07.12.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– सारा
कुरा कर्ममा आधारित छ। सदा ध्यान राख– मायाको अधीन भएर कुनै उल्टो कर्म नहोस् , जसको
सजाय खानुपरोस्।”
प्रश्न:–
बाबाको नजरमा
सबैभन्दा अधिक बुद्धिमान् को हो?
उत्तर:–
जसमा
पवित्रताको धारणा छ, ऊ नै बुद्धिमान् हो र जो पतित छ ऊ बुद्धिहीन हो।
लक्ष्मी-नारायणलाई सबैभन्दा अधिक बुद्धिमान् भनिन्छ। तिमी बच्चाहरू अहिले बुद्धिमान्
बनिरहेका छौ। पवित्रता नै सबैभन्दा मुख्य हो त्यसैले बाबाले सावधान गराउनुहुन्छ–
प्यारा बच्चाहरू! यी आँखाले धोका नदिऊन्, यसबाट सम्हाल गर। यस पुरानो दुनियाँलाई
देखेर पनि नहेर। नयाँ दुनियाँ स्वर्गलाई याद गर।
ओम् शान्ति ।
मीठे-मीठे
सिकीलधे बच्चाहरूले यो त जान्दछौ– यस पुरानो दुनियाँमा हामी अहिले थोरै दिनका यात्री
हौं। दुनियाँका मनुष्यले ठान्दछन्– अझै ४० हजार वर्ष यहाँ रहनु छ। तिमी बच्चाहरूलाई
त निश्चय छ नि। यी कुरा नभुल। यहाँ बस्दा पनि तिमी बच्चाहरू भित्र गद्गद् हुनुपर्छ।
यी आँखाबाट जे जति देख्छौ सबै कुरा विनाश हुने छ। आत्मा त अविनाशी छ। हामी आत्माले
८४ जन्म लिएका छौं। अहिले बाबा आउनु भएको छ घर लिएर जानको लागि। पुरानो दुनियाँ पूरा
भइसकेपछि बाबा आउनु हुन्छ नयाँ दुनियाँ बनाउन। नयाँ नै पुरानो, पुरानो नै नयाँ
दुनियाँ कसरी हुन्छ यो तिम्रो बुद्धिमा छ। हामीले अनेकौं पटक चक्कर लगाएका छौं। अब
चक्र पूरा हुन्छ। नयाँ दुनियाँमा हामी थोरै देवताहरू मात्र रहन्छौं। मनुष्य हुँदैनन्।
बाँकी सारा कुरा कर्ममा आधारित छ। मनुष्यले उल्टो कर्म गर्यो भने त त्यसले अवश्य
भोग्छ। त्यसैले बाबा सोध्नुहुन्छ– यस जन्ममा कुनै यस्तो पाप त गरेनौ? यो हो पतित
फोहोरी रावण राज्य। यो धुन्धकारी दुनियाँ हो। अहिले बाबाले तिमी बच्चाहरूलाई वर्सा
दिइरहनु भएको छ। अहिले तिमीले भक्ति गर्दैनौ। भक्तिको अन्धकारमा धक्का खाएर आएका
छौ। अहिले बाबाको हात मिलेको छ। बाबाको सहारा विना तिमी विषय वैतरणी नदीमा गोता
खाइरहन्थ्यौ। आधाकल्प हुन्छ नै भक्ति, ज्ञान मिल्नाले तिमी सत्ययुगी नयाँ दुनियाँमा
जान्छौ। अहिले त यो हो पुरुषोत्तम सङ्गमयुग, जहाँ तिमी पतित फोहीरीबाट फूल,
काँडाबाट फूल बनिरहेका छौ। यो कसले बनाउनुहुन्छ? बेहदका बाबाले। लौकिक बाबालाई
बेहदका बाबा भनिँदैन। तिमीले ब्रह्मा र विष्णुको कर्तव्यलाई पनि जानेका छौ। त्यसैले
