07.09.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
यहाँ श्रीकृष्णजस्तो राजकुमार बन्ने पढाइ पढ्छौ , तिमीलाई पढाउने स्वयं भगवान
हुनुहुन्छ।”
प्रश्न:–
बाबाले
भगवानुवाच शब्द भनेको बेलामा पनि धेरै बच्चाहरू अलमलिन्छन्– किन?
उत्तर:–
किनकि भगवान त
गुप्त हुनुहुन्छ। उनीहरूले सम्झन्छन्, सायद यी दादाले भगवानुवाच भनेका हुन्। तर
निराकार भगवानलाई बोल्नको लागि पक्कै मुख चाहिन्छ नि! बाबा भन्नुहुन्छ– म कसरी यिनमा
प्रवेश गरेर तिमीलाई पढाउँछु, यो बुझ्नुपर्ने अद्भुत कुरा हो।
ओम् शान्ति ।
भगवानुवाच।
भगवानले के भन्नुहुन्छ? यो भगवानुवाच कसले भन्नुभयो? देख्न त कोही पनि देखिँदैन।
मानिसलाई भगवान भनिँदैन। कसैले जुन व्यक्तिले बोल्छन् उनैले भगवानुवाच भन्छन् भन्ने
सम्झन्छन्। तर निराकार भगवान बोलिरहनुभएको छ, यो केवल तिमीहरूले मात्रै जान्दछौ। यहाँ
को बसिरहनुभएको छ! भगवान कहाँ हुनुहुन्छ! यो नयाँ कुरा हो नि! त्यसैले मानिसहरू
अलमलिन्छन्। तर यो भगवानुवाच अवश्य हो। बाबा भन्नुहुन्छ– मैले बच्चाहरूलाई राजयोग
सिकाइरहेको छु। नरबाट नारायण अथवा कृष्ण, नारीलाई लक्ष्मी अथवा राधा बनाउनको लागि
योग र ज्ञान सिकाउँछु, योभन्दा अरू के चाहियो। तिमीलाई मैले राजाहरूको राजा,
राजकुमारहरूको राजकुमार बनाउँछु। राजकुमार-राजकुमारी पनि त मन्दिरमा जान्छन् नि!
विकारी राजकुमारहरूले निर्विकारी राजकुमार श्रीकृष्णलाई नमन गर्छन्। त्यसैले मैले
तिमीहरूलाई राजकुमारका पनि राजकुमार बनाउँछु। तिमी पनि श्रीकृष्णजस्तै स्वर्गको
राजकुमार बन। पढाइ पढेर नै त राजकुमार-राजकुमारी बन्छौ नि! डाक्टर वा वकिलले
विद्यार्थीलाई भन्छन् नि, मैले तिमीलाई डाक्टर वा वकिल बनाउँछु। तर पढ्यौ भने न
बन्छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले राम्रोसँग बुझेका छौ, राजयोग
सिकाउने एक मात्र भगवान हुनुहुन्छ, न कि श्रीकृष्ण। राधा-कृष्ण त छुट्टाछुट्टै
राज्यका बच्चाहरू हुन्। उनीहरूको आपसमा मगनी हुन्छ, विवाहपछि नाम परिवर्तन हुन्छ,
त्यसैले चित्रमा पनि लक्ष्मीनारायणको मुनी राधाकृष्णलाई देखाइएको छ।
अहिले बाबाले
राम्रोसँग सम्झाउनुहुन्छ– यी ब्रह्मा पनि नम्बरवन भक्त थिए। अन्त्यमा नारायणको पूजा
गर्थे। श्रीकृष्णको भक्ति गर्नु वा श्रीनारायणको भक्ति गर्नु, एउटै कुरा हो। कृष्ण
नै हुर्किएपछि नारायण बन्छन्। अहिले बाबाले तिमीलाई नरबाट नारायण बन्नको लागि
