07.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीहरू आपसमा रुहानी भाइ भाइ हौ , तिमीहरूको एक अर्कासँग धेरै प्यार हुनुपर्छ , तिमी प्रेमले भरपुर गङ्गा बन , कहिल्यै पनि लडाइँ झगडा गर्नु हुँदैन।”

प्रश्न:–
रुहानी बाबालाई कुनचाहिँ बच्चा धेरै प्रिय लाग्छन्?

उत्तर:–
(१) जसले श्रीमतमा सारा विश्वको कल्याण गरिरहेका छन्, (२) जो फूल बनेका छन्, कहिल्यै पनि कसैलाई काँडा लगाउँदैनन्, आपसमा धेरै धेरै प्यारसँग रहन्छन्, कहिल्यै रिसाउँदैनन्– यस्ता बच्चाहरू बाबालाई धेरै प्रिय लाग्छन्। जो देह अभिमानमा आएर आपसमा लड्छन्, मिल्दैनन् (नुनपानी हुन्छन्), उनीहरूले बाबाको इज्जत गुमाउँछन्। उनीहरू बाबाको निन्दा गराउने निन्दक हुन्।

ओम् शान्ति ।
जसरी अब रुहानी बच्चाहरूलाई रुहानी बाबा प्यारो लाग्छ, त्यसैगरी रुहानी बाबालाई पनि रुहानी बच्चाहरू प्यारो लाग्छ किनकि ती बच्चाहरूले श्रीमतमा सारा विश्वको कल्याण गरिरहेका छन्, कल्याणकारी सबै प्रिय छन्। तिमीहरू पनि आपसमा भाइ भाइ हौ, त्यसैले तिमीहरू पनि अवश्य एक अर्काको प्यारा छौ। जति बाबाका बच्चाहरूको आपसमा प्यार हुन्छ त्यति प्यार बाहिरकासँग हुँदैन। तिमीहरूको पनि आपसमा धेरै धेरै प्यार हुनुपर्छ। यदि भाइ भाइ नै यहाँ लडाइँ झगडा गर्छन् वा प्यार गर्दैनन् भने उनीहरू भाइ भएनन्। तिम्रो आपसमा लभ हुनुपर्छ। बाबाको पनि आत्माहरूसँग लभ छ नि। त्यसैले आत्माहरूको पनि आपसमा धेरै लभ हुनुपर्छ। सत्ययुगमा सबै आत्माहरू एक अर्काको प्रिय हुन्छन् किनकि शरीरको अभिमान टुटेको हुन्छ। तिमी भाइ भाइहरूले एक बाबाको यादबाट सारा विश्वको कल्याण गर्छौ, आफ्नो पनि कल्याण गर्छौ। भाइहरूको पनि कल्याण गर्नुपर्छ। त्यसैले बाबाले देह अभिमानीबाट देहीअभिमानी बनाइरहनु भएको छ। ती लौकिक भाइ भाइ त आपसमा धनको लागि, सेयरको लागि लड्छन्। यहाँ लडाइँ झगडाको कुरा छैन, हरेकले डाइरेक्ट सम्बन्ध राख्नु पर्छ। यो हो बेहदको कुरा। योगबलबाट बाबासँग वर्सा लिनु छ। लौकिक पितासँग स्थूल वर्सा लिन्छन्, यो त हो रुहानी बाबासँग रुहानी बच्चाहरूलाई रुहानी वर्सा। हरेकले डाइरेक्ट बाबासँग वर्सा लिनु छ। जति जति व्यक्तिगत रूपमा बाबालाई याद गर्छौ त्यति वर्सा मिल्छ। बाबाले देख्नु हुन्छ, आपसमा लड्यौ भने बाबा भन्नुहुन्छ तिमीहरू अनाथ हौ? रुहानी भाइ भाइहरू आपसमा झगडा गर्नु हुँदैन। यदि भाइ भाइ पनि आपसमा लडाइँ झगडा गर्छन्, प्रेम छैन भने मानौं रावणका बन्न पुग्छन्। उनीहरू सबै आसुरी सन्तान ठहरिए। फेरि दैवी सन्तान र आसुरी सन्तानमा फरक हुँदैन किनकि देह अभिमानी बनेर नै लड्छन्। आत्मा, आत्मासँग लड्दैन, त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! आपसमा मतभेदमा नआऊ। आउँछन् त्यसैले त सम्झाइन्छ। फेरि बाबा भन्नुहुन्छ– यी त देह अभिमानी बच्चा हुन्, रावणका बच्चा हुन्, मेरा होइनन् किनकि आपसमा मिल्दैनन्। तिमी २१ जन्म मिलेर (क्षीरखण्ड भएर) रहन्छौ। यस समयमा देहीअभिमानी भएर रहनु छ। यदि आपसमा मिलाप हुँदैन भने त्यस समयको लागि रावण सम्प्रदाय सम्झिनु पर्छ। आपसमा मतभेद भएमा बाबाको इज्जत गुमाउँछौ। भन्न त ईश्वरीय सन्तान भन्छन् तर