07.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– निश्चय
ज्ञान योगबाट हुन्छ , साक्षात्कारबाट होइन। साक्षात्कार ड्रामा मा निश्चित छ , तर
त्यसबाट कसैको कल्याण हुँदैन।”
प्रश्न:–
बाबाले कुनचाहिँ
तागत देखाउनुहुन्न तर बाबासँग जादुगरी अवश्य छ?
उत्तर:–
मनुष्यले
सम्झन्छन्– भगवान् त शक्तिशाली हुनुहुन्छ, उहाँले मरेकोलाई पनि ब्युँताउन
सक्नुहुन्छ, तर बाबा भन्नुहुन्छ– यो तागत मैले देखाउँदिन। तर कसैले नौधा भक्ति
गर्छन् भने उनीहरूलाई साक्षात्कार गराइदिन्छु। यो पनि ड्रामामा निश्चित छ।
साक्षात्कार गराउने जादुगरी बाबासँग छ त्यसैले कैयौं बच्चाहरूलाई घर बसेर पनि
ब्रह्मा वा श्रीकृष्णको साक्षात्कार हुन्छ।
गीत:–
कौन आया मेरे
मन के द्वारे...
ओम् शान्ति ।
यो बच्चाहरूको
अनुभवको गीत हो। सत्सङ्ग त धेरै छन्, खासगरी भारत खण्डमा त थुप्रै सत्सङ्ग छन्,
अनेक मतमतान्तर छन्, वास्तवमा ती कुनै सत्सङ्ग होइनन्। सत्सङ्ग एउटा हुन्छ। बाँकी
तिमीले त्यहाँ कुनै विद्वान्, आचार्य, पण्डितको मुख देख्छौ, बुद्धि त्यतातिर जान्छ।
यहाँ फेरि अनौठो कुरा छ। यो सत्सङ्ग एकैपटक यस सङ्गमयुगमा हुन्छ। यो त बिल्कुलै नयाँ
कुरा हो, उहाँ बेहदका बाबाको त कुनै शरीर छैन। भन्नुहुन्छ– म तिमीहरूको निराकार
शिवबाबा हुँ। तिमी अरू सत्सङ्गहरूमा गयौ भने शरीरलाई नै देख्छौ। शास्त्र याद गरेर
फेरि सुनाउँछन्, अनेक प्रकारका शास्त्र छन्, ती त तिमीले जन्मजन्मान्तर सुन्दै आएका
छौ। अहिले यो नयाँ कुरा छ। बुद्धिद्वारा आत्माले जान्दछ, बाबा भन्नुहुन्छ– हे मेरा
सिकीलधे बच्चाहरू, हे मेरा सालिग्रामहरू! तिमी बच्चाहरूलाई थाहा छ– ५ हजार वर्ष
पहिला यस शरीरद्वारा बाबाले पढाउनुभएको थियो। तिमीहरूको बुद्धि एकदम टाढा जान्छ।
बाबा आउनुभएको छ। बाबा शब्द कति मीठो छ। उहाँ हुनुहुन्छ माता-पिता। कसैले पनि सुने
भने भन्छन्– थाहा छैन यिनीहरूका माता-पिता को हुन्? निश्चय नै उहाँले साक्षात्कार
गराउनुहुन्छ भनेपछि त्यसमा पनि उनीहरू अलमलिन्छन्। कहिले ब्रह्मालाई, कहिले
कृष्णलाई देख्छन्। अनि विचार गरिरहन्छन्– यो के हो? ब्रह्माको पनि धेरैलाई घर बसेर
साक्षात्कार हुन्छ। तर ब्रह्माको त कहिल्यै कसैले पूजा गर्दैनन्। श्रीकृष्ण आदिको त
पूजा गर्छन्। ब्रह्मालाई त कसैले जान्दैनन् पनि होला। प्रजापिता ब्रह्मा त अहिले
आउनुभएको छ, यहाँ हुनुहुन्छ प्रजापिता। बाबा बसेर सम्झाउनुहुन्छ– सारा दुनिया पतित
छ भने अवश्य यिनी पनि धेरै जन्महरूको अन्त्यमा पतित ठहरिए। कोही पनि पावन छैनन्