तिमीलाई कति शुद्ध नसा हुनु पर्छ। मूलवतन, सूक्ष्मवतन, स्थूलवतन.... यो सबै सङ्गममा
नै हुन्छ। बाबा बसेर अहिले तिमी बच्चाहरूलाई सम्झाउनु हुन्छ– पुरानो र नयाँ
दुनियाँको यो हो सङ्गमयुग। पुकार्छन् पनि– पतितलाई पावन बनाउन आउनुहोस्। बाबाको पनि
यस सङ्गममा पार्ट चल्छ। रचयिता, डाइरेक्टर हुनुहुन्छ नि! त्यसैले अवश्य उहाँको कुनै
एक्टिभिटी हुनुपर्छ नि। सबैले जानेका छौ उहाँलाई मनुष्य भनिँदैन। उहाँको त आफ्नो
शरीर छैन। अरू सबैलाई मनुष्य वा देवता भनिन्छ। शिवबाबालाई न देवता, न मनुष्य भनिन्छ।
यो अस्थायी शरीर त लोनमा लिनुभएको हो। गर्भबाट कहाँ पैदा हुनुभएको हो र! बाबा स्वयं
भन्नुहुन्छ– प्यारा बच्चाहरू! शरीर विना मैले राजयोग कसरी सिकाउन सक्छु! भन्न त
मनुष्यले म परमात्मालाई सर्वत्र हुनुहुन्छ भन्छन् तर अहिले तिमी बच्चाहरूले जान्दछौ–
म कसरी आउँछु। अहिले तिमीले राजयोग सिकिरहेका छौ। कुनै मनुष्यले त सिकाउन सक्दैन।
देवताहरूले त राजयोग सिक्न सक्दैनन्। यिनीहरू यस पुरुषोत्तम सङ्गमयुगमा राजयोग
सिकेर देवता बन्छन्।
अहिले तिमी
बच्चाहरूलाई अथाह खुसी हुनुपर्छ– हामीले अहिले ८४ को चक्र पूरा गर्यौं। बाबा कल्प
कल्प आउनु हुन्छ, बाबा स्वयं भन्नुहुन्छ– यो यिनको धेरै जन्मको अन्त्यको जन्म हो।
श्रीकृष्ण त सत्ययुगका राजकुमार थिए। उनैले फेरि ८४ को चक्कर लगाउँछन्। शिव बाबा त
८४ को चक्रमा आउनुहुन्न। श्रीकृष्णको आत्मा नै सुन्दरबाट श्याम बन्छ, यो कुरा
कसैलाई थाहा छैन। तिमीहरूमा पनि नम्बरवारले नै जानेका छौ। माया धेरै कडा छ। कसैलाई
पनि छोड्दैन। बाबालाई सबै थाहा हुन्छ। माया गोहीले एकदम निलिदिन्छ। यी कुरा बाबाले
राम्रोसँग जानेका छन्। यस्तो नसम्झ, बाबा कुनै अन्तर्यामी हुनुहुन्छ। होइन, बाबाले
सबैको क्रियाकलापलाई जान्नुहुन्छ। समाचार त आउँछन् नि। मायाले एकदम काँचै खाइदिन्छ।
यस्ता धेरै कुरा तिमी बच्चाहरूलाई थाहा हुँदैन। बाबालाई त सबै थाहा हुन्छ। मनुष्यले
फेरि सम्झन्छन् परमात्मा अन्तर्यामी हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म अन्तर्यामी होइन।
हर एकको चलनबाट थाहा त हुन्छ नि। धेरै फोहरी कर्म गर्छन्। त्यसैले बाबा घरी घरी
बच्चाहरूलाई सावधान गराउनुहुन्छ। मायासँग सम्हाल गर्नु छ। फेरि बाबाले सम्झाए पनि