राजयोग सिकाइरहनुभएको छ। अब तिम्रा ८४ जन्म पूरा भए। अहिले यिनको आत्माले पनि
पढिरहेको छ, फेरि यही आत्मा भविष्यमा श्रीकृष्ण बन्छ। बाबा भन्नुहुन्छ– प्यारा
बच्चाहरू! तिमीहरू ज्ञानचितामा बसेर गोरा बन्छौ, फेरि कामचितामा बसेर काला (सांवला)
बनेका छौ। यो कंसपुरी हो, म तिमीलाई कृष्णपुरी लैजानको लागि आएको हुँ। श्रीकृष्ण नै
सर्वगुणसम्पन्न, १६ कला सम्पूर्ण छन्... यहाँ कसैमा सर्वगुण छैनन्। म बच्चाहरूलाई
सम्पूर्ण निर्विकारी बनाउन आएको हुँ। तिमीहरू योगबलद्वारा सम्पूर्ण निर्विकारी बन्नु
छ। बाहुबल हो– हिंसक लडाइँ, जुन धनुवाण (तीर-कमान) ले हुन्थ्यो। फेरि बन्दुक,
तरबारले लडाइँ भयो। अब त बमहरूद्वारा हुन्छ। आफै भन्छन्, हामीहरूले यस्ता बमहरू
बनाउँछौँ जसबाट घरमै बसेर सबै खतम हुनेछन्। फेरि मिलिटरीले के गर्छ! बाबा
भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! यो पाठशाला हो। मैले तिमीहरूलाई श्रीकृष्णजस्तो
राजकुमार बनाउँछु। जो सतयुगको प्रथम राजकुमार थिए, उनी अब ८४ जन्म लिएर कलियुगमा
भिखारी बनेका छन्। भारतवर्षमा नै उनको राज्य थियो। फेरि यिनले पनि पुनर्जन्म
लिनुपर्छ नि! श्रीकृष्णलाई भगवान भन्छन्, त्यसोभए भगवान फेरि पुनर्जन्ममा कसरी
आउनुहुन्छ? भगवान त निराकार हुनुहुन्छ। उहाँ नै एक रचयिता हुनुहुन्छ। बाँकी सबै रचना
हुन्, त्यसैले त भनिन्छ– हामी आत्माहरू सबै भाइ भाइ हौँ। बाबा सम्झाउनुहुन्छ– तिमी
ब्रह्माकुमार-कुमारी आपसमा भाइबहिनी हौ। त्यसोभए फेरि विकारी कुकर्म (क्रिमिनल
एसाल्ट) कसरी हुन्छ। तिमीले भविष्यको लागि एक बाबाबाट वर्सा लिन्छौ। पवित्र रहेनौ
भने शान्तिधाम, सुखधाममा कसरी जान्छौ। पुकार्छन् पनि, हामी पतित बनेका छौँ, पावन
बनाउन आउनुहोस्! त्यसैले बाबा भन्नुहुन्छ– मलाई याद गर। यो तिम्रो अन्तिम जन्म हो।
तिमी सबै आत्माहरू अब फर्केर वानप्रस्थमा जान सक्छौ, त्यसैले वानप्रस्थी हौ। यस्तो
बाटो कुनै गुरुले बताउन सक्दैनन्। यो ज्ञान एक बाबासँग मात्रै छ। उहाँ निराकार नै
पतितपावन हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर, थोरै टाइमको लागि मैले यो तन
ऋणमा लिएको छु। शरीरविना आत्मा कसरी बोल्न सक्छ! भगवानुवाच छ– म साधारण वृद्ध तनमा
प्रवेश गरेर तिमी बच्चाहरूलाई पढाउँछु। म गर्भमा आउँदिनँ। गर्भमा आउनेलाई त
