08.02.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
ईश्वरीय सेवाधारी सच्चा सेलभेसन आर्मी हौ , तिमीले सबैलाई शान्तिको सेलभेसन दिनु छ।
प्रश्न:–
तिमी
बच्चाहरूसँग कसैले शान्तिको सेलभेसन मागे भने उनलाई के सम्झाउनु पर्छ?
उत्तर:–
उनलाई भन, बाबा
भन्नुहुन्छ– के अहिले यहाँ नै तिमीले शान्ति चाहन्छौ? यो कुनै शान्तिधाम होइन।
शान्ति त शान्तिधाममा मात्रै हुनसक्छ, जसलाई मूलवतन भनिन्छ। जब आत्माको शरीर हुँदैन
तब शान्ति हुन्छ। सत्ययुगमा पवित्रता-सुख-शान्ति सबै हुन्छ। बाबा नै आएर यो वर्सा
दिनुहुन्छ। तिमीले बाबालाई याद गर।
ओम् शान्ति ।
रूहानी बाबा
बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। सबै मानिसहरूले आफूभित्र आत्मा छ भन्ने
जानेका छन्। जीव आत्मा भन्छन् नि। पहिला म आत्मा हुँ, पछि शरीर मिल्छ। कसैले पनि
आफ्नो आत्मालाई देखेको छैन। केवल यति मात्र जानेका छन्– म आत्मा हुँ। जसरी आत्मालाई
जानेका छैनन्, देखेका छैनन्, त्यसैगरी परमपिता परमात्मालाई पनि भन्छन्– परम आत्मा
अर्थात् परमात्मा, तर उहाँलाई देखेका छैनन्। न आफूलाई, न बाबालाई देखेका छन्। भन्छन्–
आत्माले एक शरीर छोडेर अर्को लिन्छ। तर यथार्थ रीतिले जानेका छैनन्। ८४ लाख योनि पनि
भनिदिन्छन्, वास्तवमा ८४ जन्म हो। कुन आत्माले कति जन्म लिन्छ? यो पनि जानेका छैनन्।
आत्माले बाबालाई पुकार्छ, तर न त देखेका छन्, न यथार्थ रीतिले चिनेका छन्। पहिला त
आत्मालाई यथार्थ रीतिले चिनेपछि नै बाबालाई चिन्न सक्छन्। आफूलाई नै चिनेका छैनन्
भने सम्झाउने कसले? यसलाई भनिन्छ– आत्म-अनुभूति (सेल्फ रियलाइज) गर्नु। यो कुरा बाबा
सिवाय अरू कसैले गराउन सक्दैन। आत्मा के हो, कस्तो छ, आत्मा कहाँबाट आउँछ, कसरी
जन्म लिन्छ, कसरी यति सानो आत्मामा ८४ जन्मको पार्ट भरिएको छ, यो कसैले पनि जानेका
छैनन्। आफूलाई चिनेका छैनन् भने बाबालाई पनि चिनेका छैनन्। यो लक्ष्मी-नारायण पनि
मनुष्यको पद हो नि। यिनीहरूले यो पद कसरी पाए? यो कसैले पनि जानेका छैनन्। जान्न त
मनुष्यले नै पर्यो नि। भन्छन्– यी वैकुण्ठका मालिक थिए, तर उनीहरूले यो मालिकपन लिए
कसरी, फेरि कहाँ गए? केही पनि जानेका छैनन्। अहिले तिमीले त सबैथोक जानेका छौ। पहिला
केही पानि जान्दैनथे। जसरी बच्चाले पहिला जान्दछ, बेरिस्टर भनेको के हो? पढ्दा पढ्दै
बेरिस्टर बन्छ। त्यस्तै यी लक्ष्मी-नारायण पनि पढाइबाट बनेका हुन्। बेरिस्टरी,
डाक्टरी आदि सबैका किताब हुन्छन् नि। यिनको किताब हो गीता। त्यो पनि कसले सुनाउनुभयो?
