07.04.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– ज हिले पनि समय मिल् दा एकान्तमा बसेर सच्चा मासुक लाई याद गर किनकि यादबाट नै स्वर्गको बादसाही मिल् नेछ ।”

प्रश्न:–
बाबा मिल्नुभएको छ त्यसैले कुन लापरबाही समाप्त हुनुपर्छ?

उत्तर:–
धेरै बच्चाहरू लापरबाह भएर भन्छन्, हामी त बाबाकै हौँ नि। याद गर्ने मेहनत गर्दैनन्। घरी घरी यादमा रहनै भुल्छन्। यही हो लापरबाही। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यादमा रह्यौ भने मनभित्र स्थायी खुसी हुन्छ। कुनै पनि प्रकारको बाधा पर्दैन। जसरी बाँधेलीहरू यादमा तड्पिन्छन्, दिनरात याद गर्छन्, त्यसैगरी तिमी पनि निरन्तर यादमा रहनुपर्छ।

गीत:–
तकदीर जगाकर आई हूँ...

ओम् शान्ति ।
बाबाले बच्चाहरूलाई सम्झाउनुभएको छ– तिमीले पनि भन्छौ ओम् शान्ति। बाबाले पनि भन्नुहुन्छ ओम् शान्ति अर्थात् तिमी आत्माहरू शान्तस्वरूप हौ। बाबा पनि शान्तस्वरूप हुनुहुन्छ, आत्माको स्वधर्म शान्ति हो। परमात्माको स्वधर्म पनि शान्ति हो। तिमी पनि शान्तिधाम निवासी हौ। बाबा पनि भन्नुहुन्छ– म पनि त्यहीँको निवासी हुँ। तिमी बच्चाहरू पुनर्जन्ममा आउँछौ, म आउन्नँ। म यस रथमा प्रवेश गर्छु। यो मेरो रथ हो। शङ्करलाई सोध्यौ भने (सोध्न त सक्दैनौ, तर मानिलिऊँ सूक्ष्मवतनमा गएर कसैले सोध्यो भने) उनले भन्छन्– यो मेरो सूक्ष्म शरीर हो। शिवबाबा भन्नुहुन्छ– यो मेरो शरीर होइन। यो शरीर मैले ॠणमा लिएको हुँ किनकि मलाई पनि कर्मेन्द्रियहरूको आधार चाहिन्छ। सबैभन्दा पहिलो मुख्य कुरा यो कुरा सम्झाउनुछ, पतितपावन, ज्ञानको सागर श्रीकृष्ण होइनन्। श्रीकृष्णले सर्व आत्माहरूलाई पतितबाट पावन बनाउँदैनन्, उनी त आएर पावन दुनियाँमा राज्य गर्छन्। पहिला राजकुमार बन्छन् अनि महाराजा बन्छन्। उनमा पनि यो ज्ञान हुँदैन। रचनाको ज्ञान त रचयितामा नै हुन्छ नि। श्रीकृष्णलाई रचना भनिन्छ। रचयिता बाबाले नै आएर ज्ञान दिनुहुन्छ। अहिले बाबाले रचना गरिहनुभएको छ, बाबा भन्नुहुन्छ– तिमीहरू मेरा बच्चा हौ। तिमीले पनि भन्छौ– बाबा हामी हजुरका बच्चाहरू हौँ। भनिन्छ पनि ब्रह्माद्वारा ब्राह्मणहरूको स्थापना। नत्र ब्राह्मण कहाँबाट आए। सूक्ष्मवतनका ब्रह्मा कुनै अर्का होइनन्। माथिका नै तल आउँछन् अनि तलका नै माथि जान्छन्। एउटै