पुनर्जन्ममा आउनुपर्छ। म एकपटक मात्र आउँछु। मलाई प्रकृतिको आधार अवश्य चाहिन्छ। म
यिनमा बसेर तिमीलाई पढाउँछु। यिनले त पहिला आफ्नो जुहारतको धन्दा गर्थे। कुनै गुरुले
सिकाएनन्, अचानक नै बाबाले प्रवेश गर्नुभयो। करनकरावनहार भएको कारण बाबाले नै
यिनीद्वारा कर्तव्य गराइरहनुहुन्छ। यिनले पनि सिक्दै जान्छन्। तिमीले पनि सँगसँगै
सिक्दै जान्छौ। बाबाले भन्नुहुन्छ तिमीहरूलाई, तर सुन्छु पहिला मैले। पढाउन तिमी
बच्चाहरूलाई आउँछु तर यिनको आत्माले पनि पढिरहन्छ। म बच्चाहरूलाई राजयोग सिकाउन आएको
छु। यसरी कहिल्यै कसैले पढाउँदैनन्। यो पावन बन्ने कुरा हो। यो सङ्गमयुग नै
पुरुषोत्तम बन्ने युग हो। पुरुषोत्तम श्रीकृष्ण थिए। स्वयंवरपछि उनका कला (डिग्री)
केही कम हुन्छन्, त्यसैले श्रीकृष्णको धेरै महिमा छ। नाम नै श्रीकृष्णपुरी हो,
यसलाई कंसपुरी भनिन्छ। बाँकी कहानी बनाइएको छ– श्रीकृष्ण र कंसको।
तिमी बच्चाहरूलाई
सम्झाइएको छ, परिपक्व अवस्था भएपछि भक्ति आफै छुट्छ। तिमीले कहिल्यै कसैलाई भक्ति
नगर नभन। उनीहरूलाई ज्ञान दिनु छ। बाबा तिमीलाई ज्ञान दिएर स्वर्गको राजकुमार बनाउन
आउनुभएको छ। श्रीकृष्ण पनि स्वर्गको मालिक थिए, अब छैनन्। फेरि उनी पनि राजयोगद्वारा
स्वर्गको मालिक बनिरहेका छन्। तिमीले पनि पुरुषार्थ गरेर बाबालाई याद गर्नु छ।
स्वर्ग स्थापक परमपिता हुनुहुन्छ। उहाँ नै आएर नयाँ सृष्टि रच्नुहुन्छ। कलियुग पूरा
भएपछि मात्र नयाँ सृष्टि रच्नुहुन्छ। बाबा सतयुग-त्रेतामा आउनुहुन्न। बाबा
भन्नुहुन्छ– म कल्प कल्प सङ्गमयुगमा आउँछु। उनीहरूले कल्प शब्द निकालेर केवल युग
युगमा बाबा आउनुहुन्छ भनेर लेखिदिएका छन्। त्यसो हो भने पनि ४ युग हुन्छन्। पाँचौँ
हो यो सङ्गमयुग। ठिकै छ, त्यसोभए त ५ अवतार नै मानौँ। तर यति धेरै कछुवा, माछा,
परशुराम अवतार हुन्छन् र! यी सबै शास्त्रका कुरा हुन्। धर्मको नाम र भारतवर्षको नाम
नै परिवर्तन गरिदिएका छन्। हिन्दु धर्म र हिन्दुस्तान भनिदिन्छन्। भारतवर्ष नाम किन
परिवर्तन गर्नुपर्छ र! यदा यदा हि धर्मस्य... भारत। त्यसमा पनि भारत शब्द आउँछ। बाबा
सम्झाउनुहुन्छ– तिमीले कुनै एक जन्म कहाँ भक्ति गरेका हौ र! द्वापरदेखि गरेका हौ।
भक्ति पनि पहिला अव्यभिचारी थियो, तिमीहरूले केवल शिवको भक्ति गर्थ्यौ। उहाँ
शिवबाबाले नै विश्वलाई स्वर्ग बनाउनुभएको थियो र अब फेरि तिमीलाई स्वर्गको मालिक
