07.01.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमीले आफूलाई सङ्गमयुगी ब्राह्मण सम्झियौ भने सत्ययुगी वृक्ष देखिन थाल्छ अनि अपार खुसीमा रहन्छौ।”

प्रश्न:–
जो ज्ञानका सोखिन बच्चाहरू छन्, उनीहरूको निसानी के हुन्छ?

उत्तर:–
उनीहरूले आपसमा ज्ञानको कुरा मात्रै गर्छन्। कहिल्यै परचिन्तन गर्दैनन्। एकान्तमा गएर विचार सागर मन्थन गर्छन्।

प्रश्न:–
यस सृष्टि ड्रामाको कुनचाहिँ रहस्य तिमी बच्चाहरूले मात्रै जानेका छौ?

उत्तर:–
यस सृष्टिमा एक शिवबाबा सिवाय अरू कुनै पनि चीज सदा कायम रहँदैन। पुरानो दुनियाँका आत्माहरूलाई नयाँ दुनियाँमा लिएर जानको लागि कोही त हुनुपर्यो, यो ड्रामाको रहस्य पनि तिमी बच्चाहरूले नै जानेका छौ।

ओम् शान्ति ।
रुहानी बच्चाहरूप्रति पुरुषोत्तम सङ्गमयुगमा आएर बाबाले सम्झाइरहनु भएको छ। यो त बच्चाहरूले जान्दछौ– हामी ब्राह्मण हौं। आफूलाई ब्राह्मण सम्झन्छौ वा यो पनि बिर्सिन्छौ? ब्राह्मणहरूले आफ्नो कुल बिर्सिदैनन्। तिमीलाई पनि यो अवश्य याद रहनु पर्छ– हामी ब्राह्मण हौं। यो एक कुरा याद रहे पनि बेडा पार हुन्छ। सङ्गमयुगमा तिमीले जुन नयाँ नयाँ कुरा सुन्छौ, त्यसको चिन्तन चल्नुपर्छ, जसलाई विचार सागर मन्थन भनिन्छ। तिमी हौ रूप-वसन्त। तिम्रो आत्मामा सारा ज्ञान भरिन्छ, त्यसैले रत्न निस्किनु पर्छ। आफूलाई सङ्गमयुगी ब्राह्मण सम्झिनुपर्छ। यो कुरा त कसैले पनि सम्झदैनन्। यदि आफूलाई सङ्गमयुगी सम्झियौ भने सत्ययुगी वृक्ष देखिनेछ, अनि अथाह खुसी पनि हुन्छ। बाबाले जे सम्झाउनु हुन्छ, त्यो भित्र दोहोरिनुपर्छ। हामी सङ्गमयुगमा छौं, यो पनि तिमी सिवाय अरू कसैलाई थाहा छैन। सङ्गमयुगको पढाइले समय पनि लिन्छ। यो एउटै पढाइ हो नरबाट नारायण, नर्कवासीबाट स्वर्गवासी बन्ने। हामी नै देवता स्वर्गवासी बनिरहेका छौं– यो याद रहे पनि खुसी लाग्छ। सङ्गमयुगवासी भएपछि नै स्वर्गवासी बन्छौ। पहिला नर्कवासी थियौ, त्यसैले बिल्कुलै अशुद्ध अवस्था थियो, फोहोरी काम गर्थ्यौ। अब त्यो मेटाउनु छ। मनुष्यबाट देवता स्वर्गवासी बन्नु छ। कसैकी स्त्री मरिन् र तिमीले उनलाई सोध्यौ भने भन्छन्– मेरी युगल स्वर्गवासी भइन्। स्वर्ग के चीज हो, त्यो जानेका छैनन्। यदि स्वर्गवासी भइन् भनेपछि त खुसी हुनुपर्ने हो नि। अहिले तिमी बच्चाहरूले यी कुरालाई जानेका छौ। मनमा विचार चल्नुपर्छ– हामी अहिले सङ्गमयुगमा छौं, पावन बनिरहेका छौं। बाबासँग स्वर्गको वर्सा लिइरहेका छौं। यो कुरा घरी घरी स्मरण गर्नु छ, बिर्सिनु हुँदैन। तर मायाले भुलाएर एकदम कलियुगी बनाइदिन्छ। यस्ता क्रियाकलाप चल्छन्, मानौं एकदम कलियुगी। त्यो खुसीको पारा रहँदैन। अनुहार मुर्दा जस्तो हुन्छ। बाबाले पनि भन्नुहुन्छ– सबै काम चितामाथि जलेर मुर्दा भएका छन्। तिमीले जानेका छौ– हामी मनुष्यबाट देवता बन्छौं, त्यसैले त्यो खुसी हुनुपर्छ नि। त्यसैले गायन पनि छ– अतिन्द्रिय सुखको भासना गोप-गोपीहरूसँग सोध। तिमीले आफ्नो दिलसँग सोध– म त्यसै भासनामा रहन्छु? तिमी ईश्वरीय मिसन हौ नि। ईश्वरीय मिसनले के काम गर्छ? पहिला त शूद्रबाट ब्राह्मण, ब्राह्मणबाट देवता बनाउँछ। हामी ब्राह्मण हौं– यो भुल्नु हुँदैन। ती ब्राह्मणहरूले त तुरुन्तै भनिदिन्छन्– हामी ब्राह्मण हौं। ती त हुन् कोखका सन्तान। तिमी हौ मुख वंशावली। तिमी ब्राह्मणहरूलाई धेरै नसा हुनुपर्छ। गायन पनि गरिएको छ– ब्रह्माभोजन....। तिमीले कसैलाई ब्रह्मा भोजन खुवायौ भने कति खुसी हुन्छन्। हामीले पवित्र ब्राह्मणहरूको हातले बनाएको भोजन खान्छौं। मनसा-वाचा-कर्मणा पवित्र हुनुपर्छ। कुनै अपवित्र कर्तव्य गर्नुहुँदैन। समय त लाग्छ। जन्मदै त कोही बन्दैन। हुन त गायन छ– सेकेण्डमा जीवनमुक्ति, बाबाको बच्चा बन्यो, वर्सा मिल्यो। एक पटक चिनेर भन्यो– उहाँ प्रजापिता ब्रह्मा हुनुहुन्छ। ब्रह्मा शिवका बच्चा हुन्। निश्चय गर्नासाथ वारिस बन्छन्। फेरि यदि कुनै अकर्तव्य गरे भने धेरै सजाय खानुपर्ने हुन्छ। जसरी काशी कलवटको बारेमा सम्झाइएको छ। सजाय खाएर हिसाबकिताब चुक्ता हुन्छ। मुक्तिको लागि नै कुवामा कुद्थे। यहाँ त त्यो कुरा छैन। शिवबाबाले बच्चाहरूलाई भन्नुहुन्छ– म एकलाई याद गर। कति सहज छ। फेरि पनि मायाको चक्र आउँछ। यो तिम्रो युद्ध सबैभन्दा धेरै समय चल्छ। बाहुबलको युद्ध यति समय चल्दैन। तिमी आएपछि नै युद्ध सुरु भयो। पुरानाहरूसँग कति युद्ध हुन्छ, नयाँ जो आउँछन्, उनीहरूसँग पनि हुन्छ। त्यस लडाइँमा पनि मरिरहन्छन्, अरू मिसिदै जान्छन्। यहाँ पनि मर्छन्, वृद्धि भइरहन्छन्। वृक्ष त ठुलो हुनु नै छ। बाबाले मीठा प्यारा बच्चाहरूलाई सम्झाउनु हुन्छ– यो याद रहनु पर्छ, उहाँ बाबा पनि हुनुहुन्छ, परम शिक्षक पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। श्रीकृष्णलाई त सद्गुरु, बाबा, टिचर भनिदैन।

