07.11.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– शिवबाबा
आउनु भएको छ तिम्रा सबै भण्डारा भरपुर गर्न। भन्ने पनि गरिन्छ– भण्डारा भरपुर काल
कंटक दूर।”
प्रश्न:–
ज्ञानवान
बच्चाहरूको बुद्धिमा कुन एउटा कुराको निश्चय हुन्छ?
उत्तर:–
उनीहरूलाई दृढ
निश्चय हुन्छ– हाम्रो जुन पार्ट छ त्यो कहिल्यै मेटिदैन। म आत्मामा ८४ जन्मको
अविनाशी पार्ट निश्चित छ, यो बुद्धिमा छ भने ज्ञानवान हो। नत्र सारा ज्ञान
बुद्धिबाट उड्छ।
ओम् शान्ति ।
रूहानी बाबा
आएर रूहानी बच्चाहरूप्रति के भन्नुहुन्छ? के सेवा गर्छौ? यस समयमा बाबाले यो रूहानी
पढाइ पढाउने सेवा गर्नुहुन्छ, यो पनि तिमीले जानेका छौ। पिताको पनि पार्ट छ, टिचरको
पनि पार्ट छ र गुरुको पनि पार्ट छ। तीनवटै पार्ट राम्ररी खेलिरहनु भएको छ। तिमीलाई
थाहा छ– उहाँ पिता पनि हुनुहुन्छ, सद्गति दिने गुरु पनि हुनुहुन्छ र सबैको लागि
हुनुहुन्छ। साना-ठुला, वृद्ध-जवान सबैको लागि एउटै हुनुहुन्छ। सुप्रिम पिता,
सुप्रिम टिचर एउटै हुनुहुन्छ। बेहदको शिक्षा दिनुहुन्छ। तिमीले कन्फ्रेन्समा पनि
सम्झाउन सक्छौ– हामीले सबैको जीवनीलाई जानेका छौं। परमपिता परमात्मा शिवबाबाको जीवन
कहानी पनि जानेका छौं। नम्बरवार सबै बुद्धिमा याद हुनुपर्छ। सारा विराट् रूप अवश्य
बुद्धिमा रहन्छ होला। हामी अहिले ब्राह्मण बनेका छौं, फेरि हामी देवता बन्छौं, फेरि
क्षत्री, वैश्य‚ शूद्र बन्छौं। यो त बच्चाहरूलाई याद छ नि। तिमी बच्चाहरू बाहेक अरू
कसैलाई यो कुरा याद हुँदैन। उत्थान र पतनको सारा रहस्य तिम्रो बुद्धिमा हुनुपर्छ।
हामी उत्थानमा थियौं फेरि पतनमा आयौं, अहिले बीचमा छौं। शूद्र पनि छैनौं, पूरा
ब्राह्मण पनि बनेका छैनौं। यदि अहिले पक्का ब्राह्मण हौं भने फेरि शूद्रपनको चालचलन
हुने थिएन। ब्राह्मणहरूमा पनि फेरि शूद्रपना आउँछ। यो पनि तिमीलाई थाहा छ– पाप
कहिलेदेखि सुरु भयो? जबदेखि काम चितामा चढ्यौ। तिम्रो बुद्धिमा सारा चक्र छ। माथि
हुनुहुन्छ परमपिता परमात्मा बाबा, फेरि तिमी हौ आत्माहरू। यी कुरा तिमी बच्चाहरूको
बुद्धिमा अवश्य याद रहनु पर्छ। अहिले हामी ब्राह्मण हौं, देवता बनिरहेका छौं फेरि
वैश्य, शूद्र डिनायस्टीमा आउने छौं। बाबा आएर हामीलाई शूद्रबाट ब्राह्मण बनाउनु
हुन्छ फेरि हामी ब्राह्मणबाट देवता बन्छौं। ब्राह्मण बनेर कर्मातीत अवस्था प्राप्त
गरेर फेरि फर्केर जान्छौं। तिमीले बाबालाई पनि चिनेका छौ। बाजोली वा ८४ को चक्रलाई
पनि तिमीले जानेका छौ। बाजोलीबाट तिमीलाई धेरै सजिलोसँग सम्झाउनु हुन्छ। तिमीलाई
धेरै हल्का बनाउनु हुन्छ जसले गर्दा आफूलाई बिन्दु सम्झेर तुरुन्तै दौडन्छौ।
विद्यार्थी क्लासमा बस्दा बुद्धिमा पढाइ नै याद रहन्छ। तिमीलाई पनि यो पढाइ याद रहनु