बनाउन आउनुभएको छ। त्यसैले पतित शरीरमा बसेर बताउनुहुन्छ– म आउँछु नै पतित शरीरमा,
पतित दुनियाँमा पतितहरूलाई पावन बनाउन। भक्तिमार्गमा त फेरि पनि मेरो लागि धेरै ठुला
मन्दिर बनाउँछन्। कुरा कति क्लीयर छ। यिनमा बाबा प्रवेश गर्नुभयो र गीता आदि पढ्न
छोडिदिए। भक्ति छुट्यो। अनायास नै त छोडे। तिमीलाई कसैले भक्ति नगर भनेर भनेन।
अब तिमी बच्चाहरूलाई
बाबाले सम्झाउनुहुन्छ– फेरि मैले तिमीलाई कृष्णपुरीको मालिक बनाउँछु। श्रीकृष्णको
फेरि ८ राजवंश (डाइनेस्टी) चल्छ। श्रीकृष्णलाई पहिला भनिन्छ सतयुगको राजकुमार (प्रिन्स
अफ सतयुग), फेरि बन्छन् सतयुगको राजा (किङ अफ सतयुग)। तिनीहरूका ८ पिँढी चल्छन्।
त्यतिबेला त अर्को राज्य नै हुँदैन। अब बाबा भन्नुहुन्छ– तिमी बच्चाहरू पनि सतयुगका
राजकुमार बन। भक्तिमा कुनै सुख छैन। ज्ञानबाट तिमीहरू स्वर्गका मालिक बन्छौ। कसैका
पिता मरे भने उनीहरूलाई सोध, तिम्रा पिता कहाँ गए! भन्छन्, स्वर्गवासी भए। उनीहरूले
आत्मा र शरीर दुवै गए भन्ने ठान्छन्। तर शरीर त यहाँ नै छोडेर जान्छन्, बाँकी जान्छ
आत्मा। यसको मतलब पहिला नर्कमा थिए। आत्मा शरीर छोडेर स्वर्गमा गयो भने फेरि यसमा
रुनुपर्ने के आवश्यकता छ? स्वर्ग अब यहाँ छ र? तर उनीहरूले बुझ्दैनन्। अनि
भनिदिन्छन्, सबै ईश्वरको हुकुम हो। सुखदुःख सबै ईश्वरले दिनुहुन्छ, सबै ईश्वरका रूप
हुन्। तर बाबा भन्नुहुन्छ– मैले बच्चाहरूलाई कसरी दुःख दिन सक्छु। बाबासँग
बच्चाहरूले कहिल्यै दुःख माग्छन् र? बाबा त बच्चाहरूलाई लायक बनाएर सम्पत्ति दिएर
जानुहुन्छ। बाँकी दुःख त हरेकको कर्म अनुसार नै मिल्छ। बाबा भन्नुहुन्छ– अब बच्चा
आदि केही नमाग। अब यो सम्पत्ति आदि सबै खतम हुनेछ। फेरि तिम्रा बच्चाहरूले के
पाउँछन्! त्यति समय नै हुँदैन, जसले गर्दा तिम्रो बच्चा सम्पत्तिको मालिक बन्न सक्छ।
बच्चा ठुलो भयो भने मात्रै त मालिक बन्न सक्छ, तर त्यति टाइम नै हुँदैन। विनाश
सामुन्ने उभिएको छ। मानिसहरूले त भन्छन्, कलियुगका अझै ४० हजार वर्ष बाँकी छन्। यी
ब्रह्माकुमार-कुमारीहरूले त विनाश-विनाश भनिरहन्छन्। एउटा कथा छ नि– बाघ आयो, बाघ
आयो... अन्त्यमा त आयो र खाइदियो। सबैले सम्झन्छन्, बिस्तारै बिस्तारै काल आउँछ। यो
त भइरहन्छ तर तिमीले भन्छौ, महाकाल आउनुभएको छ। शिवबाबा कालहरूको काल आउनुभएको छ,
जसले सबै आत्माहरूलाई फर्काएर लैजानुहुनेछ। त्यसैले शरीर त पक्कै छोड्नुपर्छ,
