06.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीलाई यही चिन्ता होस् , हामी ले कसरी सबैलाई सुखधामको मार्ग बता उने होला? सबैलाई थाहा होस् – यही पुरुषोत्तम बन्ने सङ्गमयुग हो।”

प्रश्न:–
तिमी बच्चाहरूले आपसमा एकअर्कालाई कुन बधाई दिन्छौ? मानिसहरूले बधाई कहिले दिन्छन्?

उत्तर:–
मानिसहरूले कोही जन्मिँदा, विजयी भएमा वा विवाह गर्दा वा कुनै चाडपर्वको दिनमा बधाई दिन्छन्। तर त्यो कुनै सच्चा बधाई होइन। तिमी बच्चाहरूले एकअर्कालाई बाबाको बनेकोमा बधाई दिन्छौ। तिमीले भन्छौ– हामी कति भाग्यमानी छौँ, जो सबै दु:खबाट छुटेर सुखधाममा जान्छौँ। तिमीलाई दिलमा खुसी हुन्छ।

ओम् शान्ति ।
बेहदका बाबा बसेर बेहदका बच्चाहरूलाई सम्झाउनुहुन्छ। अब प्रश्न उठ्छ, बेहदका बाबा को हुनुहुन्छ? यो त जान्दछौ, सबैका पिता एक हुनुहुन्छ, जसलाई परमपिता भनिन्छ। लौकिक पितालाई परमपिता भनिँदैन। परमपिता त एउटै हुनुहुन्छ, उहाँलाई सबै बच्चाहरूले बिर्सिएका छन् त्यसैले परमपिता परमात्मा जो दु:खहर्ता, सुखकर्ता हुनुहुन्छ उहाँलाई तिमी बच्चाहरूले चिन्दछौ– बाबाले हाम्रो दु:ख कसरी हरिरहनुभएको छ र फेरि उहाँले सुख-शान्तिमा लैजानुहुन्छ। सबै त सुखमा जाने छैनन्। कोही सुखमा, कोही शान्तिमा जानेछन्। कसैले सत्ययुगमा पार्ट खेल्छन्, कसैले त्रेतामा, कसैले द्वापरमा। तिमी सत्ययुगमा रहन्छौ भने बाँकी सबै मुक्तिधाममा। त्यसलाई भनिन्छ ईश्वरको घर। मुसलमानहरूले नमाज पढ्दा सबै मिलेर खुदाताला (अल्लाह) को बन्दगी (आराधना) गर्छन्। केका लागि? के बहिश्त (स्वर्ग) को लागि वा अल्लाहको पासमा जानको लागि। अल्लाहको घरलाई बहिश्त भनिँदैन। त्यहाँ त आत्माहरू शान्तिमा रहन्छन्। शरीर नै हुँदैन। आत्माहरूलाई यो थाहा छ होला– अल्लाहको पासमा शरीर होइन तर हामी आत्माहरू जानेछौँ। तर केवल अल्लाहलाई याद गरेर त कोही पवित्र बन्दैनन्। अल्लाहलाई त चिन्दै चिनेका छैनन्। अब यी मानिसहरूलाई कसरी यो राय दिने– बाबाले सुख शान्तिको वर्सा दिइरहनुभएको छ। विश्वमा शान्ति कसरी हुन्छ, विश्वमा शान्ति कहिले थियो– यो उनीहरूलाई कसरी सम्झाउने। नम्बरवार पुरुषार्थ अनुसार जुन सेवाधारी बच्चाहरू छन् उनीहरूलाई यो चिन्तन हुन्छ। तिमी ब्रह्मा मुखवंशावली ब्राह्मणहरूलाई नै बाबाले आफ्नो परिचय दिनुभएको छ, सारा दुनियाँका मनुष्य मात्रको पार्टको पनि परिचय दिनुभएको छ। अब हामीले मनुष्य मात्रलाई बाबा र रचनाको परिचय कसरी दिने? बाबा सबैलाई भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर मलाई याद गर त्यसपछि खुदाको घर जानेछौ। गोल्डेन एज अथवा बहिश्तमा सबै त जाने छैनन्। त्यहाँ त हुन्छ नै एक धर्म। बाँकी सबै शान्तिधाममा हुन्छन्, यसमा कुनै रिसाउने कुरा नै छैन। मानिसहरूले शान्ति माग्छन्, त्यो मिल्छ नै अल्लाह अथवा परमपिताको घरमा। आत्माहरू सबै आउँछन् शान्तिधामबाट, त्यहाँ फेरि नाटक पूरा भएपछि मात्र जानेछन्। बाबा आउनुहुन्छ पनि पतित दुनियाँबाट सबैलाई लैजानको लागि।

