07.07.24    Avyakt Bapdada     Nepali Murli    11.11.20     Om Shanti     Madhuban


सम्पूर्णताको समीपताद्वारा प्रत्यक्षताको श्रेष्ठ समयलाई समीप ल्याऊ


आज बापदादाले आफ्ना होलिएस्ट, हाइएस्ट, लकिएस्ट, स्वीटेस्ट बच्चाहरूलाई देखिरहनु भएको छ। सारा विश्वमा समय प्रति समय होलिएस्ट आत्माहरू आइरहेका छन्। तिमी पनि होलिएस्ट हौ तर तिमी श्रेष्ठ आत्माहरूले प्रकृतिजित बनेर प्रकृतिलाई पनि सतोप्रधान बनाइदिन्छौ। तिम्रो पवित्रताको पावरले प्रकृतिलाई पनि सतोप्रधान पवित्र बनाइदिन्छ। त्यसैले तिमी सबै आत्माहरूले प्रकृतिको यो शरीर पनि पवित्र प्राप्त गर्छौ। तिम्रो पवित्रताको शक्तिले विश्वको जड, चैतन्य सबैलाई पवित्र बनाइदिन्छ। त्यसैले तिमीलाई शरीर पनि पवित्र प्राप्त हुन्छ। आत्मा पनि पवित्र, शरीर पनि पवित्र र प्रकृतिका साधन पनि सतोप्रधान पावन हुन्छन् त्यसैले तिमी विश्वमा होलिएस्ट आत्माहरू हौ। होलिएस्ट हौ? आफूलाई विश्वको होलिएस्ट आत्मा सम्झन्छौ? हाइएस्ट पनि हौ, किन हाइएस्ट हौ? किनकि उच्च भन्दा उच्च भगवनलाई पहिचान गर्यौ। उच्च भन्दा उच्च बाबाद्वारा उच्च भन्दा उच्च आत्मा बन्यौ। साधारण स्मृति, वृत्ति, दृष्टि, कृति सबै परिवर्तन भएर श्रेष्ठ स्मृति स्वरूप, श्रेष्ठ वृत्ति, श्रेष्ठ दृष्टि बन्यो। कसैसँग पनि मिल्दा कुन वृत्तिले मिल्छौ? भाइ भाइको वृत्तिले, आत्मिक दृष्टिले, कल्याणको भावनाले, प्रभु परिवारको भावले। यसरी हाइएस्ट भयौ नि हैन? परिवर्तन भयौ नि! त्यस्तै कति लकिएस्ट छौ? कुनै ज्योतिषिले तिम्रो भाग्यको रेखा लेखेको होइन, स्वयं भाग्य विधाताले तिम्रो भाग्यको रेखा लेख्नुभयो र ग्यारेन्टी कति ठुलो दिनु भएको छ? २१ जन्मको तकदिरको रेखाको अविनाशीको ग्यारेन्टी लिनु भएको छ। एक जन्मको होइन, २१ जन्म कहिल्यै दु:ख र अशान्तिको अनुभूति हुँदैन। सदा सुखी रहनेछौ। तीन कुरा जीवनमा चाहिन्छ– स्वास्थ्य, सम्पत्ति र खुसी। यी तीनै कुरा तिमीहरू सबैलाई बाबाबाट वर्सामा प्राप्त भयो। ग्यारेन्टी छ नि २१ जन्मको? सबैले ग्यारेन्टी लिएका छौ? पछाडि बस्नेलाई ग्यारेन्टी मिलेको छ? सबैले हात उठाइरहेका छन्, धेरै राम्रो। बच्चा बन्नु अर्थात् बाबाबाट वर्सा मिल्नु। बच्चा बनिरहेका छैनौ, बनिरहेका छौ र? बच्चा बनिरहेका छौ कि बनेका छौ? बच्चा बन्ने कुरा हुँदैन। पैदा भयो अर्थात् बन्यो। पैदा हुनासाथ बाबाको वर्साको अधिकारी बन्यौ। त्यसोभए बाबाद्वारा यस्तो श्रेष्ठ भाग्य अहिले प्राप्त गर्यौ। र, फेरि रिचेस्ट पनि हौ। ब्राह्मण आत्मा, क्षत्रिय होइन ब्राह्मण। ब्राह्मण आत्माले निश्चयले अनुभव गर्छ– म श्रेष्ठ आत्मा, म फलाना होइन, म आत्मा रिचेस्ट इन द वर्ल्ड (विश्वमा सबै भन्दा धनी)। ब्राह्मण हौ त्यसैले रिचेस्ट इन द वर्ल्ड हौ किनकि ब्राह्मण आत्माको लागि परमात्म यादबाट हर कदममा पदम छ। त्यसोभए सारा दिनमा कति कदम उठाउँछौ होला? सोच। हर कदममा पदम, यसरी सारा दिनमा कति पदम भए? बाबाद्वारा यस्ता आत्माहरू बन्यौ। म ब्राह्मण आत्मा के हुँ, यो याद रहनु नै भाग्य हो। त्यसैले आज बापदादाले हरेकको मस्तकमा भाग्यको चम्किएको सितारा देखिरहनु भएको छ। तिमीले पनि आफ्नो भाग्यको सितारा देखिरहेका छौ?

