06.11.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो लक्ष्य धेरै उच्च छ त्यसैले आफ्नो समय बर्बाद नगरी सतोप्रधान बन्ने पुरुषार्थ गर।”

प्रश्न:–
बच्चाहरूको चढ्तीकला नहुनुको मुख्य कारण के हो?

उत्तर:–
त्यत्तिकै अलिकति पनि अहङ्कार आयो, आफूलाई होसियार सम्झ्यौ, मुरली छुटायौ, ब्रह्माबाबाको अवज्ञा गर्छौ भने कहिल्यै पनि चढ्तीकला हुन सक्दैन। साकारको दिलबाट निस्कनु अर्थात् निराकारको दिलबाट पनि निस्कनु।

गीत:–
लाख जमाने वाले.....

ओम् शान्ति ।
बच्चाहरूले गीत सुन्यौ। तिमी बच्चाहरूले भन्छौ– कसैले हामीलाई संशयबुद्धि बनाउनको लागि जस्तोसुकै कोसिस गरोस् तर हामी संशयबुद्धि बन्नेछैनौँ। जतिसुकै उल्टासुल्टा कुराहरू सुनाए पनि हामी संशयबुद्धि बन्नेछैनौँ। श्रीमतमा चलिरहनेछौँ। बाबाले दिनहुँ भिन्न भिन्न पोइन्टहरू सम्झाइरहनुहुन्छ। सत्ययुगमा ९ लाख देवीदेवताहरू थिए। त्यसैले अवश्य बाँकी यति सबै मानिसहरू विनाश हुनेछन्। जो बुद्धिमान् हुन्छन् उनीहरूले इसाराबाट बुझ्नेछन्– अवश्य यस लडाइँबाट नै अनेक धर्म विनाश भएर एक देवीदेवता धर्मको स्थापना हुनु छ। जो लायक बन्छन् उनीहरू नै मनुष्यबाट देवता बन्छन्। बाबाबाहेक अरू कसैले मनुष्यबाट देवता बनाउन सक्दैन। त्यसैले बच्चाहरूलाई याद हुनुपर्छ– अब हामी घर जानु छ, तर मायाले घरी घरी भुलाउँछ। यहाँ अब बाबालाई याद गरेर सतोप्रधान बन्नु छ। कुनै पनि समयमा ठुलो लडाइँ हुन सक्छ, यसको कुनै नियम कहाँ छ र। भन्छन् पनि सायद ठुलो लडाइँ हुन पनि सक्छ, जुन बन्द नहुन पनि सक्छ। सबै एकअर्कासँग लड्न थाल्नेछन्। त्यसैले विनाश हुनुभन्दा पहिला किन हामी यादमा रहेर तमोप्रधानबाट सतोप्रधान बन्ने पुरुषार्थ नगरौँ। यादको यात्रामा नै मायाले विघ्न पार्छ त्यसैले बाबाले दिनदिनै भन्नुहुन्छ– चार्ट लेख। मुस्किलले कुनै २-४ जनाले चार्ट लेख्छन्। अरू त आफ्नो कामधन्दामा नै दिनभरि फसेका हुन्छन्। अनेक प्रकारका विषयहरूमा फसिरहन्छन्। बच्चाहरूलाई यो त थाहा छ– हामीहरू अवश्य सतोप्रधान बन्नु छ। त्यसैले जहाँ बसे पनि पुरुषार्थ गर्नु छ। मानिसहरूलाई सम्झाउनको लागि चित्र आदि पनि बनाइरहन्छन् किनकि यतिबेला मानिसहरू १०० प्रतिशत तमोप्रधान छन्। पहिला मुक्तिधामबाट आएपछि मात्र सतोप्रधान हुन्छन्। फेरि सतो, रजो, तमोमा आउँदाआउँदै यतिबेला सबै तमोप्रधान बनेका छन्। सबैलाई बाबाको सन्देश दिनु छ त्यसैले बाबालाई याद गरेमा तमोप्रधानबाट सतोप्रधान बन्नेछन्। विनाश पनि सामुन्ने छ। सत्ययुगमा एउटै धर्म थियो बाँकी सबै निर्वाणधाममा थिए। बच्चाहरूले चित्रहरूमा ध्यान दिनुपर्छ। ठुला चित्र भएमा राम्रोसँग बुझ्न सक्नेछन्। सबैलाई बाबाको सन्देश दिनु छ। मनमनाभव मुख्य हो अथवा अल्फ र बे यसलाई सम्झाउनमा कति मेहनत गर्नुपर्छ। सम्झाउनेहरू पनि नम्बरवार छन्, बेहदको बाबासँग प्यार हुनुपर्छ। बुद्धिमा यो हुनुपर्छ– हामीले बाबाको सेवा गरिरहेका छौँ। ईश्वरीय सेवाधारी (खुदाई खिदमतगार) बन्नु छ। उनीहरूले भन्न त सेवा शब्द भन्छन् तर अर्थ बुझ्दैनन्। अब बाबा आउनुभएको छ– बच्चाहरूको सेवा गर्न। बाबाले कति उत्तम देवीदेवता बनाउनुहुन्छ। आज हामी कति कङ्गाल बनेका छौँ। सत्ययुगमा कति सर्वगुण सम्पन्न बन्नेछौँ, यहाँ एकअर्कासँग लडाइँझगडा गरिरहन्छन्। यो कसैलाई थाहा छैन, विनाश हुनु छ। सम्झन्छन् शान्ति हुनेछ, एकदमै घोर अन्धकारमा पुगेका छन्। अब उनीहरूलाई सम्झाउने