त्यसैले कुम्भको मेलामा, हरिद्वार गङ्गा सागरको मेलामा जान्छन्, सम्झन्छन्– स्नान
गरेर पावन बन्छौँ। तर यी नदीहरू कुनै पतित-पावनी हुनसक्दैनन्। नदीहरू त निस्कन्छन्
सागरबाट। वास्तवमा तिमी हौ ज्ञान गङ्गाहरू, महत्त्व तिमीहरूको छ। तिमी ज्ञान
गङ्गाहरू जहाँतहीँ निस्कन्छौ, उनीहरूले फेरि देखाउँछन्– तीर हान्यो अनि गङ्गा
निस्किइन्। तीर हान्ने कुरा त होइन। यी ज्ञान गङ्गाहरू देशदेशान्तर जान्छन्।
शिवबाबा भन्नुहुन्छ–
म ड्रामाको बन्धनमा बाँधिएको छु। सबैको पार्ट निश्चित गरिएको छ। मेरो पार्ट पनि
निश्चित छ। कसैले सम्झन्छन्– भगवान् त धेरै शक्तिशाली हुनुहुन्छ, मरेकोलाई पनि
ब्युँताउन सक्नुहुन्छ। यी सबै गफ हुन्। म आउँछु पढाउनको लागि। बाँकी के तागत देखाउनु।
साक्षात्कारको पनि जादुगरी छ। नौधा भक्ति गरे भने मैले साक्षात्कार गराउँछु। जसरी
कालीको रूप देखाउँछन्, उनीमाथि फेरि तेल चढाउँछन्। काली त त्यस्ती छैनन्, तर कालीको
धेरै नौधा भक्ति गर्छन्। वास्तवमा काली त जगत् अम्बा हुन्। कालीको यस्तो रूप त छैन,
तर नौधा भक्ति गर्नेलाई बाबाले भावनाको फल दिनुहुन्छ। काम चितामा बसेर काला बने, अब
ज्ञान चितामा बसेर गोरा बन्छन्। जुन काली अहिले जगदम्बा बनेकी छिन् उनले
साक्षात्कार कसरी गराउँछिन्। उनी त अहिले धेरै जन्महरूको अन्त्यको पनि अन्त्यको
जन्ममा छिन्। देवताहरू त अहिले छैनन्। उनीहरूले के साक्षात्कार गराउँछन्। बाबा
सम्झाउनुहुन्छ– यो साक्षात्कारको चाबी मेरो हातमा छ। अल्पकालको लागि भावना पूरा
गर्नको लागि साक्षात्कार गराइदिन्छु। तर उनीहरू कोही मसँग मिल्दैनन्। उदाहरण एउटा
कालीको दिनुहुन्छ। त्यसरी धेरै छन्– हनुमान, गणेश आदि। हुन त शिखहरूले पनि
गुरुनानकको धेरै भक्ति गरे भने उनीहरूलाई पनि साक्षात्कार हुन्छ। तर उनीहरू त तल
झर्छन्। बाबाले बच्चाहरूलाई देखाउनुहुन्छ– हेर यी गुरुनानकको भक्ति गरिरहेका छन्।
साक्षात्कार फेरि पनि मैले गराउँछु। उनीहरूले कसरी साक्षात्कार गराउँछन्। उनीहरूसँग
साक्षात्कार गराउने चाबी छैन। यी बाबाले भन्छन्– मलाई विनाश, स्थापनाको साक्षात्कार
पनि उहाँ बाबाले गराउनुभयो, तर साक्षात्कारबाट कसैको पनि कल्याण हुँदैन। त्यसो त
धेरैलाई साक्षात्कार हुन्थ्यो। आज उनीहरू छैनन्। धेरै बच्चाहरूले भन्छन्– हामीलाई
साक्षात्कार भयो भने निश्चय हुनेछ। तर निश्चय साक्षात्कारबाट हुनसक्दैन। निश्चय
हुन्छ ज्ञान र योगबाट। ५ हजार वर्ष पहिला पनि मैले भनेको थिएँ– यो साक्षात्कार मैले