बापदादा बच्चाहरूलाई देखेर खुसी हुनुहुन्छ कि बच्चाहरू बाबालाई देखेर खुसी हुन्छौ? को खुसी हुन्छ? बाबा कि बच्चाहरू? को? (बच्चाहरू) बाबा खुसी हुनुहुन्न? बाबा बच्चाहरूलाई देखेर खुसी हुनुहुन्छ र बच्चाहरू बाबालाई देखेर खुसी हुन्छन्। दुवै खुसी हुन्छौं किनकि बच्चाहरूलाई थाहा छ– यो प्रभु मिलन, यो परमात्म प्यार, यो परमात्म वर्सा, यी परमात्म प्राप्तिहरू अहिले नै प्राप्त हुन्छ। “अहिले नभए कहिल्यै हुँदैन।” यस्तो हो?

बापदादाले अहिले केवल एउटा कुरा बच्चाहरूलाई रिभाइज गराइरहनु भएको छ– कुनचाहिँ कुरा होला? बुझि हालेकै छौ। बापदादाले यही रिभाइज गराइरहनु भएको छ– अब श्रेष्ठ समयलाई समीप ल्याऊ। यो विश्वको आत्माहरूको आवाज हो। तर ल्याउनेवाला को हुनुहुन्छ? तिमीहरू हौ कि अरू कोही हुनुहुन्छ? यस्तो मनोहर श्रेष्ठ समयलाई समीप ल्याउने तिमीहरू सबै हौ? यदि हौ भने हात उठाऊ। राम्रो, फेरि अर्को कुरा पनि छ, त्यो पनि बुझिसक्यौ त्यसैले हाँसिरहेका छौ? अच्छा, त्यसको मिति कुनचाहिँ हो? डेट त फिक्स गर न। अहिले डेट फिक्स गर्यौ नि– विदेशीको टर्न हुनु छ। यो डेट त फिक्स गर्यौ। त्यस्तै हे समयलाई समीप ल्याउने आत्माहरू! भन यसको डेट कुनचाहिँ हो? त्यो नजर आउँछ? पहिला तिमीहरूका नजरमा आएपछि विश्वमा आउनेछ। बापदादा जब अमृतबेला विश्वमा चक्कर लगाउनु हुन्छ, त्यतिबेला देखेर, सुनेर दया लाग्छ। बच्चाहरू मौजमा पनि छौ तर मौजको साथै अलमलिएका पनि छौ। त्यसैले बापदादा सोध्नुहुन्छ– हे दाताका बच्चाहरू मास्टर दाता! कहिले आफ्नो मास्टर दातापनको पार्ट तीव्रगतिले विश्वको अगाडि प्रत्यक्ष गर्नेछौ? कि अझै पर्दा भित्र तयार भइरहेका छौ? तयारी गरिरहेका छौ? हे विश्व परिवर्तनको निमित्त आत्माहरू ! अब विश्वका आत्माहरूमाथि दया गर। हुन त छ नै, यो त निश्चित छ र हुनु पनि तिमी निमित्त आत्माहरूद्वारा नै छ। केवल ढिलाइ कुन कुराको