07.03.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यो अनादि
अविनाशी ब नि बनाऊ ड्रामा हो , यसमा जुन दृश्य बित्यो , त्यो फेरि कल्पपछि मात्र
दोहोरिन्छ , त्यसैले सदा निश्चिन्त होऊ।”
प्रश्न:–
यो दुनियाँ
आफ्नो तमोप्रधान अवस्थामा पुगेको छ, त्यसका निसानी के हुन्?
उत्तर:–
दिनप्रतिदिन
उपद्रव भइरहन्छ, कति घमासान भइरहेको छ। चोरहरूले कसरी मारपिट गरेर लुटेर लैजान्छन्।
विना मौसम बर्सात हुन्छ। कति नोक्सान हुन्छ। यी सबै तमोप्रधानताका निसानी हुन्।
तमोप्रधान प्रकृतिले दु:ख दिइरहन्छ। तिमी बच्चाहरूले ड्रामाको रहस्यलाई जानेका छौ,
त्यसैले भन्छौ नयाँ केही पनि होइन।
ओम् शान्ति ।
अहिले तिमी
बच्चाहरूमाथि ज्ञानको वर्षा भइरहेको छ। तिमी हौ सङ्गमयुगी र बाँकी जति पनि मनुष्य
छन् ती सबै हुन् कलियुगी। यस समयमा दुनियाँमा अनेक मतमतान्तर छन्। तिमी बच्चाहरूको
त एक मत छ। भगवानबाट नै एक मत मिल्छ। ती व्यक्तिहरूले भक्तिमार्गमा जप-तप-तीर्थ आदि
जे गर्छन् तिनले सम्झन्छन्– यी सबै भगवानसँग मिल्ने मार्ग हुन्। उनीहरूले भन्छन्–
भक्तिपछि नै भगवान मिल्नुहुन्छ। तर भक्ति कहिले सुरुहुन्छ र कहिलेसम्म चल्छ, यो कुरा
उनीहरूलाई थाहा छैन। केवल भन्छन्– भक्तिबाट भगवान मिल्छ, त्यसैले अनेक प्रकारका
भक्ति गर्दै आएका छन्। यो पनि स्वयं जान्दछन्– परम्परादेखि नै हामीले भक्ति गर्दै
आएका हौं। एक दिन भगवान अवश्य मिल्नुहुनेछ। कुनै न कुनै रूपमा भगवान मिल्नुहुन्छ।
के गर्नुहुन्छ? अवश्य सद्गति गर्नुहुन्छ किनकि उहाँ हुनुहुन्छ नै सर्वका सद्गतिदाता।
भगवान को हुनुहुन्छ, कहिले आउनुहुन्छ– यो पनि जानेका छैनन्। भिन्न भिन्न प्रकारले
महिमा र गायन गर्छन्। भन्छन्– भगवान पतित-पावन हुनुहुन्छ, ज्ञानका सागर हुनुहुन्छ।
ज्ञानबाट सद्गति हुन्छ। यो पनि जानेका छन्– भगवान निराकार हुनुहुन्छ। जसरी हामी
आत्मा पनि निराकार हौं, पछि शरीर लिन्छौं। हामी आत्माहरू पनि बाबाको साथ परमधाममा
रहन्छौं। हामी यहाँका निवासी होइनौं। कहाँका निवासी हौं, यो पनि यथार्थ रूपले
बताउँदैनन्। कसैले त सम्झन्छन्– हामी स्वर्गमा जान्छौं। तर सीधै त स्वर्गमा कोही पनि
जाँदैनन्। कसैले फेरि भन्छन्– ज्योति ज्योतिमा समाहित हुन्छौं। यो पनि गलत हो।
आत्मालाई नै विनाशी बनाइदिन्छन्। मोक्ष पनि हुनसक्दैन। जब कि भन्छन् पनि– बनीबनाऊ....