गराउँछु। मीराले पनि साक्षात्कार गरिन्। यस्तो होइन– आत्मा त्यहाँ गयो। होइन, बसेको
ठाउँमा साक्षात्कार गर्छन् तर मलाई प्राप्त गर्न सक्दैनन्।
बाबा भन्नुहुन्छ– कुनै
पनि कुराको संशय भयो भने जुन पनि ब्राह्मणी (टिचरहरू) छन्, उनीहरूसँग सोध। यो त थाहा
छ– बच्चाहरू पनि नम्बरवार छन्, नदीहरू पनि नम्बरवार हुन्छन्। कुनै त तलाउ पनि छन्,
त्यहाँ धेरै फोहोर, बासी पानी हुन्छ। त्यहाँ पनि श्रद्धाभावले मनुष्य जान्छन्। त्यो
हो भक्तिको अन्धश्रद्धा। कहिल्यै पनि कसैबाट भक्ति छुटाउनुहुँदैन। जब ज्ञानमा आउँछन्
तब भक्ति आफै छुट्छ। बाबा पनि नारायणको भक्त थिए, चित्रमा देखे– लक्ष्मी दासी बनेर
नारायणको पाउ दबाइरहेकी छन्, यो बिल्कुलै राम्रो लागेन। सत्ययुगमा यस्तो हुँदैन।
त्यसैले मैले एक कलाकारलाई भनेँ– लक्ष्मीलाई यस दासीपनाबाट बिदा देऊ। बाबा भक्त त
थिए तर ज्ञान कहाँ थियो र। भक्त त सबै हुन्। हामी त बाबाका बच्चा मालिक हौँ। बाबाले
ब्रह्माण्डको मालिक पनि बच्चाहरूलाई बनाउनुहुन्छ। भन्नुहुन्छ– तिमीहरूलाई
राज्य-भाग्य दिन्छु। यस्तो बाबा कहिल्यै देख्यौ? उहाँ बाबालाई पूरा याद गर्नुछ।
उहाँलाई तिमीले यी आँखाले देख्न सक्दैनौ। उहाँसँग योग लगाउनुछ। याद र ज्ञान पनि
बिल्कुलै सहज छ। बीज र वृक्षलाई जान्नुछ। तिमी त्यो निराकारी वृक्षबाट साकारी
वृक्षमा आएका छौ। बाबाले साक्षात्कारको रहस्य पनि सम्झाउनुभयो। वृक्षको रहस्य पनि
सम्झाउनुभयो। कर्म-अकर्म-विकर्मको गति पनि बाबाले सम्झाउनुभएको छ। बाबा, शिक्षक,
गुरु तीनैबाट नै शिक्षा मिल्छ। अहिले बाबा भन्नुहुन्छ– मैले तिमीहरूलाई यस्तो शिक्षा
दिन्छु, यस्तो कर्म सिकाउँछु जसबाट तिमी २१ जन्म सदा सुखी बन्छौ। शिक्षकले शिक्षा
दिन्छन् नि। गुरुहरूले पनि पवित्रताको शिक्षा दिन्छन् अथवा कथाहरू सुनाउँछन्। तर
धारणा बिल्कुलै हुँदैन। यहाँ त बाबा भन्नुहुन्छ– अन्ता मति सो गति हुन्छ। मनुष्य
मर्नेबेला भएपछि पनि भन्छन्– राम-राम भन, अनि बुद्धि त्यतातिर जान्छ। अहिले बाबा
भन्नुहुन्छ– तिमीहरूको साकारबाट योग टुट्यो। अब मैले तिमीहरूलाई धेरै राम्रो कर्म
सिकाउँछु। श्रीकृष्णको चित्र हेर, पुरानो दुनियाँलाई लात मार्छन् र नयाँ दुनियाँमा
आउँछन्। तिमी पनि पुरानो दुनियाँलाई लात मारेर नयाँ दुनियाँमा जान्छौ। तिमीहरूको
नर्कतिर लात छ, स्वर्गतिर मुख छ। श्मशानमा भित्र पस्दा पनि मुर्दाको मुख त्यतातिर
फर्काउँछन्। गोडा पछाडितिर पार्छन्। यो चित्र पनि त्यस्तै बनाइएको छ।
मम्मा, बाबा र तिमी