आसुरी गुण छ भने देह अभिमानी जस्तै हुन्। देहीअभिमानीमा ईश्वरीय गुण हुन्छन्। यहाँ तिमीले ईश्वरीय गुण धारण गर्छौ तब बाबाले साथमा लैजानु हुन्छ, फेरि त्यही संस्कार साथमा जान्छ। बाबालाई थाहा छ– बच्चाहरू देह अभिमानमा आएर मिल्दैनन्। तिनीहरू ईश्वरीय बच्चा कहलाउन सक्दैनन्। आफूलाई कति घाटा पार्छन्। मायाको वश हुन्छन्। आपसमा मतभेद हुनपुग्छ। हुन त सारा दुनियाँ नै नुनपानी जस्तै छ तर यदि ईश्वरीय सन्तान पनि यस्ता भए भने बाँकी फरक के रह्यो त? उनीहरूले त बाबाको निन्दा गराउँछन्। बाबाको निन्दा गराउने, मतभेदमा आउनेले कहीँ ठाउँ पाउन सक्दैनन्। उनीहरूलाई नास्तिक पनि भन्न सकिन्छ। आस्तिक बच्चाहरू कहिल्यै लड्न सक्दैनन्। तिमीहरू आपसमा लड्नु हुँदैन। प्रेमले रहन यहाँ नै सिक्नु छ, जसबाट फेरि २१ जन्म आपसमा प्रेम हुन्छ। बाबाका बच्चा कहलाएर फेरि भाइ भाइ बन्दैनन् भने उनीहरू आसुरी सन्तान ठहरिए। बाबाले बच्चाहरूलाई सम्झाउनको लागि मुरली चलाउनु हुन्छ। तर देह अभिमानको कारण बाबाले हाम्रो लागि भनिरहनु भएको छ, उनीहरूलाई यो पनि थाहा हुँदैन। माया धेरै तीक्ष्ण छ। जसरी मुसाले टोक्छ, थाहा नै हुँदैन। मायाले पनि राम्ररी फुकेर टोक्छ। थाहै हुँदैन। आपसमा रिसाउनु आदि आसुरी सम्प्रदायको काम हो। धेरै सेवा केन्द्रहरूमा मतभेदमा आउँछन्। अहिले कोही सम्पूर्ण त बनेका छैनन्, मायाले आक्रमण गरिरहन्छ। मायाले यसरी मुख मोडिदिन्छ, थाहा नै हुँदैन। आफ्नो दिलसँग सोध्नु छ– हाम्रो आपसमा प्रेम छ वा छैन? प्रेमका सागरका बच्चा हौ त्यसैले प्रेमले भरपुर गङ्गा बन्नुपर्छ। लडाइँ झगडा गर्नु, उल्टोसुल्टो बोल्नु, त्यो भन्दा नबोल्नु राम्रो हो। नराम्रो नसुन....। यदि कसैमा क्रोधको अंश छ भने त्यो लभ हुँदैन। त्यसैले बाबा भन्नुहुन्छ– दिनहुँ आफ्नो पोतामेल चेक गर, आसुरी चालचलन सुध्रिएन भने फेरि नतिजा के निस्कन्छ? के पद पाउँछौ? बाबा सम्झाउनु हुन्छ– कुनै सेवा गर्दैनौ भने फेरि के हालत हुन्छ? पद सानो हुन्छ। साक्षात्कार त सबैलाई हुनु नै छ, तिमीलाई पनि आफ्नो पढाइको साक्षात्कार हुन्छ। साक्षात्कार भएपछि फेरि तिमी ट्रान्सफर हुन्छौ, ट्रान्सफर भएर तिमी नयाँ दुनियाँमा आउँछौ। अन्तिममा सबैलाई साक्षात्कार हुन्छ, को को कुन अङ्क ल्याएर पास भएका छन्? फेरि रुन्छन्, कराउँछन्, सजाय पनि खान्छन्, पछुताउँछन्– बाबाले भन्नु भएको मानेनौँ। बाबाले त पटक पटक सम्झाउनु भएको छ, कुनै आसुरी गुण हुनु हुँदैन। जसमा दैवीगुण छन् उनीहरूले यस्तै आफू समान बनाउनु पर्छ। बाबालाई याद गर्न त धेरै सहज छ– अल्फ र बे। अल्फ भनेको बाबा, बे बादशाही। त्यसैले बच्चाहरूलाई नसा हुनुपर्छ। यदि आपसमा मतभेदमा आउँछौ भने फेरि ईश्वरीय सन्तान कसरी मानिन्छ। बाबाले बुझ्नु हुन्छ यो आसुरी सन्तान हो, मायाले यसलाई नाकमा समातेको छ। उनीहरूलाई थाहा पनि हुँदैन, सारा अवस्था डाँवाडोल हुन्छ, पद सानो हुन जान्छ। तिमी बच्चाहरूले उनीहरूलाई प्रेमले सिकाउने कोसिस गर्नुपर्छ, प्रेमको दृष्टि हुनुपर्छ। बाबा प्रेमका सागर हुनुहुन्छ, त्यसैले बच्चाहरूलाई पनि खिच्नु हुन्छ नि। त्यसैले तिमीहरू पनि प्रेमका सागर बन्नु छ।

