06.12.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी अहिले पुरुषोत्तम सङ्गमयुगमा छौ , तिमीले यहाँ बसेर नयाँ दुनियाँलाई याद गर्नु छ र आत्मालाई पावन बनाउनु छ।”

प्रश्न:–
बाबाले तिमीलाई यस्तो कुनचाहिँ समझ दिनुभयो, जसबाट बुद्धिको ताला खुल्यो?

उत्तर:–
बाबाले यस बेहद अनादि ड्रामाको यस्तो समझ दिनु भयो, जसबाट बुद्धिमा जुन गोदरेजको ताला लागेको थियो त्यो खुल्यो। पत्थर बुद्धिबाट पारस बुद्धि बन्यौ। बाबाले समझ दिनुभएको छ– यस ड्रामामा हरेक कलाकारको आ-आफ्नो अनादि पार्ट छ, जसले कल्प पहिला जति पढेका थिए, त्यति अहिले पनि पढ्छन्। पुरुषार्थ गरेर आफ्नो वर्सा लिन्छन्।

ओम् शान्ति ।
रूहानी बच्चाहरूप्रति रूहानी बाबा बसेर सिकाउनु हुन्छ। जहिलेदेखि बाबा बन्नुभयो त्यतिबेला देखि नै टिचर पनि हुनु भयो। त्यतिबेला देखि नै फेरि सद्गुरुको रूपमा शिक्षा पनि दिइरहनु भएको छ। यो त बच्चाहरूले जान्दछौ नै। उहाँ बाबा, टिचर, गुरु हुनुहुन्छ भने सानो बच्चा त हुनुहुन्न नि। उच्च भन्दा उच्च, महान भन्दा महान हुनुहुन्छ। बाबालाई थाहा छ– यी सबै मेरा सन्तान हुन्। ड्रामा योजना अनुसार पुकारेका पनि छन्– आएर हामीलाई पावन दुनियाँमा लैजानुहोस्! तर केही पनि जान्दैनन्। अहिले तिमीले जान्दछौ– पावन दुनियाँ सत्ययुगलाई, पतित दुनियाँ कलियुगलाई भनिन्छ। भन्छन् पनि, आएर हामीलाई रावणको जेलबाट छुटाएर, दु:खहरूबाट छुटाएर आफ्नो शान्तिधाम-सुखधाममा लैजानुहोस्। नाम दुवै राम्रा छन्। मुक्ति-जीवनमुक्ति वा शान्तिधाम-सुखधाम। केवल तिमी बच्चाहरू बाहेक अरू कसैको बुद्धिमा छैन– शान्तिधाम कहाँ सुखधाम कहाँ हुन्छ? बिल्कुल नै बेसमझ छन्। तिम्रो लक्ष्य उद्देश्य नै समझदार बन्नु हो। बेसमझहरूको लागि लक्ष्य हुन्छ यस्तो समझदार बन्नु छ। सबैलाई सिकाउनु छ– यो हो लक्ष्य उद्देश्य मनुष्यबाट देवता बन्ने। यो हो नै मनुष्यहरूको सृष्टि, त्यो हो देवताहरूको सृष्टि। सत्ययुगमा हुन्छ देवताहरूको सृष्टि, त्यसैले अवश्य मनुष्यहरूको सृष्टि कलियुगमा हुन्छ। तर मनुष्यबाट देवता बन्नु छ भने अवश्य पुरुषोत्तम सङ्गमयुग पनि हुन्छ होला। उनीहरू हुन् देवताहरू, यिनीहरू हुन् मनुष्य। देवताहरू हुन्छन् समझदार। बाबाले नै यस्ता समझदार बनाउनु भएको हो। बाबा जो विश्वको मालिक हुनुहुन्छ, बन्न त उहाँ मालिक बन्नुहुन्न तर गायन त गरिन्छ नि। बेहदका बाबा बेहदको सुखदाता हुनुहुन्छ। बेहदको सुख हुन्छ नै नयाँ दुनियाँमा र बेहदको दु:ख हुन्छ पुरानो दुनियाँमा। देवताहरूका चित्र पनि तिम्रा अगाडि छन्। उनीहरूको गायन पनि छ। आजकाल त ५ भूतहरूलाई पूजिरहन्छन्।