हुन्। अच्छा, विष्णु र लक्ष्मीनारायण पनि एउटै कुरा हो। उनीहरू कहाँका हुन्? ब्रह्मा नै विष्णु बन्छन्। ब्रह्मा-सरस्वती नै लक्ष्मीनारायण अनि उनीहरू नै सारा कल्प ८४ जन्मपछि आएर सङ्गममा ब्रह्मा-सरस्वती बन्छन्। लक्ष्मीनारायण पनि मानिस नै हुन्, उनीहरूको धर्म देवीदेवता धर्म हो। विष्णुका पनि ४ भुजाहरू देखाइदिएका छन्। यो प्रवृत्तिमार्ग देखाएका हुन्। भारतवर्षमा सुरुदेखि नै प्रवृत्तिमार्ग चलिआएको छ त्यसैले विष्णुका ४ भुजाहरू देखाइदिएका छन्। यहाँ छन् ब्रह्मा-सरस्वती, ती सरस्वती एडप्टेड (धर्मपुत्री) बच्चा हुन्। यिनको वास्तविक नाम लखिराज थियो, अनि यिनको नाम राखियो ब्रह्मा। शिवबाबा यिनमा प्रवेश गर्नुभयो र राधेलाई आफ्नो बनाउनुभयो, नाम राख्नुभयो सरस्वती। सरस्वतीको ब्रह्मा कुनै लौकिक पिता होइनन्। यी दुवैका लौकिक पिता आ-आफ्ना थिए। अहिले उनीहरू छैनन्। शिवबाबाले ब्रह्माद्वारा एडप्ट गर्नुभएको हो। तिमी हौ एडप्टेड चिल्ड्रेन (धर्मपुत्र वा धर्मपुत्री)। ब्रह्मा पनि शिवबाबाका बच्चा हुन्। ब्रह्मामुख कमलबाट रच्नुहुन्छ त्यसैले ब्रह्मालाई पनि माता भनिन्छ। तुम माता पिता हम बालक तेरे तुम्हारी कृपा से सुख घनेरे... गायन छ नि। तिमी ब्राह्मणहरू आएर बालक बनेका छौ। यसमा बुझ्नको लागि बुद्धि धेरै राम्रो चाहिन्छ। तिमी बच्चाहरूले शिवबाबाबाट वर्सा लिन्छौ। ब्रह्मा कुनै स्वर्गको रचयिता वा ज्ञान सागर होइनन्। ज्ञानको सागर एउटै बाबा हुनुहुन्छ। आत्माको पिता नै ज्ञानको सागर हुनुहुन्छ। आत्मा पनि ज्ञान सागर बन्छ तर यिनीहरूलाई ज्ञान सागर भनिँदैन किनकि सागर एउटै हुनुहुन्छ। तिमी सबै नदीहरू हौ। सागरको आफ्नो शरीर हुँदैन। नदीहरूको शरीर हुन्छ। तिमी हौ ज्ञान नदीहरू। कलकत्तामा धेरै ठुलो ब्रह्मपुत्र नदी छ किनकि त्यसको सागरसँग कनेक्सन छ। त्यसको धेरै ठुलो मेला लाग्छ। यहाँ पनि मेला लाग्छ। सागर र ब्रह्मपुत्र दुवै कम्बाइन्ड छन्। यो हो चैतन्य, त्यो हो जड। यी कुराहरू बाबाले सम्झाउनुहुन्छ। शास्त्रहरूमा छैनन्। शास्त्र हुन् भक्तिमार्गका विभाग। यो हो ज्ञानमार्ग, त्यो हो भक्तिमार्ग। आधाकल्प भक्तिमार्गको विभाग चलेको छ। त्यसमा ज्ञान सागर हुनुहुन्न। परमपिता परमात्मा, ज्ञानको सागर बाबा सङ्गममा आएर ज्ञान स्नानद्वारा सबैको सद्गति गर्नुहुन्छ।

