06.09.26 Avyakt Bapdada Nepali Murli 19.10.2011 Om Shanti Madhuban
“ व्यर्थमा समय
गुमाउने कार्य र व्यर्थ सङ्कल्पमाथि विजयी बनेर आपसमा संस्कार मिलनको रास गर्ने
सङ्कल्प गर।”
आज बापदादाले आफ्ना
चारैतिरका मीठा-प्यारा बच्चाहरूलाई देखिरहनुभएको छ। सबैले धेरै प्यारले बाबालाई
आफ्नो याद दिइरहेका छन्। आत्माहरूले केवल बाबालाई नै यति प्यार गर्छन्। यो परमात्म
प्यार केवल अहिले प्राप्त हुन्छ। हरेक बच्चा प्यारमा लवलीन छ। बाबाले पनि हरेक
बच्चालाई प्यारको रेस्पोन्ड दिइरहनुभएको छ। वाह बच्चाहरू वाह! चाहे सम्मुख छौ, चाहे
टाढा छौ तर हरेक बच्चा बाबाको दिलमा समाहित छौ। सबैको दिलमा यो गीत बजिरहेको छ– यति
प्यार कसले गर्ला! यो बाबा र बच्चाहरूको आत्मिक प्यारले हरेक बच्चालाई देहबाट न्यारा
र बाबाका प्यारा बनाउँछ र यो प्यार अहिले मात्रै बच्चाहरूलाई प्राप्त हुन्छ। यो
प्यारले बच्चाहरूलाई के बाट के बनाउँछ। यो प्यार केवल यो एक जन्ममा प्राप्त हुन्छ।
बाबा पनि बच्चाहरूको स्नेह देखेर बच्चाहरूको स्नेहमा समाहित हुनुहुन्छ।
आज बापदादाले हरेकको निधारमा तीन भाग्य देखिरहनुभएको छ। पहिला बाबाको स्वरूपबाट
प्राप्त वर्साको भाग्य, दोस्रो शिक्षकको रूपबाट प्राप्त श्रेष्ठ शिक्षाको भाग्य र
तेस्रो सद्गुरुको रूपबाट प्राप्त वरदानहरूको भाग्य। हरेकको निधार यी तीनै भाग्यले
चम्किरहेको छ। बापदादा पनि आफ्ना भाग्यशाली बच्चाहरूलाई देखेर हर्षित भइरहनुभएको छ।
तिमी बच्चाहरू चाहे सम्मुख बसेका छौ, चाहे टाढा बसेका छौ तर दिलमा नजिक छौ। यस्तो
बच्चाहरू र बाबाको प्यार सारा कल्पमा यतिबेला मात्रै प्राप्त हुन्छ। यो प्यारको
अनुभव अरूलाई पनि गराइरहेका छौ। अहिले कुनै कुनै मानिसहरूले सम्झन्छन्– यी ब्राह्मण
आत्माहरूलाई केही मिलेको छ। के मिलेको छ, त्यसको स्पष्टीकरण हुँदै गइरहेको छ। बाबाले
देख्नुभयो, अब यो हीरक जयन्ती (प्लाटिनम जुब्ली) को चारैतिर प्रभाव छ र तिमी
बच्चाहरूले पनि दिलबाट सेवा गरेका छौ र पछाडिको लागि पनि प्लान बनाएका छौ। त्यसैले
बापदादाले पनि तिमी चारैतिरका बच्चाहरूलाई बधाई दिइरहनुभएको छ– वाह बच्चाहरू वाह!