यो चक्र घुमिरहन्छ। इतिहास-भूगोल दोहोरिन्छ। तर चक्र कसरी घुम्छ, यो जानेका छैनन्।
न चक्रलाई जानेका छन्, न ईश्वरलाई चिनेका छन्। भक्तिमार्गमा कति भट्किन्छन्। भगवान
को हुनुहुन्छ, यो तिमीले नै बुझेका छौ। भगवानलाई बाबा पनि भन्छन् भने बुद्धिमा याद
आउनुपर्छ नि। लौकिक पिता त छन् तर पनि हामीले उहाँलाई याद गर्छौं। त्यसैले दुई पिता
भए– लौकिक र पारलौकिक। उहाँ पारलौकिक बाबासँग मिल्नको लागि यति धेरै भक्ति गर्छन्।
उहाँ परलोकमा रहनुहुन्छ। निराकार दुनियाँ पनि अवश्य छ।
तिमीले राम्ररी बुझेका
छौ– मानिसहरूले जति पनि कार्य गर्छन् त्यो सबै हो भक्तिमार्ग। रावण राज्यमा भक्ति
हुँदै आएको छ। ज्ञान हुनसक्दैन। भक्तिबाट कहिल्यै सद्गति हुनसक्दैन। सद्गति गर्ने
बाबालाई याद गरे भने अवश्य उहाँले कुनै समयमा आएर सद्गति गर्नुभएको थियो। तिमीलाई
थाहा छ– यो बिलकुल तमोप्रधान दुनियाँ हो। सतोप्रधान थियो अहिले तमोप्रधान छ, यहाँ
कति उपद्रव भइरहन्छ। धेरै घमासान भइरहेको छ। चोरले पनि लुटिरहन्छन्। कसरी कसरी
मारपिट गरेर चोरले पैसा लुटेर लैजान्छन्। यस्ता यस्ता औषधी पनि छन् जसलाई सुँघाएर
बेहोश पारिदिन्छन्। यो हो रावण राज्य। यो धेरै ठुलो बेहदको खेल हो। यसलाई पूरा
घुम्न ५ हजार वर्ष लाग्छ। खेल पनि ड्रामा जस्तै छ। नाटक भनिँदैन। नाटकमा त मानौं
कोही कलाकार बिमारी भयो भने साटफेर गर्छन्। यसमा त यो कुरा हुनसक्दैन। यो त अनादि
ड्रामा हो नि। मानौं कोही बिमारी भयो भने भनिन्छ यस्तो बिमारी हुने पनि ड्रामामा
पार्ट छ। यो अनादि बनीबनाऊ छ। अरू कसैलाई तिमीले ड्रामा भन्यौ भने त अलमलिन्छन्।
तिमीलाई थाहा छ– यो बेहदको ड्रामा हो। कल्पपछि पनि यिनै कलाकार हुन्छन्। जसरी अहिले
बर्सात आदि पर्छ, कल्पपछि फेरि पनि यस्तै पर्नेछ। यही उपद्रव हुन्छ। तिमी
बच्चाहरूलाई थाहा छ– ज्ञानको बर्सात त सबैमा पर्नसक्दैन, तर यो आवाज त सबैको
कानसम्म अवश्य जान्छ– ज्ञानसागर भगवान आउनुभएको छ। तिम्रो मुख्य हो योग। ज्ञान पनि
तिमीले सुन्छौ, बाँकी बर्सात त सारा दुनियाँमा पर्छ। तिम्रो योगबाट स्थायी शान्ति
हुन्छ। तिमीहरूले सबैलाई सुनाउँछौ– स्वर्गको स्थापना गर्न भगवान आउनुभएको छ, तर
यस्ता पनि धेरै छन्, जसले आफूलाई भगवान सम्झन्छन्। तिमीलाई फेरि कसले मान्छन्।
त्यसैले बाबाले सम्झाउनुहुन्छ– करोडौंमा कोही निस्किन्छन्। तिमीहरूमा पनि नम्बरवारले
मात्रै बुझेका छौ– भगवान बाबा आउनुभएको छ। बाबाबाट त वर्सा लिनुपर्छ नि। कसरी
बाबालाई याद गर्नसकिन्छ, त्यो पनि सम्झाइएको छ। आफूलाई आत्मा सम्झ। मनुष्य त देह
