07.02.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमीले हिँड्दा-डुल्दा यादमा रहने अभ्यास गर्नु छ। ज्ञान र योग– यिनै मुख्य दुई चीज हुन् , योग अर्थात् याद।”

प्रश्न:–
होसियार बच्चाहरूले कुनचाहिँ बोली मुखबाट बोल्न सक्दैनन्?

उत्तर:–
हामीलाई योग सिकाउनुहोस्, यो बोली होसियार बच्चाहरूले बोल्न सक्दैनन्। बाबालाई याद गर्न पनि सिक्नुपर्छ र! यो पढ्ने पढाउने पाठशाला हो। यस्तो होइन, याद गर्नको लागि खास कुनै समयमा बस्नु छ। तिमीले कर्म गर्दा पनि बाबालाई याद गर्ने अभ्यास गर्नु छ।

ओम् शान्ति ।
अहिले रूहानी बाबाले बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। प्यारा बच्चाहरूले जानेका छौ– रूहानी बाबाले यस रथद्वारा हामीलाई सम्झाइरहनु भएको छ। तर बच्चा बनेपछि पनि बाबालाई वा कुनै भाइ वा बहिनीलाई मलाई याद गर्न सिकाउनुहोस्– यो भन्नु गलत हुन्छ। तिमी कुनै सानो बच्चा त छैनौ नि। यो त बुझेका छौ– मुख्य हो आत्मा। त्यो त हो अविनाशी। शरीर हो विनाशी। मुख्य त आत्मा भयो नि। अज्ञान कालमा कसैलाई हामी आत्मा हौं, शरीरद्वारा बोल्छौं – यो ज्ञान हुँदैन। देह अभिमानमा आएर नै भन्छन्– मैले यो गर्छु। अहिले तिमी देहीअभिमानी बनेका छौ। आत्माले भन्छ, म यस शरीरद्वारा बोल्छु, कर्म गर्छु। आत्मा पुरुष हो। बाबा सम्झाउनु हुन्छ– यो बोली प्राय: सुनिन्छ, भन्छन् हामीलाई योगमा बसाउनुहोस्। सामुन्नेमा एक बस्छ, यो ख्याल गरेर ताकि हामी पनि बाबाको यादमा बसौं, अरू पनि बस्छन्। पाठशाला कुनै यसको लागि होइन। पाठशाला त पढाइको लागि हो। बाँकी यस्तो होइन, तिमीहरूले केवल यहाँ बसेर याद गर्नु छ। बाबाले त सम्झाउनु भएको छ– हिँड्दा, डुल्दा, बस्दा बाबालाई याद गर, यसको लागि खास कुनैबेलामा बस्नु पर्ने आवश्यकता छैन। जसरी कसैले भन्छन्– राम राम भन, के राम राम नभनी याद गर्न सक्दैनन्? याद त हिँड्दा-डुल्दा पनि गर्न सक्छौ। तिमीले त कर्म गर्दागर्दै बाबालाई याद गर्नु छ। प्रेमी प्रेमिकाले कुनै खास समयमा बसेर एक अर्कालाई याद गर्दैनन्। कामकाज, धन्दा आदि सबै गर्नु छ, सबै कुरा गर्दै आफ्नो प्रियतमलाई याद गरिराख। यस्तो होइन, उहाँलाई याद गर्नको लागि खास कतै गएर बस्नुपर्छ।