तिमी बच्चाहरूले यी ७५ वर्षलाई आ-आफ्नो पुरुषार्थ अनुसार पार गर्दै निर्विघ्न बनेर,
बनाएर आइपुगेका छौ। अब बाबा बच्चाहरूबाट के चाहनुहुन्छ? बाबालाई सदा हरेक बच्चामा
यही आश छ– हरेक बच्चा बाबा समान बनोस्। जसरी ब्रह्माबाबा विजयी बन्नुभयो, त्यसरी नै
हरेक बच्चा सदा विजयी बनोस्। यसको लागि जसरी ब्रह्माबाबाले के गर्नुभयो? बाबालाई
अनुसरण (फलो फादर) गर्नुभयो। त्यसैले तिमीहरू सबैले पनि हरेक कदम चाल्दा पहिला चेक
गर– के यो कदम ब्रह्माबाबाले चाल्नुभयो? ब्रह्माबाबाले हरेक बच्चाको विषयमा जान्न त
जान्नुहुन्थ्यो– पुरुषार्थमा पनि, सेवामा पनि यो बच्चा कमजोर छ, तर कमजोरमाथि
ब्रह्माबाबाको झन् रहम र कल्याणको भावना रह्यो। त्यसरी नै बापदादाले सबै
बच्चाहरूलाई पनि यही भन्नुहुन्छ– आफ्नो परिवारको हरेक भाइ वा बहिनीप्रति शुभभावना,
शुभकामना, रहम र कल्याणको दृष्टि राखेर उनीहरूको पनि सहयोगी बन। बापदादाले पहिला पनि
सुनाउनुभएको थियो– प्यारको विषय (सब्जेक्ट) मा हरेक बच्चा यथाशक्ति पास छौ। प्यारको
कारणले नै सबै अगाडि बढिरहेका छौ। अहिले बापदादा बच्चाहरूको प्यार देखेर खुसी
हुनुहुन्छ। प्यारको विषयको कारण हरेक बच्चा नम्बरवार चलिरहेका छौ। अहिले बापदादा यही
चाहनुहुन्छ– प्यारमा जे पनि कुर्बान गरिन्छ। बाबासँग बच्चाहरूको प्यार छ, त्यसैले
बच्चाहरूले अब कुनचाहिँ कुर्बान गर्नु छ? जुन बापदादा चाहनुहुन्छ त्यो त बुझिसकेका
छौ, बुझेका छौ नि बाबा के चाहनुहुन्छ? बुझेका छौ? शिर हल्लाऊ। बुझ्यौ? त्यसोभए गर्नु
नै छ, यसको लागि पनि तिमीहरूमा हिम्मत छ नि! हिम्मत छ भने हात उठाऊ। हिम्मत छ? अच्छा।
त्यसैले हिम्मते बच्चे मददे बाप हुनुहुन्छ नै।
अहिले बापदादा यही चाहनुहुन्छ, रिजल्ट हेर्दा यही देख्नुभयो अहिलेसम्म सम्पूर्ण
पवित्रताको हिसाबले बच्चाहरूको व्यर्थ सङ्कल्प पनि अपवित्रताको बीज हो। त्यसैले
बापदादाले देख्नुभयो– यो व्यर्थ सङ्कल्प चल्ने संस्कार अधिकांश (मेजोरिटी)
बच्चाहरूमा अझै पनि रहेको छ। एक व्यर्थ सङ्कल्प र अर्को व्यर्थ समय, यो संस्कार अझै
पनि अधिकांश बच्चाहरूमा देखिन्छ। व्यर्थ सङ्कल्पको आधार हो मन, जसले गर्दा मनमनाभव
हुन दिँदैन किनकि बापदादाले धेरै समयदेखि इसारा दिनुभएको छ– जेजति हुनु छ, त्यो
अचानक हुनेछ। त्यसैले अचानकको हिसाबबाट बापदादाले चेक गर्नुभयो– अधिकांश बच्चाहरूमा
यो व्यर्थ सङ्कल्पको संस्कार छ। त्यसैले ब्रह्माबाबा व्यर्थ समय, व्यर्थ सङ्कल्पमाथि
विजयी बनेर कर्मातीत हुनुभयो त्यसैले बाबालाई अनुसरण (फलो फादर) गर।