यसैकारण बाबा भन्नुहुन्छ– योगद्वारा पवित्र बन। बाबाले आत्माहरूलाई पवित्र बनाएर
फेरि फर्काएर लैजानुहुनेछ। पवित्र बनेनौ भने अन्त्यमा धेरै सजाय खानुपर्नेछ र उच्च
पद पनि पाउन सक्दैनौ। श्रीकृष्ण नम्बरवन सम्मानसहित उत्तीर्ण (पास विद् अनर) भएका
हुन्, उनलाई छात्रवृत्ति (स्कलरसिप) मिल्छ। उनले २१ जन्म राज्य भाग्य पाउँछन्। कति
सहजै सम्झाउनुहुन्छ। बुद्धिमा पनि बस्छ, फेरि गुम हुन्छ। कसैको पनि भक्ति छुटाउनु
छैन। बाबा आउनुभएको छ– भक्तहरूलाई भक्तिको फल दिन। बाबा भन्नुहुन्छ– म कल्प
पहिलाजस्तै फेरि त्यही साधारण तनमा आएको छु। कल्प कल्प आएर तिमीहरूलाई पढाउँछु। यो
उच्चभन्दा उच्च पढाइ हो।
तिमीलाई थाहा छ, हामी
सतोप्रधान थियौँ। अहिले तमोप्रधान छौँ, फेरि भारतवर्ष नै सतोप्रधान बन्छ। अरू धर्मका
आत्माहरूले त्यति सुख देखेका छैनन् भने दुःख पनि देखेका छैनन्। विदेशीहरूसँग त पैसा
धेरै छ, त्यसैले गरिब देशलाई ऋण दिन्छन्। ती बिचराहरूलाई थाहा छैन, यो त फिर्ता (रिटर्न)
भइरहेको छ। एकदम घोर अन्धकारमा कुम्भकर्णको निद्रामा सुतेका छन्। अन्त्यमा हाय-हाय
भन्दै जाग्नेछन्। फेरि तिमीले भन्छौ– धेरै ढिला (टु लेट) भयो, किनकि लडाइँ सुरु
हुनेछ। फेरि के गर्छन्! पुरानो दुनियाँमा आगो लाग्छ, त्यसपछि त धेरै ढिला हुन्छ,
त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब छिटो छिटो पुरुषार्थ गर्दै जाऊ।
बाबाले कुनै धेरै तकलिफ दिनुहुन्न। बाबालाई आएर भन्छन्, बाबा हामीले पूजा गरेनौँ भने
उनीहरूले भन्छन्, यो त नास्तिक बन्यो। बाबा राय दिनुहुन्छ– साक्षी भएर बाबाको यादमा
रहनुछ। बाहिरबाट अलिअलि पूजा गरिदेऊ। एउटा हुन्छ दिलबाट गर्नु, अर्को हुन्छ राजी
बनाउनको लागि गर्नु। भित्र तिमीले शिवबाबालाई याद गर्नु छ। यदि कसैले हैरान पार्छन्
भने पूजा गरेर देखाऊ, अनि उनीहरू पनि खुसी हुन्छन्। यो कुनै पापको काम होइन। बाबाले
त धेरैलाई भन्नुहुन्छ, बरु विवाह आदिमा जाऊ। दुवैतिर सम्बन्ध निर्वाह गर्नु छ। त्यहाँ
पनि ज्ञान सुनाउँदा-सुनाउँदा कोही न कोहीलाई तीर लाग्छ। युक्तिले चल्नु छ। बाबाको
आदेश (फरमान) छ– अब पतित बन्नु छैन। पवित्र बनेर नै तिमी श्रीकृष्णपुरीको मालिक
बन्छौ। शिवबाबालाई याद गरेमा विकर्म विनाश हुन्छ र विश्वको मालिक बन्छौ। प्यारा
बच्चाहरू! यस प्रकारका युक्तिले आफ्ना इष्टमित्रहरूलाई सम्झाउनु छ। त्यो जिस्मानी