अहिले तिमी बच्चाहरूको बुद्धिमा छ, हामी शान्तिधाममा जान्छौँ फेरि सुखधाममा आउनेछौँ। यो हो पुरुषोत्तम सङ्गमयुग। पुरुषोत्तम अर्थात् उत्तमभन्दा उत्तम पुरुष। आत्मा पवित्र नबनेसम्म उत्तम पुरुष बन्न सक्दैन। अब बाबा तिमीलाई भन्नुहुन्छ– मलाई याद गर र सृष्टि चक्रलाई बुझ र साथै दैवीगुण पनि धारण गर। यस समयमा सबै मानिसहरूको आचरण (क्यारेक्टर) बिग्रेको छ। नयाँ दुनियाँमा त धेरै फस्टक्लास आचरण हुन्छ। भारतवर्षका नै उच्च आचरणका हुन्छन्। ती उच्च आचरणकालाई सामान्य आचरणकाले शिर झुकाउँछन्। उनीहरूको आचरण वर्णन गर्छन्। यो तिमी बच्चाहरूले नै बुझ्छौ। अब अरूलाई कसरी सम्झाउने? कुन सहज युक्ति रच्ने? यो हो आत्माहरूको तेस्रो नेत्र खोल्नु। बाबाको आत्मामा ज्ञान छ। मानिसहरूले भन्छन्– ममा ज्ञान छ। यो देह अभिमान हो, यसमा त आत्म अभिमानी बन्नुछ। संन्यासीहरूसँग शास्त्रहरूको ज्ञान छ। बाबाको ज्ञान त बाबा आएर दिनुहुन्छ। युक्तिले सम्झाउनुछ उनीहरूले कृष्णलाई भगवान सम्झन्छन्। भगवानलाई चिन्दै चिन्दैनन्, ऋषि-मुनि आदिले भन्थे– हामीले जान्दैनौँ। सम्झन्छन्– मनुष्य भगवान हुन सक्दैन। निराकार भगवानले नै रच्नुहुन्छ। तर उहाँले कसरी रच्नुहुन्छ, उहाँको नाम, रूप, देश, काल के हो? भनिदिन्छन्– नाम-रूपबाट न्यारा हुनुहुन्छ। यति पनि समझ छैन– नाम-रूपबाट न्यारी वस्तु कसरी हुन सक्छ, यो असम्भव छ। यदि ढुङ्गा माटो, कछुवा, माछा सबैमा हुनुहुन्छ भन्छन् भने त्यो नाम-रूप हुन्छ। कहिले के, कहिले के भनिरहन्छन्। बच्चाहरूलाई दिनरात धेरै चिन्तन चल्नुपर्छ, मानिसहरूलाई हामीले कसरी सम्झाऊँ। यो मनुष्यबाट देवता बन्ने पुरुषोत्तम सङ्गमयुग हो। मानिसहरूले देवताहरूलाई नमन गर्छन्। मनुष्यले मनुष्यलाई नमन गर्दैन, मानिसहरूले भगवान अथवा देवताहरूलाई नमन गर्नुपर्छ। मुसलमानहरूले पनि बन्दगी गर्छन्, अल्लाहलाई याद गर्छन्। तिमीलाई थाहा छ– उनीहरू अल्लाहको पासमा पुग्न त सक्दैनन्। मुख्य कुरा हो– अल्लाहको पासमा कसरी पुग्ने? फेरि अल्लाहले कसरी नयाँ सृष्टि रच्नुहुन्छ। यी सबै कुरा कसरी सम्झाउने, यसको लागि बच्चाहरूले विचार सागर मन्थन गर्नुपर्छ, बाबाले त विचार सागर मन्थन गर्नुछैन। बाबाले विचार सागर मन्थन गर्ने युक्ति बच्चाहरूलाई सिकाउनुहुन्छ। यस समयमा सबै कलियुग (आइरन एज) मा तमोप्रधान छन्। अवश्य कुनै समयमा सत्ययुग (गोल्डेन एज) पनि थियो होला। सत्ययुगलाई पवित्र युग भनिन्छ। पवित्रता र अपवित्रता। सुनमा मिसावट गरिन्छ नि। आत्मा पनि पहिला पवित्र सतोप्रधान हुन्छ फेरि त्यसमा मिसावट पर्छ। आत्मा तमोप्रधान बनिसकेपछि बाबालाई आउनुपर्छ, बाबा नै आएर सतोप्रधान, सुखधाम बनाउनुहुन्छ। सुखधाममा केवल भारतवर्षका मानिसहरू नै हुन्छन्। बाँकी सबै शान्तिधाममा जान्छन्। शान्तिधाममा सबै पवित्र हुन्छन् फेरि यहाँ आएर बिस्तारै बिस्तारै अपवित्र