अभिमानी बनेका छन्। बाबा भन्नुहुन्छ– म आउँछु नै तब, जब सबै मनुष्य आत्माहरू पतित
बन्छन्। तिमी कति तमोप्रधान बनेका छौ। अब म आएको छु तिमीलाई सतोप्रधान बनाउन। कल्प
पहिला पनि मैले तिमीलाई यसरी नै सम्झाएको थिएँ। तिमी तमोप्रधानबाट सतोप्रधान कसरी
बन्छौ? केवल मलाई याद गर। म आएको छु तिमीलाई आफ्नो र रचनाको परिचय दिन। उहाँ
पितालाई त सबैले याद गर्छन् नै रावण राज्यमा। आत्माले आफ्नो पितालाई याद गर्छ। बाबा
हुनुहुन्छ नै अशरीरी। बिन्दु हुनुहुन्छ नि। फेरि उहाँको नाम राखिएको छ। तिमीहरूलाई
भनिन्छ शालिग्राम र बाबालाई भनिन्छ शिव। तिमी बच्चाहरूको शरीरको नाम राखिन्छ। बाबा
त हुनुहुन्छ नै परम आत्मा। उहाँले त शरीर लिनुपर्दैन। उहाँ यिनमा प्रवेश गर्नुभएको
छ। यो ब्रह्माको तन हो, यिनलाई शिव भनिँदैन। आत्मा नाम त तिम्रो छँदै छ, फेरि तिमी
शरीरमा आउँछौ। उहाँ परम आत्मा हुनुहुन्छ सबै आत्माहरूका पिता। त्यसैले सबैका दुई
पिता भए। एक निराकारी, अर्को साकारी। यिनलाई फेरि अलौकिक अनौठो बाबा भनिन्छ। कति
धेरै बच्चाहरू छन्। मनुष्यको समझमा यो कुरा आउँदैन– प्रजापिता
ब्रह्माकुमार-कुमारीहरू यति धेरै छन्, यी के हुन्। यो कुन प्रकारको धर्म हो।
बुझ्नसक्दैनन्। तिमीलाई थाहा छ– यी कुमार-कुमारी प्रवृत्ति मार्गका शब्द हुन् नि।
माता, पिता, कुमारी र कुमार। भक्तिमार्गमा तिमीले याद गर्छौ– तिमी माता-पिता....
अहिले तिमीलाई माता-पिता मिल्नुभएको छ, तिमीलाई एडप्ट गर्नुभएको छ। सत्ययुगमा गोद
लिइँदैन। त्यहाँ एडप्सनको नाम नै हुँदैन। यहाँ फेरि पनि नाम छ। उहाँ हुनुहुन्छ हदका
पिता, यहाँ हुनुहुन्छ बेहदका बाबा। यो बेहदको एडप्सन हो। यो धेरै गहन बुझ्नुपर्ने
रहस्य हो। तिमीहरूले पूरा कसैलाई पनि बुझाउँदैनौ। पहिला सुरुमा कोही भित्र आउँछन् र
भन्छन् गुरुको दर्शन गर्न आएका हौं। तिमीले भन– यो कुनै मन्दिर होइन। बोर्डमा
हेर्नुहोस् के लेखिएको छ। ब्रह्माकुमार-कुमारीहरू धेरै छन्। यी सबै प्रजापिताका
सन्तान हुन्। प्रजा त तपाईँ पनि हुनुहुन्छ। भगवानले सृष्टि रच्नुहुन्छ, ब्रह्मामुख
कमलद्वारा हामीलाई रच्नुभएको छ। हामी हौं नै नयाँ सृष्टिका, तपाईँहुनुहुन्छ पुरानो
सृष्टिको। नयाँ सृष्टिको बनिन्छ नै सङ्गम युगमा। यो हो पुरुषोत्तम बन्ने युग।
तिमीहरू सङ्गमयुगमा आइपुगेका छौ, तिनीहरू कलियुगमा छन्, मानौं विभाजन भएको छ। आजकाल
त हेर कति विभाजन भएको छ। हरेक धर्मकाले सम्झन्छन्– हामी आफ्ना प्रजाहरूलाई
सम्हाल्छौं, आफ्नो धर्मलाई, साथीहरूलाई सुखी राख्छौं। त्यसैले हरेकले भन्छन्– हाम्रो