तिमीलाई थाहा छ, हामीले बेहदको बाबाबाट स्वर्गको सुखको तकदिर बनाइरहेका छौँ। अवश्य हामी सत्ययुग, त्रेतामा पूज्य देवीदेवता थियौँ। अहिले हामी पुजारी मानिस हौँ। फेरि तिमीहरू मानिसबाट देवता बन्छौ। ब्राह्मण नै देवता धर्ममा आयौ अनि क्षत्रिय, वैश्य, शूद्र बन्यौ। ८४ जन्म लिँदालिँदा तल ओर्लनुपरेको छ। यो कुरा पनि बाबाले तिमीलाई बताउनुभएको छ। तिमीले आफ्ना जन्महरूलाई जानेका थिएनौ। ८४ जन्म पनि तिमीले नै लिन्छौ। जो पहिला सुरुमा आउँछन्, उनीहरूले नै पूरै ८४ जन्म लिन्छन्। योगबाट नै खाद निस्कन्छ, योगमा नै मेहनत छ। हुन त धेरै बच्चाहरू ज्ञानमा तीक्ष्ण छन् तर योगमा कमजोर छन्। बाँधेलीहरू निर्बन्धन हुनेहरू (छुटेली) भन्दा पनि योगमा राम्रा छन्। उनीहरू त शिवबाबासँग मिल्नको लागि दिनरात तड्पिन्छन्। तिमीहरू मिलेका छौ। तिमीहरूलाई भनिन्छ याद गर तर तिमीहरूले घरी घरी भुल्छौ। तिमीहरूलाई धेरै तुफान आउँछन्। उनीहरू यादमा तड्पिन्छन्। तिमीहरू तड्पिँदैनौ। उनीहरूलाई घरमै बसेर पनि उच्च पद प्राप्त हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– बाबाको यादमा रहेमा हामीलाई स्वर्गको बादसाही मिल्नेछ। जसरी बच्चा गर्भबाट निस्कनको लागि तड्पिन्छ। त्यसैगरी बाँधेलीहरू तड्पिँदा तड्पिँदा पुकार्छन्, शिवबाबा यस बन्धनबाट छुटाउनुहोस्। दिनरात याद गर्छन्। तिमीलाई बाबा मिल्नुभएको छ त्यसैले तिमी लापरबाह बनेका छौ। हामी बाबाका बच्चाहरू हौँ। हामीले यो शरीर छोडेर गएर राजकुमार बन्छौँ, यो खुसी मनमा स्थायी रूपमा रहनुपर्छ। तर मायाले याद गर्न दिँदैन। याद गरिराखेमा धेरै खुसीमा हुन्छौ। याद गरेनौ भने अलमलिइरहने छौ। आधाकल्प तिमीले रावण राज्यमा दुःख देखेका छौ। अकालमा मृत्यु हुँदै आएको छ। दुःख त भइ नै रहन्छ। जतिसुकै धनवान भए पनि दुःख त हुन्छ। अकालमा मृत्यु हुन्छ। सत्ययुगमा यसरी अकालमा मर्दैनन्, कहिल्यै बिरामी हुँदैनन्। समय पुगेपछि बसी बसी आफै एक शरीर छोडेर अर्को लिन्छन्। त्यसको नाम नै हो– सुखधाम। मानिसहरूले त स्वर्गका कुराहरूलाई कल्पना सम्झन्छन्। भन्छन्, स्वर्ग कहाँबाट आयो। तिमीलाई थाहा छ हामी त स्वर्गवासीहरू हौँ फेरि ८४ जन्म लिन्छौँ। यो सारा खेल यसै विश्वको लागि नै बनेको छ। तिमीलाई थाहा छ हामी २१ जन्म पावन देवता थियौँ अनि हामी क्षत्रिय, वैश्य, शूद्र बन्यौँ। अब फेरि ब्राह्मण बनेका छौँ। यो स्वदर्शन चक्र धेरै सहज छ। यो चक्रको विषयमा शिवबाबा बसेर सम्झाउनुहुन्छ।