राजयोग कसले सिकाउनुयो? यो कसैले जानेका छैनन्। त्यसमा नाम परिवर्तन गरिदिएका छन्।
शिवजयन्ती पनि मनाउँछन्, उहाँ नै आएर तिमीलाई कृष्णपुरीको मालिक बनाउनु हुन्छ।
श्रीकृष्ण स्वर्गका मालिक थिए नि, तर स्वर्गलाई पनि जानेका छैनन्। नत्र किन
श्रीकृष्णले द्वापरमा गीता सुनाउनु भयो भन्छन्? श्रीकृष्णलाई द्वापरमा लिएर गएका छन्,
लक्ष्मी-नारायणलाई सत्ययुगमा, रामलाई त्रेतामा। लक्ष्मी-नारायणको राज्यमा उपद्रव
देखाउँदैनन्। श्रीकृष्णको राज्यमा कंस, रामको राज्यमा रावण आदि देखाएका छन्।
राधा-कृष्ण नै लक्ष्मी-नारायण बन्छन्, यो कसैलाई पनि थाहा छैन। बिल्कुलै अज्ञान
अन्धकार छ। अज्ञानलाई अन्धकार भनिन्छ। ज्ञानलाई प्रकाश भनिन्छ। अब उज्यालो
बनाउनेवाला को हुनुहुन्छ? उहाँ हुनुहुन्छ बाबा। ज्ञानलाई दिन, भक्तिलाई रात भनिन्छ।
अहिले तिमीलाई थाहा छ– यो भक्तिमार्ग पनि जन्मजन्मान्तरदेखि चल्दै आएको छ। सिँढी
उत्रिँदै आएका छन्। कला घटदै जान्छ। घर बन्दा नयाँ हुन्छ फेरि दिनप्रतिदिन आयु घट्दै
जान्छ। तीन चौथाई पुरानो भएपछि त्यसलाई पुरानै भनिन्छ। बच्चाहरूलाई पहिला त यो
निश्चय हुनुपर्छ– उहाँ सबैका बाबा हुनुहुन्छ, जसले सबैको सद्गति गर्नुहुन्छ, सबैको
लागि पढाइ पढाउनु हुन्छ। सबैलाई मुक्तिधाम लैजानु हुन्छ। तिमीसँग लक्ष्य छ,
उद्देश्य छ। यो पढाइ पढेर गयौ भने तिमी गद्दीमा बस्ने छौ। बाँकी सबैलाई मुक्तिधाममा
लिएर जानुहुन्छ। चक्रको बारेमा सम्झाउँदा, त्यसमा देखाउँछौ– सत्ययुगमा यसरी धेरै
धर्म हुँदैनन्। त्यसबेला यी आत्माहरू निराकारी दुनियाँमा रहन्छन्। तिमीलाई थाहा छ–
यो आकाश पोलार ध्रुवीय छ। वायुलाई वायु भन्छौं, आकाशलाई आकाश। यस्तो होइन– सबै
परमात्मा हुनुहुन्छ। मानिसहरूले सम्झन्छन्– वायुमा पनि भगवान हुनुहुन्छ, आकाशमा पनि
भगवान हुनुहुन्छ। अहिले बाबा बसेर सबै कुरा सम्झाउनु हुन्छ। बाबाकहाँ जन्म त लियौ
फेरि कसले पढाउँछ? बाबा नै रूहानी टिचर बनेर पढाउनु हुन्छ। राम्रोसँग पढेर पढाइ पूरा
गर्यौ भने साथै लिएर जानुहुन्छ र फेरि पार्ट खेल्न आउँछौ। सत्ययुगमा सबैभन्दा पहिला
तिमी नै आएका थियौ। अब फेरि सबै जन्महरूको अन्त्यमा आइपुगेका छौ, फेरि सुरुमै आउने
छौ। अब बाबा भन्नुहुन्छ– दौड लगाऊ। राम्रोसँग बाबालाई याद गर, अरूलाई पढाउनु छ।
नत्र यतिका सबैलाई कसले पढाउँछ? अवश्य बाबाको सहयोगी बन्छौ नि। नाम त खुदाई
खिदमतगार पनि छ नि। अङ्ग्रेजीमा सेलभेसन आर्मी भनिन्छ। कुनचाहिँ सेलभेसन माग्छन्?