बुद्धिमा बस्दैन, काम महाशत्रु हो, थाहा नै हुँदैन– म विकारमा गएको छु, यस्ता पनि
हुन्छन्। त्यसैले बाबा भन्नुहुन्छ– कुनै पनि भुल आदि भयो भने स्पष्ट बताइदेऊ,
नलुकाऊ। नत्र सयगुणा पाप हुन जान्छ। त्यसपछि मन खाइरहन्छ। वृद्धि भइरहन्छ। एकदम
गिर्छन्। बच्चाहरू बाबासँग बिलकुलै सच्चा रहनु छ। नत्र धेरै घाटा पर्नेछ। यो त
रावणको दुनियाँ हो। रावणको दुनियाँलाई हामीले किन याद गर्ने? हामी त नयाँ दुनियाँमा
जानु छ। पिताले नयाँ घर आदि बनाए भने बच्चाले सम्झन्छन्– हाम्रो लागि नयाँ घर
बनिरहेको छ। खुसी हुन्छ। यो त बेहदको कुरा हो। हाम्रो लागि नयाँ दुनियाँ स्वर्ग
बनिरहेको छ। अब हामी नयाँ दुनियाँमा जाँदै छौं फेरि जति बाबालाई याद गर्छौं त्यति
फूल बन्छौं। हामी विकारको वश भएर काँडा बनेका छौं। तिमी बच्चाहरूलाई थाहा छ– जो
आउँदैनन् उनीहरू त मायाको वश भएका छन्। बाबाको पासमा छैनन्। ट्रेटर बनेका छन्।
पुरानो दुस्मनको पासमा गएका छन्। यसरी धेरैलाई मायाले निलिदिन्छ। कति खतम भएर
जान्छन्। धेरै राम्रा राम्रा छन्, जसले भनेर जान्छन्– मैले यस्तो गर्नेछु, यो
गर्नेछु। हामी त यज्ञको लागि प्राण दिनको लागि पनि तयार छौं। आज ती छैनन्। तिम्रो
लडाइँ छ नै मायासँग। दुनियाँमा यो कसैले जानेका छैनन्– मायासँग लडाइँ कसरी हुन्छ।
शास्त्रमा फेरि देखाइएको छ, देवता र असुरको आपसमा लडाइँ भयो। फेरि कौरव र पाण्डवको
लडाइँ भयो। कसैसँग सोध– यी दुई कुरा शास्त्रमा कसरी छन्? देवताहरू त अहिँसक हुन्छन्।
उनीहरू हुन्छन् नै सत्ययुगमा। उनीहरू फेरि के कलियुगमा लडाइँ गर्न आउँछन्। कौरव र
पाण्डवको पनि अर्थ बुझ्दैनन्। शास्त्रमा जे लेखिएको छ त्यही पढेर सुनाइरहन्छन्।
बाबाले त सारा गीता पढेका छन्। जब यो ज्ञान मिल्यो तब विचार चल्यो कि गीतामा यो
लडाइँ आदिको कुरा के लेखेका हुन्? श्रीकृष्ण त गीताका भगवान होइनन्। यिनीभित्र बाबा
बस्नुभएको थियो तब यिनीद्वारा त्यस गीतालाई पनि छुटाइदिनु भयो। अहिले बाबाद्वारा कति
ज्ञान प्रकाश मिलेको छ। आत्मालाई नै प्रकाश मिल्छ। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा
सम्झ, बेहदका बाबालाई याद गर। भक्तिमा तिमीले याद गर्थ्यौ, भन्थ्यौ– हजुर आउनु भयो
भने हामी बलिहार जान्छौं। तर उहाँ कसरी आउनु हुन्छ, कसरी बलिहार जानुहुन्छ, यो कहाँ
बुझ्छन् र!
