08.01.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबाको
श्रीमतले तिमीलाई २१ पिँढीको लागि सुख दिन्छ , यस्तो निराला मत बाबा सिवाय अरू कसैले
दिन सक्दैन , तिमी श्रीमतमा चलिराख।”
प्रश्न:–
आफूले आफैलाई
राजतिलक दिने सहज पुरुषार्थ के हो?
उत्तर:–
१) आफूले
आफैलाई राजतिलक दिनको लागि बाबाबाट जुन शिक्षा मिल्छ, त्यसलाई राम्रोसँग धारण गर।
यसमा आशीर्वाद वा कृपाको कुरा छैन। २) बाबालाई अनुसरण गर, अरूलाई हेर्नु छैन।
मनमनाभव, यसबाट आफूलाई स्वत: तिलक मिल्छ। पढाइ र यादको यात्राबाट नै तिमी भिखारीबाट
राजकुमार बन्छौ।
गीत:–
ओम् नमः शिवाय.....।
ओम् शान्ति ।
बाबा र दादा
दुवैले ओम् शान्ति भन्नुहुन्छ त्यसैले दुई पटक पनि भन्न सक्नुहुन्छ किनकि दुवै एकमा
हुनुहुन्छ। एउटा हुनुहुन्छ अव्यक्त, अर्का छन् व्यक्त, दुवै सँगै हुनुहुन्छ। दुवै
सँगै बोल्नु पनि हुन्छ। अलग अलग पनि हुनसक्छ। यो एक आश्चर्य छ। परमपिता परमात्माले
यिनको शरीरमा बसेर ज्ञान सुनाउनु हुन्छ, दुनियाँमा यो कसैलै जानेका छैनन्। यो कतै
पनि लेखिएको छैन। बाबाले कल्प पहिला पनि भन्नुभएको थियो र अहिले पनि भन्नुहुन्छ– म
यस साधारण तनमा धेरै जन्मको अन्त्यमा यिनमा प्रवेश गर्छु, यिनको आधार लिन्छु। गीतामा
केही न केही यस्ता महावाक्य छन् जुन केही सत्य पनि छन्। यो सत्य भनाइ हो– म धेरै
जन्मको अन्त्यमा प्रवेश गर्छु, जबकि यिनी वानप्रस्थ अवस्थामा हुन्छन्। यिनको लागि
यो भन्नु ठीक हो। सबैभन्दा पहिला सत्ययुगमा जन्म पनि यिनैको हुन्छ। फेरि लास्टमा
वानप्रस्थ अवस्थामा पुग्छन्, जसमा नै बाबा प्रवेश गर्नुहुन्छ। यिनको लागि नै भनिन्छ–
मैले कति पुनर्जन्म लिएँ, यो कुरा यिनले जानेका छैनन्। शास्त्रहरूमा ८४ लाख
पुनर्जन्म लेखिदिएका छन्। यो सबै हो भक्तिमार्ग। यसलाई भनिन्छ– भक्ति काण्ड। ज्ञान
काण्ड अलग हो, भक्ति काण्ड अलग हो। भक्ति गर्दै गर्दै तल झर्दै आउँछन्। यो ज्ञान त
एकैपटकमा मिल्छ। बाबा एकैपटक सबैको सद्गति गर्न आउनु हुन्छ। बाबा आएर सबैको एकैपटक
भविष्यको प्रारब्ध बनाउनु हुन्छ। तिमीले पढ्छौ नै भविष्य नयाँ दुनियाँको लागि। बाबा
आउनु हुन्छ नै नयाँ राजधानी स्थापना गर्न। त्यसैले यसलाई राजयोग भनिन्छ। यसको धेरै
महत्त्व छ। चाहन्छन् भारतखण्डको प्राचीन राजयोग कसैले सिकाओस्, तर आजकाल यी
संन्यासीहरू बाहिर गएर भन्छन्– हामी प्राचीन राजयोग सिकाउन आएका हौं। उनीहरूले पनि
सम्झन्छन् हामीले पनि सिकौं किनकि सम्झन्छन् योगबाट नै स्वर्ग स्थापना भएको थियो।
बाबाले सम्झाउनु हुन्छ– योगबलबाट तिमी स्वर्गको मालिक बन्छौ। स्वर्गको स्थापना