बापदादाले देख्नुभयो– मन त तिम्रो रचना हो, तिमी मनको रचयिता हौ त्यसैले मनलाई
चलाउने तिमी नै हौ। मनलाई नियन्त्रण गर्ने शक्ति (कन्ट्रोलिङ पावर) र शासन गर्ने
शक्ति (रुलिङ पावर) को मालिक तिमी नै हौ तैपनि मनले कहीँ धोका दिइहाल्छ। मन हो
तिम्रो रचना, मन तिम्रो हो नि! तर नियन्त्रण गर्ने शक्ति कम भएको हुनाले धोका दिन्छ।
मनलाई घोडा पनि भनिन्छ तर तिमीसँग श्रीमतको लगाम छ। छ नि श्रीमतको लगाम! मनले
कहिल्यै पनि व्यर्थ सङ्कल्पतिर लैजान्छ भने लगामलाई कसिलो (टाइट) बनाएमा व्यर्थ
सङ्कल्पको अलिकति अपवित्रतालाई पनि खतम गर्न सक्छौ। जसरी ब्रह्माबाबाले मनको मालिक
बनेर दिनहुँ मनको चेकिङ गर्नुभयो, त्यसरी नै दिनहुँ चेक गर र व्यर्थ सङ्कल्पलाई
समाप्त गर। आज बापदादा यही चाहनुहुन्छ– यी व्यर्थ सङ्कल्पहरूलाई समाप्त गर। नराम्रा
सङ्कल्पहरू कम हुन्छन्, व्यर्थ सङ्कल्पहरू धेरै हुन्छन् तर यसमा टाइम धेरै जान्छ।
मनको मालिक बनेर मनलाई यस्तो व्यस्त बनाऊ जसले गर्दा मन अरूतिर आकर्षित भएर तिम्रो
लगामलाई खुकुलो नपारिदेओस्। के यो हुन सक्छ? आज बापदादाले सबैलाई व्यर्थ सङ्कल्पको
समाप्तिको सङ्कल्प दिइरहनुभएको छ। व्यर्थ सङ्कल्पको समाप्ति हुन सक्छ? जसले व्यर्थ
सङ्कल्प गर्ने बानी पनि समाप्त गरेर समाप्ति उत्सव (सेरेमनी) मनाउनेछौँ भन्ने
सम्झन्छौ तिमीहरूले हात उठाऊ। व्यर्थमा समय गुमाउने कुरा पनि बचाउनु छ। समय र
सङ्कल्प दुवैलाई बचाउनु छ किनकि बापदादाले सबैको चार्ट हेर्नुहुन्छ। त्यसैले चार्टमा
अधिकांशमा यही कमी देखियो। मनको मालिक नै विश्वको मालिक बन्नु छ। जसरी ब्रह्माबाबा
मनजित बनेर विश्वको मालिक बन्नुभयो, अहिले त तिम्रो लागि, बच्चाहरूको लागि
ब्रह्माबाबाले आह्वान गरिरहनुभएको छ, तिम्रो एडभान्स पार्टीले पनि आह्वान गरिरहेको
छ। सुनाउनुभएको थियो– चार बजे एडभान्स पार्टीका आत्माहरू पनि वतनमा आउँछन् र सोध्छन्–
बाबा मुक्तिको गेट कहिले खुल्छ? त्यो गेट कसले खोल्नुपर्छ? तिमीहरू सबैले मुक्तिको
गेट खोल्छौ नि! तिमीहरू सम्पूर्ण बन्नु अर्थात् मुक्तिको गेट खुल्नु हो। बापदादासँग
एडभान्स पार्टीले रुहरिहान गर्छ, गेट कहिलेसम्म खुल्छ? त्यसैले बाबा तिमीहरूसँग
सोध्नुहुन्छ– कहिलेसम्म गेट खुल्छ? यसमा के जवाफ दिन्छौ? पहिलो लाइनमा बस्नेहरूले
भन, कहिलेसम्ममा गेट खोल्छौ? हरेक कार्यको लागि मिति तय (डेट फिक्स) गर्छौ नि!
त्यसोभए यो कार्यको मिति कहिलेसम्म हो? ब्रह्माबाबाले त फरिस्ता रूपबाट आह्वान
गरिरहनुभएको छ। बताउन सक्छौ मिति? भन, मिति तय गर्न सक्छौ? अहिले मिति तय भएको छ?