अहिले बाबाले तिमीलाई सम्झाउनु हुन्छ– तिमी छौ पुरुषोत्तम सङ्गमयुगमा। तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार जानेका छन्– हाम्रो एउटा खुट्टा स्वर्गमा, अर्को खुट्टा नर्कमा छ। बस्न त यहाँ बस्छौ तर बुद्धि नयाँ दुनियाँमा छ। जसले नयाँ दुनियाँमा लैजानुहुन्छ उहाँको याद गर्नु छ। बाबाको यादबाट नै तिमी पवित्र बन्छौ। यी कुरा शिवबाबा बसेर सम्झाउनु हुन्छ। शिवजयन्ती अवश्य मनाउँछन्, तर शिवबाबा कहिले आउनु भयो, आएर के गर्नु भयो, यो केही पनि थाहा छैन। शिवरात्रि मनाउँछन् र श्रीकृष्णको जयन्ती पनि मनाउँछन्, त्यही कुरा जुन श्रीकृष्णको लागि भनिन्छ त्यो शिवबाबाको लागि त भनिदैन। त्यसलाई शिवरात्रि भनिन्छ। अर्थ केही पनि बुझ्दैनन्। तिमी बच्चाहरूलाई त अर्थ सम्झाइन्छ। अथाह दु:ख हुन्छ कलियुगको अन्त्यमा, फेरि अथाह सुख हुन्छ सत्ययुगमा। यो ज्ञान तिमी बच्चाहरूलाई अहिले मिलेको छ। तिमीले आदि मध्य अन्त्यलाई जानेका छौ। जसले कल्प पहिला पढेका थिए, उनैले अहिले पढ्छन्, जसले जति पुरुषार्थ गरेका थिए त्यही गर्न लाग्छन्, त्यस्तै नै पद पनि पाउने छन्। तिम्रो बुद्धिमा पूरा चक्र छ। तिमीले नै उच्च भन्दा उच्च पद पाउँछौ फेरि तिमी उत्रिन्छौ पनि यसरी नै। बाबाले सम्झाउनु भएको छ– यी जति पनि मनुष्यहरूका आत्मा छन्, माला हो नि, सबै नम्बरवार आउँछन्। कुन समयमा कसलाई के पार्ट खेल्नु छ, हरेक कलाकारलाई आ-आफ्नो पार्ट मिलेको छ। यो अनादि बनिबनाऊ ड्रामा हो जुन कुरा बाबा बसेर सम्झाउनु हुन्छ। अहिले तिमीलाई बाबाले जे सम्झाउनु हुन्छ त्यो आफ्ना भाइहरूलाई सम्झाउनु छ। तिम्रो बुद्धिमा छ हरेक ५ हजार बर्षमा बाबा आएर हामीलाई सम्झाउनु हुन्छ। हामीले फेरि भाइहरूलाई सम्झाउँछौं। भाइ भाइ आत्माको सम्बन्धमा हो। बाबा भन्नुहुन्छ– यस समयमा तिमीले आफूलाई अशरीरी आत्मा सम्झ। आत्माले नै आफ्नो पितालाई याद गर्नु छ– पावन बन्नको लागि। आत्मा पवित्र बनेपछि फेरि शरीर पनि पवित्र मिल्छ र आत्मा अपवित्र भएपछि जेवर पनि अपवित्र मिल्छ। नम्बरवार त हुन्छन् नै। अनुहार, चालचलन एक अर्कासँग मिल्दैन। नम्बरवार सबैले आ-आफ्नो पार्ट खेल्छन्, फरक पर्न सक्दैन। नाटकमा त्यही दृश्य देखिन्छ जुन पहिला देखिएको थियो। त्यही दोहोरिन्छ नि। यो फेरि बेहदको र हिजोको ड्रामा हो। हिजो तिमीलाई सम्झाएको थिएँ। तिमीले रजाइँ लिएका थियौ फेरि गुमायौ। आज फेरि पढिरहेका छौ रजाइँ पाउनको लागि। अहिले दुनियाँ पुरानो नर्क छ, भोलि नयाँ स्वर्ग हुन्छ। तिम्रो बुद्धिमा छ– अब हामी नयाँ दुनियाँमा गइरहेका छौं। श्रीमत अनुसार श्रेष्ठ बनिरहेका छौं। श्रेष्ठ आत्माहरू अवश्य श्रेष्ठ सृष्टिमा रहन्छौं। यी लक्ष्मी-नारायण श्रेष्ठ हुन्, त्यसैले श्रेष्ठ स्वर्गमा रहन्छन्। जो भ्रष्ट छन् उनीहरू नर्कमा रहन्छन्। यो रहस्य तिमीले अहिले जान्दछौ। यस बेहदको ड्रामालाई कसैले पनि राम्रोसँग बुझेपछि मात्र बुद्धिमा बस्छ। शिवरात्रि पनि मनाउँछन् तर केही पनि जानेका छैनन्। अब तिमी बच्चाहरू रिफ्रेस हुनु छ। तिमीले फेरि अरूलाई पनि रिफ्रेस गराउँछौ। अहिले तिमीलाई ज्ञान मिलिरहेको छ फेरि सद्गति पाउने छौ। बाबा भन्नुहुन्छ– म स्वर्गमा आउँदिन। मेरो पार्ट नै हो पतित दुनियाँलाई परिवर्तन गरेर पावन दुनियाँ बनाउनु। त्यहाँ त तिमीसँग कारुनको खजाना (अथाह सम्पत्ति) हुन्छ। यहाँ त कङ् गाल छौ त्यसैले आएर बेहदको वर्सा दिनुहोस् भनी बाबालाई बोलाउँछौ। कल्पकल्प बेहदको वर्सा मिल्छ फेरि कङ्गाल पनि हुन पुग्छौ। चित्रहरूद्वारा सम्झाऊ तब बुझ्न सक्छन्। पहिलो नम्बरमा लक्ष्मी-नारायण फेरि ८४ जन्म लिँदै लिँदै मनुष्य बने। यो ज्ञान अहिले तिमी बच्चाहरूलाई मिलेको छ। तिमीलाई थाहा छ– आज भन्दा ५ हजार वर्ष पहिला आदि सनातन देवी-देवता धर्म थियो, जसलाई बैकुण्ठ, प्याराडाइज, डिटी वर्ल्ड पनि भनिन्छ। अहिले त भनिँदैन। अहिले त आसुरी दुनियाँ छ। आसुरी दुनियाँको अन्त्य, दैवी दुनियाँको आदिको अहिले हो सङ्गम। यी कुरा अहिले तिमीले बुझ्छौ। अरू कसैको मुखबाट सुन्न सकिँदैन। बाबा नै आएर यिनको मुख लिनुहुन्छ। कसको मुख लिनुहुन्छ, यो जानेका छैनन्। बाबाको सवारी कसमा हुन्छ? जसरी तिम्रो आत्माको शरीरमा सवारी छ नि। शिवबाबाको त आफ्नो सवारी नै छैन, उहाँलाई मुख अवश्य चाहिन्छ। नत्र राजयोग कसरी सिकाउने? प्रेरणाबाट त सिक्दैनन्। यी सबै कुरा दिलमा नोट गर्नु छ। परमात्माको बुद्धिमा पनि सारा ज्ञान छ नि। तिम्रो पनि बुद्धिमा यो बस्नु पर्छ। यो ज्ञान बुद्धिबाट धारण गर्नु छ। भनिन्छ पनि, तिम्रो बुद्धि ठीक त छ नि? बुद्धि आत्मामा रहन्छ। आत्माले नै बुद्धिबाट बुझिरहेको छ। तिमीलाई पत्थर बुद्धि कसले बनायो? अहिले जानेका छौ– रावणले हाम्रो बुद्धि के बनाई दिएको छ! हिजो तिमीले ड्रामालाई जान्दैनथ्यौ। बुद्धिमा एकदम गोदरेजको ताला लागेको थियो। ‘गड’ अक्षर त आउँछ नि। बाबाले जुन बुद्धि दिनुहुन्छ त्यो परिवर्तन भएर पत्थर बुद्धि हुन जान्छ। फेरि बाबा आएर ताला खोल्नुहुन्छ। सत्ययुगमा हुन्छ नै पारसबुद्धि। बाबा आएर सबैको कल्याण गर्नुहुन्छ। नम्बरवार सबैको बुद्धि खुल्छ। फेरि एकको पछि अर्को आउँदै जान्छन्। माथि त कोही रहन सक्दैनन्। पतित त्यहाँ रहन सक्दैनन्। बाबाले पावन बनाएर पावन दुनियाँमा लैजानुहुन्छ। त्यहाँ सबै पावन आत्माहरू रहन्छन्। त्यो हो निराकारी सृष्टि।