तिमीलाई सबैको कल्याण गर्ने सोख हुनुपर्छ। महारथी बच्चाहरू सेवामा रहन्छन्। उनीहरूलाई त धेरै खुसी हुन्छ। जहाँबाट निमन्त्रणा मिले पनि दौडन्छन्। प्रदर्शनी सेवा कमिटीमा पनि राम्रा राम्रा बच्चाहरूलाई चुनिन्छ। उनीहरूलाई निर्देशन मिल्छ, सेवा गरिरहन्छन्, त्यसैले भनिन्छ– यो ईश्वरीय मिसनको राम्रो बच्चा हो। बाबा पनि खुसी हुनुहुन्छ, यसले त राम्रो सेवा गर्छ। आफ्नो दिलसँग सोध्नुपर्छ– मैले सेवा गरेको छु? भन्छन्– परमपिता परमात्माको सेवामा छौं। परमपिता परमात्माको सेवा के हो? सबैलाई यही सन्देश देऊ– मनमनाभव। आदि-मध्य-अन्त्यको ज्ञान त बुद्धिमा छ। तिम्रो नाम नै हो– स्वदर्शन चक्रधारी। त्यसैले यसैको चिन्तन चल्नुपर्छ। स्वदर्शन चक्र कहाँ रोकिन्छ र। तिमी चैतन्य लाइट हाउस हौ। तिम्रो धेरै महिमा गाइन्छ। बेहदका बाबाको गायन पनि तिमीले जानेका छौ। उहाँ ज्ञानका सागर पतित-पावन हुनुहुन्छ, गीताका भगवान हुनुहुन्छ। उहाँले नै ज्ञान र योगबलद्वारा यो कार्य गराउनु हुन्छ, यसमा योगबलको धेरै प्रभाव छ। भारतवर्षको प्राचीन योग प्रसिद्ध छ। त्यो तिमीले अहिले सिक्छौ। संन्यासी त हठयोगी हुन्, उनले पतितलाई पावन बनाउन सक्दैनन्। ज्ञान छ नै एक बाबासँग। ज्ञानबाट तिमीले जन्म लिन्छौ। गीतालाई माई-बाप भनिन्छ, माता-पिता हो नि। तिमी शिवबाबाका बच्चा हौ, फेरि माता-पिता चाहिन्छ नि। मनुष्यले त गाउँछन् मात्र, तर केही पनि बुझ्दैनन्। बाबा सम्झाउनु हुन्छ– यसको अर्थ कति गहन छ। गड फादर भनिन्छ, फेरि माता-पिता किन भनिन्छ? बाबाले सम्झाउनु भएको छ– सरस्वती छन्, तर वास्तवमा सच्चा सच्चा माता ब्रह्मपुत्रा हुन्। सागर र ब्रह्मापुत्रा छन्, सबैभन्दा पहिला सङ्गम यिनको हुन्छ। बाबा यिनमा प्रवेश गर्नुहुन्छ। यो कति महीन कुरा छ। धेरैको बुद्धिमा यो कुरा रहँदैन, जुन चिन्तन गर्छन्। तिनको बिल्कुल बुद्धि कम हुन्छ, सानो पद पाउनेहरू हुन्छन्। तिनको लागि बाबा फेरि पनि भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। यो त सहज छ नि। हामी आत्माहरूका पिता हुनुहुन्छ परमात्मा। उहाँले तिमी आत्माहरूलाई भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। यो हो मुख्य कुरा। मन्द बुद्धिहुनेले महत्त्वपूर्ण कुरा बुझ्न सक्दैनन्। त्यसैले गीतामा पनि छ– मनमनाभव। सबैले लेख्छन्– बाबा, यादको यात्रा धेरै मुस्किल छ। घरी घरी बिर्सिन्छ। कुनै न कुनै प्वाइन्टमा हार्छन्। यो बक्सिङ्ग हो– माया र ईश्वरका बच्चाहरूको। यसको बारेमा कसैलाई पनि थाहा छैन। बाबाले सम्झाउनु भएको छ– मायालाई जितेर कर्मातीत अवस्थामा पुग्नु छ। पहिला सुरुमा तिमी आएका हौ कर्म सम्बन्धमा। त्यसमा आउँदा आउँदा फेरि आधाकल्पपछि तिमी कर्म बन्धनमा आयौ। पहिला सुरुमा तिमी पवित्र आत्मा थियौ। न सुखको, न दु:खको कर्मबन्धन थियो, फेरि सुखको सम्बन्धमा आयौ। यो पनि अहिले तिमीले जानेका छौ– हामी सम्बन्धमा थियौं, अहिले दु:खमा छौं फेरि अवश्य सुखमा हुन्छौं। नयाँ दुनियाँ हुँदा हामी मालिक थियौं, पवित्र थियौं, अहिले पुरानो दुनियाँमा पतित भयौं। फेरि हामी नै देवता बन्छौं, त्यसैले यो याद गर्नु पर्छ नि।

बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो पाप मेटिन्छ, तिमी मेरो घरमा आउने छौ। शान्तिधाम हुँदै सुखधाममा आउने छौ। सबैभन्दा पहिला जानु छ घर, बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी पवित्र बन्छौ, म पतित-पावनले तिमीलाई पवित्र बनाइरहेको छु– घर आउनको लागि। यसरी यसरी आफैसँग कुरा गर्नुपर्छ। वास्तवमा अब चक्र पूरा हुन्छ, हामीले यति जन्म लियौं। अब बाबा आउनु भएको छ, पतितबाट पावन बनाउन। योगबलबाट नै हामी पावन बन्छौं। यो योगबल धेरै प्रसिद्ध छ, जुन बाबाले नै सिकाउन सक्नुहुन्छ। यसमा शरीरले केही पनि गर्नु आवश्यक छैन। सारा दिन यी कुराको मन्थन चल्नुपर्छ। एकान्तमा कहीँ पनि बस अथवा जाऊ, बुद्धिमा यही चलिरहोस्। एकान्त त धेरै छ, माथि छतमा त डराउने कुरा छैन। पहिला तिमीहरू बिहानै मुरली सुनेपछि पहाडीहरूमा जान्थ्यौ। जे सुनियो, त्यसको चिन्तन गर्नको लागि पहाडीहरूमा गएर बस्थ्यौ। जो ज्ञानको सोखिन हुन्छ, उसले त आपसमा ज्ञानको नै कुरा गर्छ। ज्ञान छैन भने फेरि परचिन्तन गरिरहन्छ। प्रदर्शनीमा तिमीले कतिलाई यो मार्ग बताउँछौ। सम्झन्छौ– हाम्रो धर्मले धेरैलाई सुख दिन्छ। अरू धर्मकालाई केवल यति सम्झाउनु छ– बाबालाई याद गर्नुहोस्। यो मुसलमान हो, म फलानो हुँ– यस्तो सम्झनु छैन। आत्मालाई देख्नु छ, आत्मालाई सम्झाउनु छ। प्रदर्शनीमा सम्झाउँदा यो अभ्यास गर्नुपर्छ– मैले आत्मा भाइलाई सम्झाउँछु। अहिले हामीलाई बाबाबाट वर्सा मिलिरहेको छ। आफूलाई आत्मा सम्झेर भाइहरूलाई ज्ञान दिन्छौ– अब जाऔं बाबाको पासमा, धेरै समय बिछोडियौं। त्यो हो शान्तिधाम, यहाँ त कति अशान्ति-दु:ख आदि छ। अहिले बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झिने अभ्यास गर, अनि नाम, रूप, देह सबै भुल्छौ। फलानो मुसलमान हो, यस्तो किन सम्झन्छौ? आत्मा सम्झेर सम्झाऊ। बुझ्न सक्छौ– यो आत्मा राम्रो छ कि नराम्रो छ। आत्माको लागि नै भनिन्छ– दुष्टदेखि टाढै बस्नुपर्छ। अहिले तिमी बेहदका बाबाका सन्तान हौ। यहाँ पार्ट खेल्यौ, अब फेरि फर्केर जानु छ, पावन बन्नु छ। बाबालाई अवश्य याद गर्नुपर्छ। पावन बन्यौ भने पावन दुनियाँको मालिक बन्छौ। बोलेर प्रतिज्ञा गर्नुपर्ने हुन्छ। बाबा पनि भन्नुहुन्छ– प्रतिज्ञा गर। बाबाले युक्ति पनि बताउनु हुन्छ– तिमी आत्मा भाइ भाइ हौ फेरि शरीरमा आएपछि भाइ-बहिनी हौ। भाइ-बहिनी कहिल्यै विकारमा जान सक्दैनन्। पवित्र बनेर बाबालाई याद गर्नाले तिमी विश्वको मालिक बन्छौ। सम्झाइन्छ– मायासँग हारेमा फेरि उठेर खडा होऊ। जति खडा हुन्छौ त्यति प्राप्ति हुन्छ। घाटा र जम्मा त हुन्छ नि। आधाकल्प जम्मा, फेरि रावण राज्यमा घाटा हुन्छ। हिसाब छ नि। जित अर्थात् जम्मा, हार अर्थात् घाटा। त्यसैले आफूलाई पूरा जाँच गर्नुपर्छ। बाबालाई याद गर्यौ भने तिमी बच्चाहरूलाई खुसी हुन्छ। उनीहरूले त केवल गायन मात्र गर्छन्, केही पनि बुझ्दैनन्। नबुझिकनै सबैथोक गर्छन्। तिमीले त पूजा आदि गर्दैनौ। बाँकी गायन त गरिन्छ नि। उहाँ एक बाबाको गायन छ अव्यभिचारी। बाबा आएर तिमी बच्चाहरूलाई स्वयं पढाउनु हुन्छ। तिमीले केही पनि सोध्न आवश्यक छैन। चक्र स्मृतिमा रहनु पर्छ। सम्झनुपर्छ– कसरी हामीले मायालाई जित्छौं, अनि फेरि हार खान्छौं। बाबा सम्झाउनु हुन्छ– हार खायौ भने १०० गुणा दण्ड पर्नेछ। बाबा भन्नुहुन्छ– सद्गुरुको निन्दा नगराऊ, नत्र ठेगाना मिल्दैन। यो सत्य नारायणको कथा हो, यसलाई कसैले जानेका छैनन्। गीता अलग, सत्य नारायणको कथा अलग भनिदिएका छन्। नरबाट नारायण बन्नको लागि यो गीता हो।