राज्यबाट यो चीज बाहिर नजाओस्। पहिला त सारा प्रजामाथि राजाको हुकुम चल्थ्यो।
राजालाई माता, पिता, अन्नदाता भन्थे। अहिले त राजा-रानी कोही छैनन्। बेग्लाबेग्लै
टुक्रा भएका छन्। कति उपद्रव भइरहन्छन्। अचानक बाढी आउँछ, भुकम्प गइरहन्छ, यी सबै
हुन् दु:खद् मृत्यु।
अहिले तिमी
ब्राह्मणहरूले जान्दछौ– हामी सबै आपसमा भाइ भाइ हौं। त्यसैले हामी धेरै प्यारले
आपसमा मिलेर रहनु छ। हामी एक बाबाका सन्तान हौं, त्यसैले आपसमा धेरै प्यार हुनुपर्छ।
रामराज्यमा बाघ र बाख्रा जो एकदम पक्का दुस्मन हुन् तिनले पनि सँगसँगै पानी पिउँथे।
यहाँ त हेर घर घरमा कति झगडा छ। राष्ट्र राष्ट्रको झगडाले आपसमा नै फुट पर्छ। अनेक
मतहरू छन्। अहिले तिमीलाई थाहा छ– हामीले अनेकौं पटक बाबाबाट वर्सा लिएका हौं र फेरि
गुमाएका हौं अर्थात् रावणमाथि विजय पाउँछौं र फेरि हार्छौं। एक बाबाको श्रीमतबाट
हामी विश्वको मालिक बन्छौं, त्यसैले उहाँलाई सबैभन्दा उच्च भगवान भनिन्छ। सर्वका
दु:खहर्ता, सुखकर्ता भनिन्छ। अहिले तिमीलाई सुखको मार्ग बताइरहनुभएको छ। तिमी
बच्चाहरू आपसमा मिलेर रहनुपर्छ। दुनियाँमा आपसमा मतभेद छ। एक अर्कालाई मार्न पनि पछि
पर्दैनन्। तिमी ईश्वरीय सन्तान त क्षीरखण्ड हुनुपर्छ। तिमी ईश्वरीय सन्तान देवताहरू
भन्दा पनि उच्च भयौ। तिमी बाबाका कति मदतगार बन्छौ। पुरुषोत्तम बनाउने मदतगार हौ,
त्यसैले यो मनमा आउनुपर्छ– हामी पुरुषोत्तम हौं, के मभित्र त्यो दैवी गुण छ? आसुरी
अवगुण छ भने ऊ फेरि बाबाको बच्चा कहलाउन सक्दैन। त्यसैले भनिन्छ सद्गुरुका निन्दकले
स्थान पाउँदैनन्। ती कलियुगी गुरुहरूले फेरि आफूलाई भनेर मनुष्यहरूलाई डर देखाउँछन्।
बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– सपुत बच्चाहरू ती हुन् जसले बाबाको नाम प्रसिद्ध
गर्छन्, क्षीरखण्ड भएर रहन्छन्। बाबा सदा भन्नुहुन्छ क्षीरखण्ड बन। मतभेदमा आएर
आपसमा लडाइँ-झगडा नगर। तिमीहरू यहाँ क्षीरखण्ड बन्नु छ। आपसमा धेरै प्रेम हुनुपर्छ
किनकि तिमी ईश्वरीय सन्तान हौ नि। ईश्वर अति प्यारा हुनुहुन्छ तब त उहाँलाई सबैले
याद गर्छन्। त्यसैले तिम्रो आपसमा धेरै प्रेम हुनुपर्छ। नत्र बाबाको इज्जत गुमाउँछौ।
ईश्वरका बच्चाहरू आपसमा मतभेदमा कसरी हुनसक्छन्, फेरि पद कसरी पाउनसक्छन्? बाबा
सम्झाउनुहुन्छ– आपसमा क्षीरखण्ड भएर बस। मतभेदमा आयौ भने केही पनि धारणा हुँदैन। यदि
बाबाको निर्देशनमा चलेनौ भने फेरि उच्च पद कसरी पाउँछौ? देह अभिमानमा आउनाले नै फेरि
आपसमा लड्छन्। देहीअभिमानी भएमा केही पनि खिटपिट हुँदैन। ईश्वर बाबा मिल्नुभएको छ