तिमी बच्चाहरूले गीत वा कविता आदि सुनायौ भने बाबा भन्नुहुन्छ– यी भक्तिमार्गका कुरा हुन्। भन्छन् पनि– शान्ति देवा, त्यो त परमात्मालाई नै याद गर्छन्, कृष्णलाई होइन। ड्रामा अनुसार आत्मा अशान्त भएको छ, त्यसैले बाबालाई पुकार्छन् किनकि शान्ति, सुख, ज्ञानका सागर उहाँ हुनुहुन्छ। ज्ञान र योग मुख्य दुई चीज छन्, योग अर्थात् याद। उनीहरूको हठयोग बिल्कुलै अलग छ। तिम्रो हो राजयोग। केवल बाबालाई याद गर्नु छ। बाबाद्वारा तिमीले बाबालाई जान्नाले सृष्टिको आदि, मध्य, अन्त्यलाई जानेका छौ। तिमीलाई सबैभन्दा खुसी त हामीलाई भगवानले पढाउनु हुन्छ भन्नेमा छ। सबैभन्दा पहिला भगवानको पूरा परिचय हुनुपर्छ। यस्तो त कहिल्यै पनि जानेनौ– जसरी आत्मा तारा जस्तो छ, त्यसैगरी भगवान पनि तारा जस्तै हुनुहुन्छ। उहाँ पनि आत्मा हुनुहुन्छ। तर उहाँलाई परम आत्मा, सुप्रीम सोल भनिन्छ। उहाँले त कहिल्यै पनि पुनर्जन्म लिनुहुन्न। यस्तो होइन, उहाँ जन्म मरणमा आउनु हुन्छ। होइन, उहाँले पुनर्जन्म लिनुहुन्न। स्वयं आएर उहाँ कसरी आउनुहुन्छ यो सम्झाउनु हुन्छ। त्रिमूर्तिको गायन पनि यहाँ नै छ। त्रिमूर्ति ब्रह्मा-विष्णु-शङ्करको चित्र पनि देखाउँछन्। शिव परमात्माय नम: भन्छन् नि। उहाँ उच्च भन्दा उच्च बाबालाई भुलेका छन्, केवल त्रिमूर्तिको चित्र देखाएका छन्। माथि शिव त अवश्य हुनुपर्छ, जसबाट यो सम्झिन्छन्– यिनका रचयिता शिव हुनुहुन्छ। रचनाबाट कहिल्यै पनि वर्सा मिल्न सक्दैन। तिमीलाई थाहा छ– ब्रह्माबाट केही पनि वर्सा मिल्दैन। विष्णुको त हीरा जुहारतको ताज छ नि। शिवबाबाद्वारा फेरि कौडीबाट हीरा बनेका छन्। शिवको चित्र नहुनाले सारा खण्डन हुन्छ। उच्च भन्दा उच्च हुनुहुन्छ परमपिता परमात्मा, उहाँको यो रचना हो। अहिले तिमी बच्चाहरूलाई बाबाबाट २१ जन्मको लागि स्वर्गको वर्सा मिल्छ । त्यहाँ त सम्झन्छन्– लौकिक पिताबाट वर्सा मिलेको हो। त्यहाँ यो बेहदका बाबाबाट पाएको प्रारब्ध हो भन्ने थाहा हुँदैन। यो कुरा तिमीलाई अहिले थाहा हुन्छ। अहिलेको कमाइ त्यहाँ २१ जन्म चल्छ। त्यहाँ यो थाहा हुँदैन, यस ज्ञानको बारेमा बिल्कुलै थाहा हुँदैन। यो ज्ञान न देवताहरूमा हुन्छ, न शूद्रहरूमा हुन्छ। यो ज्ञान छ नै तिमी ब्राह्मणहरूमा। यो हो रूहानी ज्ञान, अध्यात्मको अर्थ पनि जानेका छैनन्। डाक्टर अफ फिलोसफी भन्छन्। डाक्टर अफ स्प्रीचुअल नलेज एक बाबा नै हुनुहुन्छ। बाबालाई सर्जन पनि भनिन्छ नि। साधुसंन्यासी आदि कुनै सर्जन कहाँ हुन् र! वेद-शास्त्र आदि पढ्नेलाई डाक्टर कहाँ भनिन्छ र! दिन त उपाधि पनि दिन्छन् तर वास्तवमा रूहानी सर्जन हुनुहुन्छ एक बाबा, जसले आत्माहरूलाई इन्जेक्सन लगाउनु हुन्छ। त्यो हो भक्ति। उनीहरूलाई भन्नुपर्छ– डाक्टर अफ भक्ति अथवा शास्त्रको ज्ञान दिन्छन्। त्यसबाट केही पनि फाइदा हुँदैन, तल गिर्दै आउँछन्। त्यसैले उनीहरूलाई डाक्टर कसरी भन्न सकिन्छ? डाक्टरले त फाइदा पुर्याउँछन् नि। उहाँ बाबा त हुनुहुन्छ अविनाशी ज्ञान सर्जन। योगबलले तिमी एवर हेल्दी बन्छौ। यो त तिमी बच्चाहरूले नै जानेका छौ। बाहिरकाले के जान्ने। उहाँलाई अविनाशी सर्जन भनिन्छ। आत्माहरूमा जुन विकारको मैला परेको छ, त्यसलाई निकाल्नु, पतितलाई पावन बनाएर सद्गति दिनु– यो शक्ति बाबामा छ। सर्वशक्तिमान् एक बाबा हुनुहुन्छ। सर्वशक्तिमान् कुनै मनुष्यलाई भन्न सकिँदैन। अनि, बाबाले कुनचाहिँ शक्ति देखाउनु हुन्छ? सबैलाई आफ्नो शक्तिले सद्गति दिनुहुन्छ। उहाँलाई भनिन्छ डाक्टर अफ स्प्रिचुअल नलेज। डाक्टर अफ फिलोसफी त धेरै मनुष्य छन्। आध्यात्मिक डाक्टर एक हुनुहुन्छ। अहिले बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर र पवित्र बन। म आएको छु नै पवित्र दुनियाँको स्थापना गर्न, फेरि तिमी पतित किन बन्छौ? पावन बन, पतित नबन। सबै आत्माहरूलाई बाबाको निर्देशन छ– गृहस्थ व्यवहारमा रहेरै कमल फूल समान पवित्र बन। बाल ब्रह्मचारी बन्यौ भने पवित्र दुनियाँको मालिक बन्छौ। यतिका जन्म जुन पाप गरेका छौ, अब मलाई याद गर्यौ भने त्यो पाप भस्म हुन्छ। मूलवतनमा पवित्र आत्माहरू नै रहन्छन्। पतित कोही जान सक्दैन। बुद्धिमा यो त याद राख्नु नै छ– बाबाले हामीलाई पढाउनु हुन्छ। विद्यार्थीले यस्तो कहाँ भन्छन् र– मलाई शिक्षकलाई याद गर्न सिकाउनुहोस्। याद गर्न सिकाउनु पर्ने के आवश्यकता छ। यहाँ (संदलीमा) कोही नबसे पनि केही फरक पर्दैन। आफ्नो बाबालाई याद गर्नु छ। तिमी सारा दिन कामधन्दा आदिमा रहन्छौ, त्यसैले भुलिहाल्छौ, त्यसैले १०-१५ मिनेट भए पनि याद गरुन् भनेर यहाँ बसाइन्छ। तिमी बच्चाहरूले त कामकाज गर्दा यादमा रहने बानी बसाल्नु छ। आधाकल्प पछि प्रियतम मिल्नुहुन्छ। अब भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो आत्माबाट मैला निस्किन्छ र तिमी विश्वको मालिक बन्छौ। त्यसैले किन याद नगर्ने? विवाह हुँदा लगनगाँठो बाँध्दा स्त्रीलाई भन्छन्– पति तिम्रो गुरु, ईश्वर सबै हुनुहुन्छ। तर उनले त फेरि पनि मित्र, सम्बन्धी, गुरु आदि धेरैलाई याद गर्छिन्। त्यो त देहधारीको याद भयो। उहाँ त पतिको पनि पति हुनुहुन्छ, उहाँलाई याद गर्नु छ। कसैले भन्छन्– हामीलाई नेष्ठामा बसाउनुहोस्। तर यसबाट के हुन्छ। १० मिनेट यहाँ बसे भने पनि यस्तो नसम्झ कोही एकरस भएर बस्छन्। भक्तिमार्गमा कसैको पूजा गर्न बसे भने बुद्धि धेरै भड्किरहन्छ। नवधा भक्ति गर्नेलाई यही आस लागिरहन्छ– मलाई साक्षात्कार होस्। उनीहरू आशा राखेर बसिरहन्छन्। एकको लगनमा लभलीन हुन्छन्, तब साक्षात्कार हुन्छ। त्यसलाई भनिन्छ नवधा भक्ति। त्यो भक्ति यस्तो हुन्छ मानौं प्रियतमा-प्रियतम। खाँदा पिउँदा बुद्धिमा याद रहन्छ। उनीहरूमा विकारको कुरा हुँदैन, शरीरमा प्यार हुन्छ। एक-अर्कालाई नहेरी बस्न सक्दैनन्।