तिमीलाई थाहा छ शिवबाबा ब्रह्माको रथमा आउनुभएको छ, जुन ब्रह्मा हुन् तिनै सत्ययुगको आदिमा श्रीकृष्ण थिए। ८४ जन्म लिएर पतित बनेका छन् त्यसपछि यिनमा बाबाले प्रवेश गरेर एडप्ट गर्नुभएको छ। बाबा स्वयं भन्नुहुन्छ– मैले यस तनको आधार लिएर तिमीलाई आफ्नो बनाएको छु। अनि तिमीलाई स्वर्गको राजधानीको योग्य बनाउँछु, जो योग्य बन्छन् उनीहरू नै राजधानीमा आउनेछन्। यसको लागि आचरण राम्रो हुनुपर्छ। मुख्य हो नै पवित्रता। यसमा अबलाहरूमाथि अत्याचार हुन्छ। कहीँ कहीँ पुरुषहरूमाथि पनि अत्याचार हुन्छन्। विकारको लागि एकअर्कालाई हैरान पार्छन्। यहाँ माताहरू धेरै भएका हुनाले शक्ति सेना नाम गायन गरिएको छ, वन्दे मातरम्! अहिले तिमीहरू ज्ञानचितामा बसेका छौ कामचिताबाट निस्केर गोरा बन्नको लागि। द्वापरदेखि लिएर कामचितामा बसेका छौ। एकअर्कालाई विकार दिने लगनगाँठो विकारी ब्राह्मणले बाँध्छन्। तिमी हौ निर्विकारी ब्राह्मण। तिमीले त्यो क्यान्सिल गरेर ज्ञानचितामा बसाउँछौ। कामचिताबाट काला बनेका छौ, ज्ञानचिताबाट गोरा बन्छौ। बाबा भन्नुहुन्छ– बस्न त सँगै बस तर प्रतिज्ञा गर्नुछ हामी विकारमा जाँदैनौँ, त्यसैले बाबाले पनि औँठी लगाइदिनुहुन्छ। शिवबाबा, बाबा पनि हुनुहुन्छ, साजन पनि हुनुहुन्छ। सबै सीताहरूको राम हुनुहुन्छ। उहाँ नै पतितपावन हुनुहुन्छ। बाँकी रघुपति राघव राजारामको कुरा होइन। उनले सङ्गममा नै यो प्रारब्ध पाएका थिए। उनलाई हिंसक बाण लिएको देखाउनु गलत हो। चित्रमा पनि त्यस्तो लेखिनु हुँदैन। केवल लेख्नुछ चन्द्रवंशी। बच्चाहरूलाई सम्झाउनुपर्छ शिवबाबाले यिनीद्वारा हामीलाई यो चक्रको राज सम्झाइरहनुभएको छ। सत्यनारायणको कथा हुन्छ नि। त्यो हो मानिसहरूले बनाएको कथा। नरबाट नारायण त कोही बन्दैनन्। सत्य नारायणको कथाको अर्थ नै हो नरबाट नारायण बन्नु। अमरकथा पनि सुनाउँछन् तर अमरपुरीमा त कोही जाँदैनन्। मृत्युलोक २५०० वर्ष चल्छ। तीजरीको कथा माताहरूले सुन्छन्। वास्तवमा यो हो तेस्रो ज्ञानको नेत्र दिने कथा। अहिले ज्ञानको तेस्रो नेत्र आत्मालाई मिलेको छ त्यसैले आत्म अभिमानी बन्नुछ। म यस शरीरद्वारा अब देवता बन्छु। ममा नै संस्कार छन्। मानिसहरू सबै देह अभिमानी छन्। बाबाले आएर देहीअभिमानी बनाउनुहुन्छ। मानिसहरूले फेरि भनिदिन्छन् आत्मा परमात्मा एउटै हुन्। परमात्माले यी सबै रूप धारण गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– यो सबै गलत हो, यसलाई मिथ्या अभिमान, मिथ्या ज्ञान भनिन्छ। बाबा बताउनुहुन्छ– म बिन्दीजस्तै छु। तिमीहरूलाई पनि थाहा थिएन, यिनलाई पनि थाहा थिएन। अहिले बाबा सम्झाउनुहुन्छ– यसमा संशय आउनुहुँदैन। निश्चय हुनुपर्छ। बाबाले अवश्य सत्य नै भन्नुहुन्छ, संशयबुद्धि विनश्यन्ति। उनीहरूले पूरा वर्सा पाउँदैनन्। आत्म अभिमानी बन्नमा नै मेहनत छ। खाना पकाउँदा बुद्धि बाबातिरै लागिरहोस्। हरेक कुरामा यो अभ्यास गर्नुपर्छ। रोटी बेल्दा, आफ्नो मासुकलाई याद गरिरहने– यस्तो अभ्यास हरेक कुरामा हुनुपर्छ। जति समय फुर्सत मिल्छ त्यति याद गर्नुछ। यादबाट नै तिमी सतोप्रधान बन्छौ। ८ घण्टा कर्मको लागि छुट छ। बीचमा पनि एकान्तमा गएर बस्नुपर्छ, तिमीले सबैलाई बाबाको परिचय पनि सुनाउनुछ। आज सुनेनन् भने भोलि सुन्नेछन्। बाबाले स्वर्ग स्थापना गर्नुहुन्छ, हामी स्वर्गमा थियौँ अहिले फेरि नर्कवासी भएका छौँ। अब फेरि बाबाबाट वर्सा मिल्नुपर्छ। तिमी बच्चाहरूलाई नै सम्झाउनुहुन्छ। बाबा पनि यहाँ नै आउनुहुन्छ। हेर, तिमीकहाँ मुसलमानहरू पनि आउँछन्, उनीहरूले पनि सेन्टर सम्हाल्छन्। भन्छन् शिवबाबालाई याद गर। सिखहरू पनि आउँछन्, क्रिस्चियन पनि आउँछन्, पछि गएर धेरै आउनेछन्। यो ज्ञान सबैको लागि हो किनकि यो हो नै सहज याद र बाबाको सहज वर्सा। तर पवित्र त अवश्य बन्नुपर्छ। दे दान तो छूटे ग्रहण। अहिले संसारमा राहुको ग्रहण छ त्यसपछि २१ जन्मको लागि बृहस्पतिको दशा सुरु हुन्छ। पहिला हुन्छ बृहस्पतिको दशा। अनि शुक्रको दशा। सूर्यवंशीहरूमाथि बृहस्पतिको दशा, चन्द्रवंशीहरूमाथि शुक्रको दशा हुन्छ भनिन्छ। अनि दशा कम हुँदै जान्छन्। सबैभन्दा नराम्रो हुन्छ राहुको दशा। बृहस्पति कुनै गुरु हुँदैन। यो दशा हो वृक्षपतिको। वृक्षपति बाबा आउनुहुन्छ अनि बृहस्पति र शुक्रको दशा लाग्छ। रावण आएपछि राहुको दशा लाग्छ। तिमी बच्चाहरूमाथि अहिले बृहस्पतिको दशा लागेको छ। केवल वृक्षपतिलाई याद गर, पवित्र बन, बस्। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) हरेक कार्य गर्दा आत्म अभिमानी बन्ने अभ्यास गर्नुछ। देहको अहङ्कार समाप्त होस्, यसको लागि नै मेहनत गर्नुछ।