पाण्डवहरूले हात उठाऊ, मिति तय भएको छ? छैन। किन? दिदीले भन्नुहुन्थ्यो– बाबा,
उहाँको यही लगन थियो घर जानु छ, घर जानु छ, घर जानु छ। दादी भन्नुहुन्थ्यो– उहाँको
यही लगन थियो कर्मातीत हुनु छ, कर्मातीत हुनु छ...। तिमीहरू सबैको दिदी-दादीसँग त
प्यार छ नि! प्यार त सबैसँग छ किनकि जति पनि एडभान्स पार्टीमा गएका छन्, ती सबैसँग
तिमीहरूको प्यार त छ। अब उनीहरूको प्रश्नको उत्तर देऊ। त्यसैले आपसमा रुहरिहान गरेर
अब केही जवाफ तयार गर्नुछ। तयार गर्छौ जवाफ?
आज त डबल विदेशीहरूको मिलनको दिन हो नि! त्यसैले डबल विदेशीहरूले पनि आपसमा राय
सल्लाह गरेर मिति बताउनुछ र भारत निवासीहरूले पनि यसमा चर्चा गरेर मिति बताउनुछ। छ
जवाफ। छ भन, भन...। जसले छ भन्छौ, तिमीहरूले हात उठाऊ। (मोहिनी दिदी न्युयोर्क– बाबा,
मिति हजुरले तय गर्नुहोस्, हामी एभर रेडी छौँ) होइन, तिमीले तय (फिक्स) गर न। तयार
तिमी हुनु छ नि! बाबाले त भन्नुहुन्छ– यो लक्ष्मीपुजामा दीपावली गर, एभर रेडी होऊ।
एभर रेडी छौ? वा भन्छौ हतार छ? त्यसैले बापदादा भन्नुहुन्छ– तिमीहरूले बताऊ। (डा.
निर्मला दिदीले भन्नुभयो– बाबा, एक वर्ष दिनुहोस्) अच्छा, यसमा सबै सामेल छौ, यिनले
भनिरहेकी छिन् एक वर्ष। जसले सम्झन्छौ एक वर्ष, तिमीहरूले हात उठाऊ। पूरै हात उठाऊ।
अच्छा। एक वर्षमा एभर रेडी हुन्छौँ भन्नेहरूको नाम टिपोट (नोट) गर। राम्रो छ। अरू
सबै मुस्कुराउँछन्। भन। (निर्वैर भाइले भन्नुभयो– अहिले नगरे कहिल्यै गर्न सकिँदैन
(नाउ अर नेभर), आज अहिल्यै एभररेडी हुनु छ) त्यसोभए ताली बजाऊ। अच्छा, धेरै राम्रो।
त्यसैले अहिलेको अहिल्यै सबैले आफ्नो मनमा यो प्रतिज्ञा (प्रमिस) गर– कहिल्यै पनि
व्यर्थ सङ्कल्प आउन दिनेछैनौँ। के यो हुन सक्छ? अहिल्यैदेखि भन्छौ अहिले नगरे
कहिल्यै गर्न सकिँदैन, त्यसोभए कम्तीमा सबैले यो प्रतिज्ञा गर्छौ– अहिलेदेखि न
व्यर्थ सङ्कल्प, न व्यर्थमा समय गुमाउनेछौँ? यसमा जो तयार छौ, तिमीहरूले हात उठाऊ।
अधिकांशले उठाएका छौ। जसले सम्झन्छौ– टाइम लाग्नेछ, तिमीहरूले पनि हात उठाऊ। कोही
छैनन्। अलिअलि मात्रै छन् जसले हात उठाइरहेका छन्। अच्छा, त्यसोभए यो दीपावलीमा यो
एउटा दृढ सङ्कल्प गर्नु, जुन अधिकांशले हात उठाएका छौ, त्यो स्वाहा गर्नु, त्यसैले
तिमीहरू सबैको तर्फबाट दृढ सङ्कल्पको लागि आज केक काटिनेछ। केट काट्न मनपर्छ नि!