बाबाले गर्नुभएको हो। कसरी स्थापना गर्नुहुन्छ, त्यो जानेका छैनन्। यो राजयोग रुहानी
बाबाले नै सिकाउनु हुन्छ। कुनै जिस्मानी मनुष्यले सिकाउन सक्दैन। आजकाल मिसावट,
भ्रष्टाचार त धेरै छ नि। त्यसैले बाबा भन्नुहुन्छ– म पतितहरूलाई पावन बनाउनेवाला
हुँ। अवश्य फेरि पतित बनाउनेवाला पनि कोही छ। अहिले तिमीले जज गर– वास्तवमा यस्तै
हुन्छ नि। म नै आएर सबै वेद-शास्त्र आदिको सार सुनाउँछु। ज्ञानबाट तिमीलाई २१ जन्म
सुख मिल्छ। भक्तिमार्गमा हुन्छ अल्पकाल क्षणभङ्गुर सुख। यो हो २१ पिँढीको सुख, जुन
बाबाले नै दिनुहुन्छ। बाबाले तिमीलाई सद्गति दिनको लागि जुन श्रीमत् दिनुहुन्छ त्यो
सबै भन्दा भिन्न छ। उहाँ बाबा सबैको दिल लिनेवाला हुनुहुन्छ। जसरी त्यो जड दिलवाला
मन्दिर छ, यहाँ फेरि हुनुहुन्छ चैतन्य दिलवाला मन्दिर। हुबहु तिम्रा क्रियाकलापका
नै चित्र बनेका छन्। यस समयमा तिम्रो क्रियाकलाप चलिरहेको छ। दिल लिनेवाला सबैको
सद्गति गर्नेवाला, सबैको दु:ख हरेर सुख दिनेवाला बाबा मिल्नुभएको छ। कति उच्च भन्दा
उच्च गायन छ। उच्च भन्दा उच्च छ शिवबाबाको महिमा। हुन त चित्रहरूमा शङ्कर आदिको
अगाडि शिवको चित्र देखाउँछन्। वास्तवमा देवताहरूको अगाडि शिवको चित्र राख्न त निषेध
छ। उनीहरूले त भक्ति गर्दैनन्। भक्ति न देवताहरूले गर्छन्, न संन्यासीले गर्न सक्छन्।
तिनीहरू हुन् ब्रह्म ज्ञानी, तत्त्व ज्ञानी। जसरी यो आकाश तत्त्व छ, त्यसैगरी त्यो
ब्रह्म तत्त्व हो। उनीहरूले त बाबालाई याद गर्दैनन्, न उनीहरूलाई यो महामन्त्र
मिल्छ। यो महामन्त्र बाबा नै आएर सङ्गमयुगमा दिनुहुन्छ। सबैका सद्गतिदाता बाबा
एकैपटक आएर मनमनाभवको मन्त्र दिनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देह
सहित देहका सबै धर्म त्याग, आफूलाई अशरीरी आत्मा सम्झेर म बाबालाई याद गर। कति सहज
सम्झाउनु हुन्छ। रावण राज्यको कारण तिमीहरू सबै देह अभिमानी बनेका छौ। अहिले बाबाले
तिमीलाई आत्म अभिमानी बनाउनु हुन्छ। आफूलाई आत्मा सम्झेर म बाबालाई याद गरिराख अनि
आत्मामा जुन खाद परेको छ, त्यो निस्कन्छ। सतोप्रधानबाट सतोमा आउनाले कलाहरू कम
हुन्छन् नि। सुनको पनि क्यारेट हुन्छ नि। अहिले त कलियुग अन्त्यमा सुन देखिनमा पनि
आउँदैन, सत्ययुगमा त सुनका महल हुन्छन्। कति रात-दिनको फरक छ। त्यसको नाम नै छ–
स्वर्णिम संसार। त्यहाँ इँटा-पत्थर आदिको काम हुँदैन। भवन बन्छ, त्यसमा पनि
सुन-चाँदी सिवाय अरू मिसावट हुँदैन। त्यहाँ विज्ञानद्वारा धेरै सुख हुन्छ। यो पनि
ड्रामा बनेको छ। यस समयमा विज्ञान घमण्डी छ, सत्ययुगमा घमण्डी भनिदैन। त्यहाँ त
विज्ञानद्वारा तिमीलाई सुख मिल्छ। यहाँ छ अल्पकालको सुख फेरि यसबाट नै भारी दु:ख