सबैले भन्छन् शान्तिको सेलभेसन दिनुहोस्। बाँकी उहाँले कुनै शान्तिको सेलभेसन
दिनुहुन्न। जसले शान्तिको सेलभेसन माग्छन् उनीहरूलाई भन– बाबा भन्नुहुन्छ– के अहिले
यहाँ नै तिमीलाई शान्ति चाहियो? यो कुनै शान्तिधाम कहाँ हो र? शान्ति त शान्तिधाममा
नै हुनसक्छ, जसलाई मूलवतन भनिन्छ। शरीर नहुँदा आत्मा शान्तिमा हुन्छ। बाबा नै आएर
यो वर्सा (शान्ति) दिनुहुन्छ। तिमीसँग पनि सम्झाउने धेरै युक्ति हुनुपर्छ। यदि
प्रदर्शनीमा उभिएर सबैको कुरा सुन्यौं भने धेरैजसोको भूल निकाल्न सक्छौं। किनकि
सम्झाउनेहरू नम्बरवार त हुन्छन् नि। सबै एकरस भएको भए फलानाले आएर भाषण गरोस्–
ब्राह्मणीले यस्तो किन लेख्थे? अरे, तिमी पनि ब्राह्मण हौ नि। बाबा! फलाना हामी
भन्दा होसियार छ। होसियारीबाट नै मानिसले दर्जा पाउँछन् नि। नम्बरवार त छन् नि।
परीक्षाको रिजल्ट निस्केपछि तिमीलाई स्वत: नै साक्षात्कार हुन्छ अनि सम्झन्छौ हामी
त श्रीमत अनुसार चल्दैनथ्यौं। बाबा भन्नुहुन्छ– कुनै पनि विकर्म नगर। देहधारीसँग
लगाव नराख। यो त ५ तत्त्वहरूले बनेको शरीर हो नि। ५ तत्त्वहरूको कहाँ पूजा वा याद
गर्नुछ र । यी आँखाले देखे पनि याद बाबाको नै गर्नु छ। आत्मालाई अब ज्ञान मिलेको छ।
अब हामी घर जानु छ फेरि वैकुण्ठमा आउनु छ। आत्मालाई जान्न अनुभव गर्न सक्छौं, देख्न
सक्दैनौं, त्यस्तै यो पनि बुझ्न सक्छौं। हो, दिव्य दृष्टिले आफ्नो घर वा स्वर्गलाई
देख्न सक्छौं। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मनमनाभव, मध्याजी भव मतलब बाबालाई
र विष्णुपुरीलाई याद गर। तिम्रो लक्ष्य र उद्देश्य नै यही हो। प्यारा बच्चाहरूले
जानेका छौ– हामीलाई अब स्वर्गमा जानु छ, बाँकी सबैलाई मुक्तिमा जानु छ। सबै त
सत्ययुगमा आउन सक्दैनन्। तिम्रो हो देवी-देवताको धर्म। यो भयो मनुष्यको धर्म।
मूलवतनमा त मानिसहरू हुँदैनन्। यहाँ छ मनुष्य सृष्टि। मनुष्य नै तमोप्रधान र फेरि
सतोप्रधान बन्छन्। तिमी पहिला शूद्र वर्णमा थियौ, अहिले ब्राह्मण वर्णमा छौ। यो
वर्ण केवल तिम्रो मात्रै हो। अरू कुनै पनि धर्ममा यस्तो भनिदैन– ब्राह्मणवंशी,
सूर्यवंशी। यसबेला सबै शूद्र वर्णका छन्। जड समान अवस्थामा छन्। तिमी पुरानो भएपछि
सारा वृक्ष जड, तमोप्रधान भएको छ। फेरि सारा वृक्ष त कहाँसतोप्रधान बन्छ र ।
सतोप्रधान नयाँ वृक्षमा त केवल देवी-देवता धर्मका नै हुन्छन्, फेरि तिमी
सूर्यवंशीबाट चन्द्रवंशी बन्छौ। पुनर्जन्म त लिन्छौ नि। फेरि वैश्य, शूद्र वंशी....।
यी सबै कुरा हुन् नयाँ।
हामीलाई पढाउने
ज्ञानका सागर हुनुहुन्छ। उहाँ नै पतित-पावन सबैका सद्गतिदाता हुनुहुन्छ। बाबा
भन्नुहुन्छ– तिमीलाई मैले ज्ञान दिन्छु। तिमी देवी-देवता बन्छौ फेरि यो ज्ञान
रहँदैन। ज्ञान दिइन्छ अज्ञानीहरूलाई। सबै मानिसहरू अज्ञान अन्धकार मा छन्, तिमी छौ
उज्यालोमा। यिनीहरूको ८४ जन्मको कथा तिमीलाई थाहा छ। तिमी बच्चाहरूमा सारा ज्ञान छ।
मानिसहरूले त भन्छन्– भगवानले यो सृष्टि रच्नु भयो नै किन? के मोक्ष पाउन सकिँदैन?