अहिले तिमी
बच्चाहरूलाई थाहा छ– जस्तो बाबा हुनुहुन्छ, त्यस्तै हामी आत्मा पनि छौं। बाबाको हो
अलौकिक जन्म, तिमी बच्चाहरूलाई कति राम्रोसँग पढाउनु हुन्छ। तिमीले स्वयं भन्छौ– उहाँ
त उही हाम्रा बाबा हुनुहुन्छ। जो कल्प कल्प हाम्रो बाबा बन्नुहुन्छ। हामी सबैले बाबा
बाबा भन्छौं। बाबाले पनि बच्चा बच्चा भन्नुहुन्छ, उहाँले नै शिक्षकका रूपमा राजयोग
सिकाउनु हुन्छ। तिमीलाई विश्वको मालिक बनाउनु हुन्छ। त्यसैले यस्ता बाबाका बनेर फेरि
उहाँ शिक्षकबाट शिक्षा पनि लिनुपर्छ। सुन्दा सुन्दै गद्गद् हुनुपर्छ। यदि फोहोरी
बन्यौ भने त्यो खुसी आउँदैन। जति टाउको दुखाए पनि, त्यो हाम्रो कुलको होइन। यहाँ
मनुष्यका कति थरहरू हुन्छन्। ती सबै हुन् हदका कुरा। तिम्रो थर हेर कति ठुलो छ। ठुलो
भन्दा ठुलो ग्रेट ग्रेट ग्र्यान्ड फादर ब्रह्मा। उनलाई कसैले चिनेका छैनन्।
शिवबाबालाई त सर्वव्यापी भनिदिएका छन्। ब्रह्माको बारेमा पनि कसैलाई थाहा छैन।
चित्र पनि छन्– ब्रह्मा, विष्णु, शङ्कर। फेरि ब्रह्मालाई सूक्ष्मवतनमा लिएर गएका छन्।
जीवनी केही पनि जानेका छैनन्। सूक्ष्मवतनमा फेरि ब्रह्मा कहाँबाट आए? त्यहाँ कसरी
एडप्ट गर्ने? बाबाले सम्झाउनु भएको छ, यो मेरो रथ हो। धेरै जन्मको अन्त्यमा मैले
यसमा प्रवेश गरेको छु। यो पुरुषोत्तम सङ्गमयुग गीताको युग हो, जसमा पवित्रता मुख्य
हो। पतितबाट पावन कसरी बन्ने हो, यो कसैलाई पनि थाहा छैन। साधुसन्त आदिले कहिल्यै
पनि यस्तो भन्दैनन्– देहसहित देहका सबै सम्बन्धलाई भुलेर एक म बाबालाई याद गर्यौ भने
मायाको पाप कर्म भष्म भएर जान्छ। उनीहरूले त बाबालाई नै जानेका छैनन्। गीतामा बाबाले
भन्नुभएको छ, म आएर यी साधु आदिको पनि उद्धार गर्छु।
बाबा सम्झाउनु हुन्छ–
सुरुदेखि लिएर अहिलेसम्म जति पनि आत्माहरूले पार्ट खेलिरहेका छन्– सबैको यो अन्तिम
जन्म हो। यिनको पनि यो अन्तिम जन्म हो। यिनी नै फेरि ब्रह्मा बनेका हुन्। सानामा
गाउँलेका छोरा थिए। यिनले ८४ जन्म पूरा गरे, सुरुदेखि अन्त्यसम्म। अहिले तिमी
बच्चाको बुद्धिको ताला खुलेको छ। अहिले तिमी बुद्धिमान् बन्छौ। पहिला बुद्धिहीन थियौ।
यी लक्ष्मी-नारायण हुन् बुद्धिमान्। बुद्धिहीन पतितलाई भनिन्छ। मुख्य हो पवित्रता।
लेख्छन् पनि मायाले हामीलाई गिराइदिएको छ। आँखा विकारी बनेका छन्। बाबाले त घरी घरी
सावधान गराइरहनु हुन्छ– प्यारा बच्चाहरू, कहिल्यै मायासँग हार खानु छैन। अब घर जानु
छ। आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर। यो पुरानो दुनियाँ समाप्त भयो कि भयो। हामी
पावन बन्यौं भने पावन दुनियाँ पनि त चाहियो नि! तिमी बच्चाहरूलाई नै पतितबाट पावन
बन्नु छ। बाबाले त योग लगाउनुहुन्न। बाबा पतित कहाँ बन्नुहुन्छ र जसकारण योग लगाउन
पर्छ। बाबा त भन्नुहुन्छ, म तिम्रो सेवामा उपस्थित हुन्छु। तिमीले नै माग गर्यौ नि,
