07.03.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
यस समय मा बाबासँग सेवामा मदतगार बनेका छौ त्यसैले तिम्रो सिमरण हुन्छ , पूजन ह
ुँदै न , किनकि तिम्रो शरीर अपवित्र छ।”
प्रश्न:–
कुन नसा तिमी
बच्चाहरूको बुद्धिमा निरन्तर रहनुपर्छ?
उत्तर:–
हामी शिवबाबाका
बच्चा हौँ, उहाँबाट राजयोग सिकेर स्वर्गको राज्य भाग्यको वर्सा लिन्छौँ, यो नसा
तिमीलाई निरन्तर रहनुपर्छ। विश्वको मालिक बन्नुछ भने धेरै होसियारीले पढ्नु र
पढाउनुछ। कहिल्यै पनि बाबाको निन्दा गराउनुहुँदैन। कसैसँग पनि लडाइँ झगडा
गर्नुहुँदैन। तिमी कौडीबाट हीराजस्तो बन्ने हो भने राम्रोसँग धारणा गर्नुछ।
गीत:–
जो पिया के
साथ है...
ओम् शान्ति ।
बच्चाहरूले
बुझ्यौ। जो बाबासँग छन्, उनीहरू बापदादाको साथमा छन्। अहिले त डबल हुनुहुन्छ नि। यो
राम्रोसँग सम्झाइन्छ– ब्रह्माद्वारा परमपिता परमात्मा शिवले स्थापना कसरी
गर्नुहुन्छ? त्यो त जान्दैनन्। तिमी बच्चाहरूले नै जान्दछौ– उहाँको आफ्नो शरीर छैन।
श्रीकृष्णको त आफ्नो शरीर छ। यस्तो त भन्न सकिँदैन– परमात्माले श्रीकृष्णको
शरीरद्वारा... होइन। कृष्ण त हुन् सत्ययुगका राजकुमार। परमपिता परमात्माले
ब्रह्माद्वारा स्थापना गराउनुहुन्छ भने अवश्य ब्रह्मामा प्रवेश गर्नुपर्छ। अरू कुनै
उपाय छैन। प्रेरणा आदिको कुरा होइन। बाबाले ब्रह्माद्वारा सबै सम्झाइदिनुहुन्छ।
विजयमाला जसलाई रुण्डमाला भनिन्छ, जुन मानिसले पुज्छन्, सिमरण गर्छन्। तिमी
बच्चाहरूले बुझेका छौ– रुद्रमाला त केवल सिमरण गरिन्छ। मेरु भनिन्छ ब्रह्मा
सरस्वतीलाई। बाँकी माला भयो बच्चाहरूको। विष्णुको माला त एउटै छ, पुजिन सक्छ। यस
समयमा तिमी पुरुषार्थी हौ। तिम्रो सिमरण हुन्छ अन्त्यमा। आत्माहरूको माला हो वा जीव
आत्माहरूको? प्रश्न उठ्छ नि। विष्णुको मालालाई त भनिन्छ चैतन्य जीव आत्माहरूको माला।
लक्ष्मी नारायण पुजिन्छन् नि किनकि उनीहरूका आत्मा र शरीर दुवै पवित्र हुन्छन्।
रुद्रमाला, त्यो त केवल आत्माहरूको हो किनकि शरीर त अपवित्र छ। त्यो त पुजिन सक्दैन।
आत्मा कसरी पुजिन्छ? तिमीले भन्छौ– रुद्रमाला पुजिन्छ। तर होइन, पुजिँदैन। जब नाम
नै हो सिमरनी। जति पनि दाना छन्, ती तिमी बच्चाहरूको सिमरण हुन्छ, जब शरीरमा हुन्छन्।
दाना त ब्राह्मणहरूका हुन्। सिमरण कसलाई गर्छन्? यो त कसैलाई थाहा छैन। यिनीहरू हुन्
ब्राह्मण जसले विश्वको सेवा गर्छन्। उनीहरूलाई याद गर्छन्। जगत अम्बा, देवीहरू आदि
धेरै छन्, उनीहरूलाई याद गर्नुपर्छ? पुज्नलायक लक्ष्मीनारायण बन्छन्। तिमी हुँदैनौ,