आजको केक यो दृढ सङ्कल्पको सूचक हो किनकि सबैले चाहन्छन्, अज्ञानीले पनि चाहन्छन्–
अब केही हुनुपर्छ, अब केही हुनुपर्छ तर तागत छैन। तिमी बच्चाहरूमा त यो सङ्कल्प पूरा
गर्ने तागत छ। फलो फादर गर्नु छ नि! ब्रह्माबाबाको जन्म नै दृढ सङ्कल्पबाट भएको हो।
गर्नु नै छ। सोच्नेछैनौँ, के गरुँ, के नगरुँ, गर्नु नै छ। त्यो एक दृढ सङ्कल्पले यति
धेरै बच्चाहरूको भविष्य बनायो। एक ब्रह्माबाबाले कति हिम्मत गर्नुभयो। आधा हिस्सा
मिल्यो अनि यज्ञ रच्नुभयो। यज्ञका ब्राह्मण रच्नुभयो र एक ब्रह्माबाबाको दृढ
सङ्कल्पको कारण अहिले देश विदेशका आत्माहरू यहाँ आइपुगेका छौ। त्यसैले दृढ सङ्कल्पले
के गर्न सक्दैन! तिम्रो अगाडि त यो उदाहरण छ। सङ्कल्प त गर्छौ, बाबाको समीप धेरै
राम्रा राम्रा सङ्कल्प पुग्छन् तर त्यसमा दृढताको कमी छ। कुनै कुरा सामुन्ने आयो भने
दृढता कम हुन्छ। दृढता सफलताको चाबी हो।
हेर, दिल्लीवालाहरूले दृढ सङ्कल्प गरे, गर्नु नै छ। भयो नि! सोच्नेछौँ, हेर्नेछौँ,
यो भनेनन्। सबैको दृढ सङ्कल्प, निमित्त बनेका बच्चाहरूको सहयोग र दृढ सङ्कल्पले
यथार्थमा (प्राक्टिकल) सफलता ल्यायो। यसमा सबैले साथ दिए र एकमत भए। हुन्छ कि
हुँदैन, हुन्छ कि हुँदैन भनेनन्, एक दृढ मत भयो, त्यसैले दृढतामा यति शक्ति छ। जुन
कार्य आरम्भ गर्छौ, त्यसमा पहिला दृढ सङ्कल्पको बीज रोप, त्यसको फल निस्कने नै छ।
यी यति ७५ वर्ष कसरी बिते, ब्रह्माबाबा र बच्चाहरूको साथले दृढ सङ्कल्पबाट ७५ वर्ष
पूरा गरेका हौ। उमङ्ग-उत्साहले बढ्दै-बढाउँदै गयौ अनि मात्र यी ७५ वर्ष पूरा भए। अब
यो सङ्कल्प गर– आज व्यर्थमा समय गुमाउन र व्यर्थ सङ्कल्प गर्ने कार्य समाप्त गर्नु
नै छ। व्यर्थ समाप्त भएपछि सदा श्रेष्ठ सङ्कल्पको खजानाले कमाल देखाउनेछ।
त्यसैले बापदादा डबल विदेशीहरूलाई देखेर खुसी हुनुहुन्छ, उन्नति पनि गरिरहेका छन् र
डबल सेवातिर अटेन्सन पनि राम्रो छ। केवल बापदादाले यो इसारा फेरि पनि दिइरहनुभएको
छ– आपसमा संस्कार मिलनको रास गर। यो नसोच, सेन्टर त राम्रो चलिरहेको छ, सेवा त
राम्रो भइरहेको छ तर एक परिवार हो, प्रभु परिवार हो, लौकिक परिवार होइन प्रभु
परिवार हो भने प्रभु परिवारको अर्थ नै हो एकअर्कामा शुभभावना, कल्याणको भावना।
एकअर्कामा यही सङ्कल्प रहोस्– हामी सबैले सँगसँगै एकअर्कालाई अगाडि बढाउँदै मुक्तिको