छ? बापदादा यो एक सेरीमनी (समारोह) देख्न चाहनुहुन्छ– हरेक ब्राह्मण बच्चाहरूको दिलमा सम्पन्नता र सम्पूर्णताको झण्डा लहराएको देखियोस्। हर ब्राह्मणको मनमा सम्पूर्णताको झण्डा लहराए पछि मात्रै विश्वमा बाबाको प्रत्यक्षताको झण्डा लहराउने छ। त्यसैले यो फ्ल्याग सेरीमनी (झन्डोत्तोलन समारोह) बापदादाले हेर्न चाहनुहुन्छ। जसरी शिवरात्रिमा शिव अवतरणको झण्डा लहराउँछौ, त्यसैगरी अब शिव शक्ति पाण्डव अवतरणको नारा लागोस्। एक गीत बजाउँछौ नि– शिवशक्तियाँ आ गई। अब विश्वले यो गीत गाओस्– शिवको साथमा शक्ति, पाण्डव प्रत्यक्ष भइसके। पर्दामा कहिलेसम्म रहन्छौ! पर्दा भित्र रहन राम्रो लाग्छ? अलिअलि राम्रो लाग्छ! राम्रो लाग्दैन, त्यसोभए हटाउने कसले? बाबाले हटाउने? कसले हटाउनेछ? ड्रामाले हटाउने छ कि तिमीले हटाउँछौ? तिमीले हटाउने हो भने ढिलाइ किन? त्यसोभए यस्तो सम्झौं– पर्दा भित्र रहन तिमीलाई राम्रो लाग्छ! बस्, बापदादाको अहिले केवल एउटै यो श्रेष्ठ आशा छ, सबैले गीत गाउन् वाह! आउनुभयो, आउनुभयो, आउनुभयो। हुन सक्छ? हेर दादीहरू सबैले भन्छन् हुन सक्छ फेरि किन हुँदैन? कारण के हो? सबैले यसरी यसरी भनि इशारा गरिरहेका छन्, फेरि कारण के हो? (सबै सम्पन्न बनेका छैनन्) किन बनेका छैनौ त? डेट बताऊ न! (डेट त बाबा हजुरले बताउनु हुनेछ) बापदादाको महामन्त्र याद छ? बापदादाले के भन्नुहुन्छ? कहिले होइन अहिले। (दादीजीले भनिरहनु भएको छ बाबा फाइनल डेट हजुरले नै बताउनुहोस्) ठीकै छ, बापदादाले जुन डेट बताउनु हुनेछ, त्यसमा आफूलाई मोल्ड गरेर पूरा गर्नेछौ? पाण्डवहरूले गर्नेछौ? पक्का। यदि तल माथि गर्यौ भने के गर्नु पर्नेछ? (हजुरले डेट दिनु भएमा कसैले कुनै तल माथि गर्दैन) बधाई छ। अच्छा! अब डेट बताउने छु, हेर्नु। हेर, बापदादा फेरि पनि रहमदिल हुनुहुन्छ, त्यसैले बापदादा डेट बताउनु हुन्छ, अटेन्सन दिएर सुन्नु।