तिमी बच्चाहरूलाई अहिले सबै थाहा भएको छ। त्यसैले आफ्नो घर पनि धेरै नजिक जस्तै देखिन्छ। घरसँग तिम्रो धेरै प्यार छ। तिम्रो जस्तो प्यार त अरू कसैको छैन। तिमीहरूमा पनि नम्बरवार छन्। जसको बाबासँग प्यार छ उसलाई घरको पनि प्यार हुन्छ। अनन्य (मुरब्बी) बच्चा हुन् नि। तिमीले जान्दछौ– यहाँ जसले राम्रोसँग पुरुषार्थ गरेर अनन्य बच्चा बन्छ उसैले उच्च पद पाउँछ। सानो अथवा ठुलो शरीरले होइन। ज्ञान र योगमा जो मस्त छ उही ठुलो हो। कुनै साना साना बच्चा पनि ज्ञान योगमा तिक्ष्ण छन् भने ठुलालाई पढाउँछन्। नत्र काइदा नै छ ठुलाले सानालाई पढाउने। आजकाल त साना (मिडगेड) पनि हुन्छन्। छन त सबै आत्माहरू साना छन्। आत्मा बिन्दी छ, उसको के तौल गर्ने। सितारा हो। मनुष्यहरूले सितारा नाम सुनेमा माथि हेर्छन्। तिमीले सितारा नाम सुनेमा आफूलाई देख्छौ। धरतीका सितारा तिमी हौ। ती हुन् आकाशका, जुन जड छन्। तिमी चैतन्य हौ। तिनमा त साटफेर केही हुँदैन। तिमीले त ८४ जन्म लिन्छौ। कति ठुलो पार्ट खेल्छौ। पार्ट खेल्दा खेल्दा चमक घट्न जान्छ। ब्याट्री डिस्चार्ज हुन पुग्छ। फेरि बाबा आएर भिन्न भिन्न प्रकारबाट सम्झाउनु हुन्छ किनकि तिम्रो आत्मा निभ्न लागेको छ। जुन तागत भरिएको थियो त्यो समाप्त हुन लागेको छ। अब फेरि बाबाद्वारा तागत भर्छौ। तिमीले आफ्नो ब्याट्री चार्ज गरिरहेका छौ। यसमा मायाले पनि धेरै विघ्न ल्याउँछ, ब्याट्री चार्ज गर्न दिँदैन। तिमी चैतन्य ब्याट्रीहरू हौ। जानेका छौ– बाबाको साथ योग लगाउनाले हामी सतोप्रधान बन्छौं। अहिले तमोप्रधान बनेका छौं। त्यो हदको पढाइ र यो बेहदको पढाइमा धेरै फरक छ। कसरी नम्बरवार सबै आत्माहरू माथि जान्छन्। फेरि आफ्नो समयमा पार्ट खेल्न आउनु छ। सबैलाई आफ्नो अविनाशी पार्ट मिलेको छ। तिमीले यो ८४ को पार्ट कति पटक खेल्यौ होला! तिम्रो ब्याट्री कति पटक चार्ज र डिस्चार्ज भयो! हाम्रो ब्याट्री डिस्चार्ज भयो भन्ने जानेका छौ भने फेरि चार्ज गर्न ढिलाइ किन गर्छौ? तर मायाले ब्याट्री चार्ज गर्न दिँदैन। मायाले ब्याट्री चार्ज गर्न तिमीलाई भुलाइदिन्छ। घरी घरी ब्याट्री डिस्चार्ज गराइदिन्छ। कोसिस गर्छौ बाबालाई याद गर्ने तर गर्न सक्दैनौ। तिमीहरूमा जसले ब्याट्री चार्ज गरेर सतोप्रधानताको नजिक आइपुग्छन् उनलाई पनि कहिलेकाहीँ मायाले लापरवाही गराएर ब्याट्री डिस्चार्ज गरिदिन्छ। यो पछिसम्म भइरहन्छ। फेरि जब लडाइँको अन्त्य हुन्छ तब सबै समाप्त हुन्छन्। फेरि जसको जति ब्याट्री चार्ज भएको छ त्यही अनुसार पद पाउने छन्। सबै आत्माहरू बाबाका सन्तान हुन्। बाबा नै आएर सबैको ब्याट्री चार्ज गराउनु हुन्छ। खेल कस्तो अनौठो बनेको छ। बाबासँग साथ योग लगाउन घरी घरी हटे भने कति नोक्सान हुन्छ। नहटून् भनेर त्यसको लागि पुरुषार्थ गराइन्छ। पुरुषार्थ गर्दा गर्दा जसरी कल्प पहिला समाप्त भएको थियो, त्यसैगरी समाप्त भएपछि नम्बरवार पुरुषार्थ अनुसार तिम्रो पार्ट पूरा हुन्छ। आत्माहरूको माला बन्दै जान्छ। तिमी बच्चाहरूलाई थाहा छ– रूद्राक्षको माला हुन्छ, विष्णुको पनि माला हुन्छ। पहिलो नम्बरमा त उहाँको माला राख्छौ नि। बाबाले दैवी दुनियाँ रच्नुहुन्छ नि। जसरी रुद्र माला हुन्छ, त्यसैगरी रूण्ड माला पनि हुन्छ। ब्राह्मणहरूको माला अहिले बन्न सक्दैन, तल-माथि भइ रहन्छन्। फाइनल तब हुन्छ जब रुद्र माला बन्छ। यी ब्राह्मणहरूको पनि माला छ तर यस समयमा बन्न सक्दैन। वास्तवमा सबै प्रजापिता ब्रह्माका सन्तान हुन्। शिवबाबाका सन्तानको पनि माला छ। विष्णुको पनि माला भनिन्छ। तिमी ब्राह्मण बन्छौ, त्यसैले ब्रह्माको र शिवको पनि माला हुनुपर्छ। यो सारा ज्ञान तिम्रो बुद्धिमा नम्बरवार छ। सुन्न त सबैले सुन्छन् तर कसैको त्यसै समयमा कानबाट निस्किन्छ, सुन्दै सुन्दैनन्। कसैले त पढ्दैनन्।– भगवान पढाउन आउनु भएको छ, यो तिनलाई थाहा नै छैन। पढ्दै पढ्दैनन्, यो पढाइ त कति खुसीसँग पढ्नुपर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यादको यात्राबाट आत्मारूपी ब्याट्री चार्ज गरेर सतोप्रधानतासम्म पुग्नु छ। यस्तो कुनै लापर्बाही गर्नु छैन, जसबाट ब्याट्री डिस्चार्ज हुन पुगोस्।