गेट खोलेर साथै जानु नै छ, त्यसैले हरेक सेन्टरमा यस्तो वायुमण्डल बनाऊ जसबाट बुझ्न
सकिन्छ– यी ८ होइनन्, १० होइनन् तर १० नै एकमत छन्। त्यसैले दीपावलीमा हरेकले आफैले
सङ्कल्प गर– अब संस्कार मिलनको रास गर्नु नै छ। एक आत्मा पनि एकअर्काबाट टाढा नहोस्,
सबै एक हुन्। त्यसैले यो दीपावलीमा संस्कार मिलनको रास गर्नुछ। मनमा दृढ सङ्कल्प गरौँ–
मबाट एक जना पनि भारी मन लिएर नजाओस्, सबै आत्माहरू हल्का र खुसी बनुन्।। संस्कार
मिलेनन् भने मन भारी हुन्छ। त्यसैले बाबाले सम्झनुहुन्छ– यो सङ्कल्पबाट मुक्तिको
ढोका खोल्नको लागि छिट्टै तयार हुनेछौ। चेक गर– कोही पनि तिमीसँग नाराज छैनन्, तर
मन पनि भारी हुनुहुँदैन। के यो हुन सक्छ? हुन सक्छ? शिर हल्लाऊ हुन सक्छ। हुन सक्छ
भने हात उठाऊ। त्यसोभए यो दीपावलीमा राम्रो रौनक हुनेछ। बापदादाले डबल विदेशीहरूलाई
दिनहुँ दिलमा इमर्ज गर्नुहुन्छ, किन? किन इमर्ज गर्नुहुन्छ? किनकि डबल विदेशीहरू
निमित्त बनेका छौ सारा विश्वमा बाबाको नाम प्रसिद्ध बनाउनको लागि। कुन कुरामा?
यिनीहरू यहाँका मानिसहरू होइनन्, विदेशी हुन्, यिनीहरूले आफ्नो भाग्य बनाए भने हामी
किन पछाडि परौँ! यो प्रेरणा यो दिल्लीको प्रोग्रामबाट भारतवर्षमा राम्रो फैलिएको छ,
त्यसैले बापदादाले सेवाको निमित्त तिमी सबैलाई इमर्ज गर्नुहुन्छ। भारतवर्षलाई
जगाउनेछन्, जगाइरहेका छन् र पछि पनि यस्ता विशिष्ट व्यक्ति (भि.आइ.पी.) तयार
गर्नेछन्, जसले भारतवर्षलाई जगाउनेछन्। उनीहरूको अनुभवले भारत वासीहरूलाई जगाउनेछ।
बापदादालाई याद छ– सुरु सुरुमा धेरै विशिष्ट व्यक्तिहरू ल्याउँथे। प्रोग्रामहरू
गर्थे। अहिले यो सेवा छैन। यस्ता विशिष्ट व्यक्ति तयार गर, जसले स्टेजमा आफ्नो
अनुभव सुनाउँन्। अहिलेसम्म धेरै सांस्कृतिक (कल्चरल) कार्यक्रम देखायौ, अनुभव पनि
सुनायौ तर थोरै टाइम छ, अहिले यस्ता विशिष्ट व्यक्ति ल्याऊ, जसले भारत वासीहरूको
तकदिरलाई जगाउन सक्छन्। अहिले पनि जुन विदेश र भारतवर्षको सेवा सँगसँगै गर्छौ,
त्यसको प्रभाव पनि राम्रो रह्यो। अब मिलेर यस्तो सेवालाई बढाउँदै जाऊ। मुख्य कुरा
आफूलाई हरेकले चाहे यहाँका मानिसहरू चाहे विदेशी हुन् तर छिटो छिटो यस्तो सम्पन्न
बनाऊ, जसले गर्दा तिमीहरू सबैको सम्पन्नताले मुक्तिको गेट खोलिदेओस्। अच्छा।
चारैतिरका चाहे सामुन्ने बसेका छौ, चाहे जहाँसुकै पनि बसेका छौ तर सबैको अटेन्सन