२) सत्ययुगी राज्यभाग्यको योग्य बन्नको लागि आफ्नो आचरण राम्रो बनाउनुछ। पवित्रता नै सबैभन्दा उच्च आचरण हो। पवित्र बनेमा नै पवित्र दुनियाँको मालिक बन्नेछौ।

वरदान:–
करनकरावनहारको स्मृतिद्वारा सहजयोगको अनुभव गर्ने सफलतामूर्त भव

कुनै पनि कार्य गर्दा यही स्मृति रहोस्, यस कार्यको निमित्त बनाउने ब्याकबोन को हुनुहुन्छ। ब्याकबोन बिना कुनै पनि कर्ममा सफलता मिल्न सक्दैन, त्यसैले कुनै पनि कार्य गर्दा केवल यो सोच– म निमित्त हुँ, गराउनेवाला स्वयं सर्व समर्थ बाबा हुनुहुन्छ। यो स्मृतिमा राखेर कर्म गरेमा सहजै योगको अनुभूति भइरहनेछ। अनि यो सहजयोगले त्यहाँ सहजै राज्य गराउनेछ। यहाँका संस्कारहरू त्यहाँ लैजानेछौ।

स्लोगन:–
इच्छाहरू छायासमान हुन्, तिमीले पछाडि परिदियौ भने पछि पछि आउनेछन्।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर।

मधुरता यस्तो विशेष धारणा हो जसले बाँझो धरतीलाई पनि मलिलो बनाइदिन्छ। तिमी सबैलाई परिवर्तन गर्ने आधार बाबाका दुई मधुर बोली हुन्। प्यारा बच्चाहरू! तिमी मीठा शुद्ध आत्मा हौ। यी दुई मधुर बोलीले नै परिवर्तन गरिदियो। मीठो दृष्टिले परिवर्तन गरिदियो। त्यसैगरी मधुरताद्वारा अरूलाई पनि मधुर बनाऊ। यो मुख मीठो बनाऊ। सदा यस मधुरताको सौगातलाई साथमा राख। यसबाट नै सदा मीठो हुनेछौ र अरूलाई पनि मीठो बनाउनेछौ।