बापदादा सबै बच्चाहरूसँग यो श्रेष्ठ भावना राख्नुहुन्छ, आशा राख्नुहुन्छ– कम से कम ६ महिनामा, ६ महिना कहिलेसम्म पूरा हुनेछ? (मईमा) मईमा ‘मैं’, ‘मैं’ खतम। बापदादाले अझै पनि मार्जिन दिनुहुन्छ– कम से कम यो ६ महिनामा, जुन बापदादाले पहिला पनि सुनाउनु भएको छ र पहिलाको सिजनमा पनि काम दिनु भएको थियो– आफूलाई जीवनमुक्त स्थितिको अनुभवमा ल्याऊ। सत्ययुगको सृष्टिको जीवनमुक्ति होइन, सङ्गमयुगको जीवनमुक्त स्टेज। कुनै पनि विघ्न, परिस्थितिहरू, साधन वा म र मेरोपन, म बडी कान्सियसको र मेरो बडी कान्सियसको सेवाको, यी सबैको प्रभावबाट मुक्त रहनु। यस्तो नभन्नु– म त मुक्त रहन चाहन्थेँ तर यो विघ्न आयो नि, यो कुरा धेरै ठुलो भयो नि। सानो कुरा त टल्छ, यो धेरै ठुलो कुरा थियो, यो धेरै ठुलो पेपर थियो, ठुलो विघ्न थियो, ठुलो परिस्थिति थियो। जतिसुकै ठुलो भन्दा ठुलो परिस्थिति, विघ्न, साधनहरूको आकर्षणले अवरोध गरोस्, अवरोध गर्नेछ– यो पहिला नै बताइदिन्छु तर कम से कम ६ महिनामा ७५ प्रतिशत मुक्त हुन सक्छौ? बापदादाले १०० प्रतिशत भनिरहनु भएको छैन, ७५ प्रतिशत, पौनेसम्म आयौ भने त पूरामा पुग्छौ नि! त्यसैले ६ महिनामा, एक महिना पनि होइन, ६ महिना दिइरहनु भएको छ, वर्षको आधा। त्यसोभए के यो डेट फिक्स गर्न सक्छौ? हेर, दादीहरूले भनिरहेका छन् फिक्स गर्नुहोस्, दादीहरूको हुकुम त मान्नु छ नि! रिजल्ट देखेर त बापदादा स्वत: नै आकर्षणमा आउनु हुनेछ, भन्नु पनि आवश्यक पर्दैन। त्यसोभए ६ महिनामा ७५ प्रतिशत, १०० भनिरहेको छैन। त्यसको लागि फेरि पछि समय दिउँला। यसमा एवररेडी छौ? एवररेडी होइन, ६ महिनामा रेडी। मन पर्यो कि अलिकति हिम्मत कम छ, थाहा छैन के होला? सिँह पनि आउनेछ, बिरालो पनि आउनेछ, सबै आउनेछन्। विघ्न पनि आउनेछन्, परिस्थितिहरू पनि आउनेछन्, साधन पनि बढ्नेछन् तर साधनको प्रभावदेखि मुक्त रहनु। ठीक लाग्यो भने हात उठाऊ। टी.भी. घुमाऊ। राम्रोसँग हात उठाऊ, तल नझार्नु। सीन राम्रो लागिरहेको छ। अच्छा, पहिला नै बधाई छ।

यो नभन्नु हामीलाई त धेरै मर्नु पर्छ, मर कि बाँच तर बन्नु छ। यो मर्नु मीठो मर्नु हो, यस मर्नुमा दु:ख हुँदैन। यो मर्नु अनेकौँको कल्याणको लागि मर्नु हो, त्यसैले यस मर्नुमा मजा छ। दु:ख छैन, सुख छ। कुनै बहाना नगर्नु, यो भयो नि, त्यसैले भयो। बहानाबाजी चल्दैन। बहानाबाजी गर्छौ र? गर्दैनौ नि! उड्ती कलाको बाजी गर्नु र कुनै बाजी होइन। गिरती कलाको बाजी, बहानाबाजी, कमजोरीको बाजी– यो सबै समाप्त। उड्ती कलाको बाजी। ठीक छ नि! सबैका अनुहार त हर्षले फक्रिएका छन्। जब ६ महिना पछि मिल्न आउँदा कस्तो अनुहार हुनेछ! त्यतिबेला पनि फोटो निकाल्ने छु।