बच्चाहरू, तिमीहरूले त मम्मा-बाबालाई अनुसरण गर्नुपर्छ, जसबाट उहाँहरूको गद्दीमा
बस्न सक्छौ। राजाका बच्चा राजकुमार-राजकुमारी कहलाउँछन् नि। तिमीलाई थाहा छ– हामी
भविष्यमा राजकुमार-राजकुमारी बन्छौँ। यस्ता कुनै बाबा-शिक्षक-गुरु होलान् जसले
तिमीहरूलाई यस्तो कर्म सिकाउँछन्! तिमी सदाकालको लागि सुखी बन्छौ। यो शिवबाबाको
वरदान हो, उहाँले आशीर्वाद दिनुहुन्छ। यस्तो होइन– हामीमाथि उहाँको कृपा छ। केवल
भनेर मात्र केही हुँदैन। तिमीहरूले सिक्नुपर्छ। केवल आशीर्वादले तिमी बन्दैनौ।
उहाँको मतमा चल्नुछ। ज्ञान र योगको धारणा गर्नुछ। बाबा सम्झाउनुहुन्छ– मुखले राम
राम भन्दा पनि आवाज निस्कन्छ। तिमीहरू त वाणीबाट पर जानुछ। चुप रहनुछ। खेल पनि धेरै
राम्रा राम्रा निस्कन्छन्। नपढेकोलाई बुद्धु भनिन्छ। बाबा भन्नुहुन्छ– अब सबैलाई
भुलेर तिमी बिल्कुल बुद्धु बन। मैले तिमीहरूलाई जुन मत दिन्छु त्यसमा चल। परमधाममा
तिमी सबै आत्माहरू बिना शरीर रहन्छौ फेरि यहाँ आएर शरीर लिन्छौ तब जीव आत्मा भनिन्छ।
आत्मा भन्छ– मैले एक शरीर छोडेर अर्को लिन्छु। बाबा भन्नुहुन्छ– मैले तिमीहरूलाई
फस्टक्लास कर्म सिकाउँछु। शिक्षकले पढाउँछन्, यसमा तागतको के कुरा छ। साक्षात्कार
गराउँछन्, यसलाई जादुगरी भनिन्छ। मनुष्यबाट देवता बनाउनु, यस्तो जादुगरी कसैले गर्न
सक्दैन। बाबा सौदागर पनि हुनुहुन्छ, पुरानो लिएर नयाँ दिनुहुन्छ। यिनलाई पुरानो
फलामको भाँडो भनिन्छ। यिनको कुनै मूल्य छैन। आजकाल हेर तामाको पनि पैसा बन्दैन।
त्यहाँ त सुनका सिक्का हुन्छन्। आश्चर्य छ नि। के बाट के भएको छ!
बाबा भन्नुहुन्छ– मैले
तिमीहरूलाई नम्बर वन कर्म सिकाउँछु। मनमनाभव होऊ। फेरि पढाइ छ जसबाट स्वर्गको
राजकुमार बन्छौ। अहिले जुन देवता धर्म प्रायः लोप भएको छ, त्यो फेरि स्थापना हुन्छ।
मनुष्यले तिमीहरूको यो नयाँ कुरा सुनेर आश्चर्य मान्छन्, भन्छन्– स्त्री-पुरुष दुवै
सँगै बसेर पवित्र रहन सकुन्– यो कसरी हुन सक्छ! बाबाले त भन्नुहुन्छ– बस्न त सँगै
बस, नत्र कसरी थाहा हुन्छ। बीचमा ज्ञान तरवार राख्नुछ, यति बहादुरी देखाउनुछ।
परीक्षा हुन्छ। मनुष्य यी कुराहरूमा आश्चर्य मान्छन् किनकि शास्त्रहरूमा त यस्ता
कुरा छैनन्। यहाँ त व्यावहारिक रूपमा मेहनत गर्नुपर्छ। गन्धर्व विवाहको कुरा यहाँको
हो। अहिले तिमी पवित्र बन्छौ। बाबा भन्नुहुन्छ– बहादुरी देखाऊ। संन्यासीहरूको अगाडि
प्रमाण दिनुछ। समर्थ बाबाले नै सारा दुनियाँलाई पावन बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ–
