लिनु र अर्को निर्णय शक्तिद्वारा दुध र पानीलाई छुट्याउनु। दुध र पानीको अर्थ हो– समर्थ र व्यर्थको निर्णय। व्यर्थलाई पानी समान भनिन्छ र समर्थलाई दुध समान। त्यसैले व्यर्थलाई समाप्त गर्नु अर्थात् होलिहंस बन्नु। हर समय बुद्धिमा ज्ञान रत्न चलिरहोस्, मनन चलिरहोस् तब रत्नहरूद्वारा भरपुर हुनेछौ।

स्लोगन:–
सदा आफ्नो श्रेष्ठ स्थितिमा स्थित रहेर विरोधलाई समाप्त गर्ने नै विजयी आत्मा हो।