डबल विदेशी आएका छन् नि त्यसैले डबल प्रतिज्ञा गर्ने दिन आयो। अरू कसैलाई नहेर्नु, सी फादर, सी ब्रह्मा मदर। अरूले गरोस् नगरोस्, गर्छन् त सबैले फेरि पनि उनीहरूप्रति पनि रहम भाव राख्नु। कमजोरलाई शुभभावनाको बल दिनु, कमजोरी नहेर्नु। यस्ता आत्माहरूलाई आफ्नो हिम्मतको हातले उठाउनु, उच्च बनाउनु। हिम्मतको हात सदा स्वयंप्रति र सर्वप्रति बढाइरहनु। हिम्मतको हात धेरै शक्तिशाली हुन्छ। बापदादाको वरदान छ– हिम्मतको एक कदम बच्चाहरूको, हजार कदम बाबाको मदतको। निःस्वार्थ पुरुषार्थमा पहिला म। निःस्वार्थ पुरुषार्थ, स्वार्थको पुरुषार्थ होइन, निःस्वार्थ पुरुषार्थ यसमा जो ओटे (जसले जिम्मेवारी लिन्छ) ऊ ब्रह्मा बाबा समान।

ब्रह्मा बाबासँग त प्यार छ नि! त्यसैले त ब्रह्माकुमारी वा ब्रह्माकुमार कहलाउँछौ नि! चुनौति दिन्छौ– सेकेन्डमा जीवनमुक्तिको वर्सा लिनुहोस्। त्यसोभए अब सेकेन्डमा आफूलाई मुक्त गर्ने अटेन्सन राख। अब समयलाई समीप ल्याऊ। तिम्रो सम्पूर्णताको समीपताले श्रेष्ठ समयलाई समीप ल्याउने छ। मालिक हौ नि, राजा हौ नि! स्वराज्य अधिकारी हौ? त्यसोभए अर्डर गर। राजाले त अर्डर गर्छन् नि! यो गर्नु छैन, यो गर्नु छ। बस्, अर्डर गर। अहिले भर्खरै हेर मनलाई किनकि मन हो मुख्य मन्त्री। त्यसैले हे राजाहरू! आफ्नो मन मन्त्रीलाई सेकेन्डमा अर्डर गरेर अशरीरी, विदेही स्थितिमा स्थित गर्न सक्छौ? गर अर्डर एक सेकेन्डमा। (५ मिनट ड्रिल) अच्छा!

सदा लभलीन र लक्की आत्माहरूलाई बापदादाद्वारा प्राप्त भएको सर्व प्राप्तिहरूको अनुभवी आत्माहरूलाई, स्वराज्य अधिकारी बनेर अधिकारद्वारा स्वराज्य गर्ने शक्तिशाली आत्माहरूलाई, सदा जीवनमुक्त स्थितिको अनुभवी हाइएस्ट आत्माहरूलाई, भाग्य विधाताद्वारा श्रेष्ठ भाग्यको रेखाद्वारा लकिएस्ट आत्माहरूलाई, सदा पवित्रताको दृष्टि, वृत्तिद्वारा स्व परिवर्तन विश्व परिवर्तन गर्ने होलिएस्ट आत्माहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

डबल विदेशी अतिथिहरूसँग (कल अफ टाइम अर्थात् समयको पुकार प्रोग्राममा आएका पाहुनाहरूसँग)