त्यसैले फेरि दैवीगुण पनि धारण गर्नु छ। आत्मा, बाबा जस्तो बन्नुपर्छ। जसरी बाबामा
पवित्रता, सुख, प्रेम आदि सबै छन्, तिमीहरू पनि त्यस्तै बन्नुपर्छ। नत्र उच्च पद
पाउनसक्दैनौ। पढेर बाबाबाट उच्च वर्सा प्राप्त गर्नु छ, जसले धेरैको कल्याण गर्छन्,
उनै राजा-रानी बन्नसक्छन्। बाँकी गएर दास-दासी बन्छन्। बुझ्न त सक्छौ नि– को को के
बन्छन्? पढ्नेवाला स्वयंले पनि बुझ्नसक्छ– यस हिसाबबाट मैले बाबाको नाम कति
प्रख्यात गर्नसक्छु? ईश्वरका बच्चाहरू त मोस्ट लभली हुनुपर्छ। जसलाई कसैले पनि
देखेर खुसी होऊन्। बाबालाई पनि उनै प्रिय लाग्छन्। पहिला घरलाई त सुधार। पहिला
घरलाई फेरि परलाई सुधार्नु छ। गृहस्थ व्यवहारमा कमल फूलसमान पवित्र र क्षीरखण्ड भएर
बस। कसैले पनि देख्यो भने भनुन्– ओहो! यहाँ त स्वर्ग छ। अज्ञान कालमा पनि बाबा
स्वयंले यस्ता घर देखेका छन्। ६-७ बच्चाहरू विवाह गरेर पनि सबै सँगसँगै रहन्छन्। सबै
बिहानै उठेर भक्ति गर्छन्। घरमा एकदम शान्ति हुन्छ। यो त तिम्रो ईश्वरीय कुटुम्ब
हो। हंस र बकुल्ला त सँगसँगै रहनसक्दैनन्। तिमी त हंस बन्नु छ। मतभेद भयो भने बाबा
खुसी हुनुहुन्न। बाबा भन्नुहुन्छ– तिमीले कति नाम बदनाम गर्छौ। यदि मिलेर बसैनौ भने
स्वर्गमा उच्च पद पाउनसक्दैनौ, धेरै सजाय खान्छौ। बाबाका बनेर फेरि यदि मतभेदमा
रहन्छौ भने सय गुणा सजाय खान्छौ। फेरि तिमीलाई साक्षात्कार पनि भइरहन्छ मैले के पद
पाउने छु? अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदा ध्यानमा रहोस्– हामी ईश्वरका सन्तान हौं, हामी प्रेमसँग रहनुपर्छ। आपसमा
कहिल्यै पनि मतभेदमा आउनुछैन। पहिला आफूलाई सुधार्नु छ, फेरि अरूलाई सुधार्ने शिक्षा
दिनु छ।
२) जसरी बाबामा
पवित्रता, सुख, प्रेम आदि सबै गुण छन् त्यसैगरी बाबासमान बन्नु छ। यस्तो कुनै कर्म
गर्नुछैन, जसले सद्गुरुको निन्दक बनियोस्। आफ्नो चालचलनबाट बाबाको नाम प्रसिद्ध
गर्नु छ।
वरदान:–
बाबा र
प्राप्तिको स्मृतिबाट सदा हिम्मत र उल्लासमा रहने एकरस अचल भव
बाबाबाट जन्मदेखि नै
जुन प्राप्ति भएको छ त्यसको लिस्ट सदा सामुन्ने राख। प्राप्ति अटल, अचल छ भने
हिम्मत र उल्लास पनि अचल हुनुपर्छ। अचलको सट्टा यदि मन कहिल्यै चञ्चल हुन्छ वा
स्थिति चञ्चलतामा आउँछ भने त्यसको कारण हो बाबा र प्राप्तिलाई सदा सामुन्ने राख्दैनौ।
सर्व प्राप्तिहरूको अनुभव सदा सामुन्ने वा स्मृतिमा रह्यो भने सबै विघ्न खतम हुन्छन्।
सदा नयाँ उमङ्ग, नयाँ उल्लास हुन्छ। स्थिति एकरस र अचल हुन्छ।
स्लोगन:–
कुनै प्रकारको
सेवामा सदा सन्तुष्ट रहनु नै राम्रो अङ्क ल्याउनु हो।