बन्दै जान्छन्। हरेक मनुष्य सतो, रजो, तमो अवश्य बन्छन्। अब उनीहरूलाई कसरी बताउने– तिमी सबै अल्लाहको घर पुग्न सक्छौ। देहका सबै सम्बन्ध छोडेर आफूलाई आत्मा सम्झ। भगवानुवाच त छँदैछ। मलाई याद गर्दा यी जुन ५ भूत छन्, ती निस्कनेछन्। तिमी बच्चाहरूलाई दिनरात यो चिन्ता हुनुपर्छ। बाबालाई पनि चिन्ता भयो त्यसैले त सङ्कल्प चल्यो, जाऊँ, गएर सबैलाई सुखी बनाऊँ। बाबाको साथै बच्चाहरू पनि मदतगार बन्नुछ। एक्लै बाबाले के गर्नुहुन्छ। त्यसैले यो विचार सागर मन्थन गर। के यस्तो उपाय निकालौँ जसबाट मानिसहरूले तुरुन्तै बुझ्छन्– यो पुरुषोत्तम सङ्गमयुग हो। यस समयमा नै मनुष्य पुरुषोत्तम बन्न सक्छन्। पहिला उच्च हुन्छन् फेरि तल गिर्छन्। पहिला सुरुमा त गिर्दैनन् नि। आउने बित्तिकै त तमोप्रधान हुँदैनन्। हरेक चीज पहिला सतोप्रधान फेरि सतो, रजो, तमो हुन्छ। बच्चाहरूले यति प्रदर्शनी आदि गर्छन्, फेरि पनि मानिसहरूले केही बुझेनन् भने अरू के उपाय गर्ने। भिन्न भिन्न उपाय त गर्नुपर्छ नि। त्यसको लागि टाइम पनि मिलेको छ। तुरुन्तै त कोही सम्पूर्ण बन्न सक्दैनन्। चन्द्रमा अलिअलि गरेर आखिरमा सम्पूर्ण बन्छ। हामी पनि तमोप्रधान बनेका छौँ, फेरि सतोप्रधान बन्नमा टाइम लाग्छ। त्यो त हो जड फेरि यो हो चैतन्य। अब हामीले यो कुरा कसरी सम्झाऊँ। मुसलमानहरूका मौलवीलाई सम्झाऊँ– तपाईले यो नमाज किन पढ्नुहुन्छ, कसको यादमा पढ्नुहुन्छ। यो विचार सागर मन्थन गर्नुछ। चाडपर्वका दिनहरूमा राष्ट्रपति (प्रेसिडेन्ट) आदि पनि मस्जिदमा जान्छन्। ठुलाबडाहरूसँग मिल्छन्। सबै मस्जिदहरूको फेरि एक ठुलो मस्जिद हुन्छ– त्यहाँ जान्छन् इदको बधाई दिन। अब बधाई त यो हो जब हामी सबै दु:खबाट छुटेर सुखधाममा जान्छौँ, त्यसपछि भनिन्छ– बधाई छ। हामीले खुसीको खबर सुनाउँछौँ। कोही विजयी बने भने पनि बधाई दिन्छन्। कसैले विवाह गरे भने पनि बधाई दिन्छन्। सदा सुखी होऊ। अहिले त तिमीलाई बाबाले सम्झाउनुभएको छ, हामीले एकअर्कालाई कसरी बधाई दिने। यस समयमा हामीले बेहदका बाबाबाट मुक्ति, जीवनमुक्तिको वर्सा लिइरहेका छौँ। तिमीलाई त बधाई मिल्न सक्छ। बाबा सम्झाउनुहुन्छ, तिमीलाई बधाई छ। तिमी २१ जन्मको लागि पदमपति बनिरहेका छौ। अब सबै मानिसहरूले कसरी बाबाबाट वर्सा लिन्छन्, सबैलाई बधाई दिन्छन्। तिमीलाई अहिले थाहा भएको छ तर तिमीलाई मानिसहरूले बधाई दिन सक्दैनन्। तिमीलाई चिन्दै चिन्दैनन्। बधाई दिए भने आफै पनि अवश्य बधाई पाउने लायक बन्थे। तिमी त गुप्त छौ नि। एकअर्कालाई बधाई दिन सक्छौ। बधाई छ, हामी बेहदका बाबाका बनेका छौँ। तिमी कति भाग्यमानी छौ, कुनै चिट्ठा मिल्यो वा बच्चा जन्मियो भने भन्छन्– बधाई छ। बच्चा पास भयो भने पनि बधाई दिन्छन्। तिमीलाई मनै मनमा खुसी हुन्छ, आफैलाई बधाई दिन्छौ, हामीलाई बाबा मिल्नुभएको छ, जसबाट हामीले वर्सा लिइरहेका छौँ।