अरे, यो त बनीबनाउ खेल हो, अनादि ड्रामा हो नि। तिमीलाई थाहा छ– आत्माले एउटा शरीर
छोडेर अर्को जन्म लिन जान्छ, यसमा चिन्ता गर्नुपर्ने आवश्यकता नै के? आत्माले गएर
आफ्नो अर्को पार्ट खेल्यो। गुमेको चीज फिर्ता पाइन्छ भने पो रुने। फर्केर त आउने
होइन, अनि रोएर के फाइदा? अहिले तिमीहरू सबैलाई मोहजित बन्नु छ। कब्रिस्तानसँग के
मोह राख्नु छ? यसमा त दु:ख नै दु:ख छ। आज बच्चा छ, भोलि गएर बच्चा पनि यस्तो बन्छ,
जसले पिताको टोपी उतार्न बेर लगाउँदैन। पितासँग पनि झगडा गर्न थाल्छन्। यसैलाई
भनिन्छ अनाथको दुनियाँ। शिक्षा दिने कोही मालिक छँदैछैन। जब बाबाले यस्तो हालत
देख्नुहुन्छ तब सनाथ बनाउन आउनुहुन्छ। बाबा नै आएर सबैलाई सनाथ बनाउनुहुन्छ। पिता
आएर सबै झगडा मेटाइदिनु हुन्छ। सत्ययुगमा कुनै झगडा हुँदैन। सारा दुनियाँको झगडा
मेटाइदिएपछि जयजयकार हुनथाल्छ। यहाँ माताहरूको धेरै सङ्ख्या छ। दासी पनि यिनैलाई
सम्झन्छन्। विवाहमा लगनगाँठो बाँध्दा भन्छन्– तिम्रो पति नै ईश्वर, गुरु आदि सबै
हुन्। पहिला श्रीमान् फेरि श्रीमती। अब बाबा आएर माताहरूलाई अगाडि राख्नुहुन्छ।
तिमीमाथि कसैले विजय पाउन सक्दैन। बाबाले तिमीलाई सबै काइदा कानुन सिकाउँदै
हुनुहुन्छ। मोहजित राजाको एउटा कथा छ। ती सबै बनाइएका कथाहरू हुन्। सत्ययुगमा त
अकालमा मृत्यु नै हुँदैन। समय आएपछि एउटा शरीर छोडेर अर्को लिन्छ। साक्षात्कार
हुन्छ– अब यो शरीर पुरानो, बुढो भयो फेरि नयाँ लिनु छ, गएर सानो बच्चा बन्नु छ।
खुसीले शरीर छोडिदिन्छन्। यहाँ त जतिसुकै बुढो भए पनि, रोगी भए पनि, यो शरीरबाट
छुट्न पाए हुन्थ्यो भनेर सोचे पनि मर्ने बेलामा अवश्य रून्छन्। बाबा भन्नुहुन्छ–
अहिले तिमी यस्तो ठाउँमा जाँदैछौ, जहाँ रुने त नामै हुँदैन। त्यहाँ त खुसी नै खुसी
पाइन्छ। तिमीलाई कति धेरै खुसी हुनुपर्छ। अरे, हामी विश्वको मालिक बन्छौं। सारा
विश्वको मालिक थियौं। अहिले टुक्रा टुक्रा भएको छ। तिमी नै पूज्य देवता थियौ, फेरि
पुजारी बन्छौ। भगवान त कहाँ आफै पूज्य आफै पूजारी बन्नुहुन्छ र । यदि उहाँ पनि
पुजारी बन्नु भयो भने फेरि पूज्य कसले बनाउने? ड्रामामा बाबाको पार्ट बेग्लै छ।
ज्ञानका सागर एउटा हुनुहुन्छ, उहाँ एकको नै महिमा छ। जब ज्ञानका सागर हुनुहुन्छ भने
सद्गति दिनको लागि कहिले आएर ज्ञान दिनुहुन्छ? अवश्य यहाँ आउनुपर्छ। पहिला त
बुद्धिमा यो कुरा पक्का गर– हामीलाई पढाउने को हुनुहुन्छ?