पर्छ। अहिले हामी सङ्गमयुगमा छौं फेरि यसरी नै चक्कर लगाउने छौं। यो चक्र सदैव
बुद्धिमा घुमिरहनु पर्छ। यो चक्र आदिको ज्ञान तिमी बच्चाहरूको बुद्धिमा नै छ, नकि
शूद्रहरूसँग। देवताहरूसँग पनि यो ज्ञान हुँदैन। अहिले तिमीले जान्दछौ– भक्तिमार्गमा
जे जति चित्र बनेका छन् ती सबै त्रुटिपूर्ण (डिफेक्टेड) छन्। तिमीसँग एक्युरेट
चित्र छन् किनकि तिमी एक्युरेट बन्छौ। अहिले तिमीलाई ज्ञान मिलेको छ, त्यसैले
जान्दछौ भक्ति केलाई भनिन्छ, ज्ञान केलाई भनिन्छ? ज्ञान दिनेवाला ज्ञानका सागर अहिले
मिल्नुभएको छ। स्कुलमा पढ्दा लक्ष्य र उद्देश्य त थाहा हुन्छ नि। भक्तिमार्गमा त
कुनै लक्ष्य र उद्देश्य हुँदैन। हामी उच्च देवी-देवता थियौं फेरि तल गिर्यौं– यो
तिमीलाई कहाँ थाहा थियो र। अहिले ब्राह्मण बनेपछि मात्र थाहा भएको छ।
ब्रह्माकुमार-ब्रह्माकुमारी अवश्य पहिला पनि बनेका थियौं। प्रजापिता ब्रह्माको नाम
त प्रख्यात छ। प्रजापिता त मनुष्य हुन् नि। उनका यति धेरै बच्चाहरू छन् अवश्य पनि
गोद लिएको हुनुपर्छ। कति धेरै गोद लिइएका छन्। आत्माको रूपमा त सबै भाइ भाइ हुन्।
अहिले तिम्रो बुद्धि कति टाढासम्म जान्छ। तिमीलाई थाहा छ– माथि तारा जसरी खडा छन्।
टाढाबाट कति साना देखिन्छन्। तिमी पनि धेरै सानो आत्मा हौ। आत्मा कहिल्यै सानो ठुलो
हुँदैन। तिम्रो पद भने धेरै उच्च हुन्छ। तिनलाई पनि सूर्य देवता, चन्द्रमा देवता
भन्छन्। सूर्य पिता, चन्द्रमा माता भनिन्छ। बाँकी आत्माहरू सबै नक्षत्र तारा हुन्।
आत्माहरू सबै समान रूपमा साना छन्। यहाँ आएर पार्टधारी बन्छन्। देवता त तिमीहरू नै
बन्छौ।
हामी धेरै शक्तिशाली
बनिरहेका छौं। बाबालाई याद गर्नाले हामी धेरै सतोप्रधान देवता बन्छौं। नम्बरवार
अलिअलि फरक त हुन्छ। कुनै आत्मा पवित्र बनेर सतोप्रधान देवता बन्छ, कुनै आत्मा पूरा
पवित्र बन्दैन। ज्ञान अलिकति पनि जान्दैन। बाबाले सम्झाउनु भएको छ– बाबाको परिचय त
अवश्य पनि सबैलाई मिल्नुपर्छ। पछि गएर बाबालाई त चिन्दछन् नि। विनाशको समयमा सबैलाई
थाहा हुन्छ– बाबा आउनु भएको छ। अहिले पनि कोही कोहीले भन्छन् भगवान अवश्य कतै आउनु
भएको छ तर थाहा छैन। सम्झन्छन्– कुनै रूपमा आउनु हुन्छ। मनुष्य मत त धेरै छन् नि,
तिम्रो छ एउटै ईश्वरीय मत। तिमी ईश्वरीय मतले के बन्छौ। एउटा छ मनुष्य मत, दोस्रो छ
ईश्वरीय मत र तेस्रो हुन्छ देवता मत। देवताहरूलाई पनि मत कसले दिनुभयो? बाबाले।
बाबाको श्रीमत छ नै श्रेष्ठ बनाउनेवाला। श्री श्री बाबालाई नै भनिन्छ नकि मनुष्यलाई।
श्री श्री नै आएर श्रेष्ठ बनाउनु हुन्छ। देवताहरूलाई श्रेष्ठ बनाउने बाबा नै
हुनुहुन्छ, उहाँलाई श्री श्री भनिन्छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई यस्तो लायक