बाबा सम्झाउनुहुन्छ– तिमी आत्माहरू जसले दुर्गति पाएका छौ तिमीहरूले अब सदगति पाउँछौ। बधाई त एउटै सबैलाई मिल्छ। अन्त्यमा सबैलाई थाहा हुनेछ, जो उच्चभन्दा उच्च बन्छन् उनीहरूलाई तलकाले भन्नेछन्– बधाई छ। हजुर सूर्यवंशी कुलमा महाराजा-महारानी बन्नुहुन्छ। नीच कुलकाले बधाई उनीहरूलाई दिनेछन् जो विजय मालाका दाना बन्छन्। जो पास हुनेछन् उनीहरूलाई बधाई मिल्नेछ, उनीहरूको नै पूजा हुन्छ। त्यस आत्मालाई पनि बधाई छ, जसले उच्च पद पाउँछ। फेरि भक्तिमार्गमा उनीहरूको नै पूजा हुन्छ। किन पूजा गर्छन् मानिसहरूलाई थाहा छैन। त्यसैले बच्चाहरूलाई कसरी सम्झाउने? यही चिन्ता हुन्छ। हामी पवित्र बनेका छौँ, अरूलाई कसरी पवित्र बनाउने? दुनियाँ त धेरै ठुलो छ नि। के गर्ने जसबाट घर घरमा सन्देश पुग्छ। पर्चा खसाल्दा सबैलाई त मिल्दैन। यो सन्देश त एक-एकको हातमा दिनुपर्छ किनकि उनीहरूलाई बिल्कुलै थाहा छैन– बाबाको पासमा कसरी पुग्ने। भनिदिन्छन्– सबै मार्ग परमात्मासँग मिल्ने हुन्। तर बाबा भन्नुहुन्छ– यो भक्ति, दानपुण्य त जन्मजन्मान्तर गर्दै आएका छौ तर मार्ग कहाँ मिल्यो? भनिदिन्छन्– यी सबै अनादि चल्दै आएका हुन् तर कहिलेदेखि सुरु भए? अनादिको अर्थ बुझ्दैनन्। तिमीहरूमध्ये पनि नम्बरवार पुरुषार्थ अनुसार बुझ्छन्। ज्ञानको प्रारब्ध २१ जन्म, त्यो हो सुख, फेरि हुन्छ दु:ख। तिमी बच्चाहरूलाई हिसाब सम्झाइन्छ– कसले धेरै भक्ति गरेको छ! यी सबै खुद्रा कुराहरू एकएकलाई त सम्झाउन सकिँदैन। के गर्ने, कुनै अखबारमा छपाउने, टाइम त लाग्छ। सबैलाई सन्देश यति छिटो त मिल्न सक्दैन। सबैले पुरुषार्थ गर्न थाले भने फेरि स्वर्गमा आउँछन्। यो हुन नै सक्दैन। अब तिमीले पुरुषार्थ गर्छौ स्वर्गको लागि। जुन हाम्रो धर्मका छन्, उनीहरूलाई कसरी निकाल्ने? कसरी थाहा हुन्छ, को को ट्रान्सफर भएका छन्? हिन्दु धर्मकाहरू वास्तवमा देवी-देवता धर्मका हुन्, यो पनि कसैलाई थाहा छैन। पक्का हिन्दु हुन् भने आफ्नो आदि सनातन देवी-देवता धर्मलाई मान्नेछन्। यस समयमा त सबै पतित छन्। बोलाउँछन्– पतित-पावन आउनुहोस्। निराकारलाई नै याद गर्छन्– हामीलाई आएर पावन दुनियाँमा लैजानुहोस्। यिनीहरूले यति ठुलो राज्य कसरी लिए? भारतवर्षमा यस समयमा त कुनै राज्य भाग्य नै छैन, जसलाई जितेर राज्य लिइएको हो। उनीहरूले कुनै लडाइँ गरेर त राज्य पाउँदैनन्। मनुष्यबाट देवता कसरी बनाइन्छ, कसैलाई थाहा छैन। तिमीलाई पनि अहिले बाबाबाट थाहा भएको छ। अरूलाई कसरी बताउने जसबाट मुक्ति-जीवनमुक्ति पाउँछन्। पुरुषार्थ गराउनेवाला चाहिन्छ नि। जसले गर्दा आफूलाई चिनेर अल्लाहलाई याद गर्छन्। भन, तिमीले इदको बधाई कसलाई दिन्छौ! तिमी अल्लाहको पासमा गइरहेका छौ, पक्का निश्चय छ? जसको लागि तिमीलाई यति खुसी हुन्छ। यो त वर्षौँदेखि तिमीले गर्दै आएका छौ। कहिल्यै खुदाको पासमा जानेछौ वा जानेछैनौ? अलमलिन्छन्। अवश्य हामीले जे पढ्छौँ गर्छौँ, के गर्नको लागि। उच्चभन्दा उच्च एक अल्लाह नै हुनुहुन्छ। भन, अल्लाहका बच्चा तिमी पनि आत्मा हौ। आत्माले चाहन्छ– हामी अल्लाहको पासमा जाऊँ। आत्मा जो पहिला पवित्र थियो, त्यो अहिले पतित बनेको छ। अहिले यसलाई बहिश्त त भनिँदैन। सबै आत्माहरू पतित छन्, पावन कसरी बन्छन् जसबाट अल्लाहको घर जान्छन्। त्यहाँ विकारी आत्मा हुँदैन। निर्विकारी हुनुपर्छ। कुनै आत्मा तुरुन्तै त सतोप्रधान बन्दैन। यो सबै विचार सागर मन्थन गरिन्छ। बाबाको विचार सागर मन्थन चल्छ तब त सम्झाउनुहुन्छ नि। युक्तिहरू निकाल्नुपर्छ, कसलाई कसरी सम्झाउने। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) जसरी बाबालाई सङ्कल्प आयो– म गएर बच्चाहरूलाई दु:खबाट छुटाऊँ, सुखी बनाऊँ, त्यसैगरी बाबाको मदतगार बन्नुछ, घर घरमा सन्देश पुऱ्याउने युक्तिहरू रच्नुछ।