मधुबनमा छ। बापदादालाई देखिरहेका छौ, अधिकांशले त देखिरहेकै छौ। बापदादाले पनि सबै
बच्चाहरूलाई, चारैतिरका बच्चाहरूलाई सदा हर्षित रहने, सदा डबल पुरुषार्थी, डबल
पुरुषार्थी अर्थात् स्वको पुरुषार्थमा पनि र सेवाको पुरुषार्थमा पनि, यस्ता डबल
पुरुषार्थी र डबल निश्चय र नसामा रहने, सदा बाबाको साथमा रहने, सदा आपसमा पनि
कल्याण र दयाको शुभभावनामा रहने, एक एक बच्चालाई नामसहित बापदादाले दिलको याद-प्यार
दिइरहनुभएको छ। तर आजको व्यर्थ सङ्कल्पको समाप्तिको कुरा नभुल्नु। बापदादाको समीप
रेकर्ड त पुगिहाल्छ। बापदादाले हेर्नुहुनेछ– कति तीव्र पुरुषार्थी बच्चाहरू छन् र
एकअर्कालाई पनि उमङ्ग-उत्साह दिएर अगाडि बढाउँछन्। कसैले गल्ती गरछ भने पनि
त्यसप्रति उसले गल्ती गर्छ र तिमीले उसको गल्तीको मनमा सङ्कल्प गर्छौ– यस्तो गर्छ,
यस्तो गर्छ, यस्तो गर्छ... यो पनि समाप्त गर। उनीहरूलाई सहयोग देऊ, श्रेष्ठ भावना
देऊ, यस्तो सेवा गर्दै सारा सङ्गठनलाई श्रेष्ठ सङ्कल्पयुक्त बनाउनु नै छ। कुनै
सेन्टरमा कहिल्यै पनि एकअर्काप्रति कुनै पनि अरू भावना नहोस्, शुभभावना, शुभकामना,
ठिक छ नि! धेरै राम्रो। अहिले सबै बच्चाहरूलाई बापदादा बधाईको साथै दिलको याद-प्यार
पनि सँगसँगै दिइरहनुभएको छ। अच्छा।
वरदान:–
निष्काम
सेवाद्वारा विश्वको राज्य प्राप्त गर्ने विश्वकल्याणी, रहमदिल भव
जो निष्काम सेवाधारी
छन्, उनीहरूको कहिल्यै यो सङ्कल्प आउन सक्दैन– मैले यति गरेँ, मलाई यसबाट केही
सान-मान वा महिमा मिल्नुपर्छ... यो पनि लिनु भयो। दाताका बच्चाहरूले लिने सङ्कल्प
गरे भने पनि दाता भएनन्। यो लिनु पनि दिने दाताको अगाडि सुहाउँदैन। यो सङ्कल्प
समाप्त भइसकेपछि विश्व महाराजनको पद (स्टेटस) प्राप्त हुन्छ। यस्तो निष्काम सेवाधारी,
बेहदको वैरागी नै विश्वकल्याणी, रहमदिल बन्छ।
स्लोगन:–
आफ्नो गल्ती
अरूमाथि लगाउनु– यो पनि परचिन्तन हो।
अव्यक्त इसारा:– अब
आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर
सबैभन्दा ठुलोभन्दा
पनि ठुलो देन हो– दाताका बच्चाहरू बनेर सबैलाई सहयोग दिनु। बिग्रिएको कार्यलाई,
बिग्रिएका संस्कारहरूलाई, बिग्रिएको मनस्थिति (मुड) लाई शुभभावनाले ठिक पार्न सदा
सबैको सहयोगी बन्नु। यसले यो भन्यो, यो गरिदियो, यो देखेर, सुनेर, बुझेर पनि आफ्नो
सहयोगको भण्डार (स्टक) द्वारा परिवर्तन गरेर उसलाई भरपुर बनाउनु– यो सबैभन्दा ठुलो
दान हो।