बनाउँछु। तिनीहरूले फेरि आफ्नै टाइटल श्री श्री राखेका छन्। कन्फ्रेन्समा पनि तिमीले
सम्झाउन सक्छौ। तिमी नै सम्झाउनको लागि निमित्त बनेका छौ। श्री श्री त हुनुहुन्छ नै
एक शिवबाबा, जसले यस्तो श्री देवता बनाउनु हुन्छ। उनीहरूले शास्त्र आदिको पढाइ पढेर
टाइटल लिएर आउँछन्। तिमीलाई त श्री श्री बाबाले नै श्रेष्ठ बनाइरहनु भएको छ। यो हो
नै तमोप्रधान भ्रष्टाचारी दुनियाँ। भ्रष्टाचारबाट जन्म लिन्छन्। कहाँ बाबाको टाइटल,
कहाँ ती पतित मनुष्यले त्यो टाइटल आफ्नै राख्छन्। सच्चा सच्चा श्रेष्ठ महान्
आत्माहरू त देवी-देवता हुन् नि। सतोप्रधान दुनियाँमा कोही पनि तमोप्रधान मनुष्य हुन
सक्दैन। रजोमा रजो मनुष्य नै रहन्छन्, तमोगुणी होइन। वर्णहरूको पनि गायन छ नि। अहिले
तिमीले जान्दछौ– पहिला त हामीले केही पनि जान्दैनथ्यौं। अहिले बाबाले कति समझदार
बनाउनु हुन्छ। तिमी कति धनवान बन्छौ। शिवबाबाको भण्डारा भरपुर छ। शिवबाबाको भण्डारा
कुनचाहिँ हो? (अविनाशी ज्ञान रत्नहरूको) शिवबाबाको भण्डारा भरपुर, काल कंटक दूर।
बाबाले तिमी बच्चाहरूलाई ज्ञान रत्न दिनुहुन्छ। स्वयं सागर हुनुहुन्छ। ज्ञान
रत्नहरूका सागर हुनुहुन्छ। बच्चाहरूको बुद्धि बेहदमा जानुपर्छ। यति करोड आत्माहरू
सबै आ-आफ्ना शरीररूपी तख्तमा विराजमान छन्। यो बेहदको नाटक हो। आत्मा यस तख्तमा
विराजमान हुन्छ। एउटा तख्त अर्कोसँग मिल्दैन। सबैको फीचर अलग अलग छ, यसलाई भनिन्छ
कुदरत। हरेकको कस्तो अविनाशी पार्ट छ। यति सानो आत्मामा ८४ को रिकर्ड भरिएको छ।
आत्मा अति सूक्ष्म छ। यस भन्दा सूक्ष्म आश्चर्य कुनै हुन सक्दैन। यति सानो आत्मामा
सारा पार्ट भरिएको छ, जुन यहाँ नै खेल्छ। सूक्ष्मवतनमा त कुनै पार्ट खेल्दैन। बाबाले
कति राम्रोसँग सम्झाउनु हुन्छ। बाबाद्वारा तिमीले सबै कुरा जानेका छौ। यो नै ज्ञान
हो। यस्तो होइन– बाबाले सबैको मनको कुरा जान्नुहुन्छ। यो ज्ञान जान्नुहुन्छ, जुन
ज्ञान तिमीमा पनि इमर्ज भइरहेको छ। यस ज्ञानबाट नै तिमीले यति उच्च पद पाउँछौ। यो
पनि समझ रहन्छ नि। बाबा हुनुहुन्छ बीजरूप। उहाँमा वृक्षको आदि, मध्य, अन्त्यको
ज्ञान छ। मनुष्यहरूले त लाखौं वर्षको आयु बताउँछन्, त्यसैले ज्ञान आउन सक्दैन। अहिले
तिमीलाई सङ्गममा यो सारा ज्ञान मिलिरहेको छ। बाबाद्वारा तिमीले सारा चक्रलाई जानेका
छौ। यसभन्दा पहिला तिमीले केही पनि जान्दैनथ्यौ। अहिले तिमी सङ्गममा छौ। यो हो
तिम्रो अन्त्यको जन्म। पुरुषार्थ गर्दा गर्दै फेरि तिमी पूरा ब्राह्मण बन्छौ। अहिले
छैनौ। अहिले त राम्रा राम्रा बच्चाहरू पनि ब्राह्मणबाट फेरि शूद्र बन्छन्। यसलाई
भनिन्छ मायासँग हार खानु। बाबाको गोदबाट हारेर रावणको गोदमा जान्छन्। कहाँ बाबाको
श्रेष्ठ बन्ने गोद, कहाँ भ्रष्ट बन्ने गोद। सेकेण्डमा जीवनमुक्ति। सेकेण्डमा पूरा
दुर्दशा हुन्छ। ब्राह्मण बच्चाहरूले राम्रोसँग जानेका छौ– कसरी दुर्दशा हुन्छ। आज
बाबाको बन्छन्, भोलि फेरि मायाको पञ्जामा आएर रावणको बन्छन्। फेरि तिमीले बचाउने
कोसिस गर्यौ भने कोही कोही बच्छन् पनि। तिमीले डुबेको देख्यौ भने बचाउने कोसिस गर्दै
जाऊ। कति खटपट हुन्छ।
बाबा बसेर
बच्चाहरूलाई सम्झाउनु हुन्छ। यहाँ स्कुलमा तिमीले पढ्छौ नि। तिमीलाई थाहा छ– हामीले
कसरी यो चक्कर लगाउँछौं। तिमी बच्चाहरूलाई श्रीमत मिल्छ यसरी यसरी गर। भगवानुवाच त
अवश्य छ। उहाँको श्रीमत भयो नि। अहिले म तिमी बच्चाहरूलाई शूद्रबाट देवता बनाउन आएको
छु। अहिले कलियुगमा छन् शूद्र सम्प्रदाय। तिमीलाई थाहा छ– कलियुग पूरा हुँदै छ। तिमी
सङ्गममा बसेका छौ। बाबाद्वारा तिमीलाई यो ज्ञान मिलेको छ। जे जति शास्त्र बनाएका छन्
ती सबैमा छ मनुष्य मत। ईश्वरले त शास्त्र बनाउनुहुन्न। एक गीताको नै कति नाम
राखिदिएका छन्। गान्धी गीता, टैगोर गीता आदि आदि। धेरै नाम छन्। गीतालाई मनुष्यहरूले
यति किन पढ्छन्? केही पनि बुझ्दैनन्। उही अध्यायको अर्थ आ-आफ्नो लगाउँछन्। ती त सबै
मनुष्यहरूले बनाएका हुन् नि। तिमीले भन्न सक्छौ– मनुष्य मतको गीता पढ्नाले आज यो
हाल भएको छ। गीता नै पहिलो नम्बरको शास्त्र हो नि। त्यो हो देवी-देवता धर्मको
शास्त्र। यो तिम्रो ब्राह्मण कुल हो। यो पनि ब्राह्मण धर्म हो नि। कति धर्म छन्, जस
जसले जुन धर्म रचेका छन् तिनीहरूको त्यो नाम चल्छ। जैनीहरूले महावीर भन्छन्। तिमी
बच्चाहरू सबै महावीर-महाविरनी हौ। मन्दिरमा तिम्रो यादगार छ। राजयोग हो नि। तल योग
तपस्यामा बसेका छन्, माथि रजाइँको चित्र छ। राजयोगको मन्दिर एक्युरेट छ। फेरि कसैले
के नाम राखेका छन्, कसैले के। यादगार विल्कुल एक्युरेट छ। बुद्धिले काम लिएर ठीक
बनाएका छन्, फेरि जसले जे नाम भने त्यो राखेका छन्। यो नमुनाको रूपमा बनाएका छन्।
स्वर्ग र राजयोग सङ्गमयुगको नै बनाइएको छ। तिमीले आदि-मध्य-अन्त्यलाई जानेका छौ।
आदिलाई पनि तिमीले देखेका छौ। आदि भनेर सङ्गमयुगलाई भन वा सत्ययुगलाई भन। सङ्गमयुगको
दृश्य तल देखाइन्छ फेरि रजाइँ माथि देखाइएको छ। सत्ययुग हो आदि फेरि मध्यमा हो
द्वापर। अन्त्यलाई तिमीले देख्छौ नै। यो सबै समाप्त हुनु छ। पूरा यादगार बनेको छ।
देवी-देवता नै फेरि वाममार्गमा जान्छन्। द्वापरदेखि वाममार्ग सुरु हुन्छ। यादगार
पूरा एक्युरेट छ। यादगारमा धेरै मन्दिर बनाएका छन्। यहाँ नै सबै निसानीहरू छन्।
मन्दिर पनि यहाँ नै बन्छन्। देवी-देवताले नै राज्य गरेर गएका हुन् नि। फेरि पछि गएर