व्यक्ति चाहिन्छ। वेलायतमा पनि त यो ज्ञान दिन सक्छौ। सभामा बसेर एउटै कुरा सम्झाऊ– महाभारी लडाइँ त नामी छ, यसबाट पुरानो दुनियाँको विनाश हुनु छ। अहिले परमपिता पनि यहाँ हुनुहुन्छ, अवश्य उहाँले नै ब्रह्माद्वारा स्वर्गको स्थापना गरिरहनुभएको छ। शङ्करद्वारा कलियुगको विनाश पनि हुनु छ, किनकि अहिले सङ्गम हो। प्राकृतिक प्रकोप पनि हुनु छ। तेस्रो विश्वयुद्ध नै अन्तिम युद्ध हो भन्छन्। अन्तिम विनाश पनि अवश्य हुनु छ। अब सबैलाई यो भन्नुपर्छ– बेहदको बाबालाई याद गरेमा मुक्तिधाममा जानेछौ। आफ्नै धर्ममा रहे पनि बाबालाई याद गरेमा आफ्नै धर्ममा राम्रो पद पाउन सक्छन्। तिमीलाई थाहा छ– बेहदको बाबाले हामीलाई प्रजापिता ब्रह्माको तनद्वारा ज्ञान दिइरहनुभएको छ फेरि अरूलाई पनि सम्झाउनुपर्छ। परोपकारको काम आफैबाट सुरु गर्नु छ (च्यारिटी बिगिन्स एट होम)। वरपरका सबैलाई सन्देश दिनु छ। अरू धर्मका आत्माहरूलाई पनि बाबाको परिचय दिनु छ। बाहिरका आत्मारूलाई, राजाहरूलाई पनि ज्ञान दिनु छ। त्यसको लागि तयारी गर्नुपर्छ। बाबा भन्नुहुन्छ जुन यी मुख्य चित्र छन्– त्रिमूर्ति, गोला, वृक्ष पनि कपडामा छपाइयो भने बाहिर पनि लैजान सक्छौ। ठुलो साइज छापिएन भने दुई टुक्रा पारिदेऊ। सारा ज्ञान यस त्रिमूर्ति, वृक्ष, गोलामा छ। सिँढीको ज्ञान पनि गोलामा आउँछ। ८४ जन्म कसरी लिइन्छ, यसको विषयमा सिँढी विस्तारमा बनाइएको छ। चक्रमा सबै धर्मका आत्माहरूको विषयमा आउँछ। सिँढीमा देखाउँछन् कसरी आत्माहरू सतोप्रधान फेरि, सतो, रजो, तमोमा आउँछन्, तल ओर्लन्छन्। अब बाबा भन्नुहुन्छ म एकलाई याद गर। बाबाको दिनभरि विचार चलिरहन्छ। त्यसैले कुनै नयाँ ठुलो घर बनाइयोस्, त्यसमा भित्ता यति ठुला हुन् जसमा ६ × ९ फुट साइजको चित्र बनाउन सकियोस्। कम्तीमा १२ फुटको भित्ता चाहिन्छ। यतिबेला भाषाहरू पनि धेरै छन्, सबै धर्मका आत्माहरूलाई सम्झाउनुपर्छ भने कति भाषाहरूमा बनाउनुपर्नेछ। यति विशाल बुद्धिद्वारा युक्ति रच्नुपर्छ। सेवाको सोख राख्नुपर्छ। खर्च त गर्नु नै छ। बाँकी तिमीले भिख माग्ने आवश्यकता छैन। आफै हुन्डी भरिनेछ। ड्रामामा पहिल्यै निश्चित छ। बच्चाहरूको बुद्धि चल्नुपर्छ। तर बच्चाहरूले अलिकति बुद्धि चलाउँछन् अनि हामी धेरै होसियार छौँ भन्ने नसा चढ्छ। बाबा भन्नुहुन्छ– रुपैयाँमा ४ आना पनि सिकेका छैनौ। कसैले दुई आना, कसैले एक आना, कसैले एक पैसा जति पनि मुस्किलले सिकेका छौ। केही पनि बुझ्दैनौ। मुरली पढ्ने पनि सोख छैन। धनवान् प्रजा, गरिब प्रजा सबैथोक यहाँ नै बन्नु छ। कसैले त बाबासँग प्रतिज्ञा गरेर फेरि मुख कालो पारिदिन्छन्। भन्छन् बाबा हार खाएँ। बाबा भन्नुहुन्छ– तिमी त प्यादाभन्दा पनि प्यादा हौ, कौडी बराबर पनि छैनौ। यस्ताले के पद पाउनेछन्! अब सूर्यवंशी राजधानी स्थापन भइरहेको छ। जसलाई बाबाको याद हुन्छ, उनीहरू नै खुसी हुन्छन्। केवल बाबाद्वारा के वर्सा लिइरहेका छौँ भन्ने मात्र याद रह्यो भने पनि धेरै फाइदा हुन्छ। धारण गरेर फेरि आफूसमान बनाउनु छ। बच्चाहरूबाट गरेको सेवाले पुग्दैन। थोरै सेवा गरे भने सम्झन्छन् हामी पास भयौँ। देह अभिमानमा आएर गिर्छन्। शिवबाबा भन्नुहुन्छ बाबा (ब्रह्मा) को अनादर गरेमा अर्थात् मेरो अनादर गरेको हुन्छ । बापदादा दुवै सँगसँगै हुनुहुन्छ नि। यस्तो होइन हाम्रो त शिवबाबासँग कनेक्सन छ, अरे वर्सा त यिनीद्वारा मिल्नेछ नि। उहाँलाई दिलको