बाबाले बच्चाहरूलाई धेरै प्रेमले सम्झाउनु हुन्छ, राम्रो मत दिनुहुन्छ। ईश्वरीय मत मिलेपछि तिमी फूल बन्छौ। सबै गुण तिमीलाई दिनुहुन्छ। देवताहरूमा प्रेम हुन्छ नि। त्यसैले त्यो अवस्था तिमीले यहाँ जमाउनु छ। यस समयमा तिमीलाई ज्ञान छ फेरि देवता बनेपछि ज्ञान रहने छैन। त्यहाँ दैवी प्यार नै हुन्छ। त्यसैले तिमी बच्चाहरूले अब दैवीगुण पनि धारण गर्नु छ। अहिले तिमीले पूज्य बन्नको लागि पुरुषार्थ गरिरहेका छौ। अहिले सङ्गममा छौ। बाबा पनि भारतखण्डमा आउनु हुन्छ, यहीँ शिवजयन्ती मनाउँछन्। तर उहाँ को हुनुहुन्छ, कसरी, कहिले आउनु हुन्छ, के गर्नुहुन्छ? यो जानेका छैनन्। तिमी बच्चाहरूले पनि अहिले नम्बरवार पुरुषार्थ अनुसार जानेका छौ। जसले जान्दैनन् उनीहरूले कसैलाई सम्झाउन पनि सक्दैनन् फेरि पद सानो हुन जान्छ। स्कुलमा पढ्नेहरूमा कसैको चालचलन नराम्रो हुन्छ भने कसैको चालचलन सदैव राम्रो हुन्छ। कोही उपस्थित हुन्छन् कोही गयल। यहाँ उपस्थित ऊ हो जसले सदैव बाबालाई याद गर्छ, स्वदर्शन चक्र घुमाइरहन्छ। बाबा भन्नुहुन्छ– उठ्दा बस्दा तिमीले आफूलाई स्वदर्शन चक्रधारी सम्झ। भुल्यौ भने गयल हुन्छौ, सदैव उपस्थित भएपछि मात्रै उच्च पद पाउँछौ, भुल्यौ भने सानो पद पाउँछौ। बाबालाई थाहा छ अहिले समय छ। उच्च पद पाउनेहरूको बुद्धिमा यो चक्र घुमिरहन्छ। भनिन्छ शिवबाबाको याद होस्, मुखमा ज्ञान अमृत होस् तब प्राण तनबाट निस्कियोस्। यदि कुनै चीजसँग प्रीत छ भने अन्त्यकालमा त्यो याद आइरहन्छ। खाने लोभ रहेछ भने मर्ने बेलामा त्यो चीज याद आइरहन्छ, यो खाऊँ। फेरि पद भ्रष्ट हुन जान्छ। बाबा त भन्नुहुन्छ स्वदर्शन चक्रधारी भएर मर, अरू केही पनि याद नआओस्। विना कुनै सम्बन्ध जसरी आत्मा आएको छ, त्यसैगरी जानु छ। लोभ पनि कम छैन। लोभ छ भने अन्तिम समयमा त्यही याद आइरहन्छ, मिलेन भने त्यही आशमा मर्छ। त्यसैले तिमी बच्चाहरूमा लोभ आदि पनि हुनु हुँदैन। बाबाले सम्झाउन त धेरै सम्झाउनु हुन्छ तर बुझ्न कसैले बुझे त हो। बाबाको याद एकदम दिलमा राख– बाबा, ओहो बाबा! बाबा बाबा मुखले भन्नु पनि छैन। अजपाजाप चलिरहोस्। बाबाको यादमा, कर्मातीत अवस्थामा यो शरीर छुटोस् अनि उच्च पद पाउन सक्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) प्रेमले भरपुर गङ्गा बन्नु छ। सबै प्रति प्रेमको दृष्टि राख्नु छ। कहिल्यै पनि मुखबाट उल्टो बोली बोल्नु छैन।