यात्रा हो, यो रुहानी यात्रा हो। यो रुहानी यात्रा बाबाले सिकाउनुहुन्छ। बाबा
भन्नुहुन्छ– म एकलाई याद गर्छौ भने पतितबाट पावन बन्छौ र सबै दुःख हट्छन्। कुनै
विरलै व्यापारीले व्यापार गर्छ अर्थात् वैकुण्ठको बादसाही लिन्छ। श्रीमतमा चलिराख।
यस्तो पनि नहोस्, पैसा आदि कतै सित्तैमा जाने र फल केही ननिस्किने नहोस्। घरबार पनि
सम्हाल्नु छ, बच्चाहरूको पालना पनि गर्नु छ। केवल श्रीमतमा चल्नु छ। राय सल्लाह लिनु
छ, बाबा यो हालतमा हामीले के गरौँ! बाबा, बच्चीले भन्छिन् मैले विवाह गर्छु,
त्यसोभए बाबा भन्नुहुन्छ– विवाह गराउनैपर्छ किनकि उनको अंश छ भने त्यो उनलाई दिइदेऊ।
बाबा केवल सम्झाउनुहुन्छ, फेरि पनि केही सोध्नु छ भने सोधेर श्रीमतमा चल। तिमी
बच्चाहरू बाबाको आज्ञामा चल्नु छ, यसैमा कल्याण छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) हरेक कर्म साक्षी भएर शिवबाबाको यादमा गर्नु छ। लौकिक, अलौकिक दुवैतिर सम्बन्ध
निभाउनु छ। लौकिकसँग युक्तियुक्त तरिकाले चल्नु छ।
२) यतिबेला अन्तिम
जन्ममा पनि यो वानप्रस्थ अवस्था हो। फर्केर घर जानु छ, त्यसैले पावन अवश्य बन्नु छ।
कुनै पनि बन्धन बनाउनु छैन।
वरदान:–
आदेश (फरमान)
को पालनाद्वारा सबै चाहना (अरमान)हरूलाई समाप्त गर्ने माया प्रुफ भव
अमृतवेलादेखि लिएर
रातिसम्म दिनचर्यामा जेजति आदेश हरू मिलेका छन्, त्यही अनुसार आफ्नो वृत्ति, दृष्टि,
सङ्कल्प, स्मृति, सेवा र सम्बन्धलाई चेक गर। जसले हर सङ्कल्प, हर पाइलामा आदेशको
पालना गर्छन्, उनीहरूका सबै चाहना हरू समाप्त हुन्छन्। भित्र पुरुषार्थको वा सफलताको
चाहना पनि रहिरहेको छ भने अवश्य कतै न कतै कुनै न कुनै आदेश पालना भइरहेको छैन।
त्यसैले कुनै पनि बेला कुनै उल्झन आयो भने चारैतिरबाट चेक गर– यसबाट स्वतः माया
प्रुफ बन्छौ।
स्लोगन:–
आफ्ना सूक्ष्म
कमजोरीहरूको चिन्तन गरेर तिनलाई मेटाउनु– यही स्वचिन्तन हो।
अव्यक्त इसारा:– अब
आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर
जसरी कुनै खाली स्थान
छ भने अलराउन्ड सेवाधारीले समय अनुसार आफूले त्यो सेवा गरेर खाली स्थान भरिदिन्छन्।
त्यसैगरी कसैद्वारा कुनै पनि शक्तिको कमी अनुभव भयो भने पनि आफ्नो सहयोगले ठाउँ
भरिदेऊ, जसले गर्दा अर्काको कमीको पनि अन्य कसैलाई अनुभव नहोस्, यसलाई भनिन्छ–
दाताको बच्चा बनेर समय अनुसार उसलाई सहयोगको दान दिनु।