अब तिमी बच्चाहरूलाई बाबाले सम्झाउनु भएको छ– मलाई याद गर्नाले तिम्रो विकर्म विनाश हुन्छ। कसरी तिमीले ८४ जन्म लिएका छौ। बीजलाई याद गर्नाले सारा वृक्ष याद आउँछ। यो विविध धर्मको वृक्ष हो नि। यो केवल तिम्रो बुद्धिमा छ। भारतवर्ष गोल्डन एजमा थियो, अब आइरन एजमा छ। यी अङ्ग्रेजी शब्द राम्रा छन्, यसको अर्थ राम्रो निस्कन्छ। आत्मा सच्चा सुन बन्छ फेरि त्यसमा मैला पर्छ। अहिले बिल्कुलै झुटो भएको छ, यसलाई भनिन्छ आइरन एजेड। आत्माहरू आइरन एजेड हुनाले गहना पनि त्यस्तै भएका छन्। अहिले बाबा भन्नुहुन्छ– म पतित-पावन हुँ, म एकलाई याद गर। तिमीले मलाई बोलाउँछौ– हे पतित-पावन आउनुहोस्। म कल्प कल्प आएर तिमीलाई यो युक्ति बताउँछु। मनमनाभव, मध्याजी भव अर्थात् स्वर्गको मालिक बन। कसैले भन्छन्– हामीलाई योगमा धेरै मजा आउँछ, ज्ञानमा त्यति मजा आउँदैन। योग गरेर भाग्छन्। योग नै राम्रो लाग्छ, भन्छन्– हामीलाई शान्ति चाहिन्छ। ठीक छ, बाबालाई त जहाँसुकै बसेर पनि याद गर। याद गर्दा गर्दा तिमी शान्तिधाममा जान्छौ। यसमा योग सिकाउनु पर्ने कुरा नै छैन। बाबालाई याद गर्नु छ। यस्ता धेरै छन् जो सेन्टरमा गएर आधा घण्टा पौने घण्टा बस्छन्, भन्छन् हामीलाई नेष्ठा (योग) गराउनुहोस् कि सोध्छन् बाबाले नेष्ठाको प्रोग्राम दिनु भएको छ? यहाँ बाबा भन्नुहुन्छ– हिँड्दा-डुल्दा यादमा रहने गर। कत्ति पनि नहुनु भन्दा त बस्नु राम्रो हो। बाबाले मनाही गर्नु हुन्न, रातभरि बस, तर यस्तो राती मात्रै याद गर्ने बानी बसाल्नु हुँदैन। कामकाज गर्दा पनि याद गर्ने बानी बसाल्नु छ। यसमा धेरै मेहनत छ। बुद्धि घरी घरी अरूतर्फ भाग्छ। भक्ति मार्गमा पनि बुद्धि भाग्छ फेरि आफूलाई चिमोट्छन्। जो सच्चा भक्त हुन्छन्, उनीहरूको कुरा गरिन्छ। त्यसैले यहाँ पनि आफैसँग यस प्रकारसँग कुरा गर्नुपर्छ। बाबालाई किन याद गरिनँ? याद गरेनौ भने विश्वको मालिक कसरी बन्छौ? प्रेमी-प्रेमिका त नाम-रूपमा फसिरहन्छन्। यहाँ त तिमीले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्छौ। हामी आत्माहरू यस शरीरदेखि अलग छौं। शरीरमा हुनाले कर्म गर्नुपर्छ। धेरै यस्ता पनि छन् जसले मलाई साक्षात्कार होस् भन्ने चाहन्छन्। अब के को साक्षात्कार गर्ने? उहाँ त बिन्दु हुनुहुन्छ। कसैले भन्छन् श्रीकृष्णको साक्षात्कार गरौं। श्रीकृष्णको त चित्र पनि छ नि। जुन जड छ त्यसलाई फेरि चैतन्यमा देख्छन्, यसबाट के फाइदा भयो? साक्षात्कारले कहाँ फाइदा हुन्छ र! तिमीले बाबालाई याद गर्यौ भने आत्मा पवित्र बन्छ। नारायणको साक्षात्कार हुनाले नारायण कहाँ बनिन्छ र!