२) अनन्य बच्चा बन्नको लागि बाबाको साथसाथै घरसँग पनि प्यार गर्नु छ। ज्ञान र योगमा मस्त बन्नु छ। बाबाले जे सम्झाउनु हुन्छ, ती कुरा आफ्ना भाइहरूलाई पनि सम्झाउनु छ।

वरदान:–
एक बाबालाई आफ्नो संसार बनाएर सदा एकको आकर्षणमा रहने कर्मबन्धनमुक्त भव

एक बाबा दोस्रो न कोही, सदा यही अनुभवमा स्थित होऊ। एक बाबा नै संसार हुनुहुन्छ, अरू कुनै आकर्षण छैन, कुनै कर्मबन्धन छैन। आफ्नो कुनै कमजोर संस्कारको पनि बन्धन नहोस्। जसले कसैमाथि मेरोपनको अधिकार राख्छन् तिनलाई क्रोध वा अभिमान आउँछ– यो पनि कर्मबन्धन हो। तर जब बाबा नै मेरो संसार हुनुहुन्छ, यो स्मृति रह्यो भने सबै मेरो मेरो एक मेरो बाबामा समाहित हुन्छ र कर्मबन्धनबाट सहजै मुक्त हुनेछौ।

स्लोगन:–
महान् आत्मा ऊ हो, जसको दृष्टि र वृत्ति बेहदको हुन्छ।