किनकि तिम्रो शरीर पतित छ। आत्मा पवित्र छ तर त्यो पुजिन सक्दैन, सिमरण गर्न सकिन्छ।
कसैले तिमीलाई सोध्यो भने बुझेको हुनुपर्छ। तिमी हौ ब्राह्मणीहरू। तिम्रो यादगार
देवीहरूको रूपमा छ। तिमी श्रीमतमा स्वयं पावन बन्छौ भने यो माला पहिला ब्राह्मणहरूको
सम्झिइन्छ, फेरि देवताहरूको। विचार सागर मन्थन गरेमा रिजल्ट निस्कन्छ। आत्माहरू
सालिग्राम रूपमा हुँदा पुजिन्छन्। शिवको पूजा हुन्छ र सालिग्रामको पनि हुन्छ किनकि
आत्मा पवित्र छ, शरीर छैन। सिमरण केवल तिम्रो गरिन्छ, किन? तिमीले शरीरको साथमा सेवा
गर्छौ। तिम्रो पूजा हुन सक्दैन, फेरि तिमीले शरीर छोडेपछि तिमी पनि शिवसँगै पुजिन्छौ।
विचार गरिन्छ नि। तिमी यस समयमा ब्राह्मण हौ। शिवबाबा पनि ब्रह्मामा आउनुहुन्छ
त्यसैले ब्रह्मा पनि साकारमा छन्। तिमीले मेहनत गर्छौ। यो माला मानौँ साकारी हो।
ब्रह्मा सरस्वती र तिमी ज्ञान गङ्गाहरू। तिमीले विश्वलाई स्वर्ग बनायौ, यो रुद्र
यज्ञ रच्यौ। जुन पूजा गर्छन्, त्यसमा केवल शिव र सालिग्राम हुन्छन्। त्यसमा ब्रह्मा
सरस्वतीको अथवा तिमी बच्चाहरूको नाम हुँदैन। यहाँ त सबैको नाम छ। तिम्रो सिमरण
गर्छन्। को को ज्ञान गङ्गाहरू थिए! उहाँ त हुनुहुन्छ ज्ञान सागर। यिनी हुन्
ब्रह्मपुत्रा ठुलो नदी। यिनी ब्रह्मा माता पनि हुन्। सागर एक हुनुहुन्छ, बाँकी
गङ्गाहरू त किसिम किसिमका अनेक प्रकारका हुन्छन्। नम्बरवार जसमा राम्रो ज्ञान छ,
उनीहरूलाई सरोवर भनिन्छ। महिमा पनि छ। भनिन्छ– मानसरोवरमा स्नान गरेमा परीजादा
बन्छन्। त्यसैले तिम्रो माला सिमरण गरिन्छ। सिमरनी (जपमाला) भनिन्छ नि। सिमरण गर,
उनीहरूले त केवल राम राम भन्छन्। तर तिमीलाई थाहा छ– सिमरण कसको हुन्छ? जसले धेरै
सेवा गर्छन्। पहिला त बाबा हुनुहुन्छ फूल, फेरि मेरु, जसले धेरै मेहनत गर्छन्, फेरि
रुद्रमाला सो विष्णुको माला बन्छ। तिम्रो केवल आत्मा पुजिन्छ। तिमी अब सिमरणलायक
छौ। सिमरनी तिम्रो हो। बाँकी पूजा हुन सक्दैन किनकि आत्मा पवित्र, शरीर अपवित्र छ।
अपवित्र चीज कहिल्यै पुजिँदैन। जब रुद्रमाला बन्नलायक बन्छौ, फेरि अन्त्यमा तिमी
शुद्ध बन्छौ। तिमीलाई साक्षात्कार हुन्छ– सम्मानसहित पास को को हुन्छन्। सेवा गरेमा
नाम धेरै चल्छ। थाहा हुँदैजान्छ– विजय मालामा नम्बरवार को को पर्छन्! यी कुरा धेरै
गहन छन्।
मानिसले त केवल राम
राम भन्छन्। क्रिस्चियनहरूले क्राइस्टलाई याद गर्छन्। माला कसको हुन्छ? भगवान् त एक
हुनुहुन्छ। बाँकी जो साथमा बसेका छन्, उनीहरूको माला बन्छ होला। यो मालालाई तिमीले