तिमीलाई थाहा छ– हाम्रो लक्ष्य हो नै लक्ष्मी-नारायण बन्ने तर बिना पढाइ कहाँ बन्न सक्छौ? पढेर होसियार बन, प्रजा पनि बनाऊ तब लक्ष्मी-नारायण बन्छौ। यसमा मेहनत छ। सम्मान सहित पास हुनुपर्छ जसबाट धर्मराजको सजाय मिल्दैन। यी अनन्य (मुरब्बी) बच्चा पनि साथमा छन्, यिनले पनि भन्छन् तिमी तीक्ष्ण जान सक्छौ। बाबामाथि त कति बोझ छ। सारा दिन कति ख्याल गर्नुपर्छ। मैले यति याद गर्न सक्दिन। भोजन गर्दा अलिकति याद रहन्छ अनि फेरि भुलिहाल्छु। सम्झन्छु बाबा र म दुवैले सैर गर्छौं। सैर गर्दा गर्दै बाबालाई भुलिहाल्छु। बाबाको याद चिप्लिने कुरा हो नि। घरी घरी याद चिप्लिहाल्छ। यसमा धेरै मेहनत छ। यादले नै आत्मा पवित्र हुनु छ। धेरैलाई पढायौ भने उच्च पद पाउने छौ। जसले राम्रो बुझ्छ उसले राम्रो पद पाउँछ। प्रदर्शनीमा कति प्रजा बन्छन्। तिमी हरेकले लाखौंको सेवा गर्छौ र फेरि आफ्नो अवस्था पनि त्यस्तै चाहिन्छ। कर्मातीत अवस्था भएपछि फेरि शरीर पनि रहने छैन। पछि गएर तिमीले जान्दछौ– अब लडाइँ बढ्छ अनि फेरि तिम्रो पासमा धेरै आउने छन्। महिमा बढ्दै जान्छ। अन्त्यमा संन्यासी पनि आउने छन्, बाबालाई याद गर्न थाल्नेछन्। उनीहरूको पार्ट नै मुक्तिधाममा जाने छ। ज्ञान त लिने छैनन्। तिम्रो सन्देश सबै आत्माहरूलाई पुग्नु छ, अखबारद्वारा धेरैले सुन्छन्। कति गाउँहरू छन् सबैलाई सन्देश दिनु छ। मेसेन्जर, पैगम्बर तिमीहरू नै हौ। पतितबाट पावन बनाउनेवाला बाबा बाहेक अरू कोही छैन। धर्म स्थापकले कसैलाई पावन बनाउँछन्, यस्तो होइन। उनीहरूको धर्मको त वृद्धि हुनु छ, उनीहरूले फर्किएर जाने मार्ग कसरी बताउन सक्छन्? सर्वका सद्गतिदाता एक हुनुहुन्छ। तिमी बच्चाहरू अब पवित्र अवश्य बन्नु छ। धेरै छन् जो पवित्र रहँदैनन्। काम महाशत्रु हो नि। राम्रा राम्रा बच्चाहरू गिर्न पुग्छन्, कुदृष्टि पनि कामको नै अंश हो। यो ठुलो सैतान हो। बाबा भन्नुहुन्छ– यसमाथि विजय पायौ भने जगतजित बन्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कामकाज गर्दा यादमा रहने बानी बसाल्नु छ। बाबाको साथमा जान वा पावन नयाँ दुनियाँको मालिक बन्नको लागि पवित्र अवश्य बन्नु छ।