२) कुनै पनि चीजमा लोभ गर्नु छैन। स्वदर्शन चक्रधारी भएर रहनु छ। अभ्यास गर्नु छ– अन्त्य समयमा कुनै पनि चीज याद आउनु छैन।

वरदान:–
s पुरानो देह वा दुनियाँका सबै आकर्षणहरूबाट सहजै र सदा टाढा रहने राजऋषि भव

राजऋषि अर्थात् एकातर्फ सर्व प्राप्तिको अधिकारको नसा र अर्कातर्फ बेहदको वैराग्यको अलौकिक नसा। वर्तमान समयमा यी दुवै अभ्यासलाई बढाउँदै जाऊ। वैराग्य अर्थात् किनारा होइन। सर्व प्राप्ति भएर पनि हदको आकर्षणले मन बुद्धिलाई आकर्षणमा नल्याओस्। सङ्कल्प मात्र पनि अधीनता नहोस्– यसलाई भनिन्छ राजऋषि अर्थात् बेहदको वैरागी, यो पुरानो देह वा देहको पुरानो दुनियाँ, व्यक्त भाव, वैभवहरूको भाव– यी सबै आकर्षणबाट सदा र सहज टाढा रहनेवाला।

स्लोगन:–
साइन्सका साधनहरूलाई प्रयोग गर तर आफ्नो जीवनको आधार नबनाऊ।

मातेश्वरीजीका अनमोल महावाक्य:–

हेर, मनुष्यहरूले भन्छन् कुरुक्षेत्रमा कौरव र पाण्डवको आपसमा लडाइँ भएको हो अनि फेरि देखाउँछन् पाण्डवहरूको साथी निर्देशन दिने श्रीकृष्ण थिए, जतातिर स्वयं प्रकृतिपति छन् उनीहरूको विजय त अवश्य हुन्छ। हेर, सबै कुरा मिलाइदिएका छन्, अब पहिला त यस कुरालाई बुझ्नु पर्छ– प्रकृतिपति कुनै श्रीकृष्ण होइनन्। प्रकृतिपति त परम आत्मा हुनुहुन्छ, श्रीकृष्ण त सत्ययुगका प्रथम देवता हुन्, उनलाई भगवान भन्न सकिँदैन। त्यसैले पाण्डवहरूका सारथी परमात्मा थिए नकि श्रीकृष्ण। तर परमात्माले हामी बच्चाहरूलाई कहिल्यै हिँसा सिकाउन सक्नुहुन्न, न पाण्डवहरूले हिँसक लडाइँ गरेर स्वराज्य लिएका थिए। यो दुनियाँ कर्मक्षेत्र हो जसमा मनुष्यले जस्तो जस्तो कर्म गरेर बीउ रोप्छ त्यस्तै राम्रो नराम्रो फल भोग्छ। जुन कर्म क्षेत्रमा पाण्डव अर्थात् भारतखण्डका माता शक्ति अवतार पनि उपस्थित छन्। परमात्मा आउनु हुन्छ नै भारतखण्डमा त्यसैले भारतखण्डलाई अविनाशी भनिन्छ। परमात्माको अवतरण खास भारतखण्डमा भएको छ किनकि अधर्मको वृद्धि पनि भारतखण्डमा भएको हो। यहाँ नै परमात्माले योग बलद्वारा कौरव राज्य खतम गरेर पाण्डवहरूको राज्य स्थापना गर्नुभयो। परमात्मा आउनु भएर धर्मको राज्य स्थापना गर्नुभयो तर हिन्दुहरूले आफ्नो महान् पवित्र धर्म र