अहिले केवल बुझ्न सक्छौ। आफ्नो आदि सनातन देवीदेवता धर्मकाले नै बुझ्न सक्दैनन् भने
अरूले कसरी बुझ्छन्! सबैलाई पतितबाट पावन बनाउने त एक बाबा नै हुनुहुन्छ। क्राइस्टको
लागि यस्तो भनिँदैन– उनले पतितलाई पावन बनाउँछन्। उनी जन्ममरणमा आएर तल ओर्लिनु नै
छ। वास्तवमा उनलाई गुरु पनि भनिँदैन किनकि सर्वका सदगतिदाता एक बाबा नै हुनुहुन्छ।
त्यो त जब अन्त्य हुन्छ, वृक्ष जर्जर हुन्छ बाबा आएर सबैलाई सदगति दिनुहुन्छ। आत्मा
माथिबाट आउँछ धर्मको स्थापना गर्न। आत्मालाई त जन्ममरणमा आउनुछ। सदगुरु एउटै
हुनुहुन्छ। उहाँ सर्वका सदगतिदाता हुनुहुन्छ। सच्चा सदगुरु मानिस कोही हुन सक्दैन।
उनीहरू त केवल आउँछन् धर्म स्थापना गर्न, उनीहरूको पछाडि सबै आउन लाग्छन् पार्ट
खेल्न। जब सबै तमोप्रधान अवस्थामा पुग्छन् तब म आएर सर्वको सदगति गर्छु। सबै फर्केर
जान्छन्, फेरि पूरा नयाँबाटै चक्र सुरु हुन्छ। तिमीले राजयोग सिक्छौ। उनीहरूले नै
राज्य पाउँछन्, फेरि राजा बनुन् वा प्रजा बनुन्। प्रजा त धरै बन्छन्। मेहनत छ
राजकीय पद पाउन। अन्त्यमा पूरा थाहा हुन्छ। को विजय मालामा पर्छन्। अनपढले पढेकाको
सामुन्ने भारी बोक्छन्। सत्ययुगमा आउँछन् तर नोकर चाकर बन्नुपर्छ। यो सबैलाई थाहा
हुनेछ। जसरी परीक्षाको दिनमा सबैलाई थाहा हुन्छ– को को पास हुन्छन्। पढाइमा अटेन्सन
भएन भने फेल हुन्छन्। तिम्रो यो हो बेहदको पढाइ। ईश्वरीय विश्व विद्यालय त एउटै छ,
जहाँ मानिसबाट देवता बन्नुछ, त्यसमा नम्बरवार पास हुन्छन्। पढाइ एउटै राजयोगको हो,
राजकीय पद पाउनमा मेहनत छ र सेवा पनि गर्नुछ। जो राजा बन्छन्, उनीहरूले फेरि आफ्ना
प्रजा पनि बनाउनुपर्छ। राम्रा राम्रा बच्चीहरूले ठुला ठुला सेन्टर सम्हाल्छन्, धेरै
प्रजा बनाउँछन्। बाबाले पनि भन्नुहुन्छ– ठुलो बगैँचा बनाऊ, बाबा पनि आएर
हेर्नुहुन्छ। अहिले त दुनियाँ धेरै सानो छ। मुम्बईमा त लाखौँ हुनेछन्। सूर्यवंशी त
सारा राजवंश हुन्छ, त्यसपछि धेरै हुनेछन्। जसले मेहनत गर्छन्, उनीहरू राजा बन्छन्,
बाँकी त प्रजा बन्दै जान्छन्। गाइएको पनि छ– हे प्रभु, हजुरको सदगतिको लीला। तिमीले
भन्छौ– वाह बाबा! हजुरको गति मत... सर्वको सदगति गर्ने श्रीमत, यो सबैभन्दा न्यारा
छ। बाबाले साथमा लैजानुहुन्छ, छोडेर जानुहुन्न। निराकारी, आकारी, साकारी लोकलाई पनि
जान्दैनन्। केवल सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्नु, त्यो पनि कम्प्लिट ज्ञान होइन।
पहिला त मूलवतनलाई जान्नुपर्छ। जहाँ हामी आत्माहरू रहन्छौँ। यो सारा सृष्टि चक्रलाई
जानेपछि तिमी चक्रवर्ती राजा बन्छौ। यी सबै कति बुझ्नुपर्ने कुरा हुन्। उनीहरूले त