बस्न त साथमा बस केवल नङ्गन हुनुछैन। यी सबै युक्तिहरू हुन्। बडो जबरजस्त प्राप्ति
छ केवल एक जन्म बाबाको निर्देशनमा पवित्र रहनुछ। योग र ज्ञानबाट २१ जन्मको लागि सदा
निरोगी बन्छौ, यसमा मेहनत छ नि। तिमी हौ शक्ति सेना। मायामाथि विजय प्राप्त गरेर
जगतजीत बन्छौ। सबै त बन्दैनन्। जुन बच्चाहरूले पुरुषार्थ गर्छन् तिनीहरूले नै उच्च
पद पाउँछन्। तिमीले विश्वलाई नै पवित्र बनाएर फेरि विश्वमाथि नै राज्य गर्छौ।
लडाइँबाट कहिल्यै सृष्टिको बादसाही मिल्नसक्दैन। यो आश्चर्य छ नि। यस समयमा सबै
आपसमा लडेर खतम हुन्छन्। मखन तिमीलाई मिल्छ। दिलाउनेवाला हुन् वन्दे मातरम्। धेरै
सङ्ख्या माताहरूको छ। अहिले बाबा भन्नुहुन्छ– जन्मजन्मान्तर तिमीले गुरु बनाउँदै आयौ,
शास्त्र पढ्दै आयौ। अब मैले तिमीहरूलाई सम्झाउँछु– स्वयंलाई जाँच, सही के हो?
सत्ययुग हो धर्मपरायण दुनियाँ। मायाले अधर्मी बनाउँछ। अहिले भारतखण्डका, अधर्मी
बनेका छन्। धर्म छैन त्यसैले तिनीहरूमा सामर्थ्य रहेको छैन। अधर्मी, अन्यायी,
गैरकानुनी, कङ्गाल बनेका छन्। बेहदका बाबा हुनुहुन्छ त्यसैले बेहदका कुरा
सम्झाउनुहुन्छ, भन्नुहुन्छ– फेरि तिमीहरूलाई धर्मपरायण, अति शक्तिशाली बनाउँछु।
स्वर्ग बनाउने त शक्तिशालीको काम हो। तर यो गुप्त छ। यी गुप्त योद्धाहरू हुन्।
बाबाको बच्चाहरूप्रति धेरै प्यार छ। बाबाले मत दिनुहुन्छ। बाबाको मत, शिक्षकको मत,
गुरुको मत, सुनारको मत, धोबीको मत– यसमा सबै मतहरू आउँछन्। अच्छा।
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यस एक अन्तिम जन्ममा बाबाको निर्देशनमा चलेर घर गृहस्थमा रहेरै पवित्र रहनुछ।
यसमा बहादुरी देखाउनुछ।
२) श्रीमतमा सदा
श्रेष्ठ कर्म गर्नुछ। वाणीबाट पर जानुछ, जे जति पढेका वा सुनेका छौ त्यसलाई भुलेर
बाबालाई याद गर्नुछ।
वरदान:–
परिस्थितिहरूलाई सौभाग्य सम्झेर आफ्नो निश्चयको आधारलाई मजबुत बनाउने अचल अडोल भव
कुनै पनि परिस्थिति
आयो भने तिमीले हाई जम्प लगाइदेऊ किनकि परिस्थिति आउनु पनि सौभाग्य (गुडलक) हो। यो
निश्चयको आधारलाई मजबुत बनाउने साधन हो। तिमी जब एक पटक अङ्गद समान मजबुत बन्छौ तब
यी परीक्षाहरूले पनि नमस्कार गर्नेछन्। पहिला विकराल रूपमा आउँछन् र फेरि दासी
बन्नेछन्। चुनौती देऊ– हामी महावीर हौँ। जसरी पानीमाथि रेखा रहनसक्दैन, त्यसैगरी म
मालिक सागरमाथि कुनै परिस्थितिले वार गर्न सक्दैन। स्व-स्थितिमा रहेमा अचल-अडोल
बन्छौ।
स्लोगन:–
पुरानो
वर्षलाई बिदाइ दिनुको साथसाथै तीतोपनालाई पनि बिदाइ देऊ।