२) सर्वको बधाई प्राप्त गर्नको लागि विजयमालाको दाना बन्ने पुरुषार्थ गर्नुछ। पूज्य बन्नुछ।

वरदान:–
करनहार र करावनहारको स्मृतिले लाइटको ताजधारी भव

म निमित्त कर्मयोगी, करनहार हुँ, करावनहार बाबा हुनुहुन्छ– यदि यो स्मृति स्वत: रहन्छ भने सदैव लाइटको ताजधारी वा बेफिक्र बादसाह बन्छौ। बस् बाबा र म, तेस्रो न कोही– यो अनुभूतिले सहजै बेफिक्र बादसाह बनाइदिन्छ। जो यस्ता बादसाह बन्छन् उनीहरू नै मायाजित, कर्मेन्द्रियजित र प्रकृतिजित बन्छन्। तर यदि कुनै गल्तीले पनि, कुनै पनि व्यर्थ भावको आफुले बोझ उठाउँछन् भने ताजको सट्टा फिक्रका अनेक टोकरी शिरमा आउँछन्।

स्लोगन:–
सर्व बन्धनहरूबाट मुक्त हुनको लागि दैहिक नाताहरूबाट नष्टोमोहा बन।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ

जब योगमा अरू सबै सङ्कल्प शान्त हुन्छन्, एउटै सङ्कल्प रहन्छ “बाबा र म” यसैलाई नै पावरफुल योग भनिन्छ। बाबाको मिलनको अनुभूति सिवाय अरू सबै सङ्कल्प समाहित भए भने भनिन्छ ज्वालारूपको याद, जसबाट परिवर्तन हुन्छ।