मिल्छ। बम आदि यी सबै विनाशको लागि बनाइ रहन्छन्। बम बनाउनको लागि अरूलाई मनाही
गर्छन् फेरि आफूले चाहि बनाइरहन्छन्। सम्झन्छन् पनि– यी बमहरूबाट हाम्रो नै मृत्यु
हुनु छ तर फेरि पनि बनाइरहन्छन्, बुद्धि छैन नि। यो सबै ड्रामामा निश्चित छ।
नबनाइकन बस्न सक्दैनन्। मानिसहरूले सम्झन्छन्– यी बमहरूबाट हाम्रो नै मृत्यु हुन्छ।
तर थाहा छैन, कसले प्रेरित गरिरहेको छ, हामी नबनाइकन बस्नै सक्दैनौं। अवश्य बनाउनै
पर्यो। विनाश पनि ड्रामामा निश्चित छ। कसैले जतिसुकै शान्ति पुरस्कार दिए पनि शान्ति
स्थापना गर्नेवाला एक बाबा मात्रै हुनुहुन्छ। शान्तिका सागर बाबाले नै शान्ति, सुख,
पवित्रताको वर्सा दिनुहुन्छ। सत्ययुगमा हुन्छ बेहदको सम्पत्ति। त्यहाँ त दुधका
नदीहरू बग्छन्। विष्णुलाई दुधको सागरमा देखाउँछन्। यो तुलना गरिन्छ। कहाँ त्यो
क्षीर सागर, कहाँ यो विषय सागर। भक्ति मार्गमा फेरि तलाउ आदि बनाएर त्यसमा पत्थरमाथि
विष्णुलाई सुताउँछन्। भक्तिमा कति खर्च गर्छन्। कति समय र पैसा बर्बाद गर्छन्।
देवीहरूका मूर्तिहरू कति खर्च गरेर बनाउँछन् फेरि नदीमा डुबाइदिन्छन्, त्यसैले पैसा
व्यर्थ गयो नि। यो हो खेलौनाहरूको पूजा। कसैको पनि कर्तव्यको बारेमा कसैलाई थाहा
छैन। अहिले तिमी कसैको पनि मन्दिरमा गयौ भने तिमीले हरेकको कर्तव्यलाई जानेका छौ।
बच्चाहरूलाई मनाही छैन, कहीँ पनि जान सक्छौ। पहिला त बेसमझ भएर जान्थ्यौ। अहिले
समझदार बनेर जान्छौ। तिमीले भन्छौ– हामीले यिनको ८४ जन्मलाई जानेका छौं। भारतवर्ष
निवासीलाई त श्रीकृष्णको जन्मको बारेमा पनि थाहा छैन। तिम्रो बुद्धिमा यो सबै ज्ञान
छ। ज्ञान आम्दानीको स्रोत हो। वेद-शास्त्र आदिमा कुनै लक्ष्य-उद्देश्य छैन। स्कुलमा
सदैव लक्ष्य-उद्देश्य हुन्छ। यस पढाइबाट तिमी कति धनवान बन्छौ।
ज्ञानबाट हुन्छ सद्गति।
यस ज्ञानबाट तिमी सम्पत्तिवान बन्छौ। तिमी कुनै पनि मन्दिरमा गयौ भने तुरुन्तै
बुझ्छौ– यो कसको यादगार हो। जस्तै दिलवाडा मन्दिर छ– त्यो हो जड, यो हो चैतन्य।
हुबहु जसरी यहाँ वृक्षमा देखाइएको छ, त्यस्तै मन्दिर बनेको छ। तल तपस्यामा बसेका छन्।
माथि छतमा सारा स्वर्ग छ। धेरै खर्च गरेर बनेको छ। यहाँ त केही पनि छैन। भारतवर्ष
१०० प्रतिशत सम्पन्न, पावन थियो। अहिले १०० प्रतिशत विपन्न, पतित छ किनकि यहाँ सबैले
विकारबाट जन्म लिन्छन्। त्यहाँ अपवित्रताको कुरा हुँदैन। मनुष्य केही सुध्रिऊन्
भनेर गरूड पुराणमा रोचक कुरा लेखेका छन्। तर ड्रामामा मनुष्यलाई सुध्रिनु नै छैन।
अहिले ईश्वरीय स्थापना भइरहेको छ। ईश्वरले नै स्वर्ग स्थापना गर्नुहुन्छ नि।