सबै आफ्नो स्वीट होममा, स्वीट परिवारमा आइपुग्यौ नि! यो सानो स्वीट परिवार प्यारो लाग्छ नि! तिमीहरू पनि कति प्रिय बन्यौ! सबै भन्दा पहिला परमात्म प्रिय बन्यौ। बनेका छौ नि! बन्यौ कि बन्नेछौ? हेर, तिमीहरू सबैलाई देखेर सबै कति खुसी भइरहेका छन्। किन खुसी भइरहेका छन्? सबैको अनुहार हेर धेरै खुसी भइरहेका छन्। किन खुसी भइरहेका छन्? किनकि जान्दछन्– यी सबै गड्ली मेसेन्जर बनेर आत्माहरूलाई सन्देश दिने निमित्त आत्मा हुन्। (पाँचै खण्डका छन्) त्यसैले ५ खण्डहरूमा नै सन्देश पुग्नेछ, सहज छ नि। प्लान धेरै राम्रो बनाएका छौ। यसमा परमात्म पावर भरेर परिवारको सहयोग लिएर अगाडि बढिरहनु। सबैका सङ्कल्प बापदादाको पासमा पुगिरहेका छन्। सङ्कल्प धेरै राम्रो राम्रो चलिरहेका छन् नि! प्लान बनिरहेका छन्। त्यसैले प्लानलाई यथार्थ ल्याउन हिम्मत तिम्रो र मदत बाबाको अनि ब्राह्मण परिवारको। केवल निमित्त बन्नु छ, बस् अरू मेहनत गर्नु छैन। म परमात्म कार्यको निमित्त हुँ। कुनै पनि कार्यमा आउँदा बाबा म निमित्त सेवाको लागि तयार छु, म निमित्त हुँ, चलाउनेले आफै चलाउनु हुनेछ। यो निमित्त भावले तिम्रो चेहरामा निर्माण र निर्मान भाव प्रत्यक्ष गर्नेछ। करावनहारले निमित्त बनाएर कार्य गराउनु हुन्छ। माइक तिमी र माइट बाबाको। सहज छ नि! त्यसैले निमित्त बनेर यादमा हाजिर होऊ, बस्। तब तिम्रो चेहरा, तिम्रो स्वरूप स्वत: नै सेवाको निमित्त बन्छ। केवल बोलीद्वारा मात्र सेवा गर्दैनौ, स्वरूपद्वारा पनि तिम्रो आन्तरिक खुसी अनुहारबाट देखिन्छ। यसलाई नै भनिन्छ अलौकिकता। अब अलौकिक भयौ नि। लौकिकपन त खतम भयो नि। म आत्मा हुँ– यो अलौकिक। म फलाना हुँ– यो लौकिक। त्यसोभए को हौ? अलौकिक कि लौकिक? अलौकिक हौ नि! ठीक छ। बापदादा वा परिवारको सामुन्ने आइपुग्यौ, यो धेरै राम्रो हिम्मत राख्यौ। हेर, तिमी पनि करोडौँमा कोही निस्कियौ नि। यो कति ठुलो ग्रुप थियो, त्यस मध्येबाट कति आएका छौ, त्यसैले करोडौँमा कोही निस्कियौ नि। ठीक छ, बापदादालाई ग्रुप राम्रो लागेको छ। यिनी हेर कति खुसी भइरहेका छन्। तिमीहरू भन्दा बढी यी खुसी भइरहेका छन् किनकि सेवाको रिटर्न सामुन्ने देखेर खुसी भइरहेका छन्। खुसी भइरहेका छौ नि– मेहनतको फल मिल्यो। अच्छा! अब त बालक सो मालिक हौ। बालक मास्टर हुन्छ। बच्चालाई सदा भनिन्छ मास्टर। अच्छा!

वरदान:–
सफल गर्ने विधिले सफलताको वरदान प्राप्त गर्ने वरदानी मूर्त भव

सङ्गमयुगमा तिमी बच्चाहरूलाई वर्सा पनि छ भने वरदान पनि छ– “सफल गरेर सफलता पाऊ।” सफल गर्नु छ बीज हो र सफलता हो फल। यदि बीज राम्रो छ त फल नमिलोस्, यो हुन सक्दैन। जसरी अरूलाई भन्छौ– समय, सङ्कल्प, सम्पत्ति सबै सफल गर। त्यसैगरी आफ्ना सर्व खजानाहरूको लिस्टलाई चेक गर– कुनचाहिँ खजाना सफल भयो र कुनचाहिँ व्यर्थ गयो। सफल गरिराख्यौ भने सर्व खजानाहरूबाट सम्पन्न वरदानी मूर्त बन्छौ।

स्लोगन:–
परमात्म अवार्ड (इनाम) लिनको लागि व्यर्थ र निगेटिभलाई अवाइड गर।