बाबा भन्नुहुन्छ– मैले तिमीलाई नरबाट नारायण बन्ने कथा सुनाउँछु, यसलाई गीता पनि भन्छन्, अमरनाथको कथा पनि भन्छन्। तेस्रो नेत्र बाबाले नै दिनुहुन्छ। यो पनि जानेका छौ– हामी देवता बन्छौं, त्यसैले गुण पनि अवश्य हुनुपर्छ। यस सृष्टिमा कुनै पनि चीज सदा कायम हुँदैन। सदा कायम त एक शिवबाबा मात्रै हुनुहुन्छ, बाँकी सबैलाई त तल आउनु नै छ। तर उहाँ बाबा पनि सङ्गमयुगमा नै आउनु हुन्छ, सबैलाई फर्काएर लिएर जान। पुरानो दुनियाँका आत्माहरूलाई नयाँ दुनियाँमा लैजानको लागि कोही त चाहियो नि। ड्रामामा यो सबै रहस्य छ। बाबा आएर पवित्र बनाउनु हुन्छ, कुनै पनि देहधारीलाई भगवान भन्न सकिँदैन। यस समयमा बाबाले सम्झाउनु हुन्छ, आत्माका पङ्ख टुटेका छन्, त्यसैले उड्न सक्दैन। बाबा आएर ज्ञान र योगको पङ्ख दिनुहुन्छ। योगबलले तिम्रो पाप भस्म हुन्छ, पुण्य आत्मा बन्छौ। सबैभन्दा पहिला त मेहनत पनि गर्नुपर्छ, त्यसैले बाबा भन्नुहुन्छ– म एकलाई याद गर, चार्ट राख। जसको चार्ट राम्रो होला, उसले लेख्छ, अनि उसलाई खुसी पनि हुन्छ। अहिले सबैले मेहनत गर्छन्, चार्ट लेख्दैनन् भने योगको धार पनि लाग्दैन। चार्ट लेख्दा धेरै फाइदा हुन्छ। चार्टको साथै प्वाइन्टहरू पनि चाहिन्छ। चार्टमा त दुवै लेख्छौ– सेवा कति गरेँ र याद कति गरेँ? पुरुषार्थ यस्तो गर्नु छ, जसबाट आखिरी समयमा कुनै चीज पनि याद नआओस्। आफूलाई आत्मा सम्झेर पुण्य आत्मा बन्नु छ– यो मेहनत गर्नु छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) एकान्तमा ज्ञानको मनन-चिन्तन गर्नु छ। यादको यात्रामा रहेर मायामाथि विजयी बनी कर्मातीत अवस्था प्राप्त गर्नु छ।