श्रेष्ठ कर्मलाई भुलेर आफूलाई हिन्दु कहलाउँछन्। बिचराहरूले आफ्नो धर्मलाई नजानेर अरूको धर्ममा लागेका छन्। देवताहरूको नामबाट आफ्नो नाम राखेर राधास्वामी, आर्यसमाज, ब्रह्मसमाज, चिदाकाशी मठ पन्थ आदि निकालेका छन्। तर अर्थ त जान्दैनन्, केवल नाम राखिदिएका छन्। यदि आफूलाई राधास्वामी कहलाउँछन् भने फेरि राधा त उनीहरूको साथमा छैनन्। यो त हामीलाई थाहा छ राधाको स्वामी अर्थात् प्रकृतिपति तर उहाँ त हुनु भयो परमात्मा, नकि मनुष्य आत्मा हुन सक्छन्। त्यसैले पनि उनीहरूको ज्ञान मिथ्या हो, आफूलाई आर्य भन्छन्, आर्य त पवित्रलाई भनिन्छ। सबै भन्दा पवित्र हुन् देवी देवताहरू, यिनीहरू जस्तो पवित्र त यस कलियुगमा कोही छँदै छैनन्। अब त्यो स्वच्छ चालचलन छैन, मात्र टाइटल राख्नु, यो त शोभा दिँदैन। फेरि भन्छन् ब्रह्मसमाजी, अब ब्रह्म त हो अखण्ड ज्योति तत्त्व जहाँ निराकारी आत्माहरू निवास गर्छन्। त्यसैले आत्माहरूको समाजलाई ब्रह्मसमाजी भन्न सकिन्छ। यहाँ साकारी दुनियाँ छ भने उनीहरूलाई कसरी ब्रह्मसमाजी भन्न सकिन्छ। बाँकी चिदाकाशी त सारा मनुष्य आत्माहरू हुन्, जो यस आकाश तत्त्वमा निवास गर्छन्। चिदा भनिन्छ यस आकाशलाई। यसमा त हामी सबै मनुष्यहरू निवास गर्छौं, त्यसैले सबै चिदाकाशी ठहरिए फेरि उनीहरूको खास मठ चिदाकाशी कसरी हुन सक्छ! यो बेहदको ज्ञान, बेहदको मालिकले स्वयं नै बताउनु हुन्छ। यिनीहरू त आफ्नो स्वधर्मलाई भुलेर हदमा फसेका छन् जसलाई भनिन्छ अति धर्म ग्लानि किनकि यो सबै प्रकृतिको धर्म हो तर पहिला हुनुपर्छ स्वधर्म, हर एकको स्वधर्म हो– म आत्मा शान्त स्वरूप हुँ फेरि आफ्नो प्रकृतिको धर्म हो देवता धर्म, यी ३३ करोड देवताहरू हुन्। त्यसैले त परमात्मा भन्नुहुन्छ अनेक देहका धर्महरूको त्याग गर, सर्व धर्मान् परित्यज्य... यी हदका धर्महरूमा यति आन्दोलन हुन गएको छ। त्यसैले अब यी हदका धर्महरूबाट निस्किएर बेहदमा जानु छ। बेहदका बाबा सर्वशक्तिमान् परमात्मासँग योग लगाउनु छ, त्यसैले सर्वशक्तिमान् प्रकृतिपति परमात्मा हुनुहुन्छ, नकि कृष्ण। कल्प पहिला पनि जता तर्फ साक्षात् प्रकृतिपति परमात्मा हुनुहुन्थ्यो उनीहरूकै विजय गायन गरिएको छ। अच्छा!