आएर हामी पतितलाई पावन बनाउनुहोस्। तिमीहरूले नै बोलाएका हुनाले म आएको हुँ।
तिमीलाई धेरै सहज मार्ग बताउँछु– केवल मनमनाभव। भगवानुवाच हो नि। केवल श्रीकृष्णको
नाम राखिदिनाले बाबालाई सबैले भुलेका छन्। बाबा पहिला हुनुहुन्छ, श्रीकृष्ण दोस्रा।
उहाँ परमधामको मालिक, उनी वैकुण्ठको मालिक। सूक्ष्मवतनमा त केही हुँदैन। सबैमा
नम्बर वन हुन् श्रीकृष्ण, जसलाई सबैले प्यार गर्छन्। बाँकी त सबै पछिपछि आउँछन्।
स्वर्गमा त सबै जान पनि सक्दैनन्।
त्यसैले तिमी
मीठा-प्यारा बच्चाहरू भित्रैदेखि खुसी हुनुपर्छ। कति बच्चाहरू बाबाको पासमा आउँछन्
जो कहिल्यै पवित्र रहँदैनन्। बाबा सम्झाउनु हुन्छ– विकारमा जान्छौ फेरि बाबाको पासमा
किन आउँछौ? भन्छन्– के गरुँ, रहन सक्दिनँ। तर यहाँ आउँछु सायद कुनैबेला तीर लाग्न
सक्छ। हजुर विना हाम्रो सद्गति कसले गर्छ, त्यसैले आएर बस्छु। माया कति प्रबल छ।
निश्चय पनि हुन्छ– बाबाले हामीलाई पतितबाट पावन फूल बनाउनु हुन्छ। तर के गर्ने फेरि
पनि सत्य बोल्नाले सुध्रिउँला। हामीलाई यो निश्चय छ– हजुरले नै हामीलाई
सुधार्नुहुन्छ। बाबालाई यस्ता बच्चामाथि दया आउँछ फेरि पनि यस्तो हुन्छ। नथिङ्ग न्यु।
बाबाले त दिनदिनै श्रीमत दिनुहुन्छ। कसैले व्यवहारमा ल्याउँछन् पनि, यसमा बाबाले के
गर्न सक्नुहुन्छ। बाबा भन्नुहुन्छ– सायद यसको पार्ट नै यस्तै छ। सबै त राजा-रानी
बन्दैनन्। राजधानी स्थापना भइरहेको छ। राजधानीमा सबै चाहिन्छ। फेरि पनि बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! हिम्मत नछोड। अघि बढ्न सक्छौ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबासँग सदा सच्चा रहनु छ। अहिले कुनै पनि भुल भयो भने लुकाउनु हुँदैन। आँखा
कहिल्यै विकारी नबनुन्– यसको सम्हाल गर्नु छ।
२) सदा शुद्ध नसा
रहोस्– बेहदका बाबाले हामीलाई पतित फोहोरीबाट सुन्दर, काँडाबाट फूल बनाइरहनु भएको
छ। अहिले हामीलाई बाबाको हात मिलेको छ, जसको सहारामा हामी विषय वैतरणी नदी पार
हुन्छौं।
वरदान:–
शक्तिशाली
ब्रेकद्वारा सेकेन्डमा नकारात्मकलाई सकारात्मकमा परिवर्तन गर्ने स्व परिवर्तक भव
नकारात्मक अथवा
व्यर्थ सङ्कल्प चलेपछि त्यसको गति धेरै तीव्र हुन्छ। तीव्र गतिको समयमा शक्तिशाली
ब्रेक लगाएर परिवर्तन गर्ने अभ्यास गर्नुपर्छ। जसरी पहाडमा चढ्दा पहिला ब्रेकको
जाँच गरिन्छ। तिमीले आफ्नो उच्च स्थिति बनाउनको लागि सङ्कल्पलाई सेकेन्डमा ब्रेक
लगाउने अभ्यास बढाऊ। आफ्नो सङ्कल्प वा संस्कार एक सेकेन्डमा नकारात्मकबाट
सकारात्मकमा परिवर्तन गरेपछि स्व परिवर्तनबाट विश्व परिवर्तनको कार्य सम्पन्न हुन्छ।
स्लोगन:–
स्वयंका लागि
र सबै आत्माहरूको लागि श्रेष्ठ परिवर्तनको शक्तिलाई कार्यमा लगाउने आत्मा नै सच्चा
कर्मयोगी हो।