कति मन्दिर बनाउँछन्। सिखहरू धेरै भएपछि उनीहरूले आफ्नो मन्दिर बनाउँछन्।
मिलेट्रीहरूले पनि आफ्नो मन्दिर बनाउँछन्। हिन्दुहरूले आफ्ना कृष्णको वा
लक्ष्मी-नारायणको मन्दिर बनाउँछन्। हनुमान्, गणेशको बनाउँछन्। यो सारा सृष्टिको
चक्र कसरी फिर्छ, कसरी स्थापना, पालना र विनाश हुन्छ– यो तिमीले नै जानेका छौ।
यसलाई भनिन्छ अँध्यारो रात। ब्रह्माको दिन र रात गायन गरिन्छ किनकि ब्रह्मा नै
चक्रमा आउँछन्। अहिले तिमी ब्राह्मण छौ फेरि देवता बन्छौ। मुख्य त ब्रह्मा भए नि।
ब्रह्माको नाम राखौं कि विष्णुको राखौं। ब्रह्मा हुन् रातका र विष्णु हुन् दिनका।
उनी नै फेरि रातबाट दिनमा आउँछन्। दिनबाट फेरि ८४ जन्म पछि रातमा आउँछन्। ज्ञान कति
सहज छ। यो पनि पूरा याद गर्न सक्दैनौ। पूरा रीतिले पढ्दैनन् भने नम्बरवार पुरुषार्थ
अनुसार पद पाउँछन्। जति याद गर्छौ त्यति सतोप्रधान बन्छौ। सतोप्रधान सो तमोप्रधान।
बच्चाहरूमा कति ज्ञान छ। यो ज्ञान स्मरण गर्नु छ। यो ज्ञान हो नै नयाँ दुनियाँको
लागि, जुन बेहदका बाबाले आएर दिनुहुन्छ। सबै मनुष्यहरूले बेहदका बाबालाई याद गर्छन्।
अङ्ग्रेजहरूले पनि भन्छन्– ओ गाड फादर लिबरेटर, गाइड! तर अर्थ त तिमी बच्चाहरूको
बुद्धिमा छ। बाबा आएर दु:खको दुनियाँ आइरन एजबाट निकालेर गोल्डन एजमा लैजानुहुन्छ।
गोल्डन एज अवश्य थियो छ, तब त याद गर्छन् नि। तिमी बच्चाहरूलाई भित्र धेरै खुसी
हुनुपर्छ। दैवी कर्म पनि गर्नुपर्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।।
धारणाको लागि
मुख्य सारः–
१) बाबाबाट जुन अविनाशी ज्ञान रत्नहरूको अखुट खजाना मिलिरहेको छ– त्यसलाई स्मृतिमा
राखेर बुद्धिलाई बेहदमा लैजानु छ। यस बेहदको नाटकमा कसरी आत्माहरू आ-आफ्नो तख्तमा
विराजमान छन्– यस कुदरतलाई साक्षी भएर देख्नु छ।
२) सदा बुद्धिमा याद
रहोस्– हामी सङ्गमयुगी ब्राह्मण हौं, हामीलाई बाबाको श्रेष्ठ गोद मिलेको छ। हामी
रावणको गोदमा जान सक्दैनौं। हाम्रो कर्तव्य हो– डुबेकालाई पनि बचाउने।
वरदान:–
व्यर्थ
सङ्कल्परूपी पिलरहरूलाई आधार बनाउनुको सट्टा सर्व सम्बन्धको अनुभवलाई बढाउने सच्चा
स्नेही भव
मायाले कमजोर
सङ्कल्पलाई मजबुत बनाउन धेरै रोयल पिलरहरू लगाउँछ, पटक पटक यही सङ्कल्प दिन्छ– यस्तो
त भइहाल्छ, ठुलाबडाले पनि यस्तो गर्छन्, अहिले सम्पूर्ण त भइसकेको छैन, अवश्य कुनै
न कुनै कमजोरी त हुन्छ नै...। यो व्यर्थ सङ्कल्परूपी पिलरले कमजोरीलाई अझै बलियो
बनाउँछ। अब यस्तो पिलरको आधार लिनुको सट्टा सर्व सम्बन्धको अनुभवलाई बढाऊ। साकार
रुपमा साथको अनुभव गर्दै सच्चा स्नेही बन।
स्लोगन:–
सन्तुष्टता
सबैभन्दा ठुलो गुण हो। जो सदा सन्तुष्ट रहन्छ ऊ नै प्रभुप्रिय, लोकप्रिय वा
स्वयंप्रिय बन्छ।