त्रिमूर्ति,
सृष्टिचक्र र कल्पवृक्ष– यिनै हुन् मुख्य चित्र। कल्प वृक्षलाई देख्ने बित्तिकै
तुरुन्तै बुझ्ने छन् हामी त फलाना धर्मका हौं। हामी सत्ययुगमा आउन सक्दैनौं। यो
चक्र त धेरै ठुलो हुनुपर्छ। लेखाइ पनि पूरा हुनुपर्छ। शिवबाबाले ब्रह्माद्वारा देवता
धर्म अर्थात् नयाँ दुनियाँको स्थापना गर्दै हुनुहुन्छ, शङ्करद्वारा पुरानो दुनियाँको
विनाश र विष्णुद्वारा नयाँ दुनियाँको पालना गराउनु हुन्छ– यो सिद्ध गर्नुछ। ब्रह्मा
नै विष्णु, विष्णु नै ब्रह्मा, दुवैको सम्बन्ध छ नि। ब्रह्मा-सरस्वती नै फेरि
लक्ष्मी-नारायण बन्छन्। चढ्तीकला एक जन्ममा हुन्छ अनि गिरती कला हुन ८४ जन्म लाग्छ।
अहिले बाबा भन्नुहुन्छ– ती शास्त्रहरू ठीक हुन् वा म ठीक हुँ। सच्चा सत्यनारायणको
कथा त मैले सुनाउँछु। अहिले तिमीलाई निश्चय छ– सत्य बाबाद्वारा हामी नरबाट नारायण
बनिरहेका छौं। पहिलो मुख्य कुरा, मानिसलाई कहिल्यै पनि बाबा, टिचर, गुरु भनिँदैन।
गुरुलाई कहिल्यै बाबा वा टिचर भनिन्छ र? यहाँ त शिवबाबाकहाँ जन्म लिन्छौ फेरि
शिवबाबाले तिमीलाई पढाउनु हुन्छ अनि साथै पनि लिएर जानुहुन्छ। यस्तो कुनै मानिस त
हुँदैन जसलाई बाबा, टिचर र गुरु भनिन्छ। यहाँ त एउटै मात्र बाबा हुनुहुन्छ, उहाँलाई
सुप्रिम फादर भनिन्छ। लौकिक पितालाई कहिल्यै सुप्रिम फादर भनिँदैन। सबैले उहाँलाई
नै याद गर्छन्। उहाँ बाबा त हुनुहुन्छ नै। दु:खमा सबैले उहाँलाई याद गर्छन्, सुखमा
कसैले याद गर्दैनन्। उहाँ बाबा आएर स्वर्गको मालिक बनाउनु हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) ५ तत्त्वहरूले बनेको यो शरीरलाई देखेर पनि याद बाबालाई गर्नुछ। कुनै पनि
देहधारीसँग लगाव राख्नुछैन। कुनै विकर्म गर्नुछैन।
२) यस बनिबनाउ
ड्रामामा हरेक आत्माको अनादि पार्ट छ, आत्माले एउटा शरीर छोडेर अर्को लिन्छ, त्यसैले
शरीर छोड्दा चिन्ता गर्नुछैन, मोहजित बन्नु छ।
वरदान:–
सम्पूर्ण
आहुतिद्वारा परिवर्तन समारोह मनाउने दृढ सङ्कल्पधारी भव
जसरी भनाइ छ– धरत
परिये धर्म न छोडिये। त्यसैगरी कुनै पनि परिस्थिति आओस्, मायाको महावीर रूप सामुन्ने
आओस् तर धारणा नछुटोस्। सङ्कल्पद्वारा त्याग गरिएको व्यर्थ बस्तु सङ्कल्पमा पनि
स्वीकार नहोस्। सदा आफ्नो श्रेष्ठ स्वमान, श्रेष्ठ स्मृति र श्रेष्ठ जीवनको समर्थ
स्वरूपद्वारा श्रेष्ठ पार्टधारी बनेर श्रेष्ठताको खेल खेल्दै जाऊ। कमजोरीहरूका सबै
खेल समाप्त होउन् । जब यस्तो सम्पूर्ण आहुतिको सङ्कल्प दृढ हुन्छ तब परिवर्तन
समारोह हुन्छ। यस समारोहको मिति अब सङ्गठित रुपमा निश्चित गर।
स्लोगन:–
रियल डायमण्ड
बनेर आफ्नो प्रकम्पनको चमक विश्वमा फैलाऊ।