भनिदिन्छन्– शिव नाम रूपबाट न्यारा हुनुहुन्छ। चित्र पनि छन्, फेरि पनि भन्छन्– नाम
रूपबाट न्यारा। फेरि भनिदिन्छन्– सर्वव्यापी हुनुहुन्छ। एक साँसदले भनेका थिए– यो
मैले मान्दिनँ, ईश्वर सर्वव्यापी हुनुहुन्छ। मानिसले एकअर्कालाई मार्छन्, के यो
ईश्वरको काम हो? पछि गएर यी कुराहरूलाई बुझ्नेछन्। जुनबेला तिम्रो पनि वृद्धि हुनेछ।
बाबाले राति पनि सम्झाउनुभयो– जसले आफूलाई होसियार सम्झन्छन्, उनीहरूले यस्ता यस्ता
पत्र लेख्छन्। यो पूरा ज्ञान के हो, उनीहरूलाई सम्झाउनुपर्छ। लेख्न सक्छौ– हामीले
पूरा ज्ञान दिन सक्छौँ। मूलवतनको ज्ञान दिन सक्छौँ। निराकार बाबाको पनि परिचय दिन
सक्छौँ, फेरि प्रजापिता ब्रह्मा र उनको ब्राह्मण धर्मको बारेमा पनि सम्झाउन सक्छौँ।
लक्ष्मीनारायण, फेरि रामसीता, उनीहरूको राजवंश कसरी चल्छ, फेरि उनीहरूबाट राज्य
भाग्य कसले छिन्छ, त्यो स्वर्ग कहाँ गयो! जसरी भनिन्छ– नर्क कहाँ गयो? खतम भयो।
स्वर्ग पनि खतम हुन्छ। त्यो समयमा पनि भूकम्प आदि हुन्छ। ती हीरा जुहारतका महल आदि
यस्तरी गए, जुन कसैले निकाल्न सकेनन्। सुन, हीरा, जुहारतका महल कहिल्यै तलबाट
निस्किएका छैनन्। सोमनाथ आदिका मन्दिर त पछि बनेका हुन्, त्यसभन्दा त उनीहरूको घर
उच्च हुन्छ। लक्ष्मीनारायणको घर कस्तो हुन्छ होला? त्यो सारा सम्पत्ति कहाँ गयो?
यस्ता यस्ता कुरा विद्वानले सुने भने आश्चर्य मान्छन्– यिनीहरूको ज्ञान जबरजस्त छ।
मानिसहरूले त केही पनि जान्दैनन्, केवल सर्वव्यापी भनिदिन्छन्। यी सबै बुझ्ने र
बुझाउने कुरा हुन्।
तिमीलाई धन मिल्छ,
फेरि दान गर्नुछ। बाबाले तिमीलाई दिँदै जानुहुन्छ, तिमीले पनि दिँदै जाऊ। यो अखुट
खजाना हो, सारा धारणामा आधारित छ। जति धारणा गर्छौ, त्यति उच्च पद पाउँछौ। ख्याल गर–
कहाँ कौडी, कहाँ हीरा। हीराको मूल्य सबैभन्दा धेरै। कौडीको मूल्य सबैभन्दा कम। अहिले
तिमी कौडीबाट हीरा बन्छौ। यी कुरा कहिल्यै कसैको स्वप्नमा पनि आउँदैनन्। केवल
बुझ्छन्– अवश्य लक्ष्मीनारायणको राज्य थियो, जो आएर गएका छन्। बाँकी यो राज्य कहिले
कसले दिनुभयो, यो केही जान्दैनन्। राज्य भाग्य कसले दिनुभयो? यहाँ त केही पनि छैन।
राजयोगद्वारा स्वर्गको राज्य भाग्य मिल्छ। यो आश्चर्य हो नि। राम्रोसँग बच्चाहरूको
बुद्धिमा नसा हुनुपर्छ। तर मायाले फेरि त्यो स्थायी नसा रहन दिँदैन। हामी शिवबाबाका
बच्चा हौँ। यो ज्ञान पढेर हामी विश्वका मालिक बन्छौँ। यो कहिल्यै कसैको बुद्धिमा
आउँछ होला र! त्यसैले बाबा सम्झाउनुहुन्छ– बच्चाहरूले कति मेहनत गर्नुपर्छ। गुरुको