समाचार सुनाउनु छ। राय लिनु छ। शिवबाबा भन्नुहुन्छ मैले साकारद्वारा राय दिन्छु। ब्रह्माबिना शिवबाबाबाट कसरी वर्सा लिन्छौ। बाबाबिना कुनै काम हुन सक्दैन त्यसैले बच्चाहरूले धेरै सम्हाल्नुपर्छ। उल्टो अहङ्कारमा आएर आफ्नै बर्बाद गरिदिन्छन्। साकारको दिलबाट उत्रिए भने निराकारको दिलबाट पनि उत्रन्छन्। यस्ता धेरै छन्– जसले कहिल्यै मुरली पनि सुन्दैनन्, पत्र पनि लेख्दैनन् भने बाबाले के सम्झनुहुनेछ! मञ्जिल धेरै महान छ। बच्चाहरूले समय बर्बाद गर्नु छैन। जसले आफूलाई महारथी सम्झन्छन् उनीहरूले श्रेष्ठ कार्यमा मदत गर्नुपर्छ। अनि बाबा खुसी भएर स्याबासी दिनुहुनेछ, यिनीहरूबाट धेरैको कल्याण हुनेछ। प्रदर्शनीमा त धेरै आउँछन्। प्रजा त बन्छन्, बाबाको आँखा सेवाधारी बच्चाहरूमा जान्छ। यस इन्द्रसभामा आउनुपर्छ– सूर्यवंशी राजारानी बन्ने आत्माहरू। जसले सेवा गर्दैनन् उनीहरू लायक छैनन्। पछि गएर सबै थाहा हुनेछ– को को के बन्नेछन्! बच्चाहरूलाई धेरै नसा हुनुपर्छ– हामी भोलि स्वर्गमा गएर राजकुमार बन्नेछौँ। यहाँ तिमी आएका छौ राजयोग सिक्न। राम्रोसँग पढेनौ भने सानो पद पाउनेछौ। बाबाकहाँ सेवाको समाचार आउनुपर्छ। बाबा आज मैले यो सेवा गरेँ। पत्र नै कहिल्यै लेख्दैनन् भने बाबाले के सम्झनुहुनेछ? मरेछ। बाबालाई पनि याद तिनै बच्चाहरू हुन्छन् जो सेवामा रहन्छन्। बाबाको परिचय दिइरहन्छन्। शिवबाबाले ब्रह्माद्वारा ब्रह्माकुमार-कुमारीहरूलाई वर्सा दिनुहुन्छ। शिवबाबाले ब्रह्माद्वारा ब्राह्मणहरूको रचना गर्नुहुन्छ। अहिले अरू सबै धर्म छन् बाँकी देवीदेवता धर्म जुन जग हो, त्यो गुम छ। सारा खेल यस्तै बनेको छ। सिँढीमा सबै धर्म छैनन्। यस कारण गोलामा सम्झाउनुपर्छ, गोलामा स्पष्ट छ। यो पनि सम्झाउनु छ– सत्ययुगमा देवीदेवता डबल ताजधारी थिए। यतिबेला कसैको पवित्रताको ताज छैन। एक जना पनि छैन जसलाई हामीले लाइटको ताज दिऊँ। आफैलाई पनि दिन सक्दैनौँ। हामीले लाइटको लागि पुरुषार्थ गरिरहेका छौँ। शरीर त यहाँ पवित्र छैन। आत्मा योगबलद्वारा पवित्र हुँदाहुँदै अन्त्यमा पवित्र हुनेछ। सत्ययुगमा ताज त मिल्नेछ। सत्ययुगमा डबल ताज, भक्तिमार्गमा सिङ्गल ताज। यहाँ कुनै ताज छैन। अब तिमीलाई केवल पवित्रताको ताज कहाँ देखाऊँ? लाइट कहाँ राखौँ? ज्ञानी त बनेका छौ तर पूर्ण पवित्र बनेपछि मात्र लाइट हुनसक्छौ। त्यसोभए सूक्ष्मवतनमा लाइट देखाऊँ? जसरी मम्मा सूक्ष्मवतनमा पवित्र फरिस्ता छिन् नि। त्यहाँ सिङ्गल ताज छ। तर अब लाइट कसरी देखाऊँ? पवित्र हुन्छन् अन्त्यमा। योगमा बस्दा त्यहाँ लाइट देखाऊँ? आज लाइट देऊ भोलि पतित बने भने लाइट नै गुम हुन्छ त्यसैले अन्त्यमा कर्मातीत अवस्था भएपछि मात्र लाइट हुन सक्छ। तर तिमी सम्पूर्ण बन्दै जानेछौ सूक्ष्मवतनमा। जसरी बुद्ध, क्राइस्टलाई देखाउँछन्। पहिला सुरुमा पवित्र आत्मा धर्म स्थापन गर्न आउँछ, उनीहरूलाई लाइट दिन सक्छौँ, ताज दिन सक्दैनौँ। तिमी पनि बाबालाई याद गर्दागर्दै पवित्र बन्नेछौ। स्वदर्शन चक्र घुमाउँदा घुमाउँदै तिमीले राजकीय पद पाउनेछौ। त्यहाँ मन्त्री हुँदैनन्। यहाँ धेरैसँग राय लिनुपर्छ। त्यहाँ सबै सतोप्रधान हुन्छन्। यी सबै बुझ्नुपर्ने कुराहरू हुन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बापदादाबाट स्याबासी लिनको लागि बाबाको श्रेष्ठ कार्यमा पूरा पूरा मदतगार बन्नु छ। बाबालाई आफ्नो सेवाहरूको समाचार दिनु छ।