२) उच्च पद पाउनको लागि धेरैको सेवा गर्नु छ। धेरैलाई पढाउनु छ। सन्देशवाहक बनेर यो सन्देश सबैकहाँ पुर्याउनु छ।

वरदान:–
स्नेहको गोदमा आन्तरिक सुख र सर्व शक्तिहरूको अनुभव गर्ने यथार्थ पुरुषार्थी भव

जो यथार्थ पुरुषार्थी छन् उनले कहिल्यै मेहनत वा थकाइको अनुभव गर्दैनन्, सदा स्नेहमा मस्त रहन्छन्। उनीहरू सङ्कल्पबाट पनि समर्पित हुनाले अनुभव गर्छन्– हामीलाई बापदादाले चलाइरहनु भएको छ। मेहनतको पाउबाट होइन तर स्नेहको गोदमा चलिरहेका छौं, स्नेहको गोदमा सर्व प्राप्तिहरूको अनुभूति हुनाले उनीहरू हिँड्दैनन्, सदा खुसीमा, आन्तरिक सुखमा, सर्व शक्तिहरूको अनुभवमा उडिरहन्छन्।

स्लोगन:–
निश्चयरूपी फाउण्डेसन पक्का छ भने श्रेष्ठ जीवनको अनुभव स्वत: हुन्छ।