निन्दकले ठाउँ पाउँदैन। यो यहाँको कुरा हो। उनीहरूको त लक्ष्य उद्देश्य नै छैन।
तिम्रो त लक्ष्य उद्देश्य छ। बाबा, टिचर, गुरु तीनै हुनुहुन्छ। तिमीलाई थाहा छ– यो
पढाइबाट हामी विश्वका मालिक बन्छौँ। कति होसियारीले पढ्नु र पढाउनुपर्छ। यस्तो कुनै
कुरा नहोस्, जसले निन्दा गराउँछ। न कसैसँग लडाइँ झगडा गर्नुछ। सबैसँग मीठो बोल्नुछ।
बाबाको परिचय दिनुछ। बाबा भन्नुहुन्छ– दान गरेमा ग्रहण छुट्छ। नम्बरवन दान हो देह
अभिमान। यस समयमा त तिमी आत्म अभिमानी छौ र परमात्म अभिमानी बन्छौ। यो अमूल्य जीवन
हो। बाबा भन्नुहुन्छ– कल्प कल्प हामीले तिमीलाई यसरी नै पढाउन आउँछौँ, फेरि तिमीले
बिर्सन्छौ। यो पनि ड्रामामा पहिल्यै निश्चित छ। अच्छा!
मीठे-मीठे सिकिलधे,
ज्ञान रत्न धारण गर्ने र सेवा गर्ने बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं
गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी
बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) सबैसँग मीठो बोल्नुछ, यस्तो कुनै कुरा गर्नुछैन, जसबाट बाबाको निन्दा हुन्छ। देह
अभिमानको दान गरेर आत्म अभिमानी र परमात्म अभिमानी बन्नुछ।
२) जुन ज्ञान धन
मिल्छ, त्यसको दान गर्नुछ, पढाइबाट राज्य भाग्य मिल्छ, यो नसामा स्थायी रहनुछ।
अटेन्सन दिएर पढाइ पढ्नुछ।
वरदान:–
साक्षीपनको
सिटद्वारा परे सा नी शब्दलाई समाप्त गर्ने मास्टर त्रिकालदर्शी भव
यो ड्रामामा जे जति
पनि हुन्छ, त्यसमा कल्याण भरिएको छ, किन, के को प्रश्न समझदारको मनमा उठ्न सक्दैन।
नोक्सानमा पनि कल्याण समाहित भएको हुन्छ, बाबाको साथ र हात छ भने अकल्याण हुन
सक्दैन। यस्तो सानको सिटमा रह्यौ भने कहिल्यै परेसान हुन सक्दैनौ। साक्षीपनको सिटले
परेसानी शब्दलाई खतम गरिदिन्छ, त्यसैले त्रिकालदर्शी बनेर प्रतिज्ञा गर– न परेसान
हुन्छौँ, न परेसान बनाउँछौँ।
स्लोगन:–
आफ्ना सर्व
कर्मेन्द्रियहरूलाई अर्डर प्रमाण चलाउनु नै स्वराज्य अधिकारी बन्नु हो।
अव्यक्त इसारा:–
“निश्चयको जगलाई मजबुत बनाए र सदा निर्भय र निश्चि न् त ह ोऊ ।”
निश्चयबुद्धिको अर्थ
हो बेफिक्र बादसाह, उही बाबासमान हो। विनाशी धनवालाले जति कमाउँछन्, त्यति समय
अनुसार फिक्रमा रहन्छन्। तर जसलाई विश्वास छ– हामी ईश्वरीय खजानाका मालिक र परमात्म
बालक हौँ, उनीहरू सदा नै स्वप्नमा पनि बेफिक्र बादसाह हुन्छन्, किनकि उनीहरूलाई
विश्वास छ– यो ईश्वरीय खजाना यो जन्ममा त के, अनेक जन्म साथमा छन्, साथमा रहन्छन्,
त्यसैले उनीहरू निश्चयबुद्धि, निश्चिन्त रहन्छन्।