२) कसैलाई पनि ज्ञान सुनाउँदा बुद्धिमा रहोस्– मैले आत्मा भाइलाई ज्ञान दिइरहेको छु। नाम, रूप, देह सबै भुलियोस्। पावन बन्ने प्रतिज्ञा गरेर, पावन बनी पावन दुनियाँको मालिक बन्नु छ।

वरदान:–
स्वयंप्रति इच्छा मात्रम् अविद्या बनेर बाबा समान अखण्ड दानी , परोपकारी भव

जसरी ब्रह्माबाबाले स्वयंको समय पनि सेवामा लगाउनुभयो, स्वयं निर्मान बनेर बच्चाहरूलाई मान दिनुभयो, कामको नामको प्राप्तिको पनि त्याग गर्नुभयो। नाम, मान, सान सबैमा परोपकारी बनेर आफ्नो त्यागेर अरूको नाम राख्नुभयो, स्वयंलाई सदा सेवाधारी राखेर, बच्चाहरूलाई मालिक बनाउनुभयो। स्वयंको सुख बच्चाको सुखमा सम्झनुभयो। यसरी बाबा समान इच्छा मात्रम् अविद्या अर्थात् मस्त फकिर बनेर अखण्डदानी, परोपकारी बन्यौ भने विश्व कल्याणको कार्यमा तीव्रगति आउँछ। केस र किस्सा (कहानी) समाप्त हुनेछन्।

स्लोगन:–
ज्ञान, गुण र धारणामा सिन्धु बन, स्मृतिमा बिन्दु बन।