२) देह अभिमानमा आएर कहिल्यै पनि अनादर गर्नु छैन। उल्टो नसामा आउनु छैन। आफ्नो समय बर्बाद गर्नु छैन। सेवाका युक्तिहरू रच्नु छ, सेवाधारी बन्नु छ।

वरदान:–
सदा रहम र कल्याणको दृष्टिद्वारा विश्व सेवा गर्ने विश्व परिवर्तक भव

विश्व परिवर्तक वा विश्व सेवाधारी आत्माहरूको मुख्य लक्षण हो– आफ्नो रहम र कल्याणको दृष्टिद्वारा विश्वलाई सम्पन्न र सुखी बनाउनु। ईश्वरीय सुख, शान्ति र ज्ञान धन जुन अप्राप्त बस्तु हो यिनद्वारा, सर्व शक्तिहरूद्वारा सर्व आत्माहरूलाई भिखारीबाट अधिकारी बनाउनु। यस्ता सेवाधारीले आफ्नो हर सेकेन्ड, बोली र कर्म, सम्बन्ध, सम्पर्क सेवामा नै लगाउँछन्। उनीहरूको हेराइ, हिँडाइ, खुवाइ सबैमा सेवा समाहित हुन्छ।

स्लोगन:–
मान, सानको त्याग गरेर आफ्नो समयलाई बेहद सेवामा सफल गर्नु नै परोपकारी बन्नु हो।

अव्यक्त इसारा:– ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

अन्तिम सम्पूर्ण स्थिति प्राप्त गर्नको लागि स्वयंलाई पाहुना सम्झेर चल। जसले आफूलाई पाहुना सम्झन्छन् उनीहरू व्यक्तमा भएर पनि अव्यक्त स्थितिमा रहन्छन्, उनीहरूको कसैसँग पनि लगाव हुँदैन। हामी यस शरीरमा, यस पुरानो दुनियाँमा पाहुना हौँ, केवल थोरै समयको लागि यो शरीर काममा ल्याउनु छ।