उहाँलाई नै स्वर्ग स्थापना गर्ने पिता भनिन्छ। बाबाले सम्झाउनु भएको छ– ती जुन
सैनिक लड्छन्, तिनले सबैथोक गर्छन् राजा-रानीको लागि। यहाँ तिमीले मायामाथि विजय
पाउँछौ आफ्नो लागि। जति गर्छौ त्यति पाउँछौ। तिमी हरेकले आफ्नो तन, मन, धन विश्वलाई
स्वर्ग बनाउनमा खर्च गर्नुपर्छ। जति गर्छौ त्यति उच्च पद पाउँछौ। यहाँ रहनेहरूको त
केही पनि छैन। अहिलेको लागि नै गायन छ– किनकी दबी रहेगी धूल में...। अहिले बाबा आउनु
भएको छ, तिमीलाई राज्य-भाग्य दिलाउन। भन्नुहुन्छ– अब तन-मन-धन सबै यसमा लगाऊ। यिनले
सबैथोक समर्पण गरे नि। यिनलाई भनिन्छ महादानी। विनाशी धनको दान गर्छन् भने अविनाशी
धनको पनि जसले जति दान गर्छ त्यो दान गर्नुपर्छ। प्रसिद्ध दानी रहेछन् भने भन्छन्
फलाना धेरै महादानी थियो। नाम त हुन्छ नि। उनीहरूले इन्डाइरेक्ट ईश्वर अर्थ गर्छन्।
रजाइँ स्थापना हुँदैन। अहिले त रजाइँ स्थापना हुन्छ। त्यसैले सम्पूर्ण महादानी बन्नु
छ। भक्तिमार्गमा गाउँछन् पनि– हामी बलिहार जान्छौं....। यसमा खर्च केही छैन। सरकारको
कति खर्च हुन्छ। यहाँ तिमीले जे जति गर्छौ आफ्नो लागि। फेरि चाहे ८ को मालामा आऊ,
चाहे १०८ मा, चाहे १६१०८ मा। सम्मान सहित पास हुनु छ। यस्तो योग गर, जसबाट कर्मातीत
अवस्था प्राप्त गर्न सकियोस् फेरि कुनै सजाय खानुपर्दैन।
तिमीहरू सबै हौ योद्धा।
तिम्रो लडाइँ छ रावणसँग, कुनै मनुष्यसँग होइन। फेल हुनाको कारणले दुई कला कम हुन गयो।
त्रेतालाई दुई कला कम स्वर्ग भनिन्छ। बाबालाई पूरा अनुसरण गर्ने पुरुषार्थ त
गर्नुपर्छ नि। यसमा मन बुद्धिबाट सरेण्डर हुनुपर्छ। बाबा यो सब थोक हजुरको हो। बाबा
भन्नुहुन्छ– यो सेवामा लगाऊ। मैले तिमीलाई जुन मत दिन्छु, त्यस्तै कार्य गर।
युनिभर्सिटी खोल, सेन्टरहरू खोल। धेरैको कल्याण हुन्छ। केवल यो मेसेज दिनु छ
बाबालाई याद गर र वर्सा लेऊ। मेसेन्जर, पैगम्बर तिमी बच्चाहरूलाई नै भनिन्छ। सबैलाई
यो मेसेज देऊ– बाबाले ब्रह्माद्वारा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो विकर्म
विनाश हुनेछन्, जीवनमुक्ति मिल्नेछ। अहिले छ जीवनबन्ध फेरि जीवनमुक्त हुन्छ। बाबा
भन्नुहुन्छ– म भारतखण्डमा नै आउँछु। यो ड्रामा अनादि बनेको छ। कहिले बन्यो, कहिले
पूरा हुन्छ? यो प्रश्न उठ्न सक्दैन। यो ड्रामा त अनादि चलि नै रहन्छ। आत्मा कति सानो
बिन्दी छ। त्यसमा यो अविनाशी पार्ट भरिएको छ। कति गहन कुरा छ। तारा जस्तै सानो
बिन्दी छ। माताहरूले पनि निधारमा बिन्दी लगाउँछन्। अहिले तिमी बच्चाहरूले
पुरुषार्थबाट आफूले आफैलाई राजतिलक दिँदैछौ। तिमी बाबाको शिक्षामा राम्रोसँग चल्यौ
भने मात्र तिमीले आफूलाई राजतिलक दिन्छौ। यस्तो होइन– यसमा आशीर्वाद वा कृपा हुन्छ।
तिमीले नै आफूलाई राजतिलक दिन्छौ। वास्तवमा यो राजतिलक हो। बाबालाई अनुसरण गर्ने
पुरुषार्थ गर्नु छ। अरूलाई हेर्नु छैन। यो हो मनमनाभव, जसबाट आफूद्वारा आफैलाई तिलक
मिल्छ, बाबाले दिनुहुन्न। यो हो नै राजयोग। तिमी भिखारीबाट राजकुमार बन्छौ। त्यसैले
कति राम्रो पुरुषार्थ गर्नुपर्छ। फेरि यिनलाई पनि अनुसरण गर्नु छ। यो त बुझ्ने कुरा
हो नि। पढाइबाट कमाइ हुन्छ। जति जति योग हुन्छ, त्यति नै धारणा हुन्छ। योगमा नै
मेहनत छ। त्यसैले भारतवर्षको राजयोगको गायन छ। बाँकी गङ्गा स्नान गर्दा गर्दा त
जीवन नै सकिँदासम्म पनि पावन बन्न सकिँदैन। भक्ति मार्गमा ईश्वर अर्थ गरिबहरूलाई
दिन्छन्। यहाँ फेरि स्वयं ईश्वर आएर गरिबहरूलाई नै विश्वको बादसाही दिनुहुन्छ। गरिब
निवाज हुनुहुन्छ नि। भारतवर्ष १०० प्रतिशत पवित्र थियो, जुन अहिले १०० प्रतिशत
अपवित्र छ। दान सदैव गरिबलाई दिइन्छ। बाबाले कति उच्च बनाउनु हुन्छ। यस्ता बाबालाई
गाली गर्छन्। बाबा भन्नुहुन्छ– यसरी जब ग्लानि गर्छन् तब म आउनु पर्छ। यो पनि ड्रामा
बनेको छ। उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ। सिखहरूले भन्छन्– सद्गुरु
अकाल। बाँकी भक्तिमार्गका गुरु त धेरै छन्। अकाललाई तख्त केवल यो (ब्रह्माको) मिल्छ।
तिमी बच्चाहरूको पनि तख्त प्रयोग गर्नुहुन्छ। भन्नुहुन्छ– म यिनमा प्रवेश गरेर सबैको
कल्याण गर्छु। यस समयमा यिनको यो पार्ट छ। यो धेरै बुझ्नुपर्ने कुरा हो। नयाँले केही
बुझ्न सक्दैनन्। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) अविनाशी ज्ञान धन दान गरेर महादानी बन्नु छ। जसरी ब्रह्माबाबाले आफ्नो सबैथोक यस
यज्ञमा लगाउनु भयो, त्यसैगरी बाबालाई अनुसरण गरेर रजाइँमा उच्च पद लिनु छ।
२) सजायबाट बच्नको
लागि यस्तो योग गर्नु छ, जसबाट कर्मातीत अवस्था प्राप्त गर्न सकियोस्। सम्मान सहित
पास हुने पूरा पूरा पुरुषार्थ गर्नु छ। अरूलाई देख्नु छैन।
वरदान:–
कडा नियम र
दृढ सङ्कल्पद्वारा अलबेलापनलाई समाप्त गर्ने ब्रह्माबाबा समान अथक भव
ब्रह्माबाबा समान अथक
बन्नको लागि अलबेलापनलाई समाप्त गर। यसको लागि कुनै कडा नियम बनाऊ। दृढ सङ्कल्प गर,
अटेन्सन रूपी चौकीदार सदा अलर्ट रह्यो भने अलबेलापन समाप्त हुन्छ। पहिला आफ्नै लागि
मेहनत गर त्यसपछि सेवामा, तब धरती परिवर्तन हुन्छ। अब केवल “गरिहाल्छु, भइहाल्छ” यस
आरामको सङ्कल्पको डनलपलाई छोड। गर्नु नै छ, यो स्लोगन दिमागमा याद रह्यो भने
परिवर्तन हुन्छ।
स्लोगन:–
जुन बोलीमा
आत्मिक भाव र शुभभावना हुन्